बुधबार, आषाढ २४, २०७७

    राज्य-समाज

    प्रदेश नम्बर २ मा छुट्टै प्रहरी ऐन लागू, प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

    आईतवार, पौष १५, २०७५ साल
    जनकपुरधाम, १५ पुस  प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार प्रदेश प्रहरी ऐन,२०७५ प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख कायस्थले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। प्रदेश नम्बर २ को प्रदेशसभाले निर्माण गरेको प्रदेश प्रहरी ऐन, २०७५ प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रमाणीकरण गरेका छन् ।  प्रदेश सरकारले आफैं प्रहरी भर्ना गर्ने गरी निर्माण भएको..

    '४ बजिसक्यो' भन्दै संसद कर्मचारी हिँडेपछि प्रस्तावित प्रधान न्यायाधीश राणामाथिको सुनुवाई स्थगित

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि प्रस्तावित चोलेन्द्रशमशेर राणाविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई विशेष समितिको सुनुवाई मंगलबारका लागि सारिएको छ। आइतबार दुई जना सांसदले बोल्न बाँकी रहँदै संसदका कर्मचारीहरु निस्किएपछि सुनुवाई समितिको बैठक प्रभावित हुन पुगेको हो। सिंहदरबारस्थित संसद सचिवालयमा राणामाथि परेको उजुरीमाथि सुनुवाई भइरहेको छ। संसदका कर्मचारीहरुले संविधानसभा र अघिल्लो व्यवस्थापिका संसदमा ८० प्रतिशत भत्ता बुझ्ने गरेका थिए। तर, सरकारले..

    निर्मला पन्तको हत्यारा पत्ता लगाउन ‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता’ बोलाउने तयारी

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौं, १५ पुस पाँच महिना अघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर, हालसम्म दोषी पक्राउ पर्न नसकेपछि सरकारको कडा आलोचना मात्रै भएको छैन, प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठेको छ । निर्मलाको न्यायका लागि भन्दै सडक प्रदर्शन तथा अनशन समेत भइरहेका छन् । यही बेला सरकारले निर्मलाको हत्या पत्ता लगाउन अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता बोलाउने प्रतिबद्धता जनाएको छ । नेकपाको..

    श्रम स्वीकृति अब प्रदेश २ बाटै, सुरुमा सेवा लिने दुईजनालाई खुवाइयो 'लड्डु'

    आईतवार, पौष १५, २०७५ साल
    जनकपुर, १५ पुस प्रदेश नम्बर २ को जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति सेवा प्रदान गर्न थालिएको छ । केही समयअघि नै कार्यालय स्थापना भए पनि आइतबारदेखि सेवा प्रदान गर्न सुरु भएको हो । आइतबार पहिलो दिन श्रम स्वीकृतिको सेवा ग्रहण गर्ने दुईजनालाई सम्मान समेत गरिएको छ । कार्यालयको सेवारम्भ गरेको भन्दै दुई सेवाग्राही हंसपुर नगरपालिका–७ लौवाखोरका जलिल नदाफ र धनौजी..

    "नेपालको इतिहासमा पृथ्वीनारायण शाह सबैभन्दा महत्वपूर्ण सपुत"

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस  पृथ्वीनारायण शाहको २९७औैँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्ती मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठीमा विद्वान वक्ताले उहाँले नयाँ नेपालको एकीकरणमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको छ ।  सीमाविद् बुद्धिनारायण श्रेष्ठले जापान, फ्रान्स, जर्मन, इटली, बेलायत आदि मुलुकले आफ्नो सीमा विस्तार गरिरहेका बेला नेपालले पनि आफ्नो सार्वभौम रक्षाका लागि..

    चितवनमा हात्ती महोत्सव - सुन्दरी प्रतियोगितामा हात्तीको 'क्याटवाक', बिजुली कलीलाई उपाधी

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौं, १४ पुस ।  चितवनको पर्यटकीय क्षेत्र सौराहामा बुधबार सुरु भएको ‘पन्ध्रौं चितवन हात्ती महोत्सव’ मा हात्ती फास्ट वाक र छावाबीचको फुटवलका खेलहरु सँगै शनिबार सुन्दरी प्रतियोगिता भएको छ । चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्तरगत शनिबार भएको सुन्दरी प्रतियोगितामा बिजुली कलीले बाजी मारेको छ । १८ वर्ष उमेरको उक्त हात्तीले अन्य सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो भएको हो ।  फष्ट रनरअप २२..

