बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर एमाले र माओवादी केन्द्रको एकता घोषणा गरिंदै

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत एमाले र माओवादी केन्द्रको एकता कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर घोषणा गर्ने तयारी दुबै दलले थालेका छन् । बैशाख १० गते पार्टी एकताको घोषणाका लागि कार्यदलले आफ्नो कामलाई तीब्रता दिएको नेताहरुले बताएका छन् । विक्रम संवत् २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । एकतासम्बन्धी संगठनात्मक संरचना र सैद्धान्तिक राजनीतिक विषयसम्बन्धी गृहकार्य गर्न गठित कार्यदलले काम अन्तिम..

    तीन महिनादेखि उदयपुरका प्रजिअ र सहायक प्रजिअ अनुपस्थित, २०० प्रकारका मुद्दा अनिर्णित

    शुक्रबार, चैत्र ९, २०७४ साल
     ९ चैत जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन बन्न पुगेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले गर्ने प्रमुख प्रशासनिक र प्रशासन सम्बन्धित न्यायिक कार्यका निर्णय हुन सकेका छैनन् । प्रदेश र केन्द्रको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएको र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्कीसमेत अन्यत्र गएदेखि हालसम्म उदयपुर जिल्ला प्रशासन..

    काँग्रेसले निर्वाचनपछिको अवस्थाबारे समीक्षा गर्दै, महासमिति बैठकको टुंगो लाग्ने

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजेदेखि बस्ने बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । निर्वाचनमा पार्टीको पराजयबारे छलफल..

    निर्वाचन आयोगद्वारा इयुको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अस्वीकार

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणबारे युरोपेली सङ्घद्वारा जारी प्रतिवेदन अस्वीकार गरेको छ ।  “इयुको प्रतिवेदन र सो सम्बन्धमा उक्त संस्थाले जारी गरेको प्रेस विज्ञप्ति भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिताविपरीत समेत देखिएकाले उल्लिखित निर्वाचन पर्यवेक्षण प्रतिवेदन आयोगलाई पूर्णतः अस्वीकार्य रहेको छ”, आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  इयुको प्रतिवेदन र सो सम्बन्धमा उक्त संस्थाले जारी..

    कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत हुँदैन : मन्त्री पण्डित

    शुक्रबार, चैत्र ९, २०७४ साल
    विराटनगर, ९ चैत : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार कर्मचारीको सेवा र सुविधा वृद्धि गर्न तयार रहेको बताएका छन् ।  जिल्ला प्रशासन कार्यालय मोरङमा बिहिबार आयोजित जिल्लास्थित कार्यालय प्रमुखको भेलामा उनले भने – कर्मचारीले पहिले आफूलाई खटाएको स्थानमा जानुपर्छ, अनि मात्र सेवा र सुविधा वृद्धि गरिने छ ।”  मन्त्री पण्डितले कुनै पनि कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत नहुने..

    न्यायसेवा निष्पक्ष र सहज बनाउनुपर्छः महान्यायाधिवक्ता अग्निप्रसाद खरेल

    बिहिवार, चैत्र ८, २०७४ साल
    नेपालगञ्ज, ८ चैत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कार्यालय भवनको भव्यताले मात्र नागरिकको न्यायप्राप्तिको चाहना पूरा हुन नसक्ने बताएका छन् । नेपालगञ्जमा निर्माण भएको उच्च सरकारी वकिल कार्यालयको बिहिबार उद्घाटन गर्दै उनले कार्यालयबाट हुने सेवा प्रवाह निष्पक्ष र सहज बनाउनेतर्प  कर्मचारीको ध्यान जानुपर्नेमा जोड दिए । महान्यायाधिवक्ता खरेलले संविधान कार्यान्वयनको प्रक्रिया मुलुकभरि शुरु भइसकेको उल्लेख गर्दै संविधानले निर्दिष्ट गरेअनुसारका संरचना निर्माणको काम पनि अहिले द्रुतगतिमा..

