सोमबार, असोज ६, २०७६

    राज्य-समाज

    कालीकोटमा फेरि अनिश्चितकालीन कर्फ्यु, स्थिति झन् अराजक बन्दै

    आईतवार, पौष ९, २०७४ साल
    ९ पुस, कालीकोट । कालिकोटमा पुनः अनिश्चितकालको लागि कर्फ्यु लगाइएको छ ।   विहान २ घण्टाका लागि हटाइएको कर्फ्यु पुन अनिश्चितकालका लागी लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए । प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा शुक्रबार बेलुकादेखिनै कफ्र्यु लगाइएको हो । प्रजिअ गैह्रेका अनुसार स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहने छ । घटनाबारे छानविन गर्न सरकारले गृह..

    पुल बन्न थालेपछि बोटे समुदायको डुंगा चलाउने पेशा संकटमा

    आईतवार, पौष ९, २०७४ साल
    रामपुर, पाल्पा, ९ पुुस ।  कालीगण्डकीका विभिन्न घाटमा डुंगा चलाएर जीविकोपार्जन गर्दै आइरहेका बोटे समुदायको पेशा संकटमा परेको छ । कालीगण्डकीको डुंगा सञ्चालन हुने विभिन्न घाटमा अहिले धमाधम पुल निर्माण हुन थालेपछि उनीहरुको पेशा संकटमा परेको हो । बिहान उज्यालो भएदेखि राति अबेरसम्म कालीनदीका विभिन्न घाटमा आजभन्दा दुई दशक अघिदेखि सञ्चालनमा आएको डुंगा अहिले भने पूर्णरुपमा विस्थापित हुन पुगेको छ ।  बोटे समुदायको पहिचानका..

    कालीकोटमा दुई घण्टाका लागि कर्फ्यु हटाइयो, १० बजे सर्वपक्षीय भेला हुने

    आईतवार, पौष ९, २०७४ साल
    कालीकोट, ९ पुस । म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कफ्र्यु दुई घण्टाका लागि हटाइएको छ ।  जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको बताएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्ेका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म छलफलका लागि अनुरोध गरेको र सो समयसम्मका लागि मात्र कफ्र्यु..

    पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिश

    आईतवार, पौष ९, २०७४ साल
    पर्सा, ९ पुस : स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ ।  क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी..

    माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको ‘इभिनिङ वाक एट नारायणी’ (फोटो फिचर)

    शनिबार, पौष ८, २०७४ साल
    काठमाडौँ, पुस ८ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स–परिवार आफ्नो गृहजिल्ला चितवन पुगेका छन् । चितवन पुगे लगतै प्रचण्ड स–परिवार नै नारायणी किनार आसपासमा सन्धाकालीन यात्रा गर्दैको अवस्थामा भेटिए । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा भारी मतकासाथ विजयी चितवन क्षेत्र नंबर ३ बाट सोही क्षेत्रका प्रभावशाली उम्मेदवार बिक्रम पाण्डेलाई हराउँदै विजयी भएका उनी आफ्ना मतदातालाई..

    समानुपातिक कोटाबाट 'माओवादी केन्द्र' का १७ जना सांसद बन्दै (नामसहित)

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौं, पुस ७ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिट जित्ने भएको छ ।  प्रत्यक्षमा दोस्रो दल बने पनि समानुपातिकमा भने माओवादीले कम भोट पाएका कारण प्रतिनिधसभामा ५३ सिट सहित तेस्रो ठुलो दल बनेको छ । एक सय २१ सिट जितेर एमाले पहिलो दल बनेको छ भने ६३ सिट जितेर नेपाली कांग्रेस दोस्रो ठूलो दल भएको..

    नयाँ सरकार गठनबारे छलफल गर्न बसेको सर्वदलीय बैठक निष्कर्ष विहीन

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौं, पुस ७ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन पछि नयाँ सरकार गठन गर्ने विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्व दलीय बैठक निष्कर्ष विहीन भएको छ ।  हालसालै सम्पन्न निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाएको पाँच दल सम्मिलित बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र नयाँ सरकार निर्माणका प्रमुख दुई एजेन्डामा छलफल भए पनि सहमति जुट्न सकेन। बैठकपछि बोल्दै संघीय समाजवादी फोरमका अध्यक्ष..

