आईतवार, आषाढ २८, २०७७

    राज्य-समाज

    उद्दार र राहतमा कुनै सम्झौता हुन्नः सभामुख सापकोटा

    बिहिवार, आषाढ २५, २०७७ साल
    मेलम्ची। सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी-पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। घटनास्थलको स्थलगत अवलोकनपछि सिन्धुपाल्चोकको चौतारामा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले बाह्रबिसे नगरपालिका-५ स्थित जम्बु खोलामा गएराति आएको बाढी-पहिरोमा परी घाइतेहुने र पीडित परिवारको उद्दारमा कुनै सम्झैता नहुने बताए। सभामुख सापकोटाले उद्धार जारी रहेको र राहत सामग्री वितरण भइरहेको उल्लेख गर्दै बेपत्ताको खोजी..

    सरिता गिरीको सांसद पद रिक्त

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं। संघीय संसद् सचिवालयले समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ। समाजवादी पार्टीले संसद् गिरीलाई पार्टीको सबै जिम्मेबारीबाट हटाइएको पत्र संसद् सचिवालयलाई दिएपछि सांसद गिरीलाई पदमुक्त गरिएको हो। संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद् सचिवालयले जनाएको छ। समाजवादी पार्टीका प्रमुख सचेतकले सांसद गिरीलाई प्रतिनिधिसभा सदस्य पदबाट हटाउने पार्टीले..

    'भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोजिन्छ'

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं। सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने बताएको छ। सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताए। सञ्चारकर्मीले नेपालका प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारका विषयमा प्रश्न गरेका थिए। खतिवडाले मिडियाहरुमा प्रतिवन्ध लगाउनुभन्दा आफै अनुशासनमा बस्ने भएपनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्ने बताए।..

    सार्वजनिक सवारी सञ्चालन गर्न दिने सरकारको निर्णय, यस्ता छन् मापदण्ड

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं। सरकारले आवश्यक सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक सवारी सञ्चालन गर्न दिने भएको छ। सरकारले तोकेको सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक सवारी सञ्चालन गर्न दिइने भएको हो। लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर एकबाट अर्को जिल्लामा चल्ने सार्वजनिक सवारीलाई भने चल्न दिइने छैन। काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चलाउन दिइने र अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय..

    ८ जना प्रहरीको हत्यामा संलग्न डन विकास दुबे पक्राउ

    बिहिवार, आषाढ २५, २०७७ साल
    एजेन्सी। भारतको कानपुरमा ८ प्रहरीको हत्यामा संलग्न मुख्य अभियुक्त विकास दुबे पक्राउ परेका छन् । उनलाई प्रहरीले मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरेको हो ।  प्रहरीले उनी पक्राउ परेको जानकारी दिए पनि त्यसबारे थप जानकारी दिन अस्वीकार गरेको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दुबे पक्राउ परेको पुष्टि गरेका छन् । दुबेलाई पक्राउ गर्नु मध्यप्रदेश प्रहरीको ठूलो सफलता भएको उनको भनाइ छ..

    नवनियुक्त आईजीपी शैलेश क्षेत्रीलाई दर्ज्यानी चिह्‍न प्रदान

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं, २५ असार । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्‍न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा गृहसचिव महेश्‍वर न्यौपानेले क्षेत्रीलाई दर्ज्यानी चिह्‍न प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले क्षेत्रीलाई नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । थापाले आजबाटै कार्यभार सम्हाल्नेछन् ।..

    धुलिखेलबाटै फर्कियो सभामुखलाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडाैं, २५ असार । सभामुख अग्निप्रसाद सापकोटालाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर काभ्रेको धुलिखेलबाट फर्किएको छ। प्रतिकूल मौसमका कारण धुलिखेलको आकाशबाट हेलिकप्टर फर्काउनुपरेको सभामुखको सचिवालयले जनाएको छ। गए राती सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रमा गएको पहिरोले सडकमार्गसमेत अवरूद्ध भएको भन्दै सभामुख सापकोटा सहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाह्रबीसेतर्फ उडेका थिए। ‘सभामुखसहितको टोली बाह्रबीसेका लागि हेलिकप्टरमा उडेकोमा अनुकूल मौसम नहुँदा धुलिखेलको आकाशबाट फर्किनुपर्‍यो। अनुकूल मौसम पर्खंदै छौं,’..

