सोमबार, असोज ६, २०७६

    राज्य-समाज

    एमालेका हृदयेश त्रिपाठी ५ हजार १ मतान्तरले विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    नवलपरासी, मंसिर २४ – नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका हृदयेश त्रिपाठी ५००१ मतान्तरले विजयी हुनुभएको छ । एमालेका त्रिपाठीले ३८ हजार ५ सय ९२ मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका देवकरण कलवारले ३३ हजार ५ सय ९१ मत ल्याउनुभएको छ ।..

    दैलेखका सबै प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    दैलेख, २४ मंसिर ।  दैलेखका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र भएको दैलेखको प्रतिनधिसभा सदस्यमा क्षेत्र नं. १ बाट एमालेका रवीन्द्र शर्माले २३ हजार ७७३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका केन्द्रीय सदस्य दीपककुमार शाहीले १७ हजार २५३ मत प्राप्त गरे ।  यसैगरी क्षेत्र नं २ बाट..

    नेपाली काँग्रेसका उम्मेद्ववार प्रदीप पौडेलद्वारा पुनः मतदानको माग

    आईतवार, मंसिर २४, २०७४ साल
    तनहुँ, २४ मंसिर ।   नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र नं २ का प्रदेशसभा १ का उम्मेद्ववार प्रदीप पौडेलले पुनःमतदानको माग गरेका छन् । माझिलाङ, सागे नेपालटार, जन जौकुमारी, मीन मावि र उदयमावि केन्द्रको मतगणनामा कूल दुई हजार ३२८ मत हुनुपर्नेमा बढी ४२ मत भेटिएपछि फर्जी मत हालिएको भन्दै पौडेलले पुनः मतदानको माग गरेका हुन् । मुचुल्का गरिएको भन्दा बढी..

    निर्वाचनमा आफू हारेर पनि जित्नेलाई बधाई दिने यी नेताहरु...

    आईतवार, मंसिर २४, २०७४ साल
    काठमाडौँ, २४ मंसिर । सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, “जालझेल गरेर हराइयो । ” नेपालमा राजनीतिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन । धाँधली, जालझेल तथा अनियमितताका आधारमा निर्वाचन जितेको जनाउँदै हार्नेले जित्नेलाई सत्तोसराप गर्ने संस्कृति हट्न सकेको छैन, जबकि संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिका उम्मेदवारले हार्ने निश्चित भएपछि तुरुन्तै विजयीलाई बधाई दिने चलन छ ।  नेपालमा पनि केही नेता..

    झापा– ५ बाट केपी शर्मा ओली भारी मतान्तरका साथ निर्वाचित

    आईतवार, मंसिर २४, २०७४ साल
    काठमाडौँ , २४ मंसिर  । एमाले अध्यक्ष केपी शर्मा ओली  झापा– ५ बाट निर्वाचित भएका छन् ।  कूल ९१ हजार ३ सय ४५ मत मध्ये ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गरे भने कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गरे, दुईजना बिच २८ हजार ८ सय ४२ मतान्तर रह्यो ।..

    हिंसा न्यूनिकरणका लागि महिलामा सकारात्मक परिर्वतनसंगै सचेतना जरुरी : श्रेष्ठ

    बिहिवार, मंसिर २८, २०७४ साल
    मंसिर २४, काठमाडौं ।  नेपालमा पछिल्लो समय महिला हिंसासम्बन्धी घटनाहरूमा वृद्धि भएको पाइन्छ । महिलाहरुमा सकारात्मक परिर्वतन आएको विभिन्न महिलाका क्षेत्रमा काम गर्ने संघ–संस्थाहरुले  बताउने गरे तापनि महिला हिंसामा भने कमि आउँन सकेको छैन । महिलाका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर–सरकारी संघ–संस्थाहरुले हरेक वर्ष झै यस वर्ष पनि महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान सञ्चालन गरिरहेका छन् ।  गत मंसिर ९..

    पर्सा–१ (ख)बाट संघीय समाजवादी फोरमका लालबाबु राउत गद्दी विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    पर्सा, २४ मंसिर  । पर्सा क्षेत्र नं १ (ख)बाट प्रदेशसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत गद्दी विजयी भएका छन् । गद्दीले चार हजार ७१५ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय सर्राफले चार हजार ४३० मत पाएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । रासस ..

