आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    नवौँ मानव अधिकार राष्ट्रिय महाभेला शनिबारदेखि काठमाडौँमा हुने

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर  । नवौँ मानव अधिकार राष्ट्रिय महाभेला शनिबारदेखि काठमाडौँमा शुरु हुने भएको छ ।  यही मंसिर २५ गतेसम्म डिल्लीबजारको नेपाल सांस्कृतिक संघमा हुने उक्त महाभेलाको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । आगामी सोमबार सम्पन्न हुने सो भेलामा उपराष्ट्रपति नन्दबहादुर पुनको पनि सहभागिता रहनेछ । उक्त कार्यक्रमको ‘विकास र समृद्धिको आधार : महिला र युवाको समान अवसर’ भन्ने नारा तय..

    कंकालिनी नगरपालिकाको गोबरगाढाबाट हेलिकप्टरमा मतपेटिका ल्याइयो

    शुक्रबार, मंसिर २२, २०७४ साल
    राजविराज, २२ मंसिर ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढामा निर्वाचन सम्पन्न भएपछि मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको छ । सुरक्षाको दृष्टिले समेत अति संवेदनशील रहेको उक्त मतदान केन्द्रबाट राजविराजस्थित भीमदल गणको नेपाली सेनाको हेलिकप्टरले सुरक्षित साथ मतपेटिका ल्याएको नेपाली सेनाले जनाएको छ ।  कोशी टप्पुमा अवस्थित रहेको, वरीपरी नदीले घेरिएको र भौगोलिक विकटताका कारण त्यहाँबाट मतपेटिका ल्याउन समस्या भइरहेका कारण नेपाली सेनाको..

    रुकुम पूर्वका दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    रुकुम, २२ मंसिर । रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र नं (क) मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का तेजबहादुर ओली विजयी भएका हुन् ।  विजयी ओलीले पाँच हजार ४२७ मत प्राप्त गर्दा पुनले दुई हजार १४४ मत प्राप्त गरेको  मुख्य निर्वाचन..

    मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) विजयी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    पोखरा, २२ मंसिर ।  पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुस्ताङ जिल्लामा नेकपा (एमाले) विजयी भएको छ ।  मुस्ताङको प्रतिनिधिसभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन तीन हजार ५४४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रोमी गौचन थकालीले तीन हजार २८१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी..

    रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका विजयी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    रुकुम, २२ मंसिर ।  रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की प्रतिनिधिसभा सदस्य उम्मेदवार कमला रोका विजयी भएकी छिन् । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै विजयी भएकी हुन् ।  जम्मा खसेको मत १८ हजार ३१ मध्ये बिजयी भएकी रोकाले १० हजार ४३४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी घर्तीले चार हजार ४०६ मत ल्याएको मुख्य..

    रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि, वाम गठबन्धन पछ्याउँदै

    शुक्रबार, मंसिर २२, २०७४ साल
    रसुवा, २२ मंसिर ।   प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिलेसम्मको मतगणना परिणाम लोकतान्त्रिक गठबन्धनका नेका उम्मेदवार मोहन आचार्यले ४ हजार ७७२ र वाम गठबन्धनका नेकपा एमाले उम्मेदवार जनार्दन ढकालले ३ हजार ३३२ मत प्राप्त गरेका छन् ।  यसैगरी, प्रदेश (क) मा नेकाका उम्मेदवार प्रभात लामाले तीन हजार ६०९ र..

    मनाङ प्रतिनिधिसभामा एमाले, प्रदेशमा काँग्रेस र स्वतन्त्र निर्वाचित

    शुक्रबार, मंसिर २२, २०७४ साल
    लमजुङ, २२ मंसिर । हिमालपारिको जिल्ला भनिने मनाङमा प्रतिनिधिसभामा नेकपा (एमाले) र प्रदेशसभामा नेपाली काँग्रेस र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।  प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा नेकपा (एमाले)का उम्मेदवार पोल्देन छेपाङ गुरुङ निर्वाचित भएका छन् । नेका मनाङका सभापति एवं पूर्वराज्यमन्त्रीसमेत रहेका नेका उम्मेदवार टेकबहादुर गुरुङलाई २८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन्..

    हुम्लामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारको अग्रता

    शुक्रबार, मंसिर २२, २०७४ साल
    हुम्ला, २१ मंसिर ।  प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् ।  एक हजार ६१५ मत गणना गर्दा स्वतन्त्र छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहेका छन् । वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उन्लाई पछ्याइरहेका छन् । त्यस्तै नेपाली काँग्रेसका मंगलबहादुर शाहीले २५१ मत ल्याएका छन् । हालसम्म १३८ मत बदर भएको पाइएको..

    जाजरकोट, बैतडी र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता

    शुक्रबार, मंसिर २२, २०७४ साल
    जाजरकोट, २१ मंसिर । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन् ।  नेपाली काँग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याएका छन् । त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र काँग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २००..

    निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक भयो : फेम्बोसा

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर ।  दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)राष्ट्रको निर्वाचन व्यवस्थापन निकायको साझा मञ्च (फेम्बोसा)ले आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक रुपमा अभिलेख कायम राख्न सफल भएको जनाएको छ ।  निर्वाचन आयोगमा हिजो  साँझ भएको छलफल कार्यक्रममा फेम्बोसा राष्ट्रका निर्वाचन पर्यवेक्षकले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गरेकामा आयोग पदाधिकारीलाई बधाई ज्ञापन गरे । नेपालको..

    दोस्रो चरणको प्रतिनिधिसभा / प्रदेशसभा सदस्य निर्वाचन : मुलुकभर ६७ प्रतिशत मतदान

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर ।  हिजो सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ ।  निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ । आयोग मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्न सक्ने सम्भावना रहेको बताए..

    सिन्धुलीमा मतपेटिका बोकेको गाडीमा बम विस्फोट, सामान्य क्षति

    शुक्रबार, मंसिर २२, २०७४ साल
    सिन्धुली, २२ मंसिर ।  हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा हिजो  साँझ बम विस्फोट भएको छ ।  हिजो भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो ।  हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको थियो । सोही क्रममा ना ३ च ९४७१ नंको बोलेरोको सिसा..

    पहिलो चरणको निर्वाचनको मतगणना कार्य केहि जिल्लामा शुरु

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा आज साँझ पाँचबजेदेखि मतगणना शुरु भएका समाचारहरु प्राप्त भएका छन् ।  अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ ।  जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेका अनुसार कूल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङ्गमा..

    अपराह्न ३ बजेसम्म ५७ प्रतिशत मतदान सम्पन्न : निर्वाचन आयोग

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपराह्न ३ बजेसम्म करिब ५७ प्रतिशत मतदान भएको जनाएको छ ।  आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान जारी छ । सबैभन्दा बढी रुपन्देहीमा ६६, चितवनमा ६५, सुर्खेतमा ६३ र मोरङ जिल्लामा ६२ प्रतिशत मतदान भएको केन्द्रले जनाएको छ ।  दोस्रो..

    नेपालका मुख्यमन्त्रीले पाउनेछन् यस्ता सेवा तथा सुविधाहरु

    बिहिवार, मंसिर २१, २०७४ साल
    मंसिर २१, काठमाडौँ । संविधानले परिकल्पना गरे अनूरुप अब मुलुक तीनतहको राज्य संरचनमा जानेछ । स्थानियतह र प्रतिनिधिसभाको अभ्यास यस अघि देखिनै गरिदै आएको भएपनि मुलुकमा पहिलोपटक प्रदेशसभाको अभ्यास हुँदै छ । अब नेपालमा स्थानियतह, प्रदेश सरकार र केन्द्र सरकार गरि तीनतहको राज्य संयन्त्रहुनेछ । स्थनियतहको निर्वाचन यस अघि नै भईसकेको छ ।प्रदेशसभा तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन पनि मंसिर १० गते..

    राजधानीको मध्य भागमा डेढ घण्टा हिँडेर मतदान

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर । पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागेपनि राजधानी काठमाडौँमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यो आश्चर्य होइन, यथार्थ हो । भक्तपुरको लोकन्थली घर भएकी अंशु ढुंगेल डेढ घण्टा हिँडेर काठमाडौँको मध्य भाग पुरानो बानेश्वरस्थित रत्नराज्य उच्च माध्यामिक विद्यालय आएर मतदान गरिन्  ।  पुरानो बानेश्वरमा रहेको..

    दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान सम्पन्न : निर्वाचन आयोग

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौं, २१ मसिर ।  दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार..

    कास्कीको मादीमा १०२ वर्षीय वृद्धबाट मतदान

    बिहिवार, मंसिर २१, २०७४ साल
    पोखरा, २१ मंसिर । कास्कीको मादी गाउँपालिका–८ धु्रव माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०२ वर्षीय वृद्ध वामदेव सापकोटाले मतदान गरेका छन् ।  कास्कीका ३१७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान भइरहेको क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीले जानकारी दिए  ।  -रासस ..

    मतदान गरेर फर्कदै गर्दा पाल्पामा एक वृद्धको मृत्यु

    बिहिवार, मंसिर २१, २०७४ साल
    रामपुर, २१ मंसिर । पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए ।  दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेका थिए । मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनको मृत्यु भएको हो ।  -रासस ..

    निर्वाचन प्रक्रियाको अवलोकन गरिरहेका छौँ : कार्टर सेन्टर

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर । कार्टर सेन्टरले नेपालमा आज जारी दोस्रो चरणको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा ३४ देशका ६० भन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गरिरहेको जनाएको छ । थाईल्याण्ड पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री डा सुराकियार्त सथिरथाई तथा श्रीलंका र माल्दिभ्सका लागि पूर्व अमेरिकी राजदूत पिटर वर्लेले कार्टर सेन्टरको तर्फबाट निर्वाचन पर्यवेक्षक टोलीको नेतृत्व गरेका छन् ।  सो टोलीले आज ललितपुरस्थित ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको..

