सोमबार, आषाढ २९, २०७७

    राज्य-समाज

    शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिन अर्थ मन्त्रालयको तयारी

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  सरकारले यसै आर्थिक वर्षबाट शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण दिने भएको छ । बेरोजगारीका लागि सहुलियत व्याजदरमा उपलब्ध गराउने ऋणका लागि अहिले कार्यविधि बनिरहेको छ । आउँदो भदौभित्रै सर्टिफिकेट धितोमा राखेर ऋण दिने व्यवस्थाका लागि आवश्यक कार्यविधि स्वीकृत गरिसक्ने र मंसिरबाट वितरण गर्ने गरी काम भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । बजेटमै अधिकतम् ७ लाखसम्म ऋण दिने भनिएकाले यही..

    भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रिय : अध्यक्ष प्रचण्ड

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् ।  कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्रबुद्ध वर्गको भूमिका” विषयक सम्मेलनको म,मंगलबार यहाँ उद्घाटनका अवसरमा अध्यक्ष प्रचण्डले आपसी सम्बन्ध खुल्ला र प्रगतिशील मानसिकताका साथ..

    आवश्यक जनशक्ति पदपूर्ति नहुँदा लमही अस्पतालमा एक्सरे र एम्बुलेन्स सेवा ठप्प

    मंगलवार, श्रावन १५, २०७५ साल
    तुलसीपुर, १५ साउन  दाङको लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प रहेको छ ।  पूर्व–पश्चिम राजमार्गमा रहेको लमही अस्पतालमा एक्सरे नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । त्यस्तै बिरामी बोक्न अतिआवश्यक मानिने अस्पतालको एम्बुलेन्स र शव बाहन सेवा अवरुद्ध हुँदा झनै समस्या भएको छ ।  गत असार ३२ गते कर्मचारीको व्यवस्थापनबिना नै तत्कालीन अस्पताल व्यवस्थापन समितिले लमही नगरपालिकाको ठाडो..

    १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र

    मंगलवार, श्रावन १५, २०७५ साल
     काठमाडौँ, १५ साउन : कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी संगठन छात्रा मञ्चले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।  मञ्चका अध्यक्ष पञ्चा सिंह र महासचिव आरती लामाको नेतृत्वमा गएको टोलीले सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मन्त्री थापासंग भेट गरी उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ । पन्तको गत शुक्रबार राति..

    प्रमुख प्रतिपक्षी दल काँग्रेसले आज ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्दै

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौं, साउन १५  ।  सदनमा प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको बताएको छ । कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका मुद्दालाई अघि सारेको हो ।  यसैबीच, कांग्रेसले काठमाडौं जिल्लामा पनि जुलुससहित प्रदर्शन गर्ने जनाएको छ ।..

    ओली सरकारलाई गर्दै आएको समर्थन यथावत्ः राजपा नेता महतो

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन : राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारबाट संविधान संशोधन गर्ने विश्वास रहेकाले समर्थन फिर्ता नलिने बताएका छन् ।  रिपोर्टर्स क्लबले यहाँ आयोजना गरेको साक्षात्कारमा उनले संविधान संशोधनका लागि सरकारले पहल गर्नेमा आशावादी रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए ।  सरकारसँग दुई तिहाइ छ, हाम्रो माग र सवाल पूरा गराउन दबाब दिन्छौँ, केही..

    गाउँ पर्यटन प्रवद्र्धन मञ्चको निर्वाचन : पाण्डे समुह र सिम्खडा समुहमा बाँडिए व्यवसायीहरु !

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को नेतृत्व आफ्नो पक्षमा पार्न पर्यटन व्यवसायी दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।  भोलि मंगलबार हुने भिटोफको निर्वाचनका लागि पूर्वअध्यक्ष ध्रुव सिम्खडा र हालका महासचिव बासु पाण्डेले समूहगतरूपमा आ–आफ्ना उम्मेदवारी घोषणा गरेका हुन् । दुबै समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आ–आफ्नो निर्वाचनसम्बन्धी घोषणापत्र र उम्मेद्वार..

