बिहिवार, आषाढ १८, २०७७

    राज्य-समाज

    प्रचण्डसहित ४ नेताले गरे छुट्टै भेला, निकालियो यस्तो निष्कर्ष

    मंगलवार, बैशाख २३, २०७७ साल
    काठमाडाैं, २३ वैशाख। पार्टी सचिवालय बैठकमा दुई दिनअघि आ–आफ्ना कमीकमजोरीप्रति आत्मआलोचना गरेर अघि बढ्ने निर्णय गरेपनि नेकपा शीर्ष नेताबीच हार्दिकता देखिएको छैन । उनीहरुका समूहगत भेला जारी रहेका छन् । शनिबारको सचिवालय बैठकले पार्टी एकतालाई सुदृढ बनाउन सबै पक्ष एकजुट भएर अघि बढ्ने निर्णय गरेको थियो । त्यसयता पनि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुको भेला र..

    कञ्चनपुरमा लकडाउनमा पनि ४३ योजनालाई काम गर्ने अनुमति

    सोमबार, बैशाख २२, २०७७ साल
    महेन्द्रनगर, २२ वैशाख। कञ्चनपुरमा बन्दाबन्दी(लकडाउन)का बेला यहाँका विकास निर्माणका कामलाई सावधानी अपनाएर अघि बढाउन स्थानीय प्रशासनले ४३ योजनालाई अनुमति दिएको छ । कोरोना भाइरसका नियन्त्रणका लागि लकडाउन गरिएपछि यहाँका विकास निर्माणको काम ठप्प रहेको थियो । लकडाउनको अवधि लम्बिने भएपछि जिल्ला प्रशासन कार्यालयले केही दिनयता साना, मझौला र ठूला गरी निर्माणका कामलाई अनुमति दिएको हो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी..

    लकडाउनकाे माैका छाेपी सिमेन्टमा कालोबजारी गर्ने २ व्यापारी पक्राउ

    सोमबार, बैशाख २२, २०७७ साल
    जनकपुरधाम, २२ वैशाख। जनकपुरबाट सिमेन्टमा कालोबजारी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले जनकपुरधाम उपमहानगरपालिका ११ स्थित आनन्द इन्टर प्राइजेज हार्डवेयरमा बजार मूल्यभन्दा बढी रकममा सिमेन्ट बिक्री गर्दै गरेको अवस्थामा हार्डवेयरका संचालक ४८ वर्षीय रामप्रताप साहलाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । हार्डवेयरबाट प्रहरीले २ कम्पनीका ४९ बोरा..

    लकडाउन: सेनालाई सुरक्षाको जिम्मा, प्रहरीलाई सीमामा खटाइने

    सोमबार, बैशाख २२, २०७७ साल
    काठमाडौं, २२ वैशाख ।महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाइने भएको छ । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउन लागिएको हो । आइतबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा गृह मन्त्रालयमा बसेको सुरक्षा बैठकमा यस सम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय..

    बढ्दै प्रदेश नं २ मा कोरोनाको सन्त्रास

    सोमबार, बैशाख २२, २०७७ साल
    वीरगञ्ज, २२ वैशाख ।प्रदेश नं २ को वीरगञ्ज–३ स्थित छपकैयाका एक ३६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सर्वसाधारणमा रोगको सन्त्रास बढेको छ । राष्ट्रिय सङ्क्रमण जनस्वास्थ्य प्रयोगशाला टेकुले सो व्यक्तिमा कोरोनाको पुष्टि गरेपछि अन्य व्यक्तिमा पनि रोगको सङ्क्रमण रहेको हुनसक्ने त्रास भएको छ । ती व्यक्तिले बसोबास गरेको क्षेत्रलाई ‘सिल’ गरी उनले सम्पर्क गरेका व्यक्तिहरुको खोजबिन गरी स्वाबको नमूना सङ्कलन..

