शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाए विश्वासको मत

    मंगलवार, फागुन १५, २०७४ साल
    सुर्खेत, १५ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेससभाको मंगलबार बसेको बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् ।  उनले संविधानको धारा १६८ को उपधारा २ अनुरूप विश्वासको मत माग्दै प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका थिए ।  प्रस्तावको पक्षमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का ३२ सदस्य तथा विपक्षमा नेपाली काँग्रेसका ५ र राप्रपाका एक गरी छ जना सदस्यले मतदान गरेका..

    भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुक विकास हुन सक्दैन : गृहमन्त्री थापा

    मंगलवार, फागुन १५, २०७४ साल
    काठमाडौँ, १५ फागुन :  गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् ।  नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको मंगलबार यहाँ उद्घाटन गर्दै उनले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताए । “भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन,” उनले भने ।  गृहमन्त्री थापाले विदेशिएका युवालाई स्वदेशमा रोजगार प्रदान..

    खानेपानी नआएपछि कार्यालय घेराउ, दिन बिराएर वितरण गरेको कार्यलयको जिकिर

    मंगलवार, फागुन १५, २०७४ साल
    काठमाडौँ, १५ फागुन काठमाडौँ उपत्यकाकै सबभन्दा बढी पानीको स्रोत सुन्दरीजल क्षेत्रकै धारामा डेढ महिनादेखि पानी नझरेपछि स्थानीयवासी महिलाले मंगलबार  खानेपानी र वडा कार्यालय घेराउ गरेका छन् ।  यस क्षेत्रका धारामा माघ लागेदेखि नै पानी खसेको छैन । पानीको स्रोत भएका क्षेत्रमै पानी खोज्न हिँड्नुपरेको जनाउँदै स्थानीय महिलाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका सुन्दरीजल प्रशोधन केन्द्र र गोकर्णेश्वर नगरपालिका वडा नं १ कार्यालय घेराउ..

    होलीमा अभद्र व्यवहार गर्नेमाथि सार्वजनिक मुद्दा, इच्छा विपरीत कसैमाथि रंग, लोला र पानी हान्न नपाईने

    मंगलवार, फागुन १५, २०७४ साल
    भक्तपुर, १५ फागुन महानगरीय प्रहरी परिसर भक्तपुरले होलीका बेला कुनै पनि आपराधिक एवं अवाञ्छित गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने भएको छ ।  परिसरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले फागु पूर्णिमा (होली पर्व)का बेला जिल्लामा कुनै पनि किसिमको आपराधिक एवं अवाञ्छित गतविधि गरे सार्वजनिक अपराध ऐनअन्तर्गत कडा कारबाही गर्ने बताए ।  फागु पूर्णिमाका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताउँदै उनले सुरक्षा योजना तयार गरी..

    उनन्तीस हजार मेगावाट क्षमताका आयोजना निर्माणका चरणमा, अधिकांशमा निजी क्षेत्रको लगानी

    मंगलवार, फागुन १५, २०७४ साल
    काठमाडौँ, १५ फागुन मुलुकको कूल जलविद्युत् क्षमतामध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् ।  जल तथा ऊर्जा आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपालको जलविद्युत्को क्षमता ८२ हजार ८०० मेगावाट रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । कूल क्षमताको ४० प्रतिशत योजना निर्माणको विभिन्न चरणमा रहेका छन् । आयोगले नदी बेसिनका आधारमा जलविद्युत्को क्षमता मापन गरेको हो ।..

    प्रदेश नं ७ का प्रदेशसभा सदस्यलाई अभिमुखीकरण दिइयो

    मंगलवार, फागुन १५, २०७४ साल
    धनगढी, १५ फागुन। प्रदेश नं ७ का प्रदेशसभा सदस्यलाई प्रदेशसभा सञ्चालनसम्बन्धी अभिमुखीकरण दिन थालिएको छ ।  संघीय संसद् सचिवालयले संसद् सहयोग परियोजना, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमो अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरणमा प्रदेशसभा सचिवालयबारे आधारभूत जानकारी, आर्थिक कार्य प्रणाली, संसदीय अभ्यास र अनुगमन, कानून निर्माणमा राज्यका तहबीचको अन्तरसम्बन्ध, कानून निर्माण, दिगो विकास लक्ष्यलगायत विषयमा अभिमुखीकरण दिइएको छ ।  नयाँ संघीय संरचनानुरुप..

    काभ्रेपलाञ्चोकमा इँटा भट्टाका कारण प्रदूषित बन्दै वातावरण

    मंगलवार, फागुन १५, २०७४ साल
    धुलिखेल, १५ फागुन ।  इँटा भट्टा सञ्चालन गरेका कारण धुवाँ र धुलोले ढाक्न थालेपछि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको मुख्य बजार भकुण्डेको वातावरण प्रदूषित हुँदै गएको छ ।  उब्जनी हुने फाँटमा इँटा भट्टा सञ्चालनमा आएपछि नमोबुद्ध नगरपालिका– २, ३, ४ र ७ मा धुलो र धुवाँले असर गर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।  स्थानीयवासी शंकर दंगाल इँटा भट्टामा सामान ओसार्न थालेपछि धुलो र धुवाँले निकै..

    प्रदेश नं ६ मा अवस्थित कर्णालीलाई जैविक प्रदेश बनाइदै

    मंगलवार, फागुन १५, २०७४ साल
    सुर्खेत १५ फागुन ।  कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाइने बताएका छन्  ।  पश्चिम सुर्खेतको बराहताल गाँउपालिकाको बड्डीचौरमा रहेको जनज्योति माविअन्तर्गत सञ्चालित प्राविधिक शिक्षाको कृषि र पशुसेवा कार्यक्रमको सोमबार अनुगमन तथा निरीक्षणपछि शिक्षक, विद्यार्थी र अभिभावकसँगको अन्तक्र्रियामा मन्त्री केसीले विद्यार्थीले उत्पादन गरेका सामग्रीलाई मन्त्रालयले व्यवस्थापन गर्ने बताए  ।  त्यहाँ विद्यार्थीले विद्यालयबाट सहुलियतमा ऋण लिएर बाख्रापालन, गँड्यौलापालन,..

    मानवाधिकार संरक्षण र प्रवद्र्धनमा नेपालको पूर्ण प्रतिबद्धता

    मंगलवार, फागुन १५, २०७४ साल
    काठमाडौँ, १५ फागुन  ।  नेपालले अन्तर्राष्ट्रिय मञ्चमा मानवाधिकार संरक्षण र प्रवद्र्धनका निम्ति सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै आफ्नो देशको संविधानले पनि समावेशी लोकतन्त्र, राजीतिक बहुलता र विधिको शासनलाई उच्च महत्व दिएको जनाएकोे छ ।  जेनेभामा जारी मानवाधिकार परिषद्को ३७औँ उच्चस्तरीय बैठकमा नेपालले निर्वाचित एवं जवाफदेही सरकार, सामाजिक तथा आर्थिक न्याय, विश्वव्यापी रुपमा सर्वमान्य मानवाधिकार र अन्य आधारभूत अधिकारलाई उक्त संविधानले उत्तिकै प्राथमिकता..

    सीमामै विषादी जाँच्न नगरपालिकाले भन्सार कार्यालयलाई दियो निर्देशन

    मंगलवार, फागुन १५, २०७४ साल
    काँकडभिट्टा, १५ फागुन  ।  मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात कडाइका साथ रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएका छन्  ।  मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु क्वारेन्टाइन कार्यालयका अधिकारीलाई नगरपालिकाको कार्यालयमै सोमबार बोलाएर उनले निर्देशन दिएका हुन्  । मानव स्वास्थ्यमा घातक असर पुर्याइरहेको गुणस्तरहीन आयातीय खाद्य वस्तुलाई सीमामै रोक्न आफू अब..

    म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग

    मंगलवार, फागुन १५, २०७४ साल
      बाबियाचौर, म्याग्दी, १५ फागुन ।  जिल्ला समन्वय समितिले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गरेको छ ।  समितिको सोमबार बेनीमा बसेको बैठकले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न प्रदेश र संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको हो । आधा दर्जन हिमाल अवस्थित र भौगोलिक विकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न माग गर्ने निर्णय गरेको समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए  ।  हिमालै..

    पाल्पाको रामपुरमा ग्राहकको मन लोभ्याउँदै टायरका गमला

    मंगलवार, फागुन १५, २०७४ साल
    रामपुर, पाल्पा, १५ फागुन ।  पाल्पाको रामपुरमा यतिखेर गाडीको टायरबाट निर्माण गरिएका गमलाले ग्राहकको मन लोभ्याउन थालेको छ ।  रामपुरमा पहिलो पटक भित्रिएको गाडीका टायरका गमलालाई सबैले आकर्षक मान्दै यसको प्रयोगतर्फ आकर्षित हुन थालेका हुन् । रामपुरका स्थानीयवासी राजु थापा मश्राङ्गीले हालसालै बाहिरबाट गमला खरिद गरेर यहाँ यसको व्यापार शुरु गरेका हुन्  ।  मश्राङ्गीले गाडीका टायरबाट कलात्मकरुपमा निर्माण गरिएका गमलासँगै फूलको पनि व्यापार गर्छन् ..

    भोजपुरका द्वन्द्व पीडितसँग एक दिने अन्तरक्रिया सम्पन्न

    मंगलवार, फागुन १५, २०७४ साल
    भोजपुर, १५ फागुन । भोजपुरका द्वन्द्वपीडितसँग एकदिने अन्तरक्रिया सम्पन्न भएको छ ।  स्थानीय शान्ति समिति, भोजपुरले सोमबार आयोजना गरेको नगरस्तरीय द्वन्द्वपीडितसँग एकदिने छलफल तथा अन्तरक्रियामा सहभागीले द्वन्द्वपीडितको परिवारलाई नेपाल सरकारले चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।  द्वन्द्वका क्रममा अंगभंग भएका पीडित परिवारका छोराछोरीलाई समेत सरकारले निःशुल्क पढाउने वातावरण बनाउन स्थानिय शान्ति समितिमार्फत उनीहरुले आग्रह गरेका हुन् ।  अन्तरक्रियामा भोजपुर नगरपालिकाका प्रमुख..

    बादल :‘जनयुद्ध’का मिथकीय पात्रदेखि रक्षा हुँदै दोस्रो पटक गृहमन्त्रीसम्म

    मंगलवार, फागुन १५, २०७४ साल
    काठमाडौँ, १५ फागुन : तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री थिए । संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्ने तहमा आइपुगेका छन् । नेकपा(एमाले) र नेकपा(माओवादी..

    मलाई गलत हुनबाट रोक्नुहोस् : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव

    मंगलवार, फागुन १५, २०७४ साल
    काठमाडौँ, १५ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताएका छन् ।  सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याए ।  “भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै..

    दोस्रो पटक मन्त्रिपरिषद विस्तार : पोखरेल, खतिवडा, थापा र यादवले लिए सपथ

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चार मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ दिईएको हो । आज शपथ लिने मन्त्रीमा ईश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा छन् । पोखरेल रक्षा, थापा गृह, यादव उद्योग, वाणिज्य तथा आपूर्ति र डा..

    प्रदेश नं १को राजधानी र नामकरण छिट्टै हुने: मुख्यमन्त्री राई

    सोमबार, फागुन १४, २०७४ साल
    विराटनगर, १४ फागुन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन् ।  मुख्यमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा समृद्धिका प्रतिबद्धतालाई पूरा गर्ने दायित्व प्रदेश सरकारको काँधमा रहेको स्पष्ट पार्दै उनले भने , “भ्रष्टाचारमुक्त समाजको..

    शिवपुरी निकुञ्ज बीचको बस्ती स्थानान्तरण गर्न सिफारिश, नयाँपाटी तथा गोकर्णको पर्ती जग्गामा बस्ती सार्न सकिने

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने जंगलभित्र रहेको मानव बस्ती स्थानान्तरण गर्न सुझाव दिइएको छ । वन तथा भू–संरक्षण मन्त्रालयले निकुञ्जभित्रको बस्ती स्थानान्तरणका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको संयोजकत्वमा गठन भएको उक्त समितिले अध्ययन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रतिवेदन..

    प्रदेश नं ३ को प्रदेशसभा कार्यविधि नियमावली २०७४ पारित, बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित

    सोमबार, फागुन १४, २०७४ साल
    हेटौँडा, १४ फागुन प्रदेश नं ३ को सभाको आज बसेको बैठकले प्रदेशसभाको कार्यविधि नियमावलीको प्रस्ताव, २०७४ लाई ध्वनि मतद्वारा पारित गरेको छ । सो बैठकमा कार्यविधि नियमावली, २०७४ का संयोजक राजेन्द्र पाण्डेले दलगत स्वार्थभन्दा माथि उठेर उक्त प्रस्तावलाई सर्वसम्मतिबाट पारित गर्न आह्वान गरेका थियो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नियमावली पारित भइसकेपछि प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेका छन्..

    बेपत्ता परिवारका सदस्यसँग सोधपुछ गर्दै आयोग, देशभरबाट तीन हजार ९३ वटा उजुरी संकलन

    सोमबार, फागुन १४, २०७४ साल
    सुरुङ्गा, झापा, १४ फागुन सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकाको विस्तृत प्रतिवेदनका लागि सरकारले बेपत्ता परिवारका सदस्यसँग सोधपुछ गर्ने काम शुरु गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले झापाका बेपत्ता परिवारसँग सोधपुछ शुरु गरेको हो । आयोगका प्रवक्ता प्राध्यापक डा विष्णु पाठकको नेतृत्वमा आएको टोलीले बेपत्ता पारिएका व्यक्तिको विषयमा उनका आफन्तसँग आइतबारबाट सोधपुछ गरिरहेको छ । आयोगको कार्य पद्धति आन्तरिक व्यवस्थापन, उजुरीको..

    नेपालमा रेल ल्याउन भारत इच्छुक, संविधानअनुसार निर्वाचनमार्फत सरकार गठन भएकोप्रति खुशी

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन, नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले ‘नेपालको काठमाडौँमा भारतीय रेल आउनुपर्छ’ भन्ने अवधारणामा भारत अगाडि बढेको बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले   नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले विकास र समृद्धिलाई ध्यान दिनुपर्ने बताए ।  नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)का भारतका संयोजक कोस्यारीले भनें, “प्रजातान्त्रिक..

    प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सरकार विस्तारका विषयमा छलफल, सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाइयो

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकार विस्तारका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नामसमेत प्रधानमन्त्रीलाई बुझाएका थिए । अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार आज अपराह्न ४ बजे मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएकाले पार्टीको तर्फबाट मन्त्रीको..

    प्रदेश नं ५ मा प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन

    सोमबार, फागुन १४, २०७४ साल
    बुटवल, १४ फागुन। प्रदेश नं ५ मा प्रदेश कानून मस्यौदा बनाउन प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन गरिएको छ ।  केहीदिनअघि बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने निर्णय गरेर आयोगका पदाधिकारीलाई आज पत्र दिइएको हो ।  आयोगको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा कुमार आचार्य र सदस्यमा अधिवक्ता विष्णु पोखरेल र खुमाकान्त पौडेल रहेका छन्  । आयोगको पदेन सदस्यमा प्रदेशका सहन्यायाधिवक्ता, मुख्यमन्त्रीको..

    बिना मगर पनि मन्त्री बन्ने सम्भावना ! विस्तारित मन्त्रीमण्डलमा को-को जाँदैछन् माओवादी केन्द्रबाट ?

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौं, फाल्गुन १४। आज विस्तार हुने मन्त्रीपरिषदमा बिना मगरको पोर्टफोलियो टुङ्गो लागेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारीसमेत रहेकी कैलालीकी सांसद मगरलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी दिइने सम्भावना रहेको एक माओवादी नेताले जानकारी दिए।  माओवादीबाट रामबहादुर थापा वादल, बर्षमान पुनलगायत मन्त्री हुँदैछन्। प्रधानमन्त्री केपी ओलीले आज क्याविनेट बिस्तार गर्दैछन्। विस्तारित क्याबिनेटमा अर्थमन्त्री एमालेका ईश्वर पोखरेल हुने निश्चित छ। भौतिक पूर्वाधार..

    बैतडीमा स्थानीय तहमा विषयगत कार्यालय नहुँदा समस्या

    सोमबार, फागुन १४, २०७४ साल
      बैतडी, १४ फागुन (रासस) ः जिल्लामा स्थानीय सरकार चुनिएको सात महिना बित्दा पनि उल्लेख्य काम हुन सकेको छैन । सम्बन्धित कार्यालयको अभाबमा विकास निर्माणदेखि स्थानीय सरकारबार्टे समान्य सेवासुविधा पनि सर्वसाधारणले अझै पाउन सकेका छैनन् ।  जिल्ला स्तरका अधिकांश विषयगत कार्यालय स्थानीय तहमा स्थापना हुन नसक्दा सेवाग्राही समस्यामा परेका हुन् । स्थानीय तहका कतिपय वडा कार्यालय भाडाका घरमा बसेका छन् । पाटन..

    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मन्त्रिमण्डल विस्तार हुँदै

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ ।  यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा (एमाले)का अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्  ।  हाल मन्त्रिपरिषद् तीन सदस्यीयमात्र छ भने पछिल्लो संशोधित कार्यसम्पादन..

    कन्चनपुरमा नगर विकास समिति अढाइ वर्षदेखि कामकाजविहीन

    सोमबार, फागुन १४, २०७४ साल
    भीमदत्तनगर, १४ फागुन ।  सरकारकै ढिलासुस्ती र बेवास्ताका कारण कञ्चनपुरको महेन्द्रनगर नगरविकास समिति विगत अढाइ वर्षदेखि कामकाज विहीन बनेको छ ।  समितिसँग रहेको जग्गा लिज, बिक्री वितरणलगायतका विषयमा अनियमितता भएको भन्दै २०७२ साल भदौ १४ गतेको मन्त्रिपरिषद्को निर्णयले महेन्द्रनगर नगरविकास समितिको कामकाज छानबिनका लागि भन्दै रोकेको थियो । नगरविकास समितिको कामकाज रोकेर उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिनसमेत गरिएको भए पनि समितिको प्रतिवेदनका..

    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

    सोमबार, फागुन १४, २०७४ साल
    महेन्द्रनगर, धनुषा, १४ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्  ।  मुख्यमन्त्री राउतले आइतबार मुख्यमन्त्री निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ मा सुशासन कायम गर्नका लागि सो प्रतिबद्धतापत्र जारी गरेका हुन् ।  प्रदेश नं २ को मुख्यमन्त्री पदको शपथ लिँदै गर्दा मुख्यमन्त्री राउतले प्रदेशमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएअनुरुप प्रदेशभित्र सुशासन..

    चेलीबेटी बेचबिखनविरुद्ध मेची–महाकाली अभियान, नेपालगञ्जमा जनचेतना र्याली र सभा

    सोमबार, फागुन १४, २०७४ साल
    नेपालगञ्ज, १४ फागुन : मानव बेचबिखनविरुद्धको मेची–महाकाली अभियानअन्तर्गत आइतबार नेपालगञ्जमा जनचेतना र्याली र सभाको आयोजना गरिएको छ ।  नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, पत्रकार, अधिकारकर्मी र सामाजिक अभियन्ताको सहभागिता रहेको र्यालीले नेपालगञ्ज बजारको परिक्रमा गरेको थियो ।  र्यालीपछि आयोजित सभामा नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मानव बेचबिखन नियन्त्रणमा साझा..

    अदालतको आदेशका कारण बढी समय थुनामा राखेमा क्षतिपूर्ति दिनुपर्ने

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन : सर्वोच्च अदालतले आफ्नै आदेशका कारण बढी अवधि थुनामा बिताउन बाध्य व्यक्तिलाई दैनिक रु ३०० का दरले क्षतिपूर्ति दिन सरकारका नाममा आदेश जारी गरेको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आइतबार नेपालको न्यायिक इतिहासमा पहिलोपटक अदालतका कारण बढी अवधि थुनामा बिताउन बाध्य भएको व्यक्तिलाई सो क्षतिपूर्ति दिन आदेश गरेको सर्वोच्च अदालतका प्रेस विज्ञ..
    Weather Forecast