आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    ५ राजनीतिक दललाई ३ दिनभित्र उम्मेदवारको विवरण पठाउन निर्देशन

    शुक्रबार, माघ २६, २०७४ साल
    काठमाडौँ, २६ माघ : प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ स्थान प्राप्त गरेका पाँच राजनीतिक दललाई तीन दिनभित्र उम्मेदवारको नामावलीको विवरण पठाउन निर्देशन दिइएको छ ।  समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे औपचारिक रुपमा जानकारी दिँदै आयोगले यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समानुपातिक र समावेशिताको आधार मिलाएर यही माघ २९ गतेभित्र पठाउन दलहरुलाई पत्रचार गरिएको जनाएको छ । आयोगका अनुसार समानुपातिकतर्फ..

    'गुणस्तर तथा नापतौल कार्यालय' ले गर्यो १० उद्योगलाई उपस्थित हुन पत्राचार

    शुक्रबार, माघ २६, २०७४ साल
    काठमाडौँ, २६ माघ  ।  नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले ललितपुरका १० उद्योगलाई तीन दिनभित्र उपस्थित हुन पत्राचार गरेको छ ।  कार्यालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई यही पुसमा गरेको अनुगमनका क्रममा तौलने यन्त्रको प्रयोग नियमित गराउन जानकारी गराएकोमा अहिलेसम्म अटेर गरेपछि तीन दिनभित्र उपस्थित हुन पत्र काटेको हो ।  कार्यालयले आज शुक्रबार नेपलिज हेण्डिक्राफ्ट, केबी पेट, विजु प्लास्टिक उद्योग प्राली,..

    प्रदेश नं १ को 'प्रदेशसभा संसदीय दल' को नेता बन्न मनोनयन दर्ता

    शुक्रबार, माघ २६, २०७४ साल
    विराटनगर, २६ माघ  ।  नेकपा(एमाले) बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज दुई जना बीच मतदान हुने भएको छ ।  संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहनुभएका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका पूर्वमन्त्री शेरधन राईले आज बिहान ११ः३० बजे जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराएका हुन्  ।  आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ..

    जापान सहयोगमा निर्मित 'गणेशमान सिंह कम्युनिटी सेन्टर' हस्तान्तरण

    शुक्रबार, माघ २६, २०७४ साल
    काठमाडौँ, २६ माघ  ।  जापान सरकारको सहयोगमा निर्मित गणेशमान सिंह कम्युनिटी सेन्टर हस्तान्तरण भएको  छ ।  जापान सरकारको रु ८१ लाख लागतमा काठमाडौँको तिनकुनेमा निर्माण भएको उक्त सेन्टरको आज नेपालका लागि जापानी राजदूत मासासी ओगावाले गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहलाई हस्तान्तरण गरेका हुन्  ।  फाउण्डेशनका अध्यक्ष एवं काँग्रेसका नेता सिंहले नेपाल–जापानको छ दशक लामो मैत्रीसम्बन्धलाई जनस्तरमा थप प्रगाढ बनाउन जापान सरकारले सेन्टर निर्माण..

    अस्थाई राजधानी बुटवलको भौतिक पूर्वाधार व्यवस्थापन गर्दै प्रदेश नं ५

    शुक्रबार, माघ २६, २०७४ साल
    भैरहवा, माघ २७  । सरकारले प्रदेश नं ५ को अस्थायी राजधानी बुटबल तोकेपछि अहिले यहाँको भौतिक पूर्वाधार व्यवस्थापन तीब्र रुपमा अगाडि बढाइएको छ ।  यस प्रदेशमा मुख्यमन्त्रीको कार्यालय, मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय बस्ने भवन र निवासका लागि भवन छान्ने काम अन्तिमचरणमा पुगेको रुपन्देही जिल्ला प्रशासन कार्यालयले जानाएको छ ।  सरकारले अस्थायी राजधानी भनेकाले नयाँ संरचनाको निर्माण भन्दा पनि पुराना संघ संस्थाका र सरकारी भवनलाई..

