सोमबार, कार्तिक ४, २०७६

    राज्य-समाज

    मेनपावरको स्तर निर्धारण गर्ने वेभसाइट सञ्चालनमा, हरेक मुलुकका लागि अलग्गै भाषामा

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ, २९ चैत : वैदेशिक रोजगारीमा कामदार पठाउने मेनपावर कम्पनीको स्तर निर्धारण गर्ने वेभसाइट शुरु गरिएको छ ।  उक्त वेभसाइटले वैदेशिक रोजगारको सेवा लिएका व्यक्तिले दिएको जानकारीका आधारमा सम्बन्धित मेनपावर कम्पनीको स्तर निर्धाण गर्ने छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले शुरु गरेको वेभसाइट www.recruitmentadvisor.org ले मेनपावर कम्पनीको सेवाको स्तरका बारेमा जानकारी दिने छ । यो वेभसाइट नेपालसँगै इन्डोनेसिया, फिलिपिन्स..

    खराब कर्मचारी र सुरक्षाकर्मीलाई कडा भन्दा कडा कारवाही गरिने:गृहमन्त्री रामबहादुर थापा

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ, २९ चैत गृहमन्त्री रामबहादुर थापाले जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले खेल्ने भूमिकाको आधारमा समग्र गृह मन्त्रालयको मूल्यांकन हुने भएकाले सोहीअनुरुप इमान्दार भएर काम गर्न उनीहरुलाई निर्देशन दिएका छन् ।  यहाँ आज ‘नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानून र न्यायसम्बन्धी तीनमहिने सेवाकालीन तालीम’को समापन गर्दै उनले भने, “जिल्लामा प्रजिअ र प्रहरी प्रमुखले खेल्ने भूमिकाले गृह मन्त्रालयको ऐना वा पहिचानको काम..

    राष्ट्रपतिसमक्ष महालेखापरीक्षक प्रतिवेदन पेश, आर्थिक कारोवार परीक्षणपछि देखिएका विषय उल्लेख

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ, २९ चैत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३-७४ को ५५ औँ वार्षिक प्रतिवेदन बुझाएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा महालेखापरीक्षक टंकमणि शर्माले उक्त प्रतिवेदन पेश गरेका हुन् । संवैधानिक प्रावधानअनुसार महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष चैतभित्र प्रतिवेदन पेश गर्नुपर्ने कार्यतालिका छ । सबै सरकारी कार्यालय र संघ वा प्रदेश सरकारको पूर्णस्वामित्व भएको संगठित संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र..

    प्रदेश ५ मा सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक: मुख्यमन्त्री शंकर पोखरेल

    बिहिवार, चैत्र २९, २०७४ साल
    रुपन्देही, २९ चैत  प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गरेका हुन् ।  प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उनले प्रदेश नं ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिए ।  बाह्र जिल्ला रहेको यस प्रदेशमा समृद्धिका आधार र चुनौतीसमेत केलाउँदै मुख्यमन्त्री पोखरेलले चुनौतीको सामनापछि नमूनायोग्य प्रदेशका रुपमा रुपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे ।  उनले भने,..

    बालश्रम अन्त्य नारामै सीमित, पछिल्लो चार महिनामा बालश्रमसम्बन्धी १४० वटा घटना

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ, २९ चैत विभिन्न राजनीतिक दल तथा सरोकारवाला संघ संस्थाको बालश्रम अन्त्य गर्ने नारा, नारामै सीमित भएको छ । विभिन्न राजनीतिक दलका नेताले सार्वजनिक रुपमा भाषण र आफ्ना पार्टीका घोषणापत्रमा जतिसुकै बालश्रम अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेपनि बालश्रम ज्यूँका त्यूँ छ । केन्द्रीय बालकल्याण समितिको तथ्यांकअनुसार पछिल्लो चार महिनामा बालश्रमसम्बन्धी १४० वटा घटना घटेका छन् । विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारलाई हेर्दा यही..

