बुधबार, मंसिर ४, २०७६

    राज्य-समाज

    सभापति देउवाद्वारा काँग्रेस संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार मनोनित

    सोमबार, फागुन २१, २०७४ साल
    काठमाडौँ, २१ फागुन :  नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाले संसदीय दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनयन गरेका छन् ।  सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा सोमबार सभापति देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा सभापति देउवाले उपनेतामा गच्छदारलाई मनोनयन गरेका हुन् । बैठकमा सभापति देउवाले आफूलाई संसदीय दलको नेता निर्वाचित गरेकोमा सांसदलाई धन्यवाद दिनाका साथै संसद्मा सदैव क्रियाशील रहँदै सशक्त भूमिका..

    पाकिस्तानी प्रधानमन्त्रीका सम्मानमा १९ तोपको सलामी, टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत

    सोमबार, फागुन २१, २०७४ साल
    काठमाडौँ, २१ फागुन : नेपालको दुईदिने औपचारिक भ्रमणमा सोमबार काठमाडौँ आएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गार्ड प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गार्ड निरीक्षण गरेका थिए । समारोहमा दुवै देशका राष्ट्रिय धुन..

    ८८० जना मतदाता मध्ये राष्ट्रपतिको निर्वाचनमा को-को ४ जना सभासदले मतदान गर्न पाउंदैनन् ?

    सोमबार, फागुन २१, २०७४ साल
    फागुन  २१ ,  काठमाडौँ । राष्ट्रपति निर्वाचन आगामी फागुन २९ गते हुन गइरहेको छ ।  यसका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले वेवसाइटमार्फत राष्ट्रपति चुनावको मतदाता संघीय संसद र प्रदेशसभा सदस्यको नामावली सार्वजनिक गरेको हो । संघिय संसदका ३३१ र प्रदेशसभा संसदका ५४९ जना गरी राष्ट्रपति निर्वाचनमा ८८० जना मतदाता छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा..

    नगरपालिका ‘मिनी’ सिंहदरबार जस्तो बन्नुपर्छ : मुख्य मन्त्री पोखरेल

    सोमबार, फागुन २१, २०७४ साल
    बुटवल, २१ फागुन प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहलाई जनताको पहिलो सरकारका रुपमा सुविधासम्पन्न बनाउनुपर्ने बताएका छन् । बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै उनले स्थानीय तहलाई सेवा केन्द्रका रुपमा विकास गर्दै नयाँ मापदण्डसहितको ‘मिनी’ सिंहदरबार बनाउने गरी अगाडि बढ्नुपने बताए । मुख्यमन्त्री पोखरेलले वडा कार्यालयदेखि नगर, उपमहानगर र महानगरसम्मका कामलाई चुस्त र आधुनिक बनाउनुपर्नेमा जोड..

    पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौँमा, अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा भव्य स्वागत

    सोमबार, फागुन २१, २०७४ साल
    काठमाडौँ,  २१ फागुन  इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा सोमबार अपराह्न काठमाडौँ  आइपुगेका छन्   । प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल भमणमा आएका हुन्। पाकिस्तानी सेनाको विशेष विमानबाट काठमाडौँ आएका प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री डा. युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट..

    नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित

    सोमबार, फागुन २१, २०७४ साल
    काठमाडौँ, २१ फागुन  नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित हुनुभएको छ ।  केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।  कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना..

    प्रधानमन्त्रीले सरकारमा सहभागी हुन प्रस्ताव गरेसँगै राजपा आन्तरिक छलफलमा

    सोमबार, फागुन २१, २०७४ साल
    काठमाडौ, फागुन २१  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुनका लागि प्रस्ताव गरेसँगै नेपाली राननीति वृत्तमा फेरि नयाँ तरंग पैदा भएको छ । प्रधानमन्त्रीको प्रस्तावप्रति राजपाका शीर्ष नेताहरु समेत सकारात्मक देखिएपछि उनीहरु अहिले आन्तरिक छलफलमा जुटेका हुन् ।  यसअघि फोरमसँगको सहमति हुने भनिएको बार्ता लम्बिइरहेको वर्तमान अवस्थामा प्रधानमन्त्री ओलीले आइतबारदेखि राजपाका संयोजक ठाकुरसँग संवाद थालेका थिए । ..

    नेपाली काँग्रेस संसदीय दलको नेता छान्नका लागि भएको संसदीय मतदान सम्पन्न

    सोमबार, फागुन २१, २०७४ साल
    काठमाडौँ, २१ फागुन नेपाली काँग्रेस संसदीय दलको नेताका छान्नका लागि आज भएको मतदान सम्पन्न भएको छ ।  कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।  आज १ बजेसम्मका लागि निर्वाचन अवधि तोकिए पनि त्यसअगावै निर्वाचन सम्पन्न भएको हो । निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको छ । ..