    प्रधानन्यायाधीशमा जोशीको नाम टुंगो लगाउन बसेको बैठक फेरी पनि निरर्थक

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन  भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन ।  संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले थप छलफल गर्नु आवश्यक भएको हुँदा बैठक बुधबार दिउँसो ३ः३० बजे बस्ने गरी स्थगित भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए ।  जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित्तबुझ्दो जवाफ नदिएको..

    जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने : मुख्यमन्त्री शेरधन राई

    सोमबार, श्रावन १४, २०७५ साल
    विराटनगर, १४ साउन  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताएका छन् ।  गृहमन्त्रालय र प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा सोमबार यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा उनले प्राकृतिक विपद्बाट यस क्षेत्रका जनतालाई सुुरक्षित राख्न आवश्यक सामग्रीको भण्डारण लागि गोदामलगायतका सम्पूर्ण..

    महोत्तरीको गाउँपरिषदमा राज्यमन्त्रीकै अगाडि कार्यकर्ताबीच कुटाकुट, ५ जना घाइते

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौं, १४ साउन महोत्तरीको पिपरा गाउँपालिकाको गाउँपरिषदमा झडप हुँदा पाँच जना घाइते भएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)बाट अध्यक्षमा निर्वाचित विनोद चौधरीले विकासका योजनामा एकलौटी गरेको भन्दै उनकै पार्टीका कार्यकर्ताहरुले विरोध गरेपछि झडप भएको हो । झडपमा राजपाको पिपरा गाउँ कमिटी अध्यक्ष विनित पाण्डेयसहित पाँच जना घाइते भएका छन् । परिषदमा प्रदेश २ का नवनियुक्त राज्यमन्त्री अभिराम शर्मा उपस्थित रहेकै बेला दुई..

    कम्बोडियामा भएको संसदीय निर्वाचन पर्यवेक्षण गरी नेता नेपाल स्वदेश फिर्ता

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडियामा भएको संसदीय निर्वाचन पर्यवेक्षण गरी सोमबार स्वदेश फर्कनु भएको छ ।  निर्वाचन पर्यवेक्षणका क्रममा उनले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटघाट गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताए । त्यहाँ आइतबार संसदीय निर्वाचन भएको थियो । सो निर्वाचनको पर्यवेक्षण गर्न सांसद सुजाता कोइराला र भानुभक्त ढकालसमेत जानु भएको थियो ।  पूर्वप्रधानमन्त्रीसमेत..

    चीनको सहयोग महत्वपूर्ण, आगामी दिनमा पनि सहयोगको अपेक्षा – अध्यक्ष दाहाल

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले सोमबार भेटवार्ता गरेका छन् ।  अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा उनिहरुबीच नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो ।  भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरे..

    गृह मन्त्रालयका अनुसार विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गयो

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन  चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ ।  गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ गतेदेखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायतका विपद्का घटनाबाट मृत्यु भएको हो ।  गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार यस अवधिमा डुबेर २७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट..

    नेपालको विकासमा चिनीयाँ सरकारको सहयोग, समझदारी पत्रमा हस्ताक्षर

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन  नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजनामार्फत सहयोग उपलब्ध गराउने भएको छ ।  मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालीम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्क इन्टर्नेशनल एक्सचेन्जबीच आइतबार साँझ समझदारी भएको परिषद्ले सोमबार जनाएको छ ।  कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका तर्फबाट अन्तर्राष्ट्रिय..

