मंगलवार, चैत्र २५, २०७६

    राज्य-समाज

    अध्यक्ष दाहालद्वारा स्वास्थ्यलाभको कामना, सहयोगका लागि आवश्यक पहल गर्ने आश्वासन

    आईतवार, श्रावन २७, २०७५ साल
    रत्ननगर, २७ साउन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनका पुराना कम्युनिष्ट नेता भुवानीप्रसाद पौडेलसँग भेटघाट गरी स्वास्थ्यलाभको कामना गरेका छन् ।  चार महिनादेखि अन्न नलीको क्यान्सर भएर स्वास्थ्योपचार गरिरहेका भरतपुर नगरपालिका–१० स्थित सिर्जनाचोकमा बस्दै आएका ७० वर्षीय पौडेललाई आईतबार भेटघाट गरी अध्यक्ष दाहालले सरकारी सहयोगका लागि आवश्यक पहल गर्ने आश्वासन दिए ।  विसं २०३४ मा नेकपाको सदस्यता लिएका पौडेललाई २०३६-३७ सालतिर..

    लोकतान्त्रिक पद्धतिबाट गठन भएको सरकारविरुद्ध भ्रम फैलाउनुको कुनै औचित्य छैन : परराष्ट्रमन्त्री

    आईतवार, श्रावन २७, २०७५ साल
    काठमाडौँ, २७ साउन  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षी दलले अधिनायकवादको कृत्रिम हल्ला फैलाएर सरकारविरुद्ध जनतामा भ्रम फैलाउने प्रयास गरेको आरोप लगाएका छन् । भक्तपुरमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा तातो चियाको बाफ उडे जस्तै कृतिम हल्ला उडेको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने बताए । प्रतिपक्षी दलले फैलाएका कृत्रिम हल्लाले सरकारलाई कुनै असर नपार्ने उनको भनाइ थियो । सरकारको काममा ढिलाई भन्दै गरिएको आलोचनालाई सरकारले..

    पहिलो वर्षमै कर वृद्धि र खर्च गर्नमा नहतारिन अर्थमन्त्री खतिवडाको आग्रह

    आईतवार, श्रावन २७, २०७५ साल
    काठमाडौँ, २७ साउन  अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेश र स्थानीय तहलाई कर र खर्चका बारेमा संयमित हुन आग्रह गरेका छन् ।  आन्तरिक राजश्व विभागले यहाँ आईतबार आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले वित्तीय सङ्घीयता कार्यान्वयनको सुरुआती चरणमा मात्र भएकाले पहिलो वर्षमै कर वृद्धि र खर्च गर्नमा नहतारिन आग्रह गरे ।  “प्रदेश र स्थानीय तहको जथाभावी कर सङ्कलनले नकारात्मक असर पर्छ यसमा..

    प्रतिनिधिसभा : सङ्घर्षरत प्रथम संसद्का भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित

    आईतवार, श्रावन २७, २०७५ साल
    काठमाडौँ, २७ साउन  प्रतिनिधिसभाको आईतबारको बैठकले लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि सङ्घर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।  बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उनको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । उनि विसं २०१५को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्का तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका..

    नेपालमा चीनको बढ्दो प्रभावले भारतलाई कुनै फरक पर्दैन : प्रधानमन्त्री मोदी

    आईतवार, श्रावन २७, २०७५ साल
    नयाँदिल्ली, २७ साउन  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतका जनताबीचकाे सम्बन्धमा चीनको बढ्दो प्रभावले कुनै प्रभाव नपर्ने दाबी गरेका छन् ।  नेपाललगायत भारतका छिमेकी मुलुकमा चीनको बढ्दो उपस्थितिका बारेमा धारणा राख्दै अन्तर्वार्तामा उनले भनेका छन्, ‘नेपालसँगको सम्बन्ध भगवान राम, माता सीता र बुद्धको जमानाको हो ।’ पछिल्लो समय सुरक्षा, व्यापार, लगानी र विकासलगायत क्षेत्रमा गरिएको बलियो साझेदारीले त्यो सम्बन्धलाई थप सुदृढ..

