राज्य-समाज
शनिबार, फागुन ५, २०७४ साल

विराटनगर, ५ फागुन :
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुण र दोषका आधारमा वर्तमान सरकारलाई सहयोग गरिने बताएका छन् ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा आजदेखि शुरु भएको ‘निर्वाचनपछिको सन्दर्भ र नेविसंघको भूमिका’ विषयमा प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रतिपक्षमा बस्ने जनादेश पाइएकाले प्रतिपक्षमा रहँदै सरकारका राम्रो कामको समर्थन र गलत कामको खबरदारी गरिने बताए..
शुक्रबार, फागुन ४, २०७४ साल

काठमाडौँ, ४ फागुन :
जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अन्तिम चरणमा पुगेको बताएका छन ।
रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा मन्त्री पण्डितले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकाले चाँडै एकता घोषणा हुने बताए ।
मन्त्री पण्डितले केही दिनभित्रै विस्तार हुने मन्त्रिमण्डलमा माओवादी केन्द्र सहभागी हुने विश्वास व्यक्त गर्दै आफ्नो कार्यकालमा काठमाडौँको वातावरणलाई..
शुक्रबार, फागुन ४, २०७४ साल

कालिकोट, ४ फागुन ।
अब कालिकोटको पलाता गाउँपालिकाका बिधार्थीले कक्षा ११ र १२ मा निःशुल्कको अध्ययन गर्न पाउने भएका छन् । पलाता गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क नलिने निर्णय गरेको हो । यस्को मुख्य उदेश्य गरीबीको समस्यामा जीवन गुजारा गरिरहेका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क नलिई पढ्न प्रोसाहित गर्नु हो । कक्षा ११ मा..
शुक्रबार, फागुन ४, २०७४ साल

४ फागुन, काठमाडौं ।
राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ ग्रहण गर्नुपर्ने जिकिर गरेका छन् । ओलीले बिहीबार प्रधानमन्त्रीको शपथ लिने क्रममा ‘देश’ शब्द उच्चारण गर्न छुटाएको भन्दै थापाले दोहोर्याएर शपथ लिन सल्लाह दिएका हुन् । उन्ले अमेरिकाका तत्कालिन राष्ट्रपति बराक ओबामाले सामान्य त्रुटि गर्द भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहराएर शपथ लिएको उदाहरण दिदैं ओलीले पनि त्यसै गर्नुपर्ने..
शुक्रबार, फागुन ४, २०७४ साल

काठमाडौं, फागुन ४ ।
स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएपछि नेपाल औपचारिक रुपमा संघीयतामा प्रवेश गरिसकेको छ । नेपालको संविधानले नेपाललाई सात वटा प्रदेशमा विभाजन गरेको छ ।
नेपालका सातवटै प्रदेशले मुख्यमन्त्री पनि पाइसकेको छ । गाउँगाउँमा सिंहदरवारको अधिकार र्पुयाउने योजनाका साथ संविधानले स्थानीय, प्रदेश र संघ सरकारको व्यबस्था पनि गरेको छ । संविधानले व्यबस्था गरे अनुसार नेपालमा तीनै तहको सरकार बनिसकेका..
शुक्रबार, फागुन ४, २०७४ साल

नवलपरासी, ४ फागुन ।
प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) सुनवलस्थित शहीद विष्णु पाण्डेको शालिकमा माल्यार्पण कार्यक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
यस प्रदेशलाई भौतिक पूर्वाधारको हिसाबले स्तरोन्नति गरी चौतर्फी विकास गर्दै देशकै नमूना र सवल प्रदेशको..
शुक्रबार, फागुन ४, २०७४ साल

लहान, ४ फागुन।
सिरहा जिल्लालाई प्रदेश नं २ कै पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ ।
जिल्लाका ९९ दशमलव ६९ प्रतिशत भन्दा बढी घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिए ।
प्रमुख कुशवाहाका अनुसार सिरहाको कूल एक लाख १८ हजार ५९८ घरधुरीमध्ये हालसम्म एक लाख १८ हजार २३६ घरधुरीमा शौचालय..
शुक्रबार, फागुन ४, २०७४ साल

काठमाडौं, ४ फागुन ।
नेपालमा नयाँ प्रधानमन्त्रि हुदाँ जहिल्यै पहिलो बधाई भारतको हुने गर्थ्यो । तर यसपटक भने भारतले ढिलो गरी सन्देश पठायो । यो कुरोको कुनै आशंका नै नहोला कि नेपालको राजनीतिमा भारत सधैं परोक्ष र अप्रत्यक्षमा रूपमा सहभागी हुँदै आएको छ । नेपालका हरेक घटनामा भारतले सुरुमा प्रतिक्रिया जनाउने गरेको छ । पश्चिमा देशहरूले पनि भारतकै चश्माले नेपाललाई हेर्ने..
शुक्रबार, फागुन ४, २०७४ साल

