बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक नगेन्द्र शर्माको उपचारका क्रममा निधन

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ २५ फागुन  गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ ।  मृर्गौला रोगबाट पीडित शर्माको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उनको परिवारले जनाएको छ ।  विसं २०४१ मा शर्मा संस्थानको महाप्रबन्धक बनेका थिए ।  उनका  एक छोरा र एक छोरी छन् ।  ..

    पूर्वी पृतनामा भूपूहरुको परेड, नेपाली सेना सबैको भरोसाको केन्द्र रहेको प्रधानसेनापतिको भनाई

    शुक्रबार, फागुन २५, २०७४ साल
    इटहरी, २५ फागुन निकै उत्साह र फूर्तिकासाथ आज नेपाली सेनाको पूर्वी पृतनामा भूपू सैनिकले बहालमै रेहेको झ–झल्को दिने गरी कवाज (परेड) प्रस्तुत गरेका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा इटहरीको मैदानमा आयोजना गरिएको भूपू सैनिक सम्मेलनका क्रममा १०१ भूपू सैनिकले फूर्तिका साथ कवाज प्रस्तुत गरेका थिए । सो अवसरमा प्रधानसेनापति क्षत्रीले नेपाली सेना सबैको आस्था र भरोसाको केन्द्र्र रहेको बताउँदै..

    कृष्णबहादुर महरा सभामुखमा निर्विरोध, शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा औपचारिक घोषणा गरिने

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध भएका छन् । सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध  भएका संघीय संसद् सचिवालयले जनाएको छ । यद्यपि उनी निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ । नेकपा(एमाले)का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा उनले..

    राष्ट्रियसभाका तीन सदस्यद्वारा शपथ, राष्ट्रपति निर्वाचनमा मतदान गर्न भने नपाउने

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन्  । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले शुक्रबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा. युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराएकी हुन् । नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था रहेको छ । यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत शपथमा रोक लगाएका कारण यही..

    मुख्यमन्त्री शेरधन राईद्वारा प्रदेश नं १ को मुख्य न्यायधिवक्तामा चुडामणि आचार्य सिफारिस

    शुक्रबार, फागुन २५, २०७४ साल
    विराटनगर २५ फागुन मुख्यमन्त्री शेरधन राईले प्रदेश नं–१ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गरेका छन्  । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।  मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीशसरह मर्यादा र सुविधा पाउने मुख्य..

    भूगर्व विभागले खानी उत्खननका लागि अध्ययन गर्ने, अध्ययनका लागि तीन करोड ९० लाख बजेट विनियोजन

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन खानी तथा भूगर्व विभागले मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्नेभएको छ । लामो समयदेखि खानीको अध्ययन र उत्खनन गर्दै आएको विभागले मुलुकको विभिन्न क्षेत्र गरी सात चरणमा गरिने उक्त भौगर्भिक अध्ययनका लागि रु. तीन करोड ९० लाख बजेट विनियोजन गरिएको छ । पहिलो चरणमा अछाम, बझाङ, कालिकोट र बाजुरा, दोस्रोमा रुकुम, रोल्पा, प्यूठान र बागलुङ, तेस्रोमा..

    प्रदेश नं ३ मा व्यावहारिक भएर न्याय सम्पादन गर्न मुख्यमन्त्री पौडेलको आग्रह

    शुक्रबार, फागुन २५, २०७४ साल
    हेटौंडा २४ फागुन ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायमा गठित न्यायिक समितिका पदाधिकारीलाई निष्पक्ष, व्यावहारिक र विवेकशील भएर न्याय सम्पादन गर्न आग्रह गरेका  छन् ।  जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज यहाँ आयोजित स्थानीय तहका उपप्रमुख सम्मिलित न्यायिक समितिका पदाधिकारीका लागि आयोजित तीनदिने कानुनी प्रशिक्षणको उद्घाटन गर्दै उनले जनताको हितमा फैसला गर्दा संघीयताप्रति जनआस्था वृद्धि हुनेतर्फ सबैको ध्यानाकर्षण गरे  ।  पूर्वन्यायाधीश..

    प्रतिनिधिसभाको सभामुख उम्मेदवारी दर्ता: काँग्रेसले उम्मेदवारी नदिने

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन : नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पारे । केही बेरअघि नेकपा..

    वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने : नगरप्रमुख पाण्डे

    शुक्रबार, फागुन २५, २०७४ साल
    तुलसीपुर, दाङ, २५ फागुन ।  तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर–१२, रझेनामा रहेको केशव झुपा वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।  बिहीबार रझेनास्थित वृद्धाआश्रमको स्तरोन्नतिका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन समारोहलाई सम्बोधन गर्दे पाण्डेले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्  ।  नगरप्रमुख पाण्डेले वृद्धाश्रमको स्तरोन्नतिका लागि उपमहानगरपालिकाले गर्नसक्ने जुनसुकै सहयोग गर्न आफू तत्पर रहेको पनि बताए  ।..