    नेकपाकाे अबकाे बाटाे, ‘एक व्यक्ति एक जिम्मेवारी’

    सोमबार, बैशाख २२, २०७७ साल
    काठमाडौं, २२ बैशाख । नेकपा सचिवालयको शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘नाटकीय’ रूपमा परिवर्तन भए ।बैठक सुरु हुनुअघिसम्मको स्थितिअनुसार उनी शनिबार पनि त्यसैगरी कड्किनुपर्ने हो, जसरी बुधबार प्रस्तुत भएका थिए । तर माहोल एकाएक शान्त र शालीन बनेपछि बैठकमा उपस्थित अरू सचिवालय सदस्यहरू पनि छक्क परे । वरिष्ठ नेता माधवकुमार नेपालले त पार्टी विधि र पद्धतिमा चलाउने र आपसी सहमतिका आधारमा..

    लकडाउन जेठ १० गतेसम्म लम्ब्याउने सरकारको तयारी

    सोमबार, बैशाख २२, २०७७ साल
    काठमाडाैं, २२ वैशाख । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो । भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमा भएको नेपालमा..

    सवारी चाप बढेपछि उपत्यकामा थप सतर्कता, सबै नाकामा डिसइन्फेक्सन टनेल राखिने

    आईतवार, बैशाख २१, २०७७ साल
    काठमाडौं, २१ वैशाख। लक डाउनमा पनि काठमाडौँ उपत्यकाभित्र सवारीको चाप बढ्न थालेपछि स्थानीय प्रशासनले थप सतर्कता अपनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायले गाडीको चापलाई व्यवस्थित गर्न लागेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आवश्यक सुरक्षा व्यवस्थाका साथै रोगको संक्रमण भित्रिन नदिन उत्तिकै तयारीका साथ लागेको बताए । सोही सिलसिलामा आइतबार..

    नेपालमा लकडाउनकाे नयाँ माेडल: तीन क्षेत्रमा विभाजन गरी खुकुलो बनाउने तयारी

    आईतवार, बैशाख २१, २०७७ साल
    काठमाडौं, २१ वैशाख । लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन..

    लाेकसेवा आयाेगले राेक्याे आठ हजार नयाँ कर्मचारीको भर्ना

    आईतवार, बैशाख २१, २०७७ साल
    काठमाडौं, २१ वैशाख। सरकारी निकायमा नयाँ भर्ना स्थगित गर्ने सरकारको निर्णयले करिब आठ हजार नयाँ कर्मचारीको भर्ना तत्कालका लागि रोकिएको छ । प्रकाशनको तयारीमा रहेका कतिपय विज्ञापन पनि रद्द गर्ने सरकारको तयारी छ । गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणले निम्त्याएको समस्यापछि प्रशासनिक खर्च कम गर्न नयाँ भर्ना रोक्न लोकसेवा आयोगलाई आग्रह गर्ने निर्णय गरेको थियो । यसबाट निजामती..

    टर्‍यो ओलीको सत्ता संकट, बैठकमा कसले के भने ?

    आईतवार, बैशाख २१, २०७७ साल
    न्तरिक शक्ति सन्तुलनमा फेरबदल आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट सिर्जित सत्ता संकट तत्कालका लागि टरेको छ । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेसँगै प्रधानमन्त्री बन्ने गौतमको सम्भावना एक कदम अघि बढेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने सम्भावना पनि तत्कालका लागि सकिएको छ । गत बुधबार साँझको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले..

    नेकपाद्वारा एकअर्काविरुद्ध गरिएका हस्ताक्षर च्यात्ने निर्णय

    आईतवार, बैशाख २१, २०७७ साल
    काठमाडौं, २१ वैशाख । पार्टी फुटको अवस्थामा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद तत्कालका लागि समाधान भएको छ । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेका कामकारवाहीका विषयमा आत्मालोचना गर्ने, कमीकमजोरी हटाउँदै जानेलगायतका विषयमा प्रतिवद्धता व्यक्त गरेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टी एकतामै जोड दिएको एक सचिवालय सदस्यले जानकारी दिए । उनका..

    ताप्लेजुङ सदरमुकाममा आगलागी हुँदा ७ घर र ५ पसल जले

    शनिबार, बैशाख २०, २०७७ साल
    ताप्लेजुङ, २० वैशाख । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी हुँदा ७ घरजलेर नष्ट भएका छन् । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको हाे । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी..

