आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    विकल्प : मतदाता परिचय पत्र नभएपनि भोट हाल्न पाइन्छ !

    आईतवार, असोज १, २०७४ साल
    १ असोज, काठमाडौं ।  यही असोज २ गते अर्थात सोमबार हुने स्थानीय चुनावमा मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाइने भएको छ । आयोगका अनुसार नागरिकता, राहदानी वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने छ । त्यस्तै, जग्गाधनी प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाइने छ । तर,..

    जापानमा समातिएका काँग्रस नेता प्रदिप पौडेल आज स्वदेश फर्किदै

    आईतवार, असोज १, २०७४ साल
    १ असोज, टोकियो ।  जापानको अध्यागमन विभागद्वारा समातिएका काँग्रेस केन्द्रीय सदस्य एवम् युवा नेता प्रदिप पौड्ल आज स्वदेश फर्किने भएका छन् ।  पौडेललाई जापानस्थित त्यहाँको अध्यागमन विभागले अनुसन्धानका लागि शनिबार नियन्त्रणमा लिएको थियो । पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन शनिबार कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई जापान पुगेका थिए । शनिबार अपराह्न टोकियोस्थित हानेदा विमानस्थल आइपुगेका उनीहरुमध्ये नेता..

    निर्वाचनअघि नै प्रदेशमा आईजीपी नियुक्तिको तयारी

    आईतवार, असोज १, २०७४ साल
    १ असोज, काठमाडौं । प्रदेश सरकारमातहत रहेर काम गर्ने निकायमध्ये संघीय संरचना बनाउनेमा नेपाल प्रहरी पहिलो बनेको छ । एक महिनाअघि नै प्रहरीले सातै प्रदेशमा प्रदेश प्रहरीको कार्यालय स्थापना गरिसकेको छ । सरकारले सातै प्रदेशमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअगाडि प्रदेश आइजिपी नियुक्तिको तयारी थालेको छ । निर्वाचनअगाडि नै प्रदेशमा आइजिपी नियुक्ति गरिने गृहमन्त्री जनार्दन शर्माले बताए । गृह मन्त्रालयले एक महिनाभित्रै संघीय..

    ‘मिल्ने भए देउवाले सबै सांसदलाई मन्त्री बनाउँथे ।’

    शनिबार, भाद्र ३१, २०७४ साल
    विराटनगर । पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिल्ने भए वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दलका सबै सांसदलाई मन्त्री बनाउने भन्दै ब्यङग्य गरेका छन् ।   विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै ओलीले वर्तमान सरकार भ्रष्टाचार र अनियमितता गर्न उद्धत रहेको आरोप लगाउँदै यो सरकारले भ्रष्टाचार र अनियमिततामा रेकर्ड बनाएको दाबी गरे ।  अहिलेको सरकार स्वयम् कमजोर भएका..

    निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा, ६० हजार सुरक्षाकर्मी परिचालन

    शनिबार, भाद्र ३१, २०७४ साल
    काठमाडौं।  यही असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ।  निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए। सुरक्षा व्यवस्थामा कहीकतै कमजोरी नहुनेमा आश्वस्त पार्दै उनले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको बताए।  प्रदेश नं २ का आठ जिल्ला सप्तरी,..

    अबदेखि बिचौलियालाई जिल्ला प्रशासन कास्कीमा प्रवेश निषेध

    शनिबार, भाद्र ३१, २०७४ साल
    ३१ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले बिचौलिया तथा लेखापढी गर्नेलाई शुक्रबारदेखि कार्यालय प्रवेशमा निषेध गरेको छ ।   कुनै पनि सेवाग्राहीको कागजपत्र लिएर कार्यालयभित्र त्यस्ता बिचौलिया तथा लेखापढी गर्ने पाइए कारबाही गरिने सहायक प्रजिअ गुरुदत्त ढकालले जानकारी दिए । कार्यालयले निःशुल्क सहायता कक्षको समेत व्यवस्था गरेको तथा स्थानीय तह र अन्य निकायबाट सिफारिस भई आएको काममा निवेदनसमेत लेख्न नपर्ने सजिलो..

