सोमबार, कार्तिक ४, २०७६

    राज्य-समाज

    अर्घाखाँची प्रदेशसभा सदस्यमा चेतनारायण आचार्य र रामजी घिमिरे विजयी

    मंगलवार, मंसिर २६, २०७४ साल
    अर्घाखाँची, २६ मंसिर । प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १३५ मत प्राप्त गरेका छन् । आचार्यले खनाललाई १० हजार ५१६ मतअन्तरले जितेका छन् । प्रदेशसभा २ मा वाम गठबन्धनतर्फबाट एमालेका रामजीप्रसाद घिमिरेले २६ हजार १५९ मत..

    यसपटकको निर्वाचनबाट राष्ट्रिय पार्टीको मान्यता ६ दललाई मात्र ?

    सोमबार, मंसिर २५, २०७४ साल
    काठमाडौं, मंसिर २५ ।  यसपटकको निर्वाचनले मुलुकका ६ ओटा पार्टीलाई मात्र राष्ट्रिय पार्टीको हैसियत दिने देखिएको छ । च्याउसरी पार्टी र तिनका नेताको हर्कतले दिक्क भएका जनताले यसपटक भने ६ ओटा दललाई मात्र राष्ट्रिय हैसियतमा पाउने भएका हुन् । यसरी राष्ट्रिय दलको मान्यता पाउनेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र..

    स्थानीय तह निर्वाचनमा प्रतिमतदाता खर्च ४९५ रुपैयाँ २५ पैसा

    सोमबार, मंसिर २५, २०७४ साल
    काठमाडौँ, २५ मंसिर । स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९५ रुपैयाँ २५ पैसा समग्रमा खर्च/लागत रहेको पाइएको छ ।उक्त निर्वाचनमा रु छ अर्ब ९६ करोड ९३ लाख ७६ हजार ८६६ खर्च भएको निर्वाचन आयोगको आर्थिक प्रशासन शाखाबाट जानकारी प्राप्त भएको छ ।  स्थानीय तहको निर्वाचन वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सम्पन्न भएको थियो । सरकारले स्थानीय तहको निर्वाचनका..

    भक्तपुर–१ मा नेमकिपाका सुवाल फराकिलो मतान्तरले विजयी

    सोमबार, मंसिर २५, २०७४ साल
    भक्तपुर, २५ मंसिर । भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन् । सुवालले ३३ हजार ०७६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत प्राप्त गरे ।  यस्तै, क्षेत्र नं १ प्रदेश ‘क’ मा एमालेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भएका छन् । उनका..

    समानुपातिक तर्फ पनि एमाले अग्रस्थानमा, नेपाली कांग्रेस दोस्रो

    सोमबार, मंसिर २५, २०७४ साल
    काठमाडौं मंसिर २५।  प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको नतिजा अनुसार एमालेले ४ लाख ४६ हजार ३७, नेपाली कांग्रेसले ४ लाख २९ हजार ९१ र माओवादी केन्द्रले २ लाख ५ हजार ३ सय ९० मत पाएका छन् ।  चौंथोमा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र पाँचौंमा विवेकशील साझा पार्टी छन् । राजपा..

    नेपाली सेनाका दुईजना सहायक रथीको पदावधि थप

    सोमबार, मंसिर २५, २०७४ साल
    काठमाडौँ, २५ मंसिर । मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले दुईजना सहायक रथी दामोदर थापा र नवजितशम्शेर जबराको पदावधि थप गर्ने निर्णय गरेको छ ।  बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडको पनि पदावधि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारकर्मीलाई जानकारी दिए ।  उनले बैठकले केही विदेश भ्रमणहरुलाई अनुमोदनसमेत गरेको जानकारी दिए । ..

    वर्षाै देखिको सपना साकार पार्ने बेला आयो : ओली

    सोमबार, मंसिर २५, २०७४ साल
    विराटनगर, मंसिर २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौंदेखिका सपना साकार पार्ने बेला आएको बताएका छन् । काठमाडौंबाट झापा जाने क्रममा विराटनगर विमानस्थलमा उनले ताजा जनादेशपछि वर्षौंदेखिका सपना साकार पार्ने अवस्था आएको बताएका हुन् ।  नयाँ परिणाम मार्फत नेपाली नागरिकले वाम दललाई ठूलो भरोसा गरेको स्पष्ट भएकाले त्यो भरोसालाई यथार्थमा बदल्न सही नीति र सही व्यवहारका साथ अघि बढ्ने उनको..

