सोमबार, मंसिर २, २०७६

    राज्य-समाज

    कसरी बने केपी ओली दोस्रो पटक प्रधानमन्त्री ? थाहा पाउनुस् उनको ‘जीवनकहानी’

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ, ३ फागुन : नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकमा दोस्रो पटक प्रधानमन्त्री बनेका छन् ।  समृद्धि र स्थिरताको नारासहित निर्वाचनमा बहुमत हासिल गरेको वाम गठबन्धनको समर्थनमा नियुक्त प्रधानमन्त्री ओली झापा विद्रोह हुँदै लामो समय जेलनेलसमेत खेपेका उनी आफ्नो अडानमा दृढ नेता मानिन्छन् । नयाँ संविधान निर्माणमा भूमिका निर्वाह गर्दै..

    कृषिमा प्रशस्त लगानी गरी देशलाई समृद्ध बनाउँछौँ :अध्यक्ष दाहाल

    बिहिवार, फागुन ३, २०७४ साल
    सिन्धुली, ३ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अब कृषिमा लगानी गरी देशलाई समृद्ध बनाइने बताएका छन् ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायतर्फको दोस्रो आगिंक क्याम्पसको मरिण गाउँपालिका–६ मा बिहीबार भवन शिलान्यास तथा कक्षा उदघाट्न गर्दै उनले वाम गठबन्धनको सरकारले कृषिमा मुठ्ठी खोलेर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।  कृषिमा आधारित उद्योगविना नेपालमा खोलिने कुनै पनि उद्योग दीर्घकालीन..

    नवनियुक्त प्रधानमन्त्री ओलीले लिए जनताका नाममा शपथ

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौं, फागुन ३ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नाममा शपथ ग्रहण गरेका छन् । साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई शपथ खुवाएकी हुन् । उनले जनताका नाममा शपथ ग्रहण गरे ।  शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, निवर्तमान प्रधानमन्त्री, प्रधानन्यायाधीश विभिन्न दलका शीर्ष नेता, कुटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारीको उपस्थिती रहेको थियो । प्रधानमन्त्री ओलीसँगै..

    राष्ट्रपतिको २१ र उपराष्ट्रपतिको चैत्र ३ गते निर्वाचन गर्ने आयोगको प्रस्ताव

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौं, फागुन ३ ।  निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक छलफल सुरु गरेको हो । छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको..

    प्रदेश नं ६ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात वटा मन्त्रालय स्थापना

    बिहिवार, फागुन ३, २०७४ साल
    सुर्खेत, ३ फागुन । प्रदेश नं ६ मा बिहीबार सात वटा मन्त्रालय स्थापना गरिएका छन् । प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताउनुभयो । प्रदेश नं ६ प्रदेशमा सात वटा मन्त्रालय रहने छन् ।  दुई साताअघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालय सञ्चालन भइसकेको छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै..

    देउवाद्वारा राष्ट्रको नाममा संबोधन : संविधान कार्यान्वयनको जिम्मेवारी पूरा भयो (पूर्ण पाठसहित)

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ, ३ फागुन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो जिम्मेवारी पूरा भएको बताएका छन् ।  देशवासीको नाममा विहीबार  सम्बोधन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेको बताए ।  प्रधानमन्त्री देउवाले भने, “यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो आधारशीला निर्माण भएको छ । यसका..

    प्रदेश ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त, ५ गते शपथ ग्रहण कार्यक्रम

    बिहिवार, फागुन ३, २०७४ साल
    कैलाली, माघ १९ । प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले बिहीबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  यसअघि बुधवार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त हुन बहुमत रहेको दावी पेश गर्न आग्रह गरेपछि भट्टले वामबठबन्धनका ३७ जना सदस्यको आफूलाई समर्थन रहेको भन्दै दावीपत्र पेश गरेका थिए ।  विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टलाई शनिवार..

    राष्ट्रपति भण्डारीद्वारा नेपालको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ, ३ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेकी छिन्  ।  एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको केहीबेर पछि राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।  गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको..