    मोरङको बिराटनगरमा चोरीका तीन मोटर साइकलसहित चोर पक्राउ

    शुक्रबार, माघ २६, २०७४ साल
    विराटनगर, २६ माघ  ।  चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेका हुन्  ।  मोरङका प्रमुख उपरीक्षक अरुणकुमार विसीले गएको मंसिर २३ गते नेपाल टेलिकम कार्यालयको प्राङगणबाट चोरी भएको को ५प ९६०५..

    कपिलवस्तुमा झापाबाट चार वर्षअघि हराएका बालक फेला परे

    शुक्रबार, माघ २६, २०७४ साल
    जितपुर कपिलवस्तु, २६ माघ  ।  चार वर्षअघि हराएका एक बालकलाई फेलापारी यहाँ ल्याइएको छ । झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्जाव घुम्न गएका थिए ।  मामाले पञ्जाबमा आफ्नै पसलमा उनलाई काममा लगाएका थिए तर एक दिन मामा पर्नेले पसल बन्द गरी जानकारी नै नदिइ भागेको बालक सुनिलले बताए । भारतमा बेवारिसे भएर डुलिरहेका बेला..

    यी हुन् प्रदेश नं ६ बाट निर्वाचित बाम गठबन्धनका 'राष्ट्रियसभा सदस्य'

    शुक्रबार, माघ २६, २०७४ साल
    सुर्खेत, २६ माघ । राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं ६ बाट निर्वाचित भएका वाम गठबन्धनका उम्मेदवार विभिन्न पृष्ठभूमिबाट आएका छन् । महिला तथा खुला सदस्य तीन-तीन र अपांग-अल्पसंख्यकमा एक र दलितमा एक गरी राष्ट्रियसभामा आठजना निर्वाचित भएका छन् । वाम गठबन्धनको भागबण्डाअनुसार यो प्रदेशमा नेकपा (एमाले)का तर्फबाट खुलातर्फ रुकुम पश्चिमका ठगेन्द्र पुरी, जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, महिलातर्फ हुम्लाकी कविता बोगटी, सुर्खेतकी नन्दा शर्मा (चपाई)..

    प्रदेश नं ३ मा डोरमणि पौडेल संसदीय दलको नेतामा विजयी, अष्टलक्ष्मी शाक्य पराजित

    शुक्रबार, माघ २६, २०७४ साल
    काठमाडौं, माघ २६ ।  प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् । संसदीय दलको नेता चयन गर्न भएको चुनावबाट ३४ मत ल्याएर पौडेल विजयी भएका हुन् ।  उनका प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य २४ मत ल्याएर पराजित भइन् । संसदीय दलको नेतामा निर्वा्चित भएसँगै डोरमणि प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्रीको दाबी गर्दै..

    प्रदेश नं १ : भिम आचार्य र शेरधन राई मुख्यमन्त्रीको होडमा

    शुक्रबार, माघ २६, २०७४ साल
    मोरङ, माघ २६ ।  प्रदेश नम्बर १ मा एमाले संसदीय दलको नेताका लागि भिम आचार्य र शेरधन राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । सहमतिको लागि भन्दै जीवन घिमिरेले भने उम्मेदवारी नै दर्ता गराउनुभएन ।  अब मुख्यमन्त्री बन्ने बाटोको रुपमा रहेको संसदीय दलको नेताका लागि आचार्य र राईबीच प्रतिस्पर्धा हुने भएको हो । तुलसी न्यौपाने प्रस्तावक र गणेश काम्बाङको समर्थनमा आचार्यको उम्मेदवारी परेको..

    भूकम्पपीडितले पाउने दोस्रो किस्ताको अनुदान रकमको समयावधि थप

    शुक्रबार, माघ २६, २०७४ साल
    काठमाडौं, माघ २६ ।  सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गरेको छ । शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई प्रदान गरिने दोस्रो किस्ताको रकम वितरण गर्ने म्याद चैत मसान्तसम्म र्पुयाउने निर्णय गरेको हो । दोस्रो किस्ता लिने म्याद थपिएसँगै यसअघि २०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीले आगामी चैत मसान्तसम्म दोस्रो किस्ताको..