    विक्रम पाण्डेलाई ९ हजार बढी मतले पराजित गर्दै प्रचण्ड निर्वाचित

    सोमबार, मंसिर २५, २०७४ साल
    चितवन, मंसिर २५ ।  निकै चासो र चर्चाको क्षेत्र बनेको चितवन ३ मा वाम गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गर्दे ‘प्रचण्ड’ विजयी भएका हुन । अन्तिम मत परिणाम अनुसार प्रचण्डले ४८ हजार २७६ मत प्राप्त गरेका छन् । पाण्डेले ३८ हजार ९३५ मत..

    सिरहा–१ प्रतिनिधिसभा सदस्यमा काँग्रेसका प्रदिप गिरि विजयी

    सोमबार, मंसिर २५, २०७४ साल
    सिरहा, २५ मंसिर । सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदीप गिरि विजयी भएका छन् । गिरिले २३ हजार ९५१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गरे ।  यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का अशोक यादव विजयी भएका छन् । उनले ११ हजार ११० मत प्राप्त..

    नवलपरासी जिल्लाका विजयी उम्मेदवारको मतपरिणाम

    सोमबार, मंसिर २५, २०७४ साल
    नवलपरासी, २५ मंसिर ।   नवलपरासीमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ विभिन्न दलका उम्मेदवार विजयी भएपछि दलहरुले आज विजय र्‍याली निकालेका छन् ।  विभिन्न शहर बजारदेखि गाउँ-गाउँसम्म विजयी उत्सव मनाएका दलका नेता कार्यकर्ता र समर्थकमा खुसीयाली छाएको छ । नवलपरासी पूर्वको सदरमुकाम कावासोती बजार र नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार यतिबेला दलका विजयी र्‍यालीले छाएको छ ।  नवलपरासी – (बर्दघाट सुस्ता) पूर्व र नवलपरासी..

    जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिए : अध्यक्ष दाहाल

    सोमबार, मंसिर २५, २०७४ साल
    चितवन, २५ मंसिर ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताएका छन् । आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच वर्षमा धेरै काम गर्नुपर्ने बताए ।  उनले अब देश समृद्धितर्फ अघि बढेको बताए । वाम सरकारले पाँच वर्षमा राम्रा काम..

    नवराज सिलवाल : प्रहरी निरीक्षकदेखि सांसदसम्म

    सोमबार, मंसिर २५, २०७४ साल
    ललितपुर, २५ मंसिर ।  निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि थप चर्चामा आएका छन् । आफू प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि सरकारको विरोधमा सर्वाेच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका सिलवालले अदालतबाट न्याय नपाए पनि जनताबाट न्याय पाएको महसुस गरेका छन् ।  सिलवालको मुद्दामा सकारात्मक देखिएको भन्ने आधारमा सत्ता पक्षले तत्कालीन प्रधानन्यायाधीश..

    मतदाता शिक्षाको अप्रभावकारिता : लमजुङमा करिब पाँचहजार मत बदर

    सोमबार, मंसिर २५, २०७४ साल
    लमजुङ, २५ मसिर । मतदाता शिक्षा प्रभावकारी नहुँदा लमजुङमा करिब पाँच हजार मत बदर भएको पाइएको छ । प्रतिनिधि र प्रदेशसभा गरी चार हजार ९३७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार एक लाख १५ हजार ४४९ मत रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि मात्रै ७७ हजार १६४ मत खसेको थियो सोमध्ये दुई हजार ५८५ मत बदर भएको..

    प्रतिनिधिसभाका १३४ र प्रदेशसभाका २८५ क्षेत्रको मतगणना सम्पन्न

    सोमबार, मंसिर २५, २०७४ साल
    काठमाडौंँ, २५ मंसिर । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी रहेको छ ।  आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ निर्वाचन क्षेत्रमध्ये १३४ जना र प्रदेशसभा सदस्यतर्फ ३३० निर्वाचन क्षेत्रमध्ये २८५ जना प्रतिनिधि निर्वाचित भएका छन् ।  प्रतिनिधिसभातर्फ पाँच र प्रदेशसभातर्फ १३ जना..

