बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    सुन तस्करीका अभियुक्त 'डेविटर डाक्टर' भनिने छिरिङ वाङ्गेलद्वारा आत्मसमर्पण !

    आईतवार, जेष्ठ २०, २०७५ साल
    काठमाडौं, २० जेठ  २०६९ सालदेखी सुन तस्करी गर्दै आएका राप्रपा (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङका सालो नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेलले आत्मसमर्पण गरेका छन् ।  आइतबार वाङ्गेल मोरङ जिल्ला अदालतमा उपस्थित भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) मनोज केसीले भने, ‘छिरिङ अदालतमा उपस्थित भएका छन्, अब केहीबेरमा बयान शुरु हुन्छ ।’ चुडामणि उप्रेती ‘गोरे’को समूहले दुबईबाट ल्याएको ३३ केजी..

    काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छ : रमेश लेखक

    आईतवार, जेष्ठ २०, २०७५ साल
    बाजुरा, २० जेठ नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक आधारभूत अधिकार र लोकतान्त्रिक गणतन्त्र सरकारले सुरक्षित गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाजुराले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले संविधानको ग्यारेण्टी तथा मौलिक हक अधिकार सुनिश्चितता गर्दै लैजान सरकारलाई आग्रह गरे ।   सबै राजनीतिक दलको सहकार्यमा नै संविधान कार्यान्वयन भएको लेखकको भनाइ थियो । काँग्रेसको नेतृत्वमा नै मुलुकले..

    खुल्यो रहस्य : यस्तो रहेछ एमाले-माओवादीबीच एक्कासी पार्टी एकता हुनुको कारण !

    आईतवार, जेष्ठ २०, २०७५ साल
    काठमाडौँ,२० जेठ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई पार्टीको एकता हुन नदिन देशी, विदेशी शक्ती लागेको हुनाले एक्कासी मिति घोषणा गरेर एकता गरिएको बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित ढिकुरपोखरीमा शनिबार आयोजित कार्यक्रममा एकताको मिति घोषणा गरि लामो समय राखेमा षडयन्त्र हुन सक्ने भएकाले कसैलाई थाहा नदिइ एक्कासी मिति घोषणा गरेर एकता गरेको बताएका हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई पार्टीको..

    संघीय फोरम आएसँगै संसद्मा सरकार झनै बलियो भयो : नेता पौडेल

    आईतवार, जेष्ठ २०, २०७५ साल
    बागलुङ, २० जेठ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँग एकता हुन सक्ने संकेत गरेका छन् ।  “हामी कम्युनिष्टहरु समेट्दै जान्छौँ, नेपाली काँग्रेसले पनि नजिकका दलहरुलाई एकतामा ल्याओस्”, उनले भने ।  आईतबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एकताका लागि छलफल अघि बढेको बताए । पौडेलले बृहत् ध्रुवीकरणमार्फत एउटै कम्युनिष्ट पार्टी बनाउन पहल भइरहेको उल्लेख गरे ।  नेता पौडेलले मुलुकको..

    प्रधानमन्त्री ओलीले प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने

    आईतवार, जेष्ठ २०, २०७५ साल
    हेटौँडा, २० जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे प्रदेश नं ३ को प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।  प्रदेशसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार नै हेटौँडामा मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रीसँग भेटघाट गर्ने छन् ।  उनले जिल्ला समन्वय परिषद् मकवानपुर, हेटौँडा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख, उद्योगपति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत भेटघाट गर्ने तालिका रहेको मुख्यमन्त्री..

    मन्त्री आफै सवारीसाधनको प्रदूषण छड्के चेकजाँच गर्न सडकमा उत्रिए

    आईतवार, जेष्ठ २०, २०७५ साल
    काठमाडौँ, २० जेठ गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले आईतबार थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदूषणको छड्के चेकजाँच गरेका छन् ।  विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आईतबार मन्त्रीद्वय सडकमै पुगेर प्रदूषण चेकजाँचमा सहभागी भएका हुन् ।  उनले धुलो र प्रदूषण बढ्नुमा भ्रष्टचार पनि जोडिएको भन्दै यसलाई निस्तेज पारिने बताए । वातावरणमन्त्री बस्नेतले वातावरण..

