सोमबार, आषाढ २२, २०७७

    राज्य-समाज

    प्रदेश नं ३ को ठूलै सकसः नाम र राजधानी तोक्ने जिम्मा ओली-प्रचण्डलाई !

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौं, २५ कात्तिक ।  प्रदेश ३ को राजधानी र नाम टुंगो लगाएर मात्र प्रदेशसभा बैठक बोलाउने तयारी सरकारको छ । स्रोत साधन र प्रतिनिधित्वको हिसावले सबैभन्दा ठूलो प्रदेशको नाम र राजधानी तोक्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई संकट परेको छ । सत्तारुढ नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेशसभामा राजधानीका लागि सम्भावित पाँच जिल्लाको नाम प्रस्ताव गरिएको छ । प्रदेशको नाम भने प्रस्तुत भएको..

    निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै धर्ना, बाबु भन्छन् - न्याय दिन्न भन्नुपर्यो कि दिनुपर्यो

    आईतवार, कार्तिक २५, २०७५ साल
    कञ्चनपुर २५ कात्तिक ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ  गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ । राज्यले साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै पन्तका बाबु यज्ञराजले आईतबारबाट स्थानीय प्रशासनमा २४ सै घण्टा धर्ना दिने भएका छन् ।  ‘आज दिउँसो ११ बजे स्थानीय मदनचोकमा भेला भएर सयौँको सख्यामा र्यालीसहित प्रशासन कार्यालय पुगेर धर्ना..

    धादिङमा ग्यास बुलेट पल्टेर आगलागी, २ जनाको मृत्यु, सनाखत हुन बाँकी

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौं, २५ कात्तिक धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा ग्यास बुलेट पल्टेर आगलागी भएको छ ।  बेनीघाटस्थित विशालटार मोडबाट ग्यास बुलेट त्रिशूली नदी किनारमा खस्दा २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । सडकबाट करीब ५० मिटर तल खसेको सो ग्यास बुलेटमा आगलागी भईरहेको पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ । उद्धार तथा आगलागी नियन्त्रणका लागि निलकण्ठ नगरपालिकाको..

    राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दको १३४औँ जन्मजयन्ती, प्रधनमन्त्रीको शुभकामना सन्देश !

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौँ, २५ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताउनुभएको छ ।  फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उहाँले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभएको हो ।  शुभकामना सन्देशमा भनिएको छ, “फाल्गुनन्दले विसं १९८८ वैशाख २४..

    लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्ती, शालिकमा माल्यार्पण, विविध कार्यक्रमको आयोजना

    शनिबार, कार्तिक २४, २०७५ साल
    काठमाडौँ, २४ कात्तिक : विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गरिँदै उनको शालिकमा माल्यार्पण गरियो ।  स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताए..

    स्वास्थ्यलार्इ ख्याल गर्दै प्रधानमन्त्री ओलीले बालुवाटारमै लगाए भाइटीका (फाेटाे फिचर)

    शुक्रबार, कार्तिक २३, २०७५ साल
    काठमाडौं, २३ कात्तिक  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्ना दुई बहिनीबाट भाइटीका लगाएका छन् । शुक्रबार बिहान भाइटीकाकाे शुभसाइतमा २ बहिनीकाे हातबाट टीका लगाएका हुन् । अाेलीलाई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लगाइदिएका छन् । प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली बहिनी कमलादेवी झापाको काँकडभिट्टामा बस्दै अाएका छन् । उनीहरु दुवै टीका लगाइदिन  काठमाडौं ..

    काङ्ग्रेसभित्रको झगडाका कारण गएको चुनावमा हार व्यहोर्नुपर्र्यो : सभापति देउवा

    शुक्रबार, कार्तिक २३, २०७५ साल
    भक्तपुर, २३ कात्तिक : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन् ।  दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा  नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनले भने, “नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुप¥यो, आन्तरिक झगडा नभएको..

