आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    हामीलाई सम्झनेहरु पनि कोही रहेछन् : तराईका शीतलहर पीडित

    बुधबार, माघ ३, २०७४ साल
    बर्दिवास, ३ माघ ।  ‘हजुर, बुझायल जे हमरो सभ के याद करबाला कोई अई’ (हामीलाई सम्झने पनि कोही रहेछन्) ।  मंगलबार हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले पठाइदिएका न्यानो कम्बल थर्थरी कामेको हातले समाउँदै महोत्तरीको भङ्गाहा नगरपालिका–४ पलारको बाँतर जातिको बसोबास रहेको दलित बस्तीका ७५ वर्षीय चौठी बाँतरले भने  ।  दुई साता लामो शीतलहर चारैतिर भ्वाङ परेको पराले झुप्रोमा काटेका..

    आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड राति ६ घण्टा बन्द हुने

    बुधबार, माघ ३, २०७४ साल
    रत्ननगर, चितवन, ३ माघ : चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ ।  माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।  यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस २९ देखि माघ २ गतेसम्म चार दिनका लागि उक्त सडक खुला..

    प्रधानसेनापति क्षेत्री श्रीलङ्का जाँदै, बलाधिकृत पूर्णचन्द्र थापा कायम मुकायम

    बुधबार, माघ ३, २०७४ साल
    काठमाडौँ, ३ माघ :   प्रधानसेनापति राजेन्द्र क्षेत्री मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।  भ्रमणका क्रममा उनले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथ सूचना निर्देशनालयले जनाएको छ ।  सोही क्रममा उनले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ । प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत..

    दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजायको फैसला, गणेश लामालाई भने सफाइ

    मंगलवार, माघ २, २०७४ साल
    काठमाडौं, माघ २ ।  सर्वोच्च अदालतले दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको छ । मनाङ्गेलाई ज्यान मुद्दामा यस्तो सजाय सुनाइएको हो ।  यसअघि, प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका दीपक मनाङ्गे सपथ नलिँदै दोषी ठहर भएका हुन् । दीपक मनाङ्गेको समूहमाथि विक्रम संवत् २०६१ सालमा मिलन चक्रेलाई तरबार हानेको मुद्धा परेको थियो । त्यस्तै, सर्वोच्चले गणेश लामासहित अन्य चार..

    वाम गठबन्धन तोड्न सरकार आफैँ लाग्यो– एमाले उपाध्यक्ष गौतम

    मंगलवार, माघ २, २०७४ साल
    भक्तपुर, २ माघ : नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाएका छन् । समय समाज साप्ताहिकको १३ औँ वार्षिकोत्सवकोे अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताए । उनले एमाले र माओवादी केन्द्रको एकता बिथोल्न र वाम सरकार बन्नबाट रोक्न कसैले नसक्ने भनाइ राखे ।  नेता..

    सशस्त्र प्रहरीलाई वन्यजन्तु संरक्षणसम्बन्धी तालिम, कार्यसम्पादनमा दक्षता प्राप्त हुने अपेक्षा

    मंगलवार, माघ २, २०७४ साल
    काठमाडौँ, २ माघ (रासस) : सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा ‘वन्यजन्तु संरक्षण र अपराध रोकथाम तथा नियन्त्रण’ बिषयक अनुशिक्षण तालिम मंगलबारबाट शुरु भयो । तालिमको उद्घाटन गर्दै राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक केशरीराज पण्डितले वन्यजन्तु संरक्षण राष्ट्रिय महत्वको विषय भएको र यसले मानवीय जीवनमा प्रत्यक्ष प्रभाव पार्ने बताए ।  वन्यजन्तु संरक्षण तथा वन्यजन्तु अपराध रोकथाममा सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसनीय रहेको..

    काठमाडौँ–तराई मधेश द्रुतमार्गको डिपिआर आफैं तयार गर्छाैं : सेना

    मंगलवार, माघ २, २०७४ साल
    काठमाडौँ, २ माघ ।  नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिनुभएको हो ।  उक्त द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो । डिपिआर भारतीय पक्षसँग लिने कि नलिने भन्ने विषयमा विगतमा निकै छलफल र..

