बिहिवार, माघ ९, २०७६

    राज्य-समाज

    जहदा गाउँपालिकाका वडाध्यक्ष साह घुससहित पक्राउ

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष उमेशकुमार साहलाई रु २१ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।  हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयनलगायतमा सहजीकरण गरिदिने भन्दै निजले रु २१ हजार घुस मागेको अभियोग छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिँदै गरेको अवस्थामा वडा नं १ को बुधनगरस्थित कार्यालयबाट..

    विकास र समृद्धिका लागि ढकाललाई अर्थमन्त्री बनाउँछौँ : नेता सापकोटा

    मंगलवार, मंसिर ३, २०७६ साल
    भक्तपुर, ३ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री अग्नि सापकोटाले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल पार्न आगामी उपनिर्वाचनमा नेकपाको उम्मेदवारहरु निर्वाचित हुनुपर्ने बताउनुभएको छ । यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क)मा हुने उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार डिपी ढकाललाई भोट माग्न आज नेकपाले छालिङमा आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले चाँगुनारायण प्रदेशबाट..

    ‘शीतलहरबाट कोही मर्नु नपरोस्’

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर सरकारले प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित जनधनको क्षति तथा जोखिम व्यवस्थापनको काम थालेको छ । यसपटकको बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति बेहोरेको मुलुकका लागि हिमपात र शीतलहरको समेत उत्तिकै जोखिम पार्नसक्ने भएकाले सरकारले क्षति रोक्न समयमै आवश्यक प्रक्रिया थालेको हो । हिमपात र शीतलहरका कारण ज्यान गुमाउनुपर्ने अवस्था रोक्न तयारी थालिएको गृह मन्त्रालयले जनाएको छ..

    ‘प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने’

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले जनतासँग पु¥याउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।   उहाँले आजैदेखि सल्लाहकारको कार्य थालनी गर्नु भएको छ । उहाँले सूचना प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर..

    प्रतिपक्षी काँग्रेसले देखायो सरकारको २१ असफलता

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको  २१ असफलता सार्वजनिक गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपामा एक युवासमूह मार्फत् एक पुस्तिका सार्वजनिक गरी सरकार बनेपछि २१ महिनामा कहाँकहाँ असफल भयो भन्ने फेहरिस्त पेश गरेका हुन् । पुस्तिकाको संक्षेप पेश गर्दै शर्माले सरकार भारतसँगको सीमा विवादलाई उच्चस्तरीय कुटनीतिक वार्तामार्फत् जुन कुशलताका साथ समाधान गर्नुपर्थ्याे त्यसो गर्न नसकेको,..

    आलम प्रकरणमा कांग्रेसको जवाफ : 'कानूनबमोजिम हुने कुरामा सहयोग रहन्छ'

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर   नेपाली कांग्रेसले पार्टीका रौतहट सांसद मोहम्मद अफताव आलम प्रकरणमा कानुनअनुसारको कुराहरूमा आफ्नो समर्थन हुने प्रष्टाएको छ ।    बम विस्फोटका घाइतेलाई इटाभट्टामा हालेर जिउँदै जलाएको आरोपमा कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलम थुनामा परेकोबारे सोधेको प्रश्नमा प्रवक्ता विश्वप्रकाश शर्माले कानून पालनामा पार्टी प्रतिवद्ध रहेको बताए ।   ‘हामीले सुरुदेखि नै भनेका छौं, कानून बमोजिम हुने कुरालाई सहयोग र समर्थन रहन्छ’ मंगलबार..

    नेपालको संविधानले मानवअधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ : सभामुख भण्डारी

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर  ‘समृद्ध नेपाल र सुखी नेपाली’को निम्ति मानव अधिकार पूर्णरुपमा संरक्षण हुनुपर्नेमा वक्ताहरुले जोेड दिएका छन् ।  विश्वव्यापी आवधिक समीक्षामा नेपालबाट प्रस्तुत हुने मानव अधिकार क्षेत्रका बुँदामा आवश्यक छलफलका लागि राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले विकास मात्रले मानव अधिकार स्थापित हुन नसक्ने भएकाले यसको संरक्षणका लागि संविधानले दिएको अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।  संयुक्त राष्ट्रसङ्घको..

    सरकार ढिलो भएकै हो, अब विकासको लहर ल्याउँछ : प्रचण्ड

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर  भैरहवामा आयोजित लुम्बिन औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार सरकारले गति लिन नसकेको स्वीकारेका छन् ।   अध्यक्ष दाहालले आफ्नै पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार हुँदा पनि व्यवसायीले चाहे जस्तो वातावरण बन्न नसकेकोमा दुःख व्यक्त गरे । ‘उद्योगी व्यवसायीहरुले सरकारबाट उद्योग तथा लगानीका लागि जस्तो वातावरण खोजेका थिए, त्यहो भएन..