    स्वर्गीय राजा वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्ती ! शालिकमा माल्यार्पण तथा सम्झना

    शनिबार, पौष १४, २०७५ साल
    गोदावरी, १४ पुस  तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्तीको अवसरमा आज उहाँलाई स्मरण गरियो ।  स्व राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पु¥याउनुभएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले उहाँको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको हो ।  कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शङ्खर पौडेलले स्व राजा वीरेन्द्र एक प्रजातन्त्रप्रेमी र सच्चा देशभक्त राजा..

    पेचिलो बन्दै प्रदेश राजधानी र नामकरणको विषय, सर्वसम्मत निर्णयको प्रतिक्षामा प्रदेश ३ का सभामुख

    शनिबार, पौष १४, २०७५ साल
    हेटौँडा, १४ पुस : प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी र नामकरणको विषय सर्वसम्मत निर्णय गर्नका लागि पर्खिएको बताउनुभएको छ ।  संसद् सचिवालय हेटौँडाको कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश राजधानीको विषय टुङग्याउनका लागि अदालतमा मुद्दा परेको र राजनीतिक सहमति पनि नजुटेकाले तत्काल टुङ्गो लगाउनका लागि समस्या भएको बताउनुभयो ।  सभामुख श्रेष्ठल प्रदेश नं ३ को हिउँदे अधिवेशन बिहीबारबाट..

    परराष्ट्रमन्त्री ज्ञवालीको निमन्त्रणामा जापानका विदेशमन्त्री नेपाल आउँदै, यस्तो छ तयारी !

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा यही पुस २५ गते काठमाडौँ आउनुहुने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानी विदेशमन्त्री कोनोले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन परराष्ट्रमन्त्रीले आफ्ना जापानीसमकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने र दुवै नेताले संयुक्तरुपमा प्रेसलाई सम्बोधन..

    घाँटीमा फूलको माला लगाउनु 'ओल्ड फेसन', प्रचण्डको घाँटीमा डेढ किलो सुन्तलाको माला !

    शुक्रबार, पौष १३, २०७५ साल
    काभ्रे, १३ पुस  विशेषगरी स्वागत तथा सम्मानमा घाँटीमा फूलको माला लगाईन्छ । त्यो पनि नेताहरुलाई त झनैं २ सय किलोको सम्म माला लगाएको देखिन्छ । तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने स्वागतमा सुन्तलाको माला लगाईएको छ । शुक्रबार काभ्रेको एउटा कार्यक्रममा प्रमुख अतिथि भएका पुगेका प्रचण्डलाई स्थानीयले सुन्तलाको माला लगाईदिएका हुन् । खाँडादेवी माध्यमिक विद्यालयको स्वर्ण..

    महिलाको अगुवाइमा मदिरामुक्त गाउँ, साल २०५५ देखि मदिरा बेचबिखन र सेवन गर्न निषेध !

    शुक्रबार, पौष १३, २०७५ साल
    नारायणपुर, १३ पुस महिलाको अगुवाइमा दाङको राजपुर गाउँपालिका–५ को महतिनियाँ गाउँ मदिरामुक्त गाउँ बनेको छ । मगर समुदायको बाहुल्यता रहेको उक्त गाउँमा महिलाको अगुवाइमा विसं २०५५ देखि हालसम्म मदिरा बेचबिखन र सेवन गर्न निषेध गरिएको छ ।  गाउँ युवाले मदिरा सेवन महिला हिंसा बढेको भन्दै स्थानीय दियालो महिला आमा समूह गठन गरेर मदिरा मुक्त गाउँ अभियान सञ्चालन गरिएको आमा समूहकी सचिव तथा..

    नेकपाको बैठक सकियो, ओली–प्रचण्डको प्रतिवेदन पारित, एकता गर्न कार्यदल गठन

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पास गर्दै नेकपाको बैठक शुक्रबार सकिएको हो।  राजनीतिक प्रतिवेदनमा सुझावसहित सर्वसहमतिले पास गर्दै बैठक सकिएको नेकपाका नेता झलनाथ खनालले बताए। प्रतिवेदनलाई सचिवालय बैठकले अन्तिम रुप दिने निर्णयसमेत भएको छ।  पार्टी एकताको सम्पूर्ण काम पूरा गर्न नेता..

    राष्ट्रियसभा बैठक : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस  राष्ट्रियसभाको शुक्रबारको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना गर्नुभयो ।  उहाँले सहमति र सहकार्यका आधारमा कार्यक्रम कार्यान्वयन भएको चर्चा गर्दै यसले निम्न आय भएका वर्गलाई विशेष फाइदा पुुग्ने विश्वास व्यक्त गर्नुभयो ।  सांसद राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष बुझाएको भन्नेबारेमा शिक्षामन्त्रीले सदनलाई जानकारी..

