बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    प्रहरी महानिरीक्षकमा सर्वेद्र खनाल र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८  चैत : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार  साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनिहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । राज्यमन्त्री बाँस्कोटाका अनुसार उहाँहरुलाई पर्सि चैत २९ गतेदेखि लागू हुने गरी जिम्मेवारी..

    पानी सुरक्षा सरोकारको विषय भएकाले साझा अभियान लिई अघि बढ्नुपर्नेमा जोड !

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २७ चैत पानीको सुरक्षा साझा सरोकारको विषय भएकाले साझा अभियान चलाउनुपर्नेमा जोड दिइएको छ । मंगलबारदेखि राजधानीमा शुरु भएको तीनदिने ‘पानी, वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान र साझेदारी’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीले पानी सुरक्षा चुनौती बन्दै गएकाले साझा अभियान लिई अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । उपराष्ट्रपति नन्दबहादुर पुनले पानी सुरक्षा महत्वपूर्ण विषय भएकाले सरोकारवाला निकायलाई ध्यान दिन आग्रह गरे ।..

    आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुन्छ : रक्षामन्त्री ईश्वर पोखरेल

    मंगलवार, चैत्र २७, २०७४ साल
    पोखरा, २७ चैत नेकपा (एमाले)का महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताएका छन् । एमाले कास्की जिल्ला कमिटीको आयोजनामा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुने गरी तयारी भइरहेको बताए । एक दुई दिनमा नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिँदै उनले पार्टी एकता कुनै लहडका..

    प्रदेशसभा बैठकमा विधायन समितिको प्रतिवेदन प्रस्तुत, अर्को बैठक आगामी चैत ३० गते बिहान ११:०० बजे बस्ने

    मंगलवार, चैत्र २७, २०७४ साल
    पोखरा, २७ चैत – प्रदेश नं ४ को मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विधायन समितिको प्रतिवेदन प्रस्तुत गरियो । प्रतिवेदन प्रस्तुत गर्दै विधायन समितिका सदस्य सावित्रा रानाले विधेयकमाथि विधायन समितिमा विस्तृत छलफल गरी आवश्यक संशोधनसहित प्रतिवेदन तयार गरिएको जानकारी दिए । उक्त विधेयकमाथि आगामी बैठकमा छलफल हुनेछ । प्रदेशसभाको..

    प्रदेशसभा सदस्यलाई मासिक ४५ हजार तलब प्रस्ताव, विधेयक सात वटै प्रदेशलाई पठाईयो

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २७ चैत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानून पठाएको छ । मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सात वटै प्रदेशलाई पठाइएको जानकारी दिए । यसअघि मन्त्रालयले प्रदेशका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धी, गाउँसभा र नगरसभाको कानून निर्माण..

    वान्तवाले पुर्याएको योगदानअनुसार उनको सच्चा सम्मान हुनुपर्नेमा जोड

    मंगलवार, चैत्र २७, २०७४ साल
    चमयिता, ईलाम, २७ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफूहरु संघीयताको जगमा उभिएर विकास र समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।  शहीद रत्नकुमार वान्तवाको ३९ औँ स्मृति दिवसका अवसरमा यहाँ मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले सबै सम्भावनालाई परिचालन गरी शहीद र जनताको आकाङ्क्षाबमोजिम समृद्धिको यात्रा अगाडि बढ्ने बताए । कार्यक्रममा एमाले नेता प्रदीप नेपालले वान्तवाले पुर्याएको योगदानअनुसार उनको..

    वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गा भारतमा देखाइए पछि स्थानीय चिन्तित

    मंगलवार, चैत्र २७, २०७४ साल
    कञ्चनपुर, २७ चैत : नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ ।  संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ । भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्र्दै आएका छन् । भारतीय सीमा कम्बोजनगर छुट्याउने ३४ नम्बर सीमा स्तम्भ नजिकको जमिन भारतमा..

    धनगढीको टीकापुरलाई व्यवस्थित शहर बनाउन एशोसिएशनको माग

    मंगलवार, चैत्र २७, २०७४ साल
    धनगढी, २७ चैत टीकापुर नगरलाई योजनाबद्ध ढंगले व्यवस्थित शहर एवं पर्यटकीय आवास क्षेत्रका रुपमा विकास गर्नुपर्ने मागसहित ११ बुदे घोषणापत्र जारी गर्दै नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनको राष्ट्रिय परिषद् बैठक टीकापुरमा सकिएको छ ।  चैत २४ र २५ गते दुई दिनसम्म भएको बैठकपछि जारी गरिएको घोषणापत्रमा सरकारी निकायमा ब्याप्त भ्रष्टाचारको भत्र्सना गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कार्यान्वयन गर्नुपर्ने, सम्पत्तिको भोगचलन र खरिद..

