बुधबार, मंसिर ४, २०७६

    राज्य-समाज

    सरकारद्वारा मनोनीत राष्ट्रियसभाका ३ सदस्यको शपथ लिने बाटो खुल्यो

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ, २३ फागुन : वर्तमान सरकारद्वारा मनोनीत तीन राष्ट्रियसभा सदस्यलाई शपथ लिन बाटो खुला भएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने आदेश जारी गरेपछि राष्ट्रियसभाका तीन सदस्यलाई शपथ लिन बाटो खुलेको हो ।  अदालतको आदेशपछि राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौडेललाई शपथ लिन रहेको..

    साझाद्वारा अपाङ्गमैत्री बस सञ्चालन, विद्युतीयसहित २४ वटा बस सञ्चालन गर्ने तयारी

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ, २३ फागुन साझा यातायात सहकारी संस्था लिमिटेडले उपत्यकामा बुधबार देखि अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बस सेवा (सेमी लो–फ्लोर) को बुधबार संयुक्त रुपमा प्रारम्भ गरे । उक्त बस लगनखेल, पाटन अस्पताल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पताल, वीर अस्पताल, जमल लैनचौर, लाजिम्पाट, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, गङ्गालाल हुँदै न्यूरो अस्पतालसम्म..

    जनताले विकास निर्माण कार्यको तत्काल अनुभूति गर्न पाउने–मुख्यमन्त्री राई

    बुधबार, फागुन २३, २०७४ साल
    विराटनगर, २३ फागुन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवा कार्यको अनुभूति जनताले छिट्टै गर्न पाउने बताएका छन् । नेपाल नगरपालिका संघको प्रदेश नं १ प्रादेशिक भेलालाई बुधबार सम्बोधन गर्दै उनले प्रदेश सरकारले छिट्टै ऐन कानुन निर्माण गरेर विकास निर्माण तथा जनतालाई दिने सेवालाई प्रभावकारी ढंगले गर्ने उल्लेख गरे । अबको एजेन्डा भनेको मुलुकको विकास र..

    अनेरास्ववियू पुनर्गठन गरिने, केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्ने तयारी

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ, २३ फागुन अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ । लामा समानुपातिकतर्फबाट निर्वाचित भएका हुन् । एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उनि अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा छन् । नेकपा (माओवादी केन्द्र)सँग नेकपा(एमाले)को पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न लागेको अनेरास्ववियूका उपाध्यक्ष..

    संसदको सपथ नै नखाइकन प्रधामन्त्रीको सपथ गरेको भन्दै ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

    बुधबार, फागुन २३, २०७४ साल
    फागुन २३ काठमाडौँ । सर्वोच्च अदालतमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रिट परेको खबर आएको छ  । उनले संसदको सपथ नै नखाइकन प्रधामन्त्रीको सपथ गरेको भन्दै मुद्दा हालिएको हो  । उनीविरुद्ध कानुन व्यवसायी यज्ञमणि न्यौपानेले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।  उक्त मुद्दाको पेसी शुक्रबारका लागि तोकिएको छ । अधिवक्ता न्यौपानेले संसदको सपथ नगरेसम्म प्रधनमन्त्री हुन नपाउने व्यवस्था रहेको जिकिर गरेका..

    राष्ट्रपति भण्डारीद्वारा उम्मेदवारी मनोनयन दर्ता, एमालेले भण्डारीलाई नै उम्मेदवार बनायो

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ, २३ फागुन  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन ।  यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उनले बुधवार उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन । उनका प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन ।  राष्ट्रपति भण्डारीले..

    नेपाल पत्रकार महासंघ आगामी वैशाख २२ मा सबै प्रदेशमा निर्वाचन गराउँदै

    बुधबार, फागुन २३, २०७४ साल
    जनकपुरधाम, २३ फागुन  ।  नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको यहाँ सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको प्रादेशिक निर्वाचन गराउने निर्णय गरेको छ ।  बैठकले १८ बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने र पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको पालनामा प्रतिबद्धता व्यक्त गरेको छ ।  श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा सरकारी उदासीनताप्रति..