    कर्मचारी र बजेट देऊ – मुख्यमन्त्री महेन्द्रबहादुर शाही

    बिहिवार, चैत्र ८, २०७४ साल
    भक्तपुर, ८ चैत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन माग गरेका छन् । बिहिबार भक्तपुरमा रफत क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने – “बजेट र कर्मचारी अभावले प्रदेश सरकार सञ्चालनमा विभिन्न समस्या आउने गरेको छ ।” मुख्यमन्त्री शाहीले भने, “प्रदेश सरकार सञ्चालन अहिलेका लागि नितान्त नयाँ विषय हो, यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न दक्ष..

    संसारका उत्कृष्ट पथप्रदर्शकमा अशोक सिलवाल, टुरएचक्यूले ‘ग्लोबल टुर गाइड अवार्ड २०१८’ प्रदान गर्यो

    बिहिवार, चैत्र ८, २०७४ साल
    काठमाडौं, ८ चैत मूलधारको सक्रिय पत्रकारिताबाट अलग भएर पर्यटकका पथप्रदर्शक बनेका अशोक सिलवाल संसारका ‘टप हन्ड्रेड गाइड’को सूचीमा समेटिएका छन् । संसारभरिका यात्री र पर्यटकलाई जोड्ने सबैभन्दा ठूलो अनलाइन पोर्टल टुरएचक्यूले उनलाई ‘ग्लोबल टुर गाइड अवार्ड २०१८’ प्रदान गरेको छ । सिंगापुरस्थित संस्थाले पर्यटकलाई अविश्वसनीय अनुभव दिलाएको भन्दै सिलवाललाई उक्त सम्मान प्रदान गरेको हो । उक्त पोर्टलले संसारभरका २६ हजारभन्दा बढी सक्रिय..

    प्रदेश सरकार सञ्चालनमा कानुनी प्रक्रिया बाधक : मुख्यमन्त्री महेन्द्रबहादुर शाही

    बिहिवार, चैत्र ८, २०७४ साल
    नगरकोट, ८ चैत प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताउनुभएको छ । उनले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना विभिन्न गतिविधिलाई तीव्रताका साथ कार्यान्वयनमा ल्याउने बताए। प्रदेश सरकार सञ्चालन नयाँ विषय भएको र सञ्चालनमा प्रभावकारिता ल्याउन दक्ष कर्मचारी नहुँदासमेत विभिन्न खालका समस्या देखिएको उनले बताए । कर्णाली प्रदशेलाई..

    पूर्वी नाकामा परिक्षणका क्रममा तरकारीमा विषादी भेटियो, कारवाही भएन

    बिहिवार, चैत्र ८, २०७४ साल
    काँकडभिट्टा, झापा ८ चैत ।  तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रविधि भित्रिएपछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका वस्तुको पहिचान हुनथालेको छ ।  प्रयोगशालामा परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको बिक्री रोक्नेतर्फ भने हालसम्म पहल हुनसकेको छैन । कृषि विभागको बाली संरक्षण निर्देशनालयले विर्तामोडको कृषि थोकमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाइ’ अन्तर्गत प्रयोगशाला स्थापना गरेपछि तरकारी तथा फलफूलको दैनिक नमूना परीक्षण हुनथालेको हो ।  द्रुत..

    सात दिनभित्र कार्ययोजना ल्याउन सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटाको निर्देशन

    बिहिवार, चैत्र ८, २०७४ साल
    काठमाडौँ, ८ चैत  ।  सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहातका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिएका  छन्  ।  मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले मातहतका संघसंस्थाका प्रमुखलाई आगामी तीन-चार महिनाभित्र लागू हुने गरी उद्देश्य र लक्ष्यसहितको कार्ययोजना ल्याउन निर्देशन दिएका हुन्   ।  राज्यमन्त्री बाँस्कोटाले भने , “दुईदेखि तीन पृष्ठको कार्ययोजनामा संस्थाले के काम गर्दैछ, के कमजोरी छन्, कसरी हटाउन..

