सोमबार, आषाढ २२, २०७७

    राज्य-समाज

    राजधानीका विषयमा सहमति नहुँदा प्रदेशसभा ३ को बैठक अनिश्चित, जिम्मा नेकपा केन्द्रीय नेतृत्वसमक्ष

    बुधबार, मंसिर ५, २०७५ साल
    हेटौंडा, ५ मंसिर ।  राजधानीका विषयमा सहमति जुट्न नसक्दा प्रदेश ३ को प्रदेशसभाको बैठक नै अनिश्चित बनेको छ । स्थायी राजधानी टुंगो लगाउने उद्देश्यले प्रदेश सांसदबीच अनौपचारिक छलफल भए पनि अहिलेसम्म सहमति जुटेको छैन । प्रदेशसभामा एकल बहुमत रहेको नेकपाभित्रै प्रदेश राजधानीको विषयमा विवाद भएकाले राजधानीको टुंगो लगाउने जिम्मा नेकपा केन्द्रीय नेतृत्वसमक्ष पुगिसकेको छ । स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले गत २२..

    के छ पार्टीको कार्यशैलीप्रति नेकपाकै नेताले आपत्ति जनाएको ज्ञापनपत्रमा ? पुरा पढ्नुहोस् .. (पूर्णपाठ)

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौँ, ५ मङ्सिर पार्टीको कार्यशैलीप्रति नेकपाकै नेताले आपत्ति जनाएका छन् । बुधबार दिउँसो २० बढी नेताले महासचिव विष्णु पौडेललाई भेटेर आपत्ति जनाएका हुन् ।  दिउँसो महासचिव पौडेललाई सिंहदरबारमा भेटेर ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।  पार्टी एकीकरण, सरकारसँगको सम्बन्धलगायत विविध विषयमा केन्द्रीय समितिको बैठकका विषयमा असन्तुष्टि ज्ञापनपत्रमा समेटिएको छ । महासचिव पौडेलले पार्टीका काम कारबाहीप्रति ध्यानाकर्षण गराएको भन्दै सबै..

    शेरबहादुर देउवासँग प्रकाशमान 'फायर', पार्टीलाई विधान विपरित चलाएको आरोप

    बुधबार, मंसिर ५, २०७५ साल
    रुपन्देही, ५ मङ्सिर नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाएका छन् ।  विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गरे ।  नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको..

    २ दिनको उपचारपछि डिस्चार्ज भए डा. केसी, आफ्नै क्वाटरमा आराम गर्न चिकित्सकको सल्लाह

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौँ, ५ मङ्सिर बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक डा. गोविन्द केसी दुई दिनको उपचारपछि बुधबार डिस्चार्ज भएका छन् । डा. केसी छातीको दुखाइ सहन नसकेर सोमबार बिहान शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको र अहिले उनी आफ्नै क्वाटरमा आराम गरिरहेको डा.अभिषेक सिंहले जानकारी दिए । डा. केसीलाई अस्पतालको २१५ नम्बर क्याबिनमा भर्ना..

    प्रधानमन्त्री ओलीको अध्यक्षतामा मन्त्रालयहरुको कार्यप्रगति समीक्षा सिंहदरवारमा सुरू

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौँ, ५ मङ्सिर प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको चौमासिक कार्यप्रगति समीक्षा सुरु गरेका छन् । सिंहरदवारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको छलफलमा प्रधानमन्त्रीसहित प्रधानमन्त्री कार्यालयका कर्मचारी, सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरु सहभागी छन् । बुधबार दिउँसो सुरु भएको समीक्षा अन्तर्गत पहिलो चरणमा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरुको समीक्षा भइरहेको छ । सबै मन्त्रालयले आफूले प्रत्येक महिना गर्ने कामको कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेका थिए..

    राष्ट्रपति भण्डारीको नेतृत्वमा कोप–२४ मा नेपालले जलवायु परिवर्तन असरको विषय उठाउने

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौँ, ५ मङ्सिर  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप–२४) मा नेपालले जलवायु परिवर्तनका असरबारेका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ ।  नेपालले हरित ग्यास उत्सर्जनमा आफ्नो ज्यादै न्यून योगदान भए पनि जलवायु परिवर्तनका जोखिमबाट सबैभन्दा बढी प्रभावित हुनुपरेको विषयलाई सम्मेलनमा प्रमुखरुपमा उठाउने तयारी गरेको हो । कोप–२४ यही मङ्सिर १६ देखि २८ गतेसम्म (डिसेम्बर २ देखि..