    विद्यार्थी अमेरिका पठाउने मुलुकमध्ये १२ औँ स्थानमा नेपाल

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर  काठमाडौँस्थित अमेरिकी राजदूतावासले विभिन्न तहको अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउने मुलुकमध्ये नेपाल १२औँ स्थानमा रहेको  जनाएको छ। यी तहमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको कुल सङ्ख्या १३ हजार २२९ रहेको इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोको ओपन डोओर्स रिपोर्टलाई उधृत गर्दै दूतावासले जनाएको छ ।सो रिपोर्ट मंसिर २ मा सार्वजनिक भएको हो । गत..

    मन्त्रिमण्डल हेरफेरबारे प्रचण्डको सचिवालयले निकाल्यो विज्ञप्ति

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडाैं, ३ मंसिर मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सार्वजनिक भइरहेका समाचारहरुबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ । मन्त्रीमण्डल हेरफेरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच मतभेद बढेको भन्ने आशयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले खण्डन गरेको हाे । मंगलवार एक विज्ञप्ति जारी गर्दै सचिवालयले विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित ती समाचार भ्रामक..

    उपनिर्वाचन २०७६ : उम्मेदवारसँगै शीर्षनेता भोट माग्दै घरदैलोमा

    मंगलवार, मंसिर ३, २०७६ साल
    भक्तपुर, ३ मङ्सिर   भक्तपुर क्षेत्र नं १ (क) मा आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि भोट माग्दै विभिन्न दलका नेता मतदाताको घरदैलोमा पुगेका छन् ।    विगत एकसातादेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका नेता ¥यालीसहित घरदैलोमा पुगेका हुन् । नेपाल मजदुर किसान पार्टीले भने हिजोदेखि घरदैलो अभियान शुरु गरेको छ । उम्मेदवारी दर्तादेखि..

    फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादको निम्तो

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर । युरोप भ्रमणमा रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोबीच फिनल्यान्डमा भेटवार्ता भएको छ । मन्त्री पोखरेलले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट यहाँ आयोजना हुने सगरमाथा संवाद २०२० का लागि फिनल्याण्डका मन्त्रीलाई निमन्त्रणा हस्तान्तरण गर्नुभयो । सो अवसरमा दुवै मन्त्रीबीच शिक्षा क्षेत्रमा नेपाललाई नमूनायोग्य बनाउनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको भेटमा सहभागी मन्त्री पोखरेलका..

    विद्युत् नियमन आयोगले ल्यायो नयाँ महशुल निर्देशिका

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर दुई आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरेपछि मात्रै नयाँ महसुल दर लागू गर्न सकिने प्रावधानसहितको नयाँ व्यवस्था विद्युत् नियमन आयोगले सार्वजनिक गरेको छ ।  आयोगले आज जारी गरेको ‘उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६’ मा दुई आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन तथा चालू आर्थिक वर्ष एवं आगामी आर्थिक वर्षको प्रक्षेपित वित्तीय विवरण पेश गर्नुपर्ने प्रावधान छ । नेपाल विद्युत् प्राधिकरणले..

    उपप्रधानमन्त्री उपेन्द्र यादव भारतमा !

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर   उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विश्व औषधि उत्पादनसम्बन्धी सम्मेलनमा सहभागी हुन भारततर्फ प्रस्थान गर्नुभएको छ ।   औषधि उत्पादनसम्बन्धी कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री यादव आज भारतको नयाँ दिल्ली पुग्नुभएको उहाँका स्वकीय सचिव महेश चौरासियाले राससलाई जानकारी दिनुभयो । दक्षिण एशियाका स्वास्थ्यमन्त्रीहरुको सहभागिता रहने उक्त सम्मेलनले विश्व औषधि उत्पादनको पछिल्लो अवस्था र सन् २०३० सम्म औषधि उत्पादनलाई गुणस्तरीय र..

    नेपाली भूमि अतिक्रमणः नेपाल–भारत सम्बन्धमा बाधक

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर   दार्चुला जिल्लास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानीको नेपाली भू–भागलाई भारतले आफ्नो नक्साभित्र पारेपछि नेपाल भारतबीच गम्भीर विवाद सिर्जना भएको छ ।   भारत दक्षिण एशियाको एक महत्वपूर्ण राष्ट्र मात्र नभई विश्वकै राजनीतिमा प्रभाव पार्नसक्ने एक शक्ति राष्ट्र हुनुका साथै एक ठूलो आर्थिक शक्ति भएको प्रजातान्त्रिक मुलुक हो ।    महात्मा गान्धीको भारत छोडो आन्दोलनको बलमा बेलायतबाट स्वतन्त्र भई गान्धीवादी सिद्धान्तमा चलेको र प्रजातान्त्रिक..

