सोमबार, असोज ६, २०७६

    राज्य-समाज

    अपराह्न ३ बजेसम्म ५७ प्रतिशत मतदान सम्पन्न : निर्वाचन आयोग

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपराह्न ३ बजेसम्म करिब ५७ प्रतिशत मतदान भएको जनाएको छ ।  आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान जारी छ । सबैभन्दा बढी रुपन्देहीमा ६६, चितवनमा ६५, सुर्खेतमा ६३ र मोरङ जिल्लामा ६२ प्रतिशत मतदान भएको केन्द्रले जनाएको छ ।  दोस्रो..

    नेपालका मुख्यमन्त्रीले पाउनेछन् यस्ता सेवा तथा सुविधाहरु

    बिहिवार, मंसिर २१, २०७४ साल
    मंसिर २१, काठमाडौँ । संविधानले परिकल्पना गरे अनूरुप अब मुलुक तीनतहको राज्य संरचनमा जानेछ । स्थानियतह र प्रतिनिधिसभाको अभ्यास यस अघि देखिनै गरिदै आएको भएपनि मुलुकमा पहिलोपटक प्रदेशसभाको अभ्यास हुँदै छ । अब नेपालमा स्थानियतह, प्रदेश सरकार र केन्द्र सरकार गरि तीनतहको राज्य संयन्त्रहुनेछ । स्थनियतहको निर्वाचन यस अघि नै भईसकेको छ ।प्रदेशसभा तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन पनि मंसिर १० गते..

    राजधानीको मध्य भागमा डेढ घण्टा हिँडेर मतदान

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर । पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागेपनि राजधानी काठमाडौँमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यो आश्चर्य होइन, यथार्थ हो । भक्तपुरको लोकन्थली घर भएकी अंशु ढुंगेल डेढ घण्टा हिँडेर काठमाडौँको मध्य भाग पुरानो बानेश्वरस्थित रत्नराज्य उच्च माध्यामिक विद्यालय आएर मतदान गरिन्  ।  पुरानो बानेश्वरमा रहेको..

    दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान सम्पन्न : निर्वाचन आयोग

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौं, २१ मसिर ।  दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार..

    कास्कीको मादीमा १०२ वर्षीय वृद्धबाट मतदान

    बिहिवार, मंसिर २१, २०७४ साल
    पोखरा, २१ मंसिर । कास्कीको मादी गाउँपालिका–८ धु्रव माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०२ वर्षीय वृद्ध वामदेव सापकोटाले मतदान गरेका छन् ।  कास्कीका ३१७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान भइरहेको क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीले जानकारी दिए  ।  -रासस ..

    मतदान गरेर फर्कदै गर्दा पाल्पामा एक वृद्धको मृत्यु

    बिहिवार, मंसिर २१, २०७४ साल
    रामपुर, २१ मंसिर । पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए ।  दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेका थिए । मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनको मृत्यु भएको हो ।  -रासस ..

    निर्वाचन प्रक्रियाको अवलोकन गरिरहेका छौँ : कार्टर सेन्टर

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर । कार्टर सेन्टरले नेपालमा आज जारी दोस्रो चरणको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा ३४ देशका ६० भन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गरिरहेको जनाएको छ । थाईल्याण्ड पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री डा सुराकियार्त सथिरथाई तथा श्रीलंका र माल्दिभ्सका लागि पूर्व अमेरिकी राजदूत पिटर वर्लेले कार्टर सेन्टरको तर्फबाट निर्वाचन पर्यवेक्षक टोलीको नेतृत्व गरेका छन् ।  सो टोलीले आज ललितपुरस्थित ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको..

    बिहान १० बजेसम्म पच्चिस प्रतिशत मतदान सम्पन्न : निर्वाचन आयोग

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिहान १० बजेसम्म २५ प्रतिशत मतदान सम्पन्न भएको छ ।  निर्वाचन आयोगका अनुसार देशका ४५ जिल्लामा विहान सात बजेदेखि मतदान शुरु भएको हो । निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्दैछन् ।  प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन..

    आजदेखि इतिहासको अर्काे अध्यायको शुरुवात : अध्यक्ष दाहाल

    बिहिवार, मंसिर २१, २०७४ साल
    चितवन, २१ मंसिर ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्काे अध्यायको शुरुवात भएको बताएका छन् ।  जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क) मतदान केन्द्रबाट मतदानपछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले निकै ठूलो संघर्ष र बलिदानपछि यहाँसम्म आइपुगेको बताए । अब राजनीतिक यात्राको होइन, विकासको यात्रा शुरु भएको भन्दै उनले यो निर्वाचनको सफलतासँगै..

    सप्तरीको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदाता शून्य

    बिहिवार, मंसिर २१, २०७४ साल
    सप्तरी, २१ मंसिर । यस जिल्लाको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन ।  डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका छन् । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुुसार सप्तरी क्षेत्र नं २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित यो मतदान केन्द्रमा धनेश्वर साह मतदान अधिकृत रहनुभएको छरहेका छन् र यस केन्द्रमा अहिले कोही पनि मतदाता र..

