बुधबार, आषाढ २४, २०७७

    राज्य-समाज

    बत्तिसपुतलीमा जुवाखालबाट समातिएका १३ व्यापारी को-को हुन् ? (सूचीसहित)

    आईतवार, मंसिर २, २०७५ साल
    काठमाडौं, २ कात्तिक काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको जुवा अपरेशनका क्रममा बत्तिसपुतली क्षेत्रबाट १३ जना व्यापारी पक्राउ परेका छन् । शनिबार राति मिराज होटलमा जुवा खलिरहेका वेला बत्तिसपुतली तथा कमलपोखरी क्षेत्रका १३ व्यापारी रंगेहात पक्राउ परेका हुन् । उनीहरुको साथबाट ७ लाख ६१ हजार १ सय ९० नेपाली रुपैयाँ र १ हजार ८ सय ८० भारतीय रुपैयाँ बरामद भएको डीएसपी होविन्द्र बोगटीले बताए..

    बलात्कारपछि हत्या : फहियाले आँशु पुछ्दै आमा भन्छिन् - न्याय पाउने हरायो आश

    आईतवार, मंसिर २, २०७५ साल
    जीतपुर, २ मङ्सिर -  सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणग¬ङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी जिन्दगीभरि नआउने गरी सधैका लागि बिदा लिइन् ।  “मेरी छोरीको अस्मिता लुटेर अकालमा हत्या गरियो”, आमा फहियाले आँखाभरि..

    नेविसंघका कार्यकर्ता आफ्नै माउ पार्टीप्रति आक्रोशित, पुरानालाई नै जिम्मेवारी दिने कि तदर्थ समिति बनाउने ?

    आईतवार, मंसिर २, २०७५ साल
    काठमाडाैँ, २ मङ्सिर नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ पार्टी नेतृत्वप्रति आक्रोशित बनेकाे छ । विधानलाई अन्तिमरुप दिन प्रमुख पार्टी कांग्रेस असमर्थ भएपछि उत्पन्न संकट विरुद्ध विद्यार्थी नेतृत्व घेराउसम्मको अवस्थामा उत्रियाे । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठक आज पनि बस्दैछ ।  शनिवार बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि बैठक आजको लागि बोलाइएको छ ।  बैठक आइतबार दिउँसो दुई बजेका लागि बोलाइएको छ ।..

    उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकमा चिकित्सा विधेयक पहिलो कार्यसूचीमा प्रस्तुत गर्ने

    आईतवार, मंसिर २, २०७५ साल
    काठमाडौँ, २ मङ्सिर  प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ ।  उपसमितिको आईतबारको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्यसम्पादन गर्ने र सोहीअनुरुप समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।  उपसमितिले त्यसका लागि समितिका सदस्य भैरवबहादुर..

    स्थानीय पूर्वाधार विकास कार्यक्रममा २० योजना छनोट, सडकलाई विशेष प्राथमकिता

    आईतवार, मंसिर २, २०७५ साल
    सोलुखुम्बु, २ मङ्सिर  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक, खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राई संयोजक रहेको निर्देशक समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न २० योजना छनोट गरेको हो ।  योजना छनोट गर्दा सडकलाई विशेष प्राथमकिता दिइएको छ । यस्तै खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र..

    पूर्वउपसभामुख सुवेदीले नयाँ जीवन र आर्शीवाद दिदै गरीदिइन् ‘बुहारीको विवाह’

    आईतवार, मंसिर २, २०७५ साल
    बाँके, २ मङ्सिर  सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएकि छन् ।  बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माएकि हुन् । विसं २०७२ को महाभूकम्पमा परी उनका जेठा छोरा अच्युतराज सुवेदीको..

    सातौँ राष्ट्रिय कर दिवस : बढी कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ शमशेर

    शनिबार, मंसिर १, २०७५ साल
    काठमाडौँ, १ मङ्सिर  सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गर्नुभयो ।  बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । यसअघि पनि दुई पटकसम्म सूर्य नेपाल सबैभन्दा बढी..

    प्रधानमन्त्रीद्वारा कर दिवसको शुभकामना, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

    शनिबार, मंसिर १, २०७५ साल
    काठमाडौँ, १ मङ्सिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  ‘कर: समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा कर दिवस मनाउन लागिएको सन्दर्भमा उहाँले कर दिवसले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित..