    बाढीका घाइतेकाे अवस्था बुझ्न सभामुख अग्नि सापकोटासहितको टोली सिन्धुपाल्चाेक जाँदैँ

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडाैं, २५ असार । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीमा घाइते भएकाहरू अवस्था बुझ्र सभामुख अग्नि सापकोटासहितको टोली हेलिकोप्टरमार्फत् त्यसतर्फ जाने भएको छ । सापकोटासहितको टोली हेलिकोप्टरबाट सिन्धुपाल्चोक जाने तयारीमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।  बाह्रबिसे नगरपालिका-५ जम्बुमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । त्यस्तै, १८ जना बेपत्ता भएका छन् । बाढीले अरनिको राजमार्गमा समेत क्षति पुर्‍याएको..

    कञ्चनपुरस्थित नेपाल–भारत सीमास्तम्भ ढलेको अवस्थामा फेला

    बिहिवार, आषाढ २५, २०७७ साल
    कञ्चनपुर, २५ असार ।  कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थामा फेला परेको छ ।  'सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ', इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, 'जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भारकार्य नहुँदा ढलेको छ ।' बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ ढलेको अवस्थमा फेला परेकोबारे जानकारी..

    कर्णालीमा संक्रमित एक हजार ५ सय ५० मध्ये एक हजार २९१ डिस्चार्ज

    बिहिवार, आषाढ २५, २०७७ साल
    सुर्खेत, २५ असार । कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना सङ्क्रमण हुने सङ्ख्या नियन्त्रण हुनसकेको छैन । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको गरेको..

    कम्बोडियाले लगायाे कुकुरको मासुको व्यापारमा प्रतिबन्ध

    बिहिवार, आषाढ २५, २०७७ साल
    कम्बोडिया । कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीहरुले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन् । मङ्गलबार सो नीतिको घोषणा गरिएको हो ।  यहाँ कुकुरको मासुलाई निकै पौष्टिक तत्वयुक्त मासुका रुपमा लिइन्छ । यहाँका मासुका पारखीहरुका लागि पनि कुकुरको मासु लोकिप्रय मानिएको छ ।  तर यहाँ कुकुरको मासु खाने महोत्सव पनि हुने र त्यसका लागि सो समयमा निकै निर्दयी रुपमा कुकुर..

    प्रधानमन्त्रीले प्रचण्डलाई भने, ‘प्रधानमन्त्री हुने भए चुनाव कुर्नुस्’

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं, २५ असार । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बुधबार तिक्त संवाद भएको छ । पार्टी एकतामा गम्भीर संकट देखिएको भन्दै सहमतिको विकल्प पहिल्याउन ओली–प्रचण्डको तीन दिनदेखिको ‘वान अन वान’ वार्ता पछिल्लोपटक तिक्ततामा रूपान्तरण भएको हो । छलफल निष्कर्षमा पुर्‍याउने उद्देश्यले बुधबार डाकिएको स्थायी कमिटी बैठक चौथो पटक शुक्रबारसम्म स्थगित गरेर सहयोगी नेताहरूविनै सहमति पहिल्याउन उनीहरूले संवादलाई निरन्तरता दिए..

    सीके राउतका दुई दर्जन बढी कार्यकर्ताले गरे पार्टी परित्यागको घोषणा

    बुधबार, आषाढ २४, २०७७ साल
    लहान। डा सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाका दुई जना पूर्वजिल्ला संयोजकसहित एक दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन्। पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै चासो नदेखाएको, एक्लौटी ढङ्गबाट पार्टी सञ्चालन भएको, पार्टीभित्र एकल, तानाशाही अपारदर्शी प्रवृत्ति बढेकोलगायतका आरोप लगाउँदै १४ जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका हुन्। जनमत पार्टी सिरहाका पूर्वजिल्ला..

    संकटको घडीमा मानवताको परीक्षण हुन्छः प्रधानमन्त्री ओली

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभाव कम गर्न असुरक्षित वर्गका साथै आप्रवासी कामदार र अनौपचारिक क्षेत्रका मजदुरको सुरक्षा महत्वपूर्ण भएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)द्वारा आज आयोजित ‘कोभिड–१९ र श्रमको संसारः उन्नत श्रमको निर्माण’ विश्व सम्मेलनलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उनले पर्याप्त सामाजिक सुरक्षा र स्वास्थ्य सेवाको प्रावधान पनि उनीहरुको सुरक्षाका निम्ति उत्तिकै महत्वपूर्ण हुने बताएका हुन्। प्रधानमन्त्री ओलीले विश्वव्यापी..

