बुधबार, माघ १५, २०७६

    राज्य-समाज

    नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) अवतरण

    बिहिवार, श्रावन १०, २०७५ साल
    काठमाडौँ, १० साउन  नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ ।  विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका हुन् ।  विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च..

    सुन तस्करी अनुसन्धानमा नयाँ मोड, समितिका संयोजक ईश्वरीराज पौडेलको सरुवा

    बिहिवार, श्रावन १०, २०७५ साल
    काठमाडौं, श्रावण १० ।  साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानले नयाँ मोड लिएको छ । अनुसन्धानका लागि गठित समितिका संयोजक ईश्वरीराज पौडेललाई एकाएक सरुवा गरिएपछि घटनाका विषयमा शंका उत्पन्न भएको हो । सुन तस्करको अनुसन्धान जारी रहँदा समितिका संयोजक एवं गृहमन्त्रालयका सह–सचिव पौडेललाई अध्यागमन विभागमा सरुवा गरिनाले सरोकारवालाहरुले बिभिन्न टिकाटिप्पणी गर्न थालेका छन् ।  यसअघि गत २०७४..

    प्रदेश सरकार गठन भएको ५ महिनापछि मात्र भयो ३ राज्यमन्त्रीको शपथ !

    बुधबार, श्रावन ९, २०७५ साल
    महेन्द्रनगर (धनुषा), ९ साउन :  सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ ।  प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।  सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन नेता सहभागी भएका छन् । राजपाका सह–महामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम..

    यसरी पड्किए नेकपा नेता योगेश, भने - 'डा. केसीको अनशन काँग्रेसको ग्रान्ड डिजाइन हो'

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीको अनशन बहुमत प्राप्त कम्युनिस्ट सरकार विरुद्ध नियोजित डिजाइन रहेकोे आरोप लगाएका छन् । उनले राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा केसी सरकारविरुद्ध राजनीतिक रुपमा अघि बढेको पनि उल्लेख गरे । ‘केसिको अनशन ग्रान्ड डिजाइन हो, सरकार यो भुमरीमा फस्न चाहदैन ।’ भट्टराईले भने, ‘सरकारलाई बर्खास्त गराउने मागमा के कुरा हुन्छ ?..

    आफ्नो कार्यकाल सकेर घर फर्किन लागेकी अमेरिकी राजदूतले गृहमन्त्रीलाई यसो भनिन् ...

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइन टेप्लिजले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग बिदाइ भेट गरेकी छिन् । गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । राजदूतको रुपमा नेपालबाट फर्किन लागेकी टेप्लिजले आफ्नो कार्यकालमा नेपाल र अमेरिका सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाप्रति गृहमन्त्रीले धन्यवाद व्यक्त गरे । गृहमन्त्रीले..

    भरतपुरमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप, स्थिति तनाबग्रस्त !

    बुधबार, श्रावन ९, २०७५ साल
    चितवन, ९ साउन  भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि बुधबार दिउँसो भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको छ ।  सो क्रममा अश्रुग्यास, हवाईफायर र ढुंगामुढा हुँदा प्रहरी र तीनपाङ्ग्रे चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार तीनपाङ्ग्रेका चालकले जिल्ला प्रशासन चोकमा रहेको प्रहरी..

    संशोधनका बुँदाहरु तयार गरेर सरकारी टोली र डा.केसीका प्रतिनिधिबीच वार्ता सुरु

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन सरकार र डा गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता सुरु भएको छ ।  सरकारी पक्षको आन्तरिक छलफलपछि बिहान ९ बजेका लागि बोलाइएको वार्ता  पौने २ बजेदेखि सिंहदरबारमा सुरु भएको हो । केसी पक्षको वार्ता टोलीका संयोजक डाक्टर अभिषेकराज  सिंह माग पूरा हुनेमा विश्वास व्यक्त गरे ।  वार्तामा  सरकारी पक्षबाट शिक्षा मन्त्रालयका सचिव तथा वार्ता टोलीका संयोजक खगराज बराल,  सह सचिव केदार न्यौपाने..