    नेपालगन्जस्थित मानव बस्तीको बीचमा रहेको बाँके कारागारको सुरक्षा चुनौती बढदो

    बिहिवार, चैत्र ८, २०७४ साल
    नेपालगन्ज, ८ चैत  ।  नेपालगन्जको मध्यभाग मानवबस्तीको ठीक बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती र नागरिकको सुरक्षा चिन्ता अहिले बढ्दै गएको छ ।  कैदी, बन्दीको आचरण सुधारका लागि विक्रम संवत् २००० मा स्थापना गरिएको नेपालगन्जस्थित बाँके कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने सुरक्षा निकायका पदाधिकारी नै बताउँछन् । कारागार स्थापना हुँदा त्यस आसपास मानव बस्ती थिएन ।  नेपालगन्ज शहर विस्तार हुने..

    विश्व सम्पदा दिवस मनाउन ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन

    बिहिवार, चैत्र ८, २०७४ साल
    काठमाडौँ, ८ चैत  । मुलुकका सम्पदालाई प्रचार प्रसार गर्न जनस्तरबाट ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन गरिएको छ ।  समितिको निर्देशन समितिको संयोजकमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, सदस्यहरुमा अर्का सांसद रामवीर मानन्धर तथा प्रदेशसभा सांसद राजेश शाक्य र वसन्त मानन्धर छन्  ।  त्यसैगरी समितिको सहसंयोजकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सचिवमा डिल्लीरत्न तुलाधर र कोषाध्यक्षमा विन्देश्वर श्रेष्ठ छन्  । सञ्चार समितिको संयोजकमा भीमसेन..

    प्रदेश नं ३ का सरकारको मुख्य न्यायधिवक्ताको शपथ सम्पन्न

    बिहिवार, चैत्र ८, २०७४ साल
    हेटौँडा ८ चैत  ।  पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले प्रदेश नं ३ का सरकारको नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई आज यहाँ एक कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन्  ।  सो शपथ ग्रहण समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी थिए  ।  मुख्यमन्त्री पौडेलले ६८ वर्षीय कानून व्यवसायी सूर्यचन्द्र न्यौपानेलाई गत फागुन २३ गते..

    जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण भँगेरा लोप हुन थाले

    बिहिवार, चैत्र ८, २०७४ साल
    कञ्चनपुर, ८ चैत  ।  घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन् । घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम हुँदै गएका हुन ।  जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा कञ्चनपुरलगायतका क्षेत्रबाट लोप हुने संघारमा पुगेका छन् । बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले तापक्रम सहन गर्न नसकि मर्ने..

    पर्सा जिल्लामा राहदानी बनाउने घटे, चालू आवको आठ महिनामा १५ % ले कमी

    बिहिवार, चैत्र ८, २०७४ साल
    पर्सा, ८ चैत : पर्सा जिल्लामा राहदानी बनाउनेको संख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको आठ महिनामा राहदानी बनाउनेको संख्यामा १५ प्रतिशतले कमी आएको हो ।  आव २०७३/७४को साउनदेखि फागुनसम्मको आठ महिनामा जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाबाट पाँच हजार २४६ जनालाई राहदानी वितरण गरिएकामा चालू आवको सोही अवधिमा कार्यालयबाट चार हजार ४५४ जनालाई राहदानी वितरण गरिएको कार्यालयले..

    मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले भने : ‘प्रतिस्पर्धात्मक विकासमा उत्रिनुस्’

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ७ चैत बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँगको बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो बताएका छन्  । प्रदेश सरकार र केन्द्रबीच कसरी समन्वय गर्ने र कसरी प्रभावकारी ढंगले अघि बढ्ने भन्ने छलफलको लागि बैठक बोलाईएको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य पूरा गर्न..

    प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप हुँदैन : राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ७ चैत सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्छ भन्ने कुनै शंका नराख्न आग्रह गरेका छन् ।  नेपाल पत्रकार महासंघद्वारा काठमाडौँमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले सरकारले संविधानको मौलिक हकमा रहेको प्रेस स्वतन्त्रतालाई अक्षुर्ण राख्न नयाँ सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक समयअनुसार बढाउँदै तोकिएको पारिश्रमिक कार्यान्वयन गर्न सरकार र सञ्चार गृह..

