शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिमको मत परिणाम सार्वजनिक

    बिहिवार, माघ २५, २०७४ साल
    पोखरा, २५ माघ ।  राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कुल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसकी बिन्दादेवी आले (राना) तथा नेकपा (एमाले)का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित भएका  क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए  ।  त्यस्तै दलित तर्फबाट नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक निर्वाचित..

    रोल्पाबाट आर्थिक वर्ष २०७४ -२०७५ मा मात्रै ३१ जना बेपत्ता

    बिहिवार, माघ २५, २०७४ साल
    लिबाङ, रोल्पा, २५ माघ  ।  जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४-७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन् । यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिए  ।  हराएका मध्ये एक बालक र तीन महिला फेला परेको भए पनि अन्य चार बालकसहित २७ जनाको अवस्थाका बारेमा परिवार..

    अब छिट्टै राजीनामा दिने तयारी गर्दै प्रधानमन्त्री देउवा, जनमतको कदर गर्ने

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, माघ २५ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन महिनाको पहिलो साता भित्रै राजीनामा दिने तयारी गरेको बुझिएको छ । प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वमा देशका सबै निर्वाचन सम्पन्न भएको भन्दै आफूलाई राजिनामा दिन कुनै समस्या नरहेको यस अघि देखि नै बताउँदै आएका छन् । निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै प्रम देउवाले राजीनामा दिन लागेका हुन् ।  राष्ट्रिय सभाको समेत..

    प्रदेश नं १ को दुवै सिटमा वामगठबन्धनको उम्मेदवार विजयी

    बुधबार, माघ २४, २०७४ साल
    विराटनगर, माघ २४ । प्रदेश १ मा राष्ट्रिय सभा सांसदका दुई सिटका लागि भएको चुनावमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । सार्वजनिक मतपरिणाम अनुसार दुईवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । दलिततर्फ एमालेका खेम नेपाली ६ हजार २ सय ७० मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धी कांग्रेसका बिन विश्वकर्माले दुई हजार ८३२ मत प्राप्त गरे । उक्त..

    प्रदेश नं १ को मतदात सम्पन्न, मतपरिणाम आजै आउन सक्ने

    बुधबार, माघ २४, २०७४ साल
    विराटनगर, माघ २४।  प्रदेश एकको राष्ट्रियसभा सांसदको मतदान सकिएको छ । तीन सय ६७ जना मतदात रहेकोमा ३ सय ६४ जनाले मतदान गरेका छन् । २७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुख र ९२ जना प्रदेश सांसदले मतदान गरेका हुन् । एक जना प्रदेश सांसद र दुई जना स्थानीय तहका प्रतिनिधिले भने मतदान गरेका छैनन् । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका..

    प्रदेश नं ५ मा राष्ट्रियसभाको नतिजा आजै १० बजेसम्म आउने

    बुधबार, माघ २४, २०७४ साल
    दाङ, माघ २४ ।  प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मत परिणाम बुधबार नै राति १० बजेसम्म आउने भएको छ । तीन बजे मतदान सकिएपछि दलहरुसँग छलफल गरेर चार बजेदेखि मतगणना सुरु गर्ने र १० बजेसम्म नतिजा दिने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । ‘हामी ४ बजेदेखि मतगणना शुरु गर्छौं, १० बजेसम्म नतिजा आइसक्छ’ उनले भने । प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको..

    प्रदेश २ का सांसदलाई आज प्रमाणपत्र वितरण गर्ने तयारी

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौं, माघ २४ ।   निर्वाचन आयोगले आज प्रदेश २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वा्चित भएका सांसद्लाई विजयी प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ ।  राष्ट्रियसभा सदस्य निर्वाचन आज भइरहे पनि प्रदेश २ का ८ सहित २४ जना निर्विरोध निर्वा्चित भएका थिए । निर्विरोध भएसँगै आयोगले केही दिनअघि नै उनीहरूलाई निर्वा्चित घोषणा गरेको थियो । प्रदेश २ बाट निर्विरोध भएका ८ जना राष्ट्रियसभा सांसद्लाई प्रदेश..

    'भिआइपी सवारी' मा सर्वसाधरणलाई रोक लगाउनुपर्ने कारणबारे लिखित जवाफ माग

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौँ, २४ माघ  ।  राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भिआइपी) को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ ।  न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार  भिआइपीको सवारी हुँदा किन सर्वसाधरण नागरिकलाई सडक यात्रामा रोक्नुपरेको भन्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।  आदेशमा..