    बिहान १० बजेसम्म पच्चिस प्रतिशत मतदान सम्पन्न : निर्वाचन आयोग

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिहान १० बजेसम्म २५ प्रतिशत मतदान सम्पन्न भएको छ ।  निर्वाचन आयोगका अनुसार देशका ४५ जिल्लामा विहान सात बजेदेखि मतदान शुरु भएको हो । निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्दैछन् ।  प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन..

    आजदेखि इतिहासको अर्काे अध्यायको शुरुवात : अध्यक्ष दाहाल

    बिहिवार, मंसिर २१, २०७४ साल
    चितवन, २१ मंसिर ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्काे अध्यायको शुरुवात भएको बताएका छन् ।  जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क) मतदान केन्द्रबाट मतदानपछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले निकै ठूलो संघर्ष र बलिदानपछि यहाँसम्म आइपुगेको बताए । अब राजनीतिक यात्राको होइन, विकासको यात्रा शुरु भएको भन्दै उनले यो निर्वाचनको सफलतासँगै..

    सप्तरीको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदाता शून्य

    बिहिवार, मंसिर २१, २०७४ साल
    सप्तरी, २१ मंसिर । यस जिल्लाको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन ।  डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका छन् । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुुसार सप्तरी क्षेत्र नं २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित यो मतदान केन्द्रमा धनेश्वर साह मतदान अधिकृत रहनुभएको छरहेका छन् र यस केन्द्रमा अहिले कोही पनि मतदाता र..

    काठमाडौँका चर्चित नेताले विभिन्न मतदान केन्द्रबाट गरे मतदान

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर ।  आज बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्लाका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन् ।  नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले बिहान ८ बजेर ५ मिनेटमा स्काइलार्क स्कुल धापासीबाट मतदान गरे । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक माविबाट ८ः४० मा मतदान गरेका छन् । एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इचङ्गु पञ्चधारा मतदान..

    अध्यक्ष ओली, सिटौला र कार्कीले आफूलाई मत हाल्न पाएनन्

    बिहिवार, मंसिर २१, २०७४ साल
    झापा, २१ मंसिर । झापामा उत्साहजनकरुपमा शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाएन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्कीले आफुले आफैँलाई मतदान गर्न नपाएका हुन् ।  एमाले अध्यक्ष ओली र काँग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो । तर, नेकपा (एमाले)का अध्यक्ष..

    पाल्पामा शव बोकेरै मतदान गर्न मतदान केन्द्रमा पुगे मलामी

    बिहिवार, मंसिर २१, २०७४ साल
    पाल्पा, २१ मंसिर । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् ।  हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् ।  उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् भने रिब्दिकोट..

    मोरङमा मतदान शुरु, सप्तरीमा हर्षोल्लासपूर्ण वातावरणमा मतदान हुँदै

    बिहिवार, मंसिर २१, २०७४ साल
    विराटनगर,२१ मंसिर । मोरङमा मतदान सुचारु ढंगले शुरु भएको छ । बिहान ७ बजेदेखि नै मतदान शुरु भएको निर्वाचन आयोगको कार्यालय विराटनगरले जनाएको छ । विराटनगरस्थित विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाता लामबद्ध भएर मतदान कार्यमा सरिक भएका छन् ।  विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयस्थित मतदान केन्द्र, कञ्चनबारीस्थित मतदान केन्द्र, महेन्द्र मोरङ क्याम्पसस्थित मतदान केन्द्रमा बिहान ७ः३५ बजेसम्ममा २५ भन्दा बढी मतदाताले मतदान गरिसकेको विराटनगरस्थित..

    कञ्चनपुर र डडेल्धुरामा मतदान शुरु, वर्षाले केहि समय मतदान प्रभावित

    बिहिवार, मंसिर २१, २०७४ साल
    भीमदत्तनगर, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर र डडेल्धुरामा आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ ।  कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आर्चायले यहाँका तीनवटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभा सदस्यका लागि एकसाथ मतदान शुरु भएको जानकारी दिए । कञ्चनपुरमा रहेका ३२० वटै मतदान केन्द्रमा मतदान शुरु भइसकेको मुख्य निर्वाचन अधिकृत आर्चायले बताए ।  “सबैतिर मतदान..

    भक्तपुरमा शान्तिपूर्ण रुपमा मतदान शुरु, मतदाताको बाक्लो उपस्थिति

    बिहिवार, मंसिर २१, २०७४ साल
    भक्तपुर, २१ मंसिर । भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा शुरु भएको छ ।भक्तपुरका ७८ वटा मतदानस्थल र २०९ वटा मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान शुरु भएको छ । जिल्लामा कुल एक लाख ७८ हजार ९९ हजार मतदाता रहेका छन् ।  सुरक्षाका लागि भक्तपुरमा दुई हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ भने मतदाताले उत्साहित भएर मतदान गरेका छन्..

    निर्वाचन अपडेट : चिसो मौसमका बाबजुद पनि मतदाताको उपस्थिति बाक्लो

    बिहिवार, मंसिर २१, २०७४ साल
    काठमाडौँ, २१ मंसिर  ।  मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको यो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई मतदानको अधिकार रहेको छ ।  अपराह्न ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मतदान..
    Weather Forecast