सोमबार, कार्तिक ४, २०७६

    राज्य-समाज

    काभ्रेपलाञ्चोकमा ४६ उम्मेदवारको जमानत जफत, आएन १० प्रतिशत मत

    आईतवार, पौष २, २०७४ साल
    बनेपा, २ पुस ।  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ ।  प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा पाँच जना, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) मा आठ जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा नौ जना, प्रतिनिधिसभा क्षेत्र नं २(क) मा पाँच जना र..

    मुख्यमन्त्रीका महिला आकांक्षी

    आईतवार, पौष २, २०७४ साल
    काठमाडौं, २ पुस । निर्वाचन सम्पन्नभएसंगै मुख्यमन्त्रीको चर्चा चुलिन थालेको छ । ७ वटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीका रुपमा पुरुषहरुको नाम चर्चामा आईरहेको समयमा केही महिला प्रतिनिधिले पनि आफुलाई मुख्यमन्त्रीको दाबेदार बताएका छन् । गत मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा प्रदेशसभामा १७ जना महिला विजयी भएका छन् । मुलुक संघिय व्यवस्थामा गएसंगै विजयी महिला उम्मेदवारहरु आफुलाई मुख्यमन्त्रीको बनाउनुपर्ने भन्दै आवाज उठाउन..

    उनन्चास हजार ६ सय ५२ मतको अन्तरसहित एमाले अग्रस्थानमा

    आईतवार, पौष २, २०७४ साल
    काठमाडौँ, २ पुस ।  पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ४९ हजार ६५२ मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।  निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजे प्राप्त जानकारीअनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २९५, नेपाली काँग्रेस ३१ लाख ११ हजार ६४३, नेकपा (माओवादी केन्द्र)..

    प्रधानमन्त्री-प्रचण्ड भेटवार्ता, देउवाले भने - सत्ता हस्तान्तरण गर्न आतुर छु

    शनिबार, पौष १, २०७४ साल
    काठमाडौँ, १ पुस  : प्रधानमन्त्री शेरवहादुर देउवाले आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् ।  नेकपा (माओवादीका केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित शनिबार बिहान प्रम निवास बालुवाटारमा भएको भेटमा उनले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।  प्रधानमन्त्री देउवाले वाम गठबन्धनले..

    प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौँ २९ मंसिर । वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् । प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ ।  मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिएका छन् । निर्वाचन अगाडि नै मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएका उनी..

    सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौँ, २९ मंसिर । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् ।  रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारे । वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी..

    मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौँ, २९ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् ।  मध्यतराई र आसपासका क्षेत्रमा विगतमा चलाइएको..

    प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टीको पक्षमा जनमत नआउनु दुखद : नेता सिंह

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौं, मंसिर २९ ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनु भएको छ ।  काँग्रेस, काठमाडौँ क्षेत्र नं १ ले राजधानीमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टीको पक्षमा सोचेजति नतिजा नआउनु दुःखद भएको बताउनुभयो । देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा हारेको भन्दै उहाँले पाटीभित्र भएका..

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता कायमै

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौं, मंसिर २९ । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आज साँझ सम्ममा सबै स्थानको मतपरिणाम आइसक्ने आयोगले जनाएको हो ।  प्रत्यक्ष तर्फ पहिलो बनेको नेकपा एमालेले नै जारी मतगणनामा समानुपातिकतर्फ अग्रता कायम राखेको छ । उसले कुल खसेका १ करोड ५ लाख मतमध्ये हालसम्म ३० लाख ४६ हजार २ सय ४८..

    दोस्रो किस्ताको रकम लिने भूकम्पपीडितको संख्या १ लाख भन्दा बढि

    शुक्रबार, मंसिर २९, २०७४ साल
    मंसिर २९, काठमाडौँ । भूकम्पमा भत्केको घर निर्माणका लागि दोस्रो किस्ताको रकम लिने भूकम्पपीडितको संख्या १ लाख नाघेको छ ।  मंसिरको अन्तिमसम्मको तथ्याकं अनुसार १ लाख ४ सय ८३ परिवारले दोस्रो किस्ता बापतको रकम लिएका छन् । अझै २४ हजार ३ सय ७ परिवारले दोस्रो किस्ताको रकम लिएका छैनन् । तेस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका भूकम्पपीडितको संख्या पनि ३३ हजार ४..