    सेना मृत्यु प्रकरण : ढकाललाई पाँच दिन हिरासतमा राखिने

    सोमबार, मंसिर २, २०७६ साल
    चितवन, २ मङ्सिर नेपाली सेना मृत्यु प्रकरणमा मुछिएका प्रहरी जवान ठाकुर ढकाललाई जिल्ला अदालत चितवनले आज पाँच दिनका लागि म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लका अनुसार ढकाललाई आज थप अनुसन्धानका लागि पाँच दिन समय थप गरिएको हो ।  मृतक राम कँडेलका परिवारको किटानी जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानलाई असहज हुने भन्दै मुद्दा..

    वाम गठबन्धन काग र कोइली जस्तो : नेता सिटौला

    सोमबार, मंसिर २, २०७६ साल
    गलकोट, २ मङ्सिर नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको बताउनुभएको छ । उपनिर्वाचनका सन्दर्भमा बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको राजकुटमा आज भएको काङ्ग्रेसको चुनावीसभालाई सम्बोधन गर्दे सिटौलाले सङ्घीयता कार्यान्वयन गर्ने नेकपा र सङ्घीयता चाहिदैन भन्ने पार्टी राष्ट्रिय जनमोर्चाको तालमेलले जनता हसाएको आरोप लगाउनुभयो । आगामी मङ्सिर १४ गते हुन गइरहेको बागलुङ क्षेत्र नं– २ प्रदेशसभा ‘ख’मा..

    सीमा विवाद चर्किंदै गर्दा भारतले पठायो श्यामशरण !

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर नेपाल–भारतबीचको सीमा विवादका कारण सम्बन्धमा चिसाेपना देखिरहेका वेला भारतीय पूर्वराजदूत श्याम शरण काठमाडौं आउनुभएको छ । नेपालको कालापानी लगायतका क्षेत्र भारतले अतिक्रमण गरेपछि बढेको आक्रोशकाबीच श्याम शरण काठमाडौं आउनुभएको हो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर काठमाडौं आएको बताइएको छ । भारतले राजनीतिक नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा समावेश गरेपछि यहाँ भारत विरोधी प्रदर्शनहरु भएका छन् । हिजो..

    नेमकिपाका वडाध्यक्षको उम्मेदवारसहित अन्य नेता नेकपामा प्रवेश

    सोमबार, मंसिर २, २०७६ साल
    मध्यपुरथिमि, २ मङ्सिर ।  नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–८ सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना नेता, कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।  नेकपा प्रवेश गरेकाहरुलाई आज नेकपाले पार्टी प्रवेश..

    बालुवाटारमा ओली-प्रचण्ड भेट : मन्‍त्रिपरिषद् पुनर्गठनका विषयमा निर्णायक छलफल

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर सोमबार प्रधानमन्‍त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता हुँदैछ । प्रधानमन्‍त्री निवासमा बेलुका हुने भेटवार्तामा मन्‍त्रिपरिषद् पुनर्गठनका विषयमा निर्णायक छलफल हुने बताइएको छ । नेकपा सचिवायल बैठकले मन्‍त्रिपरिषद् पुनर्गठनका लागि सहमति दिएपछि सोमबार नयाँ मन्‍त्रिमण्डलको खाका तयार गर्न दुई अध्यक्ष भेट्न लागेका हुन् । त्यसअघि दुवैतर्फबाट आन्तरिक गृहकार्य गरिएको छ ।  दुवै अध्यक्षले मन्‍त्री बन्‍नेहरुको सूचीलाई अन्तिम रुप..

    नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्छ : पूर्वप्रधानमन्त्री खनाल

    सोमबार, मंसिर २, २०७६ साल
    भक्तपुर, २ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताउनुभएको छ ।  चाँगुनारायणमा आज चुनावी कार्यक्रममा उहाँले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रूपमा पूरा गर्ने बताउनुभयो । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क)..

    प्रधानमन्त्री ओलीको अभिव्यक्तिले भारतीय मिडियामा तरंग : 'कालापानी पर नेपाल पीएम ने दिखाए भारत को तेवर !'

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना हटाउन गरेको आग्रहलाई लिएर भारतीय मिडियामा तरंग देखिएको छ । आइतवार राजधानीमा राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन/प्रसारण गरेका छन् । इन्डियन एक्सप्रेसले त ब्याक अफ इन्डिया लेखेको बोर्डसहित नेपाली भण्डा फहराएको तस्वीर पनि राखेको छ । इन्डियन एक्सप्रेसले 'नक्सा विवाद : नेपालका प्रधानमन्त्रीले कालापानीमा गरे..