    बगैँचा नजिकबाट चोरीका पाँच थान मोटरसाइकल बरामद, काठमाडौँको गोकर्णेश्वरमा नगर सुरक्षा समिति गठन

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काठमाडौँ, ३० कात्तिक  नागरिक र प्रहरीबीच समन्वयात्मक रुपमा घरेलु हिंसा, लागुऔषध नियन्त्रणलगायत शान्तिसुरक्षा कायम गराउने उद्देश्यले गोकर्णेश्वर नगरपालिकास्तरीय सुरक्षा समिति गठन गरिएको छ ।  नगरपालिका र महानगरीय प्रहरी वृत्त बौद्धको संयुक्त आयोजनामा नगर कार्यपालिकाको सभाकक्षमा आयोजित नगरस्तरीय भेलाले नगरप्रमुख सन्तोष चालिसेको संयोजकत्वमा ४३ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा उपप्रमुख शान्ति नेपाल र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक..

    नमोबुद्ध नगरपालिकाद्वारा इँटाभट्टा सञ्चालनमा रोक, नगरप्रमुख भन्छन् - अब इँटाभट्टा चल्न दिन्नँ

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काभे्रपलाञ्चोक, ३० कात्तिक  नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा इँटा उद्योग सञ्चालनमा रोक लगाएको छ । यसअघि चालु आर्थिक वर्षका लागि कार्यालयले नगरपालिका क्षेत्रभित्र अव्यवस्थित इँटा उद्योगको नवीकरणमा समेत रोक लगाएको थियो ।  कार्यालयले शुक्रबार सूचना जारी गर्दै सर्वसाधारणलाई इँटा उद्योगलाई आफ्नो जमीन उपलब्ध नगराउन अनुरोध गरेको छ । स्थानीयवासीले केही वर्षदेखि इँटा उद्योगका लागि आफ्नो जमीन भाडामा दिँदै आएका थिए । नगरप्रमुख टङ्कप्रसाद..

    प्रधानसेनापति र संयुक्त राष्ट्रसङ्घका उपमहासचिवबीच भेटवार्ता, पारस्परिक सम्बन्धका विषयमा छलफल

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काठमाडौँ, ३० कात्तिक प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गरेका छन् ।  जङ्गी अड्डामा शुक्रबार भएको भेटवार्ताका क्रममा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको । ..

    सरकारले अहिले नै ४ वर्षपछि हुने चुनावको मिति घोषणा गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त यादव

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काठमाडौँ, ३० कात्तिक  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अब हुने चुनावको मिति सरकारले अहिले नै घोषणा गर्नुपर्ने बताएका छन् ।  यादवले निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिन पनि माग गरे । निर्वाचनका बारेमा अध्ययन गर्ने नियोक, जियोक र संकल्प नामक संस्थाले शुक्रबार काठमाडौँमा आयोजना गरेको विस्तृत सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा यादवले निर्वाचनका कमीकमजोरीहरु हटाउन अबको चार वर्षपछि हुने निर्वाचनको मिति सरकारले अहिले..

    काठमाडौँका यि अस्पताल जुन ‘फोहर पानी प्रशोधन केन्द्र’ बिनै सञ्चालित छन्

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काठमाडौँ, ३० कात्तिक  उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर पानी सिधै ढलमा मिसाउने गरेको तथ्य फेला परेको हो । विभागले वातावरण निरीक्षकको नेतृत्वमा चार समूह गठन गरी उपत्यकाका ३० भन्दा बढी अस्पतालमा वातावरणीय कानूनका आवश्यक मापदण्ड पालना गरे/नगरेको सम्बन्धमा स्थलगत अनुगमन गरेको थियो..

    कोलम्बो प्रोसेस : संयुक्त नेतृत्व र साझा जिम्मेवारी आवश्यक {तस्विर सहित}

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काठमाडौँ, ३० कात्तिक  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले ‘कोलम्बो प्रोसेस’को उद्देश्य हासिल गर्न सदस्य मुलुकले संयुक्त नेतृत्व र साझा जिम्मेवारीलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।  श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रूपमा रहेको ‘कोलम्बो प्रोसेस’ को शुक्रबार छैटौँ मन्त्रिस्तरीय परामर्श बैठकको अध्यक्षता गर्दै उनले प्रोसेसको भावना र उद्देश्यअनुरूप गन्तव्य मुलुकसँग नेपालले समझदारी गर्ने प्रयास अघि बढाएको बताए ।..

    स्थानीय तह सञ्चालनका लागि ल्याइएको ऐन प्रदेश र कानूनसँग बाझिएकाले संशोधनको तयारी

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काठमाडौँ, ३० कात्तिक  ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ का केही प्रावधान अन्य कानूनसँग बाँझिएकाले सरकार उक्त ऐन संशोधनको तयारीमा रहेको छ ।  स्थानीय तह सञ्चालनका लागि ल्याइएको उक्त ऐन सङ्घ र प्रदेशका केही ऐन र कानूनसँग बाझिएकाले संशोधनको तयारीमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।  संशोधनका लागि मन्त्रालयले जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ र गाउँपालिका..

