शनिबार, माघ ११, २०७६

    राज्य-समाज

    अर्थमन्त्री खतिवडाको जवाफ - सार्वजनिक महत्वको प्रस्तावले बजेटलाई सहयोग गर्छ

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार   अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा बिहिबार प्रस्तुत भएको सार्वजनिक महत्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताएका छन् ।  “यसले विनियोजनमाथिको छलफललाई अवरोध होइन बरु थप सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छु ।” सरकारका सामु असंख्य योजना र सीमित स्रोतसाधन रहेकाले आयोजनामा बजेट कम हुने गरेको बताउँदै अर्थमन्त्री खतिवडाले निर्माणाधीन ठूलो आयोजना केन्द्रले र मझौला तथा..

    सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु हुँदैन : उपनेता गच्छदार

    बिहिवार, आषाढ १४, २०७५ साल
    विराटनगर, १४ असार नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बएका छन् ।  विराटनगर विमानस्थलमा बिहिबार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए ।  नेता गच्छदारले सबै राजनीतिक दल र जनताको सहयोगमा २४० वर्ष लामो राजतन्त्र समाप्त गरी संघीय गणतन्त्र ल्याएको र यही सर्वमान्य व्यवस्था भएको बताए..

    कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार   सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ ।  बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।  बैठकले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । भ्रमण अपेक्षा अनुरुप..

    चिनियाँ टोली चितवनमा ! असार २८ गते एक जोडी गैँडा चीन पठाइने

    बिहिवार, आषाढ १४, २०७५ साल
    चितवन, १४ असार  नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न बिहिबार चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो ।  राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार जुलाई १२ अर्थात् असार २८ गते गैँडा पठाउने तयारी गरिएको छ..

    फाल्गुनन्दको केन्द्र विवाद , जनप्रतिनिधि संघर्ष समिति गठन गरी आन्दोलनमा

    बिहिवार, आषाढ १४, २०७५ साल
    पाँचथर, १४ असार  जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् ।  स्थानीय तहको निर्वाचन भएको ६ महिना बित्दासम्म केन्द्रको टुंगो नलागेपछि गत पुस १४ गते मतदान गरी फाल्गुनन्द–३ कोल्वुङका पक्षमा मत जाहेर गरेका जनप्रतिनिधिले गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा घुर्विसे पञ्चमीमै केन्द्र सञ्चालन गरिरहेको भन्दै आन्दोलित भएका हुन् ।  वडा नं..

    सरकारको गतिविधिले आशा र आशंका दुवै पैदा गर्छ : अध्यक्ष कमल थापा

    बिहिवार, आषाढ १४, २०७५ साल
    चितवन, १४ असार   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका छन् । मिडिया नेपाल चितवनले बिहिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाइ बहुमतको सरकारबाट अहिले जनाताले राजनीतिक स्थायित्व, विकास र समृद्धिको आशा गरेको भन्दै तर सरकारबाट दुई तिहाइ मतको दुरुपयोग गर्दै एक दलीय शासन पद्धति ल्याउने होकि भन्ने आशंका..

    धादिङमा पहिरोमा पुरिएर ५ को ज्यान गयो, मार्पाक र सत्यदेवीमा ५ घाइते, ९ घरमा क्षति

    बिहिवार, आषाढ १४, २०७५ साल
    मलेखु, धादिङ, १४ असार   उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइस्वाराँ र चिउरीखर्कमा गएराति पहिरो जाँदा दुई घरका पाँचजनाको ज्यान गएको छ ।  अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा सत्यदेवीको साइस्वाराँका राजु गोलेको घर पूर्णरुपमा क्षति पुगेको छ । घटनामा राजुकी श्रीमती ३६ वर्षीया बसोधा गुरुङ, छोरी १० वर्षीया लक्ष्मी गुरुङ र ५ वर्षीया सरस्वती गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी..

    धादिङको सदरमुकाम धादिङबेँशी लाई केन्द्रबिन्दु बनार ५ रेक्टरस्केलको भूकम्प

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार  बिहिबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ सदरमुकाम धादिङबेँशी केन्द्रबिन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।  भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, चितवन र राजधानीमा समेत महसुस गरिएको थियो । विसं २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको प्रमुख अधिकारीले बताए । ..