    राजविराज कारागारमा तेब्बर कैदी-बन्दी : शौचालयका लागि लामो लाइन लाग्नुपर्ने बाध्यता

    शुक्रबार, पौष १३, २०७५ साल
    राजविराज, १३ पुस ।  सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताए । जेलर यादवका अनुसार ‘ए ब्लक’ मा १९६ र ‘बी ब्लक’ मा १०७ पुरुष तथा ‘सी ब्लक’मा १८ महिला कैदीबन्दी राखिएको छ । दुई सय ९७..

    सत्तारुढ दल नेकपाले पुस मसान्तभित्रैमा आफ्नो साङ्गठनिक एकता पूरा गर्ने

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस : नेपाल कम्युनिष्ट पार्टी नेकपाको साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ । पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गर्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो ।  एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र कानून..

    राप्रपा प्रजातान्त्रिकले यही पुस २७ गते पृथ्वीजयन्ती तथा एकता दिवस मनाउने

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस  राप्रपा -प्रजातान्त्रिक)ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ ।  पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको सभापतित्वमा  बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले यही पुस २७ गते देशभरि नै पृथ्वीजयन्ती तथा एकता दिवस मनाउने निर्णय गरेको प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।  बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहरा, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री सुनीलबहादुर थापाबारे विभिन्न सञ्चारमाध्यममा कपोलकल्पित..

    मन्त्रिपरिषद् बैठकको निर्णय - विभिन्न देशमा राजदूत फिर्ता बोलाउनेदेखि सिफारिस गर्नेसम्म

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौँ, १२ पुस  विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा पाँच सहसचिवलाई नियुक्तिका लागि सरकारले सिफारिश गरेको छ ।  मन्त्रिपरिषद्को यही पुस ६ र ९ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्न बिहिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिनुभएको हो ।  सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि आवासीय तथा क्याम्बोडिया, लाओस, भियतनाम र सिङ्गापुरका लागि गैरआवासीय..

    काठमाडौंको बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै सरकारले ३ सय वटा बिजुली बस किन्ने

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौँ, १२ पुस  सरकारले आफ्नै लगानीमा तीन सय वटा बिजुली बस किन्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको गत सोमबार बैठकले काठमाडौं उपत्यकामा चलाउन यी बस किन्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। ‘विद्युतीय परिवनहनलाई बढावा दिने नीति अनुसार सरकारले ठुला सवारी साधनमा जोड दिएको हो’ उनले भने । वातावरणविद्हरूले विद्युतीय परिवहनमा जोड दिन लामो समयदेखि..

    उच्चस्तरीय राजनीतिक वार्ताटोलीको निष्कर्षः ‘अब मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य’

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौँ, १२ पुस उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको जनाएको छ । गैह्रकानुनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूहहरु विगतका क्रियाकलाप पत्यिाग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भैसकेकोले हाल मुलुक द्वन्द्वरत अवस्थामा नरहेको वार्ता टोलीले जनाएको छ । आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ताटोलीले विगतमा भएका द्वन्द्वरत समूह वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा आएका, भएका हतियार बुझाएको तथा केही समूहले निःशस्त्र भएको..

    राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि काँग्रेसको देशव्यापी अभियान

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौं, १२ पुष नेपाली काँग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्यताका साथ मनाउने भएको छ । वि.सं. २०३३ साल पुष १६ गते वीपी कोइरालाका साथ स्वर्गीय गणेशमान सिंह र अन्य शीर्ष नेताहरु सहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनु भएको दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ । राष्ट्रिय एकता..

    धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ : प्रधानमन्त्री ओली [फोटोफिचर]

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौँ, १२ पुस  प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरा इतिहास झल्कने र आधुनिकता टल्कने हुने बताउनुभएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा बिहिबार प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको बताउनुभयो ।  नेपालीको प्यारो धरहरा पटक पटक भत्किएको बताउँदै उहाँले भन्नुभयो, “विसं २०७२ को भूकम्पले..

    ११ तले आधुनिक धरहराकाे आज शिलान्यास हुँदै, ३ अर्ब ४५ करोड लागतमा बन्ने, यस्तो बन्नेछ धरहरा !

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडाैँ १२ पुस । ११ तले आधुनिक धरहराकाे निर्माणको औपचारिक रुपमा शिलान्यास बिहिबार गरिँदै छ । विनाशकारी भूकम्पले भत्किएको धराहराको पुनर्निमाण शिलान्यास बिहिबार हुने भएको छ । बिहीबार धरहरा परिसरमै एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका हुन् । शिलान्यासपछि धरहरा पुनर्निर्माणको कामले गति लिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।‘धरहरा निर्माण क्षेत्रमा..

