आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    नयाँ मन्त्रीहरुलाई जिम्मेवारी, माओवादी केन्द्रका सबैमन्त्री जिम्मेवारीमुक्त

    मंगलवार, असोज ३१, २०७४ साल
    काठमाडौं, असोज ३१ । वर्तमान नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले सरकारमा सहभागि माओवादी केन्द्रका सबै मन्त्रीहरुलाई जिम्मेवारीमुक्त गरेका छन् । मंगलबार प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिएका थिए । यसअघि माओवादी केन्द्रबाट ९ मन्त्री र ८ जना राज्यमन्त्री महत्वपूर्ण जिम्मेवारीका साथ सरकारमा सहभागी थिए । माओवादीका मन्त्रीहरुलाई जिम्मेवारीम मुक्त गर्नुअघि देउवा सरकारले राप्रपाबाट चार मन्त्री..

    निर्वाचन आयोगद्वारा निर्वाचन क्षेत्रफलसहितको पूर्ण नक्शा सार्वजनिक

    सोमबार, असोज ३०, २०७४ साल
    काठमाडौं, असोज ३० । निर्वाचन आयोगले आगामी मंसिर महिनामा हुने निर्वचनलाई लक्षित गर्दै प्रतिनिधिसभा र प्रदेशका जिल्लाको क्षेत्रफल अनुसार नक्सा सार्वजनिक गरेको छ ।  निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइटमा देशका सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा स्पष्टसँग सबैले बुझ्नेगरी राखेको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि १ सय ६५ र प्रदेशसभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गरेको..

    १ दशक पछि ‘आफ्नै गाउँ’ काँग्रेस फर्किए बिजयकुमार गच्छदार !

    सोमबार, असोज ३०, २०७४ साल
    काठमाडौं, असोज ३० ।   १ दशकअघिसम्म वर्तमान सत्तारुढ दल नेपाली काँग्रेसमा पहिलेदेखि नै निकै प्रभावशाली भूमिकामा रहँदै आएका बिजय कुमार गच्छदार त्यसपछि छुट्टै पार्टी खोलेर नेपाली राजनीतिमा शिर्ष भूमिकामा रहँदै आए । तर, अहिले भने राष्ट्रिय राजनीतिमा देखापरेको गठबन्धनको सिजनले गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई पनि ठूलै प्रभाव पारेको छ । दश वर्षपछि अहिले आएर उनै गच्छदार सोमबार आफ्नो पुरानै घर अर्थात..

    प्रहरी जवान अमितकुमार : जसले बाटोमा भेट्टाएको ‘रु. ५ लाख’ फिर्ता गरे

    शनिबार, असोज २८, २०७४ साल
    झापा ।  इलाका प्रहरी कार्यलय सुरुङ्गामा कार्यरत प्रहरी जवान अमितकुमार थान्दारले आफूले बाटोमा भेट्टाएको ५ लाख रुपैयाँ फिर्ता गरेका छन् ।  अमितकुमारले बसमा सवार एक यात्रुको ५ लाख ४० हजार रुपैयाँ रकमसहितको  एउटा मोबाइल र खुकुरी रहेको झोला बाटोमा भेट्टाई फिर्ता गरेका हुन् ।  उक्त रकम गत असोज २१ गते महेन्द्र राजमार्गस्थित सुरुङ्गा चोकमा यात्रुबाहक बस र ट्याक्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनाकम..

    उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    शनिबार, असोज २८, २०७४ साल
    काठमाडौँ, असोज २८ ।  नवनियुक्त उपप्रधानमन्त्री कमल थापासहित राप्रपाबाट अन्य मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार साँझ आयोजित एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उनीहरुले राष्ट्रपति भण्डारीबाट शपथ लिएका हुन् ।  शपथ लिनेहरुमा उपप्रधान तथा बिना विभागीय मन्त्री कमल थापा र बिना विभागीय मन्त्रीहरू जयन्त चन्द, दीलनाथ गिरी, बिक्रमबहादुर थापा रहेका..

