बिहिवार, माघ ९, २०७६

    राज्य-समाज

    मेरो मुख्य पहल नै संविधान संशोधनका लागि : कानुनमन्‍त्री यादव

    शुक्रबार, मंसिर १३, २०७६ साल
    काठमाडौँ, १३ मङ्सिर  उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधन नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । 'मेरो मुख्य इफोर्ट नै संविधान संशोधनका लागि हुनेछ,' मन्त्री यादवले भने । यसअघि स्वास्थ्य मन्त्री रहेका यादवले प्रधानमन्त्रीकै इच्छा अनुसार कानुन मन्त्रालयको जिम्मेवारी लिएको प्रतिक्रिया दिएका छन् । जुन मन्त्रालयलाई संविधान संशोधन गर्ने अवसरको रुपमा प्रयोग गर्ने उनको भनाइ छ ।..

    दाहाल छिट्टै चीन भ्रमणमा जाने, भ्रमण छोट्याएर स्वदेश फर्किए परराष्ट्रमन्त्री ज्ञवाली

    शुक्रबार, मंसिर १३, २०७६ साल
    काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चाँडै चीन भ्रमणमा जाने भएका छन् । नेपाल–चाइना मिडिया फोरमले राजधानीमा गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले आफू चाँडै नै चीन भ्रमणमा जाने खुलाशा गरेका हुन् । सोही अवसरमा बोल्दै दाहालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा आफू चीन भ्रमणमा जान लागेको बताएका थिए ।   चिनियाँ राष्ट्रपति सी जिनफिङसँग यसअघि..

    प्रधानमन्‍त्री ओली खतरामुक्त, एक हप्ता अस्पतालमै

    शुक्रबार, मंसिर १३, २०७६ साल
    काठमाडौँ, १३ मङ्सिर  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह शाहले जानकारी दिइन् । उनले भनिन्, 'प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ ।तर, अझै एक हप्ता अस्पताल बस्नुपर्ने देखिन्छ।त्यसपछि अवस्था हेरेर डिस्चार्ज गरिन्छ।' मंगलबार एपेन्डिसाइटिस शल्यक्रियापछि प्रधानमन्‍त्री ओली अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका..

    सभामुखविहीन प्रतिनिधि सभा, सुरु भएन दलहरूबीच परामर्श, उपसभामुखका कामकाजमा प्रश्न

    शुक्रबार, मंसिर १३, २०७६ साल
    काठमाडौं, १३ मंसिर ।  प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको दुई महिना पूरा भएको छ । सङ्घीय संसद् आह्वान नभएका कारण निर्वाचन प्रक्रिया अगाडि बढेको छैन । राजनीतिक दलहरूबीचमा भावी सभामुख चयनबारे गम्भीर परामर्श पनि हुन सकेको छैन ।  सभामुख नहुँदा कतिपय महŒवपूर्ण काम रोकिएका छन् । सभामुखको अनुपस्थितिमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले गर्नुभएका केही कामकाजमा प्रश्नसमेत उठिरहेका छन् । सचिवालको दैनिक प्रशासनिक..

    सामाजिक सुरक्षा योजना : रोजगारदाताको प्रतिबद्धता ‘घोषणा’मै सीमित

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर   सामाजिक सुरक्षा योजना घोषणाको एक वर्ष पुगे पनि रोजगारदाता र श्रमिकको सूचीकरण भने अत्यन्त न्यून देखिएको छ । सामाजिक सुरक्षा कोषका अनुसार एक वर्षका अवधिमा करिब साढे १० हजार रोजगारदाता र एक लाख १५ हजार श्रमिक मात्र सूचीकरण प्रक्रियामा सामेल भएका छन् । अझै पनि ठूलो सङ्ख्यामा रोजगारदाता र श्रमिक यस प्रक्रियाबाट बाहिरै रहेका छन् ।    केन्द्रीय तथ्याङ्क विभागले..

    विशेष राजनीतिक अभियान सञ्चालन गर्दै नेकपा

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको हो ।  विशेष गरी उक्त अभियानमा पार्टी एकताको कामलाई गाउँस्तरसम्म पुर्याउने र सरकारको कामका बारेमा समेत जनतालाई जानकारी दिने लक्ष्य राखिएको छ ।..

