सोमबार, आषाढ २२, २०७७

    राज्य-समाज

    ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै

    सोमबार, बैशाख ८, २०७७ साल
    काठमाडाैं, ८ वैशाख। मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा  मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। झन्डै महिना दिनदेखि जारी लकडाउनले मजदुर तथा श्रमिक वर्गमा पारेको प्रभाव र उनीहरू हिँड्दै घर गइरहेका छन्। आजको मन्त्रिपरिषद् बैठकले हिँड्दै विभिन्न ठाउँमा पुगेका ती श्रमिक र मजदुरलाई व्यवस्थित तरिकाले राख्न थप निर्णय गर्ने अपेक्षा गरिएको छ।   ..

    ग्यासमा कालोबजारी गर्ने धनगढीका ग्यास सप्लायर्सलाई ३ लाख जरिवाना

    सोमबार, बैशाख ८, २०७७ साल
    धनगढी, ८ वैशाख ।लकडाउनको मौका छोपेर महंगोमा खाना पकाउने एलपी ग्यास बिक्री गर्दै आएका धनगढीका एक ग्यास सप्लायर्सलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । धनगढी उपमहानगरपालिका–६, मटियारीस्थित कुमारी हेमन्ती पालद्वारा सञ्चालित शुभ समैजी ग्यास सप्लायर्सलाई कालोबजारी गरेको अभियोगमा तीन लाख रुपैयाँ जरिवाना गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनले सप्लायर्सले ०७६ चैत १ देखि..

    लकडाउनमा खटिएका प्रहरीको ड्युटीमै ज्यान गयो

    सोमबार, बैशाख ८, २०७७ साल
    सोलुखुम्बु, ८ वैशाख ।सोलुखुम्बुमा लकडाउनमा खटिएका एक प्रहरीको ड्युटी बसेकै समयमा मृत्यु भएको छ । कोरोना रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न ड्युटीमा बसेका अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्जसमेत रहेका ३८ वर्षीय प्रहरी हवल्दार शिवप्रसाद भट्टराईको आइतबार बिहान करिब तीन बजे मृत्यु भएको हो । ड्युटीमै रहेको वेला शनिबार मध्यराति हवल्दार भट्टराईलाई अत्यधिक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल फाप्लु..

    परिवर्तन हुदै काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखा प्रमुख

    सोमबार, बैशाख ८, २०७७ साल
    काठमाडाैं, ८ वैशाख। महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेरिने भएका छन् । परिसर र महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुलबहादुर थापा दुबै जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएपछि नेतृत्व परिवर्तन हुन लागेको हो । महाशाखा र परिसरमा एसएसपी प्रमुख हुने व्यवस्था छ । अपराध महाशाखा उपत्यकाको महत्वपूर्ण सुरक्षा कमाण्ड गर्ने युनिट हो..

    नेपालगञ्ज मेडिकल कलेजकाे आईसोलेशनमा राखिएका दुई जनाकाे मृत्यु

    आईतवार, बैशाख ७, २०७७ साल
    नेपालगञ्ज, ७ वैशाख । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशनको आईसियुमा उपचारको लागि भर्ना भएका बर्दिया बढैयाताल–३ का ४२ वर्षिय ईस्राईल बेहना र..

    नेपालमा कोरोना भाइरसले महामारीको रूप लिन सक्दैन: प्रधानमन्त्री

    आईतवार, बैशाख ७, २०७७ साल
    काठमाडौं, ७ वेशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रूप लिन नसक्ने बताएका छन्। राष्ट्रिय समाचार समितिलगायत सरकारी सञ्चारमाध्यमलाई आज विशेष अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको, सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पुर्‍याइएको तथा..

    काेराेना जितेकी ६५ वर्षिया वृद्धा भन्छिन्- औषधिभन्दा ठूलो आत्मबल रहेछ

    आईतवार, बैशाख ७, २०७७ साल
    बागलुङ, ७ वैशाख । कोरोना सङ्क्रमणबाट निको हुनुभएकी वाग्लुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले सबैभन्दा ठूलो कुरा आत्मबल रहेको अनुभव सुनाइन् । तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएर घर पठाउने तयारीमा रहनुभएकी वृद्धाले बुढेसकालमा नयाँ रोगले समाते पनि आफूले रोग जित्छु भन्ने हिम्मतअनुसार अस्पतालमा बसेको बताएकी छन् । “सबैभन्दा ठूलो कुरा हिम्मत र सकारात्मक सोच रहेछ”,..

