बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना, अंगरक्षक सञ्जिव आचार्य गम्भीर घाइते

    आईतवार, चैत्र ४, २०७४ साल
    सुर्खेत, ४ चैत पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना भएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको खड्का सवार बा १५ च ८३५४ नम्बरको गाडी आइतबार अपराह्न रत्न राजमार्गअन्तर्गत मसिना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा खड्काका अंगरक्षक सञ्जिव आचार्य..

    नेपालको अहिलेको संविधान विश्वकै उत्कृष्ट छ : झलनाथ खनाल

    आईतवार, चैत्र ४, २०७४ साल
    मंगलबारे, इलाम, ४ चैत पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको बताएका छन् । नेकपा एमाले इलामको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उनले तीन तहको निर्वाचन र देशले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्री नयाँ संविधानअनुसार पाइसकेकाले देश संविधान कार्यान्वयनको चरणमा गएको बताएका हुन् । “दश वर्ष लगाएर बनाइएको नेपालको संविधान विश्वकै उत्कृष्ट र सफल संविधान हो”,..

    यो वर्ष मोदी र जिनपिङले नेपाल भ्रमण गर्ने : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौँ, ४ चैत नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने बताएका छन् । मन्त्री ज्ञवालीका अनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको सबै तयारी गर्नेछ र यो वर्ष नेपालका लागि महत्वपूर्ण हुनेछ । उनले सम्भवत सन् २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र..

    नागरिक समाज पार्टीको झुण्ड बनेको छ : पूर्वसभामुख सुवास नेम्बाङ

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौँ, ४ चैत नेकपा (एमाले)का नेता सुवास नेम्बाङले भ्रष्टाचार अन्त्य र सुशासन कायम राखे मात्र मुलुकमा विकास सम्भव भएको बताएका छन्  । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजले काठमाडौँमा ‘शान्ति, स्थिरता र विकास: बृहत् नागरिक परामर्श’ विषयमा आयोजना गरेको छलफलमा उनले मुलुकमा रहेको व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन कायम राख्नुपर्ने बताए । पूर्वसभामुख नेम्बाङले नागरिक समाजलाई देशमा भइरहेको राम्रो..

    सरकारले १६ हजार युवालाई तालीम दिने, उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवा लाभान्वित हुने

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौँ, ४ चैत सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालीम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालीम दिन थालिएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताए । उपत्यका बाहिरका ४६ वटा जिल्लाका..

    माओवादी केन्द्रकी शशिकला दाहाल कुल ४५ मत ल्याउँदै राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौँ, ४ चैत राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल निर्वाचित भएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा भएको हस्ताक्षरसहितको मत विभाजनमा माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा ४५ र नेपाली काँग्रेसका उम्मेदवार वृन्दादेवी आले (राना)को पक्षमा ११ मत परेको थियो । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा बहुमत भएकाले निर्वाचित भएको घोषणा गरेका थिए । दुवै उम्मेदवारको प्रस्तावमाथि राष्ट्रियसभाको..

    उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध, आयोगद्वारा घोषणाको तयारी

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौं, चैत्र ४ । उपराष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति समेत रहेका नन्दबहादुर पुन निर्विरोध भएका छन् । जसको घोषणा आज नै गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । उपराष्ट्रपति पदका लागि बाम गठबन्धनका तर्फबाट पुनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध उपराष्ट्रपति बन्ने पक्का भएको हो ।  यसअघि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा  पुनको मात्रै उम्मेदवारी परेको थियो । उपराष्ट्रपतिका लागि..

    सांसद समेत रहेका दिपक मनाङे विरुद्ध प्रहरीद्वारा रेडकर्नर नोटिस जारी

    आईतवार, चैत्र ४, २०७४ साल
    कठमाडौं, चैत्र ३ ।  प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका राजीव गुरुङ अर्थात् दिपक मनाङे विरुद्ध नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको खबर सार्ववनिक भएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले सांसद मनाङे विरुद्ध रेडकर्नर नोटिस जारी हो । यससँगै मनाङेलाई अब इन्टरपोलमा १ सय ९२ देशका प्रहरीले खोजी गर्नेछन् ।  सांसदको सपथ समेत नलिएका प्रदेश सांसद् मनाङे फौजदारी..

