बुधबार, मंसिर ४, २०७६

    राज्य-समाज

    एकता र समृद्धिका पक्षमा उभिन सांसदलाई ओली र दाहालको निर्देशन (८ फोटो)

    शनिबार, फागुन १९, २०७४ साल
    काठमाडौँ, १९ फागुन : संघीय संसद्मा बहुमतमा रहेको वाम गठबन्धनका अध्यक्षहरुले पार्टी एकता र मुलुकको समृद्धिको भावनाका साथ प्रभावकारी रुपमा प्रस्तुत हुन आफ्ना सांसदलाई निर्देशन दिएका छन् ।  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आयोजित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनिहरुले सुशासन, विकास, समृद्धि र स्थिरताका लागि नयाँ युगतर्फको यात्रामा सामेल हुन आग्रह गरेका..

    पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : काँग्रेस नेता गगन थापा

    शनिबार, फागुन १९, २०७४ साल
    चितवन, १९ फागुन : नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन् ।  शनिबार यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै थापाले दुई तिहाई बहुमत पु¥याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्मा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने विचार व्यक्त गरे ।  फरक प्रशंगमा..

    प्रधानमन्त्री ओली र अमेरिकी राजदूत अलाइना बी. टेप्लिजबीच भेटवार्ता

    शनिबार, फागुन १९, २०७४ साल
    काठमाडौँ, १९ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेप्लिजले आज शिष्टाचार भेट गरेकी छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकामा धन्यवाद ज्ञापन गर्दै अमेरिकी सरकारले नेपालको विकासलगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंसा गरे ।  प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाले नेपालको ऊर्जा र..

    ढिलोमा चैतको पहिलो सातासम्ममा पार्टी एकता हुन्छ : अध्यक्ष प्रचण्ड

    शनिबार, फागुन १९, २०७४ साल
    अछाम, १९ फाल्गुन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोमा चैत पहिलो हप्तासम्ममा पार्टी एकताको घोषणा हुने बताएका छन् ।  प्रेस सेन्टर नेपाल, अछामले पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले दुई पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको भन्दै सकभर फागुन महिनाभित्र र ढिलोमा चैत पहिलो सातामा पार्टी एकताको घोषणा हुने बताएका हुन् ।  अध्यक्ष प्रचण्डले अब माओवादी..

    राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा भारत प्रस्थान

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि शुक्रबार भारत प्रस्थान गरेका छन् ।  आयुर्वेदिक पद्धतिबाट उनको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ । अध्यक्ष राणा उपचारका क्रममा एक साता भारत बस्ने सन्दर्भमा पारिवारिक तथा निजी भेटघाटका कार्यक्रम तय गरिएको छ ।  सोही क्रममा भारतका विभिन्न दलका महत्वपूर्ण नेतासँग भेट तथा छलफल हुने पार्टीका महामन्त्री राजाराम श्रेष्ठले..

    काठमाडौँमा मेघगर्जनसहित वर्षा, पूर्वमनसुनको याम भएकाले यस्तो गतिविधि जारी रहने

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन : स्थानीय वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा आज साँझ मेघगर्जनसहित वर्षा भएको छ ।  स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार देशको पश्चिमी भेगमा विकसित भएको उक्त वायु अहिले क्रमशः पूर्वतर्फ सर्दैछ । पूर्वी पहाडी भेगका केही स्थानमा समेत वर्षाको सम्भावना छ । अहिले..

    मधेशी र पहाडी समुदायले एकैठाउँ मनाए होली, उल्लासमय वातावरण

    शुक्रबार, फागुन १८, २०७४ साल
    भद्रपुर, १८ फागुन : झापाको बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा शुक्रबार होली पर्व उल्लासमय वातावरणमा मनाएका छन् ।  सहभागीहरूले होलीको रङसँगै आपसी सद्भाव, भाइचारा र वन्धुत्वको भावना वृद्धि गर्न महत्वपूर्ण अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।  वीरता जेसिज र वीरता लेडी जेसिजले फागु पूर्णिमा पर्वको अवसर पारी बिर्तामोडको अतिथि सदनमा होली मिलन समारोह आयोजना गरेका थिए ।  कार्यक्रममा बिर्तामोड उद्योग..