    कास्कीको पोखराका डुम र चमार बस्तीमा खाद्यान्न र कपडा वितरण

    बुधबार, फागुन २३, २०७४ साल
    पोखरा, २३ फागुन ।  समाजका असहाय एवं विपन्न बालबालिकाको क्षेत्रमा क्रियाशील रेन्बो चिल्ड्रेन होम नेपाल पोखराद्वारा बारा जिल्लाको महागडीमाई नगरपालिका–३ र ४ का डुम तथा चमार बस्तीमा मङ्गलबार खाद्यान्न तथा कपडा वितरण गरिएको छ ।  पोखराबाट खाद्यान्न, लत्ता कपडासहित गएको एक टोलीले सो स्थानका ७५ घरका ३५० जना परिवारलाई तीन लाख पचास हजार मूल्यबराबरको सामग्री वितरण गरिएको रेन्बो चिल्ड्रेन होम नेपालका निर्देशक गोमा..

    मनोनयन दर्ताका लागि राष्ट्रपति भण्डारी नयाँ बानेश्वर जाँदै

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ २३ फागुन ।  भावी राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउँदै छिन् ।  राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले मध्याह्न १२ बजे राष्ट्रपति भण्डारी मनोनयन दर्ताका लागि नयाँ बानेश्वर जानेछिन्  । सत्तारुढ नेकपा (एमाले) को गए राति सम्पन्न स्थायी कमिटीको बैठकले राष्ट्रपतिमा भण्डारीको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको थियो..

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै एमालेले भावी राष्ट्रपतिको उम्मेदवार बनाउने

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ, २३ फागुन : सत्तारुढ नेकपा (एमाले) को भर्खरै सम्पन्न स्थायी कमिटीको बैठकले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ घन्टा लगातार बसेको बैठकले पार्टीका पूर्व उपाध्यक्षसमेत रहनुभएका भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धनमा रहेको संघीय संसद्को ठूलो दल एमालेले बनाउने..

    नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटा माओवादी केन्द्रमा प्रवेश

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ, २२ फागुन : नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा मंगलबार आयोजित कार्यक्रममा प्रवक्ता देवकोटालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले रातो टीका लगाएर पार्टी प्रवेश गराए । सो अवसरमा अध्यक्ष दाहालले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताए ।  राजनीतिक स्थायित्व, समृद्धि र विकासको जनचाहना बुझेर एउटै शक्तिशाली..

    प्रम ओलीद्वारा नेता माधवकुमार नेपाललाई जन्मदिनको शुभकामना

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ २२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ६५ औँ जन्मोत्सवका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।  वालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार साँझ नेता नेपालको ६५ औँ जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले फूलको बुकी प्रदान गरेर उहाँलाई दीघार्यूको कामना गर्नुभएको हो ।  यसैगरी, प्रधानमन्त्री ओलीले ‘बर्थ–डे केक’ खुवाएर नेता नेपाललाई शुभकामना दिनुभयो । नेता नेपालले प्रधानमन्त्री..

    सर्वोच्चद्वारा डा गोविन्द केसीलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ, २२ फागुन : सर्वोच्च अदालतले वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले मंगलबार अवहेलना मुद्दामा डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको हो ।  डा केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा दिएको अभिव्यक्ति अर्मादित, अशिष्ट, अशोभनीय भएको भन्दै आदेशमा भनिएको छ, ‘तँपाईले प्रयोग गरेका..

    संघीयता सफल कार्यान्वयन वर्तमानको आवश्यकता : मन्त्री चुमान

    मंगलवार, फागुन २२, २०७४ साल
    पोखरा, २२ फागुन प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संघीयता कार्यान्वयन वर्तमानको आवश्यकता भएको बताएका छन् । तमु ह्युला छोजधिं गुरुङ राष्ट्रिय परिषद् नेपालद्वारा मंगलबार पोखरामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले लामो समयको संघर्षको जगमा प्राप्त संघीयतालाई संस्थागत गर्ने दायित्व प्रदेश सभा सदस्यकै काँधमा रहेको उल्लेख गरे । संघीयता कार्यान्वयसंगै मुलुकका विविधतालाई सम्बोधन गर्न सकिने उल्लेख गर्दै ..

    सरकारमा सहभागी हुने फोरमको निर्णय, मन्त्रालयको बाडफाडका विषयमा छलफल हुने

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ, २२ फागुन संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको वैठकले संविधान संशोधनको विषयलाई सरकारले अपनत्व ग्रहण गरेको निष्कर्ष निकाल्दै सरकारमा जाने प्रस्तावलाई अनुमोदन गरेको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए  । संविधान संशोधनमा सरकार सकारात्मक भएको आधारमा फोरमले लामो समयदेखि संविधान संशोधनका लागि गरेको सडक संघर्षको परिणाम स्वरुप अहिले वैचारिक रुपमा राजनीतिक सफलता प्राप्त भएको ठहर..

