सोमबार, कार्तिक ४, २०७६

    राज्य-समाज

    मन्त्री यादवलाई थप उपचारका लागि थाइल्याण्डको ब्रुमग्राड अस्पताल लगिदै

    आईतवार, जेष्ठ ६, २०७५ साल
    काठमाडौँ, ६ जेठ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आईतबार थाइल्याण्ड लगिने भएको छ ।  चिकित्सकको सल्लाहअनुसार उनलाई आईतबार थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए । आईतबार अपराह्न १३.३० बजे उनि थाई एयरको जहाजबाट त्यसतर्फ जाँदै छन् ।  लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको..

    प्रदेश नं ३ का सबै सडकहरूलाई धुलोमुक्त बनाइनेः मन्त्री स्थापित

    आईतवार, जेष्ठ ६, २०७५ साल
    काठमाडौँ, ६ जेठ : प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले ३ नं प्रदेशका सडकलाई धुलोमुक्त बनाइने बताएका छन ।  शनिबार प्रदेश मन्त्रालयद्वारा ‘स्वाइल सेभेलाइजेसन’ प्रविधिबारे प्रदेश नं ३ का जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले काठमाडाँैमा आयोजित भेलामा उनले ३ नं प्रदेशलाई धुलोमुक्त बनाउने बताएका हुन् ।  उनले चाँडै नै अमेरिकी कम्पनी स्टेडफास्टसँग सम्झौता गरेर उक्त प्रविधि नेपाल भित्र्याइ सडकलाई धुलोमुक्त बनाउने..

    नेकपा-नयाँ केन्द्रीय सदस्यका लागि नीति–मापदण्ड बनाइने, एमाले उद्गमस्थलमा एकताको उत्साह

    शनिबार, जेष्ठ ५, २०७५ साल
    काठमाडौँ, ५ जेठ नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक दुई दिनमै लगाउने भएको छ ।  तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालयहरु शुक्रबार अवलोकन भइसकेको छ । धूम्रबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय गर्न सकिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।  चार सय ४१ सदस्यीय केन्द्रीय समितिका सदस्यमा नयाँलाई मनोनयन गर्न भने नीति र मापदण्ड बनाइने तथा त्यसको टुङ्गो एक..

    सोभियत कम्युनिष्ट पार्टी टुक्रा भएको यथार्थ बुझ्न आग्रह: अध्यक्ष बिजुक्छे

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    भक्तपुर, ४ जेठ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको भन्ने भनाइ गलत भएको बताएका छन ।  रफत सञ्चार क्लबमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, “सोभियत सङ्घको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो पार्टी भयो तर सैद्धान्तिक रुपमा आत्मसात् गर्न नसक्दा देश नै टुक्राटुक्रा भयो, यो यथार्थलाई नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले बुझ्नु जरुरी..

    नेपाल कम्युनिष्ट पार्टीको कार्यदिशाको अक्षरश पालना गर्न वाइसिएलको निर्देशन

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    काठमाडौँ, ४ जेठ योङ कम्युनिष्ट लिग (वाइसिएल) ले नेपाल कम्युनिष्ट पार्टीको समाजवादउन्मुख जनताको जनवादको कार्यदिशालाई अक्षरशः कार्यान्वयन गर्न मातहतका सबै समितिलाई निर्देशन दिएको छ ।  बिहीबार नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच पार्टी एकता भई नेकपा निर्माण भएको सन्दर्भमा मातहतका सबै समितिले पार्टी एकताको भावअनुसार नै गर्न गराउनसमेत आग्रह गरेको छ । वाइसिएलको शुक्रबार बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको प्रक्रियालाई स्वागत गर्दै मातहतका सबै..

    गृहमन्त्री रामबहादुर थापामाथि कांग्रेसले लगायो यस्ता गम्भीर आरोप !

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    काठमाडौँ, ४ जेठ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार हुकुमी शासन सञ्चालन गर्ने दिशातर्फ उन्मुख रहेको गम्भीर आरोप लगाएको छ । नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीलाई हुकुमी पाराले आदेश दिएको भन्दै आपत्ति जनाएका हुन् । सयममा सडक निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गर्न थापाले आदेश पनि दिएका थिए । थापाको आदेशपछि पोखरामा ठेकेदार सुरेन्द्र बस्नेत पक्राउ..

    पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री ओलीले भने - पूजापाठको नाममा तमासा नदेखाउ

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    काठमाडौं, जेठ ४  प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको खुशीयालीमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई सो आग्रह गरेका हुन् । बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पूजापाठको नाममा तमासा नदेखाउन पनि पूर्व राजा शाहलाई सचेत गराए ।  गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका..

    मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ, नेविसंघले आजै ज्ञापनपत्र बुझायो

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    काठमाडौँ, ४ जेठ नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।  सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले शुक्रबार एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो ।  नेवि संघका नेता दीपक भट्टराईले आयल निगमले कमिसनका लागि पटकपटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको भन्दै..

    नेकपाका अध्यक्षद्वय केन्द्रीय कार्यालय अवलोकन गर्दै, पौडेल धूम्रबाराहीस्थित कार्यालयमा पुगी कार्यभार शुरु

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    काठमाडौँ, ४ जेठ नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार यसअघि धूम्रबाराही र पेरिसडाँडामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र का केन्द्रीय कार्यालयको अवलोकन गर्दै छन् ।  एमाले र माओवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ ।  तत्कालका लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई..

    मुलुक समृद्ध बनाउनका लागि युवाशक्ति संगठित हुनुपर्छ: अध्यक्ष थापा

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    काठमाडौँ, ४ जेठ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दु राष्ट्रलगायतका वैचारिक मुद्धा स्थापित गर्न युवा शक्ति संगठित भएर अगाडि बढनुपर्ने बताएका छन् ।  पार्टीले अवलम्वन गरेको संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डालाई स्थापित गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहेकाले संगठन विस्तारमा जुट्न युवाहरुलाई आग्रह गर्दै अध्यक्ष थापाले मुलुकको निकासको अन्तिम विकल्प हिन्दुराष्ट्र र राजसंस्था मात्र भएको विचार व्यक्त गरे ।  पार्टी निकट..

    फरक-फरक राजनीतिक पृष्ठभूमि: पार्टी एकताको उतारचढावपूर्ण ७ महिना

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    काठमाडौँ, ४ जेठ : एकता प्रक्रिया शुरु गरेको करिब सात महिनापछि नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) औपचारिक रुपमा विघटन भई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ ।  गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत गर्ने घोषणासहित दुई पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्रका साथ जाने निर्णय गरेका थिए ।  फरकफरक राजनीतिक पृष्ठभूमिसहित राजनीतिक प्रक्रियामा सहभागी रहेका दुई..

    ओली–प्रचण्ड राष्ट्रिय सभागृहमा, बिशाल ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा ! (फोटो सहित)

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    काठमाडौं, ३ जेठ  एमाले–माओवादी पार्टीबीच एकता घोषणा भएको छ । बिहीबार राष्ट्रिय सभागृहमा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गरिएको हो  । सभागृहमा प्रचण्ड र केपी ओलीसहितका नेताहरु उपस्थित छन् । एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।  त्यस्तै ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय समिति चयन भएको छ ।  पार्टी एकता घोषणाका लागि बुधबार..

    नयाँ पार्टीमा नयाँ चलन, ओली र प्रचण्डले यसरी खुवाए शपथ (शपथको पूर्णपाठ सहित)

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    काठमाडौँ, ३ जेठ एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । सबैले एकसाथ सपथ लिएका हुन् । यसअघि सपथ लिँदा एक जनाले पढे सबैले दोहोर्‍याउने चलन भएकोमा अहिले भने सबैले एकैपटक सपथ पढेर ग्रहण गरिएको हो । अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट सपथ लिने भन्दै आफू लगायत सबै केन्द्रीय सदस्यहरुले एकैपटक..

    एमाले र माओवादी औपचारिक रुपमा विघटन, दुई दल मिलेर एकीकृत दल ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता !

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    ३ जेठ, काठमाडौं एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ । दुई दल मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्दैछन् । एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको छ । एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादीको प्रचण्ड निवास खुमलटारमा बैठक बसेको हो । दुई दलले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन..

