सोमबार, असोज ६, २०७६

    राज्य-समाज

    ' चुनावमा पराजय भोग्नुको कारण असुदृढ संगठन'-राप्रपा एकीकृत

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौँ, १२ पुस  ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आज सम्पन्न उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा आगामी माघदेखि फागुनसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।  पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा भएको बैठकले तीन महिनाको अवधिमा सबै स्थानीय तह र प्रादेशिक तहमा पार्टीका विद्यार्थी, युवा र महिला संघलाई जनवर्गीय संगठनका रुपमा स्थापना गर्ने निर्णय..

    डोटीमा असहायबीच न्यानो लुगासँग न्यानो माया साट्दै अभियन्ता केबी

    बुधबार, पौष १२, २०७४ साल
    डोटी, १२ पुस  । डोटीको दीपायल बजारमा व्यापार गर्दै आएका खगेन्द्र साउद (केबी)ले मंगलबार दीपायल सिलगढी नगरपालिकाका सबै वडामा न्यानो लुगा वितरण गरेका छन् ।  दीपायलमा विगत १२ वर्षदेखि केबि स्टिल तथा फर्निचर उद्योग, केबि इलेक्ट्रोनिक्स सञ्चालन गर्दै आएका साउदले नगरपालिकाभित्रका नौवटै वडामा पुगेर वृद्ध, अपांग, एकल महिला, गरिब तथा असहायलाई जाडोमा न्यानो लुगा वितरण गरेका हुन्  ।  साउदले मंगलबार दिसि नपाका वडासँगको सहकार्यमा..

    नेपालीहरु अरबको खाडीमा पसिना बगाउदै, भारतीयहरु नेपालमा पैसा कमाउदै...

    बुधबार, पौष १२, २०७४ साल
    मोरङ, १२ पुस  ।  एकातिर मोरङका युवा वैदेशिक रोजगारीमा पसिना बगाइरहेका छन् भने अर्कोतिर यहाँका गाउँ गाउँमा भारतीय मजदुर सिरक, डसना बनाएर यहीँ पैसा कमाइ रहेका छन् । यसअघि घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुती कपडालाई रुवा बनाउने मेसिन ट्र्याक्टरमा सँगै लिएर हिँड्न थालेका छन् ।  मोरङका प्रत्येक गाउँमा सडक किनारामा बसेर उनीहरू टोली बनाई दैनिक रु १५ हजारभन्दा बढी..

    रोल्पामा जातीय सद्भाव अभिवृद्धिका लागि सडक नाटक प्रदर्शन

    बुधबार, पौष १२, २०७४ साल
    रोल्पा, १२ पुस ।  विविध जाति, भाषा, धर्म र सांस्कृतिक समुदायबीच सद्भाव अभिवृद्धि गर्दैै सांस्कृतिक सहिष्णुता कायम राख्ने उद्देश्यसहित रोल्पा सदरमुकाम लिवाङमा सडक नाटक तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।  मानवअधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाको आयोजना र सुनछहरी कलाकेन्द्र रोल्पाको प्रस्तुतिमा सम्पन्न सो कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा फरकफरक समुदाय र जातजातिका संस्कारको अपमान गर्दा समाजिक सम्बन्ध बिग्रनुका साथै द्वन्द्वसमेत निम्तने भएकाले..

    अब नेपाली जनताको लगानीमा खानी सञ्चालन हुन्छ : नेता घर्ती

    बुधबार, पौष १२, २०७४ साल
    पाल्पा, १२ पुस : प्रदेशसभा सांसद तथा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्ती (वसन्त)ले प्राकृतिक सोत र साधनको उचित प्रयोग गर्ने बताएका छन् ।  प्राकृतिक सोत र साधनको उचित प्रयोगसम्बन्धी प्रदेशसभा तथा प्रदेश सरकारले नीति नियम बनाउने र जनताको लगानीमा खानी सञ्चालन गर्ने योजना बनाउने उनले बताए ।  रासससँग कुराकानीमा घर्तीले पाल्पामा प्रसस्त रहेका चुनढुंगा खानीलाई व्यवस्थित तरिकाले परिचालन गर्ने र दुरुपयोग..

