बुधबार, चैत्र २६, २०७६

    राज्य-समाज

    अनशनरत डा. केसीका प्रतिनिधि र सरकारबीच वार्ता सुरू, संसदममा नेपाली कांग्रेसले विरोध

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौं, १ साउन सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच मंगलबार पुन: वार्ता हुने भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दुई पक्षबीच वार्ता पुन: सुरू भएको हो ।  मन्त्रिपरिषद्ले सोमबार मात्र शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको थियो। सोमबारनै दुई पक्षबीच वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेपछि मंगलबार फेरि वार्ता सुरू भएको हो।   केसीका..

    नेपाली काँग्रेसको महासमिति बैठक अन्योलमा, दुवै गुटले छुट्टा–छुट्टै भेला बोलाए

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौँ, साउन १ ।  लामो समय सत्तामा बसेको दल नेपाली काँग्रेस अहिले आएर कमजोर प्रतिपक्षी दलमा समेटिएको छ । हालैको निर्वाचनमा लज्जास्पद हार व्यहोरेको काँग्रेसभित्र अहिले आएर अन्तरिक कलह समेत बढ्दै गएको सर्वत्र सुनिन थालेको छ ।  यसैक्रममा अहिले त झन् यस पार्टीभित्र रहँदै आएको गुटगत समस्या झन् जटिल बन्दै गएको छ । पछिल्लो समयमा पार्टी सभापति शेरबहादुर देउवा र संस्थापनइतर समूहका..

    भारतका लागि नेपाली राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती सिफारिस

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौं, साउन १ । सरकारले लामो समयदेखि रिक्त रहँदै आएको भारतका लागि नेपाली राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । यसअघिका राजदूत दीपकुमार उपाध्यायले चुनाव लड्नका लागि आफ्नो पदबाट राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन रहँदै आएको थियो । नेपाली कांग्रेसका नेतासमेत रहेका उपाध्याय राजदूतबाट राजीनामा..

    गृहमन्त्री थापा र नेपाल भ्रमणमा रहेका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री जुनबीच भेटवार्ता

    सोमबार, आषाढ ३२, २०७५ साल
    काठमाडौँ, ३२ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपाल भ्रमणमा रहेका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शी जुनले गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।  भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो ।  सो अवसरमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसको..

    दर्जन रेलमार्ग निर्माणका विभिन्न चरणमा, ३ रेलमार्गको डिपिआर बन्दै

    सोमबार, आषाढ ३२, २०७५ साल
    काठमाडौँ, ३२ असार  सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकिताका राखी निर्माण अगाडि बढाएको छ ।  यातायात सञ्जालको विकासमा सहज माध्यमका रूपमा लिइएको रेलमार्गलाई आर्थिक विकासको महत्वपूर्ण सूचकका रूपमा राख्दै प्रक्रिया अगाडि बढेको छ । त्यसमा काठमाडौँ उपत्यकाभित्रको मेट्रो रेलदेखि पूर्वपश्चिम विद्युतीय रेलमार्ग, काठमाडौँ– रक्सौल रेलमार्गलगायत प्रमुख प्राथमिकतामा छन् । केही रेलमार्ग अध्ययनका क्रममा तथा केही रेलमार्ग निर्माणका..

    प्रदेश नं ५ को स्थायी मुकाम र नामकरण अविलम्ब गर्न सदस्यहरुको आग्रह

    सोमबार, आषाढ ३२, २०७५ साल
    बुटवल, ३२ असार  प्रदेश नं ५ प्रदेशसभाको सोमबारको बैठकमा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।  बैठकको शून्य समयमा उनीहरुले प्रदेश नं ५ को स्थायी मुकाम र नामकरण अविलम्ब गर्न आग्रह गर्दै वर्षाका कारण भएको डुबान समस्या समाधन गर्न सरकारको ध्यानाकर्षण गराए ।  प्रदेशसभा सदस्य उत्तरकुमार ओलीले प्रदेश सरकारको स्थायी मुकाम र नामकरण अविलम्ब टुङ्ग्याउन आग्रह गरे ।  अर्का सदस्य धर्मबहादुर लालश्रीवास्तवले भारतीय बाँधका..

    निजामती कर्मचारीद्वारा प्रधानमन्त्री कार्यालय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता !

    सोमबार, आषाढ ३२, २०७५ साल
    काठमाडौँ, ३२ असार सरकारले कर्मचारी समायोजन ऐन २०७४ मा व्यवस्था भएअनुसार २० वर्ष सेवा गरेका ५० वर्ष नाघेका कर्मचारीलाई स्वेच्छिक अवकास नदिएको भन्दै कर्मचारीले सोमबार सर्वोच्चमा रिट दर्ता गरेका छन् । स्वेच्छिक अवकास कार्यान्वयन गर्न माग गर्दै निजामती कर्मचारीले प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका हुन्। प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयका नायव सुब्बा नारायणप्रसाद धमला,..