    पुस १७ गतेसम्म माग पूरा नभए सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी, सरकारले ब्ल्याकमेलिङ गरेको आरोप

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस ।  डाक्टर गोविन्द केसीले आफ्ना मागहरू पुस १७ गतेसम्म पुरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । उनले चिकित्सा शिक्षा विधेयकमा चलखेल भइरहेको बताउँदै तत्काल सम्झौता बमोजिम विधेयक पारित गर्न सरकार, संसदीय समिति र राजनीतिक दलहरूलाई चेतावनी दिएका छन् । डाक्टर केसीले निजी मेडिकल कलेजहरू सरकारी करण नगरेसम्म मेडिकल शिक्षामा सुधार नहुने बताएका छन् । डाक्टर केसीले आफ्नो..

    दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाद्वारा पदबाट राजीनामा, यस्तो छ रहस्य !

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौं,  ११ पुस  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत भदौ २४ गते प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ती पाएका झाले बुधवार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।  अध्यक्ष झाले बुधवार अपराह्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आर्थिक रुपमा 'स्वच्छ छवी नभएका' झालाई प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ती गरिएको भन्दै..

    प्रतिनिधिसभाको बैठक - पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पारित

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस  प्रतिनिधिसभाले पूर्वसांसदत्रय चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर र मोतिदेवी थारूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।  प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा सभामुखले उहाँहरुको निधनप्रति राख्नुभएको बेग्लाबेग्लै शोक प्रस्तावलाई बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो । बैठकले उहाँहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न एक मिनेट मौनधारण गरेको थियो ।  बैठकले काङ्ग्रेसका तर्फबाट २०५१ र २०५६ सालमा प्रतिनिधिसभामा निर्वाचित बाँस्तोलाको ७२ वर्षको उमेरमा गत असोज..

    अख्तियार आयोगद्वारा मालपोत कार्यालयका ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार र दमकका कर्मचारीसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले मालपोत कार्यालय डिल्लीजारका मालपोत अधिकृत केशवप्रसाद नेउपाने, राजेन्द्र फुयाँल, नायब सुब्बा लक्ष्मणप्रसाद भट्टराई, खरिदार विजयभक्त श्रेष्ठ, मालपोत कार्यालय दमकका मालपोत अधिकृत अग्नि घिमिरे, नायब सुब्बाद्वय डिल्लीराम कोइराला र जयन्द्रराज खड्काविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै वयरवन–९ मोरङका फौदराज..

    २ छोरालाई विष खुवाएर आमाले गरिन् आत्महत्याको प्रयास, कान्छो छोराको मृत्यु, जेठो छोराको अवस्थामा सुधार

    बुधबार, पौष ११, २०७५ साल
    धनुषा, ११ पुस धनुषामा एक महिलाले आफ्नो दुई नाबालक छोरालाई विष खुवाएर आफूले पनि विष खाएर आत्महत्याको प्रयास गरेकी छन्। जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोल निवासी रविन्द्र यादवकी श्रीमति २४ वर्षीया रिना देवी यादवले घरायसी विवाद भएपछि आफ्ना दुई छोराको हत्या गरी आफू पनि आत्महत्या गर्ने प्रयास गरेकी हुन्। जबरजस्ती विष खुवाएको ३ वर्षीय कान्छो छोरा रितेश यादवको ज्यान गएको..

    राजनीतिक प्रतिवेदनमा सदस्यको विचार र प्रचण्डको जवाफ - राष्ट्रिय अभिभारा पूरा गर्न बैठक महत्वपूर्ण

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा विभिन्न सदस्यले राख्नुभएका विचार तथा जिज्ञासाको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आज जवाफ दिनुभएको छ ।  गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएपछि अध्यक्ष दाहालले उक्त बैठकमा भएको बहसले आपसमा एकताबद्ध भई राष्ट्रिय अभिभारा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त..

    कर्मचारी समायोजन प्रक्रियाको सूचना जारी गरिँदै : अध्यादेश आज संसदमा पेस हुने

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस  सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।  संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को यो अधिवेशन विधेयकमाथि छलफल र पारित गर्ने विषयमा नै केन्द्रित रहने बताईको..

    दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर निधन, आमालाई बचाइदिन रविले गरेको आग्रह व्यर्थ

    बुधबार, पौष ११, २०७५ साल
    कैलाली, पुस ११ ।  दोस्रो नेपाल आइडल रवि ओडकी ४५ वर्षीया आमा विष्नादेवी ओडको मृत्यु भएको छ। बुधबार बिहान ७ बजे रविकी आमा  विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीको अनुसार बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।  बिहान ७ बजेतिर पानी तान्ने पम्प चलाउन गएकी ओडकी आमालाई अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट..
    Weather Forecast