    प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमण फलदायीः काँग्रेस नेता महत

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २६ चैत : नेपाली काँग्रेसका नेता डा रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमण फलदायी र उपलब्धिमूलक भएको बताएका छन ।  रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले नेपालका कुनैपनि प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म असफल नभएको बताउँदै प्रधानमन्त्री ओलीको भ्रमण पनि सद्भावपूर्ण भ्रमण भएको र दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताए ।  भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण पनि अहिलेसम्म..

    एमाले संसदहरुद्वारा प्रदेश नं. ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउन प्रस्ताव दर्ता

    सोमबार, चैत्र २६, २०७४ साल
    भक्तपुर, २६ चैत : प्रदेश नं ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउनुपर्ने माग गर्दै सोमबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ । एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउने १० आधारसहित प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।  सदस्य थापाले भक्तपुरलाई स्थायी राजधानी बनाउँदै प्रदेश नं ३ का सबै जिल्लालाई पायक पर्ने र सहज हुने..

    श्वेतपत्रमा देखाए जस्तो मुलुकको अर्थतन्त्र कमजोर छैन : नेपाली काँग्रेस

    सोमबार, चैत्र २६, २०७४ साल
    काठमाडौँ, २६ चैत नेपाली काँग्रेसले श्वेतपत्रमा लेखिए जस्तो नेपालको अर्थतन्त्र कमजोर नभएको जनाएको छ । काँग्रेसद्वारा सानेपास्थित पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नैतिक इमान्दारिताभन्दा पर गएर संगतिरहीत सन्दर्भ गाँसेर श्वेतपत्रमा असन्तुलितरुपमा तथ्यांक प्रस्तुत गरी अबौद्धिक र अव्यवहारिक चरित्र देखाएको टिप्पणी गरे । प्रवक्ता शर्माले भने, “राजनीतिकरुपमा हाम्रा भिन्न दार्शनिक वा मुद्दागत द्वन्द्व हुन सक्दछन् र छन् पनि तर..

    न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड, न्यायाधीशलाई ढुक्कका साथ फैसला गर्ने वातावरण बनाइने

    सोमबार, चैत्र २६, २०७४ साल
    काठमाडौँ, २६ चैत कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्ड बनाइने बताएका छन् । मन्त्रालयमा सोमबार पत्रकारसँगको भेटमा उनले त्यसरी नियुक्त न्यायाधीश क्षमता र ज्येष्ठताको आधार हेरी राजनीतिक पृष्ठभूमिको समेत हुने बताए । ‘‘राजनीतिक निर्वाचनमा भोट हालेका योग्य मान्छे छन् भने पनि न्यायाधीशमा नियुक्त हुन सक्छ ’’, उनले भने, ‘‘तर त्यो नियुक्तिपछि त्यस्ता व्यक्तिले स्वतन्त्र ढंगले काम गर्नुपर्छ..

    सरकारले आफ्नो शत्रु र मित्रराष्ट्रलाई चिन्न नसक्नु मुलुककै लागि दुर्भाग्य : नारायणमान विजुक्छे

    सोमबार, चैत्र २६, २०७४ साल
    भक्तपुर, २६ चैत नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारमा गएको दलले नेपालको शत्रु र मित्रराष्ट्रलाई चिन्न नसक्नु मुलुकका लागि दुर्भाग्य भएको बताएका छन् । मध्यपुरथिमीको लायकूस्थित आदर्श माध्यमिक विद्यालयको ५३ औँ वार्षिकोत्सव कार्यक्रममा उनले सरकारमा जाने दलकै विदेश नीतिका कारण बेलाबेलामा जनताले दुःख भोग्नुपरेको बताए । अध्यक्ष विजुक्छेले भने, “शासक दलका नेता देशको स्वार्थभन्दा आफ्नो स्वार्थमा लिप्त भएका छन्, नेताहरुले परिवार,..

    शहीदको योगदानको उच्च कदर हुनुपर्ने : उपसभामुख सिर्जना शर्मा

    सोमबार, चैत्र २६, २०७४ साल
    पोखरा, २६ चैत प्रदेश नं ४ का उपसभामुख सिर्जना शर्माले मुलुकको राजनीतिक परिवर्तनका लागि योगदान गर्ने शहीदको उच्च कदर हुनुपर्ने बताएकी छिन् । सोमबार महेन्द्रपुलस्थित शहीद भीमसेन दाहालको अर्धकदको शालिकमा माल्यार्पण गर्दै उनले शहीद भएका तथा आन्दोलनका घाइते भएकाहरुको योगदानका जगमा नेपाल वर्तमानसम्म आइपुगेको बताईन् । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारले शहीदको योगदानलाई उच्च सम्मान गर्दै शहीदले देखाएको बाटो अंगाली समृद्धि र..

