राज्य-समाज
मंगलवार, कार्तिक ५, २०७६ साल

काठमाडौँ, ५ कात्तिक
“नेपालको भूजडित हुने सपनालाई पूरा गराउन चीनका राष्ट्रपति सी चिनफिङले व्यक्त गर्नुलाई सामान्य अर्थमा मात्रै हेर्न मिल्दैन ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका विचारमा “राष्ट्रपति सीले उक्त भनाइको अर्थ नेपाल समुद्रसँग जोडिए जत्तिकै ठान्दा हुन्छ भन्नु हो । यो नेपालको विकासमा चिनियाँ सहयोगको गुणात्मक र नयाँ सैद्धान्तिक आधार हो ।”
आफ्ना तर्कलाई..
मंगलवार, कार्तिक ५, २०७६ साल

परासी, ५ कात्तिक
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामको नतिजा देखिने बेला आएको बताउनुभएको छ । पहिलो वर्ष सरकारले विकासको आधार तयार पारेको र अव विस्तारै नतिजा देखिदै जाने बताउनुभयो ।
पश्चिम नवलपरासीको परासीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आज गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि अव सरकारका कामको नतिजा देखिन थाल्छ, हामी पहिलो वर्ष..
मंगलवार, कार्तिक ५, २०७६ साल

काठमाडौँ, ५ कात्तिक
राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय..
मंगलवार, कार्तिक ५, २०७६ साल

काठमाडौँ, ५ कात्तिक ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रले चुनौतीको सामना गर्नुपरेकाले पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकले सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।
चीनको राजधानी बेइजिङमा जारी नवौँ बेइजिङ स्याङ्सन फोरमको साना र मध्यम मुलुकका साझा स्वार्थ र सुरक्षाका विषयको सत्रमा आज सम्बोधन गर्दै आफ्नो तर्फबाट कुनै कमजोरी नहुँदा पनि नेपालले भोग्नुपरिरहेका जलवायु परिवर्तनका समस्याबारे..
मंगलवार, कार्तिक ५, २०७६ साल

गोरखा, ५ कात्तिक ।
बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकबीच लामो समयदेखिको सीमा विवाद सुल्झाउन सात बूदे सहमति गरिएको छ । जिल्ला समन्यव समितिको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकमा साविकका दुई गाविसबीचको सीमा विवाद मिलाउन सहमति भएको हो ।
दुई दिनदेखि लगातार भएको सर्वपक्षीय बैठकले बारपाक र लाप्राकबीचको सिमानालाई वैज्ञानिक ढङ्गले सिमाङ्कन गर्ने निर्णय भएको जिल्ला समन्यव समितिका प्रमुख अशोककुमार..
मंगलवार, कार्तिक ५, २०७६ साल

पाँचथर, ५ कात्तिक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली–प्रचण्डबीच भएको सहमति कार्यन्वयन नभएको भन्दै बाहिर आएको समाचार हल्ला मात्र भएको बताएका छन् ।
आलोपालो प्रधानमन्त्रीलाई लिएर नेकपाका दुई अध्यक्षको दुरी बढेको आशंका भइरहेका बेला प्रचण्डले भने हल्लाको पछाडि नलाग्न आग्रह गरे । पाँचथरमा कार्यक्रम प्रशिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी एकता गर्ने भएका समझदारीहरु कार्यान्वयनका क्रममा रहेको बताए..
मंगलवार, कार्तिक ५, २०७६ साल

काठमाडौँ, ५ कात्तिक
राहदानी विभागमा राहदानी बनाउनेको भीड बाक्लो देखिएको छ । सोमबार आवेदन दिनेको संख्या झण्डै ३ हजार पुगको राहदानी विभागले जनाएको छ ।
राहदानी विभागले सधैंको भन्दा भन्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ ।
गत असोज १५ मा डीभी आवेदन खुलेपछि काठमाडौँ आएर तत्कालै राहदानी (एमआरपी) झिक्नेको संख्या ह्वात्तै बढेको हो ।
अरु..
मंगलवार, कार्तिक ५, २०७६ साल

