बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    काँग्रेस संसदीय दलको नेतामा सभापति देउवा र प्रकाशमान सिंहको उम्मेदवारी

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन : नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ ।  सांसद विजयकुमार गच्छदारले सभापति देउवालाई प्रस्ताव गरेका थिए भने मानबहादुर विकले समर्थन गरेका थिए । त्यसैगरी प्रकाशमान सिंहको उम्मेदवारीलाई सांसद सीतादेवी यादवले प्रस्ताव र सञ्जयकुमार गौतमले समर्थन गरेको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए ।  उनन्साठी सदस्यीय राष्ट्रियसभामा काँग्रेसका..

    राष्ट्रियसभाका ५५ सदस्यद्वारा शपथ, रमेशप्रसाद यादव भने उपस्थित भएनन्

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन राष्ट्रियसभाका ५५ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन्  । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आइतबार साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलाई शपथ दिलाएकी हुन्  । केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लेखेका थिए  । शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित भएनन् । मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा..

    सुरक्षा निकायको चुस्त परिचालन आवश्यक : गृहमन्त्री थापा

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा अवस्था विशिष्ट मोडमा रहेको भन्दै यस घडीमा सुरक्षा निकायको चुस्त परिचालन अत्यन्तै महत्वपूर्ण हुने बताएका  छन् । सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित सिसं २ कमाण्ड तथा स्टाफ तालीमको दीक्षान्त समारोहलाई काठमाडौँमा आइतबार सम्बोधन गर्दै गृहमन्त्री थापाले फौजमा नेतृत्वको निर्णय क्षमता एवं कार्यक्षेत्रमा त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र सोचेको सफलता हासिल हुने बताए..

    कर्णाली प्रदेशमा चार समिति बनाउने प्रस्ताव, प्रतिवेदन सभामुखलाई बुझाउने तयारी

    आईतवार, फागुन २०, २०७४ साल
    सुर्खेत, २० फागुन कर्णाली प्रदेशको प्रदेश सभामा चारवटा समिति बनाउन प्रस्ताव गरिएको छ । प्रदेश सभाद्वारा गठित प्रदेश सभा नियमावली २०७४, मस्यौदा समितिले चार समिति बनाउने प्रस्तावसहित प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको हो । समितिले प्रदेश सभामा पेश गर्न विधायन तथा आन्तरिक मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोतसाधन र सामाजिक विकास समिति बनाउने प्रस्तावसहित प्रतिवेदन तयार गरेको मस्यौदा समितिका संयोजक सीता..

    प्रतिनिधिसभाका सदस्यद्वारा शपथ ग्रहण, शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आइतबार अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराएका हुन् । यस अघि आइतबार  नै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराएकी थिईन । शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाएका थिए । यस..

    राष्ट्रियसभाका तीन सदस्यको सुनवाइ स्थगित, सोमबारका लागि पेशी तोकियो

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन सर्वोच्च अदालतले राष्ट्रियसभाका तीनजना सदस्यमाथि परेको मुद्दाको आइतबार गर्ने भनिएको सुनवाइ स्थगित गर्दै सोमबारका लागि पेशी तोकेको छ । अदालतका न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान राउतको संयुक्त इजलासले राष्ट्रियसभाका लागि मनोनीत भएका तीनजना सदस्य   डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेलको सुनवाइ स्थगित गरिएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए  । यसअघि उक्त मुद्दामा प्रकाश राउतले हेरेको हुनाले..

    धामीझाँक्री प्रथाविरुद्ध कदम उठान सर्वोच्चको निर्देशन, धामीझाँक्रीले उपचार गर्न नसक्ने ठहर

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन : सर्वोच्च अदालतले धामी, झाँक्रीद्वारा उपचार सम्भव नहुने भन्दै सरकारलाई यस विरुद्ध कदम उठाउन आदेश दिएको छ । अदालतले धामी-झाँक्रीले बोक्सा-बोक्सी ठीक नपार्ने ठहर गर्दै यस विरुद्ध कदम उठाउन सरकारलाई आदेश दिएको हो । अदालतले धामी-झाँक्रीले गर्दा समाजमा  अन्धविश्वास फैलीएको र त्यसैको आडमा शोषण हुने गरेको ठहर गर्दै नियन्त्रणको उपाय खोज्न समेत सरकारको ध्यानाकर्षण गरेको छ । बोक्सी आरोपमा..

    शैक्षिक हडतालका कारण शैक्षिक संस्था ठप्प, करीव ७५ लाख विद्यार्थीको पढाइ प्रभावित

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हडतालका कारण आज काठमाडौँ उपत्यकासहित देशभरका शैक्षिक संस्था सञ्चालन हुन सकेनन् । शैक्षिक हडतालका कारण क्याम्पसदेखि सामुदायिक तथा निजी विद्यालयको पढाइ ठप्प भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले शैक्षिक हडतालका कारण करीव ३५ हजार विद्यालयका ७५ लाख विद्यार्थीको पढाइ प्रभावित भएको बताए । यस्तै निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का महासचिव राजेन्द्र..