    काठमाडौँका चर्चित नेताले विभिन्न मतदान केन्द्रबाट गरे मतदान

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर ।  आज बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्लाका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन् ।  नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले बिहान ८ बजेर ५ मिनेटमा स्काइलार्क स्कुल धापासीबाट मतदान गरे । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक माविबाट ८ः४० मा मतदान गरेका छन् । एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इचङ्गु पञ्चधारा मतदान..

    अध्यक्ष ओली, सिटौला र कार्कीले आफूलाई मत हाल्न पाएनन्

    बिहिवार, मंसिर २१, २०७४ साल
    झापा, २१ मंसिर । झापामा उत्साहजनकरुपमा शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाएन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्कीले आफुले आफैँलाई मतदान गर्न नपाएका हुन् ।  एमाले अध्यक्ष ओली र काँग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो । तर, नेकपा (एमाले)का अध्यक्ष..

    पाल्पामा शव बोकेरै मतदान गर्न मतदान केन्द्रमा पुगे मलामी

    बिहिवार, मंसिर २१, २०७४ साल
    पाल्पा, २१ मंसिर । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् ।  हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् ।  उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् भने रिब्दिकोट..

    मोरङमा मतदान शुरु, सप्तरीमा हर्षोल्लासपूर्ण वातावरणमा मतदान हुँदै

    बिहिवार, मंसिर २१, २०७४ साल
    विराटनगर,२१ मंसिर । मोरङमा मतदान सुचारु ढंगले शुरु भएको छ । बिहान ७ बजेदेखि नै मतदान शुरु भएको निर्वाचन आयोगको कार्यालय विराटनगरले जनाएको छ । विराटनगरस्थित विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाता लामबद्ध भएर मतदान कार्यमा सरिक भएका छन् ।  विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयस्थित मतदान केन्द्र, कञ्चनबारीस्थित मतदान केन्द्र, महेन्द्र मोरङ क्याम्पसस्थित मतदान केन्द्रमा बिहान ७ः३५ बजेसम्ममा २५ भन्दा बढी मतदाताले मतदान गरिसकेको विराटनगरस्थित..

    कञ्चनपुर र डडेल्धुरामा मतदान शुरु, वर्षाले केहि समय मतदान प्रभावित

    बिहिवार, मंसिर २१, २०७४ साल
    भीमदत्तनगर, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर र डडेल्धुरामा आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ ।  कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आर्चायले यहाँका तीनवटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभा सदस्यका लागि एकसाथ मतदान शुरु भएको जानकारी दिए । कञ्चनपुरमा रहेका ३२० वटै मतदान केन्द्रमा मतदान शुरु भइसकेको मुख्य निर्वाचन अधिकृत आर्चायले बताए ।  “सबैतिर मतदान..

    भक्तपुरमा शान्तिपूर्ण रुपमा मतदान शुरु, मतदाताको बाक्लो उपस्थिति

    बिहिवार, मंसिर २१, २०७४ साल
    भक्तपुर, २१ मंसिर । भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा शुरु भएको छ ।भक्तपुरका ७८ वटा मतदानस्थल र २०९ वटा मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान शुरु भएको छ । जिल्लामा कुल एक लाख ७८ हजार ९९ हजार मतदाता रहेका छन् ।  सुरक्षाका लागि भक्तपुरमा दुई हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ भने मतदाताले उत्साहित भएर मतदान गरेका छन्..

    निर्वाचन अपडेट : चिसो मौसमका बाबजुद पनि मतदाताको उपस्थिति बाक्लो

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर  ।  मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको यो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई मतदानको अधिकार रहेको छ ।  अपराह्न ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मतदान..

    माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा भरतपुरमा मतदान

    बिहिवार, मंसिर २१, २०७४ साल
    चितवन, २१ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरेका छन् । बिहान ७ बजेर १३ मिनेट जाँदा उनले मतदान गरेका हुन् ।  चितवन क्षेत्र नं ३ मा अध्यक्ष दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन् । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले गठबन्धनअनुसार नै आफूले मतदान गरेको..

    पैँतालिस जिल्लामा दोस्रो चरणको निर्वाचनमा मतदान शुरु

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान शुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान शुरु भएको हो ।  निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ । दोस्रो चरणको यस निर्वाचनमा सात हजार ७५२ मतदानस्थल..

    निर्धक्क भई मतदान गर्न मतदातालाई निर्वाचन आयोगको आह्वान

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भोलि हुँँदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको जनाएको छ । आयोगको हातामा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भोलि बिहान ७ः०० देखि ५ः०० बजेसम्म निर्धक्क भई मतदान गर्न आम मतदातालाई आह्वान गरे  ।  भोलि ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशभसभा २५६ निर्वाचन क्षेत्रमा..

    काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमिकता : ‘धुलोमुक्त काठमाडौँ’

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर । काठमाडौँ महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धुलोमुक्त काठमाडौँ बनाउने कामलाई प्राथमिकतामा राखेको छ ।  कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र २८ गते काठमाडौँका सडकलाई सफा बनाउने अभियानका साथ धुलो उठाउने निर्णय गरिसकेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले सो काममा समन्वय गर्ने छ । जनप्रतिनिधिको मुख्य नाराका..