काठमाडौँ, ५ कात्तिक
नेपाल र बङ्गलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यले नेपाल र बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ ।
बैठकमा बङ्गलादेशसँगको व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा विस्तृतमा छलफल हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल र बङ्गलादेशबीचको ‘कनेक्टीभिटी’को एजेण्डालाई महत्वका साथ उठान गरिने बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको वाणिज्य मन्त्रालयका सहसचिव नवराज..
मंगलवार, कार्तिक ५, २०७६ साल

जापान, ५ कात्तिक
जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान उहाँहरु बस्नुभएको होटेलमा भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो उहाँहरुको पहिलो भेटघाट हो ।
सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने..
मंगलवार, कार्तिक ५, २०७६ साल

काठमाडौं, ५ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ ।
पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिहरुलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार गर्न निर्देशन दिएको पार्टीले जनाएको छ । बैठकमा विभागीय..
सोमबार, कार्तिक ४, २०७६ साल

सुर्खेत, ४ कात्तिक
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले किसानका नेताले अब नमूना किसान बन्नुपर्नेमा जोड दिनुभएको छ ।
अखिल नेपाल किसान महासङ्घ, प्रदेश समन्वय कमिटीको प्रथम बैठकलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले आधुनिक र व्यावसायिक उत्पादनबिना किसानको नेता मान्न नसकिने बताउनुभयो ।
मन्त्री ज्वालाले किसान महासङ्घमा आवद्ध केन्द्रीयदेखि स्थानीयसम्मका नेताले कुनै न कुनै कृषि उत्पादनमा आफूलाई अब्बल बनाउनुपर्ने र महासङ्घले..
सोमबार, कार्तिक ४, २०७६ साल

काठमाडौँ, ४ कात्तिक
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले किशोरीहरुलाई भावी पुस्ताको नेतृत्वका लागि तयार हुन आग्रह गर्नुभएको छ ।
लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षलाई प्रभावकारी बनाउन आवश्यक रणनीति तर्जुमा गर्ने उद्देश्यले आज यहाँ आयोजना गरिएको छलफल कार्यक्रममा उहाँले भन्नुभयो, “विगतमा राजनीति गर्ने महिलाले गरेको मेहनत र बगाएको पसिनाका कारण आज राजनीतिक आर्थिक र सामाजिकलगायत सबै क्षेत्रमा महिलाको नेतृत्वमा वृद्धि भएको..
सोमबार, कार्तिक ४, २०७६ साल

काठमाडौँ, ४ कात्तिक
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश र्फकनुभएको छ ।
सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय कानूनको सवलीकरण ः क्षेत्रीय सहयोगमा संसदीय भूमिका र संयन्त्र’ विषयक छलफलमा नेपालको धारणा प्रस्तुत गर्नुभएको थियो । साथै प्रजातन्त्र र मानवाधिकारको स्थायी समितिको बैठकमा सहभागिता जनाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा..
सोमबार, कार्तिक ४, २०७६ साल

काठमाडौँ, ४ कात्तिक ।
निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।
यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य..
सोमबार, कार्तिक ४, २०७६ साल

टोकियो, ४ कात्तिक
जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीको सम्मानमा आज जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालीलाई दुःख पर्दा असल र भरपर्दाे मित्रका रुपमा जापानले सघाएको उल्लेख गर्नुभयो । उहाँले गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले नेपाल र जापाबीच सन्..
सोमबार, कार्तिक ४, २०७६ साल