    अब माडीका जनताले उत्पादित सामग्री निकुञ्जबाट ल्याउन पाउने

    आईतवार, जेष्ठ २०, २०७५ साल
    रत्ननगर, चितवन, २० जेठ दक्षिण चितवनको माडीका जनताले अब तोकिएका सामग्री निकुञ्जबाट ल्याउन पाउने भएका छन् ।  माडी नगरपालिका र स्थानीय जनताको लामो प्रयासपछि चितवन राष्ट्रिय निकुञ्जले माडीबाट तोकिएका सामग्री ल्याउन दिने भएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले निकुञ्ज विभागले तोकेर परिपत्र गरेकाले ती सामग्रीलाई चेकजाँच गरी भरतपुर लैजान दिने जानकारी दिए ।  सो निर्णयसँगै अब माडिका जनताले..

    बजेटमाथि उठेका विविध प्रश्नको आज जवाफ दिदै अर्थमन्त्री खतिवडा

    आईतवार, जेष्ठ २०, २०७५ साल
    काठमाडौ, २० जेठ । सरकारले हालै संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५–२०७६ को बजेटमाथि विविध प्रश्न उठेका छन् । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसअघिदेखि नै बजेटको आलोचना गरिरहेको छ भने अन्य कतिपय दलका नेतहरुले समेत बजेट चित्तबुझदो नभएको प्रतिक्रिया दिइरहेका छन् । यस्तो अवस्थामा आज अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका विभिन्न विषयमाथि उठ्ने सवालहरुमाथि जवाफ दिने भएका हुन्..

    त्यो कहालीलाग्दो रात जसले संसारलाई स्तम्भ बनायो, दरवार हत्याकाण्डको १७ बर्ष पूरा

    शनिबार, जेष्ठ १९, २०७५ साल
    काठमाडौँ,१९ जेठ राजा विरेन्द्र शाहको बंश नाश हुने गरि हत्या भएको आज १७ बर्ष पूरा भएको छ।  आज राजा विरेन्द्रलाई सम्झनेहरुले ललितपुरको जावलाखेल चोकमा रहेको राजा विरेन्द्रको शालीकमा माल्यार्पण गरि श्रद्धासुमन व्यक्त गरेका छन्। २०५८ साल जेठ १९ गते दरवार भित्र भएको गोलीकाण्डमा तत्कालीन राजा विरेन्द्र शाहको राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो। विरेन्द्रको अवसान पछि नेपालमा मात्र ४ बर्ष ज्ञानेन्द्र शाहले..

    भौतिक पूर्वाधारको विकासमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कायवाही गरिने: गृहमन्त्री थापा

    शनिबार, जेष्ठ १९, २०७५ साल
    ताप्लेजुङ, १९ जेठ गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक समृद्धिको आधार नै भौतिक पूर्वाधारको विकास भएकाले यसमा हेलचक्र्याई गर्न नहुने बताएका छन् ।  अहिलेको सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धि भएकाले यसमा सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए । शनिबार यहाँ मन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडाइका साथ कारबाही गर्ने तर्फसमेत सरकार केन्द्रित भएको उल्लेख..

    विप्लव समूहले चुनाखानीको एक्साभेटर जलायो, घटनास्थलबाट कसको पर्चा भेटियो ? थाहा पाउनुस्

    शनिबार, जेष्ठ १९, २०७५ साल
    रत्ननगर, चितवन, १९ जेठ : पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ ।  शक्तिखोर बजार नजिकै सम्फ¥याङमा राखिएको एक्साभेटरमा आज बिहान करीब ४ बजेतिर आगो लगाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएका हुन् ।  गाडीमा केही जल्ने वस्तु..

    निर्माण व्यवसायीको लापर्वाहीका कारण दशैँअगावै मेलम्चीको पानी आउन कठिन

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ निर्माण व्यवसायीको लापर्वाहीका कारण मेलम्ची खानेपानी आयोजना आगामी दशैँअगावै सम्पन्न हुन कठिन हुने भएको छ ।  इटालियन कम्पनी सिएमसीले तोकिएको कार्यतालिकानुसार काम गरेको छैन । खानेपानी तथा सरसफाइ मन्त्रालयले पटक पटक निर्माण व्यवसायीलाई काममा तीव्रता दिन गरेको अनुरोधसमेत निर्माण व्यवसायी कम्पनीले अटेर गर्दै आएको छ । आगामी असोजभित्र काठमाडौँ उपत्यकामा पानी ल्याउने सरकारको योजनामा ढिलाइ भइरहेकामा मन्त्रालयले तीव्र असन्तुष्टि..