    अध्यक्ष आचार्यले इँटा भट्टालाई बालश्रममुक्त र वातावरणमैत्री बनाउन जोड

    बिहिवार, चैत्र २९, २०७४ साल
    विराटनगर, २९ चैत  मुलुकमा सञ्चालित इँटा भट्टालाई बालश्रममुक्त र वातावरणमैत्री बनाउनका लागि जनचेतना जगाउन यहाँ अभियान सञ्चालन गरिएको छ ।  मुलुकका १४ जिल्लाका २३ इँटा भट्टाको हालै एउटा संस्थाले अध्ययन अनुगमन गरेको थियो । ‘ग्लोबल फेयरनेर इनसेटिभ नेपाल र ग्रेटर विक्र नेपाल’ले आज यहाँ पत्रकार सम्मेलन गरी इँटा भट्टा बालश्रममुक्त हुनु पर्ने, स्वास्थ्य सुरक्षामा ध्यान दिइनु पर्ने, वातावरण मैत्री हुनुपर्ने, आवास सुविधागायत..

    नयाँ महानिरीक्षक खनाललाई प्रहरी प्रधान कार्यालयमा भव्य स्वागत

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौ, चैत्र २९ ।  नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई आज प्रहरी प्रधान कार्यालय, नक्शालमा मा भव्य स्वागत गरिएको छ । यसअघि महानिरीक्षक खनाललाई आज नै गृहसचिव प्रेमकुमार राईले गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच दज्र्यानी चिह्न प्रदान गरेका  थिए । नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हालेका छन् ।  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई काठमाडौँमा बुधबार दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव प्रेमकुमार..

    कस्तो अचम्म ! छोरा जन्माउनकै लागि ६ वटी श्रीमती विवाह, तैपनी कुनै संकोच छैन..

    बिहिवार, चैत्र २९, २०७४ साल
    रोल्पा, २९ चैत “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका छन् । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्काे गर्दै छवटी श्रीमती भित्र्याएको बताए ।  पुनको पहिलो विवाह आफू १६ वर्ष हुँदा..

    राजदूत सुवेदी मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ, २९ चैत : बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन गरिएको छ ।  मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१औँ परिषद् वैठकले सुवेदीलाई उक्त समितिको उपाध्यक्षमा चयन गरेको हो ।  सुवेदीलाई उपाध्यक्षमा निर्वाचित गरियोस भनी मेक्सिकोका लागि ब्राजिलका राजदूत माउरिको कारभाल्हो ल्यारिओले प्रस्ताव..

    पूर्व प्रधानन्यायाधीश श्रेष्ठको गाडी सर्वोच्चका कर्मचारीको नियन्त्रणमा

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ २९ चैत, : पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रयोग गर्दै आएको सर्वोच्च अदालतको गाडी सर्वोच्च अदालतकै कर्मचारीले नियन्त्रणमा लिएका छन् ।  बिहिबार सर्वोच्च अदालत परिसरमा इन्धन र मर्मत खर्च लिन पुगेका श्रेष्ठका सवारीचालक जोगमन महतोबाट गाडी र चाबी नियन्त्रणमा लिएर मुख्य रजिष्टार राजनप्रसाद भट्टराईलाई बुझाइएको सर्वोच्च अदालत विभागीय आधिकारिक ट्रेड युनियनका सचिव हरि भट्टराईले जानकारी दिए ।  पूर्व विशिष्टहरुले आफु खुशी सवारीसाधन, सवारीचालक,..

    नापी शाखाका प्रमुख श्याम बाबुप्रसाद साह पचास हजार घुससहित पक्राउ

    बिहिवार, चैत्र २९, २०७४ साल
    गाईघाट, उदयपुर, २९ चैत  स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् ।  आज बिहान जिल्ला नापी कार्यालयस्थित कार्यालयका हाकिम साहको क्वाटरबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले साहलाई रु ५० हजार घुससहित पक्राउ गरेको अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले बताएको छ ।  साहले..

    अबको बैठकले पार्टी एकता टुङ्ग्याउने माओवादी अध्यक्ष दाहालको दाबी

    बिहिवार, चैत्र २९, २०७४ साल
    चितवन, २९ चैत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताए ।  भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा बिहिबार आयोजित शोकसभामा उनले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे ।  उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए ।..