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइटीका लगाउन २ बहिनीहरु काठमाडौंमा

    शुक्रबार, कार्तिक २३, २०७५ साल
    काठमाडौ, २२ कार्तिक  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइटीका लगाउन दुई बहिनीहरु काठमाडौं आएका छन् । टीकाको शुभसाइतमा प्रधानमन्त्री ओलीले विष्णुमाया ढकाल र कमलादेवी कोइरालाको हातबाट सप्तरंगी टीका थाप्नेछन् । अस्वस्थ भएपछि पाँच दिन अस्पतालमा भर्ना भएर उपचार गरेका ओली प्रधानमन्त्री निवास बालुवाटरमा नै आराम गरिरहेका छन्। ओलीकी जेठी बहिनी विष्णुमाया चितवनबाट आएकी हुन्। माहिली बहिनी कमलादेवी कोइराला भने झापाको काकरभिट्टाबाट दाजु तथा प्रधानमन्त्री..

    अमेरिकी संसद्मा निर्वाचित एचबी ह्यारी भण्डारी : नेपालीको शान, नेपाली मुलका व्यक्तिमध्ये अमेरिकाको उच्च तहमा !

    बिहिवार, कार्तिक २२, २०७५ साल
    वासिङ्टन, २२ कात्तिक : अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनबाट नेपालीमुलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित हुनुभएको छ ।  बाल्टिमोर काउन्ट्रीको मेरिल्याण्ड डिष्ट्रिक आठबाट विधायकसभा ९स्टेट डेलिगेटस०मा उहाँले जीत हासिल गर्नुभएको हो । अमेरिकाको राजनीतिक तहमा रहेका नेपालीमुलका व्यक्तिमध्ये भण्डारी नै सबैभन्दा उच्च तहमा पुग्नुभएको छ ।  अहिले केन्द्रीय प्रतिनिधि सभाको ४३५ सिट, केन्द्रीय सीनेटको एक सयमध्ये ३३ सिट, ३६ गभर्नर तथा राज्य सिनेट..

    नेपाल संवत् का प्रवर्तक शङ्खधर शाख्वाः न्याय र समानताका अभियान्ता : प्रधानमन्त्री ओली

    बिहिवार, कार्तिक २२, २०७५ साल
    काठमाडौँ,२२ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक,राष्ट्रिय विभूति शङ्खधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताउनुभएको छ ।  नेपाल संवत् ११३९को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले उक्त कुरा बताउनुभएको हो ।  प्रधानमन्त्री ओलीले शाख्वाः कै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल..

    नेपाल आयल निगम : सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौँ, २१ कात्तिक  नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ ।  निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई बुधबार ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए । निगमले मङ्गलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई..

    इटहरी उपमहानगरपालिकास्थित एक व्यापारिक भवनमा भीषण आगलागी

    बुधबार, कार्तिक २१, २०७५ साल
    इटहरी, २१ कात्तिक   लक्ष्मी पूजाको दिन बुधबार दिउँसो इटहरी उपमहानगरपालिकास्थित एक व्यापारिक भवनमा भीषण आगलागी भएको छ ।  इटहरी उपमहानगरपालिका-६ स्थित धरानलाइनमा रहेको एक व्यापारिक भवनमा आगलागी भएको हो । दोस्रो तल्लाबाट सुरु भएको आगलागीको कारण खुलेको छैन । सुरक्षाकर्मी र स्थानीयबासी आगो नियन्त्रणमा जुटिरहेका छन् ।  बुधबर दिउँसो सवा १ बजेदेखि लागेको आगो बिराटनगर, इटहरी, इनरुवा र सुन्दरहरैंचाका दमकलले निभाउने प्रयास गरिहेका..

    साहित्यलाई गौरव गर्ने अवस्थामा पुर्याएका देवकोटाको ११०औँ जन्मजयन्ती

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौँ, २२ कातिक  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती बुधबार यहाँ मनाइयो । नेपाल सांस्कृतिक सङ्घद्वारा आयोजित कार्यक्रममा साहित्यकार रमा शर्माले १० वर्षको कलिलो उमेरदेखि नै साहित्य रचना गरेर छोटो अवधिमा नेपाली साहित्यलाई हालको गौरव गर्ने अवस्थामा पुर्याएका बताए ।  अङ्ग्रेजीको बोलबाला भएको यस युगमा नेपाली भाषाको पुनरुत्थान गर्न देवकोटा जस्ता मान्छे फेरि चाहिएको उनले बताए । शर्माले २०१० मा भानुभक्तको पहिलो शालिक..