    पार्टी एकतालाई असर पर्नेगरी म अल्मलिएर जिल्लामा बसेको छैन : दाहाल

    मंगलवार, पौष ११, २०७४ साल
    चितवन, पुस ११ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताएका छन् । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले मंगलबार चितवनमा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वा्चित सांसदका सम्मानमा बधाई तथा शुभकामनाका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वा्चित सांसद दाहालले पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा आफू अल्मलिएर नबसेको बताए । दाहालले भने, ‘म एमाले अध्यक्ष..

    संविधान, विधि र प्रक्रियाबाटै सहमति खोज्न कानूनविद्को सुझाव

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौँ, ११ पुस । विधि र प्रक्रियाका आधारमा असल संस्कार स्थापित गर्दै विद्यमान राजनीतिक र संवैधानिक अड्चनको निकास खोज्न सरकार र प्रमुख राजनीतिक दललाई सुझाव दिइएको छ ।  संघीय व्यवस्थापिका–संसद्द्वारा मंगलबार आयोजित ‘शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको अवस्था’ विषयक अन्तर्क्रियामा सहभागी वक्ताले उक्त सुझाव दिएका हुन् ।  वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचनको नतिजा जे जस्तो आए पनि शान्ति प्रक्रिया टुङ्गोमा पुगिनसकेको र संविधान..

    सत्तामा रहे पनि नरहे पनि जनताको पक्षमा काँग्रेस सदैव रहन्छ : प्रधानमन्त्री

    मंगलवार, पौष ११, २०७४ साल
    चितवन, पुस ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संक्रमणकालको अन्त्य गर्नु नै नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको सफलता भएको बताएका छन् । चितवनको सौराहामा आयोजित १४औं चितवन हात्ती महोत्सवको मंगलबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तामा रहेपनि नरहेपनि देश र जनताको पक्षमा कांग्रेस सधैं रहि रहने बताए । उनले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको अंगकोरुपमा लिनुपर्नेमा जोड दिए । हात्ती महोत्सवले समग्र देशलाई..

    रानीपोखरी विवाद : उपमेयर ताला बन्द गर्दै, मेयर ताला फुटाउँदै

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौँ, १० पुस  । काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयारबीच रानीपोखरीलाई लिएर उठेको विवाद चरम उत्कर्षमा पुगेको छ । मंगलबार बिहान काठमाडौं  उपमेयर हरिप्रभा खड्गीले रानीपोखरीको गेटमा लगाएको ताला दिउँसो मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् ।  शाक्यले ताला तोडेपछि व्यक्तिगत र दलगत लान्छाना लगाएर मात्रै नहुने बताएका छन् । उनले भने, ' म आउनुभन्दा पहिला नै सम्झौता भएको थियो, अब काम अघि बढ्छ ।..

    माओको १२५ औँ जन्मजयन्ती आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईंदै

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौं, पुस ११ । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक माओ सेतुङको १ सय २५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरि नेपालमा पनि मनाइँदै छ । नेकपा माओवादी केन्द्र लगायतका माओवादी पार्टीहरुले मुलुकभर विभिन्न कार्यक्रम गरेर माओ जयन्ती मनाउन लागेका हुृन् । जन्म जयन्तीको अवसरमा माओवादीले पार्टी केन्द्रिय कार्यालय पेरिषडाँडामा आज विशेष कार्यक्रमको आयोजना गरेको छ भने नेपाल कम्युनिष्ट पार्टीले पनि..

    रानीपोखरी मनपरी ढंगले पुनर्निर्माण भयो : उपमेयर हरिप्रभा खड्गी

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौं, ११ पुस । काठमाडाैं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले रानीपोखरी पुनर्निर्माण पुरातत्व विभागले सुझाए अनुसार नभएको बताएकी छिन्  । रानीपोखरीमा कंक्रिट प्रयोग भएको भन्दै सम्पदाविद्हरुले आलोचना गरिरहेका बेला खड्गीले पुरातत्व विभागको स्विकृति  विना नै काम भएको बताएकी हुन् । रानीपोखरी पुनर्निर्माणको अवलोकनपछि उपमेयर खड्गीले विज्ञहरुसँग छलफल गरेर मात्रै रानीपोखरी पुनर्निर्माणको काम अघि बढ्ने बताइन् । रानीपोखरी पुनर्निर्माणबारे मेयर विद्यासुन्दर शाक्यले आफूसँग परामर्श समेत..