    गोरखालाई विकासमा 'देशकै नमूना' जिल्ला बनाउँछौँ : पूर्व प्रधानमन्त्री भट्टराई

    शुक्रबार, माघ २६, २०७४ साल
    गोरखा, २६ माघ  ।  नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गोरखालाई विकासमा नमूना बनाउने बताएका छन् ।  ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्ला बनाउने प्रण भट्टराईको छ ।  गोरखाको मानव सेवा आश्रमले गरेको स्वागत तथा सम्मान कार्यक्रममा शुक्रबार उनले स्थानीय, प्रदेश र केन्द्रीय तहमा निर्वाचित जनप्रतिनिधिहरु मिलेर गोरखा विकासमा साझा योजना बनाउँदै..

    निर्वाचनबाट प्राप्त मत परिणाम अनुसार प्रतिनिधिसभा समानुपातिकको सीट बाँडफाँड आज

    शुक्रबार, माघ २६, २०७४ साल
    काठमाडौं, माघ २६ ।  प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट शुक्रबार हुने भएको छ । प्रतिनिधिसभा सदस्यको चुनावबाट प्राप्त मत परिणाम अनुसार सीट संख्या शुक्रबार घोषणा गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।  शुक्रबार सीट बाँडफाँड गरी राजनीतिक दलहरुलाई नाम सिफारिस गर्न तीन दिनको समय दिइनेछ । राजनीतिक दलले आउँदो सोमबारसम्ममा नाम पठाइसक्नुपर्ने र त्यसपछि दुई दिन नाम सच्याउने समय दिएर विजयीको नाम..

    एकतापछि पार्टीको नाम 'नेपाल कम्युनिष्ट पार्टी' रहने छ : एमाले नेता नेपाल

    शुक्रबार, माघ २६, २०७४ साल
    टीकापुर, २६ माघ।  नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने बताएका छन् । शुक्रबार  टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उनले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्र रहने बताए  ।  “२००६ सालमा पुष्पलाल श्रेष्ठले..

    मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले पार्टी एकता गर्ने

    शुक्रबार, माघ २६, २०७४ साल
    काठमाडौँ, २६ माघ :  मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता अगाडि बढेको जनाएका छन् ।  महासचिवद्वय वैद्य र चन्दले बिहीबार संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा दुवै पार्टीका शीर्ष नेताहरु सम्मिलित बैठकले तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने निर्णय गरेको उल्लेख छ ।  राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर पहिल्यैदेखि सञ्चालन गरिँदै..

    द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ठमेलबाट पक्राउ, मानव बेचबिखन तथा ओसारपसारको मुद्दा

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २५ माघ : प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ ।  दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।  काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिनका..

    सरकारद्वारा सगरमाथाको उचाइ नाप्न सुरू, विश्वकै दक्ष विज्ञहरू सहभागी

    बिहिवार, माघ २५, २०७४ साल
    २५ माघ, काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न आवश्यक गृहकार्य सरकारले शुरु गरे पनि त्यसले गति लिन सकेको थिएन  । सगरमाथाको उचाइ नाप्न भूमि सुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले स्थलगत रुपमा प्रारम्भिक चरणको काम शुरु गरे पनि प्राविधिक कारणवश त्यसले गति लिन नसकेको स्वयं विभागकै अधिकारीहरू स्वीकार्छन् । मापन कार्य शुरु गर्नुपूर्व विभागले गत मंसिर २५ र २६ गते भारत, चीन,..

    ‘प्रजातन्त्र दिवसलाई संविधान र संघीय संरचना कार्यान्वयन दिवसका रुपमा मनाऔं’

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २५ माघ :   सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यसपटकको ६८ औं प्रजातन्त्र दिवस संविधान र संघीय संरचना कार्यान्वयन दिवसका रुपमा मनाउनुपर्ने बताएका छन् ।    प्रजातन्त्र दिवस, प्रचारप्रसार उपसमितिको बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा बसेको बैठकमा उनले भने, “यसपटकको प्रजातन्त्र दिवस संविधान र संघीय संरचना कार्यान्वयनका दृष्टिले विशेष महत्व राख्दछ, योभन्दा अर्काे खुशी केही हुनै सक्दैन, अब मुलुकमा राजनीतिक स्थायित्व भई..

