बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    विज्ञापनलाई नियमन गर्न नयाँ इतिहास कोरिएको छ : सञ्चारमन्त्री

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौँ, २६ भदौ ।  राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।     सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकलाई आजको बैठकमा प्रस्तुत गर्नुभएको थियो । विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासमा मन्त्री बाँस्कोटाले विज्ञापनलाई नियम गर्ने क्षेत्रमा नयाँ इतिहास कोरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ विधेयकले विज्ञापन क्षेत्रलाई..

    रवि लामिछानेका वकिल नै नआएपछि सुनुवाई स्थगित

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडाैं, २६ भदाै । कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितको विषयमा आज भदौ २६ गते हुने भनिएको सुनुवाई स्थगित भएको छ । लामिछाने र कँडेलका कानुन व्यवासयी शुशिलकुमार पन्तले आज भदौ २६ गते देश बाहिर हुने भएकाले उपस्थित हुन नसक्ने भनेपछि पेशी स्थगित भएको प्रवक्ता अमृत घिमिरेले बताए । न्यायाधीयद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासले पेशी स्थगित गरी असोज २ गतेका लागि तोकेको छ ।..

    अमेरिकाले जारी गर्याे ‘ट्राभल नोटिस’ : नेपाल लगायत देशमा खतरामा !!

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौं, २६ भदौ ।  डेंगु रोगको संक्रमण बढेपछि अमेरिकाले आफ्ना नागरिकलाई एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आग्रह गरेको छ । अमेरिकाले आफ्ना नागरिकहरुलाई संंक्रमण फैलिएको मुलुमा भ्रमण गर्दा सतर्क रहन सूचित गराएको छ ।  हाल नेपाल लगायत एशियाली मुलुकहरुमा यसको खतरा बढेसँगै अमेरिकाले सकेसम्म ती मुलुकहरुमा भ्रमण नगर्नु र गर्नै परे पनि लामखुट्टेबाट जोगिन आवश्यक सामग्रीहरु प्रयोग गर्न सचेत..

    सिंगापुरमा प्रधानमन्त्री ओली एनसेल मालिककाे घरमा बसेकाे खुलासा

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौं, २६ भदाै । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपीशर्मा ओली एनसेल मालिककाे घरमा बसेकाे खुलासा भएकाे छ । स्वास्थ्य परीक्षण र थप उपचारका लागि पछिल्लो पटक सिंगापुर गएका प्रधानमन्त्री ओली एनसेलका एक हिस्सेदारको घरमा पाहुना बनेर बसेका हुन् । एनसेलका शेयर होल्डर आचार्य परिवारको सिंगापुरस्थित घरमा विशेष अतिथि बनेर उपचार पनि गराएका प्रधानमन्त्री ओलीसँग धेरै महत्वपूर्ण मानिसले भेटघाट र भलाकुसारी गर्ने मौका पाएका थिए..

    न्यून चापीय रेखा भारतबाट नेपालतर्फ सर्दै, पानी पर्नेक्रम बढ्ने

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौं, २६ भदौ । पानी पार्ने प्रणाली न्यून चापीय रेखा मध्य भारतबाट नेपालतर्फ सर्दै आएकाले नेपालमा पानी पर्ने क्रम बढ्दै गएको महाशाखाका मौसमविद्ले जानकारी दिएका छन् । केही स्थानमा सामान्य वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रधानांगका अनुसार न्यून चापीय रेखा औसत स्थानबाट केही माथि सरेर नेपाल तर्फ अघि वढ्दैछ । बुधबार काठमाडौँ उपत्यकामा १३ दशमलव ६ मिलिलिटर वर्षा भएको छ ।..

    पक्राउ परेका विप्लवका छोरा प्रकाश चन्दसहित सातै जना रिहा

    बिहिवार, भाद्र २६, २०७६ साल
    चितवन, भदौं २६ । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा मंगलबार विद्यार्थी र प्रहरीविच झडप भएको थियो । चितवन मेडिकल कलेज भित्र आन्दोलन गर्न लागेको भन्दै पक्राउ परेको नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित सात जना विद्यार्थी आज छुटेका छन् ।  चितवन प्रहरीले बिहीबार विहान प्रकाश चन्दसहित नियन्त्रणमा रहेका सात जना विद्यार्थीलाई नै छाडेको हो ।..

    रवि लामिछानेविरुद्व परेको मुद्धाको सुनुवाई आज हुँदै

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौं, २६ भदाै । न्युज २४ का कार्यक्रम प्रस्ताेता रवि लामीछानेविरुद्ध परेकाे मुद्दाकाे सुनुवाई हुने भएको छ।  पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि आज सुनुवाई हुने भएको हाे।  उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि आज..

    नेपाली समाज किन हुँदैछ बिखण्डन उन्मुख ?