    प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नियुक्तिमा आज अन्तिम फैसला हुँदै

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, साउन १४ ।  संसदीय विशेष सुनुवाई समितिले प्रस्तावित प्रधानन्याधीश दीपकराज जोशीको नियुक्तिका  सम्बन्धमा आज अन्तिम निर्णय लिदै छ । यसअघि अन्तिम निर्णय लिनका लागि भन्दै आइतबार डाकिएको बैठक आज अर्थात सोमबारका लागि सारिएको हो । समितिले गत बिहीबार नै प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई बोलाएर सम्बन्धित बिभिन्न विषयमा छलफल गरेको थियो । जोशी विरुद्ध परेको उजुरीका सम्बन्धमा पनि समितिका सदस्यले सिधा प्रश्न..

    चीनसँगको यातायात र पारवहन सन्धि चाँडै कार्यान्वयनमा लगिने, राष्ट्रपति सिलाई नेपाल भ्रमणको निम्तो

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको यातायात र पारवहन सन्धिलाई चाँडै कार्यान्वयनमा लैजाने पक्षमा बताएका छन् ।  प्रधानमन्त्री ओलीले चीनका उपविदेशमन्त्री वाङ याजुनसँग आइतबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले भने, “दुई वर्ष पहिले चीनसँग गरिएको यातायात तथा पारवहन सन्धिलाई हामी छिट्टै निष्कर्षमा पुर्याउदै छौं । भूपरिवेष्टित देश भएकाले यो सन्धिमार्फत हामी समुद्रसम्म आफ्नो पहुँच..

    प्रदेशको समृद्धिको आधार तय हुने गरीे विकास गर्नुपर्ने : मुख्यमन्त्री राई

    आईतवार, श्रावन १३, २०७५ साल
    विराटनगर, १३ साउन  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको समृद्धिको आधार तयार हुने गरी विकास निर्माणको कार्य थालनी हुनुपर्ने बताएका छन् ।  प्रदेश नं १ भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय आर्थिक वर्ष २०७४-७५ को आईतबार यहाँ आयोजित प्रगति समीक्षा बैठकमा उहाँले छोटो अवधिमा विभिन्न कठिनाइ र अभावबीच पनि सडक, पुल, भवन, रंगशाला, सिँचाइ र खानेपानी योजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गर्न..

    प्रदेश २ का सांसदको माग: संघीय सरकारको हस्तक्षेपलाई अविलम्ब रोक्नुपर्छ

    आईतवार, श्रावन १३, २०७५ साल
    जनकपुरधाम, १३ साउन  आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश २ को प्रदेशसभा संसदमा संघीय समाजवादी फोरम नेपालका सांसद प्रचार-प्रसारले प्रदेशको अधिकारलाई संघीय सरकारले हस्तक्षेप गरेकोले त्यसलाई अविलम्ब रोक्नुपर्ने माग गरेका छन् ।   उनले आम नागरिकले प्रदेशको सरकारबाट विकासको आशा र भरोषा राखेकाले त्यसलाई पूरा गर्ने प्रदेश सरकारको दायित्व भए पनि जनताको भावना अनुसार काम हुन नसकेको बताए।  उनले भने, ‘प्रदेशमाथि जनताले केही गर्छ भन्ने..

    चिकित्सा शिक्षा : अस्पताललाई अनशनस्थल बनाउन मिल्छ कि मिल्दैन ?

    आईतवार, श्रावन १३, २०७५ साल
    काठमाडौँ, १३ साउन  राष्ट्रिय चिकित्सा शिक्षामा एमबिबिएसको मात्रै कुरा गरी अन्य विषयलाई छाडेर गलत प्रचलन अगाडि बढाउन खोजिएकामा सांसदले सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेका ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै सांसदले औषधि विज्ञानका धेरै पाटा र पक्षलाई छाडेर एउटा विषय मात्रै प्राथमिकतामा राखिएकामा गुनासो गरे ।  सांसद खगराज..

    कावासोतीका युवा अभियन्ताहरु दिनरात नभनी समाजमा जनचेतना जगाउंदै !

