शुक्रबार, चैत्र २१, २०७६

    राज्य-समाज

    संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम अन्तर्गत सांसदहरुलाई ६४ करोड सहयोग

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    काठमाडौं, ३१ जेठ   सांसदहरुको सशक्तीकरणका लागि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले करिब ६४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। देशको नीति निर्माण गर्ने थलो संसदमा दाताको प्रभाव निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका बेला संसद सचिवालयले उक्त रकम लिने सम्झौता गरेको छ। संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र यूनडीपीका प्रतिनिधि रेनउड मेएरबीच ५९ लाख १५ हजार २५७ अमेरिकी डलर (६३ करोड ८८ लाख..

    पश्चिम नवलपरासीका ७ वटै स्थानीय तह प्रमुखद्वारा शान्ति सुरक्षाको माग

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    नवलपरासी, ३१ जेठ  पश्चिम नवलपरासीमा रहेका सबै सातवटै स्थानीय तहका प्रमुखले सरकारसमक्ष शान्ति सुरक्षाको माग गरेका छन् ।  स्वयं आफूहरुको शान्ति सुरक्षासहित जिल्लाको समग्रतामा शान्ति सुरक्षाको स्थिति थप बलियो हुनुपर्ने माग राख्दै स्थानीय तहका प्रमुखले यस्तो माग गरेका हुन् ।  केही दिनअघि सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेमाथि अभद्र व्यवहार र अमानवीय क्रियाकलाप भएपछि सबै स्थानीय तहका प्रमुखले सरकारको ध्यानाकर्षण गराएका हुन् ।  पर्याप्त शान्ति..

    भ्रष्टाचारमा लिप्त नेताले आर्थिक परिवर्तन गर्न नसक्ने पूर्वप्रधानमन्त्री भट्टराईको ठोकुवा

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौँ, ३० जेठ :  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक रुपान्तरण सम्भव रहेको बताएका छन् ।  पार्टी निकट राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको  यहाँ उद्घाटन गर्दै उनले भने, “हामीले समाज सेवा र मानवजातिको रुपान्तरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरेका छौँ, हाम्रै जीवनकालमा नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छ ।”  भ्रष्टाचारमा लिप्त..

    राप्रपामा दुई धार - पूर्व राजा ज्ञानेन्द्र शाहसँग नजिक हुने कि नेपाली कांग्रेससँग ?

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौं, ३० जेठ राप्रपाका दुईवटा समूहभित्र पूर्वराजा ज्ञानेन्द्रसित नजिक हुने कि नेपाली कांग्रेस लगायतका गणतन्त्रवादी शक्तिसँग नजिक हुने भन्ने विषयमा दुईवटा धार देखिएका छन् । विशेष गरी पशुपतिसमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकभित्र कमल थापासँग पार्टी एकता गर्ने कि कांग्रेससँग मिल्ने भन्ने विषयमा दुई फरक लाइन देखा परेका छन् । पूर्वराजा ज्ञानेन्द्रको सल्लाह मान्ने नेताहरु कमल थापासँग एकता गरेर संवैधानिक राजतन्त्र एवं हिन्दु राष्ट्रको..

    प्रदेश ७ को बजेटमा कृषि, पर्यटन र जलस्रोतलाई प्राथमिकता : मुख्यमन्त्री भट्ट

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    धनगढी, ३० जेठ  प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले यस प्रदेशको आव २०७५÷७६ को बजेटमा कृषि, पर्यटन, जलस्रोत र जडीबुटीलाई मुख्य प्राथमिकता दिइने बताएका छन्  ।  बुधबार बजेटको पूर्वसन्ध्यामा विशेष कुराकानी गर्दै उनले चार वटा क्षेत्र बजेटको मुख्य प्राथमिकतामा रहेको जानकारी दिए । “त्यस बाहेक, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकूद, भौतिक पूर्वाधार त भई नै हाल्यो,” उनले भने, “सोहीअनुसार नीति तथा कार्यक्रम..

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण आगामी असार ५ गते !

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौँ, ३० जेठ  प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन्  ।  प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर..

    सुन काण्डमा मुछिएको बाजेको सेकुवा कर्नरमा बकाईदा छापा मारेर शिलबन्दी !