    निर्वाचन अन्तर्राष्ट्रिय मापदण्डअनुरुप भएको सेन्टरको टिप्पणी

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौँ, ७ पुस । कार्टर सेन्टरले नेपालमा हालै सम्पन्न निर्वाचन प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुरुप भएको टिप्पणी गरेको छ । आज प्रकाशित एक विज्ञप्तिमा सेन्टरले प्रथम र दोस्रो चरण निर्वाचनमा विभिन्न २७ जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने अवसर पाएको र खटिएका पर्यवेक्षकले राम्रो नै पहुँच पाएको उल्लेख गरेको छ ।  तर केही मतदान केन्द्रमा पर्यवेक्षकको पहुँचमा कडाइ गरिएको तथा निर्वाचन प्रक्रियाको पारदर्शीतामा कमी देखिएको पाइएको विज्ञप्तिमा..

    नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा अमेरिकाको विपक्षमा भोट हाल्यो

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौँ, ६ पुस । संयुक्त राष्ट्रसंघीय महासभामा नेपालले जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाको प्रस्तावको विपक्षमा मतदान गरेको छ । जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाको घोषणा फिर्ता गर्नु पर्ने प्रस्तावका पक्षमा नेपालले मतदान गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएका थिए । जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएपछि त्यसको निकै चर्को विरोध भएको थियो । राष्ट्रसंघीय महासभाले अमेरिकालाई..

    सर्वदलीय बैठकबाट राष्ट्रिय सभा सम्बन्धी विवाद समाधान हुन्छ : महरा

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौं पौष ७ ।  नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रदेशको राजधानी, प्रदेश प्रमुख चयन र राष्ट्रियसभा गठन सम्बन्धी विवाद एकैपटक समाधान हुने बताउनुभएको छ । दाङका क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वा्चित भएपछि पत्रकारलाई धन्यवाद दिन आज दाङको घोराहीमा आयोजित कार्यक्रममा महराले राष्ट्रिय मान्यता प्राप्त पाँच दलको बैठकमा यी विषयमा छलफल हुने र सहमतिका लागि प्रयास गरिने बताउनु..

    एमाले स्थायी समितिको बैठक बामदेव निवासमा जारी, महत्वपूर्ण निर्णय हुँदै

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौं, पुस ७ । बरिष्ठ उपाध्यक्ष वामदेव गौतमको निवास, भैंसेपाटीमा नेकपा एमालेको स्थायी समितिको बैठक जारी छ । आज १ बजे सुरु भएको सो बैठकले पार्टी एकता, निर्वाचनको समीक्षा र सरकार गठनका विषयमा ठोस धारणा तय गर्ने बताइएको छ ।  यसअघि एमाले उपाध्यक्ष गौतले बर्दिया–१ मा प्रतिनीधिसभा चुनावमा हार व्योरेका थिए । पार्टीभित्र अन्तर्घात भएको भन्दै एमालेले छानविनका लागि समिति समेत बनाइसकेको..

    प्रमुख दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौँ, ७ पुस ।  प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रमुख पाँच दलको बैठक बालुवाटारमा अहिले शुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसहितको बैठक शुरु भएको हो ।  पछिल्लो राजनीतिक गतिविधिका बारेमा छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलको बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिए ।  प्रमुख राजनीतिक..

    भारतीय प्रम मोदीद्वारा एकैदिनमा नेपालका 'शीर्ष तीन' नेतालाई टेलिफोन

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौं, पुस ७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका शीर्ष तीन नेताहरुसँग टेलिफोन वार्ता गरेको बुझिएको छ । यसबाट नेपालमा विकसित पछिल्लो राजनीतिक राजनीतिक अवस्थाका बारेमा दक्षिणमा रहेको पुरानो छिमेकी देश भारतको अत्यन्तै चासो रहेको समेत प्रष्ट भएको छ ।  टेलिफोन मार्फत भएको संवादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल–भारतको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ रहने विश्वास दिलाएका..