    सभापति देउवालाई सुजाताको प्रश्न : हामीसँग सल्लाह लिन किन डराको ?

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौं, २१ कात्तिक  नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै प्रश्न गरेकी छिन् ।  रिपोर्टर्स क्लबले आजआयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ कोइरालाले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘सभापति ज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ?’ सञ्चारकर्मीहरुको देउसी भैलो टोलीसँग बोल्दै उनले सभापतिले उपसभापति मनोनयन..

    चाडबाडमा उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुद बनाइने, इमान्दारीका साथ काम नगर्ने प्रहरीलाई कारवाही !

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौँ, २१ कात्तिक  : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताउनुभएको छ ।  सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मङ्गलबार नयाँ बसपार्कमा आयोजना गरेको ‘अपराध न्यूनीकरणमा समुदायको सहकार्य’ विषयक कार्यक्रममा उहाँले चाडबाडका समयमा हुने अपराधलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताउनुभएको..

    र्चाल्स् शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक : सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चाल्र्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ ।  न्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले मंगलबार छुट नहुनुको कारण लिखित रुपमा पेश गर्न सरकारसँग कारण देखाऊ आदेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले शोभराजको उमेर ७५ वर्ष पुगिसकेको हुनाले सहुतिलय दिन माग गर्दै सोमबार..

    स्थापितले लगाए मुख्यमन्त्री पौडेललाई गम्भिर आरोप, भन्छन् - राजासँग त डराइन...

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक बर्खास्तीमा परेका प्रदेश ३ का पूर्वाधारमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सीआईएसँग साँठगाँठ रहेको गम्भीर आरोप लगाएका छन् । उनले मंगलबार रिपोर्टस क्लबमा भएको साक्षात्कारमा यस्तो आरोप लगाएका हुन् । तिहारपछि पौडेलविरुद्ध आन्दोलन गर्ने उनको चेतावनी थियो । “डोरमणि पौडेलले प्रदेशको अवधारणपत्र एसिया फाउन्डेसनको लगानीमा बनाए । एसिया फाउन्डेसन सीआईएको संस्था हो । डोरमणिले सीआईएसँग साँठगाँठ गरेको देखियो ।..

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ ।  अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्दै पछाडि..

    के तपाईं राति १० बजेपछि देउसी भैलो खेल्ने योजनामा हुनुहुन्छ ? होसियार !

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको उनले बताए । प्रशासनको..

    काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महासमिति बैठकको मिति केही दिन पछाडि सार्न सक्ने

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ ।  बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेविसङ्घको दुईवर्षे कार्यकाल समाप्त भएर थप..

    प्रहरी प्रधान कार्यालयद्वारा तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट प्रदान

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक : प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी रिपोर्ट प्रदान गरिएको छ ।  गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने..

    संगठनको मर्यादामा आँच पुर्याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल

    मंगलवार, कार्तिक २०, २०७५ साल
    ठिनी, मुस्ताङ, २० कात्तिक : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पुर्याउने गतिविधि सह्य नहुने बताएका छन् । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।  “इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,” उनले भने । जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो..

    डोल्पा जीप दुर्घटना : मृत्तक ७ पुरुष र ३ महिला सबैको सनाखत (नाम/ठेगाना सहित)

    सोमबार, कार्तिक १९, २०७५ साल
    डोल्पा, १९ कात्तिक  : ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा  सोमबार भएको जीप दुर्घटनाका मृत्तक सबैको सनाखत भएको छ ।  त्रिपुराकोटतर्फ १२ जना यात्रु बोकेर जाँदै गरेको भे१च १६१० नंको जीप अपराह्न दुर्घटना हुँदा सात पुरुष र तीन महिलासहित १० को मृत्यु भएको हो । जीप सडकबाट पन्ध्र मिटर तल ठूलीभेरी नदीमा खसेको थियो ।  मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय..

    सर्वोच्च अदालतमा जनशक्ति अभाव, न्याय सम्पादन प्रभावित, थप १ हजार ३३९ कर्मचारी नयाँ माग !