    एमाले-माओवादी पार्टी एकता अनुमोदन, आजै आयोगमा नयाँ दल दर्ता हुँदै

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    काठमाडौँ, ३ जेठ नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटमा बिहिबार बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो । दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति जुटेको थियो ।  एकता संयोजन समितिको बैठकमा एकताका विषयमा भएका प्रगति र सहमतिको प्रस्ताव प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र..

    क्षतिपूर्ति नदिए भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    नवलपरासी, ३ जेठ पश्चिम नवलपरासीको गण्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने भारतीय नहर थुनेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।  गण्डक कमाण्ड क्षेत्रभित्र वर्षेनी भइरहेको नोक्सानीको क्षतिपूर्तिको माग सुनुवाइ नभएको भन्दै गण्डकपीडितले पुनः फेरि पानी रोकौ आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका हुन् ।  गण्डक सम्झौताको मर्मअनुरुप भारतले काम नगरिदिएका कारण पश्चिम नवलपरासीका साविक १३ गाविस क्षेत्रका बालीनाली सबै डुबानमा..

    कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने: प्रधानमन्त्री ओली

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    काठमाडौँ, ३ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुन लागेको बताएका छन् ।  मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा उनले विगतमा कम्युनिष्ट कहिले फुट्ने र कहिले जुट्ने गरेको उल्लेख गर्दै अब दुई पार्टी कहिल्यै नफुट्ने गरी पार्टी एकीकरण..

    मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा दासढुङ्गामा श्रद्धाञ्जलि सभा

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    चितवन, ३ जेठ २०५० साल जेठ ३ गते नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटना भएको स्थल दासढुंगामा बिहिबार विहान उनिहरुको २५ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो ।  नेकपा (एमाले) चितवनले आयोजना गरेको सो कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, प्रदेश ३ का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, एमाले नेता केशवलाल श्रेष्ठ, नेकपा (माओवादी..

    एमाले-माओवादी केन्द्र एकता घोषणाको तयारी, कार्यकर्ताहरू उत्साहित

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    काठमाडौँ, ३ जेठ : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ ।  आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ । समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि आजै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता हुने पत्रकार सम्मेलनबाट घोषणा..

    प्रधानमन्त्री मोदी नेपाल आउँदा मुलुकको परराष्ट्र नीति अपरिपक्व: नेता भट्टराई

    बुधबार, जेष्ठ २, २०७५ साल
    दमौली, तनहुँ २ जेठ पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशको परराष्ट्रनीति अपरिपक्व रहेको बताएका छन् ।  तनहुँको व्यास नगरपालिकामा बुधबार  आयोजित अन्तर्क्रियामा डा. भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा परराष्ट्र नीति अपरिपक्वका कारण धेरै विदेशी चलखेल बढेको बताए ।  “आन्तरिक मामिलामा सबै मिलेर अडान राख्न नसक्नु ठूलो कमजोरी नै देखियो” डा. भट्टराईले भने । मुलुकलाई विकास..

    गोरखा जिल्लाको धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश !

    बुधबार, जेष्ठ २, २०७५ साल
    पोखरा, २ जेठ प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखा जिल्लाको धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश गरेको छ । मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले गाउँपालिकाको केन्द्र परिवर्तन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनलाई आधार मानेर वडा नं ५ को गुण्डाबाट माछेखोलामा सार्न दुई तिहाइ गाउँपालिकाका सदस्यले गरेको निर्णयअनुसार सम्बन्धित मन्त्रालयमा केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरिएको जानकारी..

    प्रदेश नं ३ को मन्त्रिपरिषद् बैठक: विधेयक पास नभएसम्मका लागि तलब सुविधा लिन सक्ने !

    बुधबार, जेष्ठ २, २०७५ साल
    हेटौँडा, २ जेठ प्रदेश नं ३ का मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यले तलब तथा अन्य सेवासुविधा लिन विधेयक पारित हुने समयसम्म कुर्नु नपर्ने भएको छ ।  बुधबार  बसेको प्रदेश नं ३ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभामा छलफलका क्रममा रहेको सेवासुविधा सम्बन्धी विधेयक पास नभएसम्मका लागि तलव र अन्य सेवासुविधा लिन सक्ने निर्णय गरेको हो ।  सरकारका प्रवक्ता एंव आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले..

    कुन सेवा कहाँबाट लिने-दिने भन्नेमा सेवाग्राही र जनप्रतिनिधि दुबै अन्यौलमा !