    वाम गठबन्धनबाट बाहिरियो नयाँ शक्ति, ‘आँखा’ चिह्नमा चुनाव लड्ने

    शुक्रबार, असोज २७, २०७४ साल
    २७ असोज, काठमाडौं ।  सिट बाँडफाँटमा सहमति नजुटेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल भर्खरै बनेको वाम गठवन्धनबाट अलग भएको छ । यसका साथै आगामी निर्वाचनमा उसले आफ्नै चुनाव चिन्ह आँखा लिएर निर्वाचन लड्ने निर्णय समेत गरेको छ । नयाँ शक्ति, संघीय सचिवालयको शुक्रबार बसेको विस्तारित बैठकले आँखा चिन्ह लिएर चुनाव लड्ने निर्णय गरेको हो । बैठकले संयोजक..

    प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री

    शुक्रबार, असोज २७, २०७४ साल
    २७ असोज, काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखैमा आएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसअनुशार राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बनेका छन् भने अन्य मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन । देउवाले राप्रपाका नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापालाई मन्त्री पदमा नियुक्त गरेका हुन् । त्यस्तै, राप्रपाकै कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त मन्त्री नियुक्त भएका छन्..

    नौलो जनवादी पार्टीले खोज्यो पत्रिकामा विज्ञापन गरेरै चुनावी उम्मेदवार !

    मंगलवार, असोज २४, २०७४ साल
    काठमाडौं, असोज २४ । झण्डै ३ महिनापछि हुने प्रतिनिधी सभा र प्रदेश सभाका लागि मुख्य दलहरु अहिले टिकट वितरणको प्रक्रियामा छन् । निर्वाचनमा उम्मेदवार हुनका लागि आकांक्षीहरु बढी भएपछि कतिपय दलहरुलाई हम्मे नै भएको छ । तर, यसैकाबीच पनि नेपालकै विक्रम संवत् २०६५ मा सालमा स्थापना एउटा दल भने पत्रिकामा विज्ञापन गरेरै आफ्नो उम्मेदवार खोज्न बाध्य भएको छ ।    ९ वर्षअघि स्थापित..

    रविन्द्र मिश्र काठमाडौं १ बाट चुनाव लड्दै, प्रकाशमान सिंहसँग टक्कर

    सोमबार, असोज २३, २०७४ साल
    २३ असोज, काठमाडौं ।  आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि विवेकशील साझा पार्टीले  काठमाडौंका कुल ६ वटा क्षेत्रमा आफ्नो तर्फबाट उम्मेदवार घोषणा गरेको छ । पार्टीक निर्णय अनुशार संयोजक रविन्द्र मिश्र काठमाडौं १ बाट उम्मेदवार बन्ने भएका हुन् ।  बिबिसीका पूर्वपत्रकार समेत रहेका मिश्र काठमाडौं १ बाट चुनावमा उठ्दा उनले नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको सामना गर्नुपर्ने हुन्छ । त्यसैगरी पार्टीका..

    कमल थापा नेतृत्वको राप्रपा देउवा नेतृत्वको सरकारमा सहभागि हुँदै

    सोमबार, असोज २३, २०७४ साल
    काठमाडौँ असोज २३ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी अब शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुन सहमत भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले  सरकारमा जाने निधो गरेको हो ।  यसअघि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा पार्टी रहने भएपछि राप्रपाले स्वतः सरकारलाई समर्थन गर्ने बताइदै आएको थियो । अध्यक्ष कमल थापाले सोमबारको बैठकमा विकसित राजनीतिक अवस्था,..

    'कालापानी र सुस्ताको सीमा विवाद सदाका लागि अन्त्य गर्नुपर्ने'

    आईतवार, असोज २२, २०७४ साल
    २२ असोज, काठमाडौं ।  आइतबार सम्पन्न नेपाल र भारतका प्रबुद्ध समूहको बैठकमा नेपालले सीमा क्षेत्रमा बनेका अवैध संरचनाहरु हटाउन माग गरेको छ । बैठकमा सीमा क्षेत्रमा बनेका संरचनाहरु हटाउनुपर्ने तथा सबै दशगजा क्षेत्र खाली राख्ने प्रस्ताव नेपाली पक्षले राखेको छ । छलफलका क्रममा दशगजा क्षेत्र खाली राख्न भारतीय पक्ष पनि सहमत देखिएको थियो । त्यस्तै, सीमा क्षेत्रमा रहेका जंगे पिल्लरहरु मर्मत लगायतका लागि..

