बिहिवार, चैत्र २७, २०७६

    राज्य-समाज

    प्रधानमन्त्रीको निर्देशनपछि सुशासनमा सुधारको सङ्केत, भ्रष्टाचारको अन्त्य होला ?

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ  “प्रत्येक कर्मचारीले कार्यालय छिरेपछि म भ्रष्टाचार गर्ने छैन, भ्रष्टाचार हुन दिने छैन, देश र जनताको सेवाको निम्ति इमान्दार भएर काम गर्ने छु, भन्ने शपथ वाचा गर्नुपर्छ ।” भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई सुशासन र समृद्धि कायमको अठोट व्यक्त गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीका उच्च अधिकारीलाई प्रायः यसरी नै निर्देशन दिने गरेका छन् । प्रधानमन्त्रीदेखि सबै कर्मचारीसम्मले हरेक..

    साल्ट ट्रेडिङ सुधार्न मातृका यादव कस्सिए, सेवामूलक संस्थाको रुपमा विकसित गर्ने योजना

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ  साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ । बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पोरेशनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो । विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरु खरीद गरी उखुखेतीलगायत अन्य खेतीमा आधुनिकरण गर्न शुरु गरेको कर्पोरेशनले जनाएको छ । कर्पोरेशनको ५६ औँ वार्षिकोत्सका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सो..

    १८ वर्षदेखि बाढीपीडितले लालपुर्जा पाएनन्, जग्गा दर्ताका लागि कुनै पहल भएन

    बुधबार, भाद्र २७, २०७५ साल
    कावासोती, २७ भदौ विभिन्न समयमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापितहरु अहिले नवलपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् । बाढीका कारण विस्तापित भएसँगै तत्कालिन समयमा विपद् व्यवस्थापन समितिले प्रति घर १० धुरका दरले विभिन्न समयमा विस्थापितहरुलाई जग्गा वितरण गरेको थियो । विसं २०५७ मा विस्थापित भएकाले ती जनताले १८ वर्ष हुदाँ पनि प्रशासनले दश धुरका दरले दिएको जमीनको लालपुर्जासमेत पाउन..

    निर्मला पन्त हत्या प्रकरण : छानबिन समितिमा पुन:फर्किए उपसचिव वीरेन्द्र केसी

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ कञ्‍चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि भएको हत्याकाण्डको विषयमा बुझ्‍न बनाइएको छानविन समितिमा सरकारले जिम्मेवारी दिएका सदस्य वीरेन्द्र केसी पुन काममा फर्किएका छन् । यसअघि समिति सदस्यबाट राजीनामा दिएका केसीले मंगलबार गृहमन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा स्वइच्छाले  काममा फर्किएको बताएका हुन्।  निर्मला पन्त हत्याको घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेको छ ।..

    महिलाको अधिकार प्राप्तिका लागि सही अभ्यास हुनुपर्नेमा मुख्यमन्त्री भट्टको जोड

    बुधबार, भाद्र २७, २०७५ साल
    धनगढी, २७ भदौ  प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले महान् पर्व हरितालिकाका अवसरमा प्रदेशवासी नेपाली महिलाको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिएका छन् ।  मुख्यमन्त्री भट्टले बुधबार दिएको शुभकामना सन्देशमा तीज पर्वबाट सम्पूर्ण महिलामा उमंग, उत्साह र हौसला छाओस्, आपसी एकता र सद्भाव कायम रहोस् र महिलाको अधिकारको पूर्ण प्राप्तिका लागि सही अभ्यास हुन सकोस् भन्ने कामनासमेत..

    मध्याह्नसम्म ३ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे, तीज गीतमा एउटै स्वर : फोहरलाई बनाउँ मोहर

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ  भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका दिन मध्याह्न १२ बजेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन् ।  बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो । यस वर्ष लाम व्यवस्थित भएकाले चक्रपथको तिलगङ्गा–गौशाला–चावहिल मार्ग सवारी चलिरहेको छ । यसले गर्दा भक्तजनलाई आवतजावत गर्न सहज भएको कोषका सदस्य सचिव डा..

    मुलुकी संहिता लागू भए पनि सिक्काको दुरुपयोग बढ्दै, यस्तो छ ऐन व्यवस्था ?

    बुधबार, भाद्र २७, २०७५ साल
    कुश्मा पर्वत, २७ भदौ  नयाँ मुलुकी ऐन फौजदारी कार्यविधि (संहिता) लागू भए पनि ऐन अझै कसिलो नहुँदा सिक्काको दुरुपयोग रोकिएको छैन ।  नेपाल सरकारको मुलुकी ऐन खोटा चलनमा उल्लेख भएका कतिपय प्रावधान पुरानै छन्, भने सिक्काको हकमा परिवर्तित कानून पनि फितला देखिएका छन् । राज्यले नयाँ संविधान निर्माण गरिसकेपछि मुलुकी फौजदारी कार्यविधि कार्यान्वयनमा ल्याएको छ । सिक्का चलन सम्बन्धमा केही परिवर्तन भए..

    नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई करीब १ महिनाका लागि अमेरिका प्रस्थान

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई करीब एक महीना लामो प्राज्ञिक भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।  भ्रमणका क्रममा उनले अमेरिकाका प्रबुद्ध र प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एशियाली मुलुकका प्रवासीसँग पनि अन्तरक्रिया गर्ने..

    मन्त्रालयले राहत शिक्षकलाई विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगन गर्न आग्रह

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत सामुदायिक विद्यालयका राहत शिक्षकलाई आन्दोलन स्थगन गरी नियमित विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ ।  मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले शिक्षकका मागप्रति मन्त्रालय सकारात्मक रहेको भन्दै आन्दोलनका कार्यक्रम स्थगन गरी विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह गरेका हुन् । राहत शिक्षकले आफ्ना विभिन्न माग राखी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलन..

    ५० वर्षपछि मन्दिरमा प्रवेश गरेर पूजाअर्चना गर्न पाएपछि दलित समुदायमा खुसी

    मंगलवार, भाद्र २६, २०७५ साल
    कलैया, २६ भदौ  बारा सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका दलित समुदायले करीब ५० वर्षपछि मन्दिरमा प्रवेश गर्न पाएका छन् । दलित र गैरदलितबीच जातीय विभेद नगर्ने सहमति भएपछि उनीहरुले त्यहाँस्थित शिवमन्दिरमा प्रवेश गर्न पाएका हुन् । वर्षौंदेखि यहाँका दलितलाई गैरदलितले मन्दिर प्रवेश गर्न दिएका थिएनन् । सोमबार भएको छलफलमा दुबै पक्षबीच सहमति भएपछि झवानीका दलित समुदायले आज मन्दिरमा प्रवेश गरेर पूजाअर्चना गरेको युवा..

    'बालबालिकासित प्रथम राष्ट्रपति' संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमति र सहकार्य आवश्यक

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ  पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधानले भौगोलिक र सामाजिक विविधतालाई बलियो बनाउने काम गरेको बताएका छन् ।  चन्द्रागिरि, गोदावरी, दक्षिणकाली नगरपालिका र पाठशाला खबरद्वारा संयुक्तरुपमा मंगलबार यहाँ आयोजित ‘बालबालिकासित प्रथम राष्ट्रपति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, “संविधानको सफल कार्यान्वयनबाट मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ ।”  पूर्वराष्ट्रपति डा यादवले तीन तहको निर्वाचनबाट गणतन्त्रको संस्थागत विकास हुन गएको उल्लेख गर्दै संविधान कार्यान्वयनका..

    निर्मला पन्त हत्या प्रकरण : बबिता बम धरौटी, दिलिप र रोशनी साधारण तारेखमा रिहा

    मंगलवार, भाद्र २६, २०७५ साल
    महेन्द्रनगर, २६ भदौ  निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई साधारण तारेखमा छुटेका छन् । घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई साधारण तारेखमा रिहा गरिएको छ । रोशनी बम मृतक निर्मला पन्तकी साथी हुन् ।  तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले षड्यन्त्रपूर्वक दिलिपसिंह विष्टलाई फसाउन खोजेको भनेर..

    तीजको दिन राजधानीका निम्न स्थानहरुमा चल्दैन गाडी, वैकल्पिक बाटो यस्तो छ (सूचीसहित)

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा हुनसक्ने भीडभाडलाई मद्देनजर गर्दै प्रहरीले ट्राफिक व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको छ । अति नै भीडभाड हुने क्षेत्र भएर चल्नुपर्ने सवारी साधनलका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । हेर्नुहोस्, कहाँ चल्दैन गाडी र कुन बाटो प्रयोग गर्ने ? मालबाहक सवारी साधनहरू : - तीनकुनेबाट गौशालातर्फ र गोपिकृष्णबाट चाबहिलतर्फ आउन रोक लगाइएको । - नारायणटार..

    निर्मला हत्याकाण्ड : राजीनामा प्रकरणले संसदमा हंगामा, सरकारले अपराधी बचाएको प्रतिपक्षको आरोप

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य विरेन्द्र केसीले राजीनामा दिएको प्रकरण राष्ट्रियसभा बैठकमा उठेको छ । राष्ट्रियसभा बैठकमा बोल्दै सत्तापक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले नै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् भने प्रतिपक्षी सांसदले गृहमन्त्रीको जवाफ मागेका छन् । नेकपाकी सांसद नन्दा चपाईले निर्मला पन्त हत्या घटना छानबिन गर्न गठित समितिका सदस्य नै..

    डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारीमा सरकार

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ  सरकारले डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।  सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको मंगलबारको बैठकमा ‘रोजगारीको हकसम्बन्धी ऐन, २०७५’ को दफावार छलफलका क्रममा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने जानकारी दिइयो ।  प्रत्येक बेरोजगार व्यक्तिलाई सरकारले एक आर्थिक वर्षमा न्यूनतम् १०० दिनको..

    विमस्टेक सैन्य अभ्यासबाट नेपाल बाहिरिएपछि रिसायो भारत, लाजमर्दो अवस्थामा पुर्याएको ठहर !

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ पूर्व निधारित विमस्टेकको संयुक्त सैन्य अभ्यासमा पर्यवेक्षकमात्र हुने नेपालको निर्णयमा भारत असन्तुष्ट रहेको समाचार बाहिर आएको छ ।  एक हप्ता अघि नेपालले नै आयोजना गरेको विमस्टेक सम्मेलनको समयमा नेपालले सैन्य अभ्यासमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको थियो । विमस्टेकका सदस्य राष्ट्रहरुको सेना अधिकारीहरुको सहभागी रहने अभ्यास सोमबारबाट पुणेमा शुरु भयो । भारतीय अंग्रेजी पत्रिका द हिन्दुस्तान टाइम्सले यो विषयका जानकार एक..

    असन्तोष र असहमति छैन, मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै हो : गृहमन्त्री

    मंगलवार, भाद्र २६, २०७५ साल
    बनेपा, भदौ २६  गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको बताएका छन् ।  काभ्रेको बनेपामा जिल्ला सहकारी सङ्घले मंगलबार आयोजना गरेको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा..

    प्रधानन्यायाधीश मिश्रकाे सपथ र पदबहालीमा जाेशीद्वारा स्वागत, किन राजीनामा दिँदैनन् जोशी ?

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ  नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । सोमबार मात्रै २८औँ प्रधानन्यायाधीशका रूपमा ओमप्रकाश मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए । त्यसलगत्तै उनले सर्वोच्च अदालत आएर प्रधानन्यायाधीशको पदभार पनि सम्हाले ।   शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले साेमबार पदबहाली गरेका हुन् । पदबहालीका क्रममा नवनियुक्त प्रधानन्यायाधीश..

    पोखरा लेखनाथ महानगरपालिको नाम हेरफेर, लेखनाथ शब्द हटाइएको सूचना राजपत्रमा प्रकाशित

    मंगलवार, भाद्र २६, २०७५ साल
    पोखरा, २६ भदौ :   पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ ।    नेपाल राजपत्रको भाग ५ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र कायम गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम..

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि परिवारसहित ककनीमा

    सोमबार, भाद्र २५, २०७५ साल
    नुवाकोट, २५ भदौ :  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार आरामका लागि पर्यटकीयस्थल ककनी आएका छन् ।   नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बसेको  जानकारी दिए । उनि मङ्गलबार बिहान राजधानी फर्कने बताइएको छ । ..

    अख्तियार आयोगको निष्कर्ष : शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी परेको छ ।  आर्थिक वर्ष २०७४-७५ मा परेका कूल उजुरीमध्ये शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी रहेको पाइएको हो ।  कूल १९ हजार ४८८ वटा उजुरीमध्ये तीन हजार ५७० उजुरी अर्थात् १८ दशमलव ३२ प्रतिशत उजुरी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेका छन् । तीमध्ये दुई हजार ४९९ वटा उजुरीको आवश्यक कारवाही भइसकेको आयोगले..

    सांसदको प्रश्नमा नयाँ प्रधानन्यायाधीशको जवाफ - न्यायलयप्रति आम नागरिकको आस्था बढाउने काम गर्छु

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ  प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी आम नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइका क्रममा उनले अदालतमा हुने गरेको भ्रष्टचारलाई अन्त्य गरी आम नागरिकको न्यायमाथिको विश्वास बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।  “अदालतमा भ्रष्टचारी र विचौलीयालाई प्रवेश नै निषेध गर्न गोप्य..

    प्रदेश नं १ : प्रशासकीय कार्यविधि विधेयक, २०७५ सर्वसम्मतिले पारित

    सोमबार, भाद्र २५, २०७५ साल
    विराटनगर, २५ भदौ  प्रदेश नं १ को प्रदेशसभामा सोमबार बसेको बैठकले प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।  आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।  सो विधेयक सम्बन्धमा प्रदेशसभाको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली, २०७४ बमोजिम प्रशासकीय कार्यविधि(नियमित) गर्न..