    कर्णाली प्रदेशमा चार संसदीय समिति गठन, संसदबाट सर्वसम्मत अनुमोदन भएको जानकारी

    सोमबार, चैत्र २६, २०७४ साल
    सुर्खेत, २६ चैत  कर्णाली प्रदेशको संसद्ले चारवटा संसदीय समिति गठन गरेको छ । सोमबार बसेको संसद्को पहिलो अधिवेशनको १०औँ बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो । विधायन तथा प्रदेश मामिला समितिमा सांसदहरु चन्द्रबहादुर शाही, जीवनबहादुर शाही, देवी वली, धर्मराज रोग्मी, पदमबहादुर रोकाय, विन्दमान विष्ट र मीनासिंह रखाल सदस्य रहेको कर्णाली प्रदेशका..

    प्रधानमन्त्री ओलीको भारत भ्रमण : दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा

    सोमबार, चैत्र २६, २०७४ साल
    काठमाडौँ, २६ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म गर्नुभएको तीन दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ । नेपालका प्रधानमन्त्री र भ्रमण दलका सदस्यलाई भारतले उपलब्ध गराएको आतिथ्यता तथा भएका सहमतिले नेपालको आर्थिक विकास तथा समृद्धिको क्षेत्रमा नयाँ आयामसमेत थपेको छ । सगरमाथाको देशलाई सागरसम्मको पहुँच तथा काठमाडौँलाई भारतको रेल सञ्जालसँग जोड्ने, एकीकृत जाँच..

    आर्थिक ब्ययभार बढ्ने भन्दै सरकारले समायोजनमा नजाने कर्मचारीको स्वेच्छिक अवकाश रोक्यो

    सोमबार, चैत्र २६, २०७४ साल
    काठमाडौँ, २६ चैत सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा नजाने कर्मचारीलाई ल्याएको स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको छ । स्वेच्छिक अवकाश प्रक्रियाबारे माथिल्लो तहबाट कुनै निर्देशन नआएकाले रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्वेच्छिक इकाइका प्रमुख धर्मराज रोकायले जानकारी दिए । उनका अनुसार अवकाश प्रक्रियाअनुसार निवेदन दिएका कर्मचारीको नाम गत चैत १३ गते अनलाइनमा सार्वजनिक गर्नुपर्ने कार्यतालिका रहेको थियो । “हामीले अवकाशका..

    मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट, दुई देशबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड

    सोमबार, चैत्र २६, २०७४ साल
    काठमाडौँ, २६ चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एड्मिनिष्ट्रेसन ट्रेड एण्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ ।  सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा सोमबार भएको भेटवार्तामा मन्त्री यादव र प्रतिनिधिमण्डलबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भएको मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए । उनका अनुसार मन्त्री यादवले नेपाल राजनीतिक संक्रमण अन्त्य भई..

    नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : काँग्रेस नेता कोइराला

    सोमबार, चैत्र २६, २०७४ साल
    चितवन, २६ चैत : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । सोमबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताए ।  कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भने, “दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन ।” सभापति देउवाप्रति कडा प्रतिक्रिया दिँदै..

    सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हुँदा चारको मृत्यु

    सोमबार, चैत्र २६, २०७४ साल
    मेलम्ची, २६ चैत : सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हँुदा चार जनाको मृत्यु भएको छ ।  जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको इप्रका मेलम्चीले जानकारी दिएको छ । आइतबार बेलुका ८ बजे मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा१८प ४६९९ नंको बोलेरो गाडी सडकबाट करीब ३०० मिटर..

    जितपुर–ओखरपौवा सडक खुलेसँगै अवरुद्ध काठमाडौँको फोहरको विसर्जन शुरु

    सोमबार, चैत्र २६, २०७४ साल
    नुवाकोट, २६ चैत : जितपुर–ओखरपौवा सडकखण्ड मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएको घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले अवरोध पु¥याएको जितपुर–ओखरपौवा सडकखण्ड आइतबार साँझबाट सञ्चालनमा आएको छ ।  पीडित परिवारलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कारवाहीको माग राखेर बन्द गराइएको सडक खुलाउन गाडीधनी ककनी गाउँपालिका–३ का पोषनाथ तामाङले सहमति जनाएपछि साँझ ७ बजेदेखि गाडी चल्न थालेको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।  शनिबार राति..

    असमझदारी अन्त्य गर्न भ्रमण सफल : प्रधानमन्त्री केपी शर्मा ओली

    आईतवार, चैत्र २५, २०७४ साल
    नयाँदिल्ली (भारत), २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताएका छन् ।  प्रधानमन्त्री ओलीले आइतबार  यहाँ नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताए ।  प्रधानमन्त्री ओलीले भने, “नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र..