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौं, २६ भदौ ।  बिभिन्न कारणले नेपाली समाज बिखण्डन उन्मुख हुँदै गएको छ । पछिल्लो समय बैदेशिक रोजगारी र सामाजिक सञ्जालको कारण परिवार तथा समाज बिखण्डन हुँदै गएको हो । त्यसको ज्वालन उदाहरण जिल्ला अदालत उदयपुरमा दर्ता भएको सम्बन्ध बिच्छेदको मुद्धाले पुष्टी गर्दछ । जिल्ला अदालत उदयपुरमा दर्ता भएको मुद्धाको तथ्याङ हेर्दा तिन वर्षमा ५३७ सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले..

    सांसद नै भूमाफियाको पक्षमा लागेपछि...

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौं, २६ भदौ ।  उद्योग व्यवसायका नाममा जग्गा लुकाई हदबन्दी छल्दै आएका केही प्रभावशाली व्यक्ति राजनीतिक पहुँचका बलमा कानुनै बनाएर आफू ‘सुरक्षित’ हुन लागिपरेका छन्। विगतमा कर्मचारीतन्त्रले उनीहरूको प्रयासलाई असफल तुल्याउँदै आएपछि सरकारले कानुन संशोधन गरी जग्गा सुरक्षित बनाउ लागेको हो। तत्कालीन भूमिसुधारमन्त्री रामकुमार सुब्बाको पालामा मन्त्रिपरिषद्बाट निर्णय गराउने उनीहरूको प्रयासमा मुख्यसचिव र सचिवहरूले असहयोग गरेका थिए। यसपालि भने हदबन्दी छल्दै आएका..

    गृहमन्त्री रामबहादुर थापा (बादल)का भाइ पक्राउ

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडाैं, २६ भदाै । गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा पक्राउ परेका छन्। उनी दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा पक्राउ परेका हुन्। नरेश थापा रामबहादुर थापा 'बादल'का साइँला भाइ हुन्। यो समचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको ०७२ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार..

    चीन–अमेरिका द्वन्द्वमा फस्यो नेपाल

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौं, २६ भदौ ।  चिनियाँ विदेश मन्त्रालयले इन्डो प्यासिफिक रणनीति (आईपीएस) लाई तथाकथित भन्दै त्यसमा नेपाल नरहेको धारणा सार्वजनिक गरेपछि अमेरिकाले नेपालसँग औपचारिक धारणा माग गरेको छ। विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि चिनियाँ विदेश मन्त्रालयले हरेक छलफलको अंश आफ्नो वेबसाइटमा राखेको छ। यद्यपि परराष्ट्र मन्त्रालयले छलफलका विवरणबारे जानकारी दिएको छैन। चीनले नेपालसँग इन्डोप्यासिफिकका विषयमा कुराकानी भएको र नेपाल त्यसको विपक्षमा रहेको धारणा वेबसाइटमा..

    स्थानीय तहले सर्वसाधारणको मन जित्नुपर्छ : मुख्यमन्त्री पौडेल

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौँ, २५ भदौ   प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहले सबै तहका सरकारको प्रतिनिधित्व गर्दै सर्वसाधारणकोे विश्वास जित्नुपर्ने बताउनुभएको छ । आज मकवानपुरको भीमफेदी गाउँपालिकाको कार्यालय भवनको शिलान्याश गर्दै मुख्यमन्त्री पौडेलले स्थानीय तह सफल भए समग्र सरकार सफल हुने र जनताको राज्यप्रति विश्वास बढ्ने धारणा राख्नुभयो ।    मुख्यमन्त्री पौडेलले प्रदेश सरकार ऐतिहासिक र चिरपरिचित थलोका रुपमा रहेको भीमफेदी बजारलाई विगतका..

    सरकारले संविधान तोडमोड गर्न खोज्यो : महामन्त्री कोइराला

    बुधबार, भाद्र २५, २०७६ साल
    चितवन, २५ भदौ नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकारले संविधानलाई नै तोडमोड गर्न खोजेको आरोप लगाउनुभएको छ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको तेस्रो वार्षिक साधारणसभाको आज गैँडाकोटमा उद्घाटन गर्नुहुँदै उहाँले काङ्ग्रेस यसमा सतर्क रहेको बताउनुभयो ।  महामन्त्री कोइरालाले भन्नुभयो, “तपाइँहरुको साथ र सहयोग रह्यो भने हामी संविधानलाई तोडमोड गर्न दिदैनौं । जननायक बिपी कोइरालाले २०१२ सालमा नेपालमा..

    प्रदेश नं ३ : प्रदेशसभाको बैठक अन्त्य, दुई विधयेक पारित

    बुधबार, भाद्र २५, २०७६ साल
    हेटौँडा, २५ भदौ प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिमको चालू चौथो अधिवेशन अन्त्य गर्नुभएको छ । आज बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कोइरालाले पठाउनुभएको सूचना पढेर सुनाउनुभएको थियो ।  प्रदेशसभाको बैठक अन्त्य गर्न मुख्यमन्त्री डोरमणि पौडेलले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष आज बिहान नै सिफारिस गरेर पठाउनुभएको..