    भक्तपुर १ को प्रदेश ‘क’ मा वाम र ‘ख’ मा नेमकिपा विजयी

    सोमबार, मंसिर २५, २०७४ साल
    नगरकोट, २५ मंसिर । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का हरिशरण लामिछाने विजयी भएका छन् । उनी १२ हजार ७८९ मत प्राप्त गरी विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन खत्रीले नौ हजार ९७४ मत प्राप्त गरेका छन् । त्यस्तै, सात हजार १९ मत ल्याएर नेमकिपाका नीरज लवजू तेस्रो स्थानमा रहेका..

    सुनसरी ४ मा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी

    सोमबार, मंसिर २५, २०७४ साल
    इनरुवा, २५ मंसिर । प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।  आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाएका छन् । श्रेष्ठले २५ हजार ७५० मत प्राप्त गरे..

    अर्घाभगवती विमानस्थलको काम अघि बढ्दै, चार वर्षभित्र पूरा हुने

    सोमबार, मंसिर २५, २०७४ साल
    काठमाडौँ, २५ मंसिर । अर्घाखाँचीको अर्घाभगवती विमानस्थल निर्माणका लागि निर्माणस्थलमा रहेका रुख हटाउन सम्झौता भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इञ्जिनियरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रुख हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सन्धिखर्क, अर्घाखाँचीसँग सम्झौता गरेको छ । विभाग र प्रालिबीच यही मंसिर १८ गते सोसम्बन्धी सम्झौता भई विमानस्थल निर्माणको काम अघि बढ्न लागेको विभागका इ. ध्रुवदास..

    सल्यानमा पनि वाम गठबन्धनको जित, मन्त्रि बस्नेतको ह्याट्रिक

    सोमबार, मंसिर २५, २०७४ साल
    सल्यान, २६ मंसिर  : सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मदेवारले प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका छन् । हाल बिना विभागीयमन्त्री..

    कञ्चनपुर क्षेत्र नम्बर १ ‘क’ मा एमालेकी तारा लामा विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    कञ्चनपुर, मंसिर २४ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ बाट वामगठबन्धनका उम्मेदवार तारा लामा तामाङ दोब्बर बढी मतले विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका उम्मेदवार गोपाल गुरुङले भन्दा १० हजार ७२४ मत बढी ल्याउनुभएको छ । निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठका अनुसार प्रदेशसभा सदस्यमा वामगठबन्धनका उम्मेदवार तामाङले २० हजार १४ र गुरुङले ९ हजार..

    एमालेका हृदयेश त्रिपाठी ५ हजार १ मतान्तरले विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    नवलपरासी, मंसिर २४ – नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका हृदयेश त्रिपाठी ५००१ मतान्तरले विजयी हुनुभएको छ । एमालेका त्रिपाठीले ३८ हजार ५ सय ९२ मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका देवकरण कलवारले ३३ हजार ५ सय ९१ मत ल्याउनुभएको छ ।..

    दैलेखका सबै प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    दैलेख, २४ मंसिर ।  दैलेखका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र भएको दैलेखको प्रतिनधिसभा सदस्यमा क्षेत्र नं. १ बाट एमालेका रवीन्द्र शर्माले २३ हजार ७७३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका केन्द्रीय सदस्य दीपककुमार शाहीले १७ हजार २५३ मत प्राप्त गरे ।  यसैगरी क्षेत्र नं २ बाट..

    नेपाली काँग्रेसका उम्मेद्ववार प्रदीप पौडेलद्वारा पुनः मतदानको माग

    आईतवार, मंसिर २४, २०७४ साल
    तनहुँ, २४ मंसिर ।   नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र नं २ का प्रदेशसभा १ का उम्मेद्ववार प्रदीप पौडेलले पुनःमतदानको माग गरेका छन् । माझिलाङ, सागे नेपालटार, जन जौकुमारी, मीन मावि र उदयमावि केन्द्रको मतगणनामा कूल दुई हजार ३२८ मत हुनुपर्नेमा बढी ४२ मत भेटिएपछि फर्जी मत हालिएको भन्दै पौडेलले पुनः मतदानको माग गरेका हुन् । मुचुल्का गरिएको भन्दा बढी..

    निर्वाचनमा आफू हारेर पनि जित्नेलाई बधाई दिने यी नेताहरु...

    आईतवार, मंसिर २४, २०७४ साल
    काठमाडौँ, २४ मंसिर । सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, “जालझेल गरेर हराइयो । ” नेपालमा राजनीतिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन । धाँधली, जालझेल तथा अनियमितताका आधारमा निर्वाचन जितेको जनाउँदै हार्नेले जित्नेलाई सत्तोसराप गर्ने संस्कृति हट्न सकेको छैन, जबकि संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिका उम्मेदवारले हार्ने निश्चित भएपछि तुरुन्तै विजयीलाई बधाई दिने चलन छ ।  नेपालमा पनि केही नेता..

