बुधबार, मंसिर ४, २०७६

    राज्य-समाज

    बादल :‘जनयुद्ध’का मिथकीय पात्रदेखि रक्षा हुँदै दोस्रो पटक गृहमन्त्रीसम्म

    मंगलवार, फागुन १५, २०७४ साल
    काठमाडौँ, १५ फागुन : तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री थिए । संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्ने तहमा आइपुगेका छन् । नेकपा(एमाले) र नेकपा(माओवादी..

    मलाई गलत हुनबाट रोक्नुहोस् : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव

    मंगलवार, फागुन १५, २०७४ साल
    काठमाडौँ, १५ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताएका छन् ।  सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याए ।  “भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै..

    दोस्रो पटक मन्त्रिपरिषद विस्तार : पोखरेल, खतिवडा, थापा र यादवले लिए सपथ

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चार मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ दिईएको हो । आज शपथ लिने मन्त्रीमा ईश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा छन् । पोखरेल रक्षा, थापा गृह, यादव उद्योग, वाणिज्य तथा आपूर्ति र डा..

    प्रदेश नं १को राजधानी र नामकरण छिट्टै हुने: मुख्यमन्त्री राई

    सोमबार, फागुन १४, २०७४ साल
    विराटनगर, १४ फागुन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन् ।  मुख्यमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा समृद्धिका प्रतिबद्धतालाई पूरा गर्ने दायित्व प्रदेश सरकारको काँधमा रहेको स्पष्ट पार्दै उनले भने , “भ्रष्टाचारमुक्त समाजको..

    शिवपुरी निकुञ्ज बीचको बस्ती स्थानान्तरण गर्न सिफारिश, नयाँपाटी तथा गोकर्णको पर्ती जग्गामा बस्ती सार्न सकिने

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने जंगलभित्र रहेको मानव बस्ती स्थानान्तरण गर्न सुझाव दिइएको छ । वन तथा भू–संरक्षण मन्त्रालयले निकुञ्जभित्रको बस्ती स्थानान्तरणका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको संयोजकत्वमा गठन भएको उक्त समितिले अध्ययन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रतिवेदन..

    प्रदेश नं ३ को प्रदेशसभा कार्यविधि नियमावली २०७४ पारित, बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित

    सोमबार, फागुन १४, २०७४ साल
    हेटौँडा, १४ फागुन प्रदेश नं ३ को सभाको आज बसेको बैठकले प्रदेशसभाको कार्यविधि नियमावलीको प्रस्ताव, २०७४ लाई ध्वनि मतद्वारा पारित गरेको छ । सो बैठकमा कार्यविधि नियमावली, २०७४ का संयोजक राजेन्द्र पाण्डेले दलगत स्वार्थभन्दा माथि उठेर उक्त प्रस्तावलाई सर्वसम्मतिबाट पारित गर्न आह्वान गरेका थियो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नियमावली पारित भइसकेपछि प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेका छन्..

    बेपत्ता परिवारका सदस्यसँग सोधपुछ गर्दै आयोग, देशभरबाट तीन हजार ९३ वटा उजुरी संकलन

    सोमबार, फागुन १४, २०७४ साल
    सुरुङ्गा, झापा, १४ फागुन सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकाको विस्तृत प्रतिवेदनका लागि सरकारले बेपत्ता परिवारका सदस्यसँग सोधपुछ गर्ने काम शुरु गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले झापाका बेपत्ता परिवारसँग सोधपुछ शुरु गरेको हो । आयोगका प्रवक्ता प्राध्यापक डा विष्णु पाठकको नेतृत्वमा आएको टोलीले बेपत्ता पारिएका व्यक्तिको विषयमा उनका आफन्तसँग आइतबारबाट सोधपुछ गरिरहेको छ । आयोगको कार्य पद्धति आन्तरिक व्यवस्थापन, उजुरीको..

    नेपालमा रेल ल्याउन भारत इच्छुक, संविधानअनुसार निर्वाचनमार्फत सरकार गठन भएकोप्रति खुशी

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन, नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले ‘नेपालको काठमाडौँमा भारतीय रेल आउनुपर्छ’ भन्ने अवधारणामा भारत अगाडि बढेको बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले   नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले विकास र समृद्धिलाई ध्यान दिनुपर्ने बताए ।  नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)का भारतका संयोजक कोस्यारीले भनें, “प्रजातान्त्रिक..