    रोल्पामा महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी

    शुक्रबार, फागुन २५, २०७४ साल
    लिबाङ, रोल्पा, २५ फागुन ।  रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्यो ।  ज्वाइँले दोस्रो विवाह गरेर छोरीलाई दुःख दिएको भन्दै ७० वर्षीया वृद्ध आमा ३८ वर्षीय छोरी र १ वर्षकी नातिनी काखमा च्यापेर न्यायको ढोका ढक्ढकाउन प्रहरी कार्यालय, रोल्पामा आइपुग्नु भएको थियो । वृद्ध आमाको बिलौना सुन्दा..

    सिन्धुलीमा बजारदेखि गाउँसम्म हात्ती आतंक, स्थानीयबासी आजित

    शुक्रबार, फागुन २५, २०७४ साल
    सिन्धुली, २५ फागुन ।  सिन्धुलीमा झण्डै एक महिनादेखि जंगली हात्ती मानवीय बस्ती नजिक बसोबास गर्दा सर्वसाधारण त्रसित बनेका छन् ।  दिनभर जंगलमा बसोबास गर्ने र रातको समयमा मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण त्रसित बनेका हुन् । रातको समयमा जंगल र साँझ परेपछि मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण हात्तीको डर त्रासमा नै रातभर जाग्राम बस्न बाध्य रहेका छन् ।  बिहीबार बिहान सिन्धुलीको बजार क्षेत्रमा..

    राष्ट्रिय प्रकृति संरक्षण कोष मकवानपुर र गोरखामा सालकको सर्वेक्षण गर्दै

    शुक्रबार, फागुन २५, २०७४ साल
    रत्ननगर, चितवन, २५ फागुन राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर, चितवनले अतिसंकटापन्न अबस्थामा पुगेको स्तनधारी वन्यजन्तु सालकको मकवानपुर र गोरखामा समेत अध्ययन थालेको छ ।  मकवानपुरको रानीवन सामुदायिक वनबाट बिहीबारदेखि सालकको अध्ययन थालेको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए  । यसअघि फागुन ९ गतेदेखि चितवनमा शुरु भएको अध्ययन बिहीबार मकवानपुरसँगै गोरखामा समेत थालिएको भट्टराईले जानकारी दिए  । गोरखामा भने मिरकोट सामुदायिक वनमा..

    तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित 'सोल्मा'का अग्निपीडितलाई राहत वितरण

    शुक्रबार, फागुन २५, २०७४ साल
    तेह्रथुम, २५ फागुन ।  तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सोल्माका अग्नीपीडितलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत वितरण गरेको छ ।  समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालसहितको टोलीले बिहीबार आगलागीस्थलको अवलोकनसमेत गर्दै पीडित परिवारलाई नगद रु २० हजार तथा अत्यावश्यक खाद्यान्नका सामग्री वितरण गरेको हो ।  मंगलबार दिउँसो भएको आगलागीबाट छघर पूर्णरुपमा जलेर नष्ट भएका थिए तर पूर्णरुपमा विस्थापित तीन परिवारलाई मात्रै तत्काल राहत वितरण..

    प्रदेश नं ४ का मुख्यमन्त्री गुरुङ आज प्रदेशसभाबाट विश्वासको मत लिंदै

    शुक्रबार, फागुन २५, २०७४ साल
    पोखरा, २५ फागुन।  प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएको छ ।  आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए  ।  संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । गत माघ २८ गते..

    महरालाई सभामुखको उम्मेदवार बनाउने माओवादीको निर्णय, शुक्रबार दिउँसो १ बजेसम्मका उम्मेदवारी दर्ता हुँदै

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाको सभामुख पदका लागि नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।   सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा शुक्रबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिईन । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरालाई सत्तारुढ वाम गठबन्धनको समर्थन हुनेछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार..

    प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदै

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन : प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।  संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारीको सूचना दर्ता हुनेछ ।  सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सभामुखको उम्मेदवारी दर्ता गराइनेछ । सत्तारुढ वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) ले सो पदमा..

    अध्यक्ष दाहालद्वारा नारायणहिटी परिसरमा निर्मित गणतन्त्र स्मारकको अवलोकन

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बिहीबार साँझ नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारकको अवलोकन गरेका छन् ।  स्मारकको अवलोकनपछि उनले आफू प्रधानमन्त्री हुँदा यही परिसरभित्रै स्मारक बनाउनुपर्छ भनी ल्याएको अवधारणाले अहिले मूर्त रुप पाउँदा खुशी लागेको बताए ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण..