    सर्वोच्चद्वारा आयल निगमका कार्यकारी खड्को पक्षमा अन्तरिम आदेश

    आईतवार, असोज २२, २०७४ साल
    काठमाडौं, असोज २२ ।   सर्वोच्च अदालतले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको पक्षमा अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाशिध पुरुषोतम् भण्डारीको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न तथा नगराउन अन्तरिम आदेश दिएको हो ।  गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको भन्दै निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट बर्खास्त गरेको थियो ।  सरकारको उक्त निर्णयले..

    सीमारक्षक देवनारायण यादव र उनका छोरा अजय भारतबाट रिहा

    शनिबार, असोज २१, २०७४ साल
    २१ असोज, सप्तरी ।  विगत एक सातादेखि अपहरण मुद्दामा भारतमा थुनिएका देवनारायण यादव र उनका छोरा अजय शनिबार रिहा भएका छन् । भारतीय प्रहरीले गत असोज १५ गते पक्राउ गरेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का यादव र उनका छोरा अजयलाई  साधारण तारेखमा छाडिएको हो । विहार राज्यको सुपोल जिल्लास्थित अदालतको आदेशमा उनीहरु रिहा भएका हुन् । बुहारी ज्योतीले अदालतमा इन्कारी..

    परिवार दल पनि बाम गठबन्धनतिर, आगामी चुनाव ‘सूर्य’ चिन्हमै लड्ने

    शनिबार, असोज २१, २०७४ साल
    २१ असोज, काठमाडौं ।  आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दल पनि नेकपा एमाले, माओवादी केन्द्र लगायतका दल मिलेर बनेको बाम गठबन्धनमै सम्मिलित भएर चुनाव लड्न राजी भएको  । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको तीनबुँदे सहमतिपत्रमा ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन् । सहमति पश्चात परिवार दलका अध्यक्ष एकनाथ ढकालले दुई पार्टीबीचको..

    यसरी बन्दैछ प्रदेश सरकार ! एउटा प्रदेशमा जम्मा ७ वटा मन्त्रालय

    शनिबार, असोज २१, २०७४ साल
    २१ असोज, काठमाडौं ।  संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयसहित हरेक प्रदेशका लागि जम्मा सातवटा मन्त्रालयको खाका तयार पारेको छ भने प्रदेशमा रहने मन्त्रालयको प्रस्तावित खाकालाई छिट्टै अन्तिम रूप दिएर सरकारसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ ।  हालका लागि समितिले सात मन्त्रालय र तिनका कार्यक्षेत्रसमेत निर्धारण गरेको हो । प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयले गर्ने प्रमुख २९ वटा कार्य..

    पूर्व डिआइजी नवराज सिलवाल एमाले प्रवेश, केपी ओलीबाट टीका

    शुक्रबार, असोज २०, २०७४ साल
    काठमाडौं, असोज २० सर्वोच्चमा मुद्धा हारेपछि आफ्नो पदबाटै राजीनामा दिएर बसेका नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेश गरेका छन् । अदालतमा रहेको प्रहरी महानिरीक्षक सम्बन्धि मुद्दाको फैसला आफ्नो विपक्षमा आएपछि एक विज्ञप्ती जारी गर्दै राजीनामाको घोषणा गरेका उनको राजीनामापत्र प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा पुगे पनि अझैसम्म स्विकृत भने भएको छैन । यसर्थ, यसलाई सिलवाल..

    उपेन्द्र र महन्थबीचको कुरा मिल्यो, बन्यो नयाँ ‘राजपा–फोरम गठबन्धन’

    शुक्रबार, असोज २०, २०७४ साल
    काठमाडौं, असोज २० ।  आगामी मंसिर महिनामा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपालले चुनावी गठबन्धन निर्माण गरेर अघि बढ्ने सहमति गरेका छन् ।  फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा संयोजक महन्थ ठाकुरले शुक्रबार एक संयुक्त बिज्ञप्ति जारी गर्दै अब आफूहरु सम्बद्ध दुवै दल निर्वाचनमा साझा उम्मेदवार उठाउन सहमत भएको जनाएका हुन् ।   ती..

    चुनावमा उठ्न उपाध्यायले दिए राजिनामा, अब को बन्ला भारतमा राजदूत ?

    शुक्रबार, असोज २०, २०७४ साल
     २० असोज, काठमाडौं ।  भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आगामी मंसिर महिनामा हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी आफ्नो राजदूत पदबाटै राजिनामा दिएका छन् । यसअघि नेपाली काँग्रेसको आन्तरिक राजनीतिमा समेत निकै सक्रिय रहेका एवम् सांसद, मन्त्री रहिसकेका राजदूत उपाध्याय आगामी निर्वानचमा कपिलवस्तुबाट सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ उम्मेद्वार बन्ने छन् ।  तत्कालिन नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको..