    द्वन्दग्रस्त सुडानीहरुले गरे नेपाली शान्ति सेनाको मुक्त कण्ठले प्रशंसा

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन  ।  द्वन्द्वग्रस्त अफ्रिकी मुलुक दक्षिणी सुडानको येइ नगरका बासिन्दाले नेपाल र इथियोपियाका शान्तिसैन्यले बितेका महिनामा शान्तिसुव्यवस्था कायम गरेकामा प्रशंसा गरेका छन् ।  येइ आधार इलाकाबाट खटिएका राष्ट्र संघका शान्ति सेनाका कारण केही महिनायता नगर क्षेत्रमा तुलनात्मक रुपमा शान्तिसुरक्षाको अवस्था सुदृढ भएको अनुभूति उक्त नगरका बासिन्दाले प्रकट गरेको राष्ट्रसंघीय सूचना केन्द्रले आज जनाएको छ ।  गत पुसदेखि येइ क्षेत्रमा राष्ट्रसंघीय शान्ति सेनाले..

    प्रधानमन्त्रीबाट फागुन २७ गते विश्वासको मत खोजिने : संसद सचिवालय

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।  प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आजको बैठकमा सो मितिमा सहमति भएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिए  । प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६(४)मा व्यवस्था छ । राष्ट्रपति विद्यादेवी..

    कन्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन गरिँदै

    आईतवार, फागुन २०, २०७४ साल
    कञ्चनपुर, २० फागुन ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन कार्य शुरु भएको छ ।  स्वचालित क्यामराबाट तस्वीर संकलन कार्य शुरु गरिएको हो । कम्प्यूटरमा रहेको सफ्टवेयरको सहायताले बाघका संकलित फोटो हेरेर विश्लेषण गर्ने कार्य शुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए  ।  “पाटे बाघको एउटा फोटो अर्को फोटोसँग मिलाएर हेर्दैछौँ,” उनले भने । डडेल्धुराको जोगबुढा र चुरे क्षेत्रमा समेत स्वचालित क्यामरामा..

    चितवनमा फागुमा अमर्यादित क्रियाकलाप गर्ने ७ विरुद्ध मुद्दा

    आईतवार, फागुन २०, २०७४ साल
    चितवन, २० फागुन ।  प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई पक्राउ गरी तीमध्ये सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालका अनुसार अन्यलाई सचेत गराई अभिभावकको जिम्मा लगाई छाडिएको छ..

    प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही गरिन्छ– मन्त्री लालबाबु पण्डित

    आईतवार, फागुन २०, २०७४ साल
    भक्तपुर, २० फागुन : जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन् ।  भक्तपुर मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको शनिबार उद्घाटन गर्दै उनले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे ।  मन्त्री पण्डितले आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई..

    गुटबन्दीका कारण महिलालाई नेतृत्वमा स्थापित गर्न सकिएन : नेता खनाल

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौँ, २० फागुन : मोतीदेवी स्मृति प्रतिष्ठानले समाजको विविध विधाको विकासमा योगदान गर्ने आठ महिलालाई सम्मान गरेको छ ।  सम्मानित हुनेमा राजनीतिकर्मी उतरा कोइराला, कलाकार निशा शर्मा, पत्रकार संगीता लामा, समाजसेवी सुवर्ण केशरी, खेलाडी निरा कायस्थ, अपांगता भएकी संगीता पन्त, दलित अधिकारकर्मी रामरति राम र आरोही चुनु श्रेष्ठ छन् ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले उनिहरुलाई सम्मान गर्दै पार्टीभित्र व्याप्त गुटबन्दीका..

    ७५ हजारभन्दा बढी नेपालीद्वारा एकैसाथ बुद्धवचन ‘धम्मपद’ वाचन गर्दै विश्व कीर्तिमान !

    शनिबार, फागुन १९, २०७४ साल
    काठमाडौँ, १९ फागुन : शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन् ।  बुद्धवचन ‘धम्मपद’ एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले वाचन गरी उक्त प्रमाण पेश गरिएको हो ।  यसअघि त्यसरी त्यही संख्यामा धम्मपद सामूहिक रुपमा वाचन नभएको सन्दर्भमा ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा उक्त प्रयास अभिलेखीकरण गरेर कीर्तिमान बन्ने पक्का भएको छ ।  प्रधानमन्त्री..