    अबको चार दिन यो वर्षकै बढी वर्षा, यी क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं। मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ। असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी..

    ओली-प्रचण्डबीच झण्डै २ घण्टा छलफल, आज के भयो ?

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको ‘वान टू वान’ संवाद सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झण्डै २ घण्टा कुराकानी भएको थियो। छलफल सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। तर दुई अध्यक्षबीच भएको आजको संवादबाट ठोस निष्कर्ष भने निस्कन सकेन। सोमबार र मंगलबार भएका छलफल सकारात्मक..

    लकडाउनमै छापियो साढे तीन लाख लाइसेन्स

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं। यातायात व्यवस्था विभागले लकडाउनमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ। यो आर्थिक वर्षको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ। झण्डै दुई लाख अनुमतिपत्र छाप्न बाँकी छ। गएको पुस मसान्तसम्म नयाँ अनुमतिपत्रको लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणको लागि आएका अनुमतिपत्र छापिएको छ। असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। विभागले लकडाउनकै केही हप्तासम्म..

    काँग्रेस महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीले गर्‍याे ५ वर्षे कारवाही

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं, २४ असार । अनुशासन उल्लंघन गरेको भन्दै नेपाली काँग्रेसले महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन गरेको छ ।  सो पार्टीको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले बाँके जिल्लाका मल्लले नेपाली काँग्रेस पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको ठहर गर्दै ५ बर्षका लागि पार्टीबाट निस्कासनको कारवाही गरेको हो ।  उनलाई काँग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) बमोजिम पार्टीको..

    कैदीलाई पनि बिहे र प्रजनन अधिकार दिन माग

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं, २४ असार । कैदीबन्दीलाई विवाह र प्रजननको अधिकार दिन संघीय संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ । गृह मन्त्रालयले प्रतिनिधि सभामा दर्ता गरेको ‘कारागार विधेयक’ मा कैदीबन्दीलाई प्रजनन अधिकार दिने व्यवस्था भए पनि विवाहको अधिकार दिने प्रस्ताव राखिएको छैन । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कैदीबन्दीलाई विवाहको पनि अधिकार दिन माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेकी छन् । प्रस्तावित विधेयकको दफा २३ मा..

    आईजीपी ठाकुर ज्ञवालीको विदाइ गरिँदै, शैलेश थापाले भोलिबाट कार्यभार सम्हाल्ने

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं, २४ असार । नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीसहित दुई प्रहरी उच्च अधिकृतले बुधबारबाट अवकाश पाउँदैछन् । ३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले अवकाश पाउन लागेका हुन् । ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व ०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहका शैलेश थापा क्षेत्रीले गर्नेछन् । थापालाई आईजीपी..

    शुक्रबारसम्मका लागि स्थगित नेकपा स्थायी कमिटी बैठक

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं, २४ असार । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित भएकाे छ ।अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताएका हुन् । गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन ।     ..

    ओली-प्रचण्डबीच छलफल आज पनि, पाउला त स्थायी कमिटी बैठकले निरन्तरता ?

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडाैं, २४ असार। बुधबार बस्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले निरन्तरता पाउने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सकारात्मक देखिएपछि आजको बैठकले निरन्तरता पाउने भएको हो । यसअघि तयारी नपुगेको भन्दै सोमबारको बैठक बुधबारका लागि सारिएको थियो । ‘२ अध्यक्षबीच मंगलबार छलफल भएपछि बुधबार स्थायी कमिटी बैठक बस्ने लगभग निश्चित भएको छ,’..

    ६१ हजार नगदसहित ८ जुवाडे पक्राउ

    बुधबार, आषाढ २४, २०७७ साल
    भरतपुर, २४ असार। चितवनको भरतपुरबाट प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई भरतपुर महानगरपालिका-१ मिलनरोडबाट नगद ६१ हजार ७ सय ४३ रुपैयाँसहित पक्राउ गरेको हो ।  स्थानीय प्रकाशमान कर्माचार्यको घरमा मङ्गलबार दिउँसो लुकीछिपी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१ का ५५ वर्षीय घरधनी कर्माचार्य, ५७ वर्षीय गम्भीर..

