बिहिवार, माघ ९, २०७६

    राज्य-समाज

    सबैले समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य : उपप्रम यादव

    मंगलवार, श्रावन २२, २०७५ साल
    भक्तपुर, २२ साउन  उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताएका छन् ।  संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष यादवले सबैको समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य भएको बताउँदै भने, “संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय मुद्दाको सम्बोधन गर्ने र विगतमा भएका विभिन्न आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने सहमति..

    डा. केसी अस्पतालबाट डिस्चार्ज, सम्झौतामा छलछाम भए कडा संघर्ष गर्ने चेतावनी

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौँ, २२ साउन  डा. गोविन्द केसीले आफूसँग भएका सम्झौताहरु तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन् ।  चिकित्सा शिक्षा सुधारका निम्ति संघर्षरत त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग भएका पछिल्लो सम्झौतामा छलछाम भए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । झन्डै दुई साता उपचारपछि मंगलबार डिस्चार्ज भएका डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै सम्झौता कार्यान्वयनको लागि सरकारलाई स्मरण..

    बजेट र कर्मचारी अभावले भ्रष्टाचारविरुद्धको काम प्रभावित, केन्द्रलाई निकम्मा बनाएकोमा दुखेसो

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौँ, २२ साउन  बजेट र कर्मचारी अभावका कारण भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने राष्ट्रिय सतर्कता केन्द्रको काम कारवाही प्रभावित हुने भएको छ ।  चालू आर्थिक वर्षमा सरकारले बजेटमा कटौती र हाल भइरहेको दरबन्दीअनुसारको कर्मचारी नदिँदा भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने कार्यक्रम सञ्चालनमा असर परेको छ । सरकारले चालू आवमा करीब रु दुई करोड ५० लाख बजेट कटौती गरेको हुनाले भ्रष्टाचार न्यूनीकरण र सुशासनसम्बन्धी कार्यक्रम प्रभावित हुने..

    मानव तस्करीको मुद्दालाई नेपालले गम्भीररुपमा लिएको छ : गृहमन्त्री रामबहादुर थापा

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौँ, २२ साउन  गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताएका छन् ।  इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार त्यहाँ सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीररुपमा लिएको बताए ।  उनले दिगो मानव विकास, कानूनी शासन र नागरिक सुरक्षाका लागि..

    नेपाली सेनाको कुशलताका लागि अमेरिकी सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री पोखरेल

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौँ, २२ साउन  उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढङ्गले कार्यक्रममा आधारित बनाउनुपर्ने बताएका छन् ।  सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाको तालीम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताए ।  सो अवसरमा डेपुटी कमाण्डर फेन्टनले नेपाल र अमेरिकाबीच ‘स्टेट पार्टनरसिप प्रोग्राम’(राज्य साझेदारी कार्यक्रम) सञ्चालन गर्ने नीतिबारे..

    अध्यक्ष प्रचण्ड भन्छन् - भदौ पहिलो साताभित्र केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एक भइसक्छ

    मंगलवार, श्रावन २२, २०७५ साल
    पर्सा, २२ साउन    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एक भइसक्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्न पर्साको वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले २५ गतेसम्म तलबाट सुझाब मागेको र सोही सुझाबका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताए। अध्यक्षले रिक्त रहेका संवैधानिक निकायमा..

    गोप्य सूचनाका आधारमा अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित पक्राउ

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौँ, २२ साउन  महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।  परिसर, महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा सुनसरीका २८ वर्षीय फैजाद आलमलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।  परिसरका प्रवक्ता मोहनकुमार थापाले विमानस्थलको..

    अनौपचारिक छलफल मात्रै ! कांग्रेसको छायाँ सरकार छायाँमै पर्‍यो, भागवण्डाकै समस्या

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौं, २२ साउन  प्रमुख प्रतिपक्षी कांग्रेसले गत फागुनमै छायाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म त्यसले औपचारिकता पाउन सकेको छैन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने छायाँ सरकार गठन भयो भनेर औपचारिक घोषणा गर्ने विषय नभएको बताउँछन् । शर्माले भने- ‘छायाँ सरकार औपचारिकरुपमा गठन भएको घोषणा गर्ने विषय होइन । कसले कुन मन्त्रालय, प्रदेश वा विभागको निगरानी गर्ने भनेर जिम्मेवारी..

    काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौँ, २२ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ ।  पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे बस्ने बैठकमा विद्यमान राजनीतिक विषय र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  बैठकमा पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति गठन, पार्टीको आन्तरिक संगठन परिचालन, संसदीय सुनुवाइ समितिको निर्णय, केही दिन अघि..

    विभिन्न पार्टीले बन्द गर्दा ९ जिल्लाको जनजीवन प्रभावित, एम्बुलेन्स सेवा बन्द

    मंगलवार, श्रावन २२, २०७५ साल
    इलाम, २२ साउन  बन्दका कारण इलामसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।  राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका हुन् । बन्दमा लिम्बूवान जनता पार्टी नेपाल, खम्बुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीलगायत सात पार्टीले ऐक्यवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ । वर्तमान संविधानले मुलुकमा जाति, वर्ग, लिंग र..

    संसदीय समिति पहिलो बैठक– सत्ता पक्ष र प्रतिपक्षको भाव नराख्ने प्रण

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौँ, २१ साउन : ससदीय समितिले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन गर्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्षको भाव नराखी काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ । प्रतिनिधिसभा मातहतको राज्य व्यवस्था र सुशासन समितिको पहिलो बैठकमा नेकपा सांसद पम्फा भुसालले भनिन्, “के सत्ता पक्ष र के प्रतिपक्ष, मात्र अब निष्पक्ष भएर काम गरौँ ।”  समितिमा सत्ता पक्ष र विपक्ष नभनौँ संविधान कार्यान्वयन..

    देशैभर मध्यमदेखि भारी वर्षा : नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौँ, २१ साउन  मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ ।  मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार सोमबार राति काठमाडौँसहित मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।..

    कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो, अब कति तिर्नुपर्छ ?

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौँ, २१ साउन    रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ ।    नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत रु ४११ अमेरिकी डलर अर्थात ४५ हजार..

    अर्थ समितिद्वारा ३ दिनभित्र विवरण बुझाउन निर्देशन,के-के विवरण आवश्यक ?

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौँ, २१ साउन  संघीय संसद्, प्रतिनिधिससभा अन्तर्गतको अर्थ समितिले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डसँग सम्बन्धित विवरण तीन दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ ।  समितिको सोमबार बसेको पहिलो बैठकले पाँच वर्षमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था, निर्देशन कार्यान्वयन नभएको भए नहुनुका कारण, जिम्मेवार पक्ष र भावी कार्ययोजनाका बारेमा विवरण बुझाउन निर्देशन दिएको हो..

    नयाँ शक्तिका नेता बुढ्थापा मृत फेला, घटनाका सम्बन्धमा अनुसन्धान थालियो

    सोमबार, श्रावन २१, २०७५ साल
    सुर्खेत, २१ साउन  नयाँ शक्ति पार्टी जुम्ला जिल्ला संयोजक तथा चन्दननाथ नगरपालिका– २ निवासी ४३ वर्षीय राधाकृष्ण बुढ्थापा मृत अवस्थामा फेला परेका छन् ।  आइतबार राति १० बजेतिर मोबाइल गस्तीमा गएको प्रहरी टोलीले मोटरसाइकलको मधुरो प्रकाश जुगाडखोलाको किनारामा भेटेपछि खोजतलास क्रममा उक्त खोलामा बुढ्थापा मृत अवस्थामा फेलापारिएको जुम्ला जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक प्रकाश केसीले जानकारी दिए ।  “आइतबार बेलुकातिर जुम्लाको..

    पशु बधशाला अव्यवस्थित, बजार क्षेत्र फोहर, मानव स्वास्थ्यमा असर

    सोमबार, श्रावन २१, २०७५ साल
    उर्लाबारी, मोरङ, २१ साउन  उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजारमा व्यवस्थित पशु बधशालाको निर्माण हुन सकेको छैन ।  स्थानीय तहले व्यवस्थित बधशालाको निर्माण गर्न नसक्दा बजार क्षेत्र फोहर र अव्यवस्थित हुनुका साथै यसबाट मानव स्वास्थ्यमा असर पर्न थालेको छ । उर्लाबारी विराटनगरपछिको ठूलो शहर हो भने मधुमल्ला जिल्लाकै पुरानो बजार हो । बधशाला नभएका कारण उर्लाबारीका मासु व्यवसायीले खसी, राँगा, भैंसी,..