    निर्मला हत्या प्रकरण : थप ४ जनाको डिएनए मिलेन, जन–असन्तोषले अनिष्ट निम्त्याउने जोखिम

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    कञ्चनपुर, ३० कात्तिक  सुदूर पश्चिम कञ्चनपुरकी किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा शंकास्पद चार जनाको पछिल्लो डिएनए परीक्षण म्याच नभएको कञ्चनपुर प्रहरीले जनाएको छ ।  ‘पछिल्लो पटक शंकास्पद चार जनाको डिएनए परीक्षण रिर्पोट नेगेटिभ आयो, अनुसन्धान जारी नै छ आवश्यक्ता अनुसार अरुको पनि परीक्षणका लागि पठाउन सकिन्छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए ।  शंकास्पद चारजनाको रगत संकलन..

    बम राखेको अभियोगमा १ पक्राउ, ‘हामी नेपाली हाम्रो नेपाल’को अध्यक्ष भएको जानकारी

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    राँझा, ३० कात्तिक  नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा बम राखेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  दयालु भन्ने प्रदीप वलीलाई शुक्रबार नै पुष्पलालचोक नजिकबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले पुष्टि गरे ।  पक्राउ परेका व्यक्ति ‘हामी नेपाली हाम्रो नेपाल’ नामको सङ्गठनका अध्यक्ष भएको जानकारीमा आएको छ । बम राखिएको पुष्पलालचोक नजिकै प्रहरीले शुक्रबार ‘हामी..

    तरुण दलको २ वर्षे कार्यकाल ४ पदाधिकारीमै सीमित, केन्द्रीय समितिले पूर्णता पाउन सकेन

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काठमाडौँ, ३० कात्तिक  नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण दलको दुईवर्षे कार्यकाल चार पदाधिकारीमै सीमित बनेको छ ।  तेस्रो महाधिवेशन भएको १० वर्षपछि विसं २०७३ कात्तिक २७ देखि २९ सम्म पोखरामा सम्पन्न महाधिवेशनबाट चार पदाधिकारी सर्वसम्मत चयन भएपछि केन्द्रीय समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । विधानअनुसार तरुण दलको कार्यकाल तीन वर्ष रहेको छ ।  पोखरामा सम्पन्न चौथो महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष..

    ५ दिन अघिदेखिधर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी, बुबा भन्छन् - धर्ना जारी छ

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    कञ्चनपुर, ३० कात्तिक  बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् ।  पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो । कात्तिक २५ गतेदेखि धर्नामा बसेका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र..

    नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    दार्चुला, ३० कात्तिक  भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ ।  धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  नभेम्बर १८ (मङ्सिर २ गते) का दिन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भारतको पिथोरागढ..

    “चीन र भारत दुवै देशसँग मैत्रीपूर्ण सम्वन्ध राख्न चाहान्छौँ, हाम्रा लागि सबै मुलुकहरु मित्र हुन्”

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौैँ, २९ कात्तिक : प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले नेपालले भारत र चीनलगायत सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने बताएका छन् ।  रिपोटर्स क्लब नेपालद्वारा यहाँ बिहिबार आयोजित साक्षात्कारमा सल्लाहकार भट्टराईले राष्ट्रलाई केन्द्रमा राखेर भारत र चीनसँग रहदै आएको ऐतिहासिक, पराम्परागत, आर्थिक र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । चीन र भारत दुई वटा उदयीमान देशहरुबाट हामीले जति फाइदा लिनुपर्ने थियो..

    बन्दीप्रत्यक्षीकरण रिट दायर : विप्लवको मुद्दामा पक्राउ परेका सिके राउत सर्वोच्च अदालत उपस्थित

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौँ,  २९ कात्तिक  राज्य विप्लवको मुद्दामा रौतहटबाट पक्राउ परेका सिके राउतलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गरिइएको छ । बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि सर्वोच्च अदालतले ५ दिनभित्रै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । बिहीबार उक्त मुद्दामा बहस भएपनि फैसला शुक्रबार मात्रै आउने सर्वोच्च स्रोतले जनाएको छ । अलग मधेशको वकालत गर्दै आएका राउतलाई प्रहरीले असोज २१ गते रौतहटबाट पक्राउ गरेको थियो । विखण्डनकारी गतिविधि..

    इजरायलको राजदूतमा अन्जान शाक्य सिफारिस, निरञ्जन थापा फिर्ता बोलाइए

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौं, २९ कात्तिक सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने निर्णय गरेको छ । उनलाई तीन साताको म्याद दिइएको छ । रिक्त भएको राजदूत पदमा अञ्जान शाक्यलाई सिफारिस गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सरकारले..