    काँग्रेसका निधि भन्छन् - सरकारले काँग्रेस नेतृत्वको चिकित्सा शिक्षा विधेयक ल्याए समस्या सल्टिने

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन  नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा जारी भएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याए वर्तमान समस्या समाधान हुने बताएका छन् ।  नेपाल प्रेस युनियनले ३६ औँ बिपी स्मृति दिवसको सन्दर्भमा बुधबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले प्रा डा केसीले उठाएका माग पूरा गर्न काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले सरोकार भएका सबैको सहभागितामा माथेमा आयोग..

    टुंगो लाग्न सकेन गणतन्त्र स्मारक सञ्चालन गर्ने कार्यविधि र निकाय

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन  गणतन्त्र स्मारक निर्माण सम्पन्न भएको दुई महिना बिते पनि कसले कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि तयार नहुँदा निर्माण व्यवसायीले हस्तान्तरण गर्न पाएका छैनन् ।  गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते नै हस्तान्तरण गरी सञ्चालन गर्न सक्ने गरी स्मारक तयार भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एवम् भवन महाशाखा प्रमुख मणिराम गेलाल स्मारक सञ्चालन कार्यविधिको मस्यौदा..

    राष्ट्रियसभा बैठक स्थगित, दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन  राष्ट्रियसभाको बुधबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ ।  प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।  नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पुर्याउन माग गरे ।  उनले डा केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला..

    युरोप पुगेर परराष्ट्रमन्त्रीले भने - मुलुक विकास र समृद्धिको बाटोमा अघि बढ्यो

    बुधबार, श्रावन ९, २०७५ साल
    लिस्बन, ९ साउन  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताएका छन् ।  अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको उनले बताए ।  प्रवासी नेपाली मञ्च, पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने,–“जनताले स्थिरता र समृद्धिको पक्षमा जनादेश दिएको हो, वर्तमान सरकार सोही..

    डा केसीसँग वार्ताका लागि परामर्श, स्वास्थ्यस्थित खराब हुुँदै, सहमतिका लागि सकारात्मक वातावरण तयार

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन  अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श थालेको छ ।  सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विज्ञहरुसँग गराएका छलफलका आधारमा वार्ता समितिले थप गृहकार्य गरेको..

    आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक : मुख्य मन्त्री गुरुङ

    बुधबार, श्रावन ९, २०७५ साल
    नवलपरासी, ९ साउन  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक भएको बताएका छन् ।  मंगलबार पूर्वी नवलपरासीको कावासोतीमा संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा नवलपरासीको दोस्रो अधिवेशनको उद्घाटनपछि उनले गण्डकी प्रदेश आर्थिक समृद्धिको बाटोमा अघि बढेको बताए ।  मुख्यमन्त्री गुरुङले राजनीतिक आन्दोलन समाप्त भइसकेकाले अब आर्थिक समृद्धिमार्फत मुलुक समुन्नतीको बाटोमा अघि बढेको उल्लेख गरे । उनले..

    सरकारले दिएको अनुदानको चामल महँगो भएपछि जनताले किन्नै छोडे, चामल ढुवानी हुन सकेन

    बुधबार, श्रावन ९, २०७५ साल
    दुनै, डोल्पा, ९ साउन  हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् ।  दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्न छोडेका छन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामलभन्दा पनि महँगो भएपछि जनताले खाद्यान्नको जापानी चामल किन्न नमानेका हुन् ।  प्रतिकेजी रु ६५..

    सरकार र डा. गोविन्द केसीबीचको वार्ता सहमतिनजिक, निष्कर्षमा पुग्न भने अझै बाँकी

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन : अनशनरत चिकित्सक डा गोविन्द केसीका माग सम्बन्धमा सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीचको वार्ता सकारात्मक बनेको छ ।  दुवै पक्षबीच मंगलबार साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केसीले उठाएको मागका सम्बन्धमा छलफल भई धेरै मागमा दुवै पक्षबीच समझदारी हुने क्रममा रहेको जनाइएको छ ।  बुधबार पुनः बैठक बसी बाँकी विषयमा समझदारी जुटाउने सहमति भएको सरकारी..

    गोविन्द केसीको समर्थन गर्दै तरुण दलद्वारा मंगलबार पनि माइतीघर मण्डलमा प्रदर्शन !