    कास्कीमा ७७ उम्मेदवारको जमानत जफत, प्राप्त भएन १० प्रतिशत मत

    शुक्रबार, मंसिर २९, २०७४ साल
    पोखरा, २९ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ । कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) तथा नेपाली काँग्रेसका १८ जना उम्मेदवारले मात्रै जमानत फिर्ता पाएको क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी तेजबहादुर गुरुङले जानकारी दिए ।  प्रतिनिधिसभाका..

    जातीय भेदभाव तथा छुवाछूत कसूर ऐन लागू भएको छ वर्षपछि पनि छुवातछूत उस्तै

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौँ, २९ मंसिर । जातीय भेदभाव तथा छुवाछूत ऐन आएको छ वर्ष हुँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विसं २०६८ जेठमा सरकारले पहिलोपटक जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन लागू भएपछि विभेदकै कारण सातजना दलितले ज्यान गुमाउनुपरेको छ ।  ऐन आइसकेपछि जातीय विभेदका कारण २०६८ भदौमा दैलेखका सेते दमार्इं, २०६८ मंसिरमा कालीकोटका मनवीर सुनार, २०६८ माघमा सप्तरीका शिवशंकर..

    नागी : कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर गाउँ

    शुक्रबार, मंसिर २९, २०७४ साल
    बेनी, २९ मंसिर । धौलागिरि अञ्चलमा नै सबैभन्दा पहिला इन्टरनेट पुगेको सामाजिक अभियन्ता महावीर पुनको गाउँ कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर बनेको छ ।  पच्चीस वर्ष अगाडि अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका महावीर पुनले गृहजिल्ला म्याग्दीको राम्चेस्थित नागीमा ताररहित इन्टरनेटसहित शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटनलगायतका क्षेत्रमा काम गरेर गाउँलाई आवश्यक पर्ने आधारभूत सुविधा उपलब्ध गराई नागीलाई आत्मनिर्भर बनाउन सफल भएका हुन्..

    पुरुष वर्चस्वकाबीच आफुलाई स्थापित गराउन सफल महिला उम्मेद्वारहरु

    बिहिवार, मंसिर २८, २०७४ साल
    मंसिर २८, काठमाडौँ । देशभरबाट प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा २३ जना महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका ६ र प्रदेशसभा सदस्यमा १७ महिला निर्वाचित भएका हुन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट ३ सय ७१ महिला चुनावि मैदानमा थिए । जसमा प्रदेशसभातर्फ २ सय २९ महिला उम्मेदवार थिए भने प्रतिनिधिसभातर्फ १ सय ४२ महिला..

    प्रत्यक्षतर्फ प्रथम स्थानमा रहेको एमाले समानुपातिकमा पनि अगाडि

    बिहिवार, मंसिर २८, २०७४ साल
    काठमाडौ २८ मंसिर ।  प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रथम स्थानमा रहेको नेकपा एमालेले समानुपातिक मतगणनामा पनि अग्रता कायमै राखेको छ । निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार कुल खसेका १ करोड ५ लाख मतमध्ये हालसम्म एमालेले २७ लाख २५ हजार २ सय २८ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ३७ हजार १ सय ८४ मत प्राप्त..

    वामपन्थी सरकारले अधिनायकवाद ल्याउँछ भन्नु गलत : प्रचण्ड

    बिहिवार, मंसिर २८, २०७४ साल
    चितवन, मंसिर २८ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रददेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनबाट वाम गठबन्धनले बहुमत ल्याउदा मुलुकमा अधिनायकवाद आउछ भनेर गरिएको प्रचार गलत भएको बताउनु भयो ।  नेपाल पत्रकार महासंघ चितवनले जिल्लाबाट निर्वा्चित जनप्रतिनिधिहरुका लागि आज आयोजना गरेको शुभकामना एवं बधाई कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो ।  वाम गठवन्धनको जितलाई विश्व समुदायले अति नै चासो र..

    नेपालमा आज २६ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइदै

    बिहिवार, मंसिर २८, २०७४ साल
    काठमाडौ २८ मंसिर ।  अपांगता भएका व्यक्तिहरुको २६ औं अन्तराष्ट्रिय दिवस नेपालमा आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । दिवसको यस वर्षको नारा ‘कोही पनि नछुटुन् दिगो विकासको नारा, अपांगतामैत्री योजना कार्यान्वयनमा जुटौं हामी सारा’ भन्ने तय गरिएको छ ।  गत मंसिर १७ गते विश्वव्यापी रुपमा यो दिवस मनाइए पनि नेपालमा भने आज मात्रै मनाइएको हो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका कारण..

    इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीश छानिंदै

    बिहिवार, मंसिर २८, २०७४ साल
    मंसिर २८, काठमाडौँ । जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गरिने भएको छ । न्यायिक इतिहासमै पहिलोपटक जिल्ला अदालतको न्यायाधीशको पदपूर्ति खुल्ला प्रतिस्पर्धाबाट गरिन लागेको हो । पदपूर्तिका लागि न्याय सेवा आयोगले दरखास्त आह्वान समेत गरिसकेको छ । आयोगले बुधबार सूचना प्रकाशन गरी दरखास्त आह्वान गरेको हो । न्याय परिषद्को सचिवालयमा योग्यता पुगेका उम्मेदवारल पुस २७ गतेसम्म आवेदन पेश गर्न सक्ने सूचनामा..

    पूर्वराजपरिवारको 'हिमागृह'लाई मुख्यमन्त्रीको निवास बनाउने तयारी

    बिहिवार, मंसिर २८, २०७४ साल
    मंसिर २८, काठमाडौँ । चार नम्बर प्रदेशमा मुख्यमन्त्रीको आवासको टुंगो लागेको छ । पोखराको फेवाताल किनारमा रहेको हिमागृहलाई मुख्यमन्त्री निवास बनाउने टुंगो लागेको हो । यस अघि यो भवन पूर्वराजपरिवारका सदस्यले प्रयोग गर्ने गरेका थिए । पूर्वराजपरिवार सदस्यहरू पोखरा आउँदा यही भवन प्रयोग गर्थे । पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले यहि भवनलाई मुख्यमन्त्री निवास बनाउन सरकारलाई प्रस्ताव गरेको हो । राजसंस्थाको अन्त्यपछि..

    समानुपातिकतर्फ ६० जिल्लाको मतगणना सम्पन्न, १७ जिल्ला बाँकी

    बिहिवार, मंसिर २८, २०७४ साल
    काठमाडौँ, २८ मंसिर । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ ।  आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, नेकपा एमालेले २६ लाख ३१ हजार ९९१..

    म्याग्दीको रघुगंगा गाउँपालिका साक्षर घोषणा, ९५ प्रतिशतले लेखपढ गर्न सक्ने

    बिहिवार, मंसिर २८, २०७४ साल
    बाबियाचौर, २८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा–५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ७ चिमखोलासँगै समग्र गाउँपालिकालाइ नै साक्षर घोषणा गरिएको हो ।  आठवटा वडा रहेको रघुगंगाका पाँचवटा वडालाई यसअघिनै साक्षर घोषणा गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी जनसंख्याले अंक, अक्षर लेखपढ गर्न सक्ने भएको आधारमा साक्षर..

    सांसद नभएका व्यक्ति पनि मन्त्री बन्न पाउने, निर्वाचन हारेकाहरु अयोग्य

    बिहिवार, मंसिर २८, २०७४ साल
    मंसिर २८, काठमाडौँ । अब बन्ने नयाँ सरकारमा सांसद नभएको व्यक्ति समेत मन्त्री हुन पाउने छन् । संविधानमै भएको व्यवस्था अनुसार सांसद नभएको व्यक्ति पनि मन्त्री बन्न पाउने छन् । संविधानको धारा ७८ को १ मा भएको व्यवस्था अनुसार सांसद नभएका व्यक्ति पनि मन्त्री बन्न सक्ने छन् ।   संविधानको उक्त धारामा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने सक्ने उल्लेख गरिएको छ..

    राष्ट्रियसभा गठनकोे निर्वाचन प्रणालीमा मतभेदले ढिलाई

    बिहिवार, मंसिर २८, २०७४ साल
    काठमाडौँ, २८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई नयाँ जनादेश आइसक्दा पनि राष्ट्रियसभा गठन गर्न दलहरुबीच सहमति हुन नसक्दा कानून निर्माण गर्ने प्रक्रियामा ढिलाइ भइरहेको छ । दलहरुबीच राष्ट्रियसभा गठन गर्नका लागि निर्वाचन प्रणालीमा बहुमतीय वा एकल संक्रमणीय प्रणालीमा गर्ने भन्ने विवादका कारण कानून बनाउने प्रक्रिया समेत ढिलाइ हुँदै गइरहेको छ ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताले..

    सबै प्रदेशको ‘अस्थायी राजधानी’ तोक्ने सरकारको अन्तिम तयारी

    बुधबार, मंसिर २७, २०७४ साल
     काठमाडौँ, मंसिर २६ ।  ७ वटै प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अस्थायी राजधानी तोक्नका लागि प्रस्ताव तयार गरिसकेको र त्यसबारे आगामी मन्त्रिपरिषद्को बैठकले अन्तिम निर्णय गर्ने समेत स्पष्ट पारेको छ ।  यसअघि प्रधानमन्त्री कार्यालयको समन्वयमा शहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्रकुमार पौडेल नेतृत्वको विज्ञ टोलीको प्रतिवेदनका आधारमा सात वटै प्रदेशको कार्यालय रहने स्थान, प्रदेशसभा..