    नेपाली काँग्रेस संसदीय दलको नेता छान्न संसदीय मतदान जारी,सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंहबीच प्रतिस्पर्धा

    सोमबार, फागुन २१, २०७४ साल
    काठमाडौँ, २१ फागुन  नेपाली काँग्रेस संसदीय दलको नेता छान्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अहिले मतदान जारी छ । मतदान आज बिहान १० बजेदेखि शुरु भएको हो ।  उक्त निर्वाचनमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच प्रतिस्पर्धा रहेको छ । देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार हुनुहुन्छ भने समर्थकमा मानबहादुर विश्वकर्मा रहनुभएको छ ।  त्यस्तै सिंहको प्रस्तावकमा सीतादेवी यादव हुनुहुन्छ भने समर्थकमा..

    विश्व शान्तिको कामना गर्दै नेवार समुदायको नाला मछिन्द्रनाथ जात्रा सम्पन्न

    सोमबार, फागुन २१, २०७४ साल
    काभ्रे, २१ फागुन ९ विश्व शान्तिको कामनाका साथ हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन मनाइने नाला जात्रा आइतबार साबिक उग्रचण्डी नाला ९हाल बनेपा नपा–४० मा सम्पन्न भएको छ । हरेक वर्ष नेवार समुदायले यही तिथिका अवसर पारेर जात्रा मनाउने गरेका छन् । सम्पूर्ण भगवान्को सृष्टिकर्ताका रूपमा सृष्टिकान्ता लोकेश्वरलाई लिइने गरेको लोकेश्वरका प्रमुख पुजारी पुन्यराज बज्राचार्यले बताय। “यो जात्रा नालामा २०१७ सालदेखि मात्र मनाउन..

    आगलागीमा परी गम्भीर घाइते बनेकी दलित महिलाको एघार दिनपछि मृत्यु

    सोमबार, फागुन २१, २०७४ साल
    खोटाङ, २१ फागुन ९  आफ्नै घरमा भएको आगलागीमा परी गम्भीर घाइते बनेकी रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी रत्नमाया सार्कीको एघार दिनपछि मृत्यु भएको छ । गत फागुन ९ गते भएको आगलागीमा परी गम्भीर घाइते भएकी ५० वर्षीया सार्कीलाई तत्कालै काठमाडौँ लगिए पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा मृत्यु भएको हो ।  आगलागीमा परी घाँटी र कम्मर मुनिको भाग अत्यधिक जलेपछि सार्कीलाई उपचारका लागि..

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज सुुरु हुदै, दुवै सदनको बैठक एउटै समयमा शुरु हुने

    सोमबार, फागुन २१, २०७४ साल
    काठमाडौँ, २१ फागुन मुलुकमा नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हुदै छ ।  नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज अपराह्न ४ बजे एकै समयमा शुरु हुने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो । प्रतिनिधिसभाको मंसिर १० र २१ तथा राष्ट्रियसभा सदस्यको माघ २४ गते निर्वाचन भएको थियो ।  नेपालको..

    पार्टी एकतामा कुनै धोका नहुने प्रधानमन्त्री ओली द्वारा स्पष्ट

    सोमबार, फागुन २१, २०७४ साल
    काठमाडौँ, २१ फागुन प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट पार्नुभएको  छ ।  झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा शोमबार नेकपा एमाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभा कार्यक्रममा उहाँले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट आन्दोलनलामा एकताबद्ध र मुलुकको समृद्धिका लागि क्रियाशील रहेकाले पार्टी एकतालाई सावधानीपूर्वक अघि बढाउन दृढ..

    अब जनतालाई खुसी पार्ने काममा लाग्नुहोस् : मुख्यमन्त्री शंकर पोख्रेल

    सोमबार, फागुन २१, २०७४ साल
    दाङ, २१ फागुन : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले अहिले कानुन र संरचना बनाउन लागेको बताएका छन् ।  दाङको लमही नगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारको अभ्यास नेपालमा पहिलो पटक भएकाले प्रदेश सरकारले कानुन र भौतिक संरचना बनाउन लागिपरेको बताए ।  ‘‘स्थानिय तह सञ्चालनका लागि पहिले नै अनुभवसहित कानुन र संरचना त थियो, प्रदेश सरकारमा हामीले..

    काँग्रेस संसदीय दलको नेतामा सभापति देउवा र प्रकाशमान सिंहको उम्मेदवारी

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन : नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ ।  सांसद विजयकुमार गच्छदारले सभापति देउवालाई प्रस्ताव गरेका थिए भने मानबहादुर विकले समर्थन गरेका थिए । त्यसैगरी प्रकाशमान सिंहको उम्मेदवारीलाई सांसद सीतादेवी यादवले प्रस्ताव र सञ्जयकुमार गौतमले समर्थन गरेको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए ।  उनन्साठी सदस्यीय राष्ट्रियसभामा काँग्रेसका..