    प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सरकार विस्तारका विषयमा छलफल, सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाइयो

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकार विस्तारका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नामसमेत प्रधानमन्त्रीलाई बुझाएका थिए । अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार आज अपराह्न ४ बजे मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएकाले पार्टीको तर्फबाट मन्त्रीको..

    प्रदेश नं ५ मा प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन

    सोमबार, फागुन १४, २०७४ साल
    बुटवल, १४ फागुन। प्रदेश नं ५ मा प्रदेश कानून मस्यौदा बनाउन प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन गरिएको छ ।  केहीदिनअघि बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने निर्णय गरेर आयोगका पदाधिकारीलाई आज पत्र दिइएको हो ।  आयोगको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा कुमार आचार्य र सदस्यमा अधिवक्ता विष्णु पोखरेल र खुमाकान्त पौडेल रहेका छन्  । आयोगको पदेन सदस्यमा प्रदेशका सहन्यायाधिवक्ता, मुख्यमन्त्रीको..

    बिना मगर पनि मन्त्री बन्ने सम्भावना ! विस्तारित मन्त्रीमण्डलमा को-को जाँदैछन् माओवादी केन्द्रबाट ?

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौं, फाल्गुन १४। आज विस्तार हुने मन्त्रीपरिषदमा बिना मगरको पोर्टफोलियो टुङ्गो लागेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारीसमेत रहेकी कैलालीकी सांसद मगरलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी दिइने सम्भावना रहेको एक माओवादी नेताले जानकारी दिए।  माओवादीबाट रामबहादुर थापा वादल, बर्षमान पुनलगायत मन्त्री हुँदैछन्। प्रधानमन्त्री केपी ओलीले आज क्याविनेट बिस्तार गर्दैछन्। विस्तारित क्याबिनेटमा अर्थमन्त्री एमालेका ईश्वर पोखरेल हुने निश्चित छ। भौतिक पूर्वाधार..

    बैतडीमा स्थानीय तहमा विषयगत कार्यालय नहुँदा समस्या

    सोमबार, फागुन १४, २०७४ साल
      बैतडी, १४ फागुन (रासस) ः जिल्लामा स्थानीय सरकार चुनिएको सात महिना बित्दा पनि उल्लेख्य काम हुन सकेको छैन । सम्बन्धित कार्यालयको अभाबमा विकास निर्माणदेखि स्थानीय सरकारबार्टे समान्य सेवासुविधा पनि सर्वसाधारणले अझै पाउन सकेका छैनन् ।  जिल्ला स्तरका अधिकांश विषयगत कार्यालय स्थानीय तहमा स्थापना हुन नसक्दा सेवाग्राही समस्यामा परेका हुन् । स्थानीय तहका कतिपय वडा कार्यालय भाडाका घरमा बसेका छन् । पाटन..

    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मन्त्रिमण्डल विस्तार हुँदै

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ ।  यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा (एमाले)का अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्  ।  हाल मन्त्रिपरिषद् तीन सदस्यीयमात्र छ भने पछिल्लो संशोधित कार्यसम्पादन..

    कन्चनपुरमा नगर विकास समिति अढाइ वर्षदेखि कामकाजविहीन

    सोमबार, फागुन १४, २०७४ साल
    भीमदत्तनगर, १४ फागुन ।  सरकारकै ढिलासुस्ती र बेवास्ताका कारण कञ्चनपुरको महेन्द्रनगर नगरविकास समिति विगत अढाइ वर्षदेखि कामकाज विहीन बनेको छ ।  समितिसँग रहेको जग्गा लिज, बिक्री वितरणलगायतका विषयमा अनियमितता भएको भन्दै २०७२ साल भदौ १४ गतेको मन्त्रिपरिषद्को निर्णयले महेन्द्रनगर नगरविकास समितिको कामकाज छानबिनका लागि भन्दै रोकेको थियो । नगरविकास समितिको कामकाज रोकेर उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिनसमेत गरिएको भए पनि समितिको प्रतिवेदनका..

    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

    सोमबार, फागुन १४, २०७४ साल
    महेन्द्रनगर, धनुषा, १४ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्  ।  मुख्यमन्त्री राउतले आइतबार मुख्यमन्त्री निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ मा सुशासन कायम गर्नका लागि सो प्रतिबद्धतापत्र जारी गरेका हुन् ।  प्रदेश नं २ को मुख्यमन्त्री पदको शपथ लिँदै गर्दा मुख्यमन्त्री राउतले प्रदेशमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएअनुरुप प्रदेशभित्र सुशासन..