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौं, ३० जेठ  सुन प्रकरणमा मुछिएको बाजेको सेकुवा कर्नरका ६ वटा शाखामा गृहमन्त्रालयले बनाएको छानबिन समितिले  छापा मारेर शिलबन्दी गरेको छ ।  समितिले बुधबार  अनामनगर, स्रोहखुट्टे, एयरपोर्ट, सामाखुसीसहित ६ शाखामा छापा मारी  शिलबन्दी गरेको  समितिका एक अधिकारीले रातोपाटीलाई जानकारी दिए ।  समितिले छापा मारेका सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा लिँदै  कारोबार रोक्का गरेको छ ।  ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको..

    विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाबारे स्पष्ट पार्न माग

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौँ, ३० जेठ  प्रतिनिधिसभाको बुधबारको विशेष समयमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  उनले केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अनावश्यक विषयमा चासो देखाउने गरेको पनि जानकारी दिए ।  सांसद प्रभु साहले रौतहटको कटहरिया नगरपालिकामा १२ वर्षीय बालकको अपहरण गरी हत्या गरिएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाहीको माग गरे..

    अब पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुल्नेका दिन गए : गृहमन्त्री थापा

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौँ, ३० जेठ  गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताएका छन् ।  नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको बुधबार उद्घाटन गर्दै उनले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन सक्दैन भने । “पार्टी प्यालेस र क्याटरिङ क्षेत्र उद्योग हो, यसको विकास गरेर बेरोजगार..

    सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयन माग

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौँ, ३० जेठ  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा भाग लिँदै उनले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान रहेको हुँदा त्यसको कार्यान्वयन होस् भनी माग गर्र्दै भने, “ससदीय लोकतन्त्रमा नयाँ दल जन्मने..

    भरतपुर महानगरले व्यवस्थित गुरुयोजना बनाउँदै, बजेट निर्माणका लागि विज्ञसंँग छलफल

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    चितवन, ३० जेठ   भरतपुर महानगरपालिकाले विज्ञहरुको सुझावमा गुरुयोजना र सोही अनुसारको आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्न छलफल थालेको छ ।  अन्तर्राष्ट्रियस्तरको महानगरपालिका बनाउने संकल्प लिएको भरतपुर महानगरले व्यवस्थित गुरुयोजना बनाउँदैछ । आउँदो आवबाट बजेट पनि सोही अनुरुप निर्माण गर्न विज्ञको रायसुझाव लिने काम भइरहेको छ ।  “गुरुयोजना अनुरुपको बजेट निर्माण गर्न विज्ञसँग सुझाव लिइँदैछ,” उनले भने । न्यून बजेटमा दीर्घकालीन र..

    प्रतिनिधिसभाको बैठकमा बजेटमाथि मन्त्रालयगत रुपमा छलफल सुरु हुँदै

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौँ,३० जेठ  प्रतिनिधिसभाको बैठकमा बुधबारदेखि बजेटमाथि मन्त्रालयगत रुपमा छलफल सुरु हुँदैछ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत रुपमा छुट्याइएको बजेटमाथि अब संसदमा बिस्तारमा छलफल हुनेछ । यस्तो छलफलका लागि असार ९ गतेसम्मको समय तोकिएको छ । बुधबार चार मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । बैठक बिहान ११ बजेपछि बस्नेछ । यसअघि जेठ २७ गतेदेखि नै सुरु हुने भनिएको..

    अध्यक्ष दाहाल भन्छन् - वर्तमान सरकार ५ वर्ष टिक्ने र समाजवाद अँगाल्ने लक्ष्य छ

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    चितवन, ३० जेठ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन् ।  भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको मंगलबार अनावरण गर्दै उनले भने, “अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।”  स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते..

    भारतीय प्रधानमन्त्री मोदीको हत्या षडयन्त्र - वास्तविक वा चर्चामा आउने खेल ?

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौं,३० जेठ  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षडयन्त्रले यतिबेला चर्चा पाइरहेको छ । तर त्यसलाई पुष्टि गर्ने प्रमाण भने पर्याप्त छैन । एक हिंसाको आरोपमा केही व्यक्ति पक्राउ परेको र उनीहरुबाट बरामद पत्रमा उल्लेख भएअनुसार नक्सलवादी -भारतीय माओवादी)ले मोदीको हत्या गर्ने योजना बनाएको भनेर दावी गरिएको छ । एक हिंसाको आरोपमा केही व्यक्ति पक्राउ परेको र उनीहरुबाट बरामद पत्रमा उल्लेख भएअनुसार..