    “बजेट न त बाइपंखी घोडा न कछुवाको गतिमै कार्यान्वयन हुन्छ, हामी हाम्रै गतिमा हिँड्छौं”

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार दुई तिहाइ बहुमतको भए पनि आर्थिक अनुशासनभित्र रहेर चल्ने बताएका छन् ।  राष्ट्रियसभामा आव २०७५-७६ को आयव्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत र सजग छ भने ।  अर्थमन्त्री खतिवडाले भने, “कुन मुलुक विश्वमा यस्तो छ, राज्यलाई प्रभावकारी भूमिकामा नराखी समाजवादी अर्थतन्त्र ल्याएको..

    खानेपानी लिमिटेडले कानून नमान्दा उपभोक्ता गुणस्तरीय पानी पिउनबाट वञ्चित

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कानून बमोजिम तिर्नुपर्ने वार्षिक आयको २ प्रतिशतले हुने रु तीन करोड ३१ लाख ७८ हजार नतिर्दा उपभोक्ता गुणस्तरीय पानी पाउनबाट वञ्चित भएका छन् ।  खानेपानी महसुल निर्धारण आयोग ऐन २०६३ मा पानी व्यवस्थापनका लागि स्थापना हुने कम्पनीले वार्षिक आयको दुई प्रतिशत बुझाउनुपर्ने व्यवस्था छ । यसरी बुझाइएको रकम उपयोग गरेर आयोगलाई खानेपानी संरचनाको अनुगमन, नमूना..

    पाल्पाको तानसेनमा बस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शेरबहादुर देउवाद्वारा समवेदना प्रकट

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौं, १८ जेठ नेपाली काँग्रेसका सभापति  देउवाले पाल्पाको तानसेनबाट रामपुरतर्फ गइरहेको यात्रीबाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।  पार्टी सभापति देउवाले शुक्रबार एक शोक सन्देश जारी गरी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।  शुक्रबार बिहान पाल्पाको रम्भा गाउँपालिका–४ मा भएको उक्त दुर्घटनामा परी १२ जनाको मृत्यु हुनाका साथै १५ जना घाइते भएका थिए । ..

    प्रदेश नं ४ को प्रदेशसभा बैठक : सवल र समृद्ध प्रदेश बनाउने बजेट ल्याउनुपर्नेमा जोड

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    पोखरा, १८ जेठ प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकमा बोल्ने अधिकाँश सदस्यले आगामी बजेट सवल र समृद्ध प्रदेश बनाउने गरी आउनुपर्नेमा जोड दिएका छन् ।  आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७५÷७६ को बजेट तयारी सन्दर्भमा बिहीबार प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता सम्बन्धमा छलफलमा भाग लिँदै उनीहरुले जनताका भावनालाई समेट्ने गरी बजेट ल्याइनुपर्नेमा जोड दिए ।  आर्थिक..

    राज्यमन्त्री बाँस्कोटा : दुई वर्ष गाली खाने हो, त्यसपछि ताली नै ताली खाने हो

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    बनेपा, १८ जेठ सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशको संविधानले समाजवाद निर्माण गर्ने लक्ष्य लिएको बेला सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्ने बताएका छन् ।  जिल्ला सहकारी संघ लिमिटेडद्वारा शुक्रबार बनेपामा आयोजित ‘स्थानीय विकासमा सहकारीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सहकारी आर्थिक हिसाबले समाजको पक्षपोषण गरेको बताए ।  राज्यमन्त्री बाँस्कोटाले भने, “सहकारी आन्दोलन समाजवादी दिशाको किल्ला हो, यो देश निर्माणको कामसित..