    राजश्व प्रक्षेपणको आधारै गलत, आधा हिस्सा कारोबार अर्थतन्त्रको दायरा बाहिर

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौं,२९ चैत : सरकारले वर्षेनी गर्दै आएको राजश्व असुली प्रक्षेपणको आधारमाथि नै प्रश्नचिहृन उठेको छ । सरकारी निकायको लेखापरीक्षण गर्ने संवैधानिक आयोग महालेखापरीक्षकको कार्यालयको वाषिर्क प्रतिवेदनले मुलुकको कुल ग्राहस्थ्य उत्पादन र राजश्वबीच सन्तुलन नदेखिएको उल्लेख गरेको छ । आन्तरिक उपभोग र आयातमा भएको वृद्धिसमेत राजश्वमा मुखरित नभएको प्रतिवेदनमा जनाइएको छ । गत आर्थिक वर्ष २०७३/७४ मा कायम गरिएको राजश्व वृद्धिको लक्ष्यसमेत यथार्थपरक..

    राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी

    बिहिवार, चैत्र २९, २०७४ साल
    चमैयाचित्रे (इलाम), २९ चैत :   प्रगतिशील लेखक सङ्घको तेस्रो राष्ट्रिय परिषद् बैठकले राष्ट्र, राष्ट्रियता, जनजीविकाका सवाललाई केन्द्रित गरी राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने लगायत १५ बुँदे इलाम घोषणापत्र २०७४ जारी गरेको छ ।    निर्वाचनमा वाम दलहरुले गरेको प्रतिबद्धता बमोजिम राष्ट्रिय पूँजीको विकासमार्फत् स्वदेशमै रोजगार सिर्जना गरी स्वाधिन अर्थतन्त्रमार्फत् जनताको मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्दै समृद्धि र वैज्ञानिक समाजवादतर्फ मुलुकलाई अगाडि बढाउन पनि..

    चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दमा कुनै विवाद छैन : एमाले नेता नेम्वाङ

    बिहिवार, चैत्र २९, २०७४ साल
    बनियानी, झापा, २९ चैत : नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सानातिना विवाद र समस्याले पार्टी एकता कुनै पनि हालतमा अवरुद्ध नहुने बताएका छन ।  प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सानातिना मतभेदलाई दुवै पार्टीका अध्यक्ष बसेर टुंग्याइने बताए । “हिजोका जश अपजश आपसमा स्वीकारेर पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” नेम्वाङले भने – “वैशाख ९ भित्रै..

    पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयास हुनुपर्ने - अध्यक्ष पुष्पकमल दाहाल

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८ चैत  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण माध्यम भएकाले यसको विकासमा सामूहिक प्रयास हुनुपर्ने बताएका छन्।  नेपाल एसोसियसन अफ ¥याफटिङ एजेन्सिज (नारा) द्वारा बुधबार यहाँ आयोजित साहसिक जलयात्रा (¥याफटिङ) पर्यटन वर्तमान र भविष्य विषयक अन्तक्रिया कार्यक्रममा उनले प्राकृतिक सम्पदाले भरिपूर्ण भएको नेपालमा पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने..

    कर्णालीको मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता विद्याभूषण मानन्धर नियुक्त

    बुधबार, चैत्र २८, २०७४ साल
    सुर्खेत, २८ चैत कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता विद्याभूषण मानन्धर नियुक्त भएका छन् ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो ।  मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारका रुपमा काम गर्ने छन्। ..

    पदीय मर्यादा कायम गर्ने सभामुखको प्रतिबद्धता:कृष्णबहादुर महरा

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८ चैत  सभामुख कृष्णबहादुर महराले आफ्नो पदीय मर्यादालाई अक्षुण्ण राख्न आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।  संसदीय समाचार सम्प्रेषणमा संलग्न सञ्चारकर्मी सँग आज भएको छलफलमा उनले आफू नेकपा (माओवादी)पार्टीमा नरहेको र राजनीतिक सन्तुलन कायम गरेर सभामुखको दायित्व इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरे ।  संसद् बाहिर रहेका राजनीतिक दलका अभिव्यक्ति पनि सञ्चारमाध्यममार्फत जनसमक्ष प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले संघीय संसद्मा समाचार..