    मदिराका कारण मानसिक र शारीरिक यातना खेप्दै सिमलफाँटाका महिला

    शुक्रबार, पौष ७, २०७४ साल
    कञ्चनपुर, ७ पुस । कञ्चनपुरको शुक्लाफाँटा–७ सिमलफाँटाका महिला मदिराका कारण घरेलु हिंसाको शिकार हुने गरेका छन् । मदिराका कारण यहाँका महिलाहरुले मानसिक र शारीरिक यातना खेप्नु परेको छ । दैनिक ज्याला मजदुरी गरेर ल्याएको पैसा साँझपख श्रीमानले लगेर मदिरा पिई श्रीमतीमाथि हिंसा निम्त्याउने गरेका छन् । छिमेकीले समेत होहल्ला र चिच्याहटका कारण रातिको बेला सुत्न समेत पाउने गरेका छैनन् । ६२ वर्षीया..

    एमालेबाट समानुपातिकमा को-को बन्दै छन् सांसद ? यहाँ पढ्नुस्

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौं, पुस ७ । देशकै सबैभन्दा ठूलो दल नेकपा एमालेले समानूपातिकतर्फ ४१ सिट जितेको छ भने प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८० सिट आफ्नो पक्षमा पारिसकेको छ । तर प्रत्यक्षमा भने एमालेका तर्फबाट जम्मा दुईजना महिलाले मात्रै चुनाव जितेका छन् ।  तसर्थ यतिबेला एमालेले समानुपातिकमा क–कसलाई सांसद बनाउला भन्ने विषयमा सर्वत्र सर्वत्र चासो छ । एमालेले खस आर्य समूहबाट स्थायी समिति सदस्य मुकुन्द न्यौपाने र..

    दुई वटा हेलिकप्टर किन्न भन्दै नेपाली सेनाले माग्यो साढे ३ अर्ब

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौं, पुस ७ ।  नेपाली सेनाले दुई वटा हेलिकप्टर किन्न भन्दै सरकारसँग साढे ३ अर्ब माग गरेको छ । यसबीचमा सेनाले दुई एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया समेत अघि बढाइसकेको छ । हेलिकप्टर खरिद गर्न भन्दै सेनाले यसअघि नै रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ । अर्थ मन्त्रालयले एउटा हेलिकप्टर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरेको १ महिना पनि..

    काठमाडौं महानगरपालिकाका मेयरलाई ‘रञ्जु दर्शना’को यस्तो चिठी...

    बिहिवार, पौष ६, २०७४ साल
    काठमाडौं, पुस ६ ।  केही समयअघि सम्पन्न स्थानीय निकायको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर चर्चा बटुलेकी तत्कालीन विवेकशील पार्टीकी २१ वर्षीय रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर विद्या सुन्दर शाक्यलाई चिठी लेखेकी छिन् ।  हाल विवेकशीलसाझा पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी रञ्जुले काठमाडौंको बीच भागमा रहेको रानीपोखरी निर्माणका सम्बन्धमा भइरहेका काम कारबाहीबारे जानकारी माग गर्दे मेयर विद्या सुन्दर शाक्यलाई चिठी लेखेकी हुन् । ..

    प्रदेश नं ६ र प्रदेश नं २ मा बहुआयामिक गरिबीको दर उच्च

    बिहिवार, पौष ६, २०७४ साल
    काठमाडौं, पुस ६ । देशभर सयमा झण्डै २९ नागरिक बहुआयामिक रूपमा गरिब रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई) सम्बन्धी प्रतिवेदनमा २८ दशमलव ६ प्रतिशत नेपाली गरिब रहेको उल्लेख छ ।  प्रतिवेदन स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन आयामका कुपोषण, न्यून शिक्षा, बिजुली, खानेपानी तथा पर्याप्त सरसफाइजस्ता एमपिआईले अनुसरण गरेका १० वटा..