    भारतीय प्रधानमन्त्री र श्रीलंकाली राष्ट्रपतिको आसन्न नेपाल भ्रमण स्थगित

    शुक्रबार, असोज २०, २०७४ साल
    काठमाडौं, असोज २० ।  यसै महिनाको अन्तिमका लागि प्रस्तावित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाल सिरिसेनाको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । अचानक नेपालमा वामपन्थी र प्रजातान्त्रिक शक्तिहरुबीचमा भएको ध्रुवीकरणका कारण उत्पन्न असहज परिस्थितिकाबीच उक्त दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएको बताइएको छ ।  यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, माओवादी केन्द्र र डा. बाबुराम भट्टराईको..

    उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम कुनै पनि गठबन्धनमा नबस्ने !

    शुक्रबार, असोज २०, २०७४ साल
    काठमाडौं, असोज २० ।  उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम कुनै पनि गठबन्धनमा नबस्ने भएको छ । यसअघि सत्तारुढ दल नेपाली कांग्रेसको नेतृत्वमा निर्माण हुँदै गरेको गठबन्धनमा समाजवादी फोरम नेपाल संलग्न हुने बताइदै आएको थियो । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेल खुला रहे पनि तत्कालका लागि कांग्रेस नेतृत्वको गठबन्धनमा संलग्नता नरहने  संघीय फोरमले निर्णय गरेको हो ।  कांग्रेससँग मात्रै नभई एमाले,..

    लोकतान्त्रिक गठबन्धनको कार्यदलका ७ सदस्यकै नाम टुङ्गो लाग्यो

    बिहिवार, असोज १९, २०७४ साल
    काठमाडौं, असोज १९ । एमाले, माओवादी केन्द्र लगायतका दलहरुले बाम गठबन्धन निर्माण गरेको प्रतिक्रियास्वरुप नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनले आफ्ना कार्यदल सदस्यको नाम टुङ्गो लगाएको छ ।  आगामी प्रदेश र प्रतिनिधिसभाका लागि हुने चुनावी तालमेलका बिषयमा थप छलफल र गृहकार्यका लागि गठन भएको कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट विमलेन्द्र निधी र पूर्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धीमान तामाङ, संघीय समाजवादी फोरमबाट रामसाय..

    पूर्वडीआइजी नवराज सिलवाल एमालेमा प्रवेश गर्दै, बालकोटमा दशैंको टीका

    बिहिवार, असोज १९, २०७४ साल
    १९ असोज, काठमाडौं ।    उच्च अदालतमा प्रहरी महानीरिक्षकको प्रकरणको मुद्दा हारेसँगै डीआइजीबाट राजीनामा दिएका नवराज सिलवाल अन्ततः एमाले प्रवेश गर्ने भएका छन् ।  सिलवाल शुक्रबार काठमाडौं जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रमबाट आफूले दिएको राजीनामा स्वीकृत नहुँदै एमाले प्रवेश गर्न लागेका हुन् । सिलवाल पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गर्न लागेको बुझिएको छ । यसअघि, उनी बिहीबार विहान पूर्णिमाको..

    एमाले–माओवादी मिलेर अब ‘नेपाल कम्युनिस्ट पार्टी’, चुनाव चिन्ह सूर्य

    बिहिवार, असोज १९, २०७४ साल
    असोज १९, काठमाडौं ।  एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बन्ने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ रहने भएको छ । स्मरण रहोस्, वि. सं. २००६ सालमा पुष्पलाल संस्थापक महासचिव भएर गठन हुँदा पनि उक्त दलको पुरा नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ नै रहेको थियो । नेपालमा कम्युनिष्ट पार्टीको बिउ रोपिएको लगभग ७ दशकपछि देशकै २ ठूला कम्युनिष्ट पार्टीबीच एकता हुने भएसँगै उक्त एकीकृत पार्टीको नाम ‘नेपाल..