    परिवारनै अपाङ्ग भएपछि आर्थिक सहयोगको अपेक्षामा कुश्मीदेवी

    बुधबार, चैत्र २८, २०७४ साल
    महोत्तरी, २८ चैत गौशाला ११ की ५५ वर्षीया कुश्मीदेवीकी बाटो छेउमै एउटा सानो झुप्री छ । जसमा पाँच जनाको परिवार बसोबास गर्छन् ।  घरका हरेक सदस्य कुनै न कुनै रुपमा शारीरिक रुपले अपाङ्ग छन् । वर्षौदेखि सोही स्थानमा रहेको ऐलानी (सुकुम्वासी) जग्गामा बसोवास गर्दैआउनु भएकी कुश्मीदेवीलाई घरपरिवार चलाउनका लागि आर्थिक रुपमा कठिनाइ भएको छ ।  उनका ६१ वर्षीय श्रीमान् रामनन्दन महराको बायाँ खुट्टा..

    चीनको सियानमा आयोजना भएको कार्यक्रममा भाग लिई माधवकुमार नेपाल स्वदेश फिर्ता

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८ चैत नेकपा (एमाले) का नेता माधवकुमार नेपाल बुधबार स्वदेश फर्किएका छन् । सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धन : मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिई उनी स्वदेश फर्किएको एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । चार दिनसम्म चीन रहँदा उनले कार्यक्रमसँगै चिनियाँ उच्च अधिकारीसँग नेपालका बारेमा छलफल..

    गुणस्तर नापतौल क्षेत्रीय कार्यालय बुटवलले पश्चिम नवलपरासीका ग्यास विक्री केन्द्रको अनुगमन

    बुधबार, चैत्र २८, २०७४ साल
    नवलपरासी, २८ चैत गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बुटवलले पश्चिम नवलपरासीका ग्याँस बिक्री केन्द्रको अनुगमन गरेको छ ।  ग्यासका सिलिण्डरमा तौल कम भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले मंगलबार अनुगमन गरेको हो ।  कार्यालयका वरिष्ठ निरीक्षक योगेन्द्र पौडेलको नेतृत्वमा खटिएको टोलीले पश्चिम नवलपरासीको सुनवल, भूमही, बासा लगायतका स्थानमा रहेका बिक्री डिपोमा अनुगमन गरेको हो । अनुगमन टोलीले..

    बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन गरिने रघुवीर मन्त्री महासेठ

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८ चैत  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाखबाट नै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन शुरु गर्ने बतायका छन् ।  आज यहाँ टिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा विगतमा प्रधानमन्त्रीले पानीजहाजको कुरा गर्दा विभिन्न तरिकाबाट उडाउने काम भएको भन्दै मन्त्री महासेठले पानीजहाजको सपना साकार हुने स्पष्ट पारे ।  बैशाखको पहिलो साताबाट नै सम्भाव्यता अध्ययनबारे महाशाखा बनाएर काम थाल्छौँ अघि बढ्ने पनि..

    आईजीपी बन्न नपाएको झोंकमा रमेश खरेलले दिए राजीनामा, सरकारको निर्णयप्रति असन्तुष्टि !

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८ चैत नेपाल प्रहरीका डिआईजी रमेश खरेलले प्रहरी सेवाबाट राजीनामा दिएको बताएका छन् ।  सरकारले सर्वेन्द्र खनाललाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेसँगै सो प्रति असन्तुष्टि जनाउँदै खरेलले पदबाट राजीनामा दिएका हुन् ।  उनले आफूले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको दाबी गरे । ‘आज राजीनामा दिएको छु, यो  अहिले म धेरै बोल्न चाहन्न’, उनले भने ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यसम्पादन मूल्यांकन..

    महिलामाथि हुने हिंसा र जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री थापा

    बुधबार, चैत्र २८, २०७४ साल
    विराटनगर, २८ चैत : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा रेडक्रसले ध्यान केन्द्रित गर्नुपर्ने बताइन् ।  नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको बुधबार  यहाँ उद्घाटन गर्दै उनिले विशेषगरी समाजमा पिछडिएका महिलाको सशक्तिकरण र आर्थिक विकासका लागि नेपाल रेडक्रसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।  मन्त्री थापाले आफ्नो विधान संशोधन गर्दा नेपाल रेडक्रसले आफूलाई महिला मैत्री..