    ओली सत्तामा रहने/नरहने टुंगो लगाउदै आजकाे नेकपा सचिवालय बैठक

    शनिबार, बैशाख २०, २०७७ साल
    काठमाडौं, २० वैशाख । हिजो दिनभर र रातिसम्म नेपाल कम्युनिस्ट पार्टीभित्र र बाहिर राजनीतिक सक्रियता निकै बढ्यो । नेताहरुको आपसी भेटघाट र संवादमात्र भएन चिनियाँ राजदूत होउ यान्छी पनि भेटघाट तिव्र पारिन् । सबै भेट नेकपा विवादसँग सम्बन्धित रहेको खुलिसकेको छ । १७ वैशाखको सचिवालय बैठक विना निष्कर्षमा टुंगिएपछि तीन दिनसम्म नेकपाभित्र घनीभूत भेट र संवाद भएका छन् । यसले विवादको..

    हिमपातमा हराएका मजुरकाे १४ दिनपछि सकुशल उद्धार

    शुक्रबार, बैशाख १९, २०७७ साल
    काठमाडौं, १९ वैशाख । दुई सातापछि हिउँमा हराइरहेका मजदुरको सकुशल उद्धार गरिएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का सुरज लामालाई १४ दिनपछि सकुसल उद्धार गरिएको हो । उनी गत वैशाख ६ गते रसुवाको रसुवागढी हाइड्रोपावरबाट पैदलै घर जानको लागि निस्किएका थिए । घरमा वैशाख २० गतेसम्म श्रीमतीलाई सुत्केरी हुने समय तोकेकोले उनी कम्पनीबाट बिदा नलिई निस्किएका हुन् । उनी निस्किएको भोलिपल्टदेखि नै सो क्षेत्रमा हिमपात..

    पाकिस्तानबाट नेपाली विद्यार्थीकाे अपील : सरकार हामीलाई उद्दार गरियाेस्

    शुक्रबार, बैशाख १९, २०७७ साल
    काठमाडाैं, १९ वैशाख । नेपालबाट पढ्न गएका विद्यार्थी तथा अन्य करीब २ सय नागरीक पाकिस्तानमा अलपत्र परेका छन् । काेराेना भाइरसकाे महामारी फैलिएपछि घर फर्कन चाहाने नेपालीहरू स्वदेश फर्किन नसक्दा अलपत्र परेका हुन्। दुई महिनादेखि लगातार पहल गर्दा समेत सरकारले उद्दारका लागि कुन कदम नचालेपछि आफुहरू बिचल्ली हुने अवस्थामा पुगेकाे उनीहरूकाे भनाइ छ । पाकिस्तानमा प्राय डाक्टर र इन्जिनियर पढ्ने विद्यार्थीहरू रहेका..

    अलपत्र मजदुरलाई गन्तव्यसम्म पुर्‍याउनुपर्ने कर्तव्य सरकारको हो- प्रचण्ड

    शुक्रबार, बैशाख १९, २०७७ साल
    काठमाडौं, १९ वैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गरेका छन् । १३१ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीलाई शुभकामना दिँदै प्रचण्डले सम्पूर्ण श्रमिकको सुस्वास्थ र प्रगतिको अपेक्षासहित शुभकामना व्यक्त गरेका छन् । ‘विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको..

    सरेको मितिमा नभए टोकियो ओलम्पिक रद्द हुने

    शुक्रबार, बैशाख १९, २०७७ साल
    टोकियो, १९ वैशाख । टोकियो ओलम्पिक आयोजकका प्रमुख योसिरो मोरीले २०२१ का लागि सारिएको विश्व खेलकुदको कुम्भमेला ‘ओलम्पिक गेम्स’ सारिएको समयमा पनि नभएको अवस्थामा यो संस्करण रद्द हुने बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण टोकियो २०२० ओलम्पिकको मिति २०२१ को २३ जुलाईदेखि ८ अगस्टसम्म तय गरिएको छ । स्वास्थ्य विज्ञले कोभिड–१९ को भ्याक्सिन तथा प्रभावकारी र सर्वसुलभ औषधि..