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन प्रा डा. गोविन्द केसीको माग सम्बोधन हुनुपर्ने माग गर्दै नेपाल तरुण दलले मंगलबार पनि माइतीघर मण्डलमा प्रदर्शन गरेको छ । माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो । मंगलबारको विरोध प्रदर्शनमा उक्त दलका काठमाण्डु, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिए । नयाँ..

    सरकारसँग वार्ताका लागि तयार भए गोविन्द केसी, औपचारिक वार्ताका लागि दुवै पक्ष शिक्षा मन्त्रालयमा !

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौं, ८ साउन सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको मंगलबार वार्ता हुँदैछ । मंगलबार साँझ सरकारी वार्ता टोली र डा. केसीका समर्थकबीच शिक्षा मन्त्रालयमा वार्ता हुन लागेको हो । यसअघि सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा गठन गरेको वार्ता टोलीसँग गोविन्द केसीले वार्ता नगर्ने अडान राखेका थिए । केसी अनसन सुल्झाउन नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त..

    मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता हुनु जरुरी : सभामुख महरा

    मंगलवार, श्रावन ८, २०७५ साल
    नेपालगञ्ज, ८ साउन संघीयसभाका सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताएका छन्  ।  महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको मंगलबार शिलान्यास गर्दै उनले भने, “अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी छ ।”  सभामुख महराको थप भनाइ थियो, “मुलुक बनाउन अहिले पनि थुप्रै चुनौती छन्, तर सामूहिक संकल्प गरेर अघि बढियो..

    'युवा संघ नेपाल' र 'योङ कम्युनिष्ट लिग' बिचको एकता साउन महिनाभित्र हुने

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन युवा संघ नेपाल र योङ कम्युनिष्ट लिगबीच यही साउनभित्र एकता हुने भएको छ ।  दुवै संगठनले एकताका लागि तयार पारेको विधानमा संगठनको केन्द्रीय कमिटीमा आउनका लागि पार्टीको सदस्यता अनिवार्य गर्न लागिएको जनाइएको छ । संगठनमा १६ देखि २४ वर्षसम्मका युवालाई विशेष आरक्षण दिनुपर्ने, राष्ट्र निर्माणमा युवा शक्तिलाई परिचालन गर्नुपर्ने, समाजवाद र राष्ट्रिय पूँजी निर्माणका लागि युवा वर्गले भूमिका..

    यस कारण हुन सकेको छैन सरकार र अनशनरत् डा. गोविन्द केसीबिचको वार्ता

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन  सरकारले अस्पतालमा आधारित अनशन जारी राखेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीसँग वार्तामार्फत समस्याको समाधान गर्ने प्रयास गरेको छ ।  त्यसका लागि गत असार ३२ गते नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रा डा केसीको अनशन आज २५औँ दिनमा जारी छ तर डा केसी ‘अधिकार..

    अन्ततः विवादित बनेका कानुनमन्त्री शेरबहादुर तामाङले रुँदै-रुँदै दिए राजीनामा

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन  कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।  सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी उनले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गरेको बताए  ।  आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उनले आफू जहाँ रहे पनि सरकारको ‘समृद्ध..

    प्रधानमन्त्री ओलीसँग माग - सामाजिक संस्थाद्वारा सबै मेडिकल कलेज राष्ट्रियकरण हुनुपर्नेमा जोड

    मंगलवार, श्रावन ८, २०७५ साल
    भद्रपुर, ८ साउन  मेचीनगर क्षेत्रका १२ सामाजिक संस्थाले मुलुकका सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् ।  उनीहरुले सो मागलाई प्रमुख जिल्ला अधिकारी जनक दाहालमार्फत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाएका छन् । मागपत्रमा पहिलो पाइलाका अध्यक्ष बिपी भट्टराई, समर्पण अभियानका अध्यक्ष प्रकाश खड्का, प्रोग्रेसिभ युथका केन्द्रीय प्रतिनिधि मणिराम खतिवडा, मानव विकास एकता समाजका अध्यक्ष साङ्गे..

    प्रम ओलीको जवाफ - डा केसीको नाममा राजनीतिको रोटी सेक्ने, बाटो छेक्ने ? यो हुन सक्दैन !

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौैँ, ८ साउन  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।  नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा मंगलबार आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वाेच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै भने, “संसद्ले कानून बनाउँछ, काँग्रेस मान्न तयार छ कि..

    विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जानकारी

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन  भारत सरकारले यही साउन १६ गतेदेखि लागू गरी विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जनाएको छ ।  भारतसँग वर्षौदेखि नसल्टिएको दुई-चार विषयमा नेपालले मुख फोरेको छ। त्यो पनि विपक्षी दलसहित सर्वदलीय सहमति गरेर। नेपाल–भारत संयुक्त आयोगको बैठकको सन्दर्भमा नेपालले राखेको धारणालाई प्रतिपक्षीले पनि सकारात्मक पाइला भनेको छ। पूर्वउपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठका अनुसार आयोगको बैठकअघि भारतीय दूतावासको विराटनगर..

    प्रतिपक्षी दलका सदस्य र सत्तापक्षबीच भनाभन भएपछि राष्ट्रियसभा बैठक स्थगन

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन   राष्ट्रियसभाको मंगलबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ ।  बैठकको शुरु मै काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए ।  काँग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय दिएको भन्दै आपत्ति जनाएपछि केही समय प्रतिपक्षी दलका सदस्य र सत्तापक्षका सदस्यबीच बैठकमा..

    डा केसीकाे अनशन २५ अाैं दिनमा : आकस्मिक बाहेकका सबै सेवा बन्द, डाक्टर अान्दाेलित

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौं, ८ साउन   नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द केसीको  मागप्रति सरकार गम्भीर नभएको भन्दै मंगलबारबाट आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ ।  संघले सोमबार विज्ञप्ति जारी गर्दै देशैभरका अस्पतालहरुका चिकित्सकहरुले आ–आफ्नो अस्पतालमा रिले अनशन र्याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्न निर्देशन दिएको छ । देशैभरिका आवासीय चिकित्सकहरूले आफू कार्यरत स्वास्थ्य संस्थामा अाज (मंगलबार)देखि आकस्मिक र आइसियूबाहेक सबै सेवा बन्द..

    विकास निर्माण कार्यको अनुगमन शुरु : काम राम्रो होस्, समय मै सकियोस् – पूर्वमन्त्री बस्नेत

    मंगलवार, श्रावन ८, २०७५ साल
    भक्तपुर, ८ साउन  प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको विकासका गतिविधिको अनुगमन शुरु गरेका छन् ।  भक्तपुरमा आव ०७४-०७५ मा सडक, खानेपानी, ढल, करिडोर, विद्यालयलगायतका भौतिक पूर्वाधारसम्बन्धी विकासमा आएको बजेटको कामको प्रभावकारिता मूल्यांकन गर्दै विकासलाई तीव्रता दिन अनुगमन शुरु गरेका हुन् ।  डिभिजन सडक कार्यालय भक्तपुर, नगर विकास आयोजना भक्तपुर, केन्द्रीय सरकारबाट आएका बजेट, खानेपानी तथा सरसफाइ कार्यालयलगायतका विभिन्न कार्यालयमार्फत विनियोजित..

    धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर ४.८ रिक्टरको भूकम्पको परकम्प

    मंगलवार, श्रावन ८, २०७५ साल
      काठमाडौँ, ८ साउन :   धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ ।    बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।    यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प..

    डा केसीले थालेको आन्दोलन पुरा हुँदैन – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग

    मंगलवार, श्रावन ८, २०७५ साल
    नवलपरासी, ८ साउन : प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै डा गोविन्द केसीले थालेको आन्दोलन पूरा नहुने बताएका छन् ।  पूर्वी नवलपरासीको कावासोतीमा सोमबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका मुख्यमन्त्री गुरुङ्गले तत्कालका लागि डा केसीको माग पूरा हुन नसक्ने बताएका हुन् ।  कम्युनिस्ट पार्टीको सरकारले जुनसुकै बेला पनि शिक्षा र स्वाथ्य क्षेत्रलाई राष्ट्रियकरण गर्न सक्ने..

    कानूनमन्त्रीलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने कांग्रेस महिला सांसदको चेतावनी

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलन गरेर सांसदहरुले यस्तो माग गरेका हुन् । कांग्रेसकी केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले नारीको अस्मिता मिच्ने र काूननको धज्जी उडाउने खालका अभिव्यक्ति दिने कानूनमन्त्री तामाङको अभिव्यक्तिप्रति आपत्ति..
    Weather Forecast