काठमाडौं, ४ कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ ।
म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरेर हाल जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको हो ।
राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भन्नुभएको..
सोमबार, कार्तिक ४, २०७६ साल
.jpg)
काठमाडौँ, ४ कात्तिक ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मा गणतन्त्र सङ्घको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सञ्चारकर्मीसँगको भेटमा उहाँले नेपालमाथि कुनै पनि विषयमा कुनै पनि देशले दबाब नदिएको बताउनुभयो । हालै चीनका राष्ट्रपति..
सोमबार, कार्तिक ४, २०७६ साल

काठमाडौँ, ४ कात्तिक
सोमबार चन्द्रागिरी नगरपालिका वडा नम्बर १ टोटीटोलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा-सिस्नेखोला सुरूङमार्गको शिलान्यास गरेका छन् ।
धादिङको सिस्नेखोलाबाट सुरू हुने सुरूङमार्ग टोटीटोलमा आइपुग्छ । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा ५.५६ किलोमिटर सुरूङमार्ग बन्न लागेको हो ।
आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार जापानीज कम्पनीले आयोजना निर्माणको जिम्मा लिएको छ । ४२ महिनाभित्र आयोजना सम्पन्न हुने गरी काम सुरू..
सोमबार, कार्तिक ४, २०७६ साल

काठमाडौँ, ४ कात्तिक
प्रधानमन्त्री केपी शर्मा ओलीको आफू लक्षित अभिव्यक्ति पशचात नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए ।
परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि थिए ।
शनिबार मध्याह्नदेखि आइतबार बिहानसम्म उतै बसेका अध्यक्ष दाहाल फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे, करिब २ घण्टा त्यहीँ अलमलिए ।
ओलीले पुराना सहमति कार्यान्वयनमा चासो नदेखाएको..
सोमबार, कार्तिक ४, २०७६ साल

टोकियो, ४ कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ ।
राष्ट्रपति भण्डारीले भेटवार्तामा नेपालको आर्थिक विकासमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दैै यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा सहभागी परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो..
सोमबार, कार्तिक ४, २०७६ साल

जापान, ४ कात्तिक ।
राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ ।
सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी..
आईतवार, कार्तिक ३, २०७६ साल

लहान, ३ कात्तिक
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले मुलुकको विकासका लागि नेपालका सबै कम्युनिष्ट शक्तिहरु एकै ठाउँमा आउनुपर्ने बताउनुभएको छ ।
सिरहाको कर्जन्हामा आज सामुदायिक रेडियो गङ्गाजलको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री यादवले एउटा कम्युनिष्ट पार्टी सरकार बनाउने र अर्काे कम्युनिष्ट पार्टीले कालो झण्डा देखाएर विरोध गर्नुपर्ने अवस्थाको अन्त्य गरी मुलुकको विकास र समृद्धिका लागि एउटै ठाउँमा आउनुपर्ने बताउनुभयो ।..
आईतवार, कार्तिक ३, २०७६ साल

काठमाडौँ, ३ कात्तिक
तिहार, छठ पर्व र नेपाल सम्वत्का अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजनाा गर्दै आउनुभएको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम यसपटक नहुने भएको छ ।
उपराष्ट्रपतिको कार्यालय तथा निवास परिसरमा निर्माण कार्य भइरहेकाले यसपटकको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम नहुने उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यले जानकारी दिनुभयो ।
उपराष्ट्रपति कार्यालयले तिहार, छठ एवं नेपाल सम्वत् ११४० का अवसरमा देश तथा विदेशमा रहनुभएका..
आईतवार, कार्तिक ३, २०७६ साल

काठमाडौँ, ३ कात्तिक
काठमाडौँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश बाबुराम सुवेदीको इजालसले आज यही कात्तिक २ गतेदेखि लागू हुने गरी पाँचदिन हिरासतमा राख्न अनुमति दिएको र दुई दिन बितेकाले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयोे ।
यसअघि अदालतले महरालाई गत २८ असोजमा १९ गतेदेखि लागू..
आईतवार, कार्तिक ३, २०७६ साल