    मौलिक हक कार्यान्वयन गर्न असोज ३ भित्र विधेयक पेश, सरकारको बाध्यकारी स्थिति

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौँ, २१ साउन  ‘‘नमस्कार ! म भानुभक्त ढकाल । मोरङ क्षेत्र ३ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधित्व गर्छु । म यस समिति (कानून, न्याय तथा मानवअधिकार समिति)को पदेन सदस्य ।’’  “कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पनि हुँ भन्नुपर्यो नि ?” बैठक स्थलबाट सुझाव आयो । नवनियुक्त मन्त्री ढकालले तत्काल जवाफ फर्काइए, ‘‘कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको मन्त्री पदको जिम्मेवारी..

    संसदमा प्रवेश गर्‍यो जोशी अस्वीकारको विषय, कांग्रेसले प्रधानमन्त्रीमाथि उठायो नैतिकताको प्रश्न

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौं, २१ साउन  संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदबाट सिफारिस भएका सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेसँगै अब के हुन्छ ? प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अस्वीकार गरेर न्यायालयमाथि हस्तक्षेप गरिएको बताएको छ ।  कांग्रेसका समिति सदस्य समेत रहेका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।  कांग्रेसका..

    सञ्चारको वार्षिक कार्ययोजना कार्यान्वयनका लागि निर्देशन, आमसञ्चार नीति प्राथमिकतामा

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौँ, २१ साउन  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक नीति, कार्यक्रम र बजेटलाई तोकिएको समयमा प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।  आर्थिक वर्ष २०७५-७६ मा मन्त्रालयबाट सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनाको सोमबार सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले नीतिमा टेकेर अपेक्षित नतिजा निकाली समृद्ध नेपालको सपना साकार पार्न सबैले गतिशीलता अपनाउन आवश्यक रहेकामा जोड दिए ।..

    २० मुलुकका उच्च सैनिकको अभ्यास शुरु, कुन-कुन देश सहभागी छन् ?

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौँ, २१ साउन  विपद्को समयमा मानवीय उद्धारमा खटिदा बहुर्राष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले २० मुलुकका उच्च सैनिकको अभ्यास सोमबारदेखि यहाँ शुरु भएको छ ।  अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्यासमा आ–आफना देशका सैनिकले सञ्चालनमा ल्याएका दुरसञ्चार ( सिग्नल) मार्फत बहुर्राष्ट्रिय सेनाबीच विपद्का समयमा सम्पर्क र समन्वय गरी मानवीय कार्यलाई..

    राष्ट्रियसभामा प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौँ, २१ साउन   राष्ट्रियसभाको सोमबारको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ ।  बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए ।  पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए । ऐतिहासिक..

    कानूनमन्त्री नेतृत्वको टोली जाजरकोटमा, पहिरो पीडितलाई आजै राहत वितरण गरिने

    सोमबार, श्रावन २१, २०७५ साल
    सुर्खेत, २१ साउन  कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आज पहिरो प्रभावित क्षेत्र जाजरकोट गएको छ । आइतबार जाजरकोटमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो ।  आइतबार प्रदेशसभाको बैठकमा सभा सदस्यले जाजरकोट पहिरोको घटनाबाट पुगेको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका थिए । प्रभावित क्षेत्र भेरी नगरपालिका–३ जाजरकोट पुगेर आजै प्रतिपरिवार रु २५ हजार, खाद्यान्न र लत्ताकपडा..

    गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान, मानव बेचविखनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौँ, २१ साउन : गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गरेका छन । इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आइतबार बेलुका इन्डोनेसिया प्रस्थान गरेका हुन् ।  यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुँदैछन् । गृहमन्त्री थापाले साउन २२ गते सभालाई सम्बोधन..

    गंगामायाका छोरा नुरप्रसाद भेटिए, आमालाई बुझाउने तयारी, कहाँ थिए अहिले सम्म ?

    आईतवार, श्रावन २०, २०७५ साल
    काठमाडौं, २० साउन  गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । गंगामायाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको हो । हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् । त्यसअनुसार अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा लिएको हो । प्रक्रिया पुरा गरेर उनलाई बुझाइने महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । कान्छो छोरा..