    नागरिकहरु सिंहदरबार धाउने क्रम अझै जारी, दैनिक २ हजार ५ सय भन्दाबढी मानिस प्रवेश

    आईतवार, श्रावन २७, २०७५ साल
    काठमाडौँ, २७ साउन  संविधानअनुसार सिंहदरबारको अधिकार गाउँ गउँमा पुगे पनि नागरिकहरु भने सिंहदरबार धाउने क्रम घटेको छैन । सिंहदरबारमा दैनिक २ हजार ५ सय भन्दाबढी मानिस प्रवेश गर्ने गरेका छन् । विकास निर्माणको योजनाको र सरुवा बढुवाको काम लिएर नागरिकहरु सिंहदरबार धाउने क्रम अझै जारी छ ।सिंहदरबारमा रहेका चार वटै गेटबाट दैनिक २ हजार ५ सय मानिस प्रवेश गर्ने गरेको महानगरीय सुरक्षा..

    महोत्तरी जिल्लाका निर्वाचन अधिकारी पिङ्की रायप्रति श्रद्धाञ्जली अर्पण

    आईतवार, श्रावन २७, २०७५ साल
    बर्दिवास, २७ साउन  जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पिङ्की रायको निधनले यहाँ शोक छाएको छ । भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार ३७ वर्षको अल्पायुमै निधन भएकी रायको पार्थीव शरीरमा आईतबार बिहान जलेश्वरमा जिल्लाका राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल र सामाजिक सङ्घ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् ।  रायको पार्थीव शरीर जिल्ला निर्वाचन कार्यालय..

    विश्व बैंकले नेपाललाई दिने सहायता रकममा दोब्बरले वृद्धि गर्नेछ - अर्थमन्त्री खतिवडा

    शनिबार, श्रावन २६, २०७५ साल
    काठमाडौँ, २६ साउन  विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट शनिबार स्वदेश फर्केपछि अर्थमन्त्री डा युवराज खतिवडाले त्यस्तो जानकारी दिएका हुन् ।  सो बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत थप सहायता रकम उपलब्ध हुनलागेको हो । अमेरिकाबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार..

    बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका लागि एक दिवसीय विशेष बैठक जारी

    शनिबार, श्रावन २६, २०७५ साल
    काठमाडौँ, २६ साउन  समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिकवृद्धि र सामाजिक समृद्धि संयुक्तरूपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को विशेष बैठक राजधानीमा जारी छ ।  व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि, पूर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासका निम्ति २० वर्षअघि..

    गाउँसभाको दुई तिहाई बहुमतबाट ६ स्थानीय तहको केन्द्र परिवर्तन

    शनिबार, श्रावन २६, २०७५ साल
    काठमाडौँ, २६ साउन  सरकारले छ वटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ ।  गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ उपदफा (३) बमोजिम सम्बन्धित गाउँसभाको..

    प्रदेश सभाहल नै चुहिन थाल्यो, सदस्यहरु बैठकमा जोगिएर बस्नुपर्ने अवस्था

    शनिबार, श्रावन २६, २०७५ साल
    सुर्खेत, २६ साउन  सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ ।  अलि बढी पानी पर्ने बित्तिकै सभाहल चुहिन थाल्छ । हल चुहिँदा प्रदेशसभा सदस्यहरु बैठकमा जोगिएर बस्नुपर्दछ । राजधानी सुर्खेतजस्तो ठाउँमा सभा भवन नै चुहिने भएपछि सबैलाई लज्जित बनाएको छ । यसो हुनुमा गुणस्तरहीन भवन, नियमित मर्मत् सम्भार नहुनु र घर पुराना हुँदै..

    अब हामी सबै मिलेर देश बनाउने संकल्प गरौं : मन्त्री बाँस्कोटा [तस्विर सहित]

    शनिबार, श्रावन २६, २०७५ साल
    बनेपा, २६ साउन   सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताएका छन् ।  शनिबार काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था ललितपुरको संयुक्त आयोजनामा भएको प्राथमिक स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले समृद्धिका लागि गरिबीविरुद्ध लड्नुपर्ने समय आएको बताए ।  उनले राष्ट्रले लिएको समृद्धिको अभियानलाई साकार तुल्याउन स्वदेशी तथा विदेशी सहयोगी..