    गिरिजाप्रसाद कोइराला हामी सबैको अभिभावक : पुष्पकमल दाहाल (प्रचण्ड)

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौं ७ चैत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन् । बुधबार गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र नभई राजनेताका रुपमा सबै नेपालीको अभिभावक रहेको बताए । अध्यक्ष दाहालले आफूलाई गिरिजाप्रसाद कोइरालाको प्रत्येक कार्यक्रममा पनि बोलाउन आग्रह गरे । ‘‘गिरिजाप्रसादको नाममा स्थापना भएका प्रतिष्ठान, कलेजमा..

    आकस्मिक निरीक्षण गर्न गएका 'गृहमन्त्री' प्रहरी मेसमा जवानसँगै खाना खानपुगेपछि...

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ७ चैत।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार प्रहरीको मेसमा बसेर जवानसँगै खाना खाएका  छन्  ।  बिहान १०ः१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका  गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डारण कक्षलगायत निरीक्षण गरेका थिए  ।  त्यसपछि उनले मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लागे  । त्यहाँ खाना खाइरहेको प्रहरी हतारहतार उठ्न खोज्दै थिए..

    प्रतिनिधि सभामा निष्पक्ष भूमिका निभाउँछु : सभामुख महरा

    बुधबार, चैत्र ७, २०७४ साल
    दाङ, ७ चैत : सभामुख कृष्णबहादुर महराले आफूले निष्पक्ष भूमिका निभाउने बताएका छन् ।  तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले सरकारलाई नीतिनिर्देशन गर्ने ठाउँँमा भएकाले आफ्नो भूमिका निष्पक्ष हुने बताए ।  सभामुख महराले भने– “अब म पाँच वर्ष सम्मका लागि साझा व्यक्ति हुँ, कुनै राजनीति विशेषमा छैन्, म निर्दलीय भएको छु, मैले प्रतिनिधि सभामा निष्पक्ष रुपले..

    सरकारले तोकेको ठाउँमा कर्मचारी कार्य गर्न जानुपर्ने अन्यथा सरकार बाध्य भई कारबाही गर्ने : मन्त्री पण्डित

    बुधबार, चैत्र ७, २०७४ साल
    विराटनगर, ७ चैत ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दक्ष जनशक्ति रुपमा रहेको निजामती कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने बताएका छन्  ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकको सफारिसमा मात्र शारीरिक एवं मानसिकरुपमा अशक्त कर्मचारीलाई मात्र स्वच्छिक अवकाश दिन सकिने प्रष्ट पारे  ।  उनले सरकारले तोकेको ठाउँमा कर्मचारी कार्य गर्न जानुपर्ने अन्यथा सरकार बाध्य भई कारबाही गर्ने दृढतासमेत व्यक्त..

    प्रदेश नं ३ को स्थायी राजधानी पनि हेटौंडा नै हुने माओवादी केन्द्रका अध्यक्ष दाहालको घोषणा

    बुधबार, चैत्र ७, २०७४ साल
    हेटौँडा, ७ चैत।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं- ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताएका छन् ।  प्रेस सेन्टर मकवानपुरले  बुधबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशको १३ जिल्लामध्ये राजधानीका लागि हेटौंडा नै सबैभन्दा उपयुक्त स्थान रहेकाले बाहिर प्रचारमा आए जस्तो यहाँबाट प्रदेशको राजधानी नसर्ने बताउनुभयो  ।  अध्यक्ष दाहालले प्रदेशको राजधानीका सबै कामहरु शुरु भइसकेकाले हेटौँडाबाट..

    राजनीतिक परिवर्तनमा दलित समुदायको उच्च योगदान : प्रधानमन्त्री ओली

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौं , ७ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकिकरणदेखि हालसम्म भएका सम्पूर्ण राजनीतिक संघर्षमा दलित समुदायको योगदान उच्च रहेको बताएका छन्  ।  त्रिपन्नौँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा उनले आज दिएको  शुभकामना सन्देशमा परम्परागत कुसंस्कारका कारण नेपालमा अझै पनि जातीय विभेद कायम रहनु दुःखद् रहेको छ भने  ।  प्रधानमन्त्री ओलीेले सरकारले आगामी दिनमा सबै समुदायलाई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तय गर्ने..