    ‘लक्ष्यको शतप्रतिशत नजिक पुग्ने गरी काम गर्नुहोस्’

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर   गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा शतप्रतिशत नजिक पुग्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।   गृहमन्त्रालयमा आज आर्थिक वर्ष २०७६÷७७ को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, “तोकिएको लक्ष्य १०० प्रतिशत पु¥याउन कोसिस गर्नुुहोस्, त्यसो गर्दा लक्ष्य प्राप्त हुन्छ, कारणवश..

    सरकारका प्रवक्ता भन्छन् - रुसी राष्ट्रपति पुटिन नेपाल आउनेमा आशावादी छौं

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौं, १२ मंसिर ।  सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले रुसी राष्ट्रपति भ्यादिमिर पुटिन नेपाल भ्रमणमा आउनेमा सरकार आशावादी रहेको उल्लेख गरेका छन् ।   बिहीबार आयोजित एक पत्रकार सम्मेलनका क्रममा मा बोल्दै मन्त्री बाँस्कोटाले राष्ट्रपति पुटिनलाई नेपाल सरकारले औपचारिकरुपमै भ्रमणको निम्तो दिइसकेकाले उनी आउने कुरामा सरकार आशावादी रहेको बताए ।   साथै वर्तमान सरकारले सबै शक्तिराष्ट्रसँग सम्बन्ध राख्ने चाहेको बताउँदै..

    ‘भूमिसम्बन्धी एकीकृत विधेयक’ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर    सरकारले ‘भूमिसम्बन्धी एकीकृत विधेयक’ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यही मङ्सिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “भूमिमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर हुन भूमिसम्बन्धी एकीकृत विधेयक आवश्यक परेको हो । ”   यही मङ्सिर ४ गते भएको मन्त्रिपरिषद् पुनर्गठनपछिको पहिलो मन्त्रिपरिषद्को बैठकमा चालु आर्थिक वर्षको..

    साना उद्यमीलाई पूँजीको अभाव हुँदैन : अर्थमन्त्री खतिवडा

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर    अर्थमन्त्री डा युवराज खतिवडाले साना, मझौला र घरेलु उद्यम गर्ने व्यवसायीका लागि पूँजीको अभाव हुन नदिइने बताउनुभएको छ ।     नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री डा खतिवडाले व्यवसायीलाई सहुलियत ऋणमा कर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    उहाँले निर्यात हुने वस्तुमध्ये हस्तकलाको विशेष महत्व रहेकाले यस व्यवसायको प्रवद्र्धनका लागि..

    'ठूला माछा' नसमात्‍ने अख्तियारले भ्रष्टाचार रोक्दैन : बाबुराम

    बिहिवार, मंसिर १२, २०७६ साल
    दाङ, १२ मङ्सिर  समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने दाबी गरेका छन् । डा. भट्टराईले भने, 'दलहरुको भागबन्डामा बनेको आयोगसँग अत्यन्तै कम्जोर मनोवल छ, यसले काम गर्न सक्दैन । यसले ठूला माछा समाउन सक्दैन । साना-साना माछामा अल्झिएको छ ।' उनले अख्तियारले भ्रष्टचार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए..

    ‘नेपालका लागि नेपाली' अभियानबाट ज्ञानेन्द्र शाही निस्कासित

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर  ज्ञानेन्द्र शाहीलाई ‘नेपालका लागि नेपाली’ अभियानबाट हटाइएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो । कार्यसमितीले उनलाई यस अघि पुर्याउनु भएको योगदान प्रति धन्यवाद दिंदै अब उप्रान्त उनले दिने कुनैपनि अभिव्यक्ति, गर्ने क्रियाकलाप, कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपालीको कुनैपनि संलग्नता, सहभागिता र सर्मथन नरहने तथा नेपालका लागि नेपालीमा ज्ञानेन्द्रको कुनै सहभागिता नरहने..

    उपनिर्वाचन २०७६ : मौन अवधिमा के गर्न पाइन्छ, के पाइँदैन ?

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर  मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि गए राति १२ बजेबाट मौन अवधि शुरु भएको छ । निर्वाचन आचारसंहिता अनुसार मौन अवधि शुरु भएपछि उपनिर्वाचन नसकिँदासम्म कुनै पनि दल तथा स्वतन्त्र उम्मेदवारका पक्षमा चुनावी सभा, र्‍याली तथा मतदाता भेटघाटका कार्यक्रमहरु गर्न पाइने छैन । निर्वाचन आयोगले मौन अवधि शुरु भएलगत्तै आयोगबाट उपनिर्वाचनका लागि गरिनु पर्ने सबै तयारी समेत पूरा..