    धर्नामा बसेका निर्मलाका बुवाआमा सँग गगन थापाको भेट, भन्छन् - सरकार गम्भीर भएन

    बुधबार, मंसिर ५, २०७५ साल
    भीमदत्तनगर, ५ मङ्सिर  नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् ।    बुधबार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रनिनिधिसभा सदस्यसमेत रहेका नेता थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकै कारण सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको विचार व्यक्त गरे ।  फरक प्रसङ्गमा नेता थापाले..

    सुनसरीको दुहबीमा १ जनाको गोली हानी हत्या, कोशी राजमार्ग तथा दुहबीबजार ठप्प

    बुधबार, मंसिर ५, २०७५ साल
    इनरुवा, ५ मङ्सिर  सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक बुधबार एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।  जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा हुसेनमाथि गोली..

    सहमति जुट्न नसकेपछि नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई

    बुधबार, मंसिर ५, २०७५ साल
    परासी, ५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो ।  स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र०ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले स्थानीय कमिटीको नेतृत्व चयन गर्ने अधिकार प्रदेश कमिटीलाई दिएको हो । जिल्लामा..

    वाइडबडी विमान खरिद प्रकरण : लेखा समितिमा छलफल हुने, सांसद रिजाल भन्छन् - चुपचाप लागेर बस्न मिल्दैन

    मंगलवार, मंसिर ४, २०७५ साल
    काठमाडौँ, ४ मङ्सिर नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणबारे प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा छलफल हुने भएको छ । समितको मंगलबार बसेको बैठकले निगमको वाइडबडी विमान खरिद प्रकरणबारे आगामी बैठकमा छलफल गर्ने निर्णय गरेको हो । समितिको बेठक आगामी ९ गते बस्दैछ । वाइडबडी विमान खरीद प्रकरणको विषयमा अनियमितता भएको हो कि भन्ने चासो उत्पन्न भएको भन्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र..

    १२ वर्षीया गर्भवती गंगामायालाई प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बाेलाए

    मंगलवार, मंसिर ४, २०७५ साल
    हेटौंडा, ४ मङि्सर  १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री कार्यालयले गंगामायाको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङगको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई..

    नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रधानमन्त्रीको स्पष्टोक्ती

    मंगलवार, मंसिर ४, २०७५ साल
    काठमाडौँ, ४ मङ्सिर  प्रधानमन्त्री केपी शर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दवाव वा हस्तक्षेप नहुने स्पष्ट गरेका छन् ।  आज सिंहदरबारमा भएको नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्क बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश विकासको नीति तर्जुमा गर्न अनुसन्धानमूलक एवं तथ्यगत विषयलाई सूक्ष्म ढङ्गले जानकारीमा ल्याउने उद्देश्यले गठन गरिएको प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने बताए ।  “प्रतिष्ठानले स्वतन्त्र ढङ्गले अनुन्धान गरेर ल्याएको प्रतिवेदनमा..

    अख्तियारको छानबिनमा कुनै असर नपर्नेगरि सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्न निर्देशन

    मंगलवार, मंसिर ४, २०७५ साल
    काठमाडौँ, ४ मङ्सिर  प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको मूल नहरमा पानी छाड्न सरकारलाई निर्देशन दिएको छ ।  समितिको आज सिंहदरबारमा बसेको बैठकमा सभापति पूर्णकुमारी सुवेदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा कुनै व्यवधान नपुग्ने गरी नहरमा तत्काल पानी छाड्न सरकारलाई निर्देशन दिएको हो । निर्माण सम्पन्न (दायाँतर्फ ४५ किमी) तर्फ दुई फरक स्थानमा प्राविधिक त्रुटि, ठेकेदारको..

    ९३ स्थानीय तहले गरे आफ्नो नाम र केन्द्र परिवर्तन, प्रस्ताव प्रदेश सरकारसमक्ष पेश

    मंगलवार, मंसिर ४, २०७५ साल
    काठमाडौँ, ४ मङ्सिर  अहिलेसम्म ९३ स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ अनुसार स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गर्न सक्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिशमा मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार तीमध्ये..

    स्वास्थ्यमन्त्रीलाई वीर अस्पतालका डाक्टरको राजीनामा, ठाडै लेखे ‘चाकडी र घुस दिन सकिन’ (पत्रसहित)

    मंगलवार, मंसिर ४, २०७५ साल
    काठमाडौँ, ४ मङ्सिर वीर अस्पताल, न्यूरो सर्जरी युनिट १ का प्रमुख प्रा.डा. ध्रुवराज अधिकारीले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यमन्त्रीलाई सम्बोधन गर्दै लखिएको राजीनामा पत्रमा डा. अधिकारीले सिधै घुस दिन नसकेकोले राजीनामा दिएको उल्लेख गरेका छन् । उनले राजीनामा पत्रको विषयमै ‘चाकडी र घुसको रकम पुर्याउन नसकेकोले राजीनामा’ लेखेका छन् ।  पत्रमा डा. अधिकारीले आफू विगत १ वर्षदेखि बिना तलब काम गरिरहेको..

