सोमबार, मंसिर २, २०७६

    राज्य-समाज

    प्रदेश नं. ३ को मुख्यमन्त्रीमा आकांक्षीको लर्काे, जोडदार प्रतिस्पर्धा हुँदै

    शुक्रबार, माघ १९, २०७४ साल
    हेटौँडा, मकवानपुर, १९ माघ ।  सबैभन्दा बढी प्रदेशसभा सदस्य रहेको प्रदेश नं ३ को मुख्यमन्त्रीका लागि नेकपा (एमाले) का नेताहरुमा दौडधुप शुरु भएको छ ।  मुलुकको राजधानी काठमाडौँसमेत रहेको १४ जिल्लासहितको यस प्रदेशको प्रदेशसभाको प्रथम अधिवेशनको ऐतिहासिक पहिलो बैठकमा सम्पन्न भई सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै मुख्यमन्त्रीमा आकांक्षी बढेका छन् ।  पहिलो बैठकस्थलमा सांसद सदस्य र सञ्चारकर्मीमाझ एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (काठमाडौँ), पोलिटब्यूरो सदस्य..

    भौगोलिक विविधतायुक्त नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य : प्रधानमन्त्री

    शुक्रबार, माघ १९, २०७४ साल
    काठमाडौँ, १९ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताएका छन् ।  नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेलालाई बिहीबार यहाँ सम्बोधन गर्दै उनले सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतमबुद्धको जन्मस्थल तथा भौगोलिक विविधतायुक्त नेपाल विश्व पर्यटनका लागि आकर्षक गन्तव्य भएको बताएका हुन् ।  “नेपाल विश्वकै रमणीय र सुन्दर देश हो, मैले यति सुन्दर देश कहीँ पनि देखेको छैन, यस्तो..

    ओली-स्वराज भेटवार्ता, ओलीले भने - छिमेकीसँग मिलेर काम गर्न नेपाल इच्छुक छ

    शुक्रबार, माघ १९, २०७४ साल
    काठमाडौँ, १९ माघ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् ।  भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजसँग बिहीबार साँझ यहाँ भएको भेटमा अध्यक्ष ओलीले आपसी हितका लागि प्राकृतिक स्रोतसाधनको उपयोग, सम्पर्क विस्तार, व्यापार, सूचना प्रविधिलगायत क्षेत्रमा भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताए ।  भेटमा उनले भारतसँग घनिष्ठतापूर्वक काम..

    प्रदेश नं १ को आगामी २२ मा हुने प्रदेश अधिवेशनको तयारी तीव्र

    बिहिवार, माघ १८, २०७४ साल
    विराटनगर, १८ माघ (रासस) प्रदेश नं १ को प्रथम अधिवेशनको तयारी भइरहेको छ । विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा सञ्चालन हुने प्रदेश सभा भवनको रङरोगन भई अब गलैँचा बिछ्याउने, कुर्सी, फर्निचर राख्नेलगायत आवश्यक प्राविधिक तयारी भइरहेको छ ।  शुक्रबारदेखि ती काम हुनेछन् । प्रदेश नं १ को प्रदेशसभा बैठक यही माघ २२ गते अपराह्न १ बजेदेखि शुरु हुनेछ । बैठक सञ्चालनको..

    भारतीय बिदेशमन्त्री सुष्मा स्वराज दुईदिने भ्रमणका क्रममा काठमाडौँमा

    बिहिवार, माघ १८, २०७४ साल
    काठमाडौँ, १८ माघ : भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा विशेष विमानबाट काठमाडौँ आइपुगेकी छिन् ।   उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।  भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले बेग्लाबेग्लै..

    प्रदेशसभामध्येकै पहिलो बैठक हेटौँडामा सम्पन्न, स्थायित्व र सुशासनमा जोड

    बिहिवार, माघ १८, २०७४ साल
    हेटौँडा, मकवानपुर, १८ माघ : प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुन आह्वान गरेका छन् ।  सात प्रदेशमध्ये धेरै सांसद (११० सदस्य) भएको प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य डोरमणि पौडेलले बिहीबार यहाँ बैठक प्रारम्भ गर्दै प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त..