    झापा– ५ बाट केपी शर्मा ओली भारी मतान्तरका साथ निर्वाचित

    आईतवार, मंसिर २४, २०७४ साल
    काठमाडौँ , २४ मंसिर  । एमाले अध्यक्ष केपी शर्मा ओली  झापा– ५ बाट निर्वाचित भएका छन् ।  कूल ९१ हजार ३ सय ४५ मत मध्ये ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गरे भने कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गरे, दुईजना बिच २८ हजार ८ सय ४२ मतान्तर रह्यो ।..

    हिंसा न्यूनिकरणका लागि महिलामा सकारात्मक परिर्वतनसंगै सचेतना जरुरी : श्रेष्ठ

    बिहिवार, मंसिर २८, २०७४ साल
    मंसिर २४, काठमाडौं ।  नेपालमा पछिल्लो समय महिला हिंसासम्बन्धी घटनाहरूमा वृद्धि भएको पाइन्छ । महिलाहरुमा सकारात्मक परिर्वतन आएको विभिन्न महिलाका क्षेत्रमा काम गर्ने संघ–संस्थाहरुले  बताउने गरे तापनि महिला हिंसामा भने कमि आउँन सकेको छैन । महिलाका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर–सरकारी संघ–संस्थाहरुले हरेक वर्ष झै यस वर्ष पनि महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान सञ्चालन गरिरहेका छन् ।  गत मंसिर ९..

    पर्सा–१ (ख)बाट संघीय समाजवादी फोरमका लालबाबु राउत गद्दी विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    पर्सा, २४ मंसिर  । पर्सा क्षेत्र नं १ (ख)बाट प्रदेशसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत गद्दी विजयी भएका छन् । गद्दीले चार हजार ७१५ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय सर्राफले चार हजार ४३० मत पाएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । रासस ..

    कैलाली– ५ मा एमालेका राना विजयी, आरजु ४ हजार ८ सय ८० हजार मतले पराजित

    आईतवार, मंसिर २४, २०७४ साल
    धनगढी, २४ मंसिर । कैलाली निर्वाचन क्षेत्र ५ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार २०२ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस नेत्री डा आरजु देउवाले २२ हजार ३२२ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले भने यसको औपचारिक पुष्टि गर्न बाँकी छ ।  निर्वाचन क्षेत्र ५ प्रदेशसभा(क)मा वाम गठबन्धन र ‘ख’ मा काँग्रेसका..

    रुपन्देही–४ को प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा काँग्रेस विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    बुटवल, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देही क्षेत्र नं ४ को अन्तिम परिणाम आज सार्वजनिक भएको छ । अन्तिम परिणामअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।  सो क्षेत्रमा ६७ हजार ८३५ मत खसेकामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रमोद यादवले ३१ हजार ७१८ र उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका..

    महिला हिंसाविरुद्ध २४सै घण्टे निःशुल्क हेल्पलाइन '११४५' शुरु

    आईतवार, मंसिर २४, २०७४ साल
    काठमाडौँ, २४ मंसिर । राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा अन्त्य गर्न सहयोग पुर्‍याउने उद्देश्यले ११४५ नम्बरको निःशुल्क हेल्पलाइन प्रारम्भ गरेको छ । यो हेल्पलाइन २४सै घण्टा सञ्चालनमा रहने छ ।  सोह्र दिने महिला हिंसा विरुद्धको अभियान समापनका अवसरमा आज सो हेल्पलाइन महिला, बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापाले शुभारम्भ गरेका हुन् । उनले महिलामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरणका लागि सरकार सधैँ प्रतिबद्ध..

    बारा–२ मा संघीय समाजवादी फोरम नेपालका रामसहाय प्रसाद यादव विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    सिमरा, २४ मंसिर ।  क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका रामसहाय प्रसाद यादव विजयी भएका छन् ।  यादवले २८ हजार १८५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधेचन्द्र यादवले १५ हजार ७९० मत प्राप्त गरेका निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत रमेश सुवेदीले जानकारी दिए ।  क्षेत्र नं २ मा कूल ५९ हजार ९०१ मत खसेको..
    Weather Forecast