    कलियुगको पराकाष्ठा : जबर्जस्ती करणीमा ८० वर्ष सम्मको संलग्नता

    बिहिवार, माघ २५, २०७४ साल
    हेटौँडा, २५ माघ।  हेटौँडा पुनरावेदन अदालत, मकवानपुर जिल्ला अदालत र भीमफेदी कारागारबाट प्राप्त तथ्यांकअनुसार जबर्जस्ती करणीमा किशोरदेखि ८० वर्षसम्मका वृद्धको संलग्नता देखिएको छ भने पीडितमा पाँच वर्षीया बालिकादेखि माथिका आफ्नै छोरीमाथि पनि जबर्जस्ती गर्ने समेतको मुद्दा दर्ता छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०६९-०७० मा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगसँग सम्बन्धित १६ वटा उजुरी परेकामा २०७३-०७४ मा ३३ वटा उजुरी..

    पार्टी एकता सुनिश्चित गर्दै नयाँ सरकार गठन गर्नेछौं : एमाले नेता नेपाल

    बिहिवार, माघ २५, २०७४ साल
    धनगढी, २५ माघ ।  नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताएका छन्  ।  धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता र सरकार गठनको तयारी सँगैसँगै भइरहेको बताएका छन् ।  उनले सरकार गठन र पार्टी एकताको काम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल..

    बाँकेमा विद्यालय छोड्ने बालश्रमिक बढे, 'बालश्रम न्यूनीकरण योजना' निष्फल बन्दै

    बिहिवार, माघ २५, २०७४ साल
    नेपालगञ्ज, २५ माघ ।  बाँके जिल्लाका विभिन्न विद्यालयमा भर्ना भएका बालश्रमिकले विद्यालय छाड्ने क्रम बढ्दै गएको छ ।  विभिन्न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारी सम्मिलित टोलीले जिल्लामा पटक पटक भएको संयुक्त अनुगमनबाट यो तथ्यांक बाहिर आए पनि न्यूनीकरणको ठोस उपाय पहिल्याउन सकिएको छैन ।  बाल दिवस, शिक्षा दिवस, विद्यालय भर्नालगायतका अभियानका अवसरमा बालश्रमिकका अभिभावकलाई सम्झाइ, बुझाइ विद्यालय भर्ना गरिए पनि तिनलाई रोजगारको विकल्प दिन..

    बिराटनगरमा प्रदेश नं १ का निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण

    बिहिवार, माघ २५, २०७४ साल
    विराटनगर, २५ माघ ।  प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई  आज विहिबार  यहाँ प्रमाणपत्र वितरण गरियो ।  मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नव निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गरेका थिए  ।  सो अवसरमा निर्वाचित सांसदहरु नैनकला ओझा (मोरङ), खेमराज नेपाली (मोरङ), हरिचरण शिवाकोटी (झापा), परशुराम मेघी गुरुङ..

    पाल्पाको रैनादेवी स्थित भुवनपोखरीमा मुहान सुक्दा खानेपानीको अभाव

    बिहिवार, माघ २५, २०७४ साल
    पाल्पा, २५ माघ ।  पाल्पा जिल्लाको रैनादेवी छहरा–३, भुवनपोखरीमा खानेपानीका मुहान सुक्दा खानेपानीको अभाव हुन थालेको छ ।  हिउँदमा पानी नपरेपछि यहाँका पानीका मुहान सुक्ने र कुवामा समेत पानी कम हुन थालेपछि पानीको अभाव यस वर्ष छिटो शुरु भइसकेको छ । स्थानीय बासिन्दाले प्रयोग गर्ने खानेपानी मुहानमा अहिले पानी सुकिसकेपछि स्थानीय बासिन्दाले पानीका लागि घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता बढेको हो ।  आकाशे पानी संकलन..