    कर्मचारी अभावका कारण सेवा प्रवाहमा कठिनाइ भयो : मुख्यमन्त्री पौडेल

    शनिबार, फागुन १९, २०७४ साल
    नुवाकोट, १९ फागुन : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाइ भइरहेको बताएका छन् ।  जिल्ला समन्वय समिति नुवाकोटले शनिबार विदुरमा आयोजना गरेको यहाँका स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रियामा मुख्यमन्त्री पौडेलले केन्द्रबाट प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो गरे ।  “स्थानीयतह स्थापना भएको दश महिना भइसक्यो, प्रदेश सरकार स्थापना गर्न..

    एकता र समृद्धिका पक्षमा उभिन सांसदलाई ओली र दाहालको निर्देशन (८ फोटो)

    शनिबार, फागुन १९, २०७४ साल
    काठमाडौँ, १९ फागुन : संघीय संसद्मा बहुमतमा रहेको वाम गठबन्धनका अध्यक्षहरुले पार्टी एकता र मुलुकको समृद्धिको भावनाका साथ प्रभावकारी रुपमा प्रस्तुत हुन आफ्ना सांसदलाई निर्देशन दिएका छन् ।  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आयोजित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनिहरुले सुशासन, विकास, समृद्धि र स्थिरताका लागि नयाँ युगतर्फको यात्रामा सामेल हुन आग्रह गरेका..

    पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : काँग्रेस नेता गगन थापा

    शनिबार, फागुन १९, २०७४ साल
    चितवन, १९ फागुन : नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन् ।  शनिबार यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै थापाले दुई तिहाई बहुमत पु¥याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्मा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने विचार व्यक्त गरे ।  फरक प्रशंगमा..

    प्रधानमन्त्री ओली र अमेरिकी राजदूत अलाइना बी. टेप्लिजबीच भेटवार्ता

    शनिबार, फागुन १९, २०७४ साल
    काठमाडौँ, १९ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेप्लिजले आज शिष्टाचार भेट गरेकी छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकामा धन्यवाद ज्ञापन गर्दै अमेरिकी सरकारले नेपालको विकासलगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंसा गरे ।  प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाले नेपालको ऊर्जा र..

    ढिलोमा चैतको पहिलो सातासम्ममा पार्टी एकता हुन्छ : अध्यक्ष प्रचण्ड

    शनिबार, फागुन १९, २०७४ साल
    अछाम, १९ फाल्गुन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोमा चैत पहिलो हप्तासम्ममा पार्टी एकताको घोषणा हुने बताएका छन् ।  प्रेस सेन्टर नेपाल, अछामले पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले दुई पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको भन्दै सकभर फागुन महिनाभित्र र ढिलोमा चैत पहिलो सातामा पार्टी एकताको घोषणा हुने बताएका हुन् ।  अध्यक्ष प्रचण्डले अब माओवादी..

    राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा भारत प्रस्थान

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि शुक्रबार भारत प्रस्थान गरेका छन् ।  आयुर्वेदिक पद्धतिबाट उनको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ । अध्यक्ष राणा उपचारका क्रममा एक साता भारत बस्ने सन्दर्भमा पारिवारिक तथा निजी भेटघाटका कार्यक्रम तय गरिएको छ ।  सोही क्रममा भारतका विभिन्न दलका महत्वपूर्ण नेतासँग भेट तथा छलफल हुने पार्टीका महामन्त्री राजाराम श्रेष्ठले..

    काठमाडौँमा मेघगर्जनसहित वर्षा, पूर्वमनसुनको याम भएकाले यस्तो गतिविधि जारी रहने

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन : स्थानीय वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा आज साँझ मेघगर्जनसहित वर्षा भएको छ ।  स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार देशको पश्चिमी भेगमा विकसित भएको उक्त वायु अहिले क्रमशः पूर्वतर्फ सर्दैछ । पूर्वी पहाडी भेगका केही स्थानमा समेत वर्षाको सम्भावना छ । अहिले..

    मधेशी र पहाडी समुदायले एकैठाउँ मनाए होली, उल्लासमय वातावरण

    शुक्रबार, फागुन १८, २०७४ साल
    भद्रपुर, १८ फागुन : झापाको बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा शुक्रबार होली पर्व उल्लासमय वातावरणमा मनाएका छन् ।  सहभागीहरूले होलीको रङसँगै आपसी सद्भाव, भाइचारा र वन्धुत्वको भावना वृद्धि गर्न महत्वपूर्ण अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।  वीरता जेसिज र वीरता लेडी जेसिजले फागु पूर्णिमा पर्वको अवसर पारी बिर्तामोडको अतिथि सदनमा होली मिलन समारोह आयोजना गरेका थिए ।  कार्यक्रममा बिर्तामोड उद्योग..