    वर्षाले धनगढीका अधिकांश बस्ती डुबानमा

    बुधबार, आषाढ २४, २०७७ साल
    धनगढी, २४ असार । मनसुन सक्रिय भएसँगै २२ असार रातिदेखिको निरन्तर वर्षाको कारण धनगढीका अधिकांश ठाउँ जलमग्‍न भएका छन्।वर्षाका कारण धनगढी उपमहानगरपालिकाको मूख्य सडक तथा विभिन्न वडाहरूका बस्तीहरू डुबानमा परेका छन्। खोलानाला अतिक्रमण भएका कारण थोरै पानी पर्दा पनि आसपासका क्षेत्रका वासिन्दालाई समस्या परेको छ। पानीको निकास थुनिदा धनगढीका विभिन्न स्थानमा डुबानमा पर्नुका साथै घरभित्र समेत पानी पस्न थालेको छ।..

    डोटीमा पहिरोले आठ परिवार विस्थापित

    बुधबार, आषाढ २४, २०७७ साल
    सिलगढी, २४ असार। तिन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन् ।  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण उक्त गाउँको बस्ती माथिबाट पहिरो आएपछि आठ परिवारका ४० सदस्य घरबार छोडेर विस्थापित भएका हुन् ।  पहिरोका कारण विस्थापित परिवारका सदस्य..

    आज पनि नेपाली ल्याउन र लान ११ अन्तर्राष्ट्रिय उडान हुने

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाण्डौ, २४ असार। बुधबार नेपाली ल्याउन र लिन जानका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली फर्कने उडान तालिका रहेका छ । यूएई र कतारको दोहाबाट केही समयअघि नेपाली लिएर आएको जहाज काठमाण्डौमा अवतरण गरेको छ । आज कतारको दोहाबाट मात्रै तीन उडानमार्फत नेपाली फर्कने तालिका रहेको विमानस्थलले उल्लेख गरेको छ । बुधबार..

    सुदूरपश्चिम प्रदेशमा मात्रै थपिए १ सय ८ जना कोरोना संक्रमित

    बुधबार, आषाढ २४, २०७७ साल
    कैलाली, २४ असार । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप१०८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या २ हजार ७०५ पुगेको छ । यसअघि नै ९ सय ३८ संक्रमित निको भएर घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ३०, धुलिखेल अस्पतालको प्रयोगशालाबाट ५४, सेती प्रादेशिक धनगढीको प्रयोगशालाबाट २२ र डडेल्धुरा..

    कांग्रेस–जसपा बैठक देउवा निवासमा, संसद्को विशेष अधिवेशन माग गर्ने

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं, २४ असार । विपक्षी दल कांग्रेस र जनता समाजवादीका शीर्ष नेताहरू संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई दबाब दिने मनस्थितिमा पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बैठक गर्दै कोरोना संक्रमण जोखिम कम गर्न बेवास्ता र संसद् अधिवेशन हठात् अन्त्य गरेर सरकार गैरजिम्मेवार बनेको भन्दै सरकारलाई दबाब दिने विषयमा छलफल गरेका हुन् । कोरोनाको संक्रमणबाट नियन्त्रण गर्दै नागरिकलाई बचाउन..

    'सरकारको प्राथमिकता संकटमा जनता जोगाउने भन्दा पनि कुर्सी जोगाउने भयो'

    मंगलवार, आषाढ २३, २०७७ साल
    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा शाशंक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिस्ट सरकारले कुनै नयाँ योजना दिन नसकेको बताएका छन्। सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालले आयोजना गरेको वीपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले रेल, पानीजहाजका सपना बाँडेर जनताबाट भोट पाएपनि संकटका बेलामा जनतालाई जोगाउने भन्दा कुर्सी जोगाउन लागेर असली चरित्र देखाएको बताए। उनले नेपाली कांग्रेसले..

    कारबाहीमा परेपछि सरिता गिरीले भनिन्ः 'ममाथि षड्यन्त्र भयो, कानुनी उपचार खोज्छु'

    मंगलवार, आषाढ २३, २०७७ साल
    काठमाडौं। समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको छ। समाजवादी पार्टीको मंगलबार दिउँसो बसेको पदाधिकारी बैठकले पार्टीको निर्देशन र संसदीय दलको ह्वीप उल्लंघन गरेकाले निष्कासन गर्ने निर्णय गरेको हो। नेता रामसहायप्रसाद यादव नेतृत्वको छानबिन समितिले दिएको सिफारिसका आधारमा पार्टी पदाधिकारी बैठकले कारबाही गरेको हो। पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई..
    Weather Forecast