    पुनः सांसद बनेका ३५ सांसदलाई मञ्चद्वारा सम्मान तथा बधाई

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन पूर्व सांसद मञ्च, नेपालले आफ्ना आजीवन सदस्य पुनःसंघीय संसद्का सदस्य बनेका मन्त्री तथा प्रतिनिधिसभाका सदस्यलाई बधाई तथा सम्मान गरेको छ । सिंहदरबारस्थित मञ्चको कार्यालयमा आज आयोजना गरेको कार्यक्रम मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितलगायत संघीय संसद्का ३५ जना सदस्यलाई बधाई तथा सम्मान गरेका हुन् । मन्त्री पण्डितले पूर्व सांसदलाई स्वास्थ्य बीमाका लागि आफूले पहल गर्ने उल्लेख..

    सरकारले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने, फोरमसँगको वार्ता अन्तिम चरणमा

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन ।  सत्तारुढ दल एमाले र माओवादी केन्द्रले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । सरकारमा संघीय समाजवादी फोरम नेपाल पनि सहभागी हुने अन्तिम तयारी गरेपछि यो निर्णय भएको हो । स्रोतका अनुसार संघीय फोरमसँग भएको वार्ता र सम्वाद अन्तिम चरणमा छ । एमाले, माओवादी र संघीय फोरमबीच केही राजनीतिक विषयमा लिखित सहमति हुन बाँकी रहेको जानकारी आहाखबरले पाएको छ..

    नयाँ कार्यविभाजन भएका मन्त्रालयको पुनःसंरचना गर्दै सरकार

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन ।  सरकारले नयाँ कार्यविभाजन भएका मन्त्रालयको पुनःसंरचना गर्ने कार्य थालेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अहिले नयाँ पुनर्गठित मन्त्रालयको नयाँ कार्यविभाजनअनुसार पुनःसंरचनाको काम गरिरहेको कार्यालयका प्रवक्ता डिल्लीराम शर्माले जानकारी दिए  ।  सरकारले ३१ वटा मन्त्रालयबाट घटाई १८ वटा मन्त्रालय राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को कार्यालयले ‘नेपाल सरकार कार्यविभाजन नियमावली–२०७४’ जारी गरी पुनर्गठन गरेका ती मन्त्रालयको काम कारबाहीसमेत बाँडफाँड गरेको..

    प्रधानमन्त्री ओलीद्वारा 'मनमोहन सेन्टर एनेक्स' भवन शिलान्यास

    शुक्रबार, फागुन १८, २०७४ साल
      काठमाडौँ, १८ फागुन  प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको आज शिलान्यास गरेका छन्  । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताए  । उनले भने , “सरकारका हरेक कदम सुधार र विकासका लागि र जनताका हितका लागि हुनेछन् । हामी कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभूत गर्ने गरी..

    सशस्त्र प्रहरी बलद्वारा चितवनमा २०३ किलो गाँजा बरामद गरी नष्ट

    शुक्रबार, फागुन १८, २०७४ साल
    रत्ननगर, चितवन, १८ फागुन।  सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट गरेको छ ।  गणको गस्ती टोलीले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका–६ डाबराङ गाउँमा पुगेर गाँजा बरामद गरेको हो । स्थानीय गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २०३ किलो गाँजा बरामद गरेको गणका सशस्त्र प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए  ।  गणका सशस्त्र प्रहरी नायब निरीक्षक..

    मोरङको उर्लाबारीमा अनाथ बालबालिकासँग खेले पत्रकारले होली

    शुक्रबार, फागुन १८, २०७४ साल
    उर्लाबारी, मोरङ, १८ फागुन।  होली पर्वको अवसरमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आज स्थानीय नमूना बालगृहमा होली मिलन कार्यक्रम गरेको छ ।  क्लबमा आवद्ध पत्रकारहरुले गृृहमा आश्रित अनाथ बालबालिकासँग होली मनाएका हुन् । क्लबले गृहमा आश्रित ४३ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका थिए ।  सो अवसरमा मोरङ क्षेत्र नंं १ (क) का प्रदेशसभा सदस्य कुशल साम्बाले वाम गठबन्धनको वर्तमान सरकारले..