    अध्यक्ष प्रचण्ड भन्छन् - जनता र सांसदको चिन्ताप्रति समीक्षा भइरहेको छ

    शनिबार, श्रावन २६, २०७५ साल
    रत्ननगर, २६ साउन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र सांसदले देखाएको चिन्ता र गुनासोप्रति सरकार र पार्टीले गम्भीर समीक्षा गरिरहेको बताएका छन् ।  चितवनको भरतपुर विमानस्थलमा शनिबार प्रेस सेन्टर र प्रेस चौतारी नेपालको संयुक्त पत्रकार भेटघाटका क्रममा उनले आएका गुनासोलाई सम्बोधन गरिने आश्वासन दिए । अध्यक्ष दाहालले सरकारको कामको बेलाबेलामा समीक्षा गर्दै जनआवाजलाई सम्बोधन गर्दै जानु पार्टी र..

    हनुमन्ते नदी सफाइबाट १६ टन फोहर संकलन, ५७० जनाको सहभागिता

    शनिबार, श्रावन २६, २०७५ साल
    भक्तपुर, २६ साउन  भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको शनिबार २४औ हप्तामा १६ टन फोहर संकलन गरिएको छ । मध्यपुृरथिमि नगरपालिकाको कौशल्टारदेखि लोकन्थलीसम्मको क्षेत्रमा भएको सरसफाइको शनिबार कलाकार दीपाश्री निरौलाले शुभारम्भ गरे ।  कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहर फाल्नेलाई कडा कारबाही गर्न नगरपालिकाले ठोस कार्यक्रम बनाउनुपर्ने विचार व्यक्त गरे ।  सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानमा जिल्लाका विभिन्न संघसंस्था, नगरपालिका,..

    निरन्तरताको क्रमभंगता : सबै असारे योजनाहरू रोक्ने तुलसीपुर उप-महानगरपालिकाको निर्णय

    शनिबार, श्रावन २६, २०७५ साल
    तुलसीपुर, २६ साउन : तुलसीपुर उपमहानगरपालिकाले असार महिनामा योजना सम्पन्न गर्ने प्रवृत्ति अन्त्य गर्ने निर्णय गरेको छ ।  अधिकांश बजेटको कार्यान्वयन असारमा हुने र आर्थिक वर्षको अन्तमा विकास र निर्माणका कार्यमा तदारुकता देखाउने गरेकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो । “पैसा फ्रिज हुन नदिनका लागि मात्रै योजना सम्पन्न गर्ने प्रवृत्तिको हामीले अन्त गर्न खोजेका हौँ ।”, उपमहानगरप्रमुख घनश्याम पाण्डेले भने ।  उनले..

    नेपाल-भारत सीमा क्षेत्र : के अब नेपाली नागरिकहरू नलुटिएलान् !

    शनिबार, श्रावन २६, २०७५ साल
    काठमाडौँ, २६ साउन । दुई देशका नागरिकहरूले आवतजावत गर्न प्रयोग गर्ने मुख्य नाकाहरूमा चाडपर्वका बेला सहायताकक्ष राख्न नेपाल र भारतका सुरक्षा अधिकारीहरू सहमत भएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रवार सम्पन्न सुरक्षा सहयोगसम्बन्धी तेस्रो बैठकमा सहायताकक्ष राख्ने विषयमा सहमति भएको अधिकारीहरूले बताएका छन्। दुई देशका सुरक्षा अधिकारीहरूबीच यस्तो सहमति पहिलो पटक भएको हो। सहमतिअनुसार चाँडै नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलले..

    केही समय लाग्छ तर देशको आर्थिक अवस्थामा छिट्टै सुधार हुन्छ : प्रधानमन्त्री

    शनिबार, श्रावन २६, २०७५ साल
    काठमाडौँ, २५ साउन  प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार प्रदेश नं ५ का सांसदसँगको छलफलमा उनले भने, “वर्तमान सरकारले विकास निर्माणका ठूला योजनाको प्रभावकारी कार्यान्वयनमा लागेकाले देशको आर्थिक अवस्थामा छिट्टै सुधार आउनेछ ।”  प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालामा देश गम्भीर आर्थिक सङ्कटमा पुगेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी..