    राजविराज नगर बाल सञ्जालका १४ बुँदे माग

    बिहिवार, फागुन ३, २०७४ साल
    राजविराज, ३ फागुन।  पटक पटक माग सम्बोधनका लागि दबाब दिएपनि राजविराज नगर बाल सञ्जालले आफूहरुले राखेको १४ बुँदे माग अविलम्ब सम्बोधन नगरे आफूहरु आन्दोलनमा जाने बताएका छन् ।  सञ्जालले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुका माग १० दिनभित्र सम्बोधन गर्न माग गरेका हुन् ।  सञ्जालका अध्यक्ष जकाउल्लाहले कुनै पनि बन्द हड्तालमा विद्यालय बन्द नहुनुपर्ने, देशैभरिका शिक्षकको प्रमाणपत्र..

    राष्ट्रपति कार्यालय शीतल निवास पुगी प्रधानमन्त्री देउवाले राजीनामा दिए

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ, ३ फागुन  ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिएका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवास पुगी प्रधानमन्त्री देउवाले राजीनामा दिएका  र राष्ट्रपति भण्डारीले कार्यकाल पूरा गरेकामा धन्यवाद दिएका  राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।  निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएपछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएसँगै प्रधानमन्त्री देउवाले राजीनामा दिएका हुन् ।   ..

    'राष्ट्रियसभा सदस्य निर्वाचन' को खर्चको विवरण बुझाउनुस् : निर्वाचन आयोग

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ, ३ फागुन  ।  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन सम्पूर्ण उम्मेदवारलाई सूचित गरेको छ ।  राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले तोक्ने व्यवस्था रहेको छ । निर्वाचनको अवधिमा भएको सम्पूर्ण खर्चको विवरण उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनुपर्ने कानुनी व्यवस्था..

    ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र, आजै शपथको सम्भावना

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ, ३ फागुन ।  वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको छ ।  एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सो पत्र केहीबेर अघि राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो ।  गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन..

    प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राजिनामा, देशवासीका नाममा सम्बोधन

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ, ३ फागुन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तीन वटै तहका निर्वाचन सफलताका साथ सम्पन्न हुनुलाई आफ्नो कार्यकालको मुख्य उपलब्धि भएको बताएका छन्  ।  प्रधानमन्त्री निवास बालुवाटारबाट आज देशवासीका नाममा सम्बोधन गर्दै उनले स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन सफलताका साथ सम्पन्न गरी प्रदेशसभा र प्रदेश सरकारको गठनसमेत यही अवधिमा भएको उल्लेख..

    एमाले नेता राईको राजनीतिक यात्रा : कान्छो सांसददेखि मुख्यमन्त्रीसम्म

    बिहिवार, फागुन ३, २०७४ साल
    उर्लाबारी, मोरङ, २ फागुन ।  विसं २०२७ फागुन ११ गते भोजपुरको साविक थिदिंखा–५, पसलभञ्ज्याङ (हाल आमचोक गाउँपालिका–३) मा जन्मिएका  शेरधन राई नेकपा (एमाले) बाट प्रदेश नं १ को मुख्यमन्त्रीमा वुधबार  नियुक्त भए  ।  प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । राई एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्  ।  विसं २०४४..

    राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ, ३ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन्   ।  महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा वुधबार आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्  ।  साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो तुल्याउँदै राष्ट्रिय प्रेमले ओतप्रोत, राष्ट्रियता र स्वाभिमानलाई प्रवद्र्धन..

    तनहुँ एक महिनादेखि प्रमुख जिल्ला अधिकारी विहीन हुँदा समस्या

    बिहिवार, फागुन ३, २०७४ साल
    दमौली, तनहुँ, ३ फागुन ।  तनहुँ जिल्ला एक महिनादेखि प्रमुख जिल्ला अधिकारीविहीन बनेको छ । तत्कालीन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौँतर्फ लागेपछि तनहुँ जिल्ला प्रजिअविहीन भएको हो ।  प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध र हातहतियार खरखजाना, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने कार्य प्रभावित हुँदै आएको बताइएको छ । यतिबेला निमित्त प्रजिअको भरमा..