    निजामती कर्मचारी युनियनको महाधिवेशनमा आएकाको दुर्घटना, आठ जना घाइते

    आईतवार, चैत्र ४, २०७४ साल
    चितवन, ४ चैत ।  मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीन सवारी साधन ठोक्किँदा आठ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०ः३० बजे भरतपुर महानगरपालिका–३ आँपटारी नजिक मुग्लिनतर्फबाट आउँदै गरेका सवारी ठोक्किएका थिए । प्रहरीका अनुसार बा १८च १३२२ नं को कारले ब्रेक लगाएपछि पछाडिबाट आउँदै गरेको बा १७ च५१३५ नं को स्कारपियो कारमा ठोक्किएको थियो । स्कारपियोको पछाडिबाट..

    रातदिन अँध्यारो छ दृष्टिविहीन यी दाजुभाइ दिदीबहिनीको, कहाँ जाला यिनको भविष्य

    आईतवार, चैत्र ४, २०७४ साल
    लिबाङ, रोल्पा, ४ चैत ।  कुनै मान्छे संसार हेर्ने दृष्टि भएर पनि दृष्टिविहीन बनेर बाँचेको हुन्छ भने कुनै मान्छे जन्मजात नै ठगिएको छ ।  ऊसँग संसार हेर्ने दृष्टि छैन तर पनि ऊ ज्ञानको आँखाले संसार हेर्न प्रयत्नशील रहेको छ । फरक यत्ति हो कि बाहिरी आँखाले भन्दा ज्ञानको आँखाले संसार हेर्न निकै संघर्ष गर्नुपर्छ । त्यो पनि दृष्टि नै नभएकालाई अझ धेरै चुनौती..

    ललितपुरमा दमकलमा जनशक्ति अपर्याप्त हुँदा कार्य सम्पादन सुस्त बन्दै

    आईतवार, चैत्र ४, २०७४ साल
    ललितपुर, ४ चैत  । जिल्लामा दमकल सञ्चालनका लागि जनशक्ति अपर्याप्त भएको छ ।  दकमल सञ्चालनका लागि नौ जनाको समूह तयार अवस्थामा बस्नुपर्ने मान्यता भए पनि जनशक्ति अभावले गर्दा काम मिलाएर चार पाँच जना मात्रै हुने गरेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउँछन्  ।  महानगरपालिकाको आफ्नो एक जना कर्मचारी र १० जना करारका कर्मचारी गरेर दमकलमा ११ जना कार्यरत छन् । यिनीहरुले बिहान-बेलुका काम..

    राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपति सि जिङ फिङलाई बधाई ज्ञापन

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौँ, ४ चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ फिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।  बधाई सन्देश दिनहुँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा वाङ..

    गणेश लामाको रिहाइको माग गर्दै भएको जुलुसमा दोहोरो झडप

    आईतवार, चैत्र ४, २०७४ साल
    धुलिखेल, ४ चैत : गत बुधबार पेस्तोल र गोलीसहित पक्राउ परेका गणेश लामालाई रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ ।  शनिबार बेलुका करिब ६ बजेतिर बनेपाको गोदामचोकस्थित नेपाली काँग्रेस पार्टी कार्यालयबाट निकाल्न लागिएको जुलुसमा दोहोरो झपड भएको हो । मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले मसाल खोसेपछि काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।..

    नौलो अभ्यासको थालनी : भाडामा बस्नेको गुनासो घरधनीले सुने

    आईतवार, चैत्र ४, २०७४ साल
     बेनी, म्याग्दी, ४ चैत : घरबेटी र भाडामा बस्नेका बीच सधैँ विवाद भएको समाचार सुनिन्छ । घरमा भाडा तिरेर व्यवसाय गर्ने र कोठामा बस्नेहरु घरबेटीको हेपाहा प्रवृत्तिले आजित भएका हुन्छन् ।  चर्को भाडा, घरभित्रका सेवासुविधाका प्रयोगमा समेत घरधनीको सिण्डिकेटलगायतका कारणले सधँै गुनासो गर्ने भाडा व्यवसायीको समस्यालाई समाधान गर्न म्याग्दीको सदरमुकाम बेनीमा नौलो अभ्यासको थालनी गरिएको छ ।  म्याग्दी जिल्लाको सदरमुकाम बेनीको एउटा..

    सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा, सेनाद्वारा बिभिन्न कला प्रदर्शन (९ तस्वीर)

    शनिबार, चैत्र ३, २०७४ साल
    काठमाडौँ, ३ चैत : घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गर्नुभएको थियो । घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ ।  घोडेजात्रामा भएका विभिन्न प्रतियोगितामा पहिलो र दोस्रो स्थान हासिल..