    प्रदेश नं ३ : नीति आयोगको उपाध्यक्षमा डा. देवकोटालाई नियुक्ति

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    हेटौँडा, ३० जेठ : प्रदेश नं ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा खिमलाल देवकोटालाई नियुक्ति गरेको छ ।  यसैगरी सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ भने अन्य तीन सदस्यको नाम अर्को मन्त्रिपरिषद्को बैठकले टुङ्ग्याउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रदास ढुंगेलले जानकारी दिए ।  मन्त्रिपरिषद्को बैठक ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको..

    उत्तरकोरियाली नेता किम र राष्ट्रपति ट्रम्प वार्ताको नेपाल सरकारद्वारा स्वागत

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौँ, २९ जेठ :  सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका अध्यक्ष किमजङ उनबीच मंगलबार सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको छ ।  शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त भएको विश्वास नेपालले गरेको छ ।  परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेर कोरियाली प्रायद्वीपमा..

    संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशका लागि दीपकराज जोशीको नाम सिफारिस

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौं,२९ जेठ  मंगलवार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस भएका छन् । सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले कामु प्रधानन्यायाधीश रहेका जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेको हो ।  परिषद् बैठकले जोशीको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा सिफारिश गरेको  कानुनमन्त्री शेरबहादुर तामाङले बताए । मन्त्री तामाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिको सिफारिश पनि छिट्टै गरिने बताए..

    निजगढ, हेटौंडा, भरतपुर हुँदै नवलपरासी निस्कने रेलमार्गका लागि नयाँ डीपीआर योजना

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    चितवन,२९ जेठ चितवन पूर्व पश्चिम विद्युतीय रेलको नयाँ रुट कायम गर्न विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बनाइने भएको छ । संरक्षित क्षेत्रबाट रेल गुडदा त्यसले दुर्लभ वन्यजन्तुको बासस्थान प्रभावित हुने भएकाले नयाँ रुटका लागि डीपीआर बनाइने भएको हो । विभागका वरिष्ठ डिभिजनल इन्जिनियर प्रकाशराज उपाध्यायले आउँदो साताभित्रै डीपीआर तयार गर्नका लागि प्रक्रिया सुरु हुने बताए । निजगढ, हेटौंडा, भरतपुर हुँदै नवलपरासी निस्कने रेलमार्गका..

    विरलै सुनिएको वेस्ट इन्डिजबाट सर्वाधिक वैदेशिक लगानी, गुणस्तरमा शंका

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौँ, २९ जेठ नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ ।  उद्योग, व्यापार एवं औद्योगिक क्षेत्रमा लगानी गर्ने देशका रुपमा मुलुकमा विरलै सुनिएको उक्त राष्ट्रबाट प्रवाह भएको लगानीको गुणस्तरमा अर्थतन्त्रका विश्लेषकहरुले शंका गरेका छन् ।  आतंककारी वा अन्य आपराधिक गतिविधिबाट आर्जित रकम लगानी भएको हुनसक्ने आशंका गर्दै नेपाल राष्ट्र बैंकका एकजना उच्च अधिकृत नाम उल्लेख नगर्ने शर्तमा राससलाई प्रतिक्रिया..

    गृहमन्त्रीद्वारा कुलमान घिसिङलाई निर्देशन ! ‘विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस्’

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौँ, २९ जेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ ।  गृहमन्त्री रामबहादुर थापाले मंगलबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर विद्युत् आपूर्तिमा बेलाबखत देखिने समस्या समाधानका लागि निर्देशन दिएका हुन् ।  नियमित विद्युत् आपूर्ति नहुँदा वा कहिलेकाहीँ अकस्मात् विद्युत् कटौती हुँदा अध्यागमनलगायत स्थानमा अनधिकृत वा गैरकानूनी काम हुने भएकाले त्यसलाई नियन्त्रण..

    जमिनको वर्गिकरण योजना लागू गछौँः मन्त्री चक्रपाणि खनाल

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौँ, २९ जेठ कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले केही समयपछि जमिनको वर्गिकरण योजना लागू गरिने बताएको छ । नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) र राष्ट्रिय कृषि उपभोक्ता महासंघले आज संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई काठमाण्डुमा सम्बोधन गर्दै मन्त्री खनालले खेतीयोग्य, व्यावसायिक र आवास गरी तीन भागमा जग्गाको वर्गिकरण गरी लालपूर्जा वितरण गरिने बताए । ‘साना किसान र आव २०७५-७६..