    प्रदेश नं ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका लागि भारतमा !

    सोमबार, आषाढ ३२, २०७५ साल
    भीमदत्तनगर, ३२ असार मुलुकमा रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य भए पनि प्रदेश नं ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका लागि भारत गएका छन् । विसं २०६८ सालको जनगणनाअनुसार भारतमा रहेका प्रदेश नं ७ का दुई लाख ६६ हजार ६७३ नागरिकमध्ये करीब ७०.१४ प्रतिशत रोजगारीका लागि गएका हुन् । तथ्याङ्क कार्यालय कञ्चनपुर र कैलालीका निर्देशक यदुनाथ आचार्यका अनुसार प्रदेश..

    प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित

    सोमबार, आषाढ ३२, २०७५ साल
    काठमाडौँ, ३२ असार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको सोमबारको बैठक स्थगन भएको छ ।  बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए ।  सोही क्रममा काँग्रेसका सांसद पुष्पा भुषालले आमरण अनशनरत डा गोविन्द केसीका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको र वार्ताका लागि कुनै ठोस्..

    सरकारले भारत र मलेसियाका लागि नेपाली राजदूत तोक्यो, को को सिफारिस भए ?

    सोमबार, आषाढ ३२, २०७५ साल
    काठमाडौँ, ३१ असार  सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई  भारतका लागि राजदूत सिफारिश गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई राजदूतमा सिफारिश गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। उप्रेती दोस्रो संविधानसभा चुनाव हुँदा प्रमुख निर्वाचन आयुक्त थिए। यसअघि भारतका राजदूत रहेका दीपकुमार उपाध्याय गत चुनावमा राजीनामा दिएर नेपाल फर्किएका थिए। सोमबारको मन्त्रिपरिषद् बैठकले मलेसियाको राजदूतमा पूर्वराजदूतसमेत रहेका उदयराज पाण्डेलाई सिफारिश गरेको छ।..

    अनशनरत डा. केसीका मागप्रति सरकार गम्भीर नहुनु झनै गम्भीर विषय हो : सभापति देउवा

    सोमबार, आषाढ ३२, २०७५ साल
    काठमाडौँ, ३२ असार  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् ।  सभापति देउवाले सोमबार एक विज्ञप्तिमार्फत डा केसीको स्वास्थ्य स्थिति थप बिग्रंदै गएको खबरले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै यसमा सरकार वार्तामार्फत समाधानका लागि गम्भीर नहुनुलाई झनै गम्भीर विषयका रुपमा लिएको बताएका छन् । “मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार..

    नेकपाका भातृ संगठनका पदाधिकारीहरुको मर्यादाक्रम हेरफेर, ठूलो आकारमा तल्ला कमिटी

    सोमबार, आषाढ ३२, २०७५ साल
    काठमाडौं, ३२ असार   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भातृ संगठनका पदाधिकारीहरुको मर्यादाक्रम हेरफेर भएको छ । अनुशासन, लेखा र निर्वाचन आयोगका अध्यक्षको मर्यादा बढाइएको छ । यसअघि भातृ संगठनका पदाधिकारीको पार्टीभित्रको मर्यादाक्रम जिल्ला कमिटी सदस्यसरह हुने व्यवस्था थियो । नियमावलीमा प्रस्तावित व्यवस्थाअनुसार भातृ संगठनका पदाधिकारीहरु पार्टीका अन्य कमिटीमा रहन नपाउने भनिएको थियो । तत्कालीन एमाले र माओवादी दुबैतिरका भातृ संगठनका पदाधिकारीहरुले विरोध गरेपछि..

    नेपाली कांग्रेसद्वारा चिकित्सा शिक्षा विधेयकको विरोधमा संसद अवरुद्ध

    सोमबार, आषाढ ३२, २०७५ साल
    काठमाडौं, ३२ असार  प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे । यसअघि शनिबार सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल वार्ता समिति बनाउने र विधेयक रोक्ने वचन डा. केसी पक्षधरलाई दिएका थिए । जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर..

    काँग्रेसले प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार छ : नेता गच्छदार

    सोमबार, आषाढ ३२, २०७५ साल
    इनरुवा, ३२ असार  नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन् ।  सुनसरीको बर्जु गाउँपालिकाको आइतबार बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता गच्छदारले काँग्रेस नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न गरेर लोकतान्त्रिक अभ्यासको प्रत्याभूति दिलाएको छ भने ।  उनले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको भन्दै संवैधानिक..

    साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश दुबईमा पक्राउ

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौं, ३१ असार  साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेट्स (यूएइ) मा पक्राउ परेका छन् । दुबईमा रहेका गोरेका भाइ रमेश उप्रेतीले तस्करीको सुन बोकाएर नेपाल पठाउने गरेको आरोप अभियोगपत्रमा छ । ३३ किलो सुन हराएको जानकारी रमेशलाई पहिले नै थियो । गोरेले फोनमार्फत् हराएको सुन खोजी भइरहेको समेत उनलाई जानकारी..

    प्रदेश नं ७ को नाम र स्थायी राजाधानी तोक्न बहस, विधेयक प्रमाणीकरण

    आईतवार, आषाढ ३१, २०७५ साल
    धनगढी, ३१ असार  प्रदेश नं ७, प्रदेशसभाको आईतबारको बैठकको विशेष समयमा प्रदेशसभा सदस्य डा रणबहादुर रावलले प्रदेशको नामाकरण र स्थायी राजधानीका सम्बन्धमा छलफल अघि बढाउन ध्यानाकर्षण गराए ।  नेपाली काँग्रेस संसदीय दलका नेता रावलले प्रदेश नं ७ को राजधानी र नामाकरणका सम्बन्धमा प्रतिपक्षीबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको प्रस्तावमाथि छलफल अघि बढाउन र बाढीपहिरो डुबान प्रभावितलाई राहत दिने विषयमा गम्भीर हुन आग्रह..

    सरकारले डा. गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्छ : विजयकुमार गच्छदार

    आईतवार, आषाढ ३१, २०७५ साल
    विराटनगर, ३१ असार  नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने बताएका छन् ।  विराटनगरमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा आफैँ संलग्न रहेको सरकारले डा केसीसँग गरेको सहमति कार्यान्वयन गराउन अध्यादेशअनुसारकै विधेयक ल्याउन आग्रह गरे ।  उपनेता गच्छदारले एउटा सरकारले गरेको सहमति त्यसपछिका सरकारले कार्यान्वयन नगर्ने हो भने राज्य सञ्चालनको प्रक्रिया नै रोकिने बताए ।..

    विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौँ, ३१ असार हिमवत् खण्डको बहुसांस्कृतिक पक्ष झल्किने गरी सांस्कृतिक संग्रहालय स्थापना र यस क्षेत्रको कला साहित्य अध्ययन मञ्च निर्माण गरी विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार चन्द्रागिरिमा..

    प्रधानमन्त्री ओलीले लेखे ठाउँको ठाउँ कविता - 'मरे पनि केही छैन, सपना देख्न पाऊँ !'

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिमा गएर कविता लेखेका छन्। आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिम्बत खण्ड कला साहित्य सम्मिलन–२०७५ मा सहभागि हुन ओली चन्द्रागिरी पुगेका थिए ।  सधैं राजनीतिक भाषण गर्ने ओली आइतबार भने साहित्यिक रुपमा प्रस्तुत भए ।शीर्षकविनााको कवितामा प्रधानमन्त्री ओलीले सपनामा भए पनि लहलह खेतबारी, झपक्क कान्ला..

    उपप्रधानमन्त्री पोखरेलले 'जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ' भनेपछि ...

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौँ, ३१ असार  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउएका छन्  ।  काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आइतबार उनले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका लागि मुद्दा खोज्ने बेला नभएको बताए ।  उपप्रधानमन्त्री पोखरेलले भने, “डा गोविन्द केसी अनशन बस्नुभएको छ, उहाँको स्वास्थ्यलाभको कामना गर्दछु, उहाँले उठाएका..

    पश्चिममा भारी वर्षाको सम्भावना, पहाडी जिल्लामा बाढीको खतरा सतर्कता अपनाउन आग्रह

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौँ, ३१ असार  निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।  विभागको बाढी पूर्वानुमान महाशाखाले आइतबार एक विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट बग्ने नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका बस्तीमा सजक रहन आग्रह गरेको हो ।  आइतबार विशेष गरी दोलखा, रसुवा, धादिङ, गोरखा, सुर्खेत, रोल्पा, दार्चुला लगायतका केही पहाडी..

    स्थानीय तहका अस्पतालमा आँखा उपचार केन्द्र आवश्यक छ : मुख्यमन्त्री पौडेल

    आईतवार, आषाढ ३१, २०७५ साल
    चितवन, ३१ असार   प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले हरेक स्थानीय तहमा सञ्चालन गर्ने अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन गर्नुपर्ने बताएका छन् ।  सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालन गर्ने तयारी गरेको बताउँदै पौडेलले ती अस्पतालमा आँखा उपचार केन्द्र खोल्न आवश्यक रहेको बताएका हुन् ।  नेपाल नेत्रज्योति संघ चितवन शाखाको २० औं वार्षिक साधारण सभा एवं अधिवेशनको आइतबार यहाँ..