    वामगठबन्धनको एकता संयोजन समितिको बैठक आज बस्दै

    बिहिवार, माघ १८, २०७४ साल
    काठमाडौं, माघ १८ ।  पार्टी एकता प्रक्रियाबारे छलफल गर्न बाम एकता संयोजन समितिको बैठक आज बस्दैछ । समितिको बैठक सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा अपरान्ह ३ बजे बस्दैछ । राष्ट्रियसभा सदस्य निर्वाचनमा साझा उम्मेदवारीसँगै प्रादेशिक सरकारमा ७०÷३० को भागबण्डा गरेका एमाले र माओवादी केन्द्रले आजबाट एकीकरण प्रक्रियाबारे छलफल गर्न लागेका हुन् । आजको बैठकमा पार्टी एकता प्रक्रियाबारे ठोस छलफल हुने एकता संयोजन समितिका..

    दुई दिने भ्रमणका लागि भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै

    बिहिवार, माघ १८, २०७४ साल
    काठमाडौं, माघ १८ ।  दुइ दिने उच्चस्तरीय राजनीतिक भ्रमणका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज काठमाडौं आउनु हुने भएको छ । स्वराजसँगै भारतीय विदेश सचिव विजयशेखर गोखले, नेपाल मामिला हेर्ने अधिकारी लगायत उच्च अधिकारीहरु पनि नेपाल आउन लागेका हुन् ।  स्वराज अपरान्ह साढे ३ बजे विशेष विमानबाट त्रिभुवन विमानस्थल आइपुग्ने कार्यक्रम छ । काठमाडौं आएलगत्तै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र..

    नुवाकोटमा अवरुद्ध रहेको इलाका प्रशासनको सेवा सञ्चालन

    बिहिवार, माघ १८, २०७४ साल
    नुवाकोट, १८ माघ ।  गत माघ ८ गतेदेखि अवरुद्ध रहेको इलाका प्रशासन कार्यालय सातबिसे कार्यालय आजदेखि सञ्चालनमा आएको छ ।  इलाका प्रशासन कार्यालयमा अधिकृत प्रमुख रहने दरबन्दी भए पनि पदपूर्ति नहुँदा काजमा रहेका नायब सुब्बाको कार्यकाल पूरा भएपछि बन्द भएको कार्यालयको सेवा आज विहिबार देखि सञ्चालनमा आएको हो ।  निमित्त प्रमुख रहेका ऋषेश्वर न्यौपाने काज अवधि पूरा भएसँगै बन्द भएको सेवा उहाँलाई नै..

    पाँचथरको फिदिम नगरपालिकाकी एक युवती चार दिनदेखि बेपत्ता

    बिहिवार, माघ १८, २०७४ साल
    पाँचथर, १८ माघ ।  पाँचथरको फिदिम नगरपालिका–५ बस्ने २६ वर्षीया कमला तुम्बापो (सुस्मिता) चार दिनदेखि बेपत्ता भएकी छिन् ।  घरबाट फिदिमस्थित साम्दिन घुम्तीसम्म पुगेर आउने भनेर माघ १५ गते निस्केकी तुम्बापो नफर्किएपछि आफन्त र परिवारजनले खोजतलास गरे पनि पत्ता लाग्न नसकेको उनका श्रीमान् कुबेर तुम्बापोले बताए ।  धेरै खोजतलास गरिए पनि उनी  फेला पर्न नसकेपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय पाँचथरमा खोजिदिन आग्रह गर्दै निवेदन..

    चितवनमा विकट बस्तीका असी घर चेपाङलाई खाद्यान्न र लत्ताकपडा

    बिहिवार, माघ १८, २०७४ साल
    रत्ननगर, चितवन, १८ माघ  ।  सरसफाइ अभियानमा सक्रिय सामाजिक संस्था ‘वे ग्रुप’ चितवनले विकट चेपाङ बस्तीमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।  चितवनको नारायणगढका विभिन्न संघसंस्था तथा व्यवसायीबाट सहयोग संकलन गरी चेपाङ गाउँमै पुगेर सहयोग गरिएको हो । राप्ती नगरपालिका–१० स्थित चौकीडाँडाका महेन्द्र चेपाङले जाडोले कठ्याङ्ग्रिएका चेपाङलाई लत्ताकपडा उपलब्ध गराएको भन्दै संस्थाको कामको प्रशंसा गरे  ।  ‘वे ग्रुप’ले राप्ती नगरपालिका–१० स्थित नान्दार, बाँसपानी,..