    संविधान कार्यान्वयनका लागि ऐतिहासिक निर्वाचनको अन्तिम चरण बिहीबार

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर । संसदीय, स्थानीय तह वा निकायका निर्वाचन पटकपटक भएकै हुन् तर संविधानसभाबाट संविधान बनेपछि त्यसको कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन सम्पन्न हुनाका साथै प्रतिनिधिसभा र प्रदेशसभाकोे निर्वाचन बिहीबार हुँदैछ ।  नेपालको इतिहासमा एकै वर्ष स्थानीय तह, प्रदेशसभा-प्रतिनिधिसभा निर्वाचन भएकाले २०७४ साल निर्वाचनै निर्वाचनको वर्ष बनेको हो । इतिहासमा अहिलेसम्म एकै वर्ष यति धेरै निर्वाचन भएको थिएन । एक वर्ष..

    प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन् ।  विज्ञप्तिमा उनले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण..

    शिवपुजन यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्वारा सदर

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर । सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फ सप्तरीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो ।  यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि आयोगले यही मंसिर ११ गते..

    निर्वाचन नजिकिएसँगै ललितपुरमा आचारसहिंता उल्लंघनका घटनामा वृद्धि

    बुधबार, मंसिर २०, २०७४ साल
    ललितपुर, २० मंसिर ।  निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लंघन गर्ने क्रम बढेको छ । उम्मेदवारी दर्तापछि शुरुका दिनमा आचारसहिंता पालना भइरहे पनि निर्वाचन नजिकिँदै गर्दा उल्लंघन बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसहिंता अनुगमन अधिकृत भीम पाण्डेले बताए । उनले भने, “जिल्लाका विभिन्न भागमा ब्यानर, पम्प्लेट टाँस्ने काम बढिरहेको छ ।”  शहरका भित्री भागभन्दा पनि चक्रपथ बाहिर..

    भोलि २१ गते नगरवासीलेनै फोहोर व्यवस्थापन गर्नुपर्छ : महानगरपालिका

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर  ।  काठमाडौँ महानगरपालिकाले भोलि २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन सबै महानगरवासीलाई घरबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न आग्रह गरेको छ ।  निर्वाचनमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको र कर्मचारीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने व्यवहारिक पक्षलाई ध्यानमा राखी उक्त निर्णय गरेको कामपाका सह–प्रवक्ता नवराज ढकालले जानकारी दिए  । फोहोर बोक्ने गाडी सञ्चालनका लागि अनुमति भए..

    बागदरबार पुनःनिर्माणको प्रतिवेदन पेश गर्न महानगरपालिका र पुरातत्व विभागलाई निर्देशन

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बागदरबार प्रबलीकरण वा पुनःनिर्माण विषयमा संरचनात्मक विश्लेषणसहितको प्रतिवेदन पेश गर्न काठमाडौँ महानगरपालिका र पुरातत्व विभागलाई निर्देशन दिएको छ ।  प्राधिकरणमा बसेको विभाग, महानगरपालिका, शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलगायत सरोकार भएका निकायको बैठकले यस्तो निर्देशन दिएको हो । भूकम्पले क्षति पुगेको सुन्धारास्थित ऐतिहासिक बागदरबारको प्रबलीकरण गर्ने वा पुनःनिर्माण विषयमा संरचनागत विश्लेषणसहितको प्रतिवेदन पेश गर्न बैठकले..

    रुपन्देहीका ओमसतिया र सियारी गाउँपालिकामा छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा

    बुधबार, मंसिर २०, २०७४ साल
    बुटवल, २० मंसिर । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर नै गाउँमा रहेको बालविवाह र महिला तथा लैंगिक हिंसामा कमी ल्याउने उदाहरणीय कार्यक्रम सार्वजनिक गरेका हुन ।  जिल्लाको ओमसतिया गाउँपालिकामा करिब ३७ हजार जनसंख्या छ । महिलाको संख्या..

    कुवेत–काठमाडौं–कुवेत सिधा हवाई सेवा आजदेखि

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौं, मंसिर २० ।  बुधबारदेखि कुवेत–काठमाडौं–कुवेत सिधा हवाई सेवा सुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं प्रत्यक्ष उडान सुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग मंगलबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौं–कुवेत सिधा हवाई उडानबाट नेपाल–कुवेतसम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती..

    ललितपुरमा निर्वाचनको तयारी पूरा, २७७ मतदान केन्द्रमा तीन हजार एक सय कर्मचारी

    बुधबार, मंसिर २०, २०७४ साल
    ललितपुर, २० मंसिर । जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएको छ । सुरक्षाकर्मी र निर्वाचनमा खटिने कर्मचारी सबै मतदानमा आवश्यक सामग्री लिएर सम्बन्धित स्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।  एक सय ३१ मतदानस्थलमा नै कर्मचारी पुगिसकेको कार्यालयका प्रमुख सीता साम्बाले बताइन् । एक मतदान केन्द्रमा १० देखि १२ जना कर्मचारी खटिनेछन् । जिल्लाभरका २७७ मतदान केन्द्रमा तीन हजार एक सय कर्मचारी..
    Weather Forecast