    पर्यटकीय क्षेत्र ठमेल : पानी पर्दा हिलो, घाम लाग्दा धूलोका कारण समस्या

    आईतवार, श्रावन २०, २०७५ साल
    काठमाडौँ, २० साउन  सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ ।  ठमेलका प्रमुख चोक तथा गल्लीमा ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपूर्दा उक्त समस्या उत्पन्न भएको हो । समस्या समाधानका लागि स्थानीयवासीले पटक-पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि..

    प्रदेश नं ५ : प्रदेशसभाको बैठकद्वारा ३ विधेयक सर्वसम्मतिले पारित

    आईतवार, श्रावन २०, २०७५ साल
    बुटवल, २० साउन  प्रदेश नं ५ मा आईतबार बसेको प्रदेशसभाको बैठकले तीन विधेयक सर्व–सम्मतिले पारित गरेको छ ।  मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक, प्रदेश नं ५ अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक र प्रदेश नं ५ अन्तर्गतका गाउँसभा र नगरसभाको कानून निर्माण..

    सरकारद्वारा विभिन्न विषयका ७ विधेयक संसद्मा पेश गरिने

    आईतवार, श्रावन २०, २०७५ साल
    काठमाडौँ, २० साउन  सरकारले विभिन्न विषयका सात विधेयक संघीय ससंद्मा पेश गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा आईतबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक र भुक्तानी तथा फछ्र्योट विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।  बैठकले उपभोक्ता संरक्षणसम्बन्धी कानून संशोधन गर्न बनेको..

    पेट्रोलमा कालोबजारी, उपभोक्ता महँगो र मिसावट गरिएको तेल किन्न बाध्य

    आईतवार, श्रावन २०, २०७५ साल
    बैतडी, २० साउन  जिल्लामा पेट्रोलमा कालोबजारी बढेको छ ।  जिल्लाको सतबाँझस्थित एक मात्र ‘भण्डारी आयल स्टोर’ले दुई वर्षदेखि पेट्रोल ढुवानी नगरेका कारण कलोबजारी बढेको हो । उपभोक्ता पेट्रोलको चर्को मूल्य तिर्न बाध्य छन् ।  प्रतिलिटर रु १०४ पर्ने पेट्रोल जिल्लाका उपभोक्ताले रु १३५ देखि रु १५० सम्ममा खरिद गर्दैआएका छन् । “चर्को मूल्य तिरेर पेट्रोल किन्न बाध्य छौँ,” जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक..

    कामु प्रधानन्यायाधीश मिश्रले तोक्नुभो पेशी, कानूनविद् भन्छन् - संवैधानिक संटक छैन

    आईतवार, श्रावन २०, २०७५ साल
    काठमाडौँ, २० साउन  सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशको हैसियलतले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आईतबारदेखि काम शुरु गरेका छन् ।  संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम् न्यायाधीश मिश्र कामु प्रधानन्यायाधीशकोे हैसियतले आईतबार मुद्दाको पेशी तोकेर काम शुरु गरेका हुन् ।  जोशीलाई प्रधानन्यायाधीश हुन समितिले अयोग्य ठहर गरेपछि उनले आईतबारबाट छुट्टीमा बसेकाले मिश्रले कामुका प्रधानन्यायाधीशको हैसियतमा काम शुरु..

    जनप्रतिनिधि आएसँगै व्यवस्थित बन्दै नारायणगढ बजार, यस्ता छन् आहिलेका काम !

    आईतवार, श्रावन २०, २०७५ साल
    चितवन, २० साउन  स्थानीय निकायमा निर्वाचित भएर जनप्रतिनिधि आएसँगै नारायणगढ बजार व्यवस्थित बन्दै गएको छ ।  पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढ बजार सडक छेउका पैदलमार्ग, अस्तव्यस्त पार्किङ, तीनपाङ्ग्रे सवारी र पसल अगाडि राखिने सामग्रीको व्यवस्थापन गरेसँगै बजार व्यवस्थित बन्दै गएको हो ।  भरतपुर महानगरपालिकाले सडक छेउमा पार्किङ निषेध गरेर बजारका तीन ठाउँमा सवारी पार्किङस्थल निर्माण गरेको छ । पैदलमार्गमा रहेकालाई नजिकै बालकुमारी स्कुलसँगै ठाउँ..
    Weather Forecast