    प्रदेश नं २ को पहिलो बैठकको कार्यसूची आज तय हुने

    बिहिवार, माघ १८, २०७४ साल
    महेन्द्रनगर, धनुषा, १८ माघ ।  प्रदेश नं २ को जनकपुरमा हुने प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूची आज तय हुने भएको छ ।  प्रदेश सभाको बैठकको तयारीको विषयमा मंगलबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संसदीय सचिवालयका कर्मचारी तथा सरोकारवालासँग छलफल गरेका थिए भने आज प्रदेश सभाको पहिलो बैठकको विषयमा कार्यविधि तयार गर्न सर्वदलीय बैठकको आह्वान गरेका छन् । प्रमुख कायस्थले माघ २१ गते हुने प्रदेश..

    रोल्पामा गाउँपालिकाका अध्यक्षले दुईवटा नागरिकता लिएको भन्दै उजुरी

    बिहिवार, माघ १८, २०७४ साल
    रोल्पा, १८ माघ  रोल्पा सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको दुईवटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको छ ।  एउटै व्यक्तिले दुईवटा नामबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गरिपाऊँ भन्दै स्थानीय हरिबहादुर पुनले बुधबार जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी दर्ता गराएका हुन् ।  २०४२ साल मंसिर १० गते जिल्ला प्रशासन कार्यालय, रोल्पाबाट भिउदे खत्रीको नाममा ना.प्र.नं. ३८९२ बाट नागरिकता लिएको र..

    वैदेशिक रोजगारीमा गएका दमकका विष्टको मलेशियामा मृत्यु

    बिहिवार, माघ १८, २०७४ साल
    दमक, १८ माघ  ।  झापा, दमक–२ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा मृत्यु भएको छ ।  त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो ।  तीन वर्षअघि रोजगारीका क्रममा मलेशिया पुगेका विष्टको..

    इलाममा नौ दिन पछि खुल्यो वडा कार्यालयको तालाबन्दी

    बिहिवार, माघ १८, २०७४ साल
    इलाम, १८ माघ   ।  इलाम नगरपालिका–१२ साङरुम्वा वडा कार्यालयमा लगाइएको तालाबन्दी नौ दिनपछि खुलेको छ ।  नगरपालिकाबाट विनियोजन भएको रु २० लाखबाट ढोलेदेवी–इन्टेक जाने सडकमा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरी समिति बनाएको भन्दै गठबन्धनले तालाबन्दी गरेको थियो ।  वडाध्यक्षको नेतृत्वमा बुधबार वार्ता गरी तालाबन्दी खोलिएको आन्दोलन समितिका अध्यक्ष भरत घिमिरेले बताए  । आगामी दिनमा बाम गठबन्धनलाई समेत समावेश गरी छलफल गर्ने..

    साउदी अरबबाट छोराको शव ल्याउन नपाउँदा परिवार तनावमा

    बिहिवार, माघ १८, २०७४ साल
    कञ्चनपुर, १८ माघ  ।  ऋण काढेर विदेश पठाएको छोराको एकाएक मृत्यु भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका शेरबहादुर विश्वकर्माको परिवार शव स्वदेश ल्याउन नपाउँदा तनावमा परेको छ ।  तीन महिनाअघि साउदी अरबको जुविल सेन्टरमा रहेको खालिद अल जुविल कम्पनीमा कार्यरत २८ वर्षीय रमेश विश्वकर्माको मृत्यु भएपछि परिवारले शव ल्याउन नपाउँदा तनावमा परेका हुन् ।  तीन वर्षअघि पैसा कमाउन गएको छोरा अढाई वर्ष काम गरेर तीन..

    मुलुकमा सम्पन्न स्थानीय निर्वाचनमा २२ प्रतिशत दलित प्रतिनिधित्व

    बिहिवार, माघ १८, २०७४ साल
    काठमाडौँ, १८ माघ ।  जागरण मिडिया सेन्टरले मुलुकमा भएको स्थानीय निर्वाचनमा २२ प्रतिशत दलित समुदायको प्रतिनिधित्व भएको जनाएको छ ।  यहाँ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष रेमबहादुर विश्वकर्माले ७५३ स्थानीय तहमा ३५ हजार ४१ जनप्रतिनिधिमध्ये सात हजार ७३७ जना दलित प्रतिनिधि रहेको जानकारी दिए  ।  स्थानीय तहमा सो समुदायको प्रतिनिधित्व सन्तोषजनक भएपनि अर्थपूर्ण पदमा हुन नसकेको सेन्टरले जनाएको छ । उक्त प्रतिनिधित्वले..

    सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा राजन भट्टराई नियुक्तिका लागि सिफारिश

    बिहिवार, माघ १८, २०७४ साल
    काठमाडौँ, १८ माघ : न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा राजन भट्टराईलाई नियुक्तिका लागि सिफारिश गरेको छ ।  आयोगको बुधबार बसेको बैठकले न्याय सेवा आयोगका सचिव भट्टराईलाई सर्वोच्च अदालतको मुख्य रजिष्टारमा नियुक्ति गर्न र सहन्यायाधीवक्ता कृष्णजीवी घिमिरेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा सरुवाका लागि सिफारिश गरेको छ ।  त्यसैगरी बैठकले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव नृपध्वज निरौलालाई न्याय परिषद्को..

    फुल्चोकीमा हाइकिङ जाँदा हराएका विद्यार्थी 'जोन तामाङ' सकुशल फेला

    बिहिवार, माघ १८, २०७४ साल
    ललितपुर, १८ माघ :  फुल्चोकीमा हाइकिङ जाँदा सात दिन अघि हराएका बालक जोन तामाङ भेटिएका छन् ।  उनी फुल्चोकीको जंगलमा फेला परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।  उनले भने, “हामीले फुल्चोकीबाट ल्याएर अहिले बिएण्डबी अस्पतालमा पु¥याएका छौँ ।” बालक सकुशल भेटिएकाले अरु विषयमा बिस्तारै अनुसन्धान हुने प्रहरीले बताएको छ ।  थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए..

    आउने सरकारले बालमैत्री संरचना तयार गर्छ – एमाले अध्यक्ष ओली

    बिहिवार, माघ १८, २०७४ साल
    काठमाडौँ, १८ माघ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले बालमैत्री संरचना तयार गर्ने बताएका छन् ।  सिंहदरबारस्थित नेकपा (एमाले) कार्यालयमा बालसञ्चार केन्द्र एवं बालमैत्रीका अध्यक्ष रविराज बसौलाको नेतृत्वमा गएको टोलीले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले आगामी सरकारले बालमैत्री संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् ।  अध्यक्ष ओलीले भने, “बालबालिका शान्ति क्षेत्र हुन्, उनीहरुको श्रव्य र दृश्यमा..

    समृद्ध नेपालका लागि यातायात क्षेत्रको भूमिका उल्लेख्य : उपराष्ट्रपति पुन

    बुधबार, माघ १७, २०७४ साल
    चितवन, १७ माघ : उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि यातायात क्षेत्रको उल्लेख्य योगदान रहेको बताउनुभएको छ ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको बुधबार  रत्ननगरमा उद्घाटन गर्दै उहाँले सार्वजनिक यातायात क्षेत्रले राष्ट्रको कूल ग्राहस्थ्य उत्पादन (जिडिपि)मा १० प्रतिशतको योगदान दिइरहेको बताउनुभयो ।  मुलुक अहिले राजनीतिक स्थिरतातर्फ अग्रसर भइरहेको भन्दै उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भई प्रदेशहरूमा सरकार..

    प्रधानमन्त्री देउवाद्वारा पार्टीमा एकजुट भएर लाग्न कार्यकर्तालाई निर्देशन

    बुधबार, माघ १७, २०७४ साल
    काठमाडौँ, १७ माघ रासस ।  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न निर्देशन दिएका छन्  ।बुधबार काँग्रेस जिल्ला कार्यसमिति धनकुटाका पदाधिकारी एवं सदस्यसँगको भेटमा उनले पार्टी कमजोर भएको अवस्थामा पार्टीलाई सहयोग गरी सशक्त बनाउन लाग्नुपर्ने बताए ।  धनकुटालाई प्रदेशको अस्थायी केन्द्र नतोकिएकोमा असन्तुष्ट भई धनकुटा काँग्रेसका पदाधिकारी र सदस्यले आफ्नो पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री..

    सरकारलाई सांसद र स्थानीयको प्रश्न : बुढीगण्डकी बनाउने कि नबनाउने!

    बुधबार, माघ १७, २०७४ साल
    काठमाडौं, माघ १७ ।  शेरबहादुर देउवा सरकारले चिनियाँ कम्पनीसँग गरेको सम्झौता रद्द गर्दै बुढीगण्डकी जलविद्युत आयोजना आफैंले बनाउने त भनेको छ तर, आयोजना बन्ला कि नबन्ला भन्ने चिन्ता स्थानीयबासीमा देखिएको छ । त्यही चिन्ता बोकेर आयोजना क्षेत्रका स्थानीयबासी र सांसद सिंहदरबार आएका छन् र सरकारसामू बुढीगण्डकी बनाउने कि नबनाउने भन्ने प्रश्न गरेका छन् । सरकारको गतिविधि आयोजना नबनाउनेतिर गएको हो कि भन्ने..