    बाम एकताले काँग्रेसलाई कुनै असर पर्दैन : महामन्त्री डा.शशांक कोइराला

    बुधबार, असोज १८, २०७४ साल
    नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बाम एकताले नेपाली कांग्रेसलाई कुनै पनि असर नपर्ने बताएका छन्। नेपाल प्रेस युनियन नवलपरासीले आज कवासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चुनावको समयमा विचार मिल्ने शक्तिबीच एकता हुनु स्वभाविक भएको टिप्पणी गरे। महामन्त्री डा. कोइरालाले अब कांग्रेसले पार्टीभित्रको सांगठनिक र वैचारिक एकतालाई मजबूत बनाएर आगामी निर्वाचनमा लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिदैं आगामी चुनावमा योजनाबद्ध..

    लोकतान्त्रिक पक्षधरको गठबन्धन बनाउन ७ सदस्यीय कार्यदल, बहुमतको दाबी

    बुधबार, असोज १८, २०७४ साल
    काठमाडौं, असोज १८ प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाको अगुवाइमा प्रम निवास बालुवाटारमा बसेको ६ पार्टीको बैठकले लोकतान्त्रीक पक्षधरहरुको बृहत गठबन्धन निर्माण गर्ने निर्णय गरेको छ ।  बैठकले बृहत गठबन्धन निर्माणका लागि ७ सदस्यीय कार्यदल समेत गठन गर्ने निधो गरेको छ ।  उक्त कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट २ जना तथा अन्य ५ दलबाट १–१ जना सदस्य रहनेछन् । सबैदलका नेता सहभागी..

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुण तेस्रो शिलान्यास गर्न नेपाल आउँदै

    मंगलवार, असोज १७, २०७४ साल
    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक असोजको अन्तिम वा कार्तिकको पहिलो साताभित्र नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय कम्पनी सतलजको लगानीमा निर्माण हुन लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने शिलशिलामा मोदी नेपाल आउने गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।    यद्यपी, भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने मिति तथा उनी यहाँ कति दिन बस्ने बारे कुनै ठोस निर्णय भइनसकेको..

    एमाले, माओवादी र नयाँशक्तिबीच तालमेल-एकीकरण, सहमतिपत्रमा हस्ताक्षर

    मंगलवार, असोज १७, २०७४ साल
    १७ असोज, काठमाडौं ।  देशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्तारुढ घटक माओवादी केन्द्र र नवगठीत नयाँशक्ति पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेको छन् ।  पार्टी एकीकरणका लागि ७ सदस्यीय पार्टी एकता समिति गठन गर्ने एवम् उक्त समितिमा..

    आगामी निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको एउटै चुनाव चिन्ह !

    मंगलवार, असोज १७, २०७४ साल
    १७ असोज, काठमाडौं ।   प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकिदै जाँदा नेपालका कम्युनिष्ट दलहरुबीच नीकटता देखा परेको छ । हो, यहाँ कुरा हुँदैछ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र वर्तमान सत्तारुढ घटक माओवादी केन्द्रको । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको सरगर्मी सेलाउन नपाउँदै माओवादी र एमालेबीच हुने भनिएको एकताको चर्चाले नेपाली राजनीतिमा अर्को तरङ्ग पैदा गरिदिएको छ ।     तत्कालका लागि यी दुई दल एमाले..

    माओवादी केन्द्रले मिलेसम्म नेकपा एमालेसँग ‘पार्टी एकता’ नै गर्ने !

    सोमबार, असोज १६, २०७४ साल
    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गर्ने तयारी गरेको बताएको छ । माओवादी केन्द्रको सोमवार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेसँग पार्टी एकता गर्ने बारेमा छलफल भएको बुझिएको छ । बैठकमा एमालेसँग पार्टी एकता तथा बाम तालमेल गर्नेबारेमा छलफल भएको थियो ।  बैठकका क्रममा माओवादी केन्द्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई एकताको..

    मधेसवासीको भावनाअनुसार नै संविधान संशोधन हुन्छ : प्रधानमन्त्री देउवा

    सोमबार, असोज १६, २०७४ साल
    १६ असोज, नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसवासीकाे हित र भावनाअनुसार संविधान संशोधन गरिने बताएका छन् । संविधान संशोधन कांग्रेसको नेतृत्वमै हुने उनले बताए । रुपन्देहीको मझगाँवामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले अब हुने सबै निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आह्वान गरे । कांग्रेस सभापति समेत रहेका देउवाले प्रदेश र संघीय निर्वाचन भएमा संविधानको पूर्ण कार्यान्वयन हुने..
    Weather Forecast