    सशस्त्र जनयुद्धको अनुभवि जननेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती आज मनाइँदै

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार  जननेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती बिहिबार मनाइँदैछ ।  भण्डारीको जन्मजयन्तीका अवसरमा बिहिबार मदन भण्डारी मेमोरियल फाउण्डेशनले आयोजना गर्ने ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठीलाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीनिकट अन्य संस्थाहरुले पनि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् ।  विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको..

    उत्तरी धादिङमा भीषण पहिरो, तीन जनाको मृत्यु, दुई बेपत्ता, सात घर पुरिए

    बिहिवार, आषाढ १४, २०७५ साल
    मलेखु, धादिङ, १४ असार : धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् ।  दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १०..

    सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा : गृहमन्त्री थापा

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार   गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताएका छन् ।  प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा नहाँले छानबिन जारी रहेकाले यथासमयमा यसबारे विस्तृत जानकारी आउने सदनलाई अवगत गराएका हुन् ।  सुन तस्करीमा उच्च राजनीतिक र प्रशासनिक क्षेत्रको संलग्नताबारे सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उनले उच्च निकायका व्यक्ति पनि अनुसन्धानको..

    व्यापार र पारवहन सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइयो : आपूर्तिमन्त्री यादव

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको जानकारी दिएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उनले सो मस्यौदामाथि आगामी जुलाई दोस्रो सातामा दुई पक्षीय वार्ता हुने जानकारी दिए ।  हालै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणका..

    प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन सकेन : मुख्यमन्त्री पोखरेल

    बुधबार, आषाढ १३, २०७५ साल
    बुटवल, १३ असार  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन नसकेको गुनासो गरेका छन् ।  बुधबार बुटवलमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुसँगको अन्तरक्रियामा उनले प्रशासनिक नेतृत्व आत्मकेन्द्रित छ भने ।  मुख्यमन्त्री पोखरेलले कर्मचारीको प्रादेशिक सांगठनिक स्वरुप निर्माण नभई उपलब्धि हासिल हुन नसक्नेमा जोड दिँदै संघीय प्रशासनमा व्यापक कटौती आवश्यक भएको धारणा व्यक्त गरे । उनले प्रदेशले चाहेको जनशक्ति..

    सुन तस्करी प्रकरण: छानबिन समितिको प्रधानमन्त्रीलाई ब्रिफिङ, ओलीले भने - 'कसैलाई नछाड्नु'

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार सुन तस्करीको अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको छ। प्रधानमन्त्री ओली चीन भ्रमण सकेर फर्किएलगत्तै प्रधानमन्त्री  निवास बालुवाटरमा समितिले सोमवार साँझ अहिलेसम्म भएका काम कारबाहीबारे जानकारी गराएको हो। प्रधानमन्त्री ओलीले टोलीले काम कारबाही बारे आफू सन्तुष्ट भएको भन्दै अनुसन्धानलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् । सनम शाक्य हत्या र ३३ किलो..

    बजेटप्रति असन्तुष्टि जनाउँदै विपक्षी बाहिरिए पनि प्रदेशसभा बैठक सञ्चालन

    बुधबार, आषाढ १३, २०७५ साल
    बुटवल, १३ असार  सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५-७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको छ ।  प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधमा मंगलबार स्थगित भएको प्रदेशसभा बैठक बुधबार भने विपक्षीबिना नै बसेको हो । सत्तापक्षले सहमतिमा आएर विनियोजन विधेयकमाथिको छलफलका लागि..

    भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट फरार कैदी सम्पर्कमा आउन थाले

    बुधबार, आषाढ १३, २०७५ साल
    चौतारा, १३ असार  गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीबन्दी धमाधम सम्पर्कमा आउन थालेका छन् ।  लामो समयसम्म सम्पर्कमा नआएपछि कैद भुक्तान हुन थोरै समय बाँकी रहेकलाई पनि ५० प्रतिशत थप सजाय गर्ने जिल्ला अदालत सिन्धुपाल्चोकले हालै निर्णय गरेपछि फरार कैदी बाध्य भएर सम्पर्कमा आउन थालेका हुन् ।  यसै साता पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका विशाल तामाङ सम्पर्कमा आएका छन् । बीस वर्ष कैद तोकिएका..