    राजपासँग राष्ट्रिय सभासम्बन्धी अध्यादेशबारे परामर्श गर्दै राष्ट्रपति भण्डारी

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौँ, ११ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुसँग परामर्श गर्दै छिन् । सरकारले ल्याएको अध्यादेशमा दलीय सहमतिपछि मात्रै प्रमाणीकरण गर्ने अडान लिएकी राष्ट्रपति भण्डारीले आज राजपा नेताहरुसँग परामर्श गर्न लागेकी हुन् । राजपा नेताहरुलाई अपरान्ह साढे ५ वजे परामर्शका लागि बोलाईएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  अध्यादेशबारे राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष..

    सशस्त्र द्वन्द्वकाल पछीको १६ वर्ष बित्दा पनि अझै फिर्ता भएन हतियार

    मंगलवार, पौष ११, २०७४ साल
    म्याग्दी, ११ पुस ।  सशस्त्र द्वन्द्वका समयमा १६ वर्ष अगाडि सरकारलाई बुझाइएको हतियार यहाँका एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन् ।  धौलागिरि गाउँपालिका–१ गुर्जाका ऋद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशनानुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको कालीप्रसाद गणलाई एकनाले बन्दुक बुझाएका थिए । सरकारको आग्रहलाई स्वीकार्दै सेनालाई हतियार बुझाइए पनि शान्ति प्रक्रिया शुरु भएको लामो समय भइसक्दा समेत राज्यले आफ्नो अनुमतिप्राप्त बन्दुक..

    प्रचण्डको नेतृत्वमा सरकार बने समर्थन गर्न ‘राजपा’ राजी

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाण्डौ, पुस ११ । राष्ट्रिय जनता पार्टी नेपाल अर्थात राजपाले अब बन्ने सरकारको नेतृत्वका लागि पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रलाई सघाउन तयार रहेको बताएको छ । बामगठबन्धनको सरकार गठनका लागि देखिएको विवादकाबीच राजपाले आगामी प्रधानमन्त्रीका लागि पुष्पकमल दाहाललाई साथ दिन तयार रहेको जनाउ दिएको हो ।  यसअघि नयाँ सरकार गठनको पूर्वसन्ध्यामा वाम गठबन्धनभित्र केही असमझदारी देखिएका बेला दाश्रो ठूलो दल..

    मद्यपानमा प्रतिबन्ध लगाएर वृद्धवृद्धाको ओठमा मुस्कान फर्काउने प्रयास

    मंगलवार, पौष ११, २०७४ साल
    खप्तडछान्ना, बझाङ, ११ पुस । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकाले मदिरा पिउन र बेच्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धलाई प्रभावकारी बनाउन जरिवानाको व्यवस्था समेत गरेको छ । मदिरा बेच्नेलाई २० हजार र खाएर हल्ला गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । जम्मा भएको जरिवानाको रकमले गाउँका वृद्धवृद्धाका दाँत हाल्ने  योजना गाउँपालिकाले बनाएको छ । उक्त कार्यक्रम लागु भएको ३ महिनामै गाउँको वातावरण..

    कर्मचारी अभावमा स्थानीय निकायलाई काममा सास्ती, १८ हजार कर्मचारी आवस्यक

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौँ, ११ पुस । आवश्यकताअनुसार कर्मचारी अभाव हुँदा स्थानीय तह निकै समस्या झेल्न बाध्य छन् । मुलुकभरका सात सय ५३ वटा स्थानीय तहमा ३६ हजार कर्मचारी आवश्यक पर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालले जनाएको छ तर, अहिले करिब १८ हजार मात्रै कार्यरत छन् । कर्मचारी अभावमा स्थानीय तहको सेवा प्रवाह कमजोर भएको स्थानीय विकास सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । संघीय..

    कन्चनपुरमा सन् २०१७ मा मात्रै मानवअधिकार उल्लंघनका ७५ घटना

    मंगलवार, पौष ११, २०७४ साल
    कञ्चनपुर, ११ पुस  ।  इन्सेक कञ्चनपुरले गरेको अध्ययनअनुसार कञ्चनपुरमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ वटा घटना भएका छन् ।  इन्सेक, कञ्चनपुरले गरेको अध्ययनअनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघनका ७५ घटना घटेको पाइएको हो । सबैभन्दा बढी घरेलु हिंसाका ४८, हत्याका पाँच, नागरिक अधिकार हननको एक, गैरकानूनी रुपमा पक्राउको एक, बालअधिकार हननका सातवटा घटना अध्ययनका क्रममा देखिएको इन्सेक कञ्चनपुरका संयोजक कोमल निरञ्जन भाटले..