    रोल्पामा बम विस्फोट, ४ बालबालिकाको मृत्यु

    शुक्रबार, बैशाख १९, २०७७ साल
    रोल्पा, १९ वैशाख। रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बाख्रा चराउन गएका बालबालिकाको बम बिस्फोटमा परेर मृत्यु भएको हो ।   उक्त बम विस्फोटमा परी मृत्यु हुनेमा वडा नं. ७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया बिमला खत्री र वडा नं ४ का १३..

    प्रधानमन्त्री ओलीलाई माधव नेपालकाे जवाफ: म तपाईले प्रस्ताव गरेको तेस्रो अध्यक्ष हुन्नँ

    शुक्रबार, बैशाख १९, २०७७ साल
    काठमाडौं, १९ वैशाख।  नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीको तेस्रो अध्यक्ष नबन्ने बताएका छन् । नेपालले बिहीबार साँझ प्रधानमन्त्री केपी ओलीलाई भेटेरै आफू तेस्रो अध्यक्ष नबन्ने जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले बुधबार पार्टी सचिवालय बैठकमा नेता नेपाललाई विधान संशोधन गरेर तेस्रो अध्यक्ष र उपाध्यक्ष वामदेव गौतमलाई संसद्मा ल्याएर कोरोना संकट टरेपछि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । ‘म तपाईले प्रस्ताव गरेको..

    फेसबुकमा प्रचण्डलाई गाली गरेको आरोपमा रेडियाे नेपालका पत्रकार पक्राउ

    बिहिवार, बैशाख १८, २०७७ साल
    काठमाडौं, १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेको आरोपमा एक जना पत्रकार पक्राउपरेका छन् । प्रचण्डलाई फेसबुकमा अशिष्ट र अमर्यादित गाली गरेको विषयमा उजुरी परेपछि रेडियाे नेपालका पत्रकार दीपक पाठक बिहिबार पक्राउ परेका हुन् ।  प्रहरीले उनलालाई बिहीबार विहान घरबाटै पक्राउ गरेको हो । रेडियो नेपालको बोर्ड सदस्य समेत रहेका पाठकलाई साइबर क्राइमको अभियोग लगाइएको छ । यसअघि पनि..

    संसदकाे बैठक बोलाउन काँग्रेसको माग

    बिहिवार, बैशाख १८, २०७७ साल
    काठमाडौं, १८ वैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस जोखिमको कारण उत्पन्न परिस्थिति, बजेट र अन्य विषयबारे तत्काल छलफल गर्नका लागि संघीय संसद्को बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।   काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले राहतमा तीव्रता दिन र  अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रतिकूल प्रभावलाई ध्यानमा राखी तत्काल आवश्यक कार्ययोजना ल्याउन माग गरेको हो । कोरोनाको जोखिम सामना गर्न..

    क्यान्सरपीडित ऋषि कपुरकाे अवस्था गम्भीर, कोरोनाभाइरसकाे आशंकामा

    बिहिवार, बैशाख १८, २०७७ साल
    काठमाडाैं, १८ वैशाख। लामो समयदेखि क्यान्सरसँग जुधिरहेका बलिउड अभिनेता ऋषि कपुर गम्भीर बिरामी परेका छन्। ६७ वर्षीय कपुरलाई बुधबार राति मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना गरिएको छ। उनका भाइ रणधीर कपुरले प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई) लाई दिएको जानकारी अनुसार ऋषि कपुरलाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो। उनको अवस्था अहिले स्थिर छ। चिकित्सकले उनलाई कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने..

    यस्ताे रहनेछ आज दिनभरको मौसम

    बिहिवार, बैशाख १८, २०७७ साल
    काठमाडौँ, १८ वैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ। पुर्वी भूभागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली भै अन्य वाकी भूभाग मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन,..