    एक महिनादेखि अवरुद्ध सिद्धिचरण लोकमार्गको कटारी–ठाँटी सडकखण्ड शुक्रबारदेखि सञ्चालन हुने

    बुधबार, आषाढ १३, २०७५ साल
    गाईघाट, उदयपुर, १३ असार  एक महिनादेखि यातायात अवरुद्ध हुँदै आएको सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–९ हर्देनीको ठाँटी सडकखण्डको अवरुद्ध सडक शुक्रबारदेखि सञ्चालन हुने भएको छ ।  कटारीस्थित ठाँटीमा पटक–पटक पहिरो जाने भएको र सडक भत्किएर जीर्ण बनेपछि उक्त सडकखण्ड मर्मत कार्य शुरु भएको कुरा सडक डिभिजन कार्यालय सिरहा लाहानका इन्जिनियर चित्र रञ्जनले बताए ।  अब सडक मर्मत कार्य पूर्णरुपमा पूरा भइसकेको र करीब रु..

    अविरल वर्षासँगै भोटेकोशीमा आएको बाढीले ९० लाखको क्षति

    बुधबार, आषाढ १३, २०७५ साल
    चौतारा, १३ असार  अविरल वर्षासँगै भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले निर्माण कार्यमा प्रयोग भइरहेको करीब रु ९० लाख मूल्यबराबरका मेशिनरी औजार बगाएको छ ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित नौ किलोमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण कार्यमा प्रयोग भइरहेका मेशिनरी सामान बगाएको सशस्त्र सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक हजारीलाल जैसवालले जानकारी दिए ।  बुधबार बिहान ३ बजे..

    भौतिक संरचनाको अभाव हुदा सुन्धारास्थित कारागारमा क्षमता भन्दा दोब्बर बन्दीकैदी

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार  सुन्धारास्थित कारागार कार्यालय, जगन्नाथ देवलको क्षमताभन्दा बढी कैदी रहेको पाइएको छ ।  महान्यायाधिवक्ताको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले गरेको अनुगमनमा उक्त कारागारमा क्षमताभन्दा बढी कैदी रहेको पाइएको हो ।  कारागारका प्रमुख गणेशप्रसाद भट्टराईले भौतिक संरचनाको अभावमा कारागारमा रहेका बन्दीलाई सुविधा दिन नसकिएको बताए । उनले प्रहरी अनुसन्धान र न्याय दिन ढिलो हुने गरेकाले बन्दीलाई समस्या भएको बताए।  विसं १९७१..

    अब मुुलुक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गर्यो : प्रधानमन्त्री ओली (तस्वीर सहित)

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार   प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।  हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णाेद्वार सम्पन्न गद्दी बैठक भवनको उद्घाटनका क्रममा बुधबार उनले उक्त क्षेत्र नेपालको पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्वको भएको बताए ।  प्रधानमन्त्री ओलीले विश्वसम्पदा सूचीको सो भवनको जीर्णोद्वारका लागि सहयोग गरेकामा यहाँस्थित सुंयुक्त राज्य अमेरिकाको राजदूतावासमार्फत अमेरिकी..

    संघ, प्रदेश र स्थानीय तहबीचमा समन्वय आवश्यक : मन्त्री पण्डित

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार   संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएमा मात्र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्ति हुने बताएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत उठाउएका प्रश्नको जवाफ दिँदै उनले भने, “संवैधानिक व्यवस्था, निर्वाचनका समयमा जनतासामु गरिएका प्रतिबद्धता र दिगो विकासका लक्ष्यका आधारमा विकासका योजना तर्जुमा गरिएको छ ।”  मन्त्री पण्डितले..

    'विश्वविद्यालय पहुँचका आधारमा स्थापना नहुने, चुरोट पसलजस्तै खोल्ने परम्परा अन्त्य गर्न माग'

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा विस्तारका लागि सरकारले उच्च प्राथमिकता दिएको र सबै प्रदेशमा उच्च प्राविधिक शिक्षालय स्थापना कार्य अगाडि बढाइएको जानकारी दिएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूकोे प्रश्नका जवाफ दिँदै उनले यसपटक शिक्षा क्षेत्रमा कूल बजेटको १०.२३ प्रतिशत विनियोजन भएको छ भने ।  उच्च शिक्षा आयोग गठन भइसकेको, सामुदायिक विद्यालयको क्षमता विस्तारमा..