    इलाममा बक्यौता नतिर्ने सरकारी कार्यालयको विद्युतको लाइन काटियो

    शुक्रबार, फागुन १८, २०७४ साल
    इलाम, १८ फागुन।  नेपाल विद्युत् प्राधिकरण इलामले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सरकारी कार्यालयको लाइन धमाधम काट्न थालेका छन् ।  तीन महिनाभन्दा लामो समयसम्म विद्युत् महशुल नतिर्ने मालपोत कार्यालय, आदर्श मावि, घरेलु तथा साना उद्योग विकास समिति, शीतभण्डारको लाइन काटिएको प्राधिकरणका इलेक्ट्रिक सुपरभाइजर तारा एक्तेनले जानकारी दिए  । सबैभन्दा बढी इलाम नगरपालिकाको शीतभण्डारले रु सात लाख २८ हजार बक्यौता तिरेको छैन ।  त्यसैगरी..

    नेपाली काँग्रेसले परिवर्तन खोजेको छ : नेता कृष्णप्रसाद सिटौला

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन।  नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस पार्टीले परिवर्तन खोजेको बताएका छन्  ।  नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज नेपालटारमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र नेपाली काँग्रेसको भूमिका’ विचार गोष्ठीमा उनले परिवर्तित समयसँगै काँग्रेसलाई लैजान नसके पार्टी नै समाप्त हुने बताए  । “काँग्रेसभित्र नयाँ ढंगले वैचारिक बहस चलाउनु आवश्यक छ”, उनले भने  ।  नेता सिटौलाले काँग्रेसको निर्वाचनमा नीतिगत,..

    फेरी गयो दोलखामा ४.६ रेक्टर स्केलको परकम्प

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन ।  दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ ।  जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।  यसअघि गत मंगलबार सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४.३ रेक्टरको परकम्प गएको थियो । गत फागुन ९ गते बिहान काठमाडौँको डल्लु क्षेत्र आसपास केन्द्रबिन्दु..

    प्रदेश नं २ को सप्तरीमा सामाजिक विकासमन्त्री साहद्वारा सरसफाइ

    शुक्रबार, फागुन १८, २०७४ साल
      सप्तरी, १८ फागुन ।  सामाजिक विकासमन्त्री नवकिशोर साहले कुचो लगाएर नगरको सरसफाइ कार्यक्रमको शुभारम्भ गरेका छन्  ।  राजविराजस्थित गजेन्द्र चोक पुगेर विहीबार स्व गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेपछि मन्त्री साह सरसफाइमा सहभागी भएका हुन्  । प्रदेश नम्बर २ अन्तर्गत सप्तरी जिल्लाका मन्त्रीले शपथग्रहणपश्चात् राजविराज नगरपालिकाको नगर सरसफाइ गरी सामाजिक कामको शुरुवात गरेको बताए  ।  सप्तरी युथ नेपालले गरेको सरसफाइअन्तर्गत युवासँगै विधायक नेत्र विक्रम साह,..

    जाजरकोटमा प्रहरीद्वारा नौ थान हतियार बरामद

    शुक्रबार, फागुन १८, २०७४ साल
    जाजरकोट, १८ फागुन।     यहाँको जनीचाँदे गाउँपालिका–११ कोताङमा प्रहरीले नौ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ।   जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११ कोर्तांग निवासी चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक एक नाले तीन थान, भरुवा बन्दुक दुई नाले एक थान, बाह्रबोर बन्दुक दुई थान र एयर गन सानो ठूलो गरी..

    भोजपुरमा न्यायिक समितिलाई मेलमिलापसम्बन्धी तालीम सम्पन्न

    शुक्रबार, फागुन १८, २०७४ साल
    भोजपुर, १८ फागुन ।  भोजपुर जिल्लास्थित स्थानीय तहका न्यायिक समितिलाई सामुदायिक मेलमिलापसम्बन्धी तालीम दिइएको छ ।  स्थानीय तहका उप (प्रमुख) को संयोजकत्वमा गठित तीन सदस्य न्यायिक समितिलाई लक्षित गरी सामुदायिक मेलमिलापसम्बन्धी आठ दिनको तालीम दिइएको हो ।  तालीम न्यायिक सदस्यलाई मेलमिलापसम्बन्धी काम गर्नका लागि सहज गराउने उद्देश्यका साथ सञ्चालन गरिएको आयोजक प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका संयोजक सूर्यविक्रम राईले बताए  ।  स्थानीय तहको न्यायिक..

