बिहिवार, चैत्र २७, २०७६

    राज्य-समाज

    प्रतिवेदन प्रस्तुतिको प्रतीक्षामा इपिजी, टिप्पणी एवं आलोचनाको जवाफदेही नहुने !

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन  नेपाल–भारत सम्बन्धका सबै पक्षबारे अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सम्बन्धित देशका सरकार प्रमुखसँग प्रतिवेदन प्रस्तुतिको प्रतीक्षा गरिरहेको बताएको छ ।  आफ्नो दुईवर्षे कार्यादेश गत असार १९ गते पूरा गरेको इपिजीले निर्धारित समयभित्रै आफ्नो प्रतिवेदन तयार पारेको स्पष्ट गर्दै दुवै देशका प्रबुद्ध व्यक्तिको समझदारीमा प्रतिवेदनका अन्तर्वस्तु सार्वजनिक नगरिएको पनि जनाएको छ ।  प्रबुद्ध..

    जगबुढा नदीको बाढीका कारण विस्थापनमा परेका बाढीपीडित घर फिर्ता

    बुधबार, श्रावन ३०, २०७५ साल
    कञ्चनपुर, ३० साउन कञ्चनपुरको महाकाली नगरपालिका–१० का जगबुढा नदीको बाढीका कारण विस्थापनमा परेका परिवार घर फिर्ता भएका छन् । नगरपालिकाको शान्ति टोल, गिरी टोल, प्रतिभा टोल र गुरुङ टोलका बासिन्दा बाढीको पानी घटेपछि घर फिर्ता भएका हुन् ।  बाढीको पानी टोलमा पस्दा ३० परिवारका १८४ जनाले घर छाडेर सुरक्षित स्थानमा गएका थिए । अपाङ्ग, गर्भवती, वृद्धवृद्धा र बालबालिकालाई स्थानीय विद्यालयमा राखिएको थियो..

    प्रतिनिधिसभाको बैठक : 'सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५' सर्वसम्मत पारित

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन प्रतिनिधिसभाको बुधबारको बैठकले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५ लाई पारित गरियोस् ’ भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।  बैठकमा गृहमन्त्री रामबहादुर थापाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री थापाले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गरेकामा सो पनि स्वीकृत भएको छ ।  बैठकमा संस्कृति,..

    नरेन्द्र मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द हुनुको कारण यस्तो पो रहेछ ....

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बनी र पोखराको भ्रमन स्थगित भएको छ । प्रधानमन्त्री मोदी बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका हुन् । उक्त सम्मेलन भदौ १४ र १५ गते आयोजना हुन लागेको हो । सुरक्षाको कारण प्रधानमन्त्री मोदीको लुम्बिनी र पोखराको भ्रमण स्थगित भएको दूतावास स्रोतले जनाएको छ । भदौ १४ र १५ गते आयोजना हुन लागेको बिमस्टेक सम्मेलनमा..

    पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानद्वारा ३ जना सगरमाथा आरोही महिलालाई अभिनन्दन

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले तीन जना सगरमाथा आरोही महिलालाई अभिनन्दन गरेको छ ।  प्रतिष्ठानले बुधबार यहाँ आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ती आरोही महिलालाई अभिनन्दन गरे । पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २५ औँ वर्षगाँठको अवसर पारेर खुम्बु पासाङ ल्हामु गाउँपालिका निवासी लाक्पा याङ्दी शेर्पा, पासाङ ल्हामु शेर्पा र याङ्दी शेर्पाले..

    सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन  प्रतिनिधिसभाको बुधबारको बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।  बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सो प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमा आफ्ना अभिमत प्रस्तुत गर्दै सांसदले प्रजनन स्वास्थ्यका अधिकार कार्यान्वयन गर्ने संरचना तयार नभएकामा गुनासो गरे । उनहरुले एक हजार जनसङ्ख्या..

    हेलिकप्टरको पङ्खामा लागेर मृत्यु भएका मेहतालाई शव परीक्षणपछि भारत लगिँदै

    बुधबार, श्रावन ३०, २०७५ साल
    सुर्खेत, ३० साउन   मनाङ एयरको हेलिकप्टरको पङ्खा लागेर हिल्सामा मृत्यु भएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ ।  मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मङ्गलबार हिल्सामा हेलिकप्टरबाट ओर्लेर सेल्फी खिच्ने क्रममा पछाडिको पङ्खा लागेर मृत्यु भएको थियो । मेहताको शव मङ्गलबार नै हिल्साबाट सिमकोट पुर्याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले राससलाई बताए ।  सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले..