    कैलाली– ५ मा एमालेका राना विजयी, आरजु ४ हजार ८ सय ८० हजार मतले पराजित

    आईतवार, मंसिर २४, २०७४ साल
    धनगढी, २४ मंसिर । कैलाली निर्वाचन क्षेत्र ५ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार २०२ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस नेत्री डा आरजु देउवाले २२ हजार ३२२ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले भने यसको औपचारिक पुष्टि गर्न बाँकी छ ।  निर्वाचन क्षेत्र ५ प्रदेशसभा(क)मा वाम गठबन्धन र ‘ख’ मा काँग्रेसका..

    रुपन्देही–४ को प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा काँग्रेस विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    बुटवल, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देही क्षेत्र नं ४ को अन्तिम परिणाम आज सार्वजनिक भएको छ । अन्तिम परिणामअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।  सो क्षेत्रमा ६७ हजार ८३५ मत खसेकामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रमोद यादवले ३१ हजार ७१८ र उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका..

    महिला हिंसाविरुद्ध २४सै घण्टे निःशुल्क हेल्पलाइन '११४५' शुरु

    आईतवार, मंसिर २४, २०७४ साल
    काठमाडौँ, २४ मंसिर । राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा अन्त्य गर्न सहयोग पुर्‍याउने उद्देश्यले ११४५ नम्बरको निःशुल्क हेल्पलाइन प्रारम्भ गरेको छ । यो हेल्पलाइन २४सै घण्टा सञ्चालनमा रहने छ ।  सोह्र दिने महिला हिंसा विरुद्धको अभियान समापनका अवसरमा आज सो हेल्पलाइन महिला, बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापाले शुभारम्भ गरेका हुन् । उनले महिलामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरणका लागि सरकार सधैँ प्रतिबद्ध..

    बारा–२ मा संघीय समाजवादी फोरम नेपालका रामसहाय प्रसाद यादव विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    सिमरा, २४ मंसिर ।  क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका रामसहाय प्रसाद यादव विजयी भएका छन् ।  यादवले २८ हजार १८५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधेचन्द्र यादवले १५ हजार ७९० मत प्राप्त गरेका निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत रमेश सुवेदीले जानकारी दिए ।  क्षेत्र नं २ मा कूल ५९ हजार ९०१ मत खसेको..

    नुवाकोट : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सबै स्थानमा वाम गठबन्धन विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    नुवाकोट, २४ मंसिर ।  नुवाकोटमा दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका छ पदमा नै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  आज अपरान्ह सम्पन्न पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार सबै पदमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ विजयी भएका छन् । तामाङले..

    मतपरिणाम अपडेट : भक्तपुरमा नेमकिपा अगाडि (मतपरिणाम सहित)

    आईतवार, मंसिर २४, २०७४ साल
    भक्तपुर, २४ मंसिर । भक्तपुर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।  हालसम्मको मत परिणाम : नेमकिपा – प्रेम सुवाल– १२ हजार ४४६  नेपाली काँग्रेस – बाबुराजा जोशी– आठ हजार ७९८  वाम गठबन्धन– मिलन सुवाल– सात हजार ५९६  भक्तपुर क्षेत्र नं १ प्रदेशसभा(क)  वाम गठबन्धन – हरिशरण लामिछाने– सात हजार ४५५  काँग्रेस – जीवन खत्री– पाँच हजार ३०३  नेमकिपा – नीरज लबजू–दुई हजार १३७  भक्तपुर क्षेत्र नं १ प्रदेशसभा(ख)  नेमकिपा –..

    गुल्मीका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    गुल्मी, २४ मंसिर । गुल्मीका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको गुल्मीको क्षेत्र नं १ बाट एमालेका प्रदीपकुमार ज्ञवाली र क्षेत्र नं २ बाट गोकर्णराज विष्ट विजयी भएका हुन् ।  ज्ञवालीले ३७ हजार ५५० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्र भण्डारीले २९ हजार ४५० मत प्राप्त..

    प्रतिनिधिसभाका १०० र प्रदेशसभाका १८६ क्षेत्रको मतगणना सम्पन्न

    आईतवार, मंसिर २४, २०७४ साल
    काठमाडौँं,२४ मंसिर । यही मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको केहि जिल्लाको मतगणना सम्पन्न भएको छ ।  निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाकाअनुसार प्रतिनिधिसभाका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये हालसम्म १००  क्षेत्रको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचितमध्ये ७३ पुरुष र एक महिला छन् । यसैगरी प्रदेशसभातर्फ ३३० निर्वाचन..