    उपाध्यक्ष भट्टले एनआरएनए 'अध्यक्ष' मा उम्मेदवारी दिने

    शनिबार, भाद्र ३१, २०७४ साल
    ३१ भदौ, काठमाडौं ।  जापानलाई मुख्य आधार बनाएर व्यावसाय सञ्चालन गर्दै आएका नेपाली मुलका नागरिक भवन भट्टले अबको पटक गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनएको उपाध्यक्ष समेत रहेका भट्टले शनिबार एक पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सम्मेलनमा बोल्दै भट्टले आफू अध्यक्ष पदमा निर्वाचित भएको खण्डमा एनआरएन भवन निर्माण, गोरखास्थित लाप्राक नमुना वस्ती,..

    २ नं. प्रदेशमा शुक्रबार मध्यरातिदेखि मौन अवधि सुरु : निर्वाचन आयोग

    शुक्रबार, भाद्र ३०, २०७४ साल
    २९ भदौ, काठमाडौं ।  आगामी असोज २ गते २ नं. प्रदेशमा हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी भैसकेको निर्वाचन आयोगले जनाएको छ ।  यसैबीच आयोगको आचारसंहिता अनुशार निर्वाचन हुने प्रदेश नं. दुईमा शुक्रबार मध्यरातिदेखि मौन अवधि सुरु हुने पनि निर्वाचन आयोगले बताएको हो ।  निर्वाचनका समयमा मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म चुनाव प्रचार–प्रसार गर्न एवम् कुनै पनि..

    कर्मचारीले राजनीति गरे बर्खास्त !

    बिहिवार, भाद्र २९, २०७४ साल
    २९ भदौ, काठमाडौं । कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मस्यौदा गरेको ‘संघीय निजामती सेवा ऐन, २०७४’ मा कुनै पनि कर्मचारीले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिए, राजनीतिक क्रियाकलापमा संलग्न भए वा अन्य कुनै पनि..

    मधेस अब डुब्दैन, भारतसँग सम्झौता भइसक्योः प्रम देउवा

    बुधबार, भाद्र २८, २०७४ साल
    २८ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अब बाढीबाट मधेस डुबानमा नपर्ने बताएका छन् । डुबान समस्या रोक्न भारतसँग सम्झौता भइसकेको उनले बताए । कांग्रेसले स्थानीय तह निर्वाचन प्रचारका लागि राजविराजमा गरेको सभालाई सम्बोधन गर्दै देउवाले आफ्नो भारत भ्रमणका क्रममा बाढी र डुबान नियन्त्रणका लागि कुरा गरेको बताए । ‘मधेसका जिल्लाहरु भविष्यमा डबान हुन नदिन मैले भारतीय प्रधानमन्त्री नरेन्द्र..

    डीआईजी नवराज सिलवालद्वारा नेपाल प्रहरीबाट ‘अलग’ भएको घोषणा

    मंगलवार, भाद्र २७, २०७४ साल
    काठमाडौं । नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट मंगलबार खारेज भएलगत्तै प्रहरीको सेवाबाटै राजीनामा दिएका छन् । सिलवालले आफू प्रहरी महानिरीक्षक अर्थात आईजीपी बन्न पाउनुपर्ने दाबी प्रस्तुत गर्दै देशको उच्च अदालतमा दायर गरेको रिट सर्वोच्चले नै खारेज गरिदिएपछि सिलवालले प्रहरी सेवाबाट सदाका लागि ‘बाइ–बाई’ गरेका हुन् ।  बहुप्रतिक्षित फैसला आए लगत्तै सिलवालले लामो राजीनामा पत्र लेख्दै आफू अन्यायमा परेकाहरुको..

    यही भदौ २९ देखि असोज २ गतेसम्म सार्वनजिक विदा

    सोमबार, भाद्र २६, २०७४ साल
    काठमाडौं ।   आगामी असोज २ गते हुने प्रदेश नं. २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनका ५ दिन सार्वजनिक विदा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसै भाद्र २९ गतेदेखि असोज २ गतेसम्म सार्वनजिक विदा दिने निर्णय गरेको हो । यसअघि निर्वाचान आयोगले निर्वाचन हुने प्रदेशमा ५ दिन विदा दिनका लागि सरकारसँग आग्रह गरे अनुशार नै सरकारले यसप्रकारको निर्णय..