    कंग्रेस सभापति देउवाद्वारा केन्द्रिय कार्यसमिति बैठक आह्वान

    मंगलवार, माघ २, २०७४ साल
    काठमाडौं, माघ २ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरपछि लगतै नेताहरुले केन्द्रीय समिति र महासमिति बैठक माग गर्दै आएका थिए ।  तर, प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शीर्ष नेताहरुसँग मात्र परामर्श गर्दै आएका थिए ।  बैठकमा राष्ट्रियसभाको..

    आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित, भोलि ९ बजे बस्ने

    मंगलवार, माघ २, २०७४ साल
    काठमाडौं, माघ २ ।  प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने गरी मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे बोलाएको बैठक बुधबार विहान बिहान ९ बजेसम्मका लागि स्थगित गरेका गरेका हुन् । मन्त्रिपरिषद बैठक अब बुधबार बिहान बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।  प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि..

    एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार फर्कने, स्वास्थ्य प्रतिवेदन सामान्य

    मंगलवार, माघ २, २०७४ साल
    काठमाडौँ, २ माघ (रासस) :  नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कने भएका छन् ।  यस अघि गत पुस २६ मा त्यसतर्फ पुगेका उनि आज फर्कने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उनका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए । पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि..

    राहत वितरण प्रभावकारी नभएकोमा सुनसरी प्रजिअ असन्तुष्ट

    मंगलवार, माघ २, २०७४ साल
    इनरुवा, २ माघ।  जिल्ला प्रशासन कार्यालय, सुनसरीले चिसोबाट जोगिनका लागि स्थानीयतहलाई वितरण गर्नका लागि दिइएको सरकारी राहत प्रभावकारी ढंगले वितरण नभएको गुनासो आएपछि सरोकारवाला निकायसँग छलफल गरेको छ ।  सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराएका  छन्  । जाडोलाई लक्षित गरी उपलब्ध गराइएका सरकारी राहत वितरण प्रभावकारी नभएको गुनासो बढेपछि प्रजिअले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराएका..

    झापामा आफ्ना छोराको जन्मदिनमा वडाध्यक्षद्वारा चर्पी नै उपहार

    मंगलवार, माघ २, २०७४ साल
    भद्रपुर, २ माघ ।  झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उनी  चर्पीदाताको रुपमा चिनिन थालेका  छन् ।  विगतदेखि नै सामाजिक कार्य गर्दै आउनुभएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिन्छन् । उनले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहीनलाई चर्पी बनाउने सामान हस्तान्तरण गरेका  छन् ।  हालैको स्थानीय तहको..

    डोल्पाको दुनैसम्म राष्ट्रिय सडक जोड्न अब ३ किलोमिटर मात्रै बाँकी

    सोमबार, माघ १, २०७४ साल
    दुनै, डोल्पा, १ माघ : दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन तीन किमी मात्रै बाकी रहेको सेनाले जनाएको छ ।  जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माण कार्य नेपाली सेनाद्वारा तीव्र पारिएपछि डोल्पालीको सडक सपना सेनाले अन्तिम चरणमा पु¥याएको हो । जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाइ ११७ दशमलव ७ किमी सडकखण्डमध्ये ११४ दशमलव ७ किमी सडक सेनाले निर्माण कार्य पूरा गरिसकेको छ..

    अपहरण गरिएका भारतीय बालकको नेपालबाट सकुशल उद्धार

    सोमबार, माघ १, २०७४ साल
    नवलपरासी, १ माघ ।  नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ ।  गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष पहलमा सकुशल उद्धार गरिएको हो ।  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सीमा क्षेत्र भारत उत्तर प्रदेश ठुठीबारीबाट अपहरणमा परेका सात वर्षीय बालक आयुसलाई नेपालसँग सीमा जोडिएको विहार राज्यको वाल्मिकी नगर जंगल..

    राष्ट्रियसभा निर्वाचनको तयारी, प्रतिनिधिसभाले फागुन ७ पछि मात्रै पूर्णता पाउने

    आईतवार, पौष ३०, २०७४ साल
    काठमाडौँ, ३० पुस । निर्वाचन आयोगले सङ्घीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र तुल्याएको छ । आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता, निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन अधिकृत नियुक्ति र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।  सञ्चालन र व्यवस्थापन प्रदेश तहमा  निर्वाचन कार्यालय स्थापनासँगै अब निर्वाचन सञ्चालन..