    ओमानसँग सरकारले श्रम समझदारी गर्ने, के छन् प्रावधान ?

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर   ओमानसँग नेपाल सरकारले श्रम समझदारी गर्ने भएको छ । दुई देशबीच हुने समझदारीको मस्यौदालाई मन्त्रिपरिषद बैठकले पारित गरिसकेको श्रम, रोजगार तथा सकाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।   लामो समयको छलफलपछि दुई देशबीच समझदारीको मस्यौदामा सहमति जुटेको थियो । अब केही समयभित्रै आमेानका श्रम मामिलामन्त्री नेपाल आएर समझदारीमा औपचारीक हस्ताक्षर हुने मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।   ‘हामीले ओमानका..

    'वार रुम' बाटै गरे प्रधानमन्त्री ओलीले जलविद्युतको उद्घाटन

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरेका छन् ।  प्रधानमन्त्री  ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको ‘वार रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्ले पुगेर एकसाथ उद्घाटन गरेका हुन् । आयोजनाको पहिलो र दोस्रो युनिटबाट क्रमशः गत जेठ ३  र साउन १७ बाट परीक्षण..

    विदेश जाँदैहुनुहुन्छ ? यी कागजात नहुँदा अध्यागमनले दिँदैन अनुमति

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर गृहमन्त्रालयले हालै वैदेशिक यात्रा अनुमतिका लागि केही नियम अद्यावधिक गरेको छ ।अध्यागमन विभागका अनुसार गृह मन्त्रालयको कात्तिक २६ गतेको निर्णय अनुसार विदेश प्रस्थान गर्नुअघि पेश गर्नुपर्ने कागजातको अद्यावधिक सूची तय गरिएको हो । जसअनुसार विदेश जाने यात्रुका लागि अध्यागमनमा तोकिएका कागजात पूरा भए मात्र उसले यात्राका लागि अनुमति पाउँछ । केही कागजात पूरा नभए अध्यागमनले उसलाई विदेश जान..

    ठमेलको नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र शाहको नाच !

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँको ठमेलमा रहेको नाइट क्लबमा झण्डै मध्यरातमा गएर केही घण्टा बिताएर फर्किएका छन् । पूर्वराजा शाहले रातो र चन्द्र सूर्य बोलको गीतमा नाचेका हुन् । हिमानी तथा प्रेरणासँग नायिकाहरु केकी अधिकारी र रिमा विश्वकर्माले तस्बिर समेत खिचाएका छन् । पूर्वराजा ज्ञानेन्द्र गएको शनिबार राति ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिङ्क्स) लाउन्जमा पूर्वयुवराज्ञी हिमानीसहित साथीहरुसँग गएका हुन् । पूर्वराजा..

    उपनिर्वाचन २०७६ : उम्मेदवारबीच कडा प्रतिस्पर्धा

    सोमबार, मंसिर २, २०७६ साल
    गलकोट, २ मङ्सिर   मङ्सिर १४ गते हुने उपनिर्वाचनले बागलुङको पश्चिम क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ । बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) का सांसद टेकबहादुर घर्तीको निधनपछि उपनिर्वाचन हुन लागेको त्यस क्षेत्रमा राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।    निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार आमसभा, घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त रहेका छन् । उपनिर्वाचनमा बागलुङमा वाम गठबन्धन (नेकपा..

    ४ दिन सीमानाका बन्द हुने !

    सोमबार, मंसिर २, २०७६ साल
    बैतडी, २ मङ्सिर भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म..

    सुरक्षा संवेदनशीलता : बैतडीको झुलाघाट नाका ४ दिन बन्द हुने

    सोमबार, मंसिर २, २०७६ साल
    बैतडी, २ मङ्सिर ।  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।  यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख) मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५..

    निर्वाचन आचार संहिताको पूर्ण पालना गर्नुस् : आयोग

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर । निर्वाचन आयोगले यही मङ्सिर १४ गते उपनिर्वाचन हुने जिल्ला र स्थानीय तहमा योजनाको छनोट, स्वीकृति र सञ्चालन कार्य नगर्न-नगराउन निर्देश गरेको छ । निर्वाचन आचारसंहिता लागू भएका जिल्ला र स्थानीय तहमा चालू आर्थिक वर्ष २०७६-७७ को बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारीलगायतका  कार्यक्रममार्फत योजना छनोट र बजेट बाँडफाँट नगर्न भनेको हो । आयोगद्वारा जारी प्रेस..
    Weather Forecast