    चुनावका बेला मन्त्रीपरिषद् विस्तार गर्नु आचारसंहिता विपरीत: आयोग

    मंगलवार, भाद्र २७, २०७४ साल
    काठमाडौँ । आगामी असोज २ गते प्रदेश नं. २ अन्र्तगतका हुन गइरहेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनको मुखैमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको मन्त्रीमण्डल विस्तारप्रति असन्तुष्टी देखिएको छ । निर्वाचनका लागि आचारसंहिता लागू भइरहेको अवस्थामा सोमबार सरकारले मन्त्रिमण्डल विस्तार गरेपछि निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सोमबार नै आयोगले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र..

    निर्वाचन आयोगले भन्यो– मन्त्रिपरिषद् विस्तारले आचारसंहिता उल्लंघन हुन्छ

    सोमबार, भाद्र २६, २०७४ साल
    २६ भदौ, काठमाडौं । निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै आपत्ति जनाएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन कार्यतालिका लागू भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्नु आचारसंहिताको उल्लंघन हुने बताए । ‘मन्त्रिपरिषद् विस्तारलाई निर्वाचन आचारसंहिता पालना भएको मानिनेछैन । सरकार कसरी अघि बढ्छ, त्यसैअनुसार प्रतिक्रिया आउनेछ’, दाहालले भने । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आयाेग पर्ख र हेरको अवस्थामा रहेको बताए ।..

    प्रदेश नं. २ मा चुनाव प्रचार–प्रसार गर्न प्रधानमन्त्री देउवा 'आफै' जाने

    आईतवार, भाद्र २५, २०७४ साल
    काठमाडौं– आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको प्रचार–प्रसारका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेता तथा मन्त्रीहरु मधेस जाने भएका छन् । प्रम देउवासहितका नेताहरु यही भदौ २७ देखि ३० गतेसम्म मधेसका विभिन्न जिल्लाहरुमा आयोजित चुनावी सभाहरुमा सहभागी हुने बताइएको छ । प्रधानमन्त्री जाने भएपछि २७ गते सप्तरीको राजविराज र सिरहाको जिरो माइलमा आमसभाको आयोजना गरिएको कांग्रेस प्रचारप्रसार..

    रोल्पालीलाई मन परेन विदेशको जागिर, राहदानी लिने युवा घटे

    शनिबार, भाद्र २४, २०७४ साल
    २४ भदौ, रोल्पा । रोजगारीको शिलशिलामा सात वर्ष साउदी अरवमा काम गरेका रोल्पा ह्वामाका खिमबहादुर केसी अचेल सदरमुकाम लिवाङमा आफैँ गाडी किनेर यातायात व्यवसाय गर्छन् । सदरमुकाम लिवाङबाट भित्री ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दै आएका उनले मासिक सरदर एक लाख ५० हजार आम्दानी गर्दै आएका छन् । लिवाङमा स्टेशनरी पसल गर्दै आएका दिलकुमार डाँगी चार वर्ष विदेशमा पसिना बगाएका अर्का युवा हुन्..

    जलेश्वर नगरपालिकामा ७७ हजारको भैंसी बेचेर नगर प्रमुखमा उम्मेदवारी

    शनिबार, भाद्र २४, २०७४ साल
    २४ भदौ, गौशाला । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिएका हुन् । चारैतिर चुनावी चहलपहल शुरु हुँदा चुनाव लड्ने ठूलो चाहना भएको तर, कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेकाले ७७ हजारमा भैँसी बेचेर..

    निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सुरक्षा अधिकारी संयुक्त बैठक

    शुक्रबार, भाद्र २३, २०७४ साल
    वीरगञ्ज । प्रदेश नं २ का आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय निर्वाचनलाई ध्यानमा राखी विहीवार वीरगंजमा नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठक बसेको छ ।  पर्साका निमित्त प्रजिअ दुर्गादत्त पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकमा निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहीत वातावरणमा सम्पन्न गर्न दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा उच्च सतकर्ता अपनाउने, सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिने तथा सीमा क्षेत्रमा हुने..

    नेपाल–चीन अन्तरदेशीय रेलसेवा अघि बढाउन हामी तयार छौं : महरा

    शुक्रबार, भाद्र २३, २०७४ साल
    बेइजिङ । उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–चीन अन्तरदेशीय रेल सेवालाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउने दिशामा नेपालका मुख्य राजनीतिक दलहरु एकमत भएको औपचा।िक जानकारी गराएका छन् । बिहीबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी सँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा महराले अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउनका लागि नेपालका प्रमुख राजनीतिक दलहरु राजी भएको बताएका हुन् । आफूहरुबीचको यस भेटका क्रममा केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी..

    वडा अध्यक्ष र मेयरमा पत्रकारको उम्मदेवारी

    बिहिवार, भाद्र २२, २०७४ साल
    गौशाला—असोज २ गते प्रदेश नं २ अन्तर्गत हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाबाट दुई जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन्। आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद मण्डलले प्रमुख पदमा उम्मेदवारी दिएका हुन्। नेपाल पत्रकार महासंघ महोत्तरीको लगातार तीन चरण नौ वर्षसम्म अध्यक्ष रहेका तथा वर्तमान अवस्थामा पनि महोत्तरीबाट नेपाल पत्रकार महासंघको केन्द्रीय..

    मुग्लिन-नारायणगढ सडकखण्ड भदौ २८ गतेबाट रातमा पनि खुल्ने

    शुक्रबार, भाद्र २३, २०७४ साल
    चितवन, भदौ २२ – दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ ।  स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको आज यहाँ सम्पन्न बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णयसमेत गरेको छ ।  गत असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गर्ने गरिएको थियो । मुग्लिनबाट आउने गडीलाई बेलुका..

    २ नम्बर प्रदेशमा २८ हजार बढीको उम्मेदवारी दर्ता : निर्वाचन आयोग

    शुक्रबार, भाद्र २३, २०७४ साल
    काठमाडौं, भदौ २२ – स्थानीय तहको तेस्रो चरणको आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने चुनावका लागि अहिलेसम्म २८ हजार २९८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बिहीबार दिउँसो १२ः३० बजेसम्म प्राप्त विवरणअनुसार प्रमुख÷अध्यक्ष पदमा एक हजार ५१०, उपप्रमुख÷उपाध्यक्ष..

    भदौभित्रै सबै कार्यक्रम स्थानीय तहमा हस्तान्तरण गर्न प्रम देउवाको निर्देशन

    मंगलवार, भाद्र २०, २०७४ साल
    काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह अन्तरगत जानुपर्ने सबै आयोजना तथा कार्यक्रम भदौ मसान्तसम्म हस्तान्तरण गर्न सम्बन्धित सबैलाई निर्देशन दिएका छन् । राष्ट्रिय बिकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रालय तथा सरकारी निकायहरुलाई ९ बुँदे निर्देशन दिएका हुन् । सो अवसरमा प्रम देउवाले स्थानीय तहमा हस्तान्तरण बाँकी कार्यक्रम वा आयोजनाहरुसम्बन्धी संगठन, स्रोत र जनशक्ति समेत हस्तान्तरण गर्न पनि निर्देशन दिए..

    ‘एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा बिर्सिएको छैन ।’

    आईतवार, भाद्र १८, २०७४ साल
    काठमाडौ, नेकपा एमालेका युवा नेता तथा सचिव योगेश भट्टराईले आफ्नो दल एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डालाई नबिर्सिएको दाबी गरेका छन् । हाल संविधानमा रहेको शासकीय प्रणाली अन्ततः फेल खाने आफ्नो ठहरलाई ब्याख्या गर्दै उनले भने, ‘परिस्थितिजन्य कारणले विगतमा एमालेले संसदीय पद्धति स्वीकार गरेको हो ।’ . विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनको दलले दह्रो खुट्टा नटेकेका कारण आफूहरु पछि हट्न बाध्य..