    पूर्वसांसदको सिफारिसमा १० अर्ब खर्च नगर्न सर्वोच्चको आदेश

    आईतवार, पौष ३०, २०७४ साल
    काठमाडौं, पौष ३० ।  पूर्व सांसदहरुको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । चुनाव सकिएपछि सरकारले विघटित संसदका सदस्यहरुको सिफारिसमा रकम खर्च गर्न परिपत्र गरेको थियो । यसो भएमा झण्डै १० अर्ब खर्च हुने थियो । तर, न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले सरकारको पत्र कार्यान्वयन नगर्न आदेश..

    राष्ट्रियसभाको चुनावपछि 'सरकारबाट बाहिरिने' प्रधानमन्त्रीको घोषणा

    आईतवार, पौष ३०, २०७४ साल
    धनगढी, ३० पुस :  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताएका छन् । सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आइतबार उद्घाटन गर्दै उनले राष्ट्रियसभाको चुनावपछि आफूले सरकारबाट बाहिरिने स्पष्ट पारे ।  उनले आफ्नो व्रतबन्ध भएको ठाउँ कैलालीको गोदावरीधामको विकासका लागि आफ्नो सक्दो सहयोग रहने बताउँदै सो क्षेत्रको पवित्रता र..

    प्रधानन्यायधिश पराजुलीले आफू सम्मिलित तोककोे दुई इजलासमा १९ मुद्धा

    आईतवार, पौष ३०, २०७४ साल
    काठमाडौँ, पौष ३० ।  आफ्नो योग्यताका विषयमा गम्भीर आरोप लागेपछि दैनिक कामकाज प्रभावित हुन सक्ने आम नागरिकले अनुमान गरिरहेका बेला प्रधानन्यायाधीश गोपाल पराजुलीले भने आफ्नो नियमित काम कारबाहीलाई निरन्तरता दिनुभएको छ ।  पराजुलीले आज मुद्दाको पेशी तोक्दै आफू सम्मिलित दुई इजलास पनि गठन गर्नु भएको छ । पराजुली सम्मिलित दुई संयुक्त इजलासमा १९ वटा मुद्दाका पेशी तोकिएका छन् । पहिलो इजलासमा न्यायाधीश प्रकाशमानसिंह..

    वाम गठबन्धनको सरकारमा केपी ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने : नेता शाही

    आईतवार, पौष ३०, २०७४ साल
    भक्तपुर, ३० पुस ।    नेकपा(माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताएका  छन् ।    रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्ति लागे पनि त्यसले पूर्णता नपाउने बताए  ।      आगामी पाँच वर्षसम्म वाम गठबन्धनबाट एक प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने गरी दुई..

    प्रदेश सभा गठनबारे छलफल गर्न वामगठन्धनको कार्यदल बैठक बस्दै

    आईतवार, पौष ३०, २०७४ साल
    काठमाडौ ३० पौष ।  नेकपा एमाले र माओवादी केन्द्र सम्मिलत वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दैछ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यलयमा अपरान्न ३ बजे बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका साझा उमेदवार चयन, प्रदेशसभा गठन लगायतका विषयमा हुनेछ ।  पार्टी एकिकरण र सरकार गठन प्रक्रिया सँगै अघि बढाउने सहमति गरेको गठबन्धन कार्यदलले आज आगामी माघ २४ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि..

    दुर्गम गाउँसम्म सहजै उपलब्ध मदिरा सेवनले कलिलैमा थुप्रैको जीवन बर्बाद

    आईतवार, पौष ३०, २०७४ साल
    अछाम, ३० पुस  । अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद हुन थालेको छ ।  दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनको कारणले कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी समाज नै आक्रान्त बन्न थालेको छ । करिब २४ वर्षपछि २०६८ चैतदेखि मदिराको खुला बिक्रीवितरण शुरु भएको अछाममा मदिराको सही व्यवस्थापन हुन नसक्दा त्यसबाट नकारात्मक असर देखिन थालेको..

    पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन गणना शुरु

    आईतवार, पौष ३०, २०७४ साल
    रत्ननगर, चितवन, ३० पुस।  सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन चितवनमा जलपक्षी (पानी चरा) को गणना शुरु भएको छ ।  अवस्था पत्ता लगाइ चराको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको हो । चितवनको कुमरोजबाट शनिबारदेखि चरा गणना थालिएको पक्षीविद् तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विंडारीले बताए  ।   शनिबार जिन्दगानी घाट, सौराहा घाट बूढी राप्ती, ढुंग्रे खोलामा चरा गणना..