    एमाले–माओवादी एकता बैठक : प्रधानमन्त्रीका लागि तत्काल दाबी गर्ने !

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ, ३ फागुन : एकता प्रक्रिया खाकालाई निष्कर्षमा पु¥याउन बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको छ ।  एकता प्रक्रियाको ठोस खाकामा बुँदागत सहमति आउने अपेक्षा गरिएको सो बैठकले त्यसबारेमा बिहीबार निर्णय गर्ने समझदारी गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष आजै..

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज शपथग्रहण गर्ने, प्रदेश प्रमुख तुम्बाहाङले शपथग्रहण गराउने

    बिहिवार, फागुन ३, २०७४ साल
    उर्लाबारी, मोरङ, ३ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै हुनुहुन्छ ।  आज अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले राईलाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए ।  राई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समर्थनमा..

    अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको औपचारिक निर्णय

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौं, फागुन २ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने औपचारिक निर्णय गरेको छ । ललितपुरको मानभवनमा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो ।  निर्वाचन आयोगले बुधबार राष्ट्रपति विद्या भण्डरीलाई चुनावको अन्तिम परिणाम बुझाएपछि आफूहरुसँग सरकार बनाउन बहुमत रहेको दावी गर्ने निर्णय पनि एमालेले गरेको छ । बहुमतको दावी गर्दै पार्टीकातर्फबाट राष्ट्रपतिलाई..

    पार्टी एकताबारे छलफल गर्न अध्यक्ष ओलीद्वारा एमालेको आकस्मिक बैठक आह्वान

    बुधबार, फागुन २, २०७४ साल
    काठमाडौं, फागुन २ ।  माओवादीसँग पार्टी एकताको निर्णय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि स्थायी कमिटीमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो । बैठकमा सहभागी हुन नेताहरु मानभवनतिर लागेका छन् । मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा पछिल्लो समय ओली र प्रचण्डबीच वान टु वान छलफल भइरहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड..

    निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाएलगत्तै प्रधानमन्त्रीले राजिनामा दिने

    बुधबार, फागुन २, २०७४ साल
    काठमाण्डौ, फागुन २ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदबाट राजिनामा दिन तयारी गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधीसभाको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाएलगत्तै राजिनामा दिने तयारी गरेका हुन् ।  प्रधानमन्त्री देउवाले छिट्टै राजिनामा दिने तयारी गरेको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । राजिनामा दिनुअघि देउवाले राष्ट्रका नाममा संम्बोधन गर्ने कार्यक्रम छ ।  गत जेठ २३ माओवादी केन्द्रसँग आलोपालो सहमतीमा मुलुकको ४०..

    प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका राउत नियुक्त

    बुधबार, फागुन २, २०७४ साल
    महेन्द्रनगर धनुषा, २ फागुन। प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् ।  राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए  । प्रदेश प्रमुख रत्नेश्वर कायस्थले आज फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएका छन्  । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा राउतलाई नियुक्ति पत्र प्रदान गरिएको हो..

    प्रदेश नं ७ मा मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आह्वान

    बुधबार, फागुन २, २०७४ साल
    धनगढी, २ फागुन ।  प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सांसदलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आज आह्वान गरेका छन् ।  प्रदेश प्रमुखको कार्यालयद्वारा आज प्रकाशित सूचनामा नेपालको संविधानको धारा १६८ को उप धारा–१ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत रहेको नदेखिएकाले उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थन स्पष्ट देखिने..

    काँग्रेसले सच्यायो 'प्रतिनिधिसभा सदस्य' समानुपातिक सूची

    बुधबार, फागुन २, २०७४ साल
    काठमाडौँ, २ फागुन। नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ ।  काँग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ भने दीपशिखा शर्माको नाम हटाइ रंगमती शाहीको नाम राखेको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए  ।  नाम थपिएका विष्ट र शाही दुबै पिछडिएका क्षेत्रबाट परेका हुन् । यस अघिको सूचीमा नाम..