    राष्ट्रियसभाका ५५ सदस्यद्वारा शपथ, रमेशप्रसाद यादव भने उपस्थित भएनन्

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन राष्ट्रियसभाका ५५ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन्  । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आइतबार साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलाई शपथ दिलाएकी हुन्  । केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लेखेका थिए  । शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित भएनन् । मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा..

    सुरक्षा निकायको चुस्त परिचालन आवश्यक : गृहमन्त्री थापा

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा अवस्था विशिष्ट मोडमा रहेको भन्दै यस घडीमा सुरक्षा निकायको चुस्त परिचालन अत्यन्तै महत्वपूर्ण हुने बताएका  छन् । सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित सिसं २ कमाण्ड तथा स्टाफ तालीमको दीक्षान्त समारोहलाई काठमाडौँमा आइतबार सम्बोधन गर्दै गृहमन्त्री थापाले फौजमा नेतृत्वको निर्णय क्षमता एवं कार्यक्षेत्रमा त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र सोचेको सफलता हासिल हुने बताए..

    कर्णाली प्रदेशमा चार समिति बनाउने प्रस्ताव, प्रतिवेदन सभामुखलाई बुझाउने तयारी

    आईतवार, फागुन २०, २०७४ साल
    सुर्खेत, २० फागुन कर्णाली प्रदेशको प्रदेश सभामा चारवटा समिति बनाउन प्रस्ताव गरिएको छ । प्रदेश सभाद्वारा गठित प्रदेश सभा नियमावली २०७४, मस्यौदा समितिले चार समिति बनाउने प्रस्तावसहित प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको हो । समितिले प्रदेश सभामा पेश गर्न विधायन तथा आन्तरिक मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोतसाधन र सामाजिक विकास समिति बनाउने प्रस्तावसहित प्रतिवेदन तयार गरेको मस्यौदा समितिका संयोजक सीता..

    प्रतिनिधिसभाका सदस्यद्वारा शपथ ग्रहण, शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आइतबार अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराएका हुन् । यस अघि आइतबार  नै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराएकी थिईन । शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाएका थिए । यस..

    राष्ट्रियसभाका तीन सदस्यको सुनवाइ स्थगित, सोमबारका लागि पेशी तोकियो

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन सर्वोच्च अदालतले राष्ट्रियसभाका तीनजना सदस्यमाथि परेको मुद्दाको आइतबार गर्ने भनिएको सुनवाइ स्थगित गर्दै सोमबारका लागि पेशी तोकेको छ । अदालतका न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान राउतको संयुक्त इजलासले राष्ट्रियसभाका लागि मनोनीत भएका तीनजना सदस्य   डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेलको सुनवाइ स्थगित गरिएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए  । यसअघि उक्त मुद्दामा प्रकाश राउतले हेरेको हुनाले..

    धामीझाँक्री प्रथाविरुद्ध कदम उठान सर्वोच्चको निर्देशन, धामीझाँक्रीले उपचार गर्न नसक्ने ठहर

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन : सर्वोच्च अदालतले धामी, झाँक्रीद्वारा उपचार सम्भव नहुने भन्दै सरकारलाई यस विरुद्ध कदम उठाउन आदेश दिएको छ । अदालतले धामी-झाँक्रीले बोक्सा-बोक्सी ठीक नपार्ने ठहर गर्दै यस विरुद्ध कदम उठाउन सरकारलाई आदेश दिएको हो । अदालतले धामी-झाँक्रीले गर्दा समाजमा  अन्धविश्वास फैलीएको र त्यसैको आडमा शोषण हुने गरेको ठहर गर्दै नियन्त्रणको उपाय खोज्न समेत सरकारको ध्यानाकर्षण गरेको छ । बोक्सी आरोपमा..

    शैक्षिक हडतालका कारण शैक्षिक संस्था ठप्प, करीव ७५ लाख विद्यार्थीको पढाइ प्रभावित

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हडतालका कारण आज काठमाडौँ उपत्यकासहित देशभरका शैक्षिक संस्था सञ्चालन हुन सकेनन् । शैक्षिक हडतालका कारण क्याम्पसदेखि सामुदायिक तथा निजी विद्यालयको पढाइ ठप्प भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले शैक्षिक हडतालका कारण करीव ३५ हजार विद्यालयका ७५ लाख विद्यार्थीको पढाइ प्रभावित भएको बताए । यस्तै निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का महासचिव राजेन्द्र..