    प्रदेश नं ६ बाट वाम गठबन्धनका आठवटै उम्मेदवार विजयी

    बिहिवार, माघ २५, २०७४ साल
    सुर्खेत, २५ माघ ।  बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा ६ नं प्रदेशबाट आठैजना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  महिला र खुलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी वाम गठबन्धनका खुलातर्फका कालीबहादुर मल्ल, भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र पुरी तथा महिलातर्फका युटुल तामाङ, कविता बोगटी र नन्दा शर्मा (चपाई) विजयी भएका छन् । त्यस्तै, दलिततर्फ नरपति लुहारले तीन हजार ६६६ र अपाङ्ग-अल्पसंङ्ख्यकतर्फ जीवनबहादुर..

    सप्तरीको 'लक्ष्मीपुर पतारी' गाउँपालिका बन्यो 'बाबा हरिसिंह देव गाउँपालिका'

    बिहिवार, माघ २५, २०७४ साल
    लहान, २५ माघ ।  सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पहिलो गाउँसभाले गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय गरेको छ ।  परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले चिनिने भएकाले गाउँसभामार्फत गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिए।  यस्तै गाउँसभाले आर्थिक वर्ष २०७४-०७५ का लागि रु २६ करोड ४३ लाख..

    राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिमको मत परिणाम सार्वजनिक

    बिहिवार, माघ २५, २०७४ साल
    पोखरा, २५ माघ ।  राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कुल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसकी बिन्दादेवी आले (राना) तथा नेकपा (एमाले)का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित भएका  क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए  ।  त्यस्तै दलित तर्फबाट नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक निर्वाचित..

    रोल्पाबाट आर्थिक वर्ष २०७४ -२०७५ मा मात्रै ३१ जना बेपत्ता

    बिहिवार, माघ २५, २०७४ साल
    लिबाङ, रोल्पा, २५ माघ  ।  जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४-७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन् । यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिए  ।  हराएका मध्ये एक बालक र तीन महिला फेला परेको भए पनि अन्य चार बालकसहित २७ जनाको अवस्थाका बारेमा परिवार..

    अब छिट्टै राजीनामा दिने तयारी गर्दै प्रधानमन्त्री देउवा, जनमतको कदर गर्ने

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, माघ २५ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन महिनाको पहिलो साता भित्रै राजीनामा दिने तयारी गरेको बुझिएको छ । प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वमा देशका सबै निर्वाचन सम्पन्न भएको भन्दै आफूलाई राजिनामा दिन कुनै समस्या नरहेको यस अघि देखि नै बताउँदै आएका छन् । निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै प्रम देउवाले राजीनामा दिन लागेका हुन् ।  राष्ट्रिय सभाको समेत..

    प्रदेश नं १ को दुवै सिटमा वामगठबन्धनको उम्मेदवार विजयी

    बुधबार, माघ २४, २०७४ साल
    विराटनगर, माघ २४ । प्रदेश १ मा राष्ट्रिय सभा सांसदका दुई सिटका लागि भएको चुनावमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । सार्वजनिक मतपरिणाम अनुसार दुईवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । दलिततर्फ एमालेका खेम नेपाली ६ हजार २ सय ७० मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धी कांग्रेसका बिन विश्वकर्माले दुई हजार ८३२ मत प्राप्त गरे । उक्त..

    प्रदेश नं १ को मतदात सम्पन्न, मतपरिणाम आजै आउन सक्ने

    बुधबार, माघ २४, २०७४ साल
    विराटनगर, माघ २४।  प्रदेश एकको राष्ट्रियसभा सांसदको मतदान सकिएको छ । तीन सय ६७ जना मतदात रहेकोमा ३ सय ६४ जनाले मतदान गरेका छन् । २७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुख र ९२ जना प्रदेश सांसदले मतदान गरेका हुन् । एक जना प्रदेश सांसद र दुई जना स्थानीय तहका प्रतिनिधिले भने मतदान गरेका छैनन् । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका..
    Weather Forecast