    प्रतिनिधिसभामा निर्वाचित फोरमका 'प्रदीप यादव' लाई चाँदीको मुकुट !

    बुधबार, मंसिर २७, २०७४ साल
    वीरगन्ज, मंसिर २७ ।  पर्सा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी संघीय समाजवादी फोरम नेपालका प्रदीप यादवलाई विजयी जुलुसमा स्थानीयले चाँदीको मुकुट र ५१ किलोको माला लगाइदिएर स्वागत गरेका छन् ।  वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको निवासबाट बुधबार निकालिएको विजयजुलुमा पर्सा–१ बाट नवनिर्वा्चित प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य लालबाबु राउत गदी र जनत अन्सारीलाई स्वागत गर्दै स्थानीयले चाँदीको..

    राष्ट्रियसभा नभई नयाँ सरकार गठन हुनेबारे कानुनविद्हरुबीच मतान्तर

    बुधबार, मंसिर २७, २०७४ साल
    काठमाडौँ, २७ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ताजा जनादेश आइसके पनि राष्ट्रिय सभा गठन नभएको स्थितिमा नयाँ सरकार निर्माणका लागि बाधा भए-नभएका बारेमा वरिष्ठ अधिवक्ता एवं कानूनविद्को मत बाझिएको छ ।  प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पनि राष्ट्रियसभा गठनसम्बन्धी कानून जारी नभएको र उक्त सभाको निर्वाचन कुन प्रक्रियाबाट गर्ने भन्नेमा दलहरुबीच सहमति भइनसकेको स्थितिमा नयाँ सरकार बन्न सक्दैन भन्ने पनि कतिपय विज्ञहरुको तर्क..

    कपिलवस्तुमा प्रत्यक्ष तर्फको २७ हजार ६ सय १७ मत बदर

    बुधबार, मंसिर २७, २०७४ साल
    कपिलवस्तु, मंसिर २६ । कपिलवस्तु जिल्लामा प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको २७ हजार ६ सय १७ मत बदर भएको छ ।  मत पत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मत पत्रमा दुई मत चिन्हमा छाप लगाउने जस्ता मतपत्रहरु बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  प्रतिनिधिसभातर्फ १३ हजार ८ सय १४ र प्रदेशसभामा १३ हजार ८ सय ३..

    प्रदेशसभा सञ्चालनस्थलका बारेमा सूक्ष्म अध्ययन, अस्थायी संरचना तोक्ने तयारी

    बुधबार, मंसिर २७, २०७४ साल
    काठमाडौँ, २७ मंसिर । संघीय संरचनाअनुसार प्रदेशसभा सञ्चालन गर्नेस्थलको अध्ययन सूक्ष्म रुपमा भइरहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।  पूर्वाधारका आधारमा प्रदेश नं १ को धनकुटा, धरान, इटहरी वा विराटनगर, प्रदेश नं २ को जनकपुर वा वीरगन्ज, प्रदेश नं ३ को मकवानपुर, धादिङ वा ललितपुर, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को भैरहवा, बुटवल वा दाङ, प्रदेश नं ६ को..

    लमजुङमा १९ उम्मेदवारको धरौटी जफत, आएन दस प्रतिशत मत

    बुधबार, मंसिर २७, २०७४ साल
    लमजुङ, २७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका १९ जनाको धरौटी जफत भएको छ । कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारको धरौटी जफत भएको हो । जिल्लामा प्रतिनिधिसभातर्फ एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेकामा नौ जनाको धरौटी जफत भएको छ । प्रदेशसभा (क)बाट उम्मेदवारी दिएका छ जनामध्ये चार..

    संघीय व्यवस्थापिका बैठकको तयारी, राष्ट्रियसभा गठनको कानून अन्योलमा

    बुधबार, मंसिर २७, २०७४ साल
    काठमाडौँ, २७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै व्यवस्थापिका–संसद् सचिवालयले संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालनको तयारी तीव्र पारेको छ ।  यही मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन भई प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ । समानुपातिकतर्फको मत परिणाम मंसिर २९ गतेसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फको मत परिणाम आइसकेपछि दललाई सो बारेमा जानकारी दिने र त्यसमा..
    Weather Forecast