    चेलीबेटी बेचबिखनविरुद्ध मेची–महाकाली अभियान, नेपालगञ्जमा जनचेतना र्याली र सभा

    सोमबार, फागुन १४, २०७४ साल
    नेपालगञ्ज, १४ फागुन : मानव बेचबिखनविरुद्धको मेची–महाकाली अभियानअन्तर्गत आइतबार नेपालगञ्जमा जनचेतना र्याली र सभाको आयोजना गरिएको छ ।  नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, पत्रकार, अधिकारकर्मी र सामाजिक अभियन्ताको सहभागिता रहेको र्यालीले नेपालगञ्ज बजारको परिक्रमा गरेको थियो ।  र्यालीपछि आयोजित सभामा नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मानव बेचबिखन नियन्त्रणमा साझा..

    अदालतको आदेशका कारण बढी समय थुनामा राखेमा क्षतिपूर्ति दिनुपर्ने

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन : सर्वोच्च अदालतले आफ्नै आदेशका कारण बढी अवधि थुनामा बिताउन बाध्य व्यक्तिलाई दैनिक रु ३०० का दरले क्षतिपूर्ति दिन सरकारका नाममा आदेश जारी गरेको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आइतबार नेपालको न्यायिक इतिहासमा पहिलोपटक अदालतका कारण बढी अवधि थुनामा बिताउन बाध्य भएको व्यक्तिलाई सो क्षतिपूर्ति दिन आदेश गरेको सर्वोच्च अदालतका प्रेस विज्ञ..

    चोरी तस्करका गतिविधि रोक्न वन्यजन्तुको सुरक्षार्थ निकुञ्जमा गस्ती बढाइयो

    आईतवार, फागुन १३, २०७४ साल
    रत्ननगर, चितवन, १३ फागुन : चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । अहिलेको मौसममा चोरी तस्करका गतिविधि बढ्नसक्ने भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षा प्रबन्धलाई थप चुस्त पारिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।  उनले अहिले गाउँगाउँमा २/३ महिनाका लागि नयाँ सुराकीहरु थपेर सूचना संकलनको काम समेत थालिएको जानकारी दिए ।  अहिलेको मौसममा जंगलको टाढासम्म वन्यजन्तुहरु देक्न..

    इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक हुन्छ : सातौँ बैठक

    आईतवार, फागुन १३, २०७४ साल
    काठमाडौँ , १३ फागुन नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन दुवै देशका लागि सकारात्मक हुने बताइएको छ । समूहको सातौँ बैठकपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका नेपाल संयोजक डा भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउने गरी प्रतिवेदन ल्याइने प्रतिबद्धता व्यक्त गरे ।   दुई देशको..

    पश्चिमी वायुको प्रभावले मौसममा बदलाव, केही स्थानमा वर्षा हुने सम्भावना

    आईतवार, फागुन १३, २०७४ साल
    काठमाडौँ, १३ फागुन पश्चिमी वायुको प्रभावका कारण आज देशभर बदली हुनाका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । शनिबार रातिदेखि प्रवेश गरेको उक्त वायुको प्रभावले मौसममा  बदली गराएको र उच्च पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि मौसमी विवरण साँझ मात्र आउने भएकाले अहिले कुन क्षेत्रमा कति वर्षा भएको छ भन्ने यकिन..

    अप्टिकल फाइबरको लाइन काटिएपछि पाँच जिल्लामा सञ्चार सम्पर्क विच्छेद, सेवा खुलाउने प्रयास जारी

    आईतवार, फागुन १३, २०७४ साल
    भक्तपुर, १३ फागुन भक्तपुर र बबरमहलमा अप्टिकल फाइबरको लाइन काटिएपछि पाँच जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।  भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला र काठमाडौँको बबरमहलमा पुल निर्माणका क्रममा अप्टिकल फाइबरको लाइन काटिएपछि शुक्रबार साँझदेखि टेलिफोन र आज बिहान १० बजेदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम भक्तपुरका कार्यालय प्रमख कामता श्रेष्ठले पुल निर्माणका क्रममा अप्टिकल फाइबर चुँडिएपछि सञ्चार..

    फुजेल घटनाका जाहेरवाला झिकाउन आदेश, म्याद बुझेपछि अदालतमा बकपत्र गराइने

    आईतवार, फागुन १३, २०७४ साल
    चितवन, १३ फागुन गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आज जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन् । जाहेरवाला नुरप्रसाद कृष्णप्रसादका दाजु हुन् । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार जाहेरवाला नुरप्रसादलाई अदालतले म्याद जारी गर्ने छ । म्याद बुझेपछि उनलाई अदालतमा बकपत्र गराइने उनले..