    प्रदेश नं २ मा आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेकोमा विरोध

    बुधबार, माघ २४, २०७४ साल
    महेन्द्रनगर, धनुषा, २४ माघ । प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेको भन्दै विरोधमा युवाहरूले सांसदहरूको पुत्ला जलाएका छन् ।  मंगलबार साँझ जनकपुरको जानकी चोकमा ‘परिवर्तनका लागि युवा अभियान’का अध्यक्ष बिट्टु पञ्जियारको अध्यक्षता र रोशन यादवको नेतृत्वमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका प्रदेशसभा सांसदहरूको पुत्ला जलाइएको..

    प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवश समारोह समिति गठन

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौँ, २४ माघ।  प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन आज प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल समारोह समिति गठन गरिएको छ ।  गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज वुधबार  बसेको समितिको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते भव्यताका साथ प्रजातन्त्र दिवश मनाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु, पूर्वप्रधानन्यायाधीश,..

    राष्ट्रियसभा सदस्यका लागी ६ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनक मतदान शुरु

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौँ, २४ माघ।    राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज बिहान १० बजेबाट सात प्रदेशमध्ये छ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य शुरु भएको छ ।    प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्विचित हुनु भएकाले मतदान गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको..

    पोखरामा प्रदेश नं ४ को 'राष्ट्रियसभा सदस्य निर्वाचन' को मतदान शुरु

    बुधबार, माघ २४, २०७४ साल
    पोखरा, २४ माघ ।  राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान शुरु भएको छ ।  बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए  ।  लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा शुरु भएको निर्वाचनमा स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष-उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको छ ।  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशका..

    नेपालको राष्ट्रिय ढुकुटी भर्ने विशाल परियोजना चाहिन्छ : कूटनीतिज्ञ

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौँ, २४ माघ । द्रुतगतिमा आर्थिक उन्नति गरेर विश्वकै अग्रणी अर्थतन्त्रकारुपमा उदाएका भारत र चीनबीचको नेपाललाई समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने अथाह संभावना रहेको एकजना भारतीय कूटनीतिज्ञले बताएका छन् । नेपाल विश्वसम्बन्ध परिषद्ले मंगलबार ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध र भावी दृष्टिकोण’ विषयक प्रवचनमा उनले भूगोल र जनसंख्याका हिसाबले नेपाल विश्वकै मध्यम मुलुक भएको बताए । “नेपाल सानो देश हुँदै होइन, कतिपय..

    अब आर्थिक समृद्धिको मुद्दालाई सडकबाट उठाउँछौँ : उपप्रधानमन्त्री थापा

    मंगलवार, माघ २३, २०७४ साल
    दोलखा, २३ माघ : नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले जनताको आर्थिक समृद्धिको मुद्दा अब सडकबाट उठ्ने बताएका छन् ।  स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडकमा पु¥याएकाले अबका दिनमा सडकबाटै जनताका एजेण्डा स्थापित गराउने थापाले बताए । उनले भने, “चुनाव नजिकिँदै गर्दा पार्टीमा आएको फुट, देशी–विदेशी शक्तिको चलखेल, नेपाली काँग्रेससँग मिलेर चुनावमा जानु र..

    औपचारिकतामा बाहेक पार्टी एकता भइसक्यो : माओवादी नेता प्रभाकर

    मंगलवार, माघ २३, २०७४ साल
    सुर्खेत, २३ माघ : नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेकपा (एमाले) र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको बताएका छन् ।  प्रेस सेन्टर प्रदेश नं. ६ सुर्खेतद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले भने, “अब एकता घोषणा हुन मात्र बाँकी छ, त्यसका लागि सकारात्मक छलफल भइरहेको छ, दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ ।”  नेता..

    १७ जलविद्युत आयोजनाका प्रबर्द्धकलाई विद्युत उत्पादन गर्न अनुमति

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौँ, २३ माघ । सरकारले चालु आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा विभिन्न १७ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका ती आयोजनालाई तत्काल वित्तीय व्यवस्थापन गरी काम शुरु गर्ने निर्देशन सहित अनुमति दिइएको हो ।  अनुमति पाएका अधिकाशं निजी क्षेत्रले निर्माण गर्न लागेका आयोजना हुन् । उत्पादन अनुमति पाएका आयोजनाको..

    वाम एकताको प्रक्रिया चाँडै टुङ्गिने छ : वरिष्ठ एमाले नेता खनाल

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौँ, २३ माघ  ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र)सँग वैचारिक र सांगठनिक समस्या समाधान गरेर चाँडै नै वाम एकताको प्रक्रिया टुङ्गिने बताएका छन्  ।  इरानको राजधानी तेहरानमा भएको एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को २९औँ स्थायी कमिटीको बैठकमा सहभागी भएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले अब नयाँ सरकारले भारत र चीनसँग नयाँ मित्रता..

    राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा, बुधबार दिउँसो मतदान हुँदै

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौँ, २३ माघ  ।  निर्वाचन आयोगले भोलि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ ।  राष्ट्रियसभा निर्वाचनका लागि आयोगले सबै प्रदेशमा तयारी पूरा भएको र भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाएको छ ।  नेपालको संविधानमा संघीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक हुने व्यवस्था बमोजिम प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई..

    प्रदेश ६ मा 'मुख्यमन्त्री' बन्न सांसदहरुको रस्साकस्सी, दललाई सकस

    मंगलवार, माघ २३, २०७४ साल
    सुर्खेत, २३ माघ  ।  प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)लाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ ।  प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला (क) का सांसद नरेश भण्डारी र कालीकोट (ख) का सांसद महेन्द्रबहादुर शाहीबीच निकै रस्साकस्सी चलिरहेको छ । दुवै संसद्हरुले मुख्यमन्त्रीका लागि आफ्नो अडानबाट पछि नहटेपछि छनोट प्रक्रिया लम्बिएको पूर्व गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) ६..

    काठमाण्डौमा महानगरीय प्रहरी प्रभाग ‘हरेक दिन एक नयाँ काम’ अभियान शुरु गर्दै

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौँ, २३ माघ ।  महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले ‘हरेक दिन एक नयाँ काम’ अभियान शुरु गरेको छ ।  प्रभागले प्रहरीले गर्दै आएको दैनिक कामलाई निरन्तरता दिँदै प्रत्येक दिन एक नयाँ काम गर्ने अभियान चलाएको प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । प्रहरीले बसपार्क वरपरको सरसफाइ, प्रभाग वरपर गमलामा पुष्परोपण, पैदलमार्ग र आकाशेपुलमा रहेका पसल हटाउने, प्रहरी सचेतनासम्बन्धी माइकिङ गर्नेलगायत..

    किशोरावस्थाको प्रेम विवाह : पन्ध्र वर्षमा बिहे,१६ वर्षमै सम्बन्धबिच्छेद !

    मंगलवार, माघ २३, २०७४ साल
    लिबाङ, रोल्पा, २३ माघ  ।  किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् ।  जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरुको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पाका डिट्ठा भीमराज ढकालले सोमबार जानकारी दिए  ।  रोल्पा नगरपालिकास्थित एक सरकारी विद्यालयमा कक्षा ७ मा अध्ययनरत १५ वर्षीया किशोरी र कक्षा ९ मा अध्ययनरत १७..

    काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकामा कर्मचारी नहुँदा काम प्रभावित

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौँ, २३ माघ  ।  बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ ।  नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुँदा  कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए  । ‘‘एक जना मात्र प्रशासन सञ्चालन गर्ने कर्मचारी प्रशासकीय अधिकृत हुन्  । उनी पनि बिदामा बस्दा अहिले प्रशासन सञ्चालन गर्ने..

    जाजरकोटमा दुई दिनदेखि नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

    मंगलवार, माघ २३, २०७४ साल
    जाजरकोट, २३ माघ  ।  दुई दिनदेखि नेपाल टेलिकमद्वारा वितरित ल्याण्डलाइन सेवा र नमस्तेको टेलिफोन सेवा ठप्प भएको छ ।  सदरमुकामसँगै जिल्लाभरि फोन सेवा ठप्प भएपछि हजारौँ सेवाग्राही मर्कामा परेका छन् । फोन सेवा अवरुद्धसँगै इन्टरनेट सेवासमेत बन्द भएको छ । नेपाल टेलिकम जाजरकोट शाखाले समस्या पत्ता लगाउने काम भइरहेको बताएको छ ।  फोन सेवा नहुँदा जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यम, सरकारी कार्यालय र कोष तथा..

    प्रदेश ४ को पहिलो बैठकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण

    मंगलवार, माघ २३, २०७४ साल
    पोखरा, २३ माघ : प्रदेश नं ४ को प्रदेशसभाको सोमबार सम्पन्न पहिलो बैठकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गरिएको छ ।  बैठकमा पहिलो वक्ताका रुपमा प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आधुनिक नेपालको सीमा निर्धारण गर्ने सन्दर्भमा साम्राज्यवाद विरुद्ध खेलेको भूमिकाको प्रशंसा गरे ।  सांसद गुरुङले भने– “हामी आज जुन ठाउँमा उभिएर बैठक..