    नेपाल एलपी ग्यास उद्योग सङ्घमा पुनःभण्डारी

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौँ, २५ भदौ   नेपाल एलपी ग्यास उद्योग सङ्घको अध्यक्षमा गोकुल भण्डारी पुनःनिर्वाचित हुनुभएको छ ।    सङ्घको आज यहाँ सम्पन्न २४औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट उहाँ अध्यक्षमा पुनःनिर्वाचित हुनुभएको हो । त्यस्तै सङ्घको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शङ्कर श्रेष्ठ र मनोजकुमार दास, महासचिवमा दिवान चन्द र कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित हुुनभएको छ ।    यसैगरी महासचिवमा धर्मराज वर्तौला, सदस्यमा क्रमशः सुनिल सिन्हा, राजकुमार..

    नेकपाले उप–निर्वाचनका लागि दल दर्ताको जिम्मेवारी दियो महासचिव पौडेललाई

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौँ, २५ भदौ  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा उप–निर्वाचनका लागि दल दर्ता गर्ने जिम्मा महासचिव बिष्णु पौडेललाई दिने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले दल दर्ताको जिम्मेवारी पार्टी महासचिव बिष्णु पौडेललाई दिएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबारको बैठकमा पार्टी एकताका बाँकी कामबारे कुनै पनि छलफल भएन । सिंगापुरमा दुई साता लामो उपचार गरेर फर्किएको पाँचौँ..

    राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण : अध्यक्ष प्रचण्ड

    बुधबार, भाद्र २५, २०७६ साल
    चितवन, २५ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताउनु भएको छ । आफ्ना ठूला बुबासमेत रहनुभएका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति आफूहरुलाई उत्प्रेरित गर्ने गरेको चर्चा गर्नुभयो । आफ्ना गुरु बासमेत रहनुभएका कुलप्रसादको सम्झना गर्दै उहाँले भन्नुभयो, “बुबाको योगदान निकै..

    प्रतिनिधिसभाको शून्य समयमा डेङ्गुदेखि बाघ आतङ्कसम्मको विषय प्रवेश

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौँ, २५ भदौ । इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडौं उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई  बधाई ज्ञापन गर्नुभयो ।  सांसद..

    नगर बसमा महिला कन्डक्टर !

    बुधबार, भाद्र २५, २०७६ साल
    बाँके, २५ भदौ  नेपालगञ्ज उपमहानगरपालिकाले खरीद गरेको नगर बस अबका केही दिनमै सडकमा गुड्ने भएका छन् । यसका लागि बाँकेका विभिन्न ‘रुट’मा सञ्चालन गर्ने गरी कार्यविधि बनाइएको छ ।  स्थानीय तह आफैँले बस सञ्चालन गर्न लागेको सम्भवत यो नयाँ हो । त्यसमा पनि अझ सञ्चालनमा आउन लागेको बसमा परिचालक ‘कन्डक्टर’ महिला हुने छन् । काठमाडौँका चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिने..

    समितिमा चर्काचर्की : विदेशी बुहारीलाई बिहेको १५ वर्षपछिमात्रै नागरिकता !

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  सत्तारुढ दलका केही सांसदले बिबाह गरेर नेपाल आउने विदेशी महिलालाई नागरिकता दिन कडा प्रावधान राखिनुपर्ने माग गरेका छन् ।  सत्तारुढ दलका केही सांसदले कडा प्रावधान राख्नुपर्ने धारणा राखेपनि  प्रतिपक्ष दल र मधेस केन्द्रीत दलका सांसदले भने वैबाहिक अङ्गीकृत नागरिकता दिन कडा प्रावधान राख्न नहुने धारणा राखे ।  बुधबारको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा वैवाहिक अङ्गीकृत नागरिकता दिनेबारेको..

    विप्लवका छोरा प्रकाशसहित चितवन मेडिकल कलेजका १५ विद्यार्थी पक्राउ

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौँ, २५ भदौ । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् । चितवन मेडिकल कलेजका विद्यार्थी केही दिनदेखि विभिन्न माग राखी आन्दोलनमा छन् ।..

    काङ्ग्रेसले बिपीको मर्म बुझ्न सकेन : वरिष्ठ नेता पौडेल

    बुधबार, भाद्र २५, २०७६ साल
    दमौली, २५ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताउनुभएको छ । राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले बुधबार यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताउनुभयो । “बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर काङ्ग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,” वरिष्ठ नेता पौडेलले..