    सकारात्मक सोच एवं चिन्तनले नै समाज रुपान्तरण हुन्छ : सभामुख महरा

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५ साउन    सभामुख कृष्णबहादुर महराले सकारात्मक सोच एवं चिन्तनले नै समाज रुपान्तरण गर्न सकिने बताएका छन् ।   ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा शुक्रबार यहाँ आयोजित ‘नेतृत्व वर्गमा राजनीतिक सद्भावका लागि सकारात्मक चिन्तन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले नकारात्मकभन्दा पनि सकारात्मक सोचले समाज रुपमान्तरण गर्नुपर्छ भने ।    उनले भने, “म भौतिकवादमा विश्वास गर्छु, अध्यात्मवादको पनि अध्ययन गर्न थालेको छु । समाजलाई अगाडि बढाउन..

    मन्त्रालयका योजना स्थानीय तहलाई हस्तान्तरण गरिनु पर्छ : विकासमन्त्री खनाल

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५ साउन  कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणी खनालले मन्त्रालयका योजना र आयोजना स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजानुपर्ने बताएका छन् ।  रिपोटर्स क्लबले शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले सिंहदरबारको अधिकार बाँडफाँड र प्रत्यायोजननै सङ्घीयता हो भन्दै जबसम्म सिंहदरबारको अधिकार स्थानीय तहसम्म पुग्दैन तबसम्म जनताले लोकतन्त्र प्राप्तिको आभास पाउँदैनन् भने ।  मन्त्री खनालले कृषि तथा पशुपछी विकास मन्त्रालयबाट सञ्चालनमा रहेका झण्डै ९०..

    विधायन समितिले बैठक सञ्चालनसम्बन्धी कार्यविधि २०७५ सर्वसम्मतले पारित

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५ साउन  राष्ट्रियसभाअन्तर्गत विधायन समितिले बैठक सञ्चालनसम्बन्धी कार्यविधि २०७५ पारित गरेको छ ।  दुई दिनको बहस र छलफलपछि शुक्रबारको बैठकले सर्वसम्मतरुपमा आन्तरिक कार्यविधि पारित गरेको समितिका सदस्य जीतेन्द्रनारायण देवले जानकारी दिए ।  समितिको कार्यक्षेत्रमा विधेयकमाथि छलफल, विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अध्ययन एवं अनुसन्धान रहेको छ ।  समितिको आगामी आइतबार बस्ने बैठकमा प्रशासकीय अदालतसम्बन्धी विधेयकमाथि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका पदाधिकारीसँग..

    राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक छ : अध्यक्ष थापा

    शुक्रबार, श्रावन २५, २०७५ साल
    पोखरा, २५ साउन  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।  राप्रपा गण्डकी प्रदेश कार्यालयको शुक्रबार पोखरामा शुभारम्भ गर्दै उनले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताए ।  राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उनले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गरे ।  पार्टीको..

    बिमस्टेक सम्मेलनमा बंगलादेशका प्रधानमन्त्री लाई स्वागत गर्न नेपाल सरकार आतुर : प्रम ओली

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५ साउन  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका बंगलादेशका विद्युत्, ऊर्जा र खनिज राज्यमन्त्री नसरुल हमिदबीच दुई देशबीचको आपसी हित, व्यापार तथा वाणिज्यलगायत विषयमा छलफल भएको छ ।  सो अवसरमा प्रधानमन्त्री ओलीले आगामी भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न..

    लापरवाही गर्ने डाक्टरलाई हुनसक्छ जन्मकैद, पीडित पक्षले जहिले पनि उजुरी गर्न सक्ने

    शुक्रबार, श्रावन २५, २०७५ साल
    साउन २५, काठमाडौं उपचारका क्रममा बिरामीको मृत्यु हुँदा अब भदौ १ देखि नयाँ मुलुकी संहिता आएपछि भने डाक्टरहरुले जेल जानुपर्ने हुन सक्छ । उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारबाहीको भरपर्दो व्यवस्था नहुँदा अहिलेसम्म यस्ता घटनामा चिकित्सकहरुमाथि कुनै कारवाही भएको छैन । तर, अब भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ मा डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भएमा त्यस्ता डाक्टरलाई..