    न्यायको मूल्य र मान्यता जगाउनका लागि आफू प्रयासरत् : प्रधानन्यायाधीश

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौँ, २३ माघ : प्रधानन्यायाधीश गोपाल पराजुलीले कसैको चरित्र हत्या गर्नका लागि विशृंखल र निकृष्ट शब्दको चयन गरेर स्थापित भएकाहरु पनि छिट्टै विस्थापित हुने बताएका छन् ।  प्रा डा युवराज संग्रौलाद्वारा प्रकाशित पुस्तक ‘क्रिमिनल जस्टिस सिस्टम’को सोमबार सार्वजनिक गर्र्दै उनले सो कुरा बताएका हुन् ।  प्रधानन्यायाधीश पराजुलीले न्यायको मूल्य र मान्यता जगाउनका लागि आफूले हरदम प्रयास गरिरहेको बताउँदै कसैलाई दोष लगाउनुभन्दा पहिला..

    प्रदेशसभा सदस्यको एकै स्वर : आफ्नो प्रदेशलाई अरुभन्दा समृद्ध बनाउँछौँ

    सोमबार, माघ २२, २०७४ साल
    पोखरा, २२ माघ : प्रदेश नं ४ को प्रदेशसभाको पहिलो बैठकमा सदस्यहरुले प्रदेश नं ४ लाई अरुभन्दा समृद्ध बनाउने अठोट गरेका छन् ।  उनीहरूले हिमालदेखि तराईसम्मका भूभाग समेटिएको सो प्रदेशमा उपलब्ध प्रचूर प्राकृतिक साधनस्रोतको उपयोग एकाकार भएर गर्ने बताए । प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भने, “सबैभन्दा शान्त, सुन्दर, समृद्ध र सभ्य प्रदेश बनाउन जनताले हामीलाई दिएको अवसरलाई खेर जान दिने छैनौँ..

    घरमा चर्पी नराख्नेले सरकारी सुविधा नपाउने ! चर्पी बनाउन आवश्यक पर्ने सामग्री उपलब्ध

    सोमबार, माघ २२, २०७४ साल
    वीरगञ्ज, २२ माघ : पश्चिमी पर्साको बिन्दसाविनी गाउँपालिकाले घरमा चर्पी नराख्ने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने उर्दी गरेको छ ।  गाउँपालिकाले तीन दिनभित्र आ–आफ्नो घरमा चर्पी नराखेमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्तालगायतका सिफारिश रोक्ने र जरिवानासमेत गर्ने उर्दी गरेको गाउँपालिका सचिव अर्जुनप्रसाद चौहानले बताए ।  सो गाउँपालिका–५ मा आठ हजार जनसंख्या छ भने उक्त वडामा ९०..

    प्रदेश नं ७ मा ९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै

    सोमबार, माघ २२, २०७४ साल
    धनगढी, २२ माघ ।  त्रिपन्न प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ मा ९५ प्रतिशत सांसदले पहिलो पटक संसदीय अनुभव बटुल्दै छन् ।  चारवटा दलका सांसद रहेको यस प्रदेशको संसद्मा सबैभन्दा बढी नेकपा (एमाले)का २५ जना सांसद रहेका छन् । एमालेका सबै सांसद संसद्मा नयाँ अनुहार हुन् । नेकपा (माओवादी केन्द्र)का १४ जनामध्ये कैलालीबाट प्रदेशसभामा निर्वाचित वीरभान चौधरी यसअघि २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा..

    सीप सिकेर स्वरोजगार बन्दै बेचबिखन तथा हिंसा प्रभावित चेली

    सोमबार, माघ २२, २०७४ साल
    रत्ननगर, चितवन, २२ माघ  ।  बेचबिखन तथा हिंसा प्रभावित चेली अहिले सीप सिकेर स्वरोजगार बन्न थालेका छन् ।  उनीहरुले कपडा सिलाउने, डल, कुसन बनाउने, हातेकडाइ, खाँदा, हाते ब्याग, सल, किरिङ, ह्याण्डी क्राफ्टलगायतका सामग्री बनाउन सिकेर स्वरोजगार बन्दै गएका हुन् ।  बेचबिखन तथा हिंसामा परेकाको उद्धार तथा पुनःस्थापनमा सक्रिय हुँदै आएको संस्था केआइ नेपालले आश्रय दिएर उनीहरुलाई चितवनमा सीप सिकाउँदै छ ।  “कति दिदीबहिनी स्वरोजगार भइसके,..

    नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा विसं २०७५ का लागि १३ पात्रो स्वीकृत

    सोमबार, माघ २२, २०७४ साल
    काठमाडौँ, २२ माघ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ ।  समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए  ।  यी सबै पञ्चाङ्गले विसं २०७४ मा पनि स्वीकृति पाएका थिए । स्वीकृति नलिई प्रकाशन..
    Weather Forecast