    चुनावमा सहभागी दलले पाउने 'समानुपातिक' सिटको आजै घोषणा हुँदै

    बिहिवार, पौष ६, २०७४ साल
    काठमाडौं, पुस ६ ।  निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको मतपरिणाम अनुशार प्रदेशसभातर्फ र समानुपातिक प्रणालीतर्फबाट गरी जम्मा २ सय २० स्थानमा दलहरूले प्राप्त गरेको सिट सँख्या घोषणा गर्ने भएको छ । आयोगले बिहीबार नै त्यसको घोषणा गर्ने तयारी गरेको हो । निर्वाचन आयोगका अनुसार सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेको सिट संख्यालाई आज नै सार्वजनिक गरिने..

    रोल्पामा बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई शिक्षा अभियान

    बिहिवार, पौष ६, २०७४ साल
    रोल्पा, ६ पुस ।  जिल्लामा बालविवाहको मात्रा अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् । लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै थप अभियान सञ्चालन भएका हुन् ।  गरिबी तथा चेतनाको अभावका कारण हुने बालविवाहले लैंगिक हिंसासमेत बढ्दै गएको बताइएको छ । बालविवाह न्यूनीकरणमा किशोरकिशोरीका साथै उनका अभिभावकमा समेत सचेतना जरुरी रहेको भन्दै..

    नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती, सिमा समस्या मिलेर समाधान गर्ने

    बिहिवार, पौष ६, २०७४ साल
    नवलपरासी, ६ पुस । नवलपरासी पश्चिमस्थित नेपाल-भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ ।  नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मीले बुधबार संयुक्त गस्ती गरेका हुन् ।  संयुक्त गस्ती टोलीले सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।  सशस्त्र..

    कीर्ते मुद्दामा पूर्व डीआईजी सिलवालमाथि प्रहरीले अनुसन्धान थाल्यो

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौं, ५ पुस ।  प्रहरीले पूर्वडीआईजी एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालमाथि कीर्ते मुद्दामा अनुसन्धान सुुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गरेको हो । परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले जाहेरी दर्ता भएको पुष्टि गर्दै भने, ‘अनुसन्धान सुुरु भएको छ ।’ तत्कालीन सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए । तर, सर्वोच्चको पूर्ण इजलासले..

    निर्वाचन परिणामबारे समीक्षा गर्न काँग्रेसले सातै प्रदेशमा भेला गर्ने

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौँ, ५ पुस : नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको पक्षमा आएको परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने भएको छ ।  पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको आज बानेश्वरमा बसेको बैठकले पार्टीको पक्षमा सोचेजस्तो मत परिणाम नआएको भन्दै यसका बारेमा पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने बताएको हो ।  बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पार्टी पराजयबारे वडा समितिबाटै..

    राष्ट्रियसभा अध्यादेशमा दलहरुबीच अझै विवाद, सहमतिका लागि ठोस पहल भएन

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौं पौष ५ ।  राष्ट्रियसभा  सदस्य निर्वाचन सम्वन्धी अध्यादेशमा विवाद  बढिरहँदा दलीय सहमतिका लागि ठोस पहल भने हुन सकेको छैन ।  सत्तारुढ दल नेपाली काँग्रेसले एकल संक्रमणीयका आधारमा ल्याएको अध्यादेश जस्ताको तस्तै प्रमाणीकरण हुनुपर्ने अडान राखेको छ भने संसदको सबैभन्दा ठूलो दल बनेको एमालेले बहुमतीय प्रणाली हुनुपर्ने बताउँदै आएको  छ ।  यसले गर्दा प्रदेश र प्रतिनिधिसभा निर्वाचन मतपरिणाम आएसँगै केन्द्रीय र प्रदेश सरकार..

    प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर : सिंह

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौं, पुस ५ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर रहेको बताएका छन् ।  उनले कांग्रेसलाई अफ्ठ्यारो बनाउने बहानामा नेकपा एमालेले राष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यादेश रोक्न लगाएको टिप्पणी गरे ।  राष्ट्रिय सभाको अध्यादेश निर्वाचन अगाडि लगेको र त्यसलाई राष्ट्रपतिले जारी गरे लगतै निकास निस्कने जिकिर उनको जिकीर थियो ।  सरकारमा विनाविभागीय मन्त्री बनेर बसेका दलका नेताहरूले नै..