    अबदेखि सरकारले खटाएको जुनसुकै स्थानमा कर्मचारी जानैपर्ने !

    शनिबार, चैत्र ३, २०७४ साल
    काठमाडौँ, ३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने बताउनुभएको छ ।  “खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्छ ।”  नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणपछि..

    राष्ट्रियसभालाई सहमतिको थलो बनाउँछु : अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत : राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित, एकताबद्ध र सहमतिको थलो बनाउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता जनाउनुभएको छ ।  राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले भन्नुभयो, “मेरा सबै गतिविधि सहमतिका आधारमा अघि बढ्नेछन्् । मुलुकको समृद्धि र जनताको अपेक्षा पूरा गर्ने सवालमा सबै एक भएर अघि बढ्नेछाँै ।”  बौद्धिक समुदायको प्रतिनिधित्व रहने सदनका रुपमा रहेको राष्ट्रियसभाको अपरिहार्यतालाई प्रमाणित गर्न सबैको..

    एमाले-माओवादीले टुङ्ग्याए मन्त्री हुनेहरुको नाम (नामावली सहित)

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौं, २ चैत । नेकपा एमाले र माओवादी केन्द्र आफ्नो पार्टी सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ । एमालेले ६ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीले पाँच जना मन्त्रीका लागि नाम तय गरेको हो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्री हुनेहरुको नाम टुंगो लगाएका हुन् । जसमा प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, रविन्द अधिकारी, रघुवीर महासेठ,..

    उपसभामुखमा बाम गठबन्धनकी शिवमाया तुम्बाहाम्फे निर्वाचित, दुई सय एक मतले विजयी

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी छिन् । प्रतिनिधिसभा शुक्रबारको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उनले २०१ मत प्राप्त गरेकी थिईन्। उनकी प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल (गौतम)को पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिएका थिए । बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत..

    सिरहामा ९९३ हेक्टर वनक्षेत्रमा अतिक्रमण, सामुदायिक वनमा एक हजार १९८ वटा घर टहरा निर्माण !

    शुक्रबार, चैत्र २, २०७४ साल
    लहान, २ चैत संक्रमणकालीन राजनीतिक अवस्थाका कारण सिरहाको ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ । जिल्ला वन कार्यालयका प्रमुख सुनिलकुमार सिंहले राजनीतिक संरक्षणको आडमा ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिए। जिल्लामा रहेको कूल २१ हजार ४४ दशमलव ९ हेक्टर क्षेत्रफल वन क्षेत्रमध्ये ९९३ दशमलव १४ हेक्टर क्षेत्रफल सामुदायिक वनमा एक हजार १९८ वटा घर टहरा निर्माण भएको पाइएको..

    ‘हेलो सरकार सेवा’ बन्द हुने, संघीयता कार्यान्वयनमा आएपछि बन्द भएको जानकारी

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ,चैत  २ जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ ।  पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार सेवा संघीयता कार्यान्वयनमा आएपछि बन्द भएको हेलो सरकारका कार्यक्रम प्रमुख प्रद्युन्नप्रसाद उपाध्यक्षले जानकारी दिए।  सर्वसाधारणको गुनासो सुनेर त्यसलाई तत्काल सम्बोधन गर्नका लागि माघको पहिलो हप्तादेखि पोखरा, धनकुटा, हेटौडा, सुर्खेत र दिपायलबाट सो सेवा शुरु..

    सरकार-प्रतिपक्षबीच सुमधुर सम्बन्ध राख्छु भन्दै काँग्रेस नेत्री पुष्पा भुसालले दिईन् उपसभामुखमा उम्मेदवारी

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपसभामुख पदमा दुई सदस्यको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको छ । सो पदमा नेपाली काँग्रेसका पुष्पा भुसाल र नेकपा (एमाले)का शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो । भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेपाली काँग्रेसका डिला संग्रौला (पन्त)ले प्रस्ताव प्रस्तुत गरे । संग्रौलाले संविधानको सफल कार्यान्वयनका लागि सरकार र प्रतिपक्षबीच सुमधुर सम्बन्ध आवश्यक पर्ने भएकाले काँग्रेसका भुसालले उम्मेदवारी..