सुर्खेत, ४ फागुन ।
नेकपा (एमाले) ६ नं प्रदेशले राखेको आलोपालो प्रस्तावले नेकपा (माओवादी केन्द्र)लाई मुख्यमन्त्रीको दाबी पेश गर्न दुई दिनसम्म निकै सकस बनायो । बारम्बार केन्द्रीय कार्यदलको बैठकको निर्णय कार्यान्वयनका लागि केन्द्रीय नेतृत्वलाई नेकपा (माओवादी केन्द्र), सुर्खेतले दबाब दिइरह्यो ।
अन्तत : कार्यदलको निर्णयलाई कार्यान्वयन गर्ने अन्तिम निष्कर्षका साथ एमालेले आफ्नो अडान फिर्ता लियो र पछि उसकै समर्थनमा माओवादी केन्द्रका संसदीय दलका..
शुक्रबार, फागुन ४, २०७४ साल

हेटौँडा, ४ फागुन ।
प्रदेश नं ३ को अस्थायी राजधानी हेटौँडामा ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसका भव्यरुपमा मनाउन ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ४१७ सदस्यीय मूल समारोह समिति आज गठन गरिएको छ ।
सो समारोह समिति गठन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेको अध्यक्षतामा बसेको एक भेलाले उक्त समारोह समिति गठन गरिएको हो । तीनदिने कार्यक्रमअन्तर्गत फागुन ६ गते..
शुक्रबार, फागुन ४, २०७४ साल

भक्तपुर, ४ फागुन :
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको थियो । प्रधानमन्त्री..
शुक्रबार, फागुन ४, २०७४ साल

काठमाडौँ, ४ फागुन :
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकले प्रत्येक प्रदेशको सदरमुकाममा आधुनिक खेलग्रामसहितको रंगशाला बनाउने र प्रत्येक प्रदेशमा प्राविधिक/व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले जानकारी दिइन् ।
बैठकले नेपालको संविधानबमोजिम संघीय संसद्, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन सम्पन्न..
शुक्रबार, फागुन ४, २०७४ साल

तेह्रथुम, ४ फागुन :
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा विहिबार साँझ दीप प्रज्वलन गरिएको छ । जिल्लास्थित वामगठबन्धनका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री भएकामा खुशियाली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् ।
सदरमुकाम म्याङलुङस्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा आकारमा दीप प्रज्वलन गरी नेता तथा कार्यकर्ताले ओलीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् । नेकपा (एमाले) प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली,..
बिहिवार, फागुन ३, २०७४ साल

काठमाडौँ, ३ फागुन :
नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकमा दोस्रो पटक प्रधानमन्त्री बनेका छन् ।
समृद्धि र स्थिरताको नारासहित निर्वाचनमा बहुमत हासिल गरेको वाम गठबन्धनको समर्थनमा नियुक्त प्रधानमन्त्री ओली झापा विद्रोह हुँदै लामो समय जेलनेलसमेत खेपेका उनी आफ्नो अडानमा दृढ नेता मानिन्छन् । नयाँ संविधान निर्माणमा भूमिका निर्वाह गर्दै..
बिहिवार, फागुन ३, २०७४ साल

सिन्धुली, ३ फागुन :
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अब कृषिमा लगानी गरी देशलाई समृद्ध बनाइने बताएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायतर्फको दोस्रो आगिंक क्याम्पसको मरिण गाउँपालिका–६ मा बिहीबार भवन शिलान्यास तथा कक्षा उदघाट्न गर्दै उनले वाम गठबन्धनको सरकारले कृषिमा मुठ्ठी खोलेर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कृषिमा आधारित उद्योगविना नेपालमा खोलिने कुनै पनि उद्योग दीर्घकालीन..
बिहिवार, फागुन ३, २०७४ साल

काठमाडौं, फागुन ३ ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नाममा शपथ ग्रहण गरेका छन् । साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई शपथ खुवाएकी हुन् । उनले जनताका नाममा शपथ ग्रहण गरे ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, निवर्तमान प्रधानमन्त्री, प्रधानन्यायाधीश विभिन्न दलका शीर्ष नेता, कुटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारीको उपस्थिती रहेको थियो ।
प्रधानमन्त्री ओलीसँगै..
बिहिवार, फागुन ३, २०७४ साल

काठमाडौं, फागुन ३ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक छलफल सुरु गरेको हो ।
छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको..
बिहिवार, फागुन ३, २०७४ साल

सुर्खेत, ३ फागुन ।
प्रदेश नं ६ मा बिहीबार सात वटा मन्त्रालय स्थापना गरिएका छन् । प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताउनुभयो । प्रदेश नं ६ प्रदेशमा सात वटा मन्त्रालय रहने छन् ।
दुई साताअघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालय सञ्चालन भइसकेको छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै..
बिहिवार, फागुन ३, २०७४ साल