    महोत्तरीमा शीतलहरका कारण असह्य जाडो बढ्दो ,दैनिक जनजीवन प्रभावित

    मंगलवार, पौष ११, २०७४ साल
    गौशाला,पुस  ११ ।  महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर र चिसो हावाका कारण जाडो बढेर जनजीवन प्रभावित भएको छ ।  विगत ११-१२ दिनदेखि निरन्तररुपमा शीतलहर र चिसो हावा चलेर कठ्याग्रिंदो जाडो भएको छ भने हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ ।  चिसोकै कारण अहिले महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको..

    समानुपातिकतर्फको परिणाम चाँडो सार्वजनिक गर्न नेता नेपालको आग्रह

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौं, पुस १०। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अबिलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपति समक्ष पेश गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।  संयुक्त वाम गठबन्धन काठमाडौं–२, ले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा नेता नेपालले प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले बिलम्ब गर्न नहुने बताएका हुन् ।  नेता नेपालले दुनियाँको जुन सुकै शक्तिलागे पनि एमाले र माओबादी..

    खेमबहादुर बानियाँको निधनप्रति काँग्रेसद्वारा विज्ञप्ति मार्फत दुःख व्यक्त

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौँ, १० पुस । नेपाली काँग्रेसले मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँको बुबा खेमबहादुर बानियाँको निधनप्रति दुःख व्यक्त गरेको छ ।  पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बानियाँका पिता ७९ वर्षीय खेमबहादुर बानियाँको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।  स्वर्गीय बानियाँ काँग्रेसको क्रियाशील सदस्यका रहनुका साथै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका..

    समाजसेवी दाहालको सहयोगमा ब्रुसेला पीडित सम्झनाले पाइन् नयाँ जीवन

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौँ, १० पुस सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी एक सामाजिक अभियन्ताले नयाँ जीवन पाएकी छिन् । ब्रुसेला भाइरस नामक रोगबाट पीडित सम्झना सापकोटालाई समाजसेवी दुर्गानाथ दाहालमार्फत नर्भिक अस्पतालले निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाएकी हुन् ।  हेटौँडाको मानवसेवा आश्रममा आफ्नो जीवन समर्पण गरेर सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी  अभियन्ता सापकोटालाई केही समयअघि उक्त रोग लागेर पीडित बनकी थिइन् ।  शुरुमा हेटौँडा र..

    सामान्य बन्दै कालिकोट, कर्फ्यु फिर्ता लिइए पनि सुरक्षा व्यवस्था कडा

    सोमबार, पौष १०, २०७४ साल
    कालिकोट,१० पुस । शुक्रबारदेखि झडप र हिंसात्मक गतिविधिमा परिणत भएको कालिकोट तीन दिनपछि सामान्य बनेको हो । शनिबारदेखि लगाएको कर्फ्यु प्रशासनले सोमबार बिहान ८ बजे फिर्ता लिएपछि स्थिति सामान्य बन्दै गएको हो ।  म्यादी प्रहरीलाई प्रहरीले गोली हानेर हत्या गरिएको प्रकरणलाई लिएर तीन दिनसम्म कालिकोटको स्थिति तनावग्रस्त बनेको थियो । गृह मन्त्रालयका सहसचिव डाक्टर मानबहादुर विकको नेतृत्वमा छानबिन टोली कालिकोट पुगेपछि स्थिति..

    शीतलहरका कारण तराईको जनजीवन कष्टकर बन्दै , हवाइ उडान समेत प्रभावित

    सोमबार, पौष १०, २०७४ साल
    नेपालगञ्ज, १० पुस ।  शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि तराईका जिल्लामा घाम पनि मधुरो लाग्ने गरेको छ ।  चिसोसँगै बहने सिरोटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक..

    अब हिजोको जस्तो कमजोर सरकार बन्दैनः माओवादी अध्यक्ष प्रचण्ड

    सोमबार, पौष १०, २०७४ साल
    चितवन, १० पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताएका छन् । उद्योग संघ चितवनले  जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले भनेर पनि गर्न नपाइने स्थिति अब रहने छैन भने ।  उनले भने, “अब बन्ने सरकारले भनेपछि त्यो लागू हुन्छ ।” स्थानीय, प्रादेशिक..