    विमान दुर्घटना दुःखद् एवम् गम्भीर प्रकृतिको घटना : प्रधानमन्त्री ओली

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत   प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनालाई नेपाल सरकारले दुःखद र गम्भीर घटनाका रुपमा लिएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले उक्त अकल्पनीय र त्रासदीपूर्ण घटनामा परी मृत्युहुनेहरुमा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।   उक्त दुर्घटनाका कारण भएको मानवीय क्षतिबाट..

    प्रदेश नं ३ का सरकारमा स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण

    शुक्रबार, चैत्र २, २०७४ साल
    हेटौँडा, २ चैत ।  प्रदेश नं ३ का सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ ।  प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो ।  स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।  प्रदेश नं ३ का सरकारले महानगरपालिकाका प्रमुखको तलब..

    प्रधानमन्त्री ओली आज सार्वजनिक महत्वको वक्तव्य दिंदै

    शुक्रबार, चैत्र २, २०७४ साल
      काठमाडौँ, २ चैत।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिने भएका छन्  ।  संघीय संसद् सचिवालयले प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको वक्तव्य दिनेलगायत कार्यसूची तय गरेको छ ।  प्रधानमन्त्री ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटना र समसामयिक विषयमा वक्तव्य दिने बुझिएको छ । सो विषयमा बैठकले दुर्घटनामा निधन भएकाहरुलाई श्रञ्द्धाजलि दिने विशेष प्रस्तावसमेत..

    नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पार्टी नेतृत्वलाई सच्चिन आग्रह

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत  ।  नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीमा गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताएका छन्  ।  पार्टीको १३ औँ महाधिवेशनबाट अस्तित्वमा देखिएको सिटौला समूहका आज यहाँ आयोजित नेता कार्यकर्ता भेलामा उनले  निर्वाचनपछिको अवस्थामा काँग्रेसले नयाँ मार्गचित्रका साथ अघि बढ्नुको विकल्प छैन भने  ।  नेता सिटौलाले पार्टीभित्र अहिले पनि सामन्ती संस्कार कायम रहेको बताउँदै “यसलाई हटाउन पार्टीमा..

    नगर प्रहरीसँग उपकरण अपर्याप्त, सामग्री पर्याप्त नहुँदा काममा असहज

    शुक्रबार, चैत्र २, २०७४ साल
    ललितपुर, २ चैत । आवश्यक उपकरणका अभावमा नगर प्रहरीले महानगरपालिकाको निर्णय प्रभावकारी कार्यान्वयन गराउन सकिएको छैन् । “नगर प्रहरीसँग अहिले काम गर्न हम्मर र गलबाहेक अरु केही छैन, उनीहरुलाई काम गर्न क्रेन, डोजर, रुख काट्ने मेसिन, ढलान काट्ने मेसिनलगायतका सामग्री आवश्यक छ,” नगर प्रहरी प्रमुख कदमलाल महर्जनल भन्छन, “कहिलेकाहीँ हामीले निर्णय कार्यान्वयन गर्न रुख, घर वा पर्खाल नै भत्काउनुपर्छ ।” त्यस्तै विपत्का समयमा..

    मन्त्रिपरिषद् विस्तार हुँदै, फोरम सरकारमा आउने भएपछि मन्त्रालयको संख्या बढाएर २१ पुर्याइदै

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत ।  फोरम सरकारमा आउने भएपछि मन्त्रालयको संख्या बढाएर २१ सम्म बनाउने तयारी  प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदैछन् ।  प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बाँकी सबै मन्त्री तोकिने जानकारी दिए । राष्ट्रपति कार्यालयले आज अपरान्ह् ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको छ ।  सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । नेकपा..

    तेह्रथुमस्थित मेन्छ्यायेम गाउँपालिका सुत्केरी र वृद्धवृद्धालाई एक हजार भत्ता थप्दै

    शुक्रबार, चैत्र २, २०७४ साल
    तेह्रथुम, २ चैत ।  मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ ।  सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्रोत्साहनस्वरुप रु एक हजार तथा यातायात खर्चबापत रु चार सय उपलब्ध गराउँदै आएको छ ।  त्यसबाहेक स्वास्थ्य संस्थामै आएर प्रसूति गराउने मोराहाङका महिलालाई थप रु एक हजार तथा श्रीजुङ र पौठाकका महिलालाई..

    पूर्व अर्थमन्त्री डा रामशरण महतलाई बोतल प्रहार गर्ने व्यक्ति पक्राउ

    शुक्रबार, चैत्र २, २०७४ साल
    नुवाकोट, २ चैत : पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यबहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।  शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात..
    Weather Forecast