    इलामको पशुपतिनगरमा अध्यागमन कार्यालय खोल्न पहल गर्छु : भारतीय राजदूत पुरी

    आईतवार, पौष ३०, २०७४ साल
    इलाम, ३० पुस : भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताएका छन् । शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर आएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे आफूले केन्द्र तहसम्म पहल गर्ने बताएका हुन् ।  सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईलगायतका जनप्रतिनिधिसँग कुराकानी गर्दै उनले नेपाल–भारत व्यापार प्रवद्र्धनका लागिसमेत आफूले पहल गर्ने विश्वास दिलाए..

    राजनीतिक स्थायित्वसहितको विकासमा ठूलो मेहनत जरुरी : अध्यक्ष दाहाल

    शनिबार, पौष २९, २०७४ साल
    काठमाडौँ, २९ पुस (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्वसहितको आर्थिक विकासका लागि वाम गठबन्धनले असाध्यै ठूलो मेहनत गर्नुपर्ने बताएका छन् । अध्यक्ष दाहालले भने, “वाम गठबन्धनका लागि आगामी दिन सहज छैन । धेरै चुनौती छन् । त्यसको उचित निरुपण गर्दै जनतालाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको दिशामा लैजानु जरुरी छ ।”  राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासनको..

    सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन : प्रधानन्यायाधीश पराजुली

    शुक्रबार, पौष २८, २०७४ साल
    रुकुम, २८ पुस :  प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन् ।  रुकुम पूर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै नले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताए । आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ ।  “मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा..

    डा. गोविन्द केसीको मागले अदालतप्रतिको जनआस्था घटाउने काम भयो– बार एसोसिएसन

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौँ, २८ पुस : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई व्यक्तिगतरुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआए राजीनामा माग गर्ने अनशनरत प्रा डा गोविन्द केसीको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।  बारको बैठकपछि आज महासचिव खम्मबहादुर खातीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सक्षम, स्वतन्त्र, उत्तरदायी न्यायपालिका र न्यायाधीशप्रति वरिष्ठ चिकित्सक डा केसीले जनआस्था घटाउने काम गरेको उल्लेख छ..

    म्याग्दी महोत्सव शुरु, जलयात्रा, भ्रमण र घोडा सफारी मज्जा लिन सकिने

    शुक्रबार, पौष २८, २०७४ साल
    म्याग्दी, २८ पुस : सदरमुकाम बेनीमा छैटौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, आद्यौगिक व्यापारिक मेला शुक्रबारदेखि शुरु भएको छ ।  म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा आगामी माघ ७ गतेसम्म चल्ने महोत्सवको स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापार प्रवद्र्धन गर्ने मुख्य..

    नेकपा एमालेले तय गर्यो राष्ट्रियसभाका उम्मेदवारहरुको मापदण्ड

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौँ, २८ पुस :  नेकपा (एमाले) केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिशको विधि तय गरेको छ ।  पार्टीका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा एवं कार्यवाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा शुक्रबार बसेको बैठकले संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक..

    वाम एकताको खाका तयार भइरहेकाले एकताले छिट्टै पुर्णता पाउछ : प्रचण्ड

    शुक्रबार, पौष २८, २०७४ साल
    म्याग्दी, पौष २८ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताएका छन् । माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष दाहालले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत् समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताए । ‘धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफल र्पायौं’–पूर्व..

    यस्ता छन् प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्रहरु

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौं, पुस २८ ।  प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रबारे विभिन्न टिका–टिप्पणी एवम् विवाद भैरहँदा उनका प्रमाणपत्रका प्रतिलिपि सार्वजनिक भएका छन् ।  यसअघि गत बुधबार मानहानीको मुद्दामा बयान दिने क्रममा प्रध्यापक डा. गोविन्द केसीले उनै पराजुलीमाथि शैक्षिक योग्यता नपुगेको र दुईवटा नागरिकता लिएको अभियोग समेत लगाएका थिए ।  जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट लिइएको नागरिकताको प्रतिलिपि नम्बर १८०३ र ४४१ र ३०१०..
    Weather Forecast