    द्वन्दग्रस्त सुडानीहरुले गरे नेपाली शान्ति सेनाको मुक्त कण्ठले प्रशंसा

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन  ।  द्वन्द्वग्रस्त अफ्रिकी मुलुक दक्षिणी सुडानको येइ नगरका बासिन्दाले नेपाल र इथियोपियाका शान्तिसैन्यले बितेका महिनामा शान्तिसुव्यवस्था कायम गरेकामा प्रशंसा गरेका छन् ।  येइ आधार इलाकाबाट खटिएका राष्ट्र संघका शान्ति सेनाका कारण केही महिनायता नगर क्षेत्रमा तुलनात्मक रुपमा शान्तिसुरक्षाको अवस्था सुदृढ भएको अनुभूति उक्त नगरका बासिन्दाले प्रकट गरेको राष्ट्रसंघीय सूचना केन्द्रले आज जनाएको छ ।  गत पुसदेखि येइ क्षेत्रमा राष्ट्रसंघीय शान्ति सेनाले..

    प्रधानमन्त्रीबाट फागुन २७ गते विश्वासको मत खोजिने : संसद सचिवालय

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।  प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आजको बैठकमा सो मितिमा सहमति भएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिए  । प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६(४)मा व्यवस्था छ । राष्ट्रपति विद्यादेवी..

    कन्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन गरिँदै

    आईतवार, फागुन २०, २०७४ साल
    कञ्चनपुर, २० फागुन ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन कार्य शुरु भएको छ ।  स्वचालित क्यामराबाट तस्वीर संकलन कार्य शुरु गरिएको हो । कम्प्यूटरमा रहेको सफ्टवेयरको सहायताले बाघका संकलित फोटो हेरेर विश्लेषण गर्ने कार्य शुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए  ।  “पाटे बाघको एउटा फोटो अर्को फोटोसँग मिलाएर हेर्दैछौँ,” उनले भने । डडेल्धुराको जोगबुढा र चुरे क्षेत्रमा समेत स्वचालित क्यामरामा..

    चितवनमा फागुमा अमर्यादित क्रियाकलाप गर्ने ७ विरुद्ध मुद्दा

    आईतवार, फागुन २०, २०७४ साल
    चितवन, २० फागुन ।  प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई पक्राउ गरी तीमध्ये सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालका अनुसार अन्यलाई सचेत गराई अभिभावकको जिम्मा लगाई छाडिएको छ..

    प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही गरिन्छ– मन्त्री लालबाबु पण्डित

    आईतवार, फागुन २०, २०७४ साल
    भक्तपुर, २० फागुन : जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन् ।  भक्तपुर मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको शनिबार उद्घाटन गर्दै उनले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे ।  मन्त्री पण्डितले आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई..

    गुटबन्दीका कारण महिलालाई नेतृत्वमा स्थापित गर्न सकिएन : नेता खनाल

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन : मोतीदेवी स्मृति प्रतिष्ठानले समाजको विविध विधाको विकासमा योगदान गर्ने आठ महिलालाई सम्मान गरेको छ ।  सम्मानित हुनेमा राजनीतिकर्मी उतरा कोइराला, कलाकार निशा शर्मा, पत्रकार संगीता लामा, समाजसेवी सुवर्ण केशरी, खेलाडी निरा कायस्थ, अपांगता भएकी संगीता पन्त, दलित अधिकारकर्मी रामरति राम र आरोही चुनु श्रेष्ठ छन् ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले उनिहरुलाई सम्मान गर्दै पार्टीभित्र व्याप्त गुटबन्दीका..

    ७५ हजारभन्दा बढी नेपालीद्वारा एकैसाथ बुद्धवचन ‘धम्मपद’ वाचन गर्दै विश्व कीर्तिमान !

    शनिबार, फागुन १९, २०७४ साल
    काठमाडौँ, १९ फागुन : शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन् ।  बुद्धवचन ‘धम्मपद’ एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले वाचन गरी उक्त प्रमाण पेश गरिएको हो ।  यसअघि त्यसरी त्यही संख्यामा धम्मपद सामूहिक रुपमा वाचन नभएको सन्दर्भमा ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा उक्त प्रयास अभिलेखीकरण गरेर कीर्तिमान बन्ने पक्का भएको छ ।  प्रधानमन्त्री..

    कर्मचारी अभावका कारण सेवा प्रवाहमा कठिनाइ भयो : मुख्यमन्त्री पौडेल

    शनिबार, फागुन १९, २०७४ साल
    नुवाकोट, १९ फागुन : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाइ भइरहेको बताएका छन् ।  जिल्ला समन्वय समिति नुवाकोटले शनिबार विदुरमा आयोजना गरेको यहाँका स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रियामा मुख्यमन्त्री पौडेलले केन्द्रबाट प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो गरे ।  “स्थानीयतह स्थापना भएको दश महिना भइसक्यो, प्रदेश सरकार स्थापना गर्न..
    Weather Forecast