    सम्पत्ति शुद्धीकरण विभागले सुरू गर्‍यो सुन तस्कर गोरेसहित ३ जनाको सम्पत्ति अनुसन्धान

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौँ, २९ जेठ  सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको अनुसन्धान सुरु गरेको छ ।  विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानवीन अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए ।  उनले त्यसक्रममा सुन तस्करीमा संलग्न जोकोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने पनि..

    मनसुन प्रवेश गरेको घोषणा गरियता पनि मनसुन पूर्ण रुपमा सक्रिय हुन अझै केही दिन लाग्ने

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौँ, २९ जेठ  नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन ।  जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८ मा) नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो ।  अहिले पूर्व र मध्यका केही क्षेत्रमा सक्रिय भएको मनसुन पश्चिमसम्म फैलन अझै केही दिन लाग्ने मौसमविद् वरुण पौडेल बताउछन् ।  “मनसुन पूर्वबाट पश्चिमतर्फ जान..

    “सरकारको महत्वपूर्ण नीति तथा कार्यक्रममा यस्ता कुरा समावेश गर्न राख्न सुहाउँछ कि सुहाउँदैन ?”

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    सुर्खेत, २९ जेठ कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रममा प्रतिबन्धित भाँगो पारिएको भन्दै प्रदेशसभा सदस्यले आलोचना गरेका छन् ।  प्रदेशसभामा शुरु भएको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिबन्धित भाँगोलाई नीति तथा कार्यक्रममा समावेश गरेर सरकारले लज्जास्पद काम गरेको टिप्पणी गरे ।  नेता शाहीले प्रतिबन्धित भाँगोलाई..

    अध्यक्ष दाहाल भन्छन् - म जसको घरमा बसेको छु त्यो घरको मान्छेले गल्ती गर्यो भने कारवाही हुन्छ

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    चितवन, २९ जेठ  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताएका छन् ।  प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद दाहालले भने, “जनमुखी योजना धेरै आउँदैछन्, पहिलो गियर लगाइएको छ र उडान भर्दै जान्छ ।”  प्रेस चौतारी..

    २ सय ५औ भानुजयन्तीका अवसरमा ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौँ, २९ जेठ दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने भएको छ ।  आगामी असार २९, ३० र ३१ गते हुने पहिलो सम्मिलनमा २२औँ शताब्दीमा नेपाली भाषाको अवस्था, यसकोे महत्व र आजको साहित्यको स्तर कस्तो हुने भन्नेबारे कार्यपत्रसहित छलफल हुने छ । सम्मिलनमा बहुभाषिक कविगोष्ठी र सांस्कृति कार्यक्रम पनि हुने छ..

    वेवारिसे अवस्थामा फेला परेको भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    चितवन, २९ जेठ  भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ ।  जिल्ला प्रहरी कार्यालयले मंगलबार रतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।  वेवारिसे अवस्थामा फेला परेको सो गाडी जाँच गर्दा ढोकाहरुमा फल्स बटम बनाई त्यस भित्र पत्रिका र प्लाष्टिकले बेरेर लुकाइ राखेको अवस्थामा १२ बण्डलमा जम्मा १९ किलो २०० ग्राम गाँजा..

    प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौं,२९ जेठ   मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा साँझ पाँच बजे संवैधानिक परिषदको वैठक बस्दै छन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश र संवैधानिक निकायका आयुक्तको सिफारिस संवैधानिक परिषद्ले गर्ने व्यवस्था छ। न्याय परिषद्ले प्रधानन्यायाधीश बन्न सक्ने तीन जनाको नाम संवैधानिक परिषदमा सिफारिस गरिसकेको छ। प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सञ्चालन नियमावली नबन्दा संसदीय..

    सरसफाइमा नयाँ अभ्यास : नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    रोल्पा, २९ जेठ  २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ ।  अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् ।  रोल्पाको सुकिदह गाउँपालिकाको एक वडाले सबै घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा भएको दाबीसहित सार्वजनिक कार्यक्रममार्फत घोषणासमेत गरिसकेको..

    सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी : महासचिव झा

    सोमबार, जेष्ठ २८, २०७५ साल
    काठमाडौँ, २८ जेठ राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताएका छन्  ।  काठमाडौँमा सोमबार आयोजित साक्षात्कारमा उनले संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिए पनि राजपाका सभासद् रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा जाने निर्णय हुन बाँकी रहेको बताए।  नेता झाले नेपालको संविधान जारी भएको तीन वर्षमा..
    Weather Forecast