    बुधबार, जेष्ठ २, २०७५ साल
    ललितपुर, २ जेठ विद्यालयको नाममा रहेको रकम एउटा बैँकबाट अर्कोमा सार्नका लागि सिफारीस माग्न केही दिन पहिले प्रगति शिक्षा सदन माध्यामिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे जिल्ला शिक्षा कार्यालय पुगे । उक्त कार्यालयमा कार्यरत कर्मचारीले उनीलाई अहिले कार्यालयले गर्ने काम महानगरपालिकाले गर्ने भन्दै महानगरापलिका जान भने । महानगरपालिकाबाटै शिक्षा कार्यालय पठाएकाले यहाँ आएको जानकारी दिंदै उनी भन्छन्, “सानो काममा पनि यता र उता..

    मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले–माओवादीबीच यसरी हुँदैछ पार्टी एकता !

    बुधबार, जेष्ठ २, २०७५ साल
    काठमाडौँ, जेठ २  मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन् । २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो ।  केही नाटकीय घटनाक्रम विकसित भएन भने बिहिबार एमाले र माओवादीवीच पार्टी एकताको घोषणा हुँदैछ । उच्च राजनीतिक स्रोतका अनुसार बिहिबार विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने,..

    प्रदेश नं २ का मुख्यमन्त्रीको राजीनामा माग, हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकोमा आपत्ति

    बुधबार, जेष्ठ २, २०७५ साल
    काठमाडौँ, २ जेठ नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।  पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको प्रदेश सरकार तथा त्यसका मुख्यमन्त्रीले विदेशका प्रधानमन्त्रीसमक्ष नेपालको आन्तरिक..

    पार्टीको एकताबारे अन्योल चिर्न प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

    बुधबार, जेष्ठ २, २०७५ साल
    काठमाडौँ, २ जेठ पार्टीको एकता प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ ।  पार्टी एकताबारे ढिलाइ र अन्योल चिर्न आजको भेटवार्ता निर्णायक हुनसक्ने ठानिएको छ । आजै साँझ एमालेले स्थायी कमिटीको बैठक समेत बोलाएको छ । ..

    मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमणका मुख्य योजनाकार बोगटी पक्राउ

    बुधबार, जेष्ठ २, २०७५ साल
    भक्तपुर, २ जेठ : मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले पक्राउ गरेको छ ।  मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार बोगटी पक्राउ परेका हुन् ।  महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कालीकोट रुप्सा–५ घर..

    प्रधानमन्त्री ओलीको बालुवाटारमा सम्बोधन : सरकारले तीव्र विकास चाहेको छ

    मंगलवार, जेष्ठ १, २०७५ साल
    काठमाडौँ १ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र विकास गर्न चाहेको बताएका छन् ।  प्रदेश नं २ का सांसदहरुको सर्वदलीय प्रतिनिधिमण्डललाई मंगलबार  बालुवाटारमा सम्बोधन गर्दै उनले देशको विकासका लागि हिमाल पहाड तराईका जनता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।  प्रधानमन्त्री ओलीले विकासका लागि अरूको मुख ताक्ने र दोष अरूलाई दिएर आफू उम्कन नहुने भन्दै विकासका लागि आफैँ अग्रसर हुनुपर्ने..

    नरेन्द्र मोदीको कारणले राजपा र फोरमभित्र फैलियो तरंग, होला त पार्टी एकता ?

    मंगलवार, जेष्ठ १, २०७५ साल
    काठमाडौं, जेठ १  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किसके ।  तर, मोदी भ्रमणको ‘साइड इफेक्ट’ दुई मधेसी पार्टीमा देखिएको छ ।  उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोेरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरणको विषय बाहिर आएको छ ।  फोरम नेपाल र राजपा नेपालका शीर्ष नेताहरुले प्रधानमन्त्री मोदीलाई भेटेपछि यो कुरा चर्चामा आएको हो ।..

    एमाले र माओवादीबीचको पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल

    मंगलवार, जेष्ठ १, २०७५ साल
    काठमाडौँ, १ जेठ नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता चाँडो गर्ने विषयमा मंगलबार छलफल भएको छ ।  ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।  साम्यवादका..
    Weather Forecast