    काेराेनालाइ जितेर घर फर्किइन युवती, स्वास्थ्यकर्मीलाई प्रधानमन्‍त्रीको बधाई

    शनिबार, बैशाख ६, २०७७ साल
    काठमाडौं, ६ वेशाख । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । उनको शुक्रबार..

    कोरोनालाई रकम जुटाउन नेकपाका सांसदको विरोध

    शनिबार, बैशाख ६, २०७७ साल
    काठमाडाैं, ६ वैशाख। निर्वाचन पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना कोषमा पठाउन कार्यव्यवस्था परामर्श समितिले दिएको सहमतिप्रति नेकपाका सांसदले विरोध जनाएका छन्। पूर्वाधार कार्यक्रम सांसदले आआफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने कोष हो। संसद्को दैनिक कामकारबाहीबारे परामर्श गर्ने समितिले आफ्नो हैसियत बिर्सिएर रकम पठाउन सहमति दिन नसक्ने प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले बताए। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा गत मंगलबार बसेको समितिको बैठकले यो..

    फिर्ता हुँदै भिभिआइपी सुरक्षामा खटिएका सुरक्षाकर्मी

    शनिबार, बैशाख ६, २०७७ साल
    काठमाडौं, ६ वैशाख। गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ ।  सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विश्ष्टि व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको हो ।  गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो प्रस्ताव पेस गरेका हुन् । मन्त्रालयले पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री, राजनीतिक दलका नेता, पूर्व मन्त्रीहरुको सुरक्षार्थ..

    काेराेना संक्रमितसँगै यात्रा गरेका ९१ जना अझै सम्पर्कविहिन

    शनिबार, बैशाख ६, २०७७ साल
    काठमाडौं, ६ वैशाख। हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आउने व्यक्तिहरु छन् ।  संक्रमितमध्ये कोही भारतबाट स्थल मार्ग हुँदै आएका छन्, कोही विभिन्न अन्तर्राष्ट्रिय उडान हुँदै आएको पाइएको छ । अन्तर्राष्ट्रिय उडानबाट आएर संक्रमण पुष्टि भएका व्यक्तिहरुले स्वदेश आउँदा अहिलेसम्म चारवटा विमान प्रयोग गरेको देखिएको छ । भने स्वदेश आएपछि गन्तव्यमा पुग्न दुई आन्तरिक विमान प्रयोग गरेको पाइएको छ । यसैगरी, संक्रमितमध्ये..

    लगभग एक खर्ब रेमिट्यान्स घट्ने विज्ञहरुकाे दावी

    शनिबार, बैशाख ६, २०७७ साल
    काठमाडौं, ६ वैशाख। कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशतले घट्ने अनुमान विज्ञहरुले गरेका छन् । विभिन्न रोजगार गन्तव्यमा रहेका लाखौँ नेपाली श्रमिक कोरोनाको जोखिममा छन्, थुप्रै मुलुकले श्रमिक कटौति नीति लिएका छन् । यसबाट नेपालको रेमिट्यान्स आय दुई अंकको दरमै घट्ने देखिएको नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको भिडियो कन्फेरेन्समा..

    ओलीले दिए लकडाउन अझ कडा पार्न निर्देशन, मजदुरलाई पनि हिँड्न नदिनू

    शनिबार, बैशाख ६, २०७७ साल
    काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझ कडा पार्न निर्देशन दिएका छन् । शुक्रबार साँझ मन्त्रिसहित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले लकडाउनलाई कडीकडाउ गर्न निर्देशन दिएका हुन् । मन्त्री तथा उच्चस्तरीय समितिका सदस्यसहित सुरक्षा अंगका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारको निर्णय नमान्ने जोकसैलाई कारवाहीको दायरामा ल्याउन समेत भनेका छन् ।  ‘लकडाउनलाई कडिकडाउ गर्नु, कसैलाई..