    बैतडीको डिलासैनी गाउँपालिका जाँडरक्सी निषेधित क्षेत्र घोषणा

    बिहिवार, भाद्र १५, २०७४ साल
    बैतडी, भदौ १४ – बैतडीको डिलासैनी गाउँपालिकालाई ‘जाँडरक्सी निषेधित क्षेत्र’ घोषणा गरिएको छ । जाँडरक्सीले समाजमा समस्या बढेको भन्दै गाउँपालिकालाई जाँडरक्सी निषेधित क्षेत्र घोषणा गरिएको बताइएको छ ।  गाउँपालिकाका सबै वडामा जाँडरक्सी सेवन तथा बेचबिखनमा रोक लगाएर विशेष कार्यक्रम गरी जाँडरक्सी निषेधित क्षेत्र घोषणा गरिएको हो । जसअनुशार गाउँपालिका भित्र अनुमति पत्र लिएर सञ्चालनमा अएका रक्सी पसल समेत असोज महिना भित्र..

    आचार संहिता उल्लंघन गर्नेलाई कारबाही गर्न निर्देशन

    बिहिवार, भाद्र १५, २०७४ साल
    काठमाडौं, भदौ १४ – निर्वाचन आयोगले आचार संहिता उल्लंघन गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुखलाई निर्देशन दिएको छ । आयोगले यसअघि पनि आचार संहिता विपरितका काम नगर्न सचेत गराए पनि उल्लघंन गर्ने क्रम नरोकिएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।  आयोगले दोस्रो पटक सूचना निकालेर प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको चुनावको लागि आचार संहिता लागु भैसकेको..

    भारतीय महावाणिज्य दूतावास तत्काल हट्नुपर्छ : प्रचण्ड

    बिहिवार, भाद्र १५, २०७४ साल
    विराटनगर – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगरमा रहेको भारतीय महावाणिज्य दूतावास तत्काल हट्नुपर्नेमा जोड दिएका छन् । पार्टीको प्रदेश नम्बर १ को भेलाअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले विराटनगरस्थित भारतीय महावाणिज्य दूतावास तत्काल नहट्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला सरकारले गरेको निर्णय कार्यान्वयन नभएकोमा उनले दुःख व्यक्त गरेका थिए ।  सोही..

    मूल पार्टीमै फर्किन थाले मधेसी नेता

    बिहिवार, भाद्र १५, २०७४ साल
    काठमाडौं– आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन अघि नै प्रदेश नम्बर २ का केही  नेता पार्टी फेरबदल गर्ने कार्यमा समेत जुट्न थालेका छन् । सोही क्रममा नयाँ शक्ति पार्टीका नेता रामचन्द्र झा र फोरम लोकतान्त्रिकका सहअध्यक्ष रामेश्वर राय यादवले अन्य पार्टीमा आबद्ध हुने तयारी गरेका छन् भने राजपा उपाध्यक्ष अनिता यादव, सहमहामन्त्री समिम अन्सारी यसअघि नै नेकपा..

    २४० निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा सीमित

    बिहिवार, भाद्र १५, २०७४ साल
    निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नका लागि सरकारद्वारा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो काम अन्तिम चरणमा पु¥याएको छ । कुल २४० निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा सिमित पार्ने जिम्मा पाएको उक्त आयोगले काम लगभग सकेको हो । आगामी मंसिर १० र २१ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन यसै प्रतिवेदनका आधारमा गर्ने सरकारी तयारी छ । सोही निर्वाचनका माध्यमबाट उक्त..

    प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा

    बिहिवार, भाद्र १५, २०७४ साल
    काठमाडौं—सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय सार्वजनिक गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगकै सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर १० तथा २१ गतेलाई तोकेको हो । केही दिन अघि सरकारले एकैपटकमा दुवै निर्वाचन गर्ने निर्णय गर्दै आगामी मंसिर..
    Weather Forecast