    पुनः सांसद बनेका ३५ सांसदलाई मञ्चद्वारा सम्मान तथा बधाई

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन पूर्व सांसद मञ्च, नेपालले आफ्ना आजीवन सदस्य पुनःसंघीय संसद्का सदस्य बनेका मन्त्री तथा प्रतिनिधिसभाका सदस्यलाई बधाई तथा सम्मान गरेको छ । सिंहदरबारस्थित मञ्चको कार्यालयमा आज आयोजना गरेको कार्यक्रम मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितलगायत संघीय संसद्का ३५ जना सदस्यलाई बधाई तथा सम्मान गरेका हुन् । मन्त्री पण्डितले पूर्व सांसदलाई स्वास्थ्य बीमाका लागि आफूले पहल गर्ने उल्लेख..

    सरकारले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने, फोरमसँगको वार्ता अन्तिम चरणमा

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन ।  सत्तारुढ दल एमाले र माओवादी केन्द्रले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । सरकारमा संघीय समाजवादी फोरम नेपाल पनि सहभागी हुने अन्तिम तयारी गरेपछि यो निर्णय भएको हो । स्रोतका अनुसार संघीय फोरमसँग भएको वार्ता र सम्वाद अन्तिम चरणमा छ । एमाले, माओवादी र संघीय फोरमबीच केही राजनीतिक विषयमा लिखित सहमति हुन बाँकी रहेको जानकारी आहाखबरले पाएको छ..

    नयाँ कार्यविभाजन भएका मन्त्रालयको पुनःसंरचना गर्दै सरकार

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन ।  सरकारले नयाँ कार्यविभाजन भएका मन्त्रालयको पुनःसंरचना गर्ने कार्य थालेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अहिले नयाँ पुनर्गठित मन्त्रालयको नयाँ कार्यविभाजनअनुसार पुनःसंरचनाको काम गरिरहेको कार्यालयका प्रवक्ता डिल्लीराम शर्माले जानकारी दिए  ।  सरकारले ३१ वटा मन्त्रालयबाट घटाई १८ वटा मन्त्रालय राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को कार्यालयले ‘नेपाल सरकार कार्यविभाजन नियमावली–२०७४’ जारी गरी पुनर्गठन गरेका ती मन्त्रालयको काम कारबाहीसमेत बाँडफाँड गरेको..

    प्रधानमन्त्री ओलीद्वारा 'मनमोहन सेन्टर एनेक्स' भवन शिलान्यास

    शुक्रबार, फागुन १८, २०७४ साल
      काठमाडौँ, १८ फागुन  प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको आज शिलान्यास गरेका छन्  । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताए  । उनले भने , “सरकारका हरेक कदम सुधार र विकासका लागि र जनताका हितका लागि हुनेछन् । हामी कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभूत गर्ने गरी..

    सशस्त्र प्रहरी बलद्वारा चितवनमा २०३ किलो गाँजा बरामद गरी नष्ट

    शुक्रबार, फागुन १८, २०७४ साल
    रत्ननगर, चितवन, १८ फागुन।  सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट गरेको छ ।  गणको गस्ती टोलीले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका–६ डाबराङ गाउँमा पुगेर गाँजा बरामद गरेको हो । स्थानीय गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २०३ किलो गाँजा बरामद गरेको गणका सशस्त्र प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए  ।  गणका सशस्त्र प्रहरी नायब निरीक्षक..

    मोरङको उर्लाबारीमा अनाथ बालबालिकासँग खेले पत्रकारले होली

    शुक्रबार, फागुन १८, २०७४ साल
    उर्लाबारी, मोरङ, १८ फागुन।  होली पर्वको अवसरमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आज स्थानीय नमूना बालगृहमा होली मिलन कार्यक्रम गरेको छ ।  क्लबमा आवद्ध पत्रकारहरुले गृृहमा आश्रित अनाथ बालबालिकासँग होली मनाएका हुन् । क्लबले गृहमा आश्रित ४३ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका थिए ।  सो अवसरमा मोरङ क्षेत्र नंं १ (क) का प्रदेशसभा सदस्य कुशल साम्बाले वाम गठबन्धनको वर्तमान सरकारले..

    इलाममा बक्यौता नतिर्ने सरकारी कार्यालयको विद्युतको लाइन काटियो

    शुक्रबार, फागुन १८, २०७४ साल
    इलाम, १८ फागुन।  नेपाल विद्युत् प्राधिकरण इलामले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सरकारी कार्यालयको लाइन धमाधम काट्न थालेका छन् ।  तीन महिनाभन्दा लामो समयसम्म विद्युत् महशुल नतिर्ने मालपोत कार्यालय, आदर्श मावि, घरेलु तथा साना उद्योग विकास समिति, शीतभण्डारको लाइन काटिएको प्राधिकरणका इलेक्ट्रिक सुपरभाइजर तारा एक्तेनले जानकारी दिए  । सबैभन्दा बढी इलाम नगरपालिकाको शीतभण्डारले रु सात लाख २८ हजार बक्यौता तिरेको छैन ।  त्यसैगरी..
    Weather Forecast