    राष्ट्रपति निर्वाचनका लागि बानेश्वर परिसरमा निर्वाचन कार्यालय स्थापना

    बिहिवार, फागुन १७, २०७४ साल
    काठमाडौँ, १७ फागुन : निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।  आयोगले संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।  नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिसकेको छ । आयोगबाट यसअघि नै राष्ट्रपति निर्वाचनको..

    अपराध अनुसन्धानका लागि धनगढीमा पहिलो पटक कुकुर शाखा सञ्चालनमा

    बिहिवार, फागुन १७, २०७४ साल
    धनगढी, १७ फागुन : कानून विपरीतका अवाञ्छित एवं आपराधिक काम कसैले गरिरहनुभएको छ भने सावधान रहनुहोला ।  किनकि अपराधको अनुसन्धान गरी अपराधी पत्ता लगाउन प्रदेश नं ७ को राजधानी धनगढीमा पहिलो पटक बिहीबारबाट तालीम प्राप्त कुकुर शाखा ‘डग केनेल’ सञ्चालनमा ल्याइएको छ । सो शाखामा व्यवस्था गरिएका चारवटा तालीम प्राप्त कुकुर अबदेखि अपराध अनुसन्धानमा प्रयोग गर्न लागिएको छ । संघीय प्रहरी एकाइ कार्यालय..

    होलीको रौनक : राजधानीको ठमेल क्षेत्रमा पर्यटक समेत यसरी रंगिए (फोटो फिचर)

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौं, फागुन १७ ।  फागुन शुक्ल पूर्णिमाको अवसर पारेर हर्षोल्लाषका साथ मनाइने होली पर्व बिहीबार देशभरका अधिकांश स्थानमा विविध कार्यक्रमको आयोजना गरि मनार्इंदै छ । विशेष गरी हिमाली एवम् पहाडी जिल्लामा यस दिन होली भव्यताका साथ मनाइएको हो ।  वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने यस पर्वलाई परम्पराकालदेखि नै विभिन्न रङहरु मिश्रण गरी एक आपसमा लगाइदिएर मनाउने प्रचलन..

    वाम गठबन्धन र संघीय समाजवादी फोरमबीचको छलफल सहमति नजिक

    बिहिवार, फागुन १७, २०७४ साल
    काठमाडौँ, १७ फागुन : वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच संविधान संशोधन र सरकार विस्तारबारे भएको छलफल सहमति नजिक पुगेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकबारे जानकारी दिँदै फोरमका नेता राजेन्द्र श्रेष्ठले भने, “छलफल जारी छ, हामी बीचमा भएका अनौपचारिक छलफललाई पार्टीमा आन्तरिक छलफल गरी अनुमोदन गर्दै औपचारिक सहमति गरिनेछ ।”  छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)..

    प्रदेश १ लाई अरु प्रदेशको तुलनामा समृद्ध बनाउँछु – मुख्यमन्त्री राई

    बिहिवार, फागुन १७, २०७४ साल
    इटहरी, १६ फागुन :  प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई अरु प्रदेशको तुलनामा समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  जनस्वास्थ्य सरोकार ट्रष्ट नेपालले (फेक्ट) सुनसरीको इटहरी उपमहानगरपालिका–१८ मा निर्माण गर्न लागेको इटहरी अस्पतालको शिलान्यास गर्दै मन्त्री राईले प्रदेश १ लाई शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, जलस्रोत, कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर बनाउने उद्घोष गरे ।  कार्यक्रममा काठमाडौँ मोडल अस्पतालका चिकित्सक..

    समयभित्रै निर्माण सम्पन्न गर्न मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशन

    बुधबार, फागुन १६, २०७४ साल
    हेटौँडा, १६ फागुन : प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज धरान–चतरा सडक आयोजनाको कार्य निर्धारित समयभित्रै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।  हेटौँडा–धरान–चतरा सडकको हेटौंडा–राईगाउँ खण्डको निरीक्षण गर्ने क्रममा मन्त्री पौडेलले सडकले मकवानपुरको मात्र नभई सिंगो प्रदेशको विकासमा महत्व राख्ने बताए ।  निरीक्षण टोलीमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी..