काठमाडौँ, ३ कात्तिक
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै सरकारको तर्फबाट निर्वाचन आयोगलाई पूर्ण सहयोग हुने बताउनुभएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका सदस्यसँग आज गर्नुभएको छलफलमा प्रधानमन्त्रीले उपनिर्वाचनको तयारीप्रति प्रशन्नता व्यक्त गर्नुभएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह उपनिर्वाचनका विविध विषयमा आयोगका तर्फबाट प्रधानमन्त्रीसँग..
आईतवार, कार्तिक ३, २०७६ साल

काठमाडौँ, ३ कात्तिक
जिल्ला अदालत काठमाडौँले सांसद पार्वत गुरुङलाई साधारण तारिखमा बस्ने आदेश दिएको छ । न्यायाधीश पूर्णेश्वर उपाध्यायको इजलासमा आज ज्यान मार्ने उद्योगको मुद्दामा थुनछेक बहसपछि साधारण तारिखमा बस्ने आदेश दिएको अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निवाचित गुरुङविरुद्ध गत वैशाख २९ गते काठमाडौँ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दोलखाका वीरध्वज खड्काले किटानी जाहेरी दिनुभएको थियो ।..
आईतवार, कार्तिक ३, २०७६ साल

नेपालगञ्ज, ३ कात्तिक
बाँकेको नेपाल–भारत सीमानाका तीन दिनसम्मका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्तिमार्फत आज साँझ ६ः०० बजेदेखि सोमबार साँझ ६ः०० बजेसम्मका लागि सीमानाका बन्द गरिएको सूचना जारी गरेको छ ।
भारत उत्तर प्रदेशको बहराइच जिल्लामा सोमबार हुन लागेको विधान सभाको उपनिर्वाचनका कारण सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो । उपनिर्वाचनको मतदान सोमबार साँझ..
आईतवार, कार्तिक ३, २०७६ साल

सुर्खेत, ३ कात्तिक
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षभित्रै हरेक स्थानीय तहमा ‘विपद् व्यवस्थापन दूत’ परिचालन गर्ने तयारी गरेको छ । कर्णालीमा वर्षेनी विपद्बाट हुने धनजनको क्षति रोक्न विपद् प्रतिकार्यका लागि दूत परिचालन गरिने भएको हो ।
कर्णालीका ७९ वटै स्थानीय तहमा विपद् व्यवस्थापन दूतमा स्थानीय नागरिककै सहभागिता रहने विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा वीरेन्द्रनगरमा आज आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा..
आईतवार, कार्तिक ३, २०७६ साल

काठमाडौँ, ३ कात्तिक
सरकारले जग्गा जमीन रोक्का राखेको छ । बेचबिखन गर्नसमेत स्थानीयले पाएका छैनन् । बैंक तथा वित्तीय संस्थामा राखेर ऋणसमेत लिन पाएका छैनन् । विसं २०७२ देखि सरकारले मुआब्जा वितरण गरिरहेको छ तर अझै केही स्थानको मुआब्जा नै निर्धारण हुन सकेको छैन । आयोजना प्रभावितले भन्न थालेका छन्, “कि त हाम्रो जग्गाको उचित मुआब्जा निर्धारण गरेर लेऊ होइन भने..
आईतवार, कार्तिक ३, २०७६ साल

दमौली, ३ कात्तिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले पार्टीलाई बलियो बनाउने गरी काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा तनहँुको दोस्रो पूर्ण बैठकलाई आज दमौलीमा सम्बोधन गर्दै उहाँले दुई कम्युनिष्ट पार्टी मिलेर बनेको पार्टीलाई थप मजबुद बनाउन आवश्यक रहेको बताउनुभयो ।
पार्टीको एकीकरण प्रक्रिया टुङ्गिन नसकेकाले पार्टीलाई कमजोर बनाउने गतिविधि गर्ने छुट कसैलाई पनि..
Results 8118: You are at page 20 of 271