    गुणस्तरहीन सामान उत्पादन गरेको पाइएपछि ११ उद्योगमा शिलबन्दी

    बुधबार, आषाढ १३, २०७५ साल
    वीरगञ्ज, १३ असार  क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ ।  प्रदेश नं २ को आठ जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, हेटौँडा र चितवन कार्य क्षेत्र रहेको सो कार्यालयले ५७२ वटा उद्योगको नमूना संकलन गर्दा ५१५ उद्योगले गुणस्तरहीन सामान उत्पादन गरेको..

    जलेश्वरका ७ वडाध्यक्ष आन्दोलनमा, नगरपालिकामा करोडौँको भष्ट्राचार गराइरहेको आरोप

    बुधबार, आषाढ १३, २०७५ साल
    गौशाला, १३ असार   महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् ।  जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव र १० का विकाउ दास आन्दोलनमा उत्रेका छन् ।  उनीहरुले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै आफूहरु नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग,..

    बजेटमाथि सांसद्हरुको प्रश्नमा १२ विभागीय मन्त्रीहरुले जवाफ दिने

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार  विनियोजन विधेयकको विभिन्न मन्त्रालयगत शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा बुधबार १२ विभागीय मन्त्रीले जवाफ दिनेछन्। बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। मंगलबारबाट जवाफ दिने क्रम सुरु भएको हो । मंगलबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, कानुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएका छन्। मंगलबारबाट जवाफ दिने क्रम सुरु भएको हो..

    कर्णाली प्रदेशका युवालाई क्षमताअनुसारको काम दिन्छौँ : मुख्यमन्त्री शाही

    मंगलवार, आषाढ १२, २०७५ साल
    सुर्खेत, १२ असार   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका युवालाई क्षमताअनुसारका काम दिने बताएका छन् ।  लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, “युवा बेरोजगार संख्या बढ्दो छ । बेरोजगारकै कारण युवा लागुऔषध दुव्र्यसनीमा फस्दा सरकारलाई झनै ठूलो चुनौती थपिएको छ ।”  सम्पूर्ण युवाको तथ्याङ्क संकलन गरी उनीहरुको सीप तथा क्षमताका आधारमा काम दिने..

    'प्रचण्ड' नेपाल कहिले फर्कन्छन् ? पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौं, १२ असार  बिगत ९ महिना देखि नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संचार माध्यममा कतै देखिएका छैनन् । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर भएका प्रचण्ड अझै एकसाता त्यहाँ बस्ने भएका छन् । प्रचण्ड र सीतासँगै गएकी प्रचण्ड पुत्री गंगा दाहालले आमाको स्वस्वाथ्यमा सुधार आएको र अझै एक साता सिंगापुर बसाई रहने बताएकी छिन् । प्रचण्ड असार ३ गते पत्नी..

    लागुऔषधविरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री थापा

    मंगलवार, आषाढ १२, २०७५ साल
    ललितपुर, १२ असार   गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन् ।  मंगलबार ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तरदेखि नै लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकैरुपमा शुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गरे ।  “राजनीतिक उपलब्धि हासिल गर्न जसरी दलहरुले..

    सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने : खानेपानी मन्त्री बिना मगर

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौँ, १२ असार  खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताएकी छिन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत खानेपानी मन्त्रालयमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले संविधानप्रदत्त स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रभावकारीरुपमा लागिपरेको बताईन् ।  मन्त्रालयलाई आगामी वर्ष करीब रु ३४ अर्ब बजेट उपलब्ध भएको जानकारी दिँदै उनले तराई..

    वीरगञ्जमा नीति तथा कार्यक्रम पारित हुन नसक्दा विकास निर्माणको काम प्रभावित हुने

    मंगलवार, आषाढ १२, २०७५ साल
    वीरगञ्ज, १२ असार  वीरगञ्ज महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित हुन नसक्दा विकास निर्माणको काम प्रभावित हुने भएको छ ।  बन्दसत्रमा १६२ सदस्यमध्ये ११९ सदस्यले बहिष्कार गरेपछि हालसम्म परिषद् बैठक स्थगित छ । जिल्लाको अधिकांश नगरपालिका र गाउँपालिकाको परिषद् सम्पन्न भइसके पनि वीरगञ्जको परिषद् सदस्यको बहिष्कारका कारण नीति तथा कार्यक्रम पारित हुन नसकेको हो ।  महानगरपालिकाको वडाध्यक्षले पाउने सेवा सुविधा जस्तै आफूहरुले पनि..
    Weather Forecast