    डडेल्धुरामा सरकारी एकीकृत घुम्ती शिविरका कारण स्थानीय हर्षित

    आईतवार, फागुन १३, २०७४ साल
    डडेल्धुरा, १३ फागुन ।  डडेल्धुरा आलिताल गाउँपालिकामा एकदिने एकीकृत घुम्ती शिविरको आयोजनाले स्थानीय बासिन्दा हर्षित भएका छन् ।  जिल्ला सदरमुकाममा पाइने सम्पूर्ण सेवा आफ्नै घरदैलोमा पाएपछि आलिताल गाउँपालिका १ र २ वडाका स्थानीय सेवाग्राही दंग परेका हुन् ।  दुर्गमका साथै आर्थिक अभावका कारण जिल्ला सदरमुकाममा पाइने सेवा सुविधा लिनबाट वञ्चित भएकालाई उनकै घरदैलोमा एकै स्थानबाट सेवा दिनका लागि एकीकृत घुम्ती शिविर आयोजना गरिएको हो..

    नेता दाहालको सम्पर्क कार्यालय चितवनस्थित हाकिमचोकमा

    आईतवार, फागुन १३, २०७४ साल
    चितवन, १३ फागुन  ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताएका  छन् ।  चितवन क्षेत्र नं ३ को सांसद सम्पर्क कार्यालय भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा आज उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित दाहालले चितवनमा सुशासनसम्बन्धी काम र जनताका दैनिक समस्या समाधान गर्न जनसम्पर्क कार्यालयको भूमिका रहने बताए । ..

    म्याग्दीको धौलागिरीस्थित गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र माग

    आईतवार, फागुन १३, २०७४ साल
    म्याग्दी, १३ फागुन।  धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ ।  वडा समितिको आजको बैठकले जिल्ला र गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातिको सघन बसोवास तथा प्राकृतिक स्रोत एवं साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भएबमोजिम स्वायत्त क्षेत्र घोषणा गर्न माग गर्ने निर्णय गरेको वडाध्यक्ष झकबहादुर छन्त्याल बताए  ।  छन्त्यालको अध्यक्षतामा बसेको बैठकले आवश्यक मापदण्ड पूरा हुने भएकाले गुर्जालाई..

    राष्ट्रिय एकता सुदृढ गर्न सबै भाषाको उचित सम्मान गर्नु पर्नेमा जोड

    आईतवार, फागुन १३, २०७४ साल
    बर्दिवास, १३ फागुन ।  साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ ।  बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’ विषयको प्रवचन गोष्ठीमा वक्ताले देशमा बोलिने सबै भाषाले उचित सम्मान पाए मात्र नेपाली राष्ट्रियता सुदृढ हुन सक्ने बताए  ।  आधारशिला स्थापनाको १५ औंँ वार्षिकोत्सव र अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार मोदनाथ..

    काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

    आईतवार, फागुन १३, २०७४ साल
    काठमाडौँ, १३ फागुन : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बस्ने केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।  काँग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले काँग्रेस संसदीय..

    जनकपुर चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना

    आईतवार, फागुन १३, २०७४ साल
    महेन्द्रनगर, धनुषा, १३ फागुन : जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ ।  जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ । जसको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला तथा योजना, तेस्रोमा आन्तरिक मामिला तथा कानून र चौथोमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको..

    प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

    आईतवार, फागुन १३, २०७४ साल
    कञ्चनपुर, १३ फागुन : माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ ।  अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्दै  प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताएका छन् ।  मुख्य मन्त्री भट्टले खुला सिमानाका कारण मानव बेचबिखनका घटना बढ्दै गइरहेकाले त्यसलाई न्यूनीकरण गर्न केन्द्रीय..

    ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश टुँडिखेलबाट प्रवाह गरिने

    शनिबार, फागुन १२, २०७४ साल
    काठमाडौँ, १२ फागुन : विश्व कीर्तिमानी परिषद् नेपालले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश दिन यही फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन गर्ने भएको छ ।  यहाँ आयोजित पत्रकार सम्मेलनमा मुलुकको गौरवलाई अन्तर्राष्ट्रिय तहमा फैलाउन आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरिएको छ ।  सो कार्यक्रममा वरिष्ठ चिकित्सक डा भोला रिजालले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएका..
    Weather Forecast