    देउवासँग नभेटी फर्किए पाकिस्तानी प्रधानमन्त्री, भेटवार्ता सेड्युलमै नभएको मन्त्रालयको दाबी

    मंगलवार, फागुन २२, २०७४ साल
     फागुन २२ काठमाडौ । पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीले  प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवासँग भेटवार्ता नगरी मंगलबार स्वदेश फर्केका छन् । काठमाडौंमा रहँदा उनले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरे पनि चार पटक प्रधानमन्त्री भइसकेका प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग भेटवार्ता गरेनन्।  काँग्रेस सभापतिसँगको भेटवार्ता सेड्युलमै नभएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो। प्रस्ताव भएर..

    सभामुखको निर्वाचन शनिबार हुने, नियमावली मस्यौदा समिति गठन

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ, २२ फागुन प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समिति’ गठन गरेको छ । उक्त समिति १३ सदस्यीय हुनेछ । समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, मीनबहादुर विक, डा मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव सदस्य हुनेछन् । समितिलाई एक महिनाको कार्यावधि दिइएको छ । समितिले प्रतिनिधिसभा मातहत..

    संसदमा देउवाको सम्बोधन - संविधान कार्यान्वयनमा सकारात्मक सहयोग गर्छौ

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ, २२ फागुन ९  नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई मिलाएर अगाडि लैजान वर्तमान सरकारलाई सफलता मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा उहाँले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रुपमा रहेको तीन वटै तहको निर्वाचन सफल बनाउन सबैले खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानका आधारभूत संरचनामा परिवर्तन गर्ने काम कोही कसैबाट नहोस् भन्ने अनुरोध समेत गरेका थिए । स्वतन्त्र..

    दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री स्वदेश प्रस्थान

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ, २२ फागुन : नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी मंगलबार अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई अर्थमन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गर्नुभयो । नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी मंगलबार स्वदेश प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय..

    सबै एकजुट हुँदै नेपालपरस्त भएर मुलुक निर्माणमा लाग्नु जरुरी : प्रचण्ड

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ, २२ फागुन : नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने बताएका छन् ।  प्रतिनिधिसभाको को बैठकलाई सम्बोधन गर्नक्रममा उनले संविधानसभाबाट निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न प्रभावकारी प्रयत्नको जरुरी रहेको बताउँदै असन्तुष्ट पक्षलाई मिलाएर राष्ट्र निर्माणको कार्यभार पूरा गरेर छाडिने दृढता व्यक्त गरे ।  वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा..

    कुखुरा खोरमा आगलागी हुँदा पाँच सय कुखुरा सहीत फार्म जलेर नस्ट

    मंगलवार, फागुन २२, २०७४ साल
    राजविराज, २२ फागुन  सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित एउटा कुखुरा खोरमा आज आगलागी हुँदा ५०० कुखुरा र फार्म जलेका छन् ।  स्थानीयवासी गुनेश्वर साहको कुखुरा खोरमा विद्युत् चुहिई आगलागी हुँदा करीव रु १० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । आगो स्थानीयवासी, प्रहरी र शम्भुनाथबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको जिप्रका सप्तरीले जनाएको छ । ..

    असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने:प्रचण्ड

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ, २२ फागुन नेकपा माओवादी केन्द्र-संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने बताईएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्नक्रममा उहाँले संविधानसभाबाट निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न प्रभावकारी प्रयत्नको जरुरी रहेको बताउँदै असन्तुष्ट पक्षलाई मिलाएर राष्ट्र निर्माणको कार्यभार पूरा गरेर छाडिने दृढता व्यक्त गरेका छन् ।  वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै..

    दुई वर्षीया बालिकाको शव नहरमा फेला

    मंगलवार, फागुन २२, २०७४ साल
    राजविराज, २२ फागुन  सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित नहरमा आज एउटा बालिकाको शव फेला परेको छ ।  इलाका प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार सप्तकोशी नगरपालिका–४ बस्ने अनिल सदाकी दुई वर्षीया छोरी चन्दाको शव नहरमा डुबेको अवस्थामा फेला परेको हो ।  घर छेउमा रहेको नहरमा खेल्ने क्रममा ती बालिका डुबेको स्थानीयवासीले बताएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ । ..