    फागुन २५ र २६ गते नेपाल बन्द भन्दै अफबाह फैलाउने रञ्जित गुरुङ न्युरोडबाट पक्राउ

    बिहिवार, फागुन २४, २०७४ साल
    २४ फागुन, काठमाडौं । फागुन २५ र २६ गते बन्द आव्हान गर्ने ‘पुर्व जनमुक्ति सेना रञ्जित गुरुङ समुह’का अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् ।  गुरुङलाई काठमाडौको न्युरोडबाट पक्राउ गरेको प्रहरीको भनाई छ  ।  महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले गुरुङ पक्राउ परेका पुष्टि गरेका हुन् ।  गुरुङले धाक र धम्की दिएर चन्दा असुल्ने काम समेत पाइएको छ । गुरुङ तत्कालिन माओवादीका..

    कर्णाली प्रदेशसभा नियमावली प्रतिवेदन हस्तान्तरण, नियमावली प्रतिवेदनमा २६ परिच्छेद र आठवटा अनुसूची

    बिहिवार, फागुन २४, २०७४ साल
    सुर्खेत, २४ फागुन कर्णाली प्रदेशसभा नियामवली, २०७४ मस्यौदा समितिले बुधबार सभामुख राजबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रदेशसभा सदस्य सीता नेपालीको संयोजकत्वमा गठित आठ सदस्यीय मस्यौदा समितिले सभामुख शाहीलाई बुधबार साँझ प्रतिवेदन बुझाएको हो । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलसहितको उक्त समितिले चारवटा समिति र तिनको कार्य क्षेत्रसमेत तोकिएको प्रतिवेदन बुझाएको हो । नियमावली प्रतिवेदनमा २६..

    “अब कोही भोको परेर मर्दैन, मर्यो भने यसको जिम्मेवारी सरकारले लिन्छ” : प्रधानमन्त्री ओली

    बिहिवार, फागुन २४, २०७४ साल
    २४ फागुन, काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अब कुनै पनि नेपाली भोकै पर्न नपर्ने अभिव्यक्ति दिएका छन् । बिहिवार भृकुटीमण्डपमा आयोजित अन्तरार्ष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानजमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । आफुहरुले विकास र समृद्धिलाई मध्य नजर गर्दै नयाँ नारा अगाडी ल्याएको जसअनुसार अव कुनै नेपाली भोको हुननपर्ने र यसको जिम्मेवारी सरकारले लिने बताएका छन् । प्रधानमन्त्री ओलीले..

    ‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’ : गृहमन्त्री थापा

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौँ, २४ फागुन  । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अध्यागमन विभाग र सो अन्तर्गतका कार्यालयका कमी कमजोरी हटाई तत्काल सुधारको काम अघि बढाउन निर्देशन दिएका छन्  ।  आज यहाँ अध्यागन विभागको निरीक्षणपछि गृहमन्त्री थापाले अध्यागमनका केही कर्मचारीको मिलेमतोमा अवैध काम हुने गरेको भनिआएका नकारात्मक टिप्पणीहरु अन्त्य हुने गरी काम गर्न निर्देशन दिए  ।  अध्यागमनकोे छविमा केही दिनभित्रै सुधार देखिने गरी कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेमा उनले जोड..

    एमाले–माओवादीबीचको पार्टी एकता घोषणा आगामी चैत २२ गते

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौँ,फागुन २४ । प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचनको मुखैमा आएर गठबन्धन गरेका दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रले अब चाँडै नै पार्टी एकताको औपचारिक घोषणा गर्ने भएका छन् । यसअघि देखि नै कार्यदल बनाएर गृहकार्यमा जुटेका बाम गठबन्धनका यी दुई दलले आगामी चैत २२ गते एकता घोषणाका लागि साइत जुराएका हुन् । एकताका लागि लगभग सबै कुरा मिलिसकेको दाबी..

    १०८ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा पदयात्रा सम्पन्न

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौँ, २४ फागुन ।  एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा आज पदयात्रा गरिएको छ ।  महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, रक्षा नेपाल लगायतका संघसंस्थाद्वारा आयोजित भृकुटीमण्डपबाट शुरु भएको पदयात्रा भद्रकाली मन्दिर, शहीद ढोका, नयाँ बाटो हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको हो । र्यालीमा सहभागीले ‘महिला हिंसा अन्त्य गरौँ’, ‘मानव बेचबिखनरहित समाज निर्माण गरौँ’ र ‘घर शान्ति नै..