    आईतवार, श्रावन १३, २०७५ साल
    नवलपरासी, १३ साउन   नवलपरासी र चितवनका युवा अभियन्ताहरु कहिले सडक दुर्घटना सम्बन्धि,  बाताबरण, त कहिले जीवन जिउने कला सिकाउनमा व्यस्त छन् । नवलपरासी र देशलाई सुन्दर र सफल बनाउनका निम्ति युवाहरु दिनरात नभनी लागिपरेका छन् ।  "युवाहरूलाई देशमानी काम गर्न धेरै अबसर छ र काम गर्ने युवा हो, हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने" भन्दै प्रेरित गराउने युवा अभियन्ता हुन्..

    राष्ट्रिय सर्तकता केन्द्रद्वारा केही सरकारी निकायको सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था

    आईतवार, श्रावन १३, २०७५ साल
    काठमाडौँ, १३ साउन  राष्ट्रिय सर्तकता केन्द्रले केही सरकारी निकायको सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था गरेको छ ।  संघीय संरचनाअनुसार केही कार्यालय थप भएका र पुराना केहीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए ।  उनका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, विशेष अदालत, महान्याधिवक्ता कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको..

    कर्मचारी समायोजन अबको १ महीनापछि, पहिलो प्राथमिकतामा स्थानीय तह

    आईतवार, श्रावन १३, २०७५ साल
    काठमाडौँ, १३ साउन  सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ ।  स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले एक महीनापछि शुरु हुने कर्मचारी समायोजनमा सबैभन्दा पहिले स्थानीय तहमा कर्मचारी परिपूर्ति गर्ने गरी समायोजन गरिने जानकारी..

    नेपाली काँग्रेसको अबको लक्ष्य - सभामुख र उपसभामुख एउटै दलको हुन नदिने !

    आईतवार, श्रावन १३, २०७५ साल
    बुटवल, १३ असार  प्रदेश नं ५ मा आईतबार विपक्षी दल नेपाली काँग्रेसको अवरोेधका कारण प्रदेशसभाको बैठक स्थगन भएको छ ।  बैठक शुरु हुनासाथ सदस्य निर्मला क्षेत्रीले संविधानले व्यवस्था गरेबमोजिम सभामुख र उपसभामुख एउटै दलको हुन नहुने जिकिर गर्दै स्थायी राजधानी नामकरणका विषयमा मुख्यमन्त्रीको जवाफ आएपछि मात्रै प्रदेशसभाको बैठक सञ्चालन हुने बताए ।  प्रदेशसभाका सदस्य क्षेत्री बोल्नासाथ विपक्षी दलका सदस्यले उठेर विरोध जनाएपछि सभामुख..

    वर्षाका कारण बझाङ कारागार भत्कियो, डरले आत्तिए कैदीबन्दी, सुरक्षामा कडाइ

    आईतवार, श्रावन १३, २०७५ साल
    बझाङ, १३ साउन  लगातार तीन दिनसम्म परेको वर्षाका कारण जीर्ण जिल्ला कारागारको १५ मिटर घेरबार शनिबार राति भत्किँदा कारागारमा रहेका कैदी तर्सिएका छन् ।  कारागारभित्र सुतिरहेका अवस्थामा वर्षासँगै जीर्ण भएको कारागारको घेरबार एक्कासि भत्केपछि ५४ कैदीबन्दी कारागारभित्रै मरिने डरले आतंकित भए । “जेल घर निकै पुरानो छ, वर्षा लागेसँगै पानी चुहेर भित्र आउँछ, सुत्ने ठाउँ नभएर आलोपालो गरी राति सुत्ने गरेका छौंँ,..

    प्रतिनिधिसभाको बैठक : कोदारी राजमार्ग मर्मतमा ध्यान दिन आग्रह, पहिरो पीडितलाई राहत कहिले ?