    प्रदेश नं ५ : प्रदेशसभाद्वारा पहिलो र दोस्रो अधिवेशन गरी १५ विधेयक पारित

    शुक्रबार, श्रावन २५, २०७५ साल
    बुटवल, २५ साउन  प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म १५ विधेयक पारित गरेको छ ।  तीमध्ये आठ विधेयक प्रदेशसभाको पहिलो र सात विधेयक दोस्रो अधिवेशनमा पारित भएको प्रदेश सचिवालयले जनाएको छ । दर्ता भएका १६ विधेयकमध्ये एउटा पारित हुन बाँकी छ । प्रदेश नं ५ लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ गत असार ३२ गते प्रदेशसभाको..

    नेपाली ऊर्जा बजारमा बंगलादेशको प्रवेश, समझदारीपत्रमा आजै हस्ताक्षर गरियो [फोटो सहित]

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५ साउन  नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा शुक्रबार दुई देशबीच हस्ताक्षर भयो ।  द्विपक्षक्षीय समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका छन् ।  नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशले लामो समयदेखि नै संयुक्त लगानी गर्न चासो व्यक्त..

    बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुरक्षामा चुनौती

    शुक्रबार, श्रावन २५, २०७५ साल
    नेपालगञ्ज, २५ साउन  बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय क्षमताको कारागारमा हाल ६५८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती बढेको जेलर श्यामलाल लामिछानेले बताए ।  नेपालगञ्ज १० स्थित बाँके कारागारका दुई भवन र पर्खाल जीर्ण हुँदै गएका छन् । कैदीको संख्या बढेसँगै कारागारबाट निस्केको फोहर हाताभित्र फालिने र ढल निकासको पर्याप्त व्यवस्था नहुँदा..

    फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ : गृहमन्त्री थापा

    शुक्रबार, श्रावन २५, २०७५ साल
    चितवन, २५ साउन  गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताएका छन् । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको बताए ।  “कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उनले भने । एक प्रश्नमा मन्त्री थापाले भने,..

    नेकपाका अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमणको मिति तय ! कहिले र कुन देश पहिले ?

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५ नेपाल  कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत र चीन भ्रमण तय भएको छ ।  एमाले र माअ‍ोवादीबीच एकतापछि प्रचण्डको यो पहिलो राजनीतिक भ्रमण हुनेछ । प्रचण्डको भ्रमण पहिला आफ्नो देशबाट गराउने विषयमा काठमाडौंस्थित भारतीय र चिनियाँ दूतावासले दौडधूप थालेका थिए । तर, प्रचण्डको पहिलो भ्रमण भारतबाट हुने तय भएको छ ।  स्रोतका अनुसार प्रचण्डले भदौ २२ देखि २७..

    नेपालको संविधान-२०७२ बारे यही साउन २६ देखि २८ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५  साउन : नयाँ संविधान (नेपालको संविधान २०७२) को मूलतत्व र यसको कार्यान्वयन सम्बन्धमा छलफल तथा विश्लेषण गर्ने उद्देश्यले काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ ।  काठमाडौँ विश्व विद्यालय, स्कुल अफ ल र दक्षिण एशिया गुठीले संयुक्त रुपमा यही साउन २६ देखि २८ सम्म सम्मेलन गर्न लागेको सम्मेलन आयोजकले विज्ञप्तिमार्फत जनाएको हो ।  सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संविधानविद्, अधिवक्ता, राजनीतिज्ञ, समाजशास्त्री..

    सत्तारुढ दल नेकपाले राज्यको जिम्मेवारीमा रहेका व्यक्तिलाई कार्यकारी पद नदिने

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५ साउन : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि सहज बनाउन संघीय र प्रदेश सरकारका मन्त्री, प्रादेशिक संसद्का दल नेता र उपनेता, संघीय संसद् र प्रदेशसभामा प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापति, जिल्ला..
    Weather Forecast