    सांसद बन्ने रेशम चौधरीको बाटो सर्वोच्च अदालतले छेक्यो

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौं, पुस ९ ।  फरार अभियुक्त हुँदाहुँदै पनि निर्वाचन लडेर जितेका रेशम चौधरीले वारेसमार्फत विजयी प्रमाणपत्र नपाउने भएका छन् । कैलाली क्षेत्र नम्बर १ बाट चुनाव जितेका चौधरीले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।  तर सर्वोच्च प्रशासनले खारेज गरिदिएको चौधरीको निवेदन आइतबार अदालतले नै दरपीठ गरिदिएपछि चौधरीले वारेसमार्फत प्रमाणपत्र नपाउने भएका हुन् । सर्वोच्च अदालतका न्यायाधीश टंकप्रसाद मोक्तानको एकल..

    प्रेस काउन्सिलको अधिकारमा प्रहरी हस्तक्षेप भएको आरोप

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौँ, ९ पुस ।  प्रेस चौतारी नेपालले नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकलाई पत्र काटेकामा आपत्ति जनाएको छ ।  प्रेस चौतारीका महासचिव राजेश राईले ललितपुर–१ बाट नवनिर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा सञ्चारमाध्यमलाई पत्र काट्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भएको बताएका छन् ।  “प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको..

    राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्न नेपाल विद्यार्थी संघको माग

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौँ, ९ पुस ।  नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दबाबमूलक पदयात्रा निकालेको छ ।  नेविसंघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस, पद्मोदय मोड, बागबजार चोक, पद्मकन्या क्याम्पस हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।  सभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संविधानको जगमा टेकेर बनेका राष्ट्रपतिले संविधानअनुसार..

    राष्ट्रिय सभा अध्यादेशबारे राष्ट्रपति मधेश केन्द्रित दलसँग छलफलमा

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौं ९ पुस ।  राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरणको विवाद चुलिदै गएका बेला राष्ट्रपति विद्यादेवि भणडारीले  राजनीतिक परामर्श जारी राख्नु भएको छ ।  सोही क्रममा आज बिहान राष्ट्रपति भण्डारीले संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको छ । शितल निवासमा भएको छलफलमा फोरमका अध्यक्ष यादवले अध्यादेश स्वीकृत गरी राजनीतिक निकास दिन राष्ट्रपतिलाई सुझाव दिनुभएको थियो ।  राष्ट्रपति भण्डारीले आजै राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग..

    पार्टी एकताबाट पछि हट्ने ठाउँ छैन, अब अगाडी बढ्ने हो : प्रचण्ड

    आईतवार, पौष ९, २०७४ साल
    चितवन, ९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी र एमालेको पार्टी एकताबाट पछि हट्ने ठाउँ नभएको बताएका छन् ।  चितवनमा आइतबार आयोजना गरिएको बधाई ज्ञापन कार्यक्रममा प्रचण्डले फर्किने ठाउँ राखेर अघि नबढेको बताए । ‘मैले र केपी ओली कमरेडले जानीबुझी पुल बाँकी राख्यो भने फर्किने खतरा हुन्छ, पुल नै भत्काइदिउँ भनेर एकतामा एकै चोटी हामफालेको हो,’ प्रचण्डले भने । एमाले र..

    पूर्व डिआईजी तथा सांसद ‘नवराज सिलवाल’ लाई पक्राउ गर्दै प्रहरी

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौं, पुस ७ ।  देशकै सबैभन्दा ठूलो दल नेकपा एमालेका तर्फबाट भर्खरै मात्र सांसदमा निर्वाचित भएका पूर्व डिआईजी नवराज सिलवाललाई गोप्य दस्तावेज कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको अभियोगमा नेपाल प्रहरीले पक्राउ गर्ने ठहर गरेको छ । यसअघि सर्वोच्च अदालतले छानबिन गर्न दिएको आदेश र मुद्दा दायर भइसकेको विषयमा उनै सिलवाल शंकाको घेरामा परेको भन्दै अब चाँडै नै प्रक्राउ गर्नुपर्ने निष्कर्षमा नेपाल प्रहरी..
    Weather Forecast