    अन्तर पार्टी महिला सञ्जालद्वारा राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको माग

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ  अन्तर पार्टी महिला सञ्जालले संवैधानिक व्यवस्थाअनुरुप संवैधानिक आयोग, कूटनीतिक निकायलगायत राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । सञ्जालले सोमबार प्रमुख दलका नेताहरुलाई भेटेर राज्यका हरेक निकायमा महिलाको समानुपातिक सहभागिताको हक हुनेछ भन्ने संवैधानिक व्यवस्थाअनुरुप प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको हो ।  सञ्जालका अध्यक्ष नीलम बर्मा र महासचिव कल्याणी रिजालको नेतत्वको टोलीले आज नेपाल..

    विप्लवसहित सबै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्तामा आउन सरकारको औपचारिक आह्वान

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ सरकारले विप्लव नेतृत्वका नेकपासहित सबै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्ताका लागि बोलाएको छ । सरकारद्वारा गठित सरकारी बार्ता टोलीले आज सिंहदरवारमा पत्रकार सम्मेलन गरी द्वन्द्वद्धरत सबै पक्षलाई वार्तामा आउन औपचारिक रुपमा आह्वान गरेको हो । पत्रकार सम्मेलनमा सरकार सबै प्रकारका द्वन्द्व निर्मुल गरी सहमतिका माध्यमबाट शान्ति, सहिष्णुता र सद्भाव कायम गरी समावेशी, समतामुलक, न्यायपूर्ण र अग्रगामी राज्य निर्माण गर्न..

    हिमाली क्षेत्रमा बहुआयामिक सम्बन्ध विस्तार गर्नु दुई देशको साझा लक्ष्य : सभामुख महरा

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ २५ भदौ  सभामुख कृष्णबहादुर महराले चीनले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) अभियान अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुङ्गा भएको बताएका छन् ।  चीन तिब्बत पर्यटन र सांस्कृतिक एक्सपोअन्तर्गत सोमबार ल्हासामा आयोजित ‘ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’लाई सम्बोधन गर्दै सभामुख महराले ‘बिआरआइ’ले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौ अवसर सिर्जना गरेको बताएका हुन् ।  बिआरआईमार्फत् हिमाली क्षेत्रबीच बहुआयामिक सम्बन्ध विस्तार..

    श्रीमानले थाहै नदिइ श्रीमतीसँग सम्बन्ध विच्छेद गरेपछि …

    सोमबार, भाद्र २५, २०७५ साल
    स्याङ्जा, २५ भदौ श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमानले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी हुन् । उनले रुँदै भनिन्, ‘मलाई थाहा नै नदिइ कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो ।’ भिरकोट नगरपालिका–..

    प्रदेश सरकार र सङ्घीय सरकारबीच कुनै मतभिन्नता छैन : मुख्यमन्त्री शाही

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार र सङ्घीय सरकारबीच कुनै मतभिन्नता नभएको प्रष्ट परेका छन् ।  रिपोटर्स क्लबमा सोमबार आयोजित साक्षात्कारमा मुख्यमन्त्री शाहीले संविधानतः प्रदेश र सङ्घीय सरकारका अधिकार स्पष्ट भएकाले केन्द्र र प्रदेशबीच अधिकारका विषयमा विवाद छ भन्नु उपयुक्त नुहने बताए ।  “अहिलेको समय भनेको आरोप र प्रत्यारोप लगाउने समय होइन,सङ्घीय सरकारले नीति बनाउने हो, त्यसलाई कार्यान्वयन गर्ने..

    कृष्णप्रसाद हत्या प्रकरण: जेलबाट छुटेपछि छविलाल पौडेलले दिए यस्तो प्रतिक्रिया ...

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ  गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा अदालतबाट सफाइ पाएका छविलाल पौडेल जेलबाट रिहा भएका छन् । जेलबाट बाहिरिदै पौडेलले पीडित परिवारले घटनाबारे नबुझेरै आफूविरुद्ध उजुरी हालेको प्रतिक्रिया दिए । डिल्लीबजार कारागारबाट सोमबार बिहान रिहाइपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले लहडको भरमा उजुरी गर्नेलाई पछुतो हुने टिप्पणी गरे । ‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर त..

    संविधान दिवस : महानगर झिलिमिली बन्ने, यस्ता छन् व्यवस्था

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौं, २५ भदौ  काठमाडौंँ महानगरपालिकाले आगामी संविधान दिवस मनाउने क्रममा महानगरलाई झिलिमिली बनाउने भएको छ ।  आगामी असोज ३ गते मनाइने संविधान दिवसका लागि कामपा वृक्षरोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, विकासे र सांस्कृतिक झाँकी प्रदर्शन र सजावटको काममा लागेको छ । मूल समारोह अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ, मञ्चको विशिष्ट कक्षलगायत स्थानमा पिउने पानीको व्यवस्था र ध्वनिको व्यवस्था गर्ने कामपाले जनाएको छ..
    Weather Forecast