    झापामा स्वेच्छिक अवकाश लिने कर्मचारीको लर्को, २२९ जनाले दिए एकै पल्ट आवेदन

    बिहिवार, फागुन २४, २०७४ साल
    भद्रपुर, २४ फागुन ।  स्वेच्छिक अवकाशका लागि झापामा २२९ जना कर्मचारीले आवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले निजामती सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाश लिने बाटो खुला गरेपछि सो आवेदन परेको हो ।  अवकाशका लागि आवेदन दिनेमा जिल्ला जनस्वास्थ्य कार्यालयका सबैभन्दा वढी ४३ जना रहेका छन् भने यसपछि हुलाकका कर्मचारी छन् । अवकाश लिने कर्मचारीलाई सात वर्षको पेन्सन रकम अग्रिम उपलब्ध गराइदिने..

    इन्डोनेशिया पुगेका डा बाबुराम भट्टाराईले भने - इतिहासको फैसला मान्न एकदिन सबैलाई कर लाग्छ..

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौँ, फागुन २४ । आज मातृभूमि नेपालबाट हजारौं माइल टाढा हिन्द र प्रशान्त महासागरको सीमामा अवस्थित प्राचीन सभ्यताको धनी टापू बालीमा उभिएर घोत्लिदा प्राप्त गरेका अनुभूतिहरू सबैसंग बाँड्ने अनुमति चाहन्छु। एउटा मध्ययुगीन गाउँको गोठालोबाट देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरिसकेको मान्छे ६४ बर्षको उमेरमा सबैथोक त्यागेर किन भौंतारिएको होला? के ऊ बौलाएकै हो? कि ऊ अमुक शक्तिको गोटी बनेर देश र जनतालाई..

    सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढे मात्र सरकारमा जाने : महतो

    बिहिवार, फागुन २४, २०७४ साल
    राजविराज, सप्तरी, २४ फागुन : राष्ट्रिय जनता पार्टी (राजपा) मण्डलका अध्यक्ष राजेन्द्र महतोले सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढेमात्र आफूहरु सरकारमा जाने बताएका छन् ।  गत वर्ष प्रहरीद्वारा मारिएका पाँच जना शहीदको सम्झानामा सप्तरीको राजविराजस्थित मलेठमा बुधबार आयोजित प्रथम पुण्यतिथि तथा श्रद्धाञ्जलिसभामा उनले सो कुरा बताएका हुन् ।  ठूला पार्टीले बनाएको संविधान त्रुटिपूर्ण रहेकाले मधेशी, दलित, पिछडिएका वर्ग, मुस्लिम, महिला लगायतको अधिकार..

    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौँ, २४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताउनु भएको छ ।  प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको उल्लेख छ ।  सन्देशमा भनिएको छ, “विभिन्न खालका कूरीति अन्त्यका लागि..

    “प्रदेश नं २ लाई सुशासन र समृद्धिको प्रदेश बनाउँछु”– मुख्यमन्त्री राउत

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ, २३ फागुन : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नं प्रदेशलाई सुशासन र समृद्धिको प्रदेश बनाउने बताएका छन् ।  रिपोटर्स क्लब नेपालद्वारा यहाँ आयोजित साक्षात्कारमा मुख्यमन्त्री राउतले शासक नभई सेवकका रुपमा प्रदेश नं २ का जनताको शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।  “प्रदेश नं २ मा कृषि विकासको ठुलो सम्भावना छ त्यसका लागि समयमै मल..

    सरकारद्वारा मनोनीत राष्ट्रियसभाका ३ सदस्यको शपथ लिने बाटो खुल्यो

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ, २३ फागुन : वर्तमान सरकारद्वारा मनोनीत तीन राष्ट्रियसभा सदस्यलाई शपथ लिन बाटो खुला भएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने आदेश जारी गरेपछि राष्ट्रियसभाका तीन सदस्यलाई शपथ लिन बाटो खुलेको हो ।  अदालतको आदेशपछि राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौडेललाई शपथ लिन रहेको..

    साझाद्वारा अपाङ्गमैत्री बस सञ्चालन, विद्युतीयसहित २४ वटा बस सञ्चालन गर्ने तयारी

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ, २३ फागुन साझा यातायात सहकारी संस्था लिमिटेडले उपत्यकामा बुधबार देखि अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बस सेवा (सेमी लो–फ्लोर) को बुधबार संयुक्त रुपमा प्रारम्भ गरे । उक्त बस लगनखेल, पाटन अस्पताल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पताल, वीर अस्पताल, जमल लैनचौर, लाजिम्पाट, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, गङ्गालाल हुँदै न्यूरो अस्पतालसम्म..
    Weather Forecast