    नेकपामा विवादको आगो फैलियो

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ। नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुुमार नेपाल, नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापाले छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो। नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी टिप्पणी गर्न थालेपछि पछिल्लो सचिवालय बैठकले..

    नेकपा सिरहा र सप्तरीको शपथमा कुर्सी हानाहान

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश २ अन्तर्गतका जिल्लाको शपथग्रहण कार्यक्रममा कुर्सी हानाहान भएको छ ।  महोत्तरीको बर्दिवास नगरपालिकास्थित बर्दिवास सेवा समितिको हलमा आयोजना गरिएको शपथग्रहण कार्यक्रममा कुर्सी हानाहान भएको हो । प्रदेश समितिका अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले पार्टीका पुराना, इमानदार कार्यकर्तालाई पाखा लगाई आफूनिकटलाई जिल्ला कमिटीमा चयन गरेको भन्दै असन्तुष्ट पक्षले विरोध जनाउँदा कुर्सी हानाहानको..

    नेकपा अध्यक्ष दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ। सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन्। उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन्। उनकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन्। सैलुङले भारतीय सिआइपिइएलसँग..

    चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : 'तयारी नपुग्दा उपलब्धि कमजोर'

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  निकै चियोचर्चामाझ टुंगिएको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा भएको पारस्परिक सहयोगको समझदारीलाई कूटनीतिक जानकारले ‘घरेलु तयारीबिनाको नतिजा’ भनेर टिप्पणी गरेका छन् ।  नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा भएको उच्च संयन्त्र बैठकपछि सोमबार हस्ताक्षर भएको समझदारीपत्रमा ठूला र अपेक्षित कुनै पनि सहयोगका एजेन्डा ‘सम्बोधन’ गरिएका थिएनन् । मनाङमा ३५ करोड रुपैयाँको अस्पताल खोलिदिने, ५ हजार त्रिपाल उपलब्ध..

    सेनाको इतिहासमै पहिलोपटक प्रधानसेनापति थापाले गरे सम्पत्ति विवरण सावर्जनिक, सुधार गर्दा मित्र टाढिएको गुनासो

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  प्रधानसेनापति थापाले संगठनमा सुधारको प्रयास गर्दा आफन्त र मित्र टाढिएको बताए ।संगठनको नेतृत्व लिएपछि कतिपय आफन्त र मित्रका भनसुनलाई बेवास्ता गरेर सुधारका प्रयास थालेको उनले दाबी गरे । ‘जोखिम लिएर संगठन सुधारका लागि अभियान थालें, यही कारणले आफन्त र मित्र गुमाएँ,’ उनले भने, ‘यसमा मलाई पश्चाताप छैन, सुधारका लागि रोपिएको बिरुवाले भविष्यमा प्रतिफल दिनेछ ।’ अनैतिक र आर्थिक..

    सरकारलाई तत्काल ५ हजार नयाँ कर्मचारी आवश्यक, लोकसेवाले विज्ञापन गर्ने

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  सरकारले संघ (केन्द्र) का लागि तत्काल करिब ५ हजार कर्मचारी भर्ना गर्ने भएको छ । लोकसेवा आयोगले केन्द्र सरकारको मागबमोजिम असोजदेखि नै विज्ञापन गरी पदपूर्तिको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । निजामती प्रशासनका ८० हजार र स्थानीय तहका ३४ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन प्रक्रिया सुरु गरेपछि केन्द्र सरकारले २०७४ देखि झन्डै दुई वर्ष..

    सरकारले देखायो चमत्कार, नमुना बन्यो बहुप्रतीक्षित नेपाल–भारत पेट्रोलियम पाइपलाइन

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  सीमा क्षेत्रमा भइरहने अवरोधका कारण पेट्रोलियम पदार्थ हाहाकार हुने दिन अब सकिए। बहुप्रतीक्षित एवं बहुउपयोगी नेपाल–भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि सञ्चालनमा आएको छ। यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय परियोजना हो। अझ खुसीको कुरा– निर्माण सक्न ३० महिनाको लक्ष्य लिइएको यो परियोजना १७ महिनामै पूरा भएको छ। यसको सञ्चालनबाट इन्धनको सुनिश्चितता हुनेछ। ‘जति बेला जति आवश्यक पर्छ, अवरोधबिनै त्यति इन्धन..

    विकासमन्त्री चक्रपाणि खनाल उपचारपछि घर फिर्ता

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ   कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल उपचारपछि घर फर्कनु भएको छ । डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचार गराउनु भएका उहाँ सोमबार घर फर्कनु भएको अस्पतालका बजार तथा व्यापार विकास विभागका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो ।    उहाँले मन्त्री खनालको सफल उपचार गरेपछि घर फर्काइएको बताउनुभयो । मन्त्री खनाललाई गत भदौ १७ गते एक्कासि ज्वरो आएपछि उपचारका..
    Weather Forecast