    रमेश खरेललाई नवनियुक्त आईजीपीको आग्रह- राजीनामा नदिनुस्, मिलेर काम गरौं

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८ चैत अघिल्लो वर्ष नेपाल प्रहरीको प्रमुख नियुक्तिले ठूलै बबण्डर भयो । प्रहरी संगठनको इतिहासमै सबैभन्दा बढी विवादित मात्र भएन, आईजीपी काण्डले नेपाली कांग्रेसको छविसमेत धमिल्यायो । यो पटक सर्वेन्द्र खनाल प्रहरी प्रमुख भए । अघिल्लो पटक जस्तो मुद्दा मामिला र ठूलो विवाद त भएन तर, आईजीपीको दावेदार मध्येका एक डीआईजी रमेश खरेलले भने राजीनामा दिने भएका छन् ।  खरेलले भने-..

    पर्वतका सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिदै

    बुधबार, चैत्र २८, २०७४ साल
    फलेवास, पर्वत, २८ चैत : पर्वतका सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिने भएको छ ।  प्राकृतिक विपत्तिका कारण आइपर्ने घटनामा पीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो ।  अहिले जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमा मात्र यस्तो कोषको व्यवस्था रहेको छ ।  वर्षायाम नजिकिँदै गर्दा जुनसुकै बेला पनि घट्नसक्ने प्राकृतिक विपत्तिका घटनामा परी पीडित हुने व्यक्ति..

    ‘युवा आज’ अभियान शुरु, युवाका क्षेत्रमा रहेका समस्या समाधान गर्ने लक्ष्य

    बुधबार, चैत्र २८, २०७४ साल
    ललितपुर, २८ चैत : युवाका क्षेत्रमा रहेका समस्या समाधान गरेर तिनलाई सिर्जनशील क्षेत्रमा लगाउने उद्देश्यले ‘युवा आज’ नामक अभियान शुरु भएको छ ।  दायित्व नामक संस्थाले मंगलबार सो अभियानको औपचारिक शुरुआत गरेको छ । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘युवा आज’ जस्ता अभियान र त्यसको निष्कर्ष सरकारका लागि मार्गनिर्देशक बन्न सक्ने बताउँदै भने, “अभियानबाट प्राप्त भएका तथ्याङ्कमा सरकार महत्व..

    प्रहरी महानिरीक्षकमा सर्वेद्र खनाल र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८  चैत : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार  साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनिहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । राज्यमन्त्री बाँस्कोटाका अनुसार उहाँहरुलाई पर्सि चैत २९ गतेदेखि लागू हुने गरी जिम्मेवारी..

    पानी सुरक्षा सरोकारको विषय भएकाले साझा अभियान लिई अघि बढ्नुपर्नेमा जोड !

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २७ चैत पानीको सुरक्षा साझा सरोकारको विषय भएकाले साझा अभियान चलाउनुपर्नेमा जोड दिइएको छ । मंगलबारदेखि राजधानीमा शुरु भएको तीनदिने ‘पानी, वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान र साझेदारी’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीले पानी सुरक्षा चुनौती बन्दै गएकाले साझा अभियान लिई अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । उपराष्ट्रपति नन्दबहादुर पुनले पानी सुरक्षा महत्वपूर्ण विषय भएकाले सरोकारवाला निकायलाई ध्यान दिन आग्रह गरे ।..

    आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुन्छ : रक्षामन्त्री ईश्वर पोखरेल

    मंगलवार, चैत्र २७, २०७४ साल
    पोखरा, २७ चैत नेकपा (एमाले)का महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताएका छन् । एमाले कास्की जिल्ला कमिटीको आयोजनामा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुने गरी तयारी भइरहेको बताए । एक दुई दिनमा नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिँदै उनले पार्टी एकता कुनै लहडका..
    Weather Forecast