    आईतवार, श्रावन १३, २०७५ साल
    काठमाडौँ, १३ साउन  नेपाल र चीन जोड्ने कोदारी राजमार्ग मर्मतमा तत्काल ध्यान दिन प्रतिनिधिसभाको आईतबारको बैठकमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।  गोरखा भूकम्पका कारण सो राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदै आएकाले मर्मतमा ध्यान दिन र यातायात सञ्चालनमा सहज वातावरण बनाउन उनिहरुले आग्रह गरे ।  प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर सिन्धुपाल्चोककाका सांसद अग्निप्रसाद सापकोटाले कोदारी राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदा जनजीवन प्रभावित..

    चितवनमा विश्व बाघ दिवस मनाइदै, निकुञ्जमा ३ वर्षमा ११ बाघ मरे

    आईतवार, श्रावन १३, २०७५ साल
    चितवन, १३ साउन  चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् ।  निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२-७३ मा एउटा, २०७३-७४ मा एउटा र २०७४-७५ मा चारवटा बाघ जुधेर मरेका थिए ।  उक्त अवधिमा एउटा बुढो भएर, एउटा उपचारको क्रममा एउटा विषादी परेर मरेका थिए भने दुई वटा मर्नुको कारण खुल्न सकेको..

    केसीले उठाएका मुद्धा राजनीतिक स्वार्थको रुपमा प्रयोग गर्न नहुने : विवेकशील साझा

    आईतवार, श्रावन १३, २०७५ साल
    काठमाडौँ, १३ साउन  विवेकशील साझा पार्टीले चिकित्सक डा गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको छ ।  सो पार्टीले केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहेपनि सकडमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगतरुपमा मात्र भाग लिएको स्पष्ट पारेको हो ।  पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आफ्ना पार्टीका तर्फबाट सरकार र केसी पक्षको वार्तामा अधिवक्ता एवं..

    पेचिलो बन्दै नियुक्ति ! प्रमाणपत्र विवादले धकेलियो प्रधानन्यायाधीशको अनुमोदन

    आईतवार, श्रावन १३, २०७५ साल
    काठमाडौँ, १३ साउन  भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आईतबार बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार दुई बजे बस्ने भएको छ ।  समितिको बैठक आईतबार बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर भएको र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका सदस्य सांसद निरु..

    प्रधानमन्त्री ओलीको कटाक्ष : काँग्रेसको आकार घट्दै गएर माइतीघर मण्डलामा सीमित भयो

    आईतवार, श्रावन १३, २०७५ साल
    काठमाडौँ, साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै गएर माइतीघर मण्डलामा सीमित भएको उल्लेख गरेका छन् ।  शनिबार एक कार्यक्रमका क्रममा बोल्ने क्रममा ओलीले अहिले काँग्रेस माइतीघर मण्डलाभन्दा बाहिर आमसभा गर्न नै नसक्ने अवस्थामा पुगेको दाबी गरे । साथै, त्यसैले अहिलेदेखि नै उसले त्यस ठाउँलाई प्रयोग गर्न जिद्धी गरिरहेको प्रम ओलीले कथन थियो । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री..

    नेपाल र चीनबीचको ‘सगरमाथा फ्रेण्डशिप –दोस्रो संस्करण’ संयुक्त सैन्य अभ्यास चीनमा हुने

    शनिबार, श्रावन १२, २०७५ साल
    काठमाडौँ, साउन १२ ।  नेपाल र छिमेकी देश चीनबीच पुनः संयुक्त सैन्य अभ्यास चीनमा हुने भएको छ । हुने भएको छ । नेपाली र चिनियाँ सेनाबीच ‘सगरमाथा फ्रेन्डसिप’ को दोस्रो संस्करण अन्तर्गत संयुक्त सैन्य अभ्यास हुने जनाइएको हो । चिनियाँ रक्षा मन्त्रालयले संयुक्त अभ्यासको पुष्टि गरिसकेको छ । यसैबीच, संयुक्त सैन्य अभ्यासको तयारीलाई मुख्य एजेण्डा बनाएर चिनियाँ जनमुक्ति सेनाको छङ्तु सैन्य कमाण्डका..
    Weather Forecast