    एकै दिन देखियाे १४ जनामा काेराेना पाेजेटिभ, नेपालमा संक्रमितकाे संख्या ३० पुग्याे

    शनिबार, बैशाख ६, २०७७ साल
    काठमाडाैं, ५ वैशाख । नेपालमा शुक्रबार एकैदिन १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएसंगै एकैदिन १४ जनाको संख्यामा कोरोना भाइरसको संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) को कुल संक्रमित संख्या ३० पुगेको छ । एक जना भने उपचार पछि निको भइसकेका छन् । उदयपुरको भुल्केमा..

    काेराेनाकाे महामारीमा पनि सरकार गैरजिम्मेवार बनेकाे नैनसिंह महरकाे आरोप

    शुक्रबार, बैशाख ५, २०७७ साल
    काठमाडाैं, ५ वैशाख। नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य नैनसिंह महरले कोरोना महामारीमा सरकार गम्भीर र जिम्मेवार नबनेको आरोप लगाएका छन् । देश यस्तो गम्भीर मोडमा हुँदासमेत सरकारसँग कोरोनाविरुद्धको पर्याप्त सामग्री र उपकरण नहुँनु लज्जाको विषय भएको सामाजिक सञ्‍जाल फेसबुकमार्फत बताएका छन् । उनले सरकारले गर्न नसकेको काम एक्लो व्यक्ति महावीर पुनले गरिरहेको बताए । ‘‘महावीर पुन नेतृत्वको आविष्कार..

    किन फिर्ता गर्याे राष्ट्रपति कार्यालयले साढे ९ करोड

    शुक्रबार, बैशाख ५, २०७७ साल
    काठमाडौं, ५ वैशाख। राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । यसैबीच राष्ट्रपति भण्डारीले महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन्..

    पैदलयात्रीबारे गगन थापाले भने- यिनका आँसुले पोल्नेछ प्रधानमन्त्री ज्यु

    शुक्रबार, बैशाख ५, २०७७ साल
    काठमाडाैं, ५ वैशाख । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले लकडाउनका कारण अलपत्र परिरहेका मजदूर र अन्य मानिसहरु हिँडेर घरतर्फ लागिरहेको तस्बिर सामाजिक सन्जालमा पोष्ट गर्दै सरकारले उचित व्यवस्थापन गर्न नसक्दा आफूलाई जनप्रतिनिधि भएकोमा लज्जाबोध भएको बताएका छन्। लकडाउनका कारण अलपत्र परेपछि सयौँ किलोमिटर दूरीमा रहेको आफ्ना घर पैदलै फर्किरहेका उनीहरुलाई उचित व्यवस्थापन गर्न सरकारलाई थापाले आह्वान पनि गरेका..

    लकडाउनमा स्थानीयवासीले प्रहरीलाई नटेरेपछि सेना परिचालन

    शुक्रबार, बैशाख ५, २०७७ साल
    भैरहवा, ५ वैशाख । लकडाउन पालना गराउन प्रहरीलाई सकस परेपछि रूपन्देहीकाे भैरहवामा सेनालाई सडकमा निकालिएकाे छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार प्रहरीको अनुरोध अटेर गर्दै स्थानीय बासिन्दाले लकडाउनकाे अवज्ञा गर्ने क्रम बढेपछि सेना परिचालन गरिएको हाे ।  नेपाल प्रहरीले माइकिङ गरेर पसल नखोल्न बारम्बार अनुरोध गर्दा पनि अटेर गरेकाले सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ..

    चिउराको भरमा पोखराबाट बागलुङ हुँदै रोल्पा हिंडे मजदुर

    बिहिवार, बैशाख ४, २०७७ साल
    काठमाडाैं, ४ वैशाख । लकडाउन थपिँदै जान थालेपछि पोखरामा रोकिएर बसेका रोल्पाका सात मजदुर बागलुङ हुँदै गृहजिल्ला हिँडेका छन् । सोमबार बिहान चार बजे पोखराबाट हिँडेका मजदुरको समूह मङ्गलबार दिउँसो जिल्ला सदरमुकाम बागलुङमा भेटिएका थिए ।   रोल्पाको लुङ्ग्री गाउँपालिका–६ मचालका सात मजदुर विगत लामो समयदेखि गण्डकी प्रदेशको राजधानी पोखरा आसपासको सडक निर्माणमा कार्यरत थिए । उनीहरु रोल्पाका दुर्गम गाउँका समुदाय देशभर..