    राष्ट्रपति र पाकिस्तानका प्रधानमन्त्री बिच भेटवार्ता, चिकित्सा शिक्षामा सिट संख्या वृद्धि गर्ने सहमती

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ, २२ फागुन राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आज विचारविमर्श भएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री अब्बासीको भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप सुमधुर तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच रहिआएको मित्रवत् सम्बन्ध चिरकालपर्यन्त थप सुदृढ तुल्याउँदै लैजानुपर्नेमा जोड..

    ८० वर्षपछि जिल्लामा औषधालय सेवा सञ्चालनबाट राहत

    मंगलवार, फागुन २२, २०७४ साल
    नवलपरासी, २२ फागुन ९  स्थापना भएको करीव ८० वर्षपछि जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा औषधालय सेवा सञ्चालनमा ल्याएका छन् ।  अथक प्रयासपछि मन्त्रालयले रकम उपलब्ध गराएपछि जिल्लाको एक मात्र जिल्ला पृथ्वीचन्द्र अस्पतालमा चार महिनाअघिदेखि औषधालय सेवा सञ्चालनमा आएको हो । सोका अनुसार निःशुल्क र सशुल्क दुवै प्रकारका औषधि प्रदान गरिएको छ । सरकारले नियमानुसार उपलब्ध गराउने निःशुल्क औषधिको अभिलेख खडा गर्न आदेश दिईएको..

    महानगरपालिकामै पनि सामान्य उपचारका लागि सरकारी तहको अस्पताल भएन

    मंगलवार, फागुन २२, २०७४ साल
    ललितपुर, २२ फागुन ९ ललितपुर महानगरपालिकावासी न्यूनतम स्वास्थ्य सेवाबाट समेत वञ्चित छन् । महानगरपालिकामा सामान्य उपचारका लागि एउटा पनि सरकारी तहको अस्पताल नहुँदा सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधामा महानगरवासीको पहुँच पुगेको छैन । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरमा मानसिक अस्पतालबाहेक एउटा पनि सरकारी अस्पताल नभएको बताय। उनले भने  “यहाँबाट बिरामी काठमाडौँका सरकारी अस्पताल वा निजी अस्पताल जान बाध्य छन्..

    रक्तदाता समाजको तेस्रो महाधिवेशन आगामी चैत २४ र २५ गते काठमाडौँमा हुने

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ, २२ फागुन ९ नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो महाधिवेशन आगामी चैत २४ र २५ गते काठमाडौँमा हुने भएको छ । देशका विभिन्न २१ जिल्लामा सञ्जाल विस्तार गरेको उक्त समाजले सम्बन्धित जिल्लाबाट १०५ प्रतिनिधि, पर्यवेक्षक, सरोकार पक्षलगायत करिब १०० जना गरी २०० भन्दा बढिको सहभागितामा महाधिवेशन गर्न लागेको हो ।  छरिएर बसेका रक्तदातालाई एकताबद्ध गरी रक्तदानसम्बन्धी जनचेतना फैलाउने विषयमा महाधिवेशनमा छलफल गरिने..

    पाकिस्तानी प्रधानमन्त्री अब्बासी र अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ, २२ फागुन : नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।  अब्बासी बस्नुभएको होटेल हायातमा मंगलबार बिहान नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा उहाँहरुबीच छलफल भएको छ ।  भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा आफूहरुबीच छलफल भएको..

    आयोगद्वारा राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ, २२ फागुन : निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।  आयोगले सोमबार साँझ आफ्नो वेबसाइटमार्फत सो नामावली सार्वजनिक गरेको हो । संविधानअनुसार संघीय संसद् र प्रदेशसभाका सदस्य रहेको निर्वाचकमण्डलले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछ । संघीय संसद्का २७५, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्यले निर्वाचनमा भाग लिनेछन् ।  आयोगले राष्ट्रपतिका लागि यही..

    ओली र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता, अब्बासीलाई २१ तोपको सलामी (फोटोमा हेर्नुस्)

    सोमबार, फागुन २१, २०७४ साल
    काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)लाई सक्रिय तुल्याउने विषयमा विचारविमर्श भएको छ ।  उहाँहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा पनि छलफल भएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।  सो अवसरमा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री बन्नुभएकामा नेता ओलीलाई बधाई दिँदै उपयुक्त समय मिलाएर पाकिस्तान भ्रमणका लागि..
    Weather Forecast