    सिरहा प्रदेशसभा क्षेत्र नं १ (क) मा एमाले र २ (क) मा फोरम निर्वाचित

    आईतवार, मंसिर २४, २०७४ साल
    लहान, २४ मंसिर । सिरहा प्रदेशसभा क्षेत्र नं १ (क) मा वाम गठबन्धन र २(क) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रदेशसभा क्षेत्र १ (क) बाट नेकपा(एमाले)का लगनलाल चौधरी ११ हजार ५४२ मतसहित विजयी भएका छन् ।  आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सन्तोष चौधरीलाई ८४३ मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन्..

    मानवाधिकार राष्ट्रिय महाभेला गाँसबास, कपास र महिला अधिकारमा केन्द्रित

    आईतवार, मंसिर २४, २०७४ साल
    काठमाडौँ, २४ मंसिर ।  नवौँ मानव अधिकार राष्ट्रिय महाभेलामा नागरिकले जन्मेपछि गाँस, बास, कपासको अधिकारकोे विषयलाई प्राथमिकताका साथ उठाइएको छ ।  राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजको संयुक्त प्रयासमा विसं २०६६ देखि नेपालमा मानव अधिकार राष्ट्रिय महाभेलाको शुरु भएको हो । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) ले संयोजन गरेको महाभेलामा देशमा विभेदरहित समाज निर्माण गरी स्वतन्त्रतापूर्वक मानिसले..

    डा भट्टराई तेस्रो पटक विजयी, नारायणकाजी छ हजार ८७४ मतले पराजित

    आईतवार, मंसिर २४, २०७४ साल
    गोरखा मंसिर २४ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तेस्रो पटक प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित भएका छन् ।  नेपाली काँग्रेससँगको सहकार्यमा गोरखा–२ बाट साझा उम्मेदवार बनेका डा भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरी ह्याट्रिक गरे ।  यही मंसिर १० गते भएको निर्वाचनको मतपरिणाम गए राति आएको हो । गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा..

    प्रदेशसभा कास्की ३ (क) मा बराल र (ख) मा पहारी निर्वाचित

    आईतवार, मंसिर २४, २०७४ साल
    पोखरा, २४ मंसिर । प्रदेशसभा कास्की क्षेत्र नं ३ (क)मा नेकपा (माओवादी केन्द्र)का रामजी बराल निर्वाचित भएका छन् ।  उनले १५ हजार ८२३ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत पाएकी छन्  । क्षेत्र नं ३ (क) मा ४२ हजार १८१ मतदाता रहेकामा २८ हजार ९०४ मतदाताले मतदान गरेका थिए । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया..

    उदयपुर निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको प्यानल नै विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    उदयपुर, २४ मंसिर । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको प्यानल नै विजय भएका छन् । भर्खरै प्राप्त मत परिणामअनुसार उदयपुर निर्वाचन क्षेत्र नं २ बाट वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार सुरेश किराती (हिमाल) ले २२ हजार ५५१ मत प्राप्त गरेर विजयी हासिल गरेका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणबहादुर कार्कीले १५ हजार ४५५ मत प्राप्त गरेका मुख्य..

    काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेल विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    काठमाडौँ, २४ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् ।  निर्वाचन आयोगले दिएको जानकारीअनुसार पोखरेलले २३ हजार २९ मत प्राप्त गरेका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका डा प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका छन् ।  विवेकशील साझा पार्टीका उम्मेदवार उज्ज्वल थापाले छ हजार ८१३ मत..

    गुल्मीमा प्रतिनिधिसभा १ र २ प्रदीप ज्ञवाली र गोर्कण विष्ट विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    गुल्मी, २४ मंसिर । गुल्मीमा प्रतिनिधिसभा १ र २ मा वाम गठबन्धन (एमाले)का उम्मेदवार प्रदीप ज्ञवाली र गोर्कण विष्ट विजयी भएका छन् । प्रतिनिधिसभा १ मा ज्ञवालीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्र भण्डारीलाई पछि पार्दै जित हासिल गरेका हुन् । ज्ञवालीले ३७ हजार ८१४ मत ल्याई विजयी भएका हुन् भने नेपाली काँगे्रसका चन्द्र भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए ।  यस्तै प्रतिनिधिसभा..

    नुवाकोटको एक प्रतिनिधिसभा र तीन प्रदेशसभामा वाम उम्मेदवार विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    नुवाकोट, २४ मंसिर ।   नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र तीन वटा प्रदेशसभा क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  सम्पन्न भएको मतगणनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गरे । विजयी भएका एमालेका उम्मेदवार खतिवडाले..