    प्रधानन्यायधिशको नागरिकताको प्रतिलिपि माग गर्दै केसीद्वारा निवेदन दर्ता

    बुधबार, माघ १७, २०७४ साल
    काठमाडौं, माघ १७ ।   प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गर्नु भएको छ ।  आफ्ना समर्थकसहित आज बिहान १० बजे बबरमहलस्थित कार्यालय पुगेर केसीले निवेदन दर्ता गर्नु भएको हो । सूचना हक अन्तर्गत निवेदन दर्ता गरिएको डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले जानकारी दिनुभयो ।  उहाँसँगै अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, तथा..

    १ सय ५२ वर्ष पछि आज साँझ खग्रास चन्द्रग्रहण लाग्दै

    बुधबार, माघ १७, २०७४ साल
    काठमाडौं, माघ १७ । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा..

    म्याग्दीमा नदीजन्य पदार्थको अव्यवस्थित दोहन बढ्दो, सरकारी निकाय उदासिन

    बुधबार, माघ १७, २०७४ साल
    बाबियाचौर म्याग्दी, १७ माघ ।  म्याग्दीमा अव्यवस्थित रुपमा नदीजन्य बस्तुको उत्खनन भइरहेको छ ।  डोजर, स्काभेटर प्रयोग गरेर नदीको स्वरुपपरिवर्तन हुनेगरी म्याग्दी र कालीगण्डकी नदीको किनारबाट ढुंगा, गिट्टी, बालुवाको उत्खनन भइरहेको हो ।  नदीजन्य बस्तुको उत्खनन गर्ने जिम्मा लिएका व्यवसायीले सम्झौता विपरीत मेसिनको प्रयोग गरेर उत्खनन गरेका हुन् । डोजर लगाएर, खोलाको धार परिवर्तन गराई ढुंगा गिट्टी बालुवाको उत्खनन गर्दा तटीय क्षेत्रमा कटानको जोखिम..

    चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १७ गैँडा मरे कालगतिले

    बुधबार, माघ १७, २०७४ साल
    चितवन, १७ माघ ।  चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन् । तीमध्ये दुई बच्चासहित चार गैँडा बाढीका कारण मरेका हुन् ।  शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।  निकुञ्ज क्षेत्रमा तीन र वन क्षेत्रमा एक..

    आगामी युग दक्षिण एशियाली युग बनाउनु पर्छ :उपराष्ट्रपति पुन

    बुधबार, माघ १७, २०७४ साल
    काठमाडौँ, १७ माघ  ।  उपराष्ट्रपति नन्दबहादुर पुनले २१ औं शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिएका छन् ।  उनले भने, “यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै धनी रहेको छन्, यसलाई अधिकतम उपयोग गर्दै आगामी युग दक्षिण एशियाली युग बनाउनुपर्छ ।”  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सार्क क्षेत्रका..

    काभ्रेमा घर बनाउन नपर्ने पनि भूकम्पपीडितको नाममा काठ बेच्दै

    बुधबार, माघ १७, २०७४ साल
    बनेपा, १७ माघ  ।  काभ्रेपलाञ्चोकमा घर बनाउन नपर्नेले पनि भूकम्पपीडितको नाममा काठ बेच्ने गरेका छन् ।  प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले बनेपामा आयोजना गरेको दिगो शान्तिका लागि संवाद कुञ्जमा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले पुनःनिर्माण गरिसकेका व्यक्तिले पनि भूकम्पपीडितको रातो कार्ड लिएर त्यसको दुरुपयोग गरेको बताए  ।  उनले भने– “भूकम्पपीडितको नाममा काठ लिएर बेच्ने गरेको पाइएको छ, यो वास्तविक भूकम्पपीडितमाथिको अन्याय हो।” जिल्ला..

    कञ्चनपुरको विवाद समाधान गर्न नेपाल–भारत अधिकारीबीच सर्वे टोली पर्खने सहमति

    बुधबार, माघ १७, २०७४ साल
    भीमदत्तनगर, १७ माघ ।  कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर विवाद समाधान गर्ने सहमति भएको छ ।  केही दिनअघि सडकघाटमा आफ्नै भूमिमा सडक बनाउने क्रममा भारतीय सुरक्षाकर्मीले दशगजामा पर्ने भन्दै अवरोध पुर्याएको बेलौरीका स्थानीयवासीको दाबी छ । उक्त विषयलाई लिएर विवाद बढाउनुभन्दा..
    Weather Forecast