काठमाडौँ, ३ फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो जिम्मेवारी पूरा भएको बताएका छन् । देशवासीको नाममा विहीबार सम्बोधन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेको बताए ।
प्रधानमन्त्री देउवाले भने, “यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो आधारशीला निर्माण भएको छ । यसका..
बिहिवार, फागुन ३, २०७४ साल

कैलाली, माघ १९ ।
प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले बिहीबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि बुधवार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त हुन बहुमत रहेको दावी पेश गर्न आग्रह गरेपछि भट्टले वामबठबन्धनका ३७ जना सदस्यको आफूलाई समर्थन रहेको भन्दै दावीपत्र पेश गरेका थिए ।
विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टलाई शनिवार..
बिहिवार, फागुन ३, २०७४ साल

काठमाडौँ, ३ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेकी छिन् ।
एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको केहीबेर पछि राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको..
बिहिवार, फागुन ३, २०७४ साल

राजविराज, ३ फागुन।
पटक पटक माग सम्बोधनका लागि दबाब दिएपनि राजविराज नगर बाल सञ्जालले आफूहरुले राखेको १४ बुँदे माग अविलम्ब सम्बोधन नगरे आफूहरु आन्दोलनमा जाने बताएका छन् ।
सञ्जालले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुका माग १० दिनभित्र सम्बोधन गर्न माग गरेका हुन् ।
सञ्जालका अध्यक्ष जकाउल्लाहले कुनै पनि बन्द हड्तालमा विद्यालय बन्द नहुनुपर्ने, देशैभरिका शिक्षकको प्रमाणपत्र..
बिहिवार, फागुन ३, २०७४ साल

काठमाडौँ, ३ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवास पुगी प्रधानमन्त्री देउवाले राजीनामा दिएका र राष्ट्रपति भण्डारीले कार्यकाल पूरा गरेकामा धन्यवाद दिएका राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।
निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएपछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएसँगै प्रधानमन्त्री देउवाले राजीनामा दिएका हुन् ।
..
बिहिवार, फागुन ३, २०७४ साल

काठमाडौँ, ३ फागुन ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन सम्पूर्ण उम्मेदवारलाई सूचित गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले तोक्ने व्यवस्था रहेको छ । निर्वाचनको अवधिमा भएको सम्पूर्ण खर्चको विवरण उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनुपर्ने कानुनी व्यवस्था..
बिहिवार, फागुन ३, २०७४ साल

काठमाडौँ, ३ फागुन ।
वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको छ ।
एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सो पत्र केहीबेर अघि राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो ।
गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन..
बिहिवार, फागुन ३, २०७४ साल

काठमाडौँ, ३ फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तीन वटै तहका निर्वाचन सफलताका साथ सम्पन्न हुनुलाई आफ्नो कार्यकालको मुख्य उपलब्धि भएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट आज देशवासीका नाममा सम्बोधन गर्दै उनले स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन सफलताका साथ सम्पन्न गरी प्रदेशसभा र प्रदेश सरकारको गठनसमेत यही अवधिमा भएको उल्लेख..
बिहिवार, फागुन ३, २०७४ साल

उर्लाबारी, मोरङ, २ फागुन ।
विसं २०२७ फागुन ११ गते भोजपुरको साविक थिदिंखा–५, पसलभञ्ज्याङ (हाल आमचोक गाउँपालिका–३) मा जन्मिएका शेरधन राई नेकपा (एमाले) बाट प्रदेश नं १ को मुख्यमन्त्रीमा वुधबार नियुक्त भए ।
प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । राई एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
विसं २०४४..
बिहिवार, फागुन ३, २०७४ साल

काठमाडौँ, ३ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् ।
महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा वुधबार आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।
साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो तुल्याउँदै राष्ट्रिय प्रेमले ओतप्रोत, राष्ट्रियता र स्वाभिमानलाई प्रवद्र्धन..
बिहिवार, फागुन ३, २०७४ साल

दमौली, तनहुँ, ३ फागुन ।
तनहुँ जिल्ला एक महिनादेखि प्रमुख जिल्ला अधिकारीविहीन बनेको छ । तत्कालीन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौँतर्फ लागेपछि तनहुँ जिल्ला प्रजिअविहीन भएको हो ।
प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध र हातहतियार खरखजाना, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने कार्य प्रभावित हुँदै आएको बताइएको छ । यतिबेला निमित्त प्रजिअको भरमा..
बिहिवार, फागुन ३, २०७४ साल

काठमाडौँ, ३ फागुन :
एकता प्रक्रिया खाकालाई निष्कर्षमा पु¥याउन बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको छ ।
एकता प्रक्रियाको ठोस खाकामा बुँदागत सहमति आउने अपेक्षा गरिएको सो बैठकले त्यसबारेमा बिहीबार निर्णय गर्ने समझदारी गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष आजै..
Results 8186: You are at page 236 of 273