    सिन्धुली १ मा एमालेका पहाडी, २ मा माओवादीका गजुरेल विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    सिन्धुली, २४ मंसिर  : सिन्धुलीका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधिसभातर्फ १ मा वाम गठबन्धन, नेकपा (एमाले)का गणेशकुमार पहाडी र २ मा (माओवादी केन्द्र)का हरिबोल गजुरेल विजयी हुनुभएको हो ।  नेपाली काँग्रेसका प्रेमचन्द्र दाहाललाई १० हजार १४० मतान्तर पार्दै पहाडी विजयी भएका छन् । यस्तै गजुरेल नेपाली काँग्रेसका नरेन्द्रजंग थापालाई १२ हजार ५२ मतले पछि पार्दै विजयी भएका हुन्..

    प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँ पटक विजयी, २०४८ देखि अविजित

    आईतवार, मंसिर २४, २०७४ साल
    डडेल्धुरा, २४ मंसिर । डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।  प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी भएका छन् । देउवाले २८ हजार ४४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित भएका हुन् । माओवादीका भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक पराजित भएका हुन् ।..

    धनुषा क्षेत्र नंं ३ बाट प्रतिनिधिसभा सदस्यमा राजेन्द्र महतो विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    जनकपुरधाम, २४ मंसिर । प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो विजयी भएका छन् ।  मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी ३० हजार ७५० मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका विमलेन्द्र निधिले २७ हजार ८४७ मत प्राप्त गरेका छन् ।  यसैगरी प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं २ (क) मा संघीय..

    विभेद र बहिष्करणमा परेकाको उत्थान गर्नुपर्छ : राष्ट्रपति भण्डारी

    शनिबार, मंसिर २३, २०७४ साल
    काठमाडौँ, २३ मंसिर :  राष्ट्रपति विद्यादेवी भण्डारीले विभेद र बहिष्करणमा परेकाको उत्थान गर्दै ती वर्गलाई आर्थिक समृद्धिको मूलधारमा नल्याएसम्म साँचो अर्थमा मानवअधिकारको संरक्षण र संवद्र्धन हुन नसक्ने बताउनुभएको छ ।  उनान्सत्तरिऔँ मानवअधिकार दिवस २०१७ तथा नवौँ मानव अधिकार राष्ट्रिय महाभेलालाई आज यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले मानवअधिकार क्षेत्रका उपलब्धि हुँदा पनि मानवअधिकार उल्लङ्घन भएकाले त्यसको विशेष अध्ययन अनुसन्धान आवश्यक भएको बताउनुभयो..

    पाल्पामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ 'वाम गठबन्धन' को अग्रता

    शनिबार, मंसिर २३, २०७४ साल
    रामपुर, पाल्पा, २३ मंसिर  : पाल्पामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ वाम गठबन्धनका उम्मेदवार अग्र स्थानमा रहेका छन् । पछिल्लो मत गणनाअनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का दलबहादुर रानाले ९ हजार ७९२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका विजयराज घिमिरेले तीन हजार ७२२ मत प्राप्त गरेका छन् ।  क्षेत्र नं १ प्रदेश ‘क’ एमालेका युवराज खनालले ६..

    चितवन क्षेत्र नं ३ मा माओवादी अध्यक्ष दाहालको अग्रता कायमै

    शनिबार, मंसिर २३, २०७४ साल
    चितवन, २३ मंसिर  चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ ।  सो क्षेत्रमा आठ हजार ८५ मतगणना गर्दा दाहालले चार हजार ६२७ मत प्राप्त गरेका छन्  । उनका प्रतिद्वन्द्वी विक्रम पाण्डेले दुई हजार ८७७ मत प्राप्त गरेका छन् । पाण्डे भन्दा दाहालले एक हजार ७५० मत बढी ल्याएका छन्  । सो क्षेत्रमा एक लाख..

    नेपाली काँग्रेसलाई पुनःसंरचना गर्ने गगन थापाको अठोट

    शनिबार, मंसिर २३, २०७४ साल
    काठमाडुं २३ मंसिर :  काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गरेका छन्  ।  काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उहाँले आग्रह गरेका छन् । आफू निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा काँग्रेसको वडा समितिले आयोजना गरेको विजयसभामा..
    Weather Forecast