    आजदेखि लकडाउनमा थप कडाई, नमान्नेलाई मुद्दा चलाइने

    बिहिवार, बैशाख ४, २०७७ साल
    काठमाडाैं, ४ वैशाख । सरकारले लकडाउन उल्लंघन गर्नेमाथि आजदेखि थप कडाई गर्ने भएको छ । बुधबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्स्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको हो । समितिका प्रवक्ता नारायणप्रसाद बिडारीका अनुसार बैठकले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्ने र नमान्नेलाई मुद्दा चलाउने समेत निर्णय गरेको छ । संक्रमणको दर बढ्दै गएपछि लकडाउनमा कडाइ गर्न लागिएको..

    सोलुखुम्बुमा भुकम्पको धक्का महशुस

    बिहिवार, बैशाख ४, २०७७ साल
    काठमाडौं, ४ वैशाख। सोलुखुम्बुमा भुकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १२ बजेर ५५ मिनेटमा सोलुखुम्बुको फेरा केन्द्रबिन्दु बनाई भुकम्प गएको जनाइएको छ ।  उक्त भुकम्प ४ दशमलव ७ म्याग्नेच्यूटको रहेको केन्द्रले जनाएको छ । भुकम्प गएपछि सोलुखुम्बुका स्थाजीय घरबाट बाहिर निस्किएका थिए । ..

    प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा डा. बाबुराम भट्टराई

    बुधबार, बैशाख ३, २०७७ साल
    काठमाडौं, ३ वैशाख। संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले समस्या उठाएर मात्र आफू पानीमाथिको ओभानो बन्न नमिल्ने धारणा राख्दै समस्या समाधानका लागि ४ सुझाव दिएका छन् । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, जनलोकपाल र चुनावी खर्च राज्यद्वारा तिर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘समाधानका..

    कोरोना भाइरसकाे रोकथाममा नेकपा कार्यकर्ता परिचालन

    बुधबार, बैशाख ३, २०७७ साल
    सुर्खेत, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कार्यकर्ता परिचालन गर्ने भएको छ ।  प्रदेश पदाधिकारीको ‘भर्चुअल मिटिङ’ले पार्टी इञ्चार्जदेखि टोल कमिटीसम्मलाई कोरोना रोकथाम अभियानमा परिचालन गर्ने निर्णय गरेको हो । प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीका अनुसार बैठकले इञ्चार्ज जनार्दन शर्मा र सहइञ्चार्ज यामलाल कँडेललाई अन्तरप्रदेश संयोजन,..

    लकडाउन अवधिभर उपत्यकामा मात्रै ३८ हजार मानिस भित्रिए

    बुधबार, बैशाख ३, २०७७ साल
    काठमाडाैं, ३ वैशाख । कोरोना भाइरस फैलिन नदिन सरकारले देशभर लकडाउन घोषणा गरेपछि काठमाडौं उपत्यकामा मात्रै ३८ हजार मानिस भित्रिएका छन् । हवाइ मार्ग बन्द भएपछि स्थलमार्गबाट त्यतिका संख्यामा मानिसहरु उपत्यका प्रवेश गरेका हुन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अतिआवश्यक सवारी साधनबाट चालकसहित सहचालक पनि भित्रिएका छन्। खाद्यान्‍न र अन्य सामान बोकेका सवारी साधनबाट मानिसहरु दैनिकजसो आइरहेको ट्राफिक महाशाखाका प्रमुख भीम..

    कैलालीमा किशोरीको सामूहिक बलात्कार, चार युवक पक्राउ

    मंगलवार, बैशाख २, २०७७ साल
    धनगढी, २ वैशाख। कैलालीको गौरीगंगा नगरपालिका-१, खुरखुरियामा १७ वर्षीया किशोरीलाई चार युवक मिलेर बलात्कार गरेका छन्। धनगढी उपमहानगरपालिकाकी ती किशोरीले दिएको माैखिक उजुरीका आधारमा प्रहरीले मंगलबार चार जनालाई पक्राउ गरेको छ। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार गौरीगंगा नगरपालिकाकै वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन साउद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश..