    आजदेखि जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको २ घण्टे प्रशिक्षण शुरु

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौँ, ३१ असार  उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ ।  उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने यात्रुलाई आईतबारदेखि दुई घण्टा प्रशिक्षण दिन थालेको हो ।  महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आकाशे पुल र जेब्राक्रसिङबाट यात्रुलाई बाटो काट्न सिकाउनका लागि आईतबारदेखि उपत्यकाका १२ स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको..

    जनप्रतिनिधि आएपछि स्थानीय बासिन्दा खुशी, भन्छन् - गाउँको मुहार फेरिन थाल्यो

    आईतवार, आषाढ ३१, २०७५ साल
    कञ्चनपुर, ३१ असार  कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ बैलकुण्डीमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा जनप्रतिनिधि आएपछि गाउँ जोड्ने एक मात्रै सडकको स्तरोन्नति भएपछि खुशी भएका छन् ।  वर्षौदेखि बन्न नसकेको सडक जनप्रतिनिधि आएपछि ग्राभेल गरी हिँडडुल गर्न, बिरामीलाई स्वास्थ्य चौकी पुर्याउन, बालबालिकालाई विद्यालय लैजान र गाउँमा उत्पादित कृषिउपज बजारसम्म पुर्याउन पाउँदा यहाँका बासिन्दाले सन्तुष्टि व्यक्त गरेका हुन् ।  सडकै समस्याले गाउँमा एम्बुलेन्स नआउँदा..

    नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीको सचिवहरुलाई निर्देशन

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौँ, ३१ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने उद्देश्यका साथ प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।  सरकारको मूल लक्ष्य आर्थिक समृद्धि र विकास भएकाले त्यसमा कुनै पनि सम्झौता हुन नसक्ने र जनतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास हुनुपर्ने प्रधानमन्त्रीको जोड थियो ।  सरकारको मूल लक्ष्यलाई कार्यान्वयन गर्न सबै निकायले..

    राष्ट्रिय जनता पार्टीको संसदीय दलको नेतामा संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन

    शनिबार, आषाढ ३०, २०७५ साल
    काठमाडौँ, ३० असार : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका  छन् ।  सिंहदरबारमा शनिबार बसेको राजपा संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।  शनिबारको बैठकमा समसामयिक विषय र पार्टीको आगामी भूमिकाबारे छलफल भएको पनि उनले जानकारी दिए..

    प्रमद्वारा पूर्वराज्यमन्त्री आलमको निधनमा दुःख व्यक्त, नेकपा भक्तपुरद्वारा डुबानमा परेकालाई राहत बाँड्न आह्वान

    शनिबार, आषाढ ३०, २०७५ साल
    काठमाडाँै, ३० असार :    प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसद एवं पूर्वराज्यमन्त्री मो मुस्ताक आलमको उपचारका क्रममा गंगालाल हृदय केन्द्रमा शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् ।     उनले दिवंगत आलमप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।      राहत वितरण गर्न नेकपा भक्तपुरद्वारा आह्वान   यही असार २७ गते रातिदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेका वस्तीका बासिन्दालाई सहयोग..

    "अब कडाइका साथ सुशासन र तीव्रताका साथ विकासमार्फत समृद्धितर्फको यात्रा शुरु गर्छौँ"

    शुक्रबार, आषाढ २९, २०७५ साल
    काठमाडौँ, २९ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएकाले अब कडाइका साथ सुशासन र तीव्र्रताका साथ विकासमार्फत समृद्धितर्फको यात्रा शुरु भएको बताएका छन्  ।  आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को शुक्रबार यहाँ उद्घाटन गर्दै उनले भने, “भौतिक समृद्धि मात्र नभई सांस्कृतिक समृद्धितर्फ पनि..

    अझै तीन दिनसम्म देशभरि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको जानकारी

    शुक्रबार, आषाढ २९, २०७५ साल
    काठमाडौँ, २९ असार मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे आज विज्ञप्ति जारी गर्दै देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । शुक्रबार दिउँसो देशभरि नै बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको..

    हनुमन्ते खोला पसेर बितण्डा मच्चाएपछिको त्यो रात भक्तपुरबासीले यसरी सम्झिए ...

    शुक्रबार, आषाढ २९, २०७५ साल
    भक्तपुर, २९ असार हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ ।  भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा, बालकोट, कौशल्टार सागबारीका डुबान बस्तीका पीडितले पनि अनिदोमै रात काटेका हुन् ।  टिनको छाप्रोमा बसेका र अस्थायी शिविरमा..
    Weather Forecast