    सोमबार, कार्तिक १९, २०७५ साल
    काठमाडौँ, १९ कात्तिक : सर्वोच्च अदालतमा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको छ । पहिलेभन्दा दोब्बर बढी मुद्दा पर्ने र नयाँ संहिताअनुसार कार्य सम्पादन गर्नुपर्ने भएको हुँदा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको हो ।  तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र गोपालप्रसाद पराजुलीको पदावधि सकिएपछि थप न्यायाधीश नियुक्त हुन सकेका छैन । संविधानमा २१ जना न्यायाधीश हुने उल्लेख भए..

    पाठ्यक्रम विकास केन्द्रका लेखापाल गुणराज दाहाल २५ हजार रुपैयाँ घुससहित पक्राउ

    सोमबार, कार्तिक १९, २०७५ साल
    काठमाडौं, १९ कात्तिक प्रहरीले पाठ्यक्रम विकास केन्द्र, सानो ठिमीका लेखापाल (लायब सुब्बा) गुणराज दाहाललाई घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको प्रहरी टोलीले २५ हजार रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालले दाहाललाई काठमाडौं–५, गहनापोखरीस्थित भाञ्जा क्याफे अगाडिबाट पक्राउ गरिएको पुष्टि गरे । ‘राष्ट्रिय बहिरा महासंघ नेपाललाई कक्षा ६ को सामाजिक र बिज्ञान विषयको पाठलाई साङ्केतिकरण..

    प्रदेश तीन- मङ्सिर १५ गतेभित्र स्थानीय तहको एकीकरण गर्न नेकपाको निर्देशन

    सोमबार, कार्तिक १९, २०७५ साल
    काठमाडौँ, १९ कात्तिक नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ ।  प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको प्रक्रिया थालिएको जानकारी दिए । उनका अनुसार रसुवा र सिन्धुलीका स्थानीय तहको एकता प्रक्रिया सकिएको छ । नगर÷ गाउँमा सङ्गठन कमिटीको गठन गरिएको छ ।  प्रदेशअन्तर्गत रहेका अन्य..

    भ्रष्टाचार न्यूनीकरण साझा एजेण्डा हुनुपर्छ : प्रमुख आयुक्त घिमिरे

    सोमबार, कार्तिक १९, २०७५ साल
    भीमदत्तनगर, १९ कात्तिक    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार न्यूनीकरणको विषय अख्तियारसँगै सरकार, नागरिक समाजलगायत राज्य संयन्त्रको साझा एजेण्डा बन्नुपर्ने धारणा राखेका छन् ।    कञ्चनपुरको भीमदत्तनगरस्थित आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालयको नवनिर्मित भवनको सोमबार बिहान उदघाट्न गर्दै प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार न्यूनीकरण सबैको साझा एजेण्डा बने मात्रै उल्लेखनीय काम गर्न सकिने बताए । मुलुकमा सङ्घीय, प्रदेश र स्थानीय गरी सबै..

    राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा : प्रचण्ड

    सोमबार, कार्तिक १९, २०७५ साल
    विराटनगर, १९ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले सो कुरा बताउँदै सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको छ भने । अध्यक्ष दाहालले पार्टीमा भोलि आउन सक्ने समस्यालाई अहिले नै निराकरण..

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउने, मोदीलाई धेरै महत्व नदिन नेपाललाई कांग्रेस आईको चतावनी

    सोमबार, कार्तिक १९, २०७५ साल
    काठमाडौं,  १९ कार्तिक  भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महत्व नदिन नेपाललाई आग्रह गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो । नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ । उसले छिमेक यस्तोमा उपयोग हुन नहुने भन्दै सचेत रहन औपचारिक-अनौपचारिक आग्रह गरेको हो ।..

    इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राट पोखरामा, रुपाकोट तथा बेगनासको भ्रमण

    सोमबार, कार्तिक १९, २०७५ साल
    पोखरा, १९ कात्तिक : इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गर्नुभएको छ ।  प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गर्नुभएको हो ।  आफ्नो तीन दिने भ्रमणका क्रममा सो टोलीले पोखरामा विदेशी लगानीको सम्भाव्यता अध्ययनसमेत गरेको युवा व्यवसायी तथा समाजसेवी पदमराज पौडेलले..
    Weather Forecast