    अनिश्चितकालका लागि बन्द भयाे भारतसँगको सीमाना

    मंगलवार, बैशाख २, २०७७ साल
    काठमाडाैं, २ वैशाख। सरकारले भारतसँगको सीमाना अनिश्चितकालका लागि आवतजावत बन्द गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले मालसामान ल्याउने बाहेक अरु आवतजावत बन्द गर्ने निर्णय गरेको हो। भातरसँगको सीमानामा अझै कडाई गर्ने निर्णय भएको एक मन्त्रीले बताए। ‘भारतमा कोरोना भाइरस धेरै फैलिएको छ। त्यहाँ सामान्य नभएसम्म सीमाना खोल्नु हुँदैन, भारतको जनसंख्या ठूलो भएकाले पनि हामीले ध्यान दिनुपर्छ’ ती मन्त्रीले भने, ‘सीमामा सुरक्षा..

    ‘स्वास्थ्य सामग्री खरिद प्रकरणबारे छानबिन भइरहेको छ’: प्रधानमन्त्री

    मंगलवार, बैशाख २, २०७७ साल
    काठमाडौं, २ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले विवादमा परेको स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे छानबिन भइरहेको बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत्‌को स्वास्थ्य सेवा विभागले अघि बढाएको र विवादमा परेपछि रद्ध भएको स्वास्थ्य सामग्री खरिद प्रकरण छानबिनका क्रममा रहेको प्रधानमन्त्रीले बताएका हुन्। प्रधानमन्त्रीले भने, “यस्तो महामारीको विशेष परिस्थितिमा अघि बढाइएको प्रक्रिया रद्ध भयो भनेर मैले पनि सञ्चामाध्यमबाट थाहा पाएको हुँ। प्रक्रिया उपयुक्त भएन भनेर..

    वैशाख १५ गतेसम्म लम्बियाे लकडाउन

    मंगलवार, बैशाख २, २०७७ साल
    काठमाडाैं, २ वैशाख। सरकारले देशव्यापी लकडाउन अवधि वैशाख १५ गतेसम्मका लागि थप गरेको छ। देशका विभिन्न ठाउँमा कोरोना (कोभिड-१९) बाट संक्रमितको संख्या बढिरहेका बेला लकडाउन अवधि थप गरिएको छ। म‌गलबार बसेकाे मन्त्रिपरिषद् बैठकले लकडाउन १५ गतेसम्म लम्ब्याएकाे एक मन्त्रीले  बताए। सरकारले चैत ११ देखि निरन्तर लकडाउन नियम लागु गरेको छ। सुरुमा एक हप्ताका लागु घाेषणा गरिएकाे लकडाउन सरकारले दुई पटक एक-एक हप्ताका लागि थपिसकेकाे..

    ङ्ल्यान्डका चर्चित गोलरक्षक पिटर बोनेट्टीको निधन

    मंगलवार, बैशाख २, २०७७ साल
    लन्डन, २ वैशाख। इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक पिटर बोनेट्टीको निधन भएको छ। बोनेट्टीको आइतबार राति ७८ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ। उनी लामो समयदेखि बिरामी थिए। बोनेट्टी इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वगोलरक्षक पनि हुन्। बोनेट्टीले सन् १९६० देखि सन् १९७५ सम्म चेल्सीबाट व्यावसायिक फुटबल खेलेका थिए। उनी आफ्नो समयका चर्चित गोलरक्षक थिए। उनले चेल्सीलाई सर्वोत्कृष्ट गोलरक्षक..

    राहत वितरणमा भेदभाव गरेको भन्दै वडाअध्यक्षमाथि कुटपिट

    मंगलवार, बैशाख २, २०७७ साल
    इटहरी, २ वैशाख। राहत वितरणमा भेदभाव गरेको भन्दै सुनसरीको इनरुवा नगरपालिकाका एक जना वडाध्यक्ष कुटिएका छन् । राहत वितरणका लागी इनरुवा ८ स्थित दलित वस्तीमा पुगेका वडाअध्यक्ष रविन्द्र मण्डललाई स्थानीयले कुटपिट गरेका हुन् । राहत वितरणको तयारी हुँदै गर्दा स्थानियहरुले वडाअध्यक्ष रविन्द्र मण्डललाई चारैतर्फबाट घेरा हालेर कुटेका थिए । स्थानीयले उनीमाथि लाती मुक्काले हिर्काएका थिए । वस्तीमा हुनेखानेलेसमेत राहत मागेको तर आफूले अतिविपन्नलाई..
    Weather Forecast