    नेपाली काँग्रेसको मुख्य सचेतकमा नेता बालकृष्ण खाणको मनोनयन

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ७ : नेपाली काँग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ ।  पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गरेको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ ।  विसं २०४४ मा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित खाणले त्यसको ठिक १० वर्षपछि अर्थात २०५४ सालमा नेपाल तरुण दलको अध्यक्षको..

    ठेक्कापट्टामा ढिलासुस्ती र कमिसनखोरी गर्नेलाई अब कुनै गुन्जाइस छैन् : अध्यक्ष प्रचण्ड

    बुधबार, चैत्र ७, २०७४ साल
    लहान, ७ चैत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्कापट्टामा ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस नभएको बताउनुभएको छ ।  पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नती कार्यको आज सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उहाँले ठेक्कापट्टामा हुुँदै आएको ढिलासुस्ती र कमिसनखोरीका कारण देशको विकास निर्माण अस्तव्यस्त भएकाले अब त्यस्तालाई नछाड्निे प्रतिवद्धता व्यक्त गर्नुभयो ।  अध्यक्ष प्रचण्डले भन्नुभयो– “सुशासनबिना बिकासको कल्पना गर्न सकिदैन्, सुशासन..

    प्रधानसेनापति राजेन्द्र क्षत्री र फ्रान्सका राजदूत इभ कार्माेनाबीच भेटवार्ता

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ६ चैत : प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपालका लागि फ्रान्सका राजदूत इभ कार्माेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार  शिष्टाचार भेटवार्ता गरेका छन ।  उक्त अवसरमा उनिहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्र्पक तथा सूचना निर्देशनालयले जनाएको छ । ..

    गृहमन्त्री रामबहादुर थापाबाट विमानस्थल अध्यागमनमा छड्के निरीक्षण

    मंगलवार, चैत्र ६, २०७४ साल
    काठमाडौँ, ६ चैत : गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँ रहेका अध्यागमन कार्यालयको आज छड्के निरीक्षण गरेका छन् ।  सो क्रममा अध्यामगन कार्यालयको यात्रु विदेशिने डेक्समा जम्मा चार जना कर्मचारी मात्रै उपस्थित रहेका थिए । सो डेक्समा आवश्यकताअनुसार १५ जनासम्म कर्मचारी खटिने गरेकामा निरीक्षणका क्रममा तीन जना कर्मचारी अनुपस्थित भेटिएका थिए ।  अनुपस्थित कर्मचारीको विवरण लिई त्यसलाई तत्कालै कारबाही प्रक्रिया..

    उपसचिवसहित तीनजना विरुद्ध विशेष अदालतमा आरोपपत्र, ८० हजार घुस रकम लिएको जिकिर

    मंगलवार, चैत्र ६, २०७४ साल
    काठमाडौँ, ६ चैत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका कार्यालय प्रमुख उपसचिव सुन्दर भट्टराई, शाखा अधिकृत यामलाल ढकाल र नायव सुब्बा यादव पौडेलविरुद्ध मंगलबार  विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । विदेशवाट जारी भएका सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दा कार्यालय प्रमुख भट्टराई, शाखा अधिकृत ढकाल र नासु पौडेलले सम्बन्धित राजदूतावास, कन्सुलर सेवा विभाग, भिषा, सवारी चालक अनुमतिपत्रसमेत कीर्ते सिर्जना गरी..

    पूर्वी नाका काँकडभिट्टामा भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच्न शुरु

    मंगलवार, चैत्र ६, २०७४ साल
    काँकडभिट्टा, ६ चैत । पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न थालिएको छ ।  आइतबारदेखि मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादी अवशेषविरुद्ध विश्लेषण एकाइले आयातीत चार किसिमका सब्जीको विषादी जाँच गर्न शुरु गरेको हो ।  संयुक्त टोलीले काँकडभिट्टा प्रवेशद्वारमै पुगेर भारतबाट साइकल र ठेलामार्फत भित्रिएका करेला, काँक्रा, ब्रोकाउली र खुर्सानीमा त्यस्तो जाँच गरेको मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र..
    Weather Forecast