    'हाम्रो काम सरकारको वेईमान' वाग्मती सफाइ अभियानले उठाएको फोहर अझै सडकमै

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ सफाइ अभियानले फोहर उठाएर राखेको एक सातासम्म सडक किनारमै थुप्रिएको छ ।  जेठ १२ गते शनिबार २२४औँ हप्ताको गुह्येश्वरीमाथिको वाग्मती सफाइ सहायक नदी कोलमती किनारमा भएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशीष घिमिरेलगायत पनि सहभागी भएका थिए । अधिकार सम्पन्न वाग्मती समितिका अधिकारीहरु मुहानदेखिकै सफाइ अभियानमा सहभागी भएको स्थलको..

    बाराका विस्थापित भएका बाढीपीडितलाई दुई करोड २९ लाख ५० हजार राहत वितरण

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    कलैया, १८ जेठ  जिल्ला दैवी प्रकोप उद्धार समन्वय समिति बाराले बाढीपीडितलाई रु दुई करोड २९ लाख ५० हजार राहत वितरण गरेको छ । बाढीबाट अंगभंग भएका, घाइते भएका, विस्थापित भएका र मृत्युसमेत भएकाहरुलाई सो रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिए ।  आर्थिक वर्ष २०७४÷७५ साल भदौ महिनामा परेको अविरल वर्षासँगै आएको विनाशकारी बाढीबाट..

    फोरमले मन्त्री छान्यो, उपेन्द्र यादव स्वास्थ्य र मोहम्मद इस्तियाक सहरी विकास मन्त्री

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ  संघीय समाजवादी फोरम, नेपाल दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने टुङ्गो लागेको छ। फोरम अध्यक्षसमेत रहेका उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने टुङ्गो लागेको छ। त्यसैगरी फोरमका तर्फबाट अर्का मन्त्री मोहम्मद इस्तियाक राई बन्दैछन्। उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो नयाँ मन्त्रीहरुको शपथ ग्रहण आजै दिउँसो ३ बजे हे राष्ट्रपति कार्यालयले जनाएको छ। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा सहभागी..

    बेइमान घोषणापत्र ! “ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?”

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ राष्ट्रियसभाको शुक्रबारको बैठकमा आव २०७५-७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल शुक्रबार पनि जारी छ ।  उनले भने, “जनआकांक्षा र मुलुकको आर्थिक अवस्था विश्लेषण गर्दा बजेट अग्रगामी देखिन्छ तर निर्वाचनका बेला घोषणापत्रमा ज्येष्ठ नागरिकलाई रु पाँच हजार सामाजिक सुरक्षा भत्ता पुर्याउने स्पष्ट लेखिएको विषय कहिले कार्यान्वयन हुन्छ ? राजनीतिक क्षेत्र बेइमान भयो भने अरु क्षेत्रबाट इमान होला भनेर आशा..

    राजश्व र व्ययको अनुमानमाथिको छलफलमा अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको शुक्रबारको बैठकमा आव २०७५-७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाएका विषयमा जवाफ दिने भएका छन् ।  बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५-७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा शुक्रबार छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिने कार्यसूचिमा उल्लेख रहेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते..

    मलेसियामा नेपालीकै कुटपिटबाट पर्वतका एक युवाको मृत्यु, शव ल्याउन अझै १ हप्ता लाग्ने

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    फलेवास, पर्वत, १८ जेठ : रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ ।  पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो ।  करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका आफन्त..

    नेपाली खेलकूद क्षेत्रले राखेका अपेक्षालाई सम्बोधन गर्न अधिकतम प्रयास गर्ने : राष्ट्रपति भण्डारी

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौँ, १७ जेठ राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बिहिबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिनन्दन गरेको छ ।  राखेपले राष्ट्रपति भण्डारी राष्ट्रपतिका लागि दोस्रो पटक निर्वाचित भएपछि उनको सफल कार्यकालको शुभकामनासमेत दिएको छ ।  सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली खेलकूद क्षेत्रले राखेका अपेक्षालाई सम्बोधन गर्न अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले भने, “नेपाली खेल क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने..

    पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक छ : सभापति देउवा

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    पोखरा, १७ जेठ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक भएको बताएका छन् ।  काँग्रेस कास्की जिल्ला सम्मेलनको बिहिबार यहाँ उद्घाटन गर्दै उनले अनुशासनहीनताका कारण पार्टी कमजोर बन्दै गएकाले पार्टीमा मौलाएको छाडापन नियन्त्रण र निर्वाचनमा अन्तरघात गर्नेहरूलाई कारवाही नगरिएसम्म पार्टीलाई सबल बनाउन नसकिने धारणा राखे ।  लोकतन्त्र स्थापनाका लागि काँग्रेसले लामो समयदेखि अनवरत संघर्ष गरेको बताउँदै सभापति देउवाले लोकतन्त्रको रक्षाका..

    प्रकृतिलाई विकाससँग जोडेर त्यसको सही सदुपयोग गर्न सक्नुपर्दछ: गृहमन्त्री थापा

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    रत्ननगर, चितवन, १७ जेठ गृहमन्त्री रामबहादुर थापाले प्रकृति र मानवबीचको द्वन्द्वलाई बाधकका रुपमा हेर्न नहुने बताएका छन् ।  जिल्ला विपद् व्यवस्थापन समिति चितवनले बिहिबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने, “प्रकृतिलाई विकाससँग जोडेर त्यसको सही सदुपयोग गर्न सक्नुपर्दछ ।”  गृहमन्त्री थापाले प्रकृतिलाई विनाशका रुपमा मात्रै नहेर्न आग्रह गर्दै मानव र प्रकृतिबीचको द्वन्द्व संसारभरि नै रहेकाले यसलाई न्यूनीकरण गर्न सकिने बताए ।  उनले भने, “हावालाई..

    क्यान्सर रोग विरुद्ध सरकारले ठोस योजना ल्याउँछः मुख्यमन्त्री राउत

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    लहान, १७ जेठ प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरको उपचारसँगै यो रोग लाग्नै नदिन सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  विश्व धूमपानरहित दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले बिहिबार सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा उनले भने, “क्यान्सर रोग बढ्दै गएकाले यो रोग लाग्नै नदिने गरी सरकारले ठोस स्वास्थ्य योजना ल्याउनेछ ।”  मुख्यमन्त्री राउतले क्यान्सर रोग नियन्त्रणका लागि..

    अर्थमन्त्रीले सांसदको अपमान गरेको भन्दै सांसद गजेन्द्रबहादुर महत बैठकमै भक्कानिएर रोए

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौं, १७ जेठ  सांसद गजेन्द्रबहादुर महतले अर्थमन्त्रीले सांसदको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा रोएका छन् । २०७५/७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बिहीबार आफ्नो धारणा राख्दै गर्दा सांसद महत प्रतिनिधि बैठकमै रोएका हुन्। समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको र अर्थमन्त्रीले सांसदको अपमान गरेको टिप्पणी उनले गरे। ‘हिजोका सामन्त र मुखियाहरुले आज बैक थापेर बसेका छन्..

    अमेरिको न्यूयोर्क र थाइल्याण्डको बैंककमा गणतन्त्र र सगरमाथा दिवसको कार्यक्रम

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौँ, १७ जेठ गणतन्त्र एवं सगरमाथा दिवसका अवसरमा अमेरिकी महानगर न्यूयोर्क र थाइल्याण्डको राजधानी बैंककमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् ।  संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोग र न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासले मंगलबार संयुक्त रुपमा ‘विश्वको सर्वोच्च शिखर र त्यसको परिवेश’ शीर्षकमा तस्वीर प्रदर्शनी गरेको थियो ।  उक्त कार्यक्रममा न्यूयोर्कस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै त्यहाँ बसोबास गर्दै आएका..

    कर्मचारीको उमेरहद ५८ नै राख्ने प्रस्ताव कानुन मन्त्रालयमा, आरक्षणमा महिलालाई ५० प्रतिशत !

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौँ, १७ जेठ  निजामति कर्मचारीको उमेरहद ५८ वर्ष कायम राख्ने प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानून मन्त्रालयमा पठाएको छ। काशीराज दाहाल संयोजक रहेको प्रशासन सुधार सुझाव समितिले कर्मचारीको उमेर हद दुई वर्ष थप गरी ६० वर्ष राख्न सुझाव दिए पनि मन्त्रालयले ५८ वर्ष नै राख्ने गरी प्रस्ताव गरेको छ। यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कर्मचारीको उमेरहद बढाउने..
    Weather Forecast