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधारको क्रम जारी

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ ।    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो..

    नेपाल विष्फोटन पदार्थ उत्पादनमा आत्मनिर्भर, यसरी बन्छ इमल्सन...

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर ।    अति संवेदनशील विष्फोटन पदार्थ ९इमल्सन० उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ ।    विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ ।   नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको पहिलो इमल्सन प्लान्टले..

    जनजाति, महिला र दलित पनि प्रम हुनेछन्ः प्रचण्ड

    बुधबार, मंसिर ११, २०७६ साल
    धरान, ११ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ ।  नेकपा निर्वाचन परिचालन कमिटी धरानले आज आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेसले नेकपालाई बदनाम गराए आफँै सकिने बताउनुभयो । “नेपालको विकास कम्युनिष्टले गर्छ । अब चाँडै आदिवासी जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्न पाउने दिन आउनेछन्”,..

    प्रधानमन्त्री ओलीको पाँचौ पटक डायलासिस गरिएको खुलाशा !

    बुधबार, मंसिर ११, २०७६ साल
    काठमाडौँ, ११ मङ्सिर प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार पाँचौ पटक डायलासिस गरिएको छ। एपेन्डिसाइटिसको शल्यक्रियाका लागि मंगलबार महराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरमा भर्ना भएका ओलीको उपचार प्रक्रिया जारी रहेका बेला बुधबार साँझ करिब चार घण्टा लगाएर डायलासिस गरिएको हो। १२ वर्ष अघि मृगौला प्रत्यारोपण गरेका ओलीको उक्त मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि उनी नियमित डायलासिस प्रक्रियामा गएका थिए। उनको धापासीस्थित ग्राण्डी इन्टरनेशनल..

    उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्याङ्कन हुन्छ : महत

    बुधबार, मंसिर ११, २०७६ साल
    भक्तपुर, ११ मङ्सिर   नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काँग्रेसले नेकपा नेतृत्व दुई तिहाइ सरकारको मूल्याङ्कनका रूपमा उपनिर्वाचनलाई लिएको बताउनुभएको छ ।    यही मङ्सिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ (क) को उपनिर्वाचनको सङ्घारमा आज नेपाली काँग्रेसले चाँगुनारायण नगरपालिकाको लप्टन डाँडामा आयोजना गरेको अन्तिम चुनावीसभामा उहाँले सरकारबाट जनता निराश भएको भन्दै निराश जनताले काँग्रेसलाई फेरि रोज्ने बेला आएको बताउनुभयो..

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

    बुधबार, मंसिर ११, २०७६ साल
    काठमाडौँ, ११ मङ्सिर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा अहिले साँझ ७ बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको उल्लेख छ ।  विज्ञप्तिमा भनिएको छ, ‘मङ्गलबार शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र..

    उपनिर्वाचन २०७६ : आचारसंहिताको पूर्ण पालना गर्न आयोगको आग्रह

    बुधबार, मंसिर ११, २०७६ साल
    काठमाडौँ, ११ मङ्सिर निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गरी निर्धक्करुपमा मतदाताले आफ्नो मताधिकरको प्रयोग गर्ने अवस्था निर्माणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदमा यही मङ्सिर १४ गते हुने उपनिर्वाचन पूर्वतयारी र व्यवस्थापनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन  कानून र आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक..

    जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन : उपप्रधानमन्त्री यादव

    बुधबार, मंसिर ११, २०७६ साल
    जनकपुरधाम, ११ मङ्सिर उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेर अपमानको विषय नभएको स्पष्ट गर्नुभएको छ । जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले जिम्मेवारी हेरफेर सामान्य प्रक्रिया भएको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेरका सन्दर्भमा चर्चामा रहेको प्रसङ्ग भ्रामक भएको टिप्पणी गर्नुभयो । एक प्र्रश्नको जवाफमा उपप्रधानमन्त्री यादवले आफूसँग गौर हत्या काण्डको प्रसङ्ग उल्लेख..

    वर्तमान सरकार पाँच वर्ष चल्छ : अध्यक्ष दाहाल

    बुधबार, मंसिर ११, २०७६ साल
    पोखरा, ११ मङ्सिर    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने र यसको स्थिरतामा कमी नआउने स्पष्ट पार्नुभएको छ । नेकपाद्वारा आज आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र समृद्धितर्फ डो¥याउन प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा जोड दिनुभयो ।   नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको जनाउँदैै उहाँले भन्नुभयो,..