    विसं २०१५ पछि पहिलोपटक दुई तिहाइको सरकार बन्दै : अध्यक्ष दाहाल

    बुधबार, फागुन १६, २०७४ साल
    फलेवास, पर्वत, १६ फागुन : पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झण्डै छ दशकपछि दुई तिहाइको सरकार बन्न लागेको बताएका छन् ।  पर्वत सदरमुकाम कुश्मा बजारमा बुधबारदेखि शुरु भएको दसौँ पश्चिमाञ्चलस्तरीय महिला महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले विसं २०१५ पछि पहिलोपटक दुई तिहाइ बहुमत प्राप्त सरकार बन्न लागेको बताउँदै अहिले त्यसैको कसरतमा सरकार लागिपरेको बताए । अब सरकार..

    प्रहरीलाई नयाँ शैलीबाट काम गर्न गृहमन्त्रीको निर्देशन, प्रहरी प्रधान कार्यालयको निरीक्षण

    बुधबार, फागुन १६, २०७४ साल
    काठमाडौँ, १६ फागुन : गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहणपछि बुधबार पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै नयाँ कार्यशैलीका साथ शान्ति सुरक्षाका कामकारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिए ।  सो अवसरमा गृहमन्त्री थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अपराध अनुसन्धानमा दक्षता र शान्ति सुरक्षाको सुनिश्चितता हुन आवश्यक रहेको बताए ।  प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नति, साधनस्रोतको अभाव लगायतका समस्या रहेकोबारे..

    विष्फोटक पदार्थसहित एकजना पक्राउ, संकास्पद वस्तु चोरेर हिँडेको अवस्थामा समातिए

    बुधबार, फागुन १६, २०७४ साल
    काठमाडौँ, १६ फागुन प्रहरीले विष्फोटक पदार्थसहित यहाँ एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जाँचका क्रममा गएराति धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ९७१९ नं को बसमा यात्रा गरिआएका दैलेख नौमूले गाउँपालिका–८ का दशरथबहादुर शाहीलाई विष्फोटक पदार्थसहित पक्राउ गरेको हो । शाहीले झोलामा राखेर ल्याएको डेटोनेटर ४४ थान, लोला १२ थान, ‘सेफ्टीफ्युज’ २५ मिटर, कालो टेप दुई थान र रबरको..

    प्रधानमन्त्री ओली आफ्नै रचनामा रमाउँदा ...

    बुधबार, फागुन १६, २०७४ साल
    काठमाडौँ, १६ फागुन  म मेरो देश बनाउँछु, अझै उन्नत, सुन्दर... । यी राष्ट्रिय भावले ओतप्रेत गीतको धुन र संगीत एकसाथ गुञ्जिरह्यो । ती गीतका पंक्तिहरु संगीतका धुनमा गुञ्जिएसँगै खुला चौरमा रातो, नीलो र पहेलो टि सर्ट र नीलो ट्रयाकसुटमा युवा युवतीले आफ्नो कला प्रदर्शन शुरु गरे । ती जीवन्त गीतका स्रष्टा एवं प्रधानमन्त्री केपी शर्मा ओली मन्द मुस्कानले युवा युवतीका नाचको..

    कांग्रेस संसदीय दलको नेतामा देउवाले पनि उम्मेदवारी दिने पक्का, प्रकाशमानसँग प्रतिस्पर्धा !

    बुधबार, फागुन १६, २०७४ साल
    काठमाडौँ, १६ फागुन कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने बताएका छन् । पार्टी महामन्त्री डा. शशांक कोइरालाको निजीनिवास टोखामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । दिवाभोज पार्टीबाट राष्ट्रिय सभा र प्रतिनिधिसभामा निर्वाचित सांसद र केन्द्रीय सदस्यहरूका लागि दिईएको थियो । देउवाले पत्रकारहरूसंग दलको नेतामा आफ्नो उम्मेदवारी हुने बताएका थिए ।   ‘दलको नेतामा मेरो उम्मेदवारी रहन्छ,’ उनले भने ।..
    Weather Forecast