    नेपालगन्जमा राखिएको शंकास्पद बस्तु बम भएको पुष्टि, सेनाद्वारा निष्कृय, बम राख्नेको पहिचान हुन बाकी

    बिहिवार, कार्तिक २९, २०७५ साल
    नेपालगन्ज, २९ कार्तिक  नेपालगन्जको पुष्पलाल चोकमा प्लास्टिक झोलामा राखिएको शंकास्पद बस्तु बम भएको पुष्टि भएको छ । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले धम्बोझीमा रहेको वाटरपार्कमा लागेर निष्कृय पारेको छ । प्लास्टिक झोलामा सकेटजस्तो रहेको शंकास्पद बस्तु बम भएको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए । बम राखिएको स्थाननजिकै 'कमाण्डर समूह'को पर्चा भेटिएको छ । उक्त पर्चामा शक्तिशाली बम भएको तीन..

    निर्मला पन्त हत्या प्रकरण : न्याय नपाएपछि धर्नामा बसेका बावु–आमाको स्वास्थ्यमा समस्या

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौँ, २९ कात्तिक तीन महिना बितिसक्दा पनि न्याय नपाएपछि धर्नामा बसेका निर्मला पन्तका बावुआमाको स्वास्थ्य समस्या देखिन थालेको छ । निर्मलाका बावु यज्ञराज, आमाहरु दुर्गादेवी र लक्ष्मी तीनै जनाको रक्तचापमा कमी आएको बताइएको छ । छोरीको हत्यारालाई कारवाही गर्नुपर्ने लगायत ५ दिनयता अनिश्चितकालिन धर्नामा बसिरहेका यज्ञराज, दुर्गादेवी र लक्ष्मीको धर्नास्थलमै पुगेर चिकित्सक टोलीले स्वास्थ्य परिक्षण गरेको थियो । बढ्दो चिसो र खानाको कमीले..

    नेपालगञ्जको पुष्पलाल चोकमा बम राखिएको शंकापछि तनाव, टाढा रहन प्रहरीको चेतावनी

    बिहिवार, कार्तिक २९, २०७५ साल
    नेपालगन्ज, २९ कात्तिक  प्लास्टिक झोलामा शंकास्पद बस्तु बेरेर नेपालगन्जको पुष्पलाल चोकमामा राखिएको शंकापछि तनाव छ । स्थानीयले बम भएको शंका गर्दै प्रहरीलाई खबर गरे । घटनास्थलमा प्रहरी पुगेको छ । तालिम प्राप्त कुकुर प्रयोग गरी बम भए/नभएको यकिन गर्ने प्रयास भइरहेको छ। झोला नजिकै कमाण्डर समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ। उक्त पर्चामा तीन सय मिटर टाढा रहन चेतावनी दिइएको छ। बाँके प्रहरी..

    १३ वर्षीया बालिका एन्जिनाको हत्यामा संलग्न २ अभियुक्त सार्वजनिक

    बिहिवार, कार्तिक २९, २०७५ साल
    गाईघाट, २९ कात्तिक  गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई बिहिबार प्रहरीले सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराएका हुन् । प्रहरीका अनुसार बालिका हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय बहादुर राई (नामपरिबर्तन) र अर्का १७..

    खराब आचरणका प्रहरीलाई तत्काल कारवाही गर्छु : प्रहरी महानिरीक्षक

    बिहिवार, कार्तिक २९, २०७५ साल
    साँखु, २९ कात्तिक  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन् ।  काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुगेका खनालले भने, “समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।”  खनालले अपराध रोकथाम गरी..

    कोलम्बो प्रोसेस : उच्च अधिकारीस्तरीय बैठक शुरु, अवसर तथा चुनौतीको बारेमा गहन छलफल

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौँ, २९ कात्तिक  श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक बिहिबारदेखि काठमाडौँमा शुरु भएको छ ।  प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ ।  बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षित आप्रवासनसम्बन्धी विद्यमान..

    २७ वर्षदेखिको समस्या : नेपालमा रहेका भूटानी शरणार्थीहरुको घरफिर्तीका लागि युएनएचसीआरले पहल गर्ने

    बिहिवार, कार्तिक २९, २०७५ साल
    उर्लाबारी, २९ कात्तिक : सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले पहल गर्ने भएको छ ।  मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिसँग यहाँ बुधबार भएको भेटघाटमा युएनएचसीआरका एशिया ब्युरो निर्देशक इन्द्रिका रवाट्टेले भूटानी शरणार्थी समस्या समाधानमा युएनएचसीआर सधैँ लागिरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “युएनएचसीआरले लगातार प्रयास नगरेको पनि..
    Weather Forecast