    अबको तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बर हुन्छ : मुख्यमन्त्री पोखरेल

    बुधबार, मंसिर ११, २०७६ साल
    दाङ, ११ मङ्सिर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताउनुभएको छ । हापुरेमा मङ्गलबार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश ५ का इञ्चार्जसमेत रहनुभएका उहाँले वर्तमान सरकारले सबैभन्दा बढी आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरेको उल्लेख गर्नुभयो । नेपालले पाँच वर्षपछि दक्षिण एशियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हासिल गर्ने..

    कालापानीबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ : काँग्रेस

    मंगलवार, मंसिर १०, २०७६ साल
    काठमाडौँ, १० मङ्सिर नेपाली काँग्रेसले नेपालका अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो देशको नक्सामा गाँसेर नक्सा सार्वजनिक गरेको सम्बन्धमा तत्काल परिणाममुखी कूटनीतिक र राजनीतिक पहल थाल्न नेपाल सरकारलाई पुनः आग्रह गरेको छ ।  प्रमुख प्रतिपक्षी दल काँग्रेसले आज एक विज्ञप्तिमार्फत कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको दोहोर्याउँदै त्यहाँबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्ने जनाएको हो । पार्टी प्रवक्ता..

    लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : रामचन्द्र पौडेल

    मंगलवार, मंसिर १०, २०७६ साल
    पोखरा, १० मङ्सिर   नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–८ मा आज आयोजित चुनावीसभामा उहाँले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउनुभयो ।   सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको बताउँदै उहाँले भन्नुभयो, “कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान..

    पारवहन सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष सकारात्मक

    मंगलवार, मंसिर १०, २०७६ साल
    काठमाडौँ, १० मङ्सिर नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक देखिएको छ । आजदेखि राजधानीमा शुरु भएको नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठकमा भारतीय पक्ष सन्धि पुनरावलोकनका लागि तयार भएको हो । तेस्रो मुलुकसँग नेपालको व्यापार पहुँच विस्तार तथा सहजीकरण गर्न दुवै देशका अधिकारीबीच बैठक बसेको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले पारवहन सन्धि..

    उपनिर्वाचन २०७६ : विकास मेरो अर्जुन दृष्टि - विद्या अधिकारी

    मंगलवार, मंसिर १०, २०७६ साल
    पोखरा, १० मङ्सिर ।  कास्की निर्वाचन क्षेत्र नं– २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको विकास आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताउनुभएको छ । पोखरा महानगरपालिका–२० स्थित विकट मानिने मौजा आँटीघरमा आज आयोजित घरदैलो कार्यक्रम पश्चात आयोजित कोणसभामा उहाँले पोखराका नयाँ वडाको विकास निर्माण पहिलो प्राथमिकता हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । मौजालाई पर्यटकीय केन्द्रका रुपमा..

    निर्वाचन तयारीबारे राज्य व्यवस्था समितिलाई जानकारी

    मंगलवार, मंसिर १०, २०७६ साल
    काठमाडौँ, १० मङ्सिर  प्रतिनिधिसभा, राज्यव्यवस्था तथा  सुशासन समितिलाई उपनिर्वाचनको तयारीबारे   निर्वाचन आयोगले आज जानकारी गराएको छ । समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा रहेको समिति सदस्यलाई प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले  उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । सबै मतपत्र र  मतदाता परिचयपत्र सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा  पुगिसकेको जानकारी गराउँदै प्रमुख थपलियाले प्रचारप्रसारपछिको मौन..

    पोर्चुगलको पीडा : सडकमै सुत्छन् नेपाली

    मंगलवार, मंसिर १०, २०७६ साल
    लिस्वन, १० मङ्सिर  नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट (रातो पासपोर्ट) का कारण पोर्चुगल आउने गर्दछन् ।  नेपालबाट सपना बुनेर पोर्चुगल आइपुगेकाको जीवन..

    राजधानी र नाम छिटो टुङ्ग्याउनुस् : अध्यक्ष दाहाल

    मंगलवार, मंसिर १०, २०७६ साल
    हेटाँैंडा, १० मङ्सिर  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले अब यही विषयमा अड्केर बस्ने समय नरहेको उल्लेख गर्दै राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । वर्तमान सरकारलाई विकास निर्माण..
    Weather Forecast