    मोरङको ऊर्लाबारीमा आगलागी : नियन्त्रणमा समस्या, घर पूर्ण रुपमा ध्वस्त

    मंगलवार, मंसिर ४, २०७५ साल
    विराटनगर, ४ मङि्सर :  मोरङको ऊर्लाबारी नगरपालिका ७ इटहरा रोडमा आगलागी भएको छ ।  स्थानीय भक्ति अधिकारीको घरबाट सुरु भएको आगो नियन्त्रणमा समस्या भइरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणकै लागि विभिन्न ठाउँबाट पाँचवटा दमकल घटनास्थलमा पुगेका छन् ।   स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रण सम्भव नभएको जनाएको छ ।  आगो नियन्त्रण हुन नसकेपछि छेउमा रहेको एउटा..

    काँग्रेसको गल्ती स्पष्ट पार्दै देउवा भन्छन् - भारतले गरेको नाकावन्दीलाई नाकावन्दी भन्न सकिएन

    मंगलवार, मंसिर ४, २०७५ साल
    विराटनगर, ४ मङ्सिर  विराटनगर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नाकाबन्दीलाई नाकाबन्दी समेत भन्न नसक्नु नेपाली काँग्रेसको गल्ती भएको बताएका छन् । विराटनगरमा आयोजित महासमिति बैठकका लागि राजनीतिक प्रस्ताव सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउबाले पार्टी भित्र हुर्किरहेको अनुशासनहिनता र अन्तर्घातका कारण गत चुनावमा नेपाली कांग्रेसले पराजय भोग्नु परेको बताएका छन् । उनले यही एउटा कारणले पनि काँग्रेसले निर्वाचनमा पराजय भोग्नु परेको..

    सरकारी वकिल अख्तियारको फन्दामा, न्यायाधिवक्ता निरौला थिए नराम्रो धन्दामा

    मंगलवार, मंसिर ४, २०७५ साल
    भैरहवा, ४ मङ्सिर  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।  मङ्गलबार बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।  आयोगको कार्यालयले अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ । ..

    कोइराला परिवारसँग विवाद छैन, एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत गर्छ – सभापति देउवा

    मंगलवार, मंसिर ४, २०७५ साल
    विराटनगर, ४ मङ्सिर  नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् ।  नेपाल प्रेस युनियन मोरङले विराटनगरमा मंगलबार आयोजना गरेकोे पत्रकार सम्मेलनमा उनले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताए । कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने उनले जिकिर गरे । सभापति देउवाले..

    पप्पुको लापरबाही शृंखला बढ्दै गएपछि नयाँ टेन्डर हाल्न प्रधानमन्त्री कार्यालयको रोक

    मंगलवार, मंसिर ४, २०७५ साल
    काठमाडौं, ४ मंसिर पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न सरकारले रोक लगाएको छ । बाँकेको सिक्टा सिँचाइ आयोजनाले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न कात्तिक २६ गते पत्र पठाएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियाको टुंगो नलागेसम्म टेन्डर  हाल्न रोक लगाएको हो । 'पत्रसाथ संलग्न कागजातहरू अध्ययन गर्दा निज निर्माण व्यवसायीलाई तत्काल अन्य खरिद..

    नेपाली ट्याङ्कर चालकको आन्दोलन फिर्ता, भारतीयद्वारा दुर्व्यवहार नगर्ने प्रतिबद्धता

    मंगलवार, मंसिर ४, २०७५ साल
    विराटनगर, ४ मङ्सिर  भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् ।  बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए । ट्याङ्कर चालकले तीन दिनसम्म इन्धन ढुवानी ठप्प पारेका थिए ।  ट्याङ्कर चालकले कुटिपट गर्ने..

    राष्ट्रिय गौरवका आयोजनामा अख्तियारको सूक्ष्म अनुसन्धान शुरु, पप्पु कन्स्ट्रक्सनविरुद्ध मुद्दा दायर

    मंगलवार, मंसिर ४, २०७५ साल
    काठमाडौं, ४ मङि्सर  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ । अर्बौं लगानीका आयोजना सम्पन्न गर्न पटकपटक समय थप्दा पनि अलपत्र परेका कारण छानबिन थालिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए। जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो । आयोजना प्रमुखकै गैरजिम्मेवारीका कारण काम ढिलासुस्ती भएको प्रारम्भिक निष्कर्षमा अख्तियार पुगेको छ।..

    पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने देउवाको प्रस्टोक्ति, कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने तर्क

    सोमबार, मंसिर ३, २०७५ साल
    विराटनगर, ३ मङ्सिर : नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् ।  विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री देउवाले काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पारे।  पार्टीभित्र आन्तरिक द्वन्द्व भए पनि यो अराजक नभएको..

    प्रदेश ३ को राजधानी विवाद : हेटौँडाबाट राजधानी सारिए नाकाबन्दी गर्ने चेतावनी

    सोमबार, मंसिर ३, २०७५ साल
    हेटौंडा, ३ मङि्सर  प्रदेश नम्बर ३ राजधानी हेटौंडाबाट अन्त सारिए नाकाबन्दी गर्ने चेतावनी मकवानपुरमा क्रियाशील राजनीतिक दलसम्बद्ध युवा संगठनले दिएका छन् । सोमबार मिडिया नेपाल मकवानपुरले हेटौंडामा गरेको कार्यक्रममा युवा संगठनका प्रमुखहरुले राजधानी हेटौंडाबाट अन्यत्र सारिए देशले ठुलो दुर्घटना खेप्नुपर्ने चेतावनी दिएका हुन् ।  राजधानीको टुङ्गो लाग्न नसक्दा डेढ महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । मकवानपुर सहित पाँच जिल्ला राजधानीका लागि..

    देउवालाई शशांकको प्रश्न : २ महिनामा नेविसंघको महाधिवेशन कसरी हुन्छ ?

    सोमबार, मंसिर ३, २०७५ साल
    काठमाडौं, ३ मंसिर नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेविसंघको म्याद दुई महिना थप्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । २ महिना भित्र नेविसंघको महाधिवेशन गराउन गाह्रो रहेको उनको निष्कर्ष छ । आइतबार कांग्रेसले नेविसंघको विधान संशोधन गर्दै वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरेको थियो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरु कुरा गर्दै महामन्त्री कोइरालाले आफू नेविसंघलाई महाधिवेशन गर्न ६ महिना दिने..

    सम्झनाले स्तब्ध माहोल : प्रकाशको स्मृति शोकसभामा रोकिएन सीताको आँशु, भक्कानिए 'प्रचण्ड'

    सोमबार, मंसिर ३, २०७५ साल
    काठमाडौँ, ३ मङ्सिर   तत्कालीन नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा सोमबार उनको निवास खुमलटारमा स्मृतिसभा आयोजना गरिएको छ ।  नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष दाहाललगायत नेता र परिवार तथा शुभेच्छुकले दिवगङ्त प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गरे । कार्यक्रममा प्रकाशको स्मृतिमा आधारित स्मारिका ‘प्रकाश..

    जिल्ला अदालतले १ करोड जरिवाना उठाउन बाँकी, अब अदालतनै न्याय खोज्न कहाँ जाने ?

    सोमबार, मंसिर ३, २०७५ साल
    सोलुखुम्बु, ३ मङ्सिर  सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक मसान्तसम्म दण्ड जरिवाना तोकिएका व्यक्ति तथा संस्थाबाट उक्त जरिवाना रकम उठ्न बाँकी भएको हो ।  अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको जरिवाना रकमसहित रु एक करोड ३१ लाख छ हजार ६७२ रहेकामा कात्तिक महीनासम्ममा रु १८ लाख ४० हजार १६०..

    १ महीनादेखि नबसेको नेकपाको सचिवालय बैठक मङ्सिर ६ बस्ने तयारी, तल्लो तहको एकता अझै भएन पुरा

    सोमबार, मंसिर ३, २०७५ साल
    काठमाडौँ, ३ मङ्सिर  झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ ।  प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी..

    ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र, अब जरिवाना तिराउने वा कालोसूचीमा राख्ने ?

    सोमबार, मंसिर ३, २०७५ साल
    दमौली, ३ मङ्सिर  तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ ।  ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो । विसं २०७३ देखि शुरु भएको उक्त पुलको निर्माण कार्य छ महीनादेखि ठप्प छ । पुल निर्माणको अन्तिम म्याद गत असारसम्म थियो । तर ठेकेदार भने वैशाखदेखि नै सम्पर्कमा नरहेको..

    प्रधानमन्त्री मोदीद्वारा अर्पित चन्दन आजदेखि पशुपतिनाथमा चढाइने, भक्तजनलाई अर्पण गरिने

    सोमबार, मंसिर ३, २०७५ साल
    काठमाडौँ, ३ मङ्सिर  भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएका श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ ।  विसं २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले दुई हजार ५०० किलोग्राम श्रीखण्ड चन्दन अर्पण गरेका थिए । पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै भक्तजनलाई पनि मोदीद्वारा नै..
    Weather Forecast