बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    २ सय ५औ भानुजयन्तीका अवसरमा ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौँ, २९ जेठ दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने भएको छ ।  आगामी असार २९, ३० र ३१ गते हुने पहिलो सम्मिलनमा २२औँ शताब्दीमा नेपाली भाषाको अवस्था, यसकोे महत्व र आजको साहित्यको स्तर कस्तो हुने भन्नेबारे कार्यपत्रसहित छलफल हुने छ । सम्मिलनमा बहुभाषिक कविगोष्ठी र सांस्कृति कार्यक्रम पनि हुने छ..

    वेवारिसे अवस्थामा फेला परेको भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    चितवन, २९ जेठ  भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ ।  जिल्ला प्रहरी कार्यालयले मंगलबार रतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।  वेवारिसे अवस्थामा फेला परेको सो गाडी जाँच गर्दा ढोकाहरुमा फल्स बटम बनाई त्यस भित्र पत्रिका र प्लाष्टिकले बेरेर लुकाइ राखेको अवस्थामा १२ बण्डलमा जम्मा १९ किलो २०० ग्राम गाँजा..

    प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौं,२९ जेठ   मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा साँझ पाँच बजे संवैधानिक परिषदको वैठक बस्दै छन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश र संवैधानिक निकायका आयुक्तको सिफारिस संवैधानिक परिषद्ले गर्ने व्यवस्था छ। न्याय परिषद्ले प्रधानन्यायाधीश बन्न सक्ने तीन जनाको नाम संवैधानिक परिषदमा सिफारिस गरिसकेको छ। प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सञ्चालन नियमावली नबन्दा संसदीय..

    सरसफाइमा नयाँ अभ्यास : नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    रोल्पा, २९ जेठ  २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ ।  अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् ।  रोल्पाको सुकिदह गाउँपालिकाको एक वडाले सबै घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा भएको दाबीसहित सार्वजनिक कार्यक्रममार्फत घोषणासमेत गरिसकेको..

    सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी : महासचिव झा

    सोमबार, जेष्ठ २८, २०७५ साल
    काठमाडौँ, २८ जेठ राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताएका छन्  ।  काठमाडौँमा सोमबार आयोजित साक्षात्कारमा उनले संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिए पनि राजपाका सभासद् रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा जाने निर्णय हुन बाँकी रहेको बताए।  नेता झाले नेपालको संविधान जारी भएको तीन वर्षमा..

    कृषि मन्त्रीको छापा : चार दुग्ध गोदाममा सिल, ३० को 'स्याम्पल कलेक्सन'

    सोमबार, जेष्ठ २८, २०७५ साल
    काठमाडौं, २८ जेठ बालाजु क्षेत्रका दुग्ध उद्योगमा समस्यै समस्या देखिएका छन् । सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित दुग्ध उद्योगमा धेरै समस्या देखिएको हो । सोमबार कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ को नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको टोलीले गरेको अनुगमनले यस क्षेत्रका तीन दुग्ध उद्योगमा कैफियत देखिएका छन् । दूध उद्योगको गुणस्तरमा समस्या..

    लोकतन्त्रलाई पूर्वराजा ज्ञानेन्द्र शाह र विप्लवबाट होइन, नेकपाबाट खतरा : गगन थापा

    सोमबार, जेष्ठ २८, २०७५ साल
    काठमाडौं, २८ जेठ नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीबाट लोकतन्त्रमाथि खतरा रहेको बताएका छन्। नेपाल विद्यार्थी संघ काठमाडौंले गरेको 'अबको कांग्रेस र युवाको भूमिका' विषयक कार्यक्रममा बोल्दै युवा नेता एवं प्रतिनिधिसभा सदस्य थापाले लोकतन्त्रलाई खतरामा पार्न नेकपा लागिपरेको आरोप लगाएका हुन्। उनले लोकतन्त्र पूर्वराजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्द विप्लवबाट नभइ सरकारको नेतृत्व गरिरहेको दलबाट..