    वैदेशिक राेजगारीमा गएका दुई लाख १८ हजार कामदार अलपत्र

    बिहिवार, बैशाख १८, २०७७ साल
    काठमाडौं, १८ वैशाख। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट वैदेशिक रोजगारीमा रहेका दुई लाख १८ हजार श्रमिक अलपत्र परेका छन्। वैदेशिक रोजजार विभागका महानिर्देशक एवं कोभिड १९ प्रकोप व्यवस्थापन समितिका संयोजक कुमार दाहालले कोरोनाका कारण ती कामदारले रोजगारी गुमाएको बताए। सेवा क्षेत्र, होटेल, सेक्युरिटी, सप्लाई, फुड एन्ड बेभरेजमा कार्यरत कामदारले रोजगारी गुमाएको अध्ययनले देखाएको विभागले जनाएको छ। सरकारले ती कामदारलाई तत्काल ल्याउन सक्ने..

    ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’

    बिहिवार, बैशाख १८, २०७७ साल
    काठमाडाैं, १८ वैशाख। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेकपा विवाद समधान गर्न नयाँ ‘एंगल’ प्रस्तुत गरेका छन् । कोरानाको नियन्त्रणपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उनले अघि सारेका छन् । त्यस्तै वरिष्ठ नेता माधव नेपाललाई पनि अध्यक्ष बनाएर सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने उनको प्रस्ताव छ । प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव ल्याएपछि नेकपा विवाद नयाँ मोडमा प्रवेश गरेको..

    प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश जबराबीच रातिको समयमा भेट

    बुधबार, बैशाख १७, २०७७ साल
    काठमाडौँ — बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट प्रधानमन्त्री निवास पुग्न दुई मिनेट पनि लाग्दैन । सीमित सार्वजनिक समारोह र बैठकबाहेक व्यक्तिगत रूपमा राज्यका दुई अंगहरू– कार्यपालिका र न्यायपालिकाका प्रमुखबीच भेटघाट भइरहने परम्परा छैन । नेकपाभित्र सत्ता किचलो उत्कर्षमा पुगेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सोमबार राति प्रधानमन्त्री निवासमा बोलाइएको घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश जबराबीच रातिको समयमा..

    प्रधानमन्त्री ओली र सभामुखबीच भेट, बजेट अधिवेशनबारे छलफल

    बुधबार, बैशाख १७, २०७७ साल
    काठमाडौं, १७ बैशाख। सभामुख अग्निप्रसाद सापकोटाले बजेट अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर सभामुख सापकोटाले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बुधबार बिहान प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । बजेट अगाडि आउनुपर्ने नीति तथा कार्यक्रम, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा समेत सभामुख सापकोटा र प्रधानमन्त्री ओलीबीच छलफल भएको सभामुखका..

    चुलिंदै नेकपामा विवाद, ओलीको प्रस्ताव अमान्य

    बुधबार, बैशाख १७, २०७७ साल
    काठमाडाैं, १७ वैशाख । प्रधानमन्त्री केपी ओलीले एकाएक ल्याएको अध्यादेश प्रकरणले चर्किएको विवाद सल्टिन नसक्दा राजनीतिक गतिरोध बढ्दै गएपछि नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ। पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफलपछि बुधबार सचिवालय बैठक तय भएको वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘दुई अध्यक्षबीच छलफलपछि बुधबार सचिवालय बैठक बोलाउने तय भएको छ’, वरिष्ठ नेता खनालले भने, ‘अब..

    नाका हुँदै लुकीछिपी आउँदै गरेका २० नेपालीलाई भारत फिर्ता पठाइयो

    बुधबार, बैशाख १७, २०७७ साल
    इलाम, १७ वैशाख । इलामको पशुपतिनगर नाका हुँदै लुकीछिपी भारतबाट नेपाल प्रवेश गर्दै गरेका २० जनालाई भारततर्फ नै फर्काइएको छ ।  लकडाउनका समयमा कोरोना भाइरस संक्रमण रोकथामका लागि सतर्क रहन इलामले प्रवेशमा रोक लगाएकोले पशुपतिनगर नाकाका सुरक्षा निकायले उनीहरुलाई रोकेर उतै फर्काएको बताइएको छ ।  रोजगारीका सिलसिलामा गएका दोलखाका २० जना नेपालीलाई सोमबार नाकाबाट फर्काइएको शसस्त्र प्रहरी बल (बीओपी) पशुपतिनगरका इन्सपेक्टर पवन..
    Weather Forecast