    प्रदेश सरकार सञ्चालनका लागि करिब २ हजार कर्मचारीको विवरण तयार

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौँ, ५ पुस  : सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए।  “सातवटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा चाहिने कर्मचारीको विवरण तयार पारेका छौँ”, उनले भने, “प्रदेश प्रमुख नियुक्त हुनासाथ..

    पराजित पूर्व राजदूत 'दीपकुमार उपाध्याय' धन्यवाद दिन गाउँगाउँमा

    बुधबार, पौष ५, २०७४ साल
    जितपुर, कपिलवस्तु, ५ पुस : प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्याय मतदातालाई धन्यवाद दिन यतिबेला गाउँ दौडाहामा व्यस्त छन् ।  निर्वाचन कपिलवस्तु क्षेत्र नं १ मा उम्मेदवार बनेका उपाध्याय वामगठबन्धनका साझा उम्मेदवार चन्द्रपाणि खनाल (बलदेव) सँग ९४६ मतान्तरले पराजित भएका थिए।  नेताहरु पराजय भएसँगै मतदातासामु फर्किएर नआउने पटिपाटीको अन्त्य गर्दै उनी आफू निर्वाचित उम्मेदवारभन्दा पहिले नै मतदातालाई धन्यवाद..

    मेलम्ची सुरुङको अम्बाथान–ग्याल्थुम खण्ड २ साताभित्रै 'ब्रेक–थ्रु' हुँदै

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौं पौष ४ ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङ अन्तर्गत् अम्बाथान–ग्याल्थुम खण्ड दुई साताभित्र ब्रेक–थू्र हुने भएको छ । उक्त खण्डको बाँकी करिब सय मिटर सुरुङ अर्काे १२ दिनभित्र सक्ने गरी मेलम्ची आयोजनाले काम गरिरहेको छ । आयोजना प्रमुख रामचन्द्र देवकोटाका अनुसार त्यसपछि ग्याल्थुम–सिन्धु सुरुङ मात्रै ब्रेक – थ्रु गर्न बाँकी रहनेछ । उक्त खण्डको लम्बाइ करिब पाँच सय १५ मिटर छ ।..

    हनुमानढोका क्षेत्रमा जथाभावी पार्किङ, महानगर मौन

    मंगलवार, पौष ४, २०७४ साल
    काठमाडौँ, ४ पुस । सवारी साधन प्रवेश निषेध गरिएको वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सवारी साधनको अनियन्त्रित पार्किङस्थलमा परिणत हुन थालेको छ । सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील हनुमानढोका दरबार क्षेत्रमा सरकारले सवारी प्रवेश निषेध गरे पनि आजभोलि खुलेआम सवारी साधन प्रवेश हुने गरेका छन् ।  वसन्तपुर दरबार परिसरमा राशन, पानी, सामानका सवारी साधन लैजानका लागि सरकारले बेलुका ८ देखि बिहान ८..

    दलीय सहमति नजुटेसम्म राष्ट्रपतिले राष्ट्रिय सभा अध्यादेश प्रमाणीकरण नगर्ने

    मंगलवार, पौष ४, २०७४ साल
    काठमाडौं पौष ४ ।  राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा दलीय सहमति नभएसम्म राष्ट्रपति कार्यालयले प्रमाणीकरण नगर्ने भएको छ ।  पछिल्लो सयम चर्चा रहेको सो अध्यादेशलाई लिएर नेपाली कंग्रेस र एमालेवीच विवाद बढीरहेका बेला राष्ट्रपति कार्यालय पनि विवादमा तानिएको हो ।  अध्यादेशमा दलीय सहमति नजुटे सम्म राष्ट्रपति विद्यादेवी भण्डारी प्रमाणीकरण गर्ने पक्षमा नरहेको श्रोतले बताएको छ । पार्टीको नीहित स्वार्थ पुरा गर्ने उद्देश्यले अध्यादेश..
    Weather Forecast