    दुई नेताको मात्रै व्यवस्थापनले पार्टी एकता सम्भव छैन : नेता नेपाल

    बुधबार, फागुन २, २०७४ साल
    चितवन, २ फागुन  नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन् ।  आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता गर्नुपर्ने बताए ।  उनले भने– “दुई नेताको व्यवस्थापनले मात्रै हुँदैन । पहिला पूर्व प्रधानमन्त्री भइसकेका, पार्टी सञ्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका..

    'व्यास पराशर क्षेत्र' धार्मिक एवं पर्यटकीयस्थल बनिनु पर्छ : प्रधानमन्त्री देउवा

    बुधबार, फागुन २, २०७४ साल
    दमौली, तनहुँ, २ फागुन  । प्रधानमन्त्री शेरबहादुर देउवाले ब्यास पराशर क्षेत्रलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्  ।  पराशर आश्रम संरक्षण समिति तनहुँद्वारा ब्यास नगरपालिका–५ को वेनीपाटनमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको मंगलबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्  ।  प्रधानमन्त्री देउवाले ब्यास र पराशर क्षेत्रको विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउँदै मानुङकोट, तनहुँसुर, चुदी रम्घाजस्ता पर्यटकीय क्षेत्रको..

    भूमिसुधार तथा व्यवस्था मन्त्री दहितद्वारा कार्यशाला उद्घाटन

    बुधबार, फागुन २, २०७४ साल
    इटहरी, २ फागुन ।  भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले नेपालको ९६ प्रतिशत नागरिकको संस्कार संस्कृति र सम्पत्तीसम्बन्धी सोझो सम्बन्ध रहेको भूमिप्रतिको प्रशासन चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउन जरुरी रहेको कुरामा जोड दिएका छन्  ।  मन्त्री दहितले वुधबार भूमिसुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गतको विभागले इटहरीमा आयोजित प्रदेश १ र २ का भूमिसुधार तथा मालपोत अधिकृतहरुको पूँजिगत लाभकर तथा जग्गा प्रशासनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको उद्घाटनपछि..

    पाल्पामा सिंगो दलित समुदाय नै पेशाबाट विस्थापित

    बुधबार, फागुन २, २०७४ साल
    पाल्पा, २ फागुन।  रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् ।  घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित हुन पुगेका हुन् । बजारको उचित व्यवस्था नहुँदा नयाँ पुस्ता यस पेशामा आकर्षित हुन नसक्दा पेशाबाट सिंगो समुदाय नै विस्थापित भएको स्थानीय बासिन्दा पदम विश्वकर्मा बताउँछन्  ।  “बाँसका सामान..

    प्रदेश नं ४ का नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ फागुन ४ गते

    बुधबार, फागुन २, २०७४ साल
    पोखरा, २ फागुन : प्रदेश नं ४ का नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण यही फागुन ४ गते शुक्रबार हुने भएको छ ।  यसअघि फागुन २ गते बुधबारका लागि शपथग्रहणको मिति तय गरिएकामा प्राविधिक कारणवश उक्त मिति हेरफेर भएको प्रदेश प्रमुखको कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए ।  उनका अनुसार फागुन ४ गते बिहान ९ः३० बजे पोखरास्थित प्रदेश प्रमुखको..

    रोल्पामा बहुविवाहको क्रम बढ्दो, बहुविवाहविरुद्धको उजुरी भने न्यून

    बुधबार, फागुन २, २०७४ साल
    लिबाङ, रोल्पा, २ फागुन । रोल्पामा बहुविवाहको क्रम बढ्दो भए पनि बहुविवाहविरुद्ध न्यून उजुरी पर्ने गरेको छ ।  जिल्ला अदालत रोल्पाको तथ्यांकअनुसार दुई आवमा तीनवटा मात्र बहुविवाहका मुद्दा दर्ता भएका छन् जसअन्तर्गत यस आवमा दुईवटा तथा गत आवमा एउटा मात्र बहुविवाहको मुद्दा दर्ता भएको मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालले जानकारी दिए  ।  जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार माना चामल, अंश, सम्बन्धविच्छेदजस्ता प्रकृतिका केही..
    Weather Forecast