    देशलाई समृद्ध बनाउन वैकल्पिक सरकार गठन गर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घोषणा

    आईतवार, चैत्र २५, २०७४ साल
    सिन्धुली, २५ चैत्र : नया शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउने बताएका छन् ।  देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउन नयाँ शक्ति पार्टीले वैकल्पिक सरकार बनाउने बताएका हुन् ।  नयाँ शक्ति सिन्धुलीले आइतबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सिंहदरबारको अधिकार गाउँगाउँमा गएसँगै हुन सक्ने अनियमिततालाई रोक्न वैकल्पिक सरकारले काम गर्ने बताए ।  नेता भट्टराईले भने, “सिंहदरबारमा हुने..

    स्वास्थ्य र शिक्षा सबै नागरिकले समान रुपमा पाउनुपर्छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    आईतवार, चैत्र २५, २०७४ साल
    चितवन, २५ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढंगबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताएका छन् । भरतपुर अस्पतालको ५५औँ वार्षिकोत्सवलाई आइतबार चितवन सम्बोधन गर्दै उनले संविधानमा नै शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार भनेर उल्लेख गरिएकाले अबको समृद्ध नेपाल हुँदै गर्दा शिक्षा र स्वास्थ्य आम जनताको पहुँचमा हुनुपर्ने बताए । पूर्वप्रधानमन्त्री..

    पोर्चुगलः धन कमाएर सुन्दर घर बनाउने सपना बोकेका दम्पतिको बिजोग! श्रीमानलाई पक्षाघात, श्रीमतीको मिर्गौला फेल

    आईतवार, चैत्र २५, २०७४ साल
    पोर्चुगल, २५ चैत वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् । आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य रोगले ग्रसित भएका छन् । चन्द्रकिशोर एक्कासि पक्षाघात भई देब्रेतर्फको पूरै हर नचल्ने भएपछि दुई महिनादेखि ओछ्यानमै थलिएका छन् । उनकी श्रीमती शर्मिलाको दुवै मिर्गौला..

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान

    आईतवार, चैत्र २५, २०७४ साल
    उत्तराखण्ड, भारत, २५ चैत भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आइतबार मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका चान्सलर कृष्णकान्त पलले ‘डाक्टर अफ साइन्स’ को उपाधि प्रदान गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरणमार्फत भारतलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान..

    मोबाइलबाट शुरु भएको घरबार अदालतमा पुगेर भत्कियो, प्रेम र विवाह फरक कुरा !

    आईतवार, चैत्र २५, २०७४ साल
    रोल्पा, २५ चैत तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?’ पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन् । विद्यालय विदाका दिन परेको हुँदा उनी त्यस दिन घरमै थिइन् । बुबाआमा बाहिर काममा गएको कारण फोनमा बोल्न उनलाई कुनै अवरोध भएन । पटक पटक यही वाक्य दोहोयाएर सहपाठीले..

    एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल चीन प्रस्थान, चार दिनपछि स्वदेश फर्कने कार्यक्रम

    आईतवार, चैत्र २५, २०७४ साल
    काठमाडौँ, २५ चैत नेकपा (एमाले) का नेता माधवकुमार नेपाल सांघाई कोअपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्धारा चीनको सियानमा आयोजना हुने ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन गए राति त्यसतर्फ गएका छन् । एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा बोल्नेछन् । कार्यक्रममा नेपाल, भारत, चीन,..

    राप्रपाद्वारा हिन्दू धर्मगुरु आचार्य माथि गोली प्रहार घटनाको यथासिघ्र छानवीनको माग

    आईतवार, चैत्र २५, २०७४ साल
    काठमाडौँ, २५ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानवीनको माग गरेका छन् ।  राप्रपाका प्रवक्ता भुवन पाठकले आज विज्ञप्ति जारी गरी केही समयदेखि हिन्दूत्वलाई कमजोर बनाउने, हिन्दू धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभीत तुल्याउने उद्देश्यले घटना गराइएको आरोप लगाउँदै धार्मिक गुरु एवं व्यक्तित्वको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन..

    वास्तविक भूकम्पपीडितको नाम लाभग्राहीमा सूचीमा भेटिएन

    आईतवार, चैत्र २५, २०७४ साल
    धादिङ, २५ चैत : उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका– ४ का ७६ वर्षीय परमेन तामाङको घर भूकम्पले बस्नै नहुने गरी लड्यो । उनि केही समय बारीको पाटामा बसे । त्यपछि गाउँले समेतको सहयोगमा बनाइएको टहरामा बस्दै आएका छन् ।  छोरीहरु विवाह गरेर गए, उनको सहारा भन्ने कोही छैन । दुई छोरी काठमाडाँैमा काम गरेर बस्छन् । उनको कुनै घर छैन । पानी चुहिने..
    Weather Forecast