    ‘फोहरलाई मोहर’ बनाउन झापाका ५ नगरपालिका एकजुट भएपछि...

    बुधबार, श्रावन ३०, २०७५ साल
    बनियानी, झापा, ३० साउन  फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् ।  फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहर व्यवस्थानका लागि एकजुट भएर अघि बढ्ने गृहकार्य भइरहेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।  कुहिने र नकुहिने फोहरलाई चार..

    शून्य समय : सांसदद्धारा समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षणमा जोड

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन  प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए ।  नेपाली काँग्रेसका विमला नेपालीले देशभरका दलित दिनप्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो अमानवीय व्यवहार अविलम्ब अन्त्य हुने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सोही पार्टीका भरतकुमार शाहले सप्ताह भन्ने पण्डितदेखि सर्वसाधारणसम्मलाई करको मारमा पारिएको गुनासो गर्दै करका कारण सङ्घीयता जोखिममा नपरोस् भने ।  नेपाल..

    ओली सरकार असफल भएपछि धरापमा ! अध्यक्ष दाहाल पुनः प्रधानमन्त्री बन्लान् त ?

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाण्डौ, ३० साउन  सरकारको कामप्रति प्रतिपक्षी दल मात्रै नभएर आम जनता नै सन्तुष्ट हुन नसकेको संकेत पाइएको छ । सत्तारुढ दल नेकपाभित्रै पनि सरकारको कामप्रति असन्तुष्टी बढेको छ । दुई तिहाई बहुमतसहितको सरकारले जनताको मन जित्नेभन्दा पनि असन्तुष्टी बढाउने गरेको नेकपाभित्रैबाट टिप्पणी हुन थालेको छ । विकास निर्माण नभएको र स्थानीय सरकारले अनावश्यक कर उठाएको विषय बढि चर्चामा छ । यसले संघीय सरकारलाई..

    अविरल वर्षापछि उर्लियो कालीगण्डकी, बगायो स्कुल, झोलुङ्गे पुल छैन

    बुधबार, श्रावन ३०, २०७५ साल
    म्याग्दी, २९ साउन  कालीगण्डकी नदी बढेर बस्ती तर्फ पस्न थालेपछि मुस्ताङदेखि तलका सबै तटीय क्षेत्र वरपर बस्ने बासिन्दा त्रसित बनेका छन् । कालीगण्डकीमा बाढीको सतहबढेपछि अन्नपूर्ण गाउँपालिका-३ कोप्चेपानीस्थित ६ कोठे धौलागिरी आधारभूत विद्यालय बगाएको छ । बाढीले बस्तीको तल्लो क्षेत्रमा कटान सुरु गरेकोले २४ घरपरिवार जोखिममा परेको वडाध्यक्ष चन्द्रप्रकाश फागमीले बताए । अन्नपूर्ण गापा-२ भुरुङतातोपानी नजिक कालीगण्डकीले कटान सुरु गरेकोले बेनी–जोमसोम सडकमा यातायात..

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल भ्रमणमा आउँदै

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल भ्रमणमा आउने भएका छन् । यसैबीच नेपालका लागि भारतीय राजदूत मञ्जीवसिँह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चौथो पटक हुन लागेको नेपाल भ्रमणबाट भारत–नेपालबीचको सहयोगात्मक सम्बन्ध थप फराकिलो हुने विश्वास व्यक्त गरेका छन् ।  राजधानीमा आयोजित साक्षात्कारमा उनले नेपालको गण्डकदेखि भारतको गङ्गासम्म तथा नेपालमा रेल्वे अघि बढाउनेजस्ता क्षेत्रमा दुवै मुलुकबीच सहकार्य..

    सरकारद्वारा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन : सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।  सरकारले बालबालिकासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक र रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको..

    मन्त्री बाँस्कोटा भन्छन् - योजना कार्यान्वयनमा असार नै पर्खने प्रवृत्तिको अन्त्य हुनुपर्छ

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौँ, २९ साउन  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयअन्तर्गत कार्यालयका कार्ययोजना पहिलो चौमासिकदेखि नै कार्यान्वयन शुरु भई शत्प्रतिशत परिणाम निस्कनुपर्ने बताएका छन् ।  मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०७४-७५ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई मंगलबार यहाँ सम्बोधन गर्दै उनले भने, “नीति र बजेटमा परेका योजना समयमै कार्यान्वयन हुनुपर्छ ।”  मन्त्री बाँस्कोटाले योजना कार्यान्वयनका लागि असार नै पर्खने प्रवृत्तिको..

    सांसदद्धारा बलात्कार घटनाका दोषीलाई कारवाहीको माग, कडा कानून ल्याउन आग्रह

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौँ, २९ साउन राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारवाही नभएकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले विद्यमान कानूनले मात्रै बलात्कारीलाई कारवाही हुन नसकेकाले थप कडा कानून ल्याउन आग्रह गरेका हुन् । सांसद अनिता देवकोटाले देशको शान्ति सुरक्षामा व्यवधान खडा भएको, बलात्कारजन्य घटना बढ्दो क्रममा..

    नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव सामान्य मात्र !

    मंगलवार, श्रावन २९, २०७५ साल
    पोखरा, २९ साउन नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ ।  लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधन चल्न नसक्दा सर्वसाधारण समस्यामा परेका छन् । बन्दका कारण शैक्षिक संस्थाको पठनपाठन प्रभावित भयो ।  राजनीतिक आस्थाका आधारमा पक्राउ गरिएका आफ्ना नेता कार्यकर्तालाई बिना शर्त रिहा गर्नुपर्ने मागसहित नेकपाले नेपाल बन्द गरेको हो । कास्की प्रहरीका प्रवक्ता रवीन्द्र..

    प्रदेश नं ७ : प्रदेशसभाको बैठक सूचना टाँस गरी स्थगित, स्थगन गर्नुपर्ने कारण प्रष्ट पारिएन !

    मंगलवार, श्रावन २९, २०७५ साल
    धनगढी, २९ साउन प्रदेश नं ७ प्रदेशसभाको मंगलबारको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ । मंगलबारको बैठकमा प्रदेश नं ७ प्रदेशको कर तथा गैरकरका राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफल गर्ने र मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा..

    भारतीय पक्षद्वारा महाकाली नदीको बाँध खोलियो, नेपाललाई खतरा बढ्छ कि घट्छ ?

    मंगलवार, श्रावन २९, २०७५ साल
    बैतडी, २९ साउन  भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ ।  सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध खुला गरेको जानकारी दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।  “परियोजनाको दुईवटा ढोका खोलेर २९४ क्युसेक पानी छाडिएको खबर छ,” उनले भने “एउटा ढोकाबाट १४२ क्युसेक र अर्को ढोकाबाट ५२ क्युसेक पानी छोडिएको..

    जबर्जस्ति बन्द गराउँदै हिँडेको अवस्थामा विप्लवका कार्यकर्ता पक्राउ

    मंगलवार, श्रावन २९, २०७५ साल
    धनगढी, २९ साउन  कैलालीमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता छविलाल ओलीलाई बन्द गराउँदै हिँडेको अवस्थामा सख्खड बजारबाट प्रहरीले मंगलबार पक्राउ गरेको छ ।  सो पार्टीका घोडाघोडी नगर प्रमुख ओलीलाई सख्खड बजारमा बन्द गराउँदै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । उक्त पार्टीले आह्वान गरेको बन्दका कारण मंगलबार कैलालीमा यातायात, उद्योग व्यवसाय र शैक्षिक..

    चितवनका विभिन्न स्थानबाट आज प्रहरीद्वारा शंकास्पद १२ जना नियन्त्रणमा

    मंगलवार, श्रावन २९, २०७५ साल
    रत्ननगर, २९ साउन  चितवनका विभिन्न स्थानबाट मंगलबार प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।  शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।  केही व्यक्ति गोजीमा ढुङ्गा र लाइटर बोकेर हिँडेको अवस्थामा, केही बजार बन्द गर्दै हिँडेको अवस्थामा र केहीले शंकास्पद गतिविधि देखाएकाले पक्राउ गरेर अनुसन्धान गरिएको बताइएको छ..

    सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर छ : सुरक्षामन्त्री गोकर्ण विष्ट

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौँ, २९ साउन  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँदै आधारभूत तहका जनतालाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर रहेको बताएका छन् ।  इन्टरनेशनल ट्रेड युनियन कन्फ्ररिडेशन–एशिया प्यासेफिकद्वारा मंगलबार यहाँ आयोजित नेपालमा सामाजिक सुरक्षासम्बन्धी राष्ट्रिय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सुरक्षा कार्यक्रमलाई बढीभन्दा बढी श्रमिकलाई समेट्ने गरी अगाडि बढाउन आवश्यक रहेको बताए ।  मन्त्री..

    जनता झुक्किए ! निर्वाचन आयोगमा दल दर्ता खारेज माग गर्दै ने.क.पा. विरुद्ध उजुरी

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौं, २९ साउन  नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)को दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले आयोगमा उजुरी गरेको हो । केपी शर्मा ओली र प्रचण्ड नेतृत्वमा तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएपछि नयाँ पार्टीको नाम ने.क.पा. राखेर निर्वाचन आयोगमा दर्ता गरिएको छ जुन नाम कट्टेल नेतृत्वको नेकपासँग मिल्छ । त्यसैले कट्टेलले सत्तासिन दलले..

    नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा उद्योगको उत्पादन बिक्री वितरण बन्द

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौँ, २९ साउन  नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ ।  आर्थिक वर्ष २०७४-७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो । विभागले आव २०७३-७४ मा ६ उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको थियो ।  विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा गर्न पटकपटक..

    प्रेसर कुकर बम निष्क्रिय पारियो, शंकास्पद वस्तुसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

    मंगलवार, श्रावन २९, २०७५ साल
    भक्तपुर, २९ साउन : सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर कुकर  बम फेला परेको छ ।  नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।  दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी..

    ओली सरकारको ५ महिने प्रगति : सुन तस्करमाथि कारबाहीदेखि वाइड बडी विमान अवतरणसम्म

    सोमबार, श्रावन २८, २०७५ साल
    काठमाडौँ, २८ साउन   प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ । देखिने गरी सुधार गर्न नसकेको भन्दै अलोचना भइरहेको छ । ७८ पुष्ठ लामो पुस्तिकामा सरकारले सिण्डिकेटको खारेजीदेखि वाइड बडीको विमान आवतरणसम्मलाई आफ्नो उपलब्धिको रुपमा उल्लेख गरेको हो । सरकारले असारसम्ममा गरेको कार्यप्रगतिको पहिलो बुँदामा यातायातको सिण्डिकेट अन्त्य, सुन तस्कारीमाथिको अनुसन्धान र कारबाही र विकास निर्माणको..

    प्रतिनिधिसभाको बैठक : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण !

    सोमबार, श्रावन २८, २०७५ साल
    काठमाडौँ, २८ साउन  प्रतिनिधिसभाको सोमबारको विशेष समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद हृदयेश त्रिपाठीले नवलपरासीका उखु किसानले लामो समयदेखि चिनी मिलबाट भुक्तानी नपाएको हुँदा रकम भुक्तानीको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।  सांसद अनिलकुमार झाले बाग्मती नदीको बाढीले रौतहटमा धेरै खेतीयोग्य जमीन कटान भएको हुँदा तत्काल तटबन्धको व्यवस्था गर्न माग गरे। अर्का सांसद अफताव आलमले..

    संसदमा ओलीलाई गगनको कटाक्ष : बिमस्टेकमा आउने पाहुनालाई एउटै होटलमा नराखौं

    सोमबार, श्रावन २८, २०७५ साल
    काठमाडौं, २८ साउन   राष्ट्रियसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बिमस्टेक सम्मेलनमा आउने विदेशी पाहुनालाई उपत्यकाका एउटै होटलमा नराख्न सरकारलाई सुझाव दिएका छन् । सोमबार संसद्को शून्य समयमा बोल्दै नेता थापाले सरकारले विदेशी पाहुनालाई देखाउनमात्रै सडक पिच गर्ने गरेको भन्दै फरक–फरक होटलमा राख्न सुझाव दिएका हुन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन आगामी..

    प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा खिचातानी तथा फरक-फरक धारणा !

    सोमबार, श्रावन २८, २०७५ साल
    वीरगञ्ज, २८ साउन तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् ।  अधिकांश साहित्यकारले सीताकालीन सभ्यता र संस्कृतिसँग जोडिएको इतिहास र भूगोललाई आधार मानी प्रदेश नं २ को राजधानीको नाम मिथिला, जनक, जानकी, विदेह राख्नुपर्ने तर्क अघि सारेका छन् भने केही साहित्यकारले..

    राष्ट्रियसभाको सोमबारको बैठकमा चार विधेयक पेश, के-के विषयवस्तु समेटिए त ?

    सोमबार, श्रावन २८, २०७५ साल
    काठमाडौँ, २८ साउन  राष्ट्रियसभाको सोमबारको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ ।  पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ हुन् ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘मुलुकी संहितासम्बन्धी..

    नयाँ मुलुकी अपराध संहिता : जुवा खेल्नेलाई ३ वर्ष, बाजी थाप्नेलाई १ वर्ष जेल !

    सोमबार, श्रावन २८, २०७५ साल
    काठमाडौं, २८ साउन  आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याईने नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेहरुमाथि पनि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने, बाजी थाप्ने र चिठ्ठा सञ्चालन गर्नेहरुले पनि अब जेल जानुपर्ने हुनसक्छ । मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म..
    Weather Forecast