    सुन तस्करीको मुख्य अभियुक्त राजेन्द्र कुमार शाक्यको आर.के. ज्वेलर्समा प्रहरी छापा

    सोमबार, जेष्ठ २८, २०७५ साल
    काठमाडौँ, २८ जेठ  सुन तस्करीको प्रकरणमा मुख्य अभियुक्त मानिएका राजेन्द्र कुमार शाक्यको सुन पसल ‘आर.के. ज्वेलर्स’ मा प्रहरीले छापा मारेको छ। सरकारले गठन गरेको छानबिन समितिले सोमबार दिउँसो छापा मारेको हो। समितिले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको थियो।..

    आवास ऐन बनाएर आवासविहीनको व्यवस्थापन गरिने : मन्त्री मोहम्मद इस्तियाक राई

    सोमबार, जेष्ठ २८, २०७५ साल
    काठमाडौँ, २८ जेठ शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताएका छन् ।  राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापनलगायतका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।  मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले संविधानमा आवासको हक सुरक्षित गरिएकाले कम्पनीले दलितलगायत विपन्न वर्गको आवासका लागि काम गर्ने दायित्व निर्वाह..

    असार १ गते उत्पादनमुखी बजेट ल्याउँछौँ : मुख्यमन्त्री महेन्द्रबहादुर शाही

    सोमबार, जेष्ठ २८, २०७५ साल
    सुर्खेत, २८ जेठ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आव २०७५÷७६ का लागि असार १ गते उत्पादनमुखी बजेट ल्याउने बताएका  छन् ।  प्रत्येक महिना यहाँका पत्रकारहरुसँग गरिने ‘नियमित भेटघाट’ कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले वितरणमुखी नभई उत्पादनमुखी बजेट ल्याउने बताए । उनले कृषि योग्य जमीन, उत्पादित वस्तुको पहिचान र जडीबुटीको यकिन तथ्याँक संकलन गर्ने भन्दै विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन गरी स्रोतको..

    गुण्डा नाईके अशोक लामा र प्रहरीबीच गोली हाना–हान, घाइते लामाको वीर अस्पतालमा उपचार हुँदै

    सोमबार, जेष्ठ २८, २०७५ साल
    काठमाडौं, जेठ २८ । महानगरीय अपराध महाशाखाको टोली र गुन्डा नाइके अशोक लामाबीच ललितपुरस्थित युएन पार्कमा गोली हाना–हान भएको छ । लामासहितको समूहलाई पक्राउ गर्न गएको महाशाखाको टोलीमाथि लामाले गोली हानेपछि जवाफी कारवाहीका क्रममा उनि माथि गोली चलाइएको प्रहरीले जनाएको छ ।  प्रहरीले चलाएको गोली लामाको खुट्टामा लागेर उनी घाइते भएका छन् । घाइते अवस्थामा रहेका लामालाई प्रहरीले घटनास्थलबाटै समातेको थियो..

    असई मृत्यु प्रकरण : परिवार पक्ष भन्छ - यो आत्महत्या नभई हत्या हो, निष्पक्ष छानविन हुनुपर्छ

    सोमबार, जेष्ठ २८, २०७५ साल
    भक्तपुर, २८ जेठ   चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) २६ वर्षीय अनुपराज थापाको मृत्यु रहस्यमय भएको भन्दै परिवारले निष्पक्ष छानविन गर्न माग गरेका छन् ।  प्रहरी पहरा गणबाट काठमाडौँको लाजिम्पाटस्थित इजरायली राजदूतावासमा कार्यरत थापाले आइतबार डियुटीमै आफैँलाई निधारमा गोली हानी आत्महत्या गरेको भन्दै प्रहरीले परिवारलाई खबर नै नगरी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगेपछि..

    आज बस्ने भनिएको संघीय संसद बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

    सोमबार, जेष्ठ २८, २०७५ साल
    काठमाडौं,२८ जेठ सोमबार बस्ने भनिएको संघीय संसदको बैठक स्थगित भएको छ । विशेष कारणबस संघीय संसदको संयुक्त बैठक बस्न नसकेको भन्दै सुचना टाँसेर स्थगित गरिएको हो । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्धारा जारी गरिएको सूचनामा “मिति २०७५साल जेठ २८गते सोमबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको संघीय संसदको दुवै सदनको संयुक्त बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले सभामुख र अध्यक्षको..

    नयाँ युवा संगठनले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने

    सोमबार, जेष्ठ २८, २०७५ साल
    काठमाडौँ, २८ जेठ युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणका लागि गठित कार्यदलले यही जेठ ३० गते युवा संघको स्थायी कमिटी बैठक बोलाएको छ ।  सोही दिन वाइसिएलको पनि केन्द्रीय सचिवालय बैठक बस्ने र ३१ गते सोही कमिटीको संयुक्त बैठक बस्ने र एकताका लागि भएका कार्यक्रमको समीक्षा गरिने बताइएको छ ।  पार्टीले युवा संघका इन्चार्ज महेन्द्रबहादुर पाण्डे, वाइसिएलका इन्चार्ज मणि..

    'कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघीय नक्कल हँचुवाका तालमा ल्याइएको छ'

    सोमबार, जेष्ठ २८, २०७५ साल
    सुर्खेत, २८ जेठ   नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल सिवाय फरक नभएको बताएका छन् ।  कर्णाली प्रदेश सरकारले शनिबार प्रस्तुत गरेका आव ०७५_०७६ नीति तथा कार्यक्रमलाई उनले संघीय सरकारको नक्कल मात्र नभई कथाको पाना जस्तो भएको संज्ञा दिए ।  नेता शाहीले “प्रस्तुत नीति तथा कार्यक्रम सुनियो, बुझियो, सबै हँचुवाका तालमा ल्याइएको छ,..

    सरकारद्वारा सुरक्षा संरचनामा हेरफेर,अब प्रहरीमा ३ जना मात्रै एआईजी

    आईतवार, जेष्ठ २७, २०७५ साल
    काठमाडौं, जेठ २७ ।  सरकारले नेपाल प्रहरीको संरचनामा केही हेरफेर गर्ने भएको छ । जसअनुशार अब नेपाल प्रहरीमा बढीमा ३ जना मात्र तथा सशस्त्र प्रहरीमा पनि २ वटा मात्र एआईजी रहने छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ३ जना मात्रै एआईजीको दरबन्दी राख्ने निर्णय गरेको थियो । यसअघिसम्म १६ जना एआईजी रहने व्यवस्था रहँदै आएको थियो ।  मन्त्रीपरिषदले नेपालको प्रादेशिक..

    जनकपुर अञ्‍चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यावदलाई कालोमोसो !

    आईतवार, जेष्ठ २७, २०७५ साल
    जनकपुरधाम, २७ जेठ जनकपुर अञ्‍चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई जनकपुरका युवाहरुले कालोमोसो दलेका छन्। जनकपुर अञ्चल अस्पतालमा पटक पटक चिकित्सकको लापरवाहीले सर्वसाधारणको ज्यान गइरहेको भन्दै युवाहरुले आईतवार दिउँसो अढाई बजेतिर अस्पतालका मेसु यादवको कार्यकक्षमै पुगेर कालोमोसो दलेका छन्। अस्पतालको सेवा सुधारका लागि नयाँ शक्ति नेपाल विद्यार्थी संगठन , तरुणदल , नेविसंघ, विद्यार्थी युनियन र स्थानीय युवाहरुको एक समुहले मेसु यादवलाई ज्ञापन..

    मन्त्रिपरिषदले गर्‍यो प्रहरी र नेपाल-चीन सहभागिताका आयोजनाबारे महत्वपूर्ण निर्णय

    आईतवार, जेष्ठ २७, २०७५ साल
    काठमाडौं, २७ जेठ  मन्त्रिपरिषदको आइतबार बसेको बैठकले नेपाल प्रहरी र नेपाल-चीन जोड्ने पुल निर्माण गर्ने तथा ऊर्जासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा तीन जना मात्रै एआईजी रहने गरी दरबन्दी कायम गरेको छ। यस अघि १५ जना एआइजी रहँदै आएकोमा मन्त्रिपरिषद बैठकले अब तीन जनाको मात्रै दरबन्दी कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल..

    प्रदेशको नामाकरण र राजधानीको निर्धारणमा हतार गरिंदैन : मुख्यमन्त्री पोखरेल

    आईतवार, जेष्ठ २७, २०७५ साल
    बुटवल, जेठ २७ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले हतारमा प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा निर्णय नगर्ने बताएका छन्। आइतबार संसद बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले हतारमा निर्णय गरेर विरोधको भूमरीमा आफू नपर्ने प्रष्ट पारे। उनले भने,‘सबैको सहमतिमा प्रदेशको नामाकरण र राजधानीको विषय टुंगाइनेछ, हतारमा निर्णय गरेर समस्याको भूमरीमा पर्नु छैन।’ मुख्यमन्त्री पोखरेलले जनताको ईच्छा र..

    ७५ हजारले दिए कोरियन भाषा परीक्षा, नतिजा असार १६ मा आउने

    आईतवार, जेष्ठ २७, २०७५ साल
    काठमाडौं, २७ जेठ यो वर्ष कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जनाले सहभागी भएका छन् । ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८ जना परक्षमा अनुपस्थित रहे । कुल ८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन भरेका थिए । यो वर्ष नक्कली परीक्षा दिने र दिन लगाउने २४७ जना विभिन्न परीक्षा केन्द्रहरुबाट पक्राउ परेको..

    संसदलाई मन्त्रालयगत खर्च विवरण उपलब्ध नगराएपछि प्रतिनिधिसभाको बैठक स्थगित

    आईतवार, जेष्ठ २७, २०७५ साल
    काठमाडौँ, २७ जेठ मन्त्रालयगत खर्च विवरण संसदलाई उपलब्ध नगराएपछि प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक वर्ष ७५/७६को विनियोजन विधेयक—२०७५ माथि विभिन्न मन्त्रालयले पाएको बजेट गर्ने कार्यसूची तय भएपनि मन्त्रालयले बजेट विवरण उपलब्ध नगराएकाले बैठक स्थगित गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला..

    गर्मीले हद नाघ्यो ! महोत्तरीको गौशालामा अत्याधिक गर्मीको कारण महिलाको मृत्यु

    आईतवार, जेष्ठ २७, २०७५ साल
    महोत्तरी, २७ जेठ  महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका – ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भई स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदाको मृत्यु भएको छ ।  आईतबार बिहान धान रोप्ने क्रममा बेहोस भएकी सदाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।  शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक भोला..

    राष्ट्रियसभा नियमावली पारित, अर्को बैठक असार ३ गते बस्ने

    आईतवार, जेष्ठ २७, २०७५ साल
    काठमाडौँ, २७ जेठ  राष्ट्रिय सभाको आईतबारको बैठकले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आईतबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त नियमावली पारित गरेको हो ।  बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गरेका थिए ।  बैठकमा दीनानाथ शर्मा, सुरेन्द्रराज पाण्डे, बृशेषचन्द्र लाल,..

    बर्डफ्लु नियन्त्रण पछि कुखुराजन्य पदार्थको मूल्यमा सुधार

    आईतवार, जेष्ठ २७, २०७५ साल
    चितवन, २७ जेठ  जिल्लामा कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रणमा आएसँगै कुखुराजन्य पदार्थको मूल्यमा भएको गिरावट सुधार हुन थालेको छ । कुखुराजन्य क्षेत्रमा देशभरमा गरिएको लगानीको झण्डै आधा लगानी भएको यहाँको तीन ठाउँका फर्मका कुखुरा र हाँसमा बर्डफ्लु प्रमाणित भएको थियो ।  पछिल्लोपटक जेठ ११ गते नारायणगढको तरकारी बजारमा बर्डफ्लु भएका कुखुरा र हाँस नष्ट गरिएको थियो । देवनगरको एक रेष्टुरेन्टमा पालिएका हाँस र..

    अब राष्ट्रिय जनता पार्टी (राजपा) पनि सरकारमा जाने, महन्थ ठाकुरले गरे यस्तो खुलासा .....

    आईतवार, जेष्ठ २७, २०७५ साल
    महेन्द्रनगर, २७ जेठ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताएका छन् । उनले सरकारमै जान पार्टी इच्छुक बनेको भन्दै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताए । राजनीतिक समितिको बैठक टारेर जनकपुर आएका  संयोजक ठाकुरले विमानस्थलमा आइतबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘हरेक पार्टीको ध्येय सरकारमा पुग्ने हो । र,..

    संघीय फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) लाई राष्ट्रियसभामा राष्ट्रिय दलको सुविधा !

    आईतवार, जेष्ठ २७, २०७५ साल
    काठमाडौँ, २७ जेठ संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् ।  राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रुपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।  यी दुवै दलका दुई-दुईजना राष्ट्रियसभा सदस्य छन् । राष्ट्रियसभाको बैठक शुरु हुँदैछ । आइतबारको बैठकले राष्ट्रियसभा नियमावली पारित गर्नेछ..

    सरकारद्वारा महत्वपुर्ण निर्णय ! अब नेपाल प्रहरीको संरचना प्रादेशिक तहअनुसार

    आईतवार, जेष्ठ २७, २०७५ साल
    काठमाडौँ, २७ जेठ  सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार १०१ जनाको दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए  ।  सरकारले प्रहरी एकाइ नै नपुगेका स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिको पहिलो प्राथमिकता दिन आगामी वर्ष एक..

    अध्यक्ष दाहाल भन्छन् - सुशासन र स्थिरताका लागि कम्युनिष्ट पार्टीहरु एक भएका छौं

    आईतवार, जेष्ठ २७, २०७५ साल
    विराटनगर, २७ जेठ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताएका छन् ।  उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन समारोह एवं ४६औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आईतबार यहाँ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।  अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता र नयाँ राजनीतिक प्रक्रिया शुरु भइसकेपछि सबैभन्दा..

    फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगरिए पनि ऐनमा निलम्बन नै हुने

    आईतवार, जेष्ठ २७, २०७५ साल
    चितवन, २७ जेठ  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले फौजदारी अभियोग लागेका सांसदहरुलाई नियमावलीमा निलम्बन नगरिए पनि ऐनमा भने निलम्बनको व्यवस्था हुने बताएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखाले आईतबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा यथाशक्य छिटो ऐन बनाइने जानकारी दिंदै उनले भने “अहिले नियमावलीमा उल्लेख भएका कारणले यसलाई अन्तिम हो भन्नु पर्दैन, विगतको भन्दा कडारुपमा ऐन बनाइँदै छ ।”  पहिला निलम्बन भए पनि..

    प्रदेश २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी सहभागी नहुने : अध्यक्ष दाहाल

    आईतवार, जेष्ठ २७, २०७५ साल
    विराटनगर, २७ जेठ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको बताउएका छन् ।  विराटनगर विमानस्थलमा आईतबार सञ्चारकर्मीसँग उनले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ को सरकारको नेतृत्व वा सरकारमा नहुने प्रष्ट पारे ।  उनले वर्तमान अवस्थामा बहुदलीय व्यवस्थाअन्तर्गत प्रतिष्पर्धात्मक निर्वाचनमा..
    Weather Forecast