बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    सरकारको प्राथमिकतामा 'तराई मधेश खानेपानी गुणस्तर कार्यक्रम'

    शुक्रबार, फागुन ११, २०७४ साल
    काठमाडौँ, ११ फागुन । तराई क्षेत्रमा शुद्ध खानेपानी उपलव्ध गराउने उद्देश्यले सरकारले तराई मधेश खानेपानी गुणस्तर सुधार कार्यक्रमलाई प्राथमिकता दिएको छ ।  खानेपानी तथा ढल निकास विभागले तराईका २२ जिल्लालाई लक्षित गरेर उक्त कार्यक्रमलाई प्राथमिकता दिएको हो । विभागका सूचना अधिकारी शेखर केसीले यो आर्थिक वर्षमा तराई मधेश खानेपानी सम्बन्धमा ८६ योजनाको सर्वेक्षण भइरहेको जानकारी दिए  ।  “तराईका जनतालाई शुद्ध खानेपानी खुवाउनका लागि विस्तृत..

    प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल नियुक्त

    शुक्रबार, फागुन ११, २०७४ साल
    काठमाडौँ, ११ फागुन । मन्त्रिपरिषदको  आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए  ।  बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कूल १८ मन्त्रालय रहने पनि निर्णय..

    सुशासन र शान्ति सुरक्षालाई पहिलो प्राथमिकता दिइने – मन्त्री केसी

    शुक्रबार, फागुन ११, २०७४ साल
    लिबाङ, रोल्पा, ११ फागुन ।  प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सुशासन र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताएका छन् ।  नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको भवन निर्माण र पत्रकारिता कल्याण कोष स्थापनाका लागि सहयोग संकलन कार्यक्रममा रोल्पा आइपुगेका मन्त्री केसीले विहिबार प्रमुख अतिथिको आशनबाट बोल्दै यस्तो बताएका हुन् ।  यसैबीच, उनले प्रदेशसभाका सदस्यबाट सहमति गरी सबैलाई पायक..

    "काँग्रेस संगठित हुनुको विकल्प छैन, समानुपातिकको मतको आधारमा पनि काँग्रेसलाई विश्लेषण गर्नुपर्ने"

    शुक्रबार, फागुन ११, २०७४ साल
    लमजुङ, ११ फागुन    नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा कोइरालाले यस्तो बताएका छन्  । नेपाली काँग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो काँग्रेसको सुदृढीकरणको लागि भएको उनले दाबी गरेका छन्  ।  प्रजातन्त्र सेनानी एवं उदिपुरस्थित जनकल्याण माविका संस्थापक स्व रोहिणीराज त्रिपाठीको शालिक..

    एउटै पार्टीको भावनासहित राजनीतिक–सांगठनिक प्रतिवेदन बनाइँदै

    शुक्रबार, फागुन ११, २०७४ साल
    काठमाडौँ, ११ फागुन : पार्टी एकताका प्रारम्भिक आधार तय गरिसकेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का राजनीतिक र संगठनसम्बन्धी कार्यदलले एउटै पार्टीको भावनासहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका छन् ।  एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने लगायत एकीकरणका प्रारम्भिक सातबुँदाका आधारमा यही फागुन ७ मा सम्पन्न पार्टी एकता संयोजन समितिको बैठकले गरेकोे सहमतिबमोजिम गठित दुई अलग अलग कार्यदलले राजनीतिक..

    वाम गठबन्धनभित्रको मन्त्रालय बाँडफाँड : एमालेलाई १०, माओवादीलाई ७ (नामावलीसहित)

    शुक्रबार, फागुन ११, २०७४ साल
    काठमाडौं, फागुन ११- एमाले र माओवादीबीच मन्त्रालय वाँडफाँडको विषय टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको छलफलमा मन्त्रालय वाँडफाँडको विषय किनारा लागेको हो । जस अनुशार एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ भने माओवादीको भागमा गृह ,उद्योग, वाणिज्य तथा आपूर्ति र उर्जासहित ६..

    राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक, यही फागुन २९ मा मतदान

    शुक्रबार, फागुन ११, २०७४ साल
    काठमाडौँ, ११ फागुन : निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने तय भएसँगै निर्वाचनको तालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार आयोगमा बसेको बैठकले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने मिति तयसँगै निर्वाचन तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार मतदाता नामावली प्रकाशन फागुन २१ गतेका लागि तोकिएको छ ।  यसैगरी, फागुन २३ गते..

    स्थानीय वायुको प्रभाव, काठमाडौँका कतिपय स्थानमा छिटफुट वर्षा

    बिहिवार, फागुन १०, २०७४ साल
    काठमाडौँ, १० फागुन : स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले बिहीबार खासगरी देशभरका पहाडी भेगमा बदली र एक/दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।  उनका अनुसार उपत्यकाको उत्तरी भेगमा बढी बदली रहेको र मेघ गर्जनसहित बाक्लो बादल बनेकाले हल्का वर्षा..

    मन्त्रिपरिषद् भित्र तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

    बिहिवार, फागुन १०, २०७४ साल
    काठमाडौँ, १० फागुन : महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताएकी छिन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपालले यहाँ आयोजना गरेको साक्षात्कारमा उनले संविधानले व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व गराउनुपर्ने बताएकी हुन् । “संविधानले संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला रहने अनिवार्य व्यवस्था गरेको छ, त्यसअनुसार महिला प्रतिनिधित्व..

    नेपाली विद्यार्थीले निकाले रुख र लहराबाट विद्युत् , अघिल्लो बर्ष स्याउ र आलुबाट विद्युत निकालेका थिए

    बिहिवार, फागुन १०, २०७४ साल
    काठमाडौँ , १० फागुन ।  मुसिकोट नगरपालिका ५ शेरीगाउँस्थित मोर्डन रिसर्च कन्ट्रक्टसन एन्ड कन्सलटेन्सी प्रालिमा नेबल टु इेलेक्ट्रिकल सब ओभरसियल पढिरहेका विद्यार्थीले गुनामौराको रुख र रुखको लहराबाट विद्युत निकालेका छन्।  १० जना विद्यार्थीका टोलीले रुख र लहराबाट १९ भोल्टको विद्युत् निकालेको विद्यार्थी जयबहादुर नाथले बताए। उनीहरुले अघिल्लो बर्ष स्याउ र आलुबाट विद्युत निकालेका थिए। नाथका अनुसार तामा र फलामको प्रयोग गरी विद्युत् निकालिएको थियो..

    एमाले-माओवादी एकता: पन्ध्र दिनभित्रमा प्रतिवेदन बुझाउन दुई कार्यदललाई जिम्मेवारी

    बिहिवार, फागुन १०, २०७४ साल
    काठमाडौँ, १० फागुन : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदललाई १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।  बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित बसेको दुवै कार्यदलको बैठकले १५ दिनभित्रमा पार्टी एकताको खाकासहित प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी..

    प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच बालुवाटारमा भेटवार्ता

    बिहिवार, फागुन १०, २०७४ साल
    काठमाडौँ, १० फागुन ।  मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी रहेको र त्यसलगत्तै दुई दलको संगठन तथा राजनीतिसम्बन्धी कार्यदलको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए  ।  कूल दलले कुन कुन र कति मन्त्रालय..

    प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको आवास निजी घरमा

    बिहिवार, फागुन १०, २०७४ साल
    कैलाली, १० फागुन : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टका लागि धनगढी उपमहानगरपालिका वडा नं ४ स्थित उत्तरबेहडीमा रहेको निजी घरमा आवास राख्ने निर्णय भएको छ ।  उत्तरवेहडीस्थित कैलाली मोडल स्कूल नजिक पूर्वप्रहरी नायब उपरीक्षक योगेन्द्र थापाको घरमा मुख्यमन्त्रीको आवास राख्ने निर्णय गरिएको प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव रवीन्द्र बोहराले बताए ।  मुख्यमन्त्री भट्टको आवासको टुङ्गो लागिसकेकाले अन्य मन्त्रीका लागि..

    बाँकेको डुडुवा गाउँपालिकाले दुई विधेयक पारित गर्यो

    बिहिवार, फागुन १०, २०७४ साल
    खजुरा, बाँके, १० फागुन  ।  बाँके जिल्लाको डुडुवा गाउँपालिकाले दुईवटा विधेयक पास गरेको छ भने आर्थिक ऐन, २०७४ लाई संशोधन गरेको छ ।  गाउँपालिकाको बुधबार बसेको विशेष गाउँसभाले शिक्षा विधेयक र सहकारी विधेयक ऐन, २०७४ पारित गरेको हो । गाउँपालिकाको शिक्षा र सहकारीसम्बन्धी व्यवस्थापन, नियमन तथा अनुगमन, दर्तासम्बन्धी व्यवस्था गर्न शिक्षा र सहकारी विधेयक पारित गरिएको गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले बताए ।  उनका अनुसार..

    पाँचथरमा बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

    बिहिवार, फागुन १०, २०७४ साल
    पाँचथर, १० फागुन ।  पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।  जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा संलग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम्फेलाई उन्मुक्ति दिन पहल गरेको भन्दै प्रहरीले तुम्बेवा–३ का धनकुमार सम्बाहाम्फे र नेवारसिंह सम्बाहाम्फेलाई फागुन ८ गते नियन्त्रणमा लिएको हो । बलात्कारको..

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने

    बिहिवार, फागुन १०, २०७४ साल
    महेन्द्रनगर, धनुषा, १० फागुन : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिने भएका छन् ।  प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नेछन् । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका राउतले ३० दिनभित्र..

    प्रधानन्यायाधीशद्वारा महान्यायाधिवक्ता खरेललाई पद तथा गोपनीयताको शपथ, बुधबार नै पदबहाली

    बिहिवार, फागुन १०, २०७४ साल
    काठमाडौँ, १० फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।  बुधबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।  सरकारको मुख्य कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता पदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति..

    निजामती र राजनीतिक नेतृत्वमा नैतिकताको बोध हुनुपर्छः मुख्यमन्त्री पौडेल

    बिहिवार, फागुन १०, २०७४ साल
    हेटौँडा, १० फागुन : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुक राजनीतिक आन्दोलनले फड्को मारेको भए पनि निजामती कर्मचारी र दलगत नेतृत्वमा नैतिकताको बोध हुन नसक्दा सन्तोषजनक प्रगति हुन नसकेको बताएका छन् ।  मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा बुधबार आयोजित कार्यक्रममा उनले प्रदेशमा रहेका विश्वविद्यालय र उच्च कलेजमा दलीय स्वार्थभन्दा शैक्षिक क्रियाकलापलाई गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक संस्था..

    काँग्रेसका सांसदहरुको बैठक फागुन १२ गते, त्यसपछि मात्रै कार्यसम्पादन समितिको बैठक

    बिहिवार, फागुन १०, २०७४ साल
    काठमाडौँ, १० फागुन : नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ ।  प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।  आज फागुन १० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि सांसदहरुको बैठक बोलाईएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।  बैठकमा संसदीय..

    “विकास र समृद्धिका लागि नयाँ सोच र परिवर्तनलाई आत्मसात गर्न सक्नुपर्छ”

    बुधबार, फागुन ९, २०७४ साल
    लुम्बिनी, ९ फागुन : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताएका छन् ।  नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्न सक्छ, बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबारदेखि शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकमा उनले भने —“मुलुकको विकास र समृद्धिका लागि नयाँ सोच र परिवर्तनलाई आत्मसात गर्ने दलको खाँचो छ ।”  पूर्वप्रधानमन्त्रीसमेत..

    तयारी पुरा नभएको भन्दै प्रदेश ६ को संसद बैठक स्थगित

    बुधबार, फागुन ९, २०७४ साल
    काठमाडौं, फागुन ९ ।  बुधबारका लागि बोलाइएको प्रदेश ६ को संसद बैठक स्थगित भएको छ । तयारी पूरा नभएका कारण सूचना टाँस गरी १२ गतेका लागि बैठक स्थगित गरिएको हो । बुधबारको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरु नियुक्तिबारे संसदमा जानकारी गराउने लगायतका कार्यसूची थियो । साथै प्रदेशको नाम र राजधानीबारे पनि छलफल गर्ने कार्यसूची राखिएको थियो । तर, संसद सचालन कार्य्विधि नै नबनेकाले बैठक..

    प्रधानन्यायाधीश पराजुलीको बर्खास्तीको माग गरेका डा.केसीकै जन्म मिति तीनवटा

    बुधबार, फागुन ९, २०७४ साल
    फागुन ९, काठमाडौं । आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि डा. गोविन्द केसीले आफ्नो नागरिकता सार्वजनिक गरेका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिकता र प्रमाणपत्र सार्वजनिक गरेका हुन् ।  एसएलसी (प्रवेशिका)को चारित्रिक प्रमाण पत्रमा डा. केसीको २०१३ साल माघ २४ गते जन्म मिति उल्लेख गरिएको छ भने उनले सहप्राध्यापकमा बढुवाका लागि भरेको आवेदन फाराममा २०१३..

    राष्ट्रपतिविरुद्ध तरुण दलले सडक आन्दोलन चर्कायो

    बुधबार, फागुन ९, २०७४ साल
    काठमाडौं, फागुन ९ ।  नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन चर्काएको छ । राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारको सिफारिस सदर गरेपछि तरुण दलले आन्दोलन चर्काएको हो ।  बुधबार उनीहरुले राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरेका छन् । कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस वेवास्ता गरी असंवैधानिक तरिकाले सक्रिय हुन खोजेको तरुण दलले..

    नेपाली काँग्रेसद्वारा भोली केन्द्रिय कार्य सम्पादन समितिको बैठक आह्वान

    बुधबार, फागुन ९, २०७४ साल
    काठमाडौं, फागुन ९ ।  नेपाली कांग्रेसले फागुन १० गते बिहीबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेका छ । भोली बिहीबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।  मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी बैठक बस्ने जानकारी दिएका हुन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यीय छ । फागुन २१ गते संसद बैठक आह्वान गरिएको छ..

    शितलनिवास, बालुवाटार, सिंहदरबार लगायत ६ स्थान निषेधित क्षेत्र घोषित

    बुधबार, फागुन ९, २०७४ साल
    काठमाडौं, फागुन ९ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र निर्धारण गरेको छ ।  राष्ट्रपति कार्यालय रहेको शीतलनिवास आसपासको क्षेत्र, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, संघीय संसद् भवन रहेको नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपतिको निवास सामाखुशीबाट कपुरधारा जाने मोड, निर्वाचन आयोग रहेको कान्तिपथ आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।  जिल्ला सुरक्षा समिति,..

    कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा ईपू ४ सयदेखि मानव बसोबास पाइयो

    बुधबार, फागुन ९, २०७४ साल
    कपिलवस्तु, ९ फागुन।    कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास शुरु भएको पाइएको छ ।    पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले उत्खनन गर्दा पाएका पुरातात्विक सामग्रीको अनुसन्धानपछि सो तथ्य प्रकाशमा आएको हो ।    उत्खननमा भेटिएका माटोका भाँडा तथा सामग्रीका टुक्रा तथा मूर्तिको वैज्ञानिक परीक्षणका आधारमा चारसय वर्ष अघि यहाँ मानिसको बसोबास भएको अनुमान गरिएको छ ।    कपिलवस्तुको..

    अतिसंकटापन्न सालकको अवैध व्यापार रोक्न अध्ययन गर्दै सरकार

    बुधबार, फागुन ९, २०७४ साल
    रत्ननगर, चितवन, ९ फागुन  ।  चितवनलगायत जिल्लामा अतिसंकटापन्न अवस्थामा रहेको लजालु जनावर सालकको अध्ययन गरिँदै छ । सालकको अवस्था पत्ता लगाई यसको संरक्षण क्षेत्र बनाउने लक्ष्यसहित यहाँ अध्ययन गर्न लागिएको हो ।  राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टराईका अनुसार चितवनबाट अध्ययन शुरु गरिने र त्यसपछि मकवानपुर तथा गोरखामा समेत अध्ययन हुने जानकारी दिए  । त्यसका लागि आजै क्यामेरा ट्रयापिङ टोली..

    स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण गरिने : मन्त्री पण्डित

    बुधबार, फागुन ९, २०७४ साल
    काठमाडौँ, ९ फागुन ।    संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न व्यवसायीले सरकारलाई सुझाव दिएका छन् ।    मुलुकमा नवीकरणीय ऊर्जा क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको छाता संगठन नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रतिनिधिमण्डलले जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलाई भेट गरी लघु जलविद्युत्, बायोग्यास, सौर्य विद्युत्,..

    अब काँग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री डा. शशांक कोइराला

    बुधबार, फागुन ९, २०७४ साल
    रत्ननगर, चितवन, ९ फागुन :  नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।  चितवनको भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै उनले भने, “पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ ।”  वाम एकताको विषयमा पत्रकारले सोधेको जिज्ञासामा महामन्त्री डा कोइरालाले दुई ठूला पार्टी मिलेर गएपछि प्रतिस्पर्धा गर्न कठिन हुने बताउँदै “हामीलाई चुनौती छ, हामीले आफ्नो पार्टीलाई जोगाएर लानुपर्छ”,..

    को हुन् सरकारका नवनियुक्त महान्यायाधिवक्ता खरेल ? नजिकबाट चिन्नुहोस्

    बुधबार, फागुन ९, २०७४ साल
    काठमाडौँ, ९ फागुन :  राष्ट्रपति विद्यादेवी भण्डारीले झापा गौरादह–३ का वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन् ।  प्रधानमन्त्रीको सिफारिसशमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम श्री खरेललाई उक्त पदमा नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  त्यसअघि सरकारले महान्यायाधिवक्ता पदमा वरिष्ठ अधिवक्ता अग्नि खरेलको नाम सिफारिश गरेको थियो ।  सरकारको मुख्य कानुनी सल्लाहकारमा